Books
Books
الشهادتين
यदि तपाईं इस्लाम ग्रहण गर्न चाहनुहुन्छ भने, तपाईंले शहादतका यी वचनहरू स्पष्ट रूपमा उच्चारण गर्नुपर्छ: म गवाही दिन्छु, अल्लाहबाहेक सत्य पूज्य कोही छैन। अश्हदु अल्ला इलाह इल्लल्लाह र म गवाही दिन्छु, मुहम्मद ﷺ अल्लाहका रसूल हुनुहुन्छ।
उम्रहको तरिका
उम्रहको तरिका (एक संक्षिप्त व्यवहारिक व्याख्या) उम्रह कसरी गर्ने? (सरल शैक्षिक भिडियो) यस भिडियोमा एहराम बाँध्नेदेखि हलाल हुनेसम्मका उम्रहका सम्पूर्ण अनुष्ठानहरू सरल, स्पष्ट र क्रमबद्ध रूपमा व्याख्या गरिएका छन्। भिडियो हेर्नुहोस् र उम्रह सही तथा सहज तरिकाले सम्पन्न गर्न सिक्नुहोस्। उम्रह गर्न चाहने व्यक्तिले आफ्नो निर्धारित मीकातबाट इहराम बाँध्नु पर्छ। मीकातहरू: ती स्थानहरू हुन्, जसलाई पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले इहराम बाँध्नका लागि तोक्नुभएको हो। ताकि हज वा उमरा गर्ने इरादा गरेको व्यक्तिले त्यहाँबाट इहराम बाँधोस्। जो व्यक्ति हज वा उम्राहको उद्देश्यले मवाकितहरूबाट जान्छ, उसले त्यहाँ…
जकात र रोजासँग सम्बन्धित दुई संक्षिप्त पुस्तिकाहरू
यस पुस्तकमा जकात र रोजा; दुई अनिवार्य इबादतहरूको चर्चा गरिएको छ । दुवैका प्रावधान र फाइदाहरूको उत्कृष्ट व्याख्या गरिएको छ। यसमा सेवकहरूमाथि रहेको अल्लाहको अधिकारलाई केन्द्रित गरिएको छ । साथै जकातका प्रावधानहरू, जकात अनिवार्य हुने सम्पत्तिका किसिमहरू तथा रमजानका विशेषताहरू, रोजाका प्रावधान र शिष्टाचारहरूलाई उत्कृष्ट बैज्ञानिक शैलीमा प्रस्तुत गरिएको छ, जसले शरई आधार र शैक्षिक मार्गदर्शनलाई संयोजन गर्दछ ।
नयाँ मुस्लिमको लागि संक्षिप्त उपयोगी पुस्तिका
संकलन मुहम्मद अश्-शहरी १४४१-२०२० बिस्मिल्ला हिर्रहमा निर्रहीम (अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु) । भूमिका
बिहान र बेलुका पढिने दुआ (स्तुति ) हरू
अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु । (अल्लाह– उनीबाहेक कोही उपास्य छैन जीवन्त एवम् समस्त सृष्टिलाई धारण गर्ने प्रभु हुनुहुन्छ। उनलाई न उंघ लाग्छ न निद्रा नै । आकाशमण्डल र पृथ्वीकामा रहेका सम्पूर्ण वस्तुहरू उनैका हुन् । को छ जसले उनीकहाँ उनको अनुमति बिना सिफारिश गर्न सकोस् ? उनीलाई जे जति तिनीहरूका अगाडि हुनेछ छ र जे जति तिनीहरूभन्दा अघि भइसकेको छ, सबै कुरा थाहा छ। र, तिनीहरूले अल्लाहको ज्ञानको कुनै पनि अंश अल्लाहले नचाहेसम्म प्राप्त गर्न सक्दैनन् । उनको प्रभुत्व आकाशहरू तथा पृथ्वी सबैमाथि छ । र तिनीहरूको संरक्षणले उनलाई थकित तुल्याउँदैन र उनी उच्च तथा महान् छन् ।) (आयत…
मलाई कसले र किन सृष्टि गर्यो ?
संसारको कण कणले सृष्टिकर्ताको अस्तित्वको प्रमाण दिन्छ। आकाश, पृथ्वी र ती बीचमा रहेका ठूलाठूला र अनगिन्ती सृष्टिहरू कसले सृष्टि गरे ? आकाश र पृथ्वीको यो सटीक र सूक्ष्म प्रणाली कसले स्थापना गर्यो ? मानिसलाई कसले सृष्टि गर्यो र उसलाई कान, आँखा र बुद्धि कसले दियो र उसलाई ज्ञान प्राप्त गर्न र तथ्यहरू बुझ्न सक्षम कसले बनायो ? तपाइँको शरीर र अन्य जीवित प्राणीहरूको शरीरको प्रणालीमा यो सटीक र सूक्ष्म कारीगरीलाई कसरी व्याख्या गर्नुहुन्छ? यो अद्वितीय प्रणाली कसले बनायो? यो महान ब्रह्माण्ड युगौंदेखि कसरी व्यवस्थित र स्थिर रूपमा चलिरहेको छ?
इस्लामको संक्षिप्त परिचय कुर्आन र हदीसको प्रकाशमा
बिस्मिल्ला हिर्रहमा निर्रहीम (अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु) । इस्लाम (प्रमाणरहित संस्करण)[१] (१) यस पुस्तकको अर्को प्रतिलिपि पनि उपलब्ध छ, जसमा प्रत्येक कुराको प्रमाण कुर्आन र हदीसबाट प्रस्तुत गरिएको छ, तपाइँ यसलाई निम्न लिङ्क मार्फत हेर्न सक्नुहुन्छ: http://islamhouse.com/ar/books/२८३००७१ इस्लामको संक्षिप्त परिचयमा आधारित यो एक महत्त्वपूर्ण पुस्तिका हो । जसमा इस्लाम धर्मका महत्वपूर्ण सिद्धान्तहरू, शिक्षाहरू र विशेषताहरूलाई इस्लामको दुई मौलिक र भरपर्दो श्रोत; कुर्आन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । यो पुस्तिकाले मुस्लिम र गैर(मुस्लिम सबैलाई तिनीहरूको आफ्नै…
मुस्लिमका लागि संक्षिप्त उपयोगी पुस्तिका
यो पुस्तकले इस्लाम धर्मका आधारभूत सिद्धान्तहरूलाई संक्षेपमा तर व्यापक रूपमा प्रस्तुत गर्दछ। यसले पाठकहरूलाई सही इबादतका आधारहरू तथा अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका किताबहरू, उहाँका रसूलहरू, अन्तिम दिन (कियामत) र भाग्य (कदर) प्रति ईमानका अर्थहरू स्पष्ट पार्दछ। यो पुस्तकको सुरुवातमा इस्लामको अनुग्रह तथा अल्लाह (ईश्वर) का गुणहरू र सुन्दर नामहरू जान्नुको महत्त्वको व्याख्या गरिएको छ। त्यसपछि यसले इस्लामका पाँच स्तम्भहरू र ईमानका स्तम्भहरूको बारेमा चर्चा गर्दछ, साथै एहसानको अवधारणा र मोमिन (आस्थावान) माथि यसको प्रभावको पनि व्याख्या गर्दछ। यो पुस्तक दुई वह्य—कुरआन र सुन्नतबाट प्राप्त प्रमाणहरूमा…
संसारलाई कसले सृष्टि गर्यो? मलाई कसले सृष्टि गर्यो र किन?
यस पुस्तकले ब्रह्माण्ड र मानिसको उत्पत्तिबारे चर्चा गर्दछ। यसको एक महान सृष्टिकर्ता; अल्लाह हुनुहुन्छ जसले जीवनलाई संचालन गर्ने नियमहरू स्थापना गर्नुभएको छ भनेर पुष्टि गर्दछ। यसमा अल्लाहका गुणहरू, सन्देशवाहकहरू र दिव्य आकाशीय ग्रन्थहरूमाथि ईमान राख्नुको महत्त्व स्पष्ट गरिएको छ। साथै, यसले इस्लाम नै सत्य धर्म हो, जसले यस संसार र परलोकमा सुख, शान्ति र सफल जीवन प्राप्त गर्न मार्गदर्शन गर्छ भन्ने कुरामा जोड दिन्छ।
इस्लाम धर्मको सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)
"इस्लाम धर्मको सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)" नामक पुस्तकले पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को वंश र पालनपोषणदेखि लिएर उहाँको शुभ विवाह, वह्य (ईश्वरीय सन्देश) को सुरुवात र उहाँको आह्वानको सुरुवातसम्मको जीवनको समीक्षा गर्दछ। यसले उहाँको नबुवत (दूतत्व) का प्रमाणहरू र उहाँको सत्यताका चिन्हहरूलाई स्पष्ट पार्दछ। उहाँले ल्याउनुभएको शरिया (विधान) र मानव अधिकार तथा मर्यादाको संरक्षणमा यसको भूमिकाको व्याख्या गर्दछ। साथै, उहाँप्रति उहाँका विरोधीहरूको धारणा र गवाहीहरूलाई पनि उजागर गर्दछ। उहाँको उत्कृष्ट र असल चरित्रमाथि प्रकाश पार्दछ जसले उहाँलाई सम्पूर्ण मानवजतिका लागि एक आदर्श…
के तपाईंले आफैँलाई प्रश्न गर्नुभएको छ? तपाईंलाई कसले र किन सृष्टि गर्यो? र मृत्युपछि के हुन्छ?
यो किताबले मानिसको अस्तित्व र सृष्टिको प्रश्नलाई सम्बोधन गर्दछ। एक पूर्ण बुद्धिमान र परिपूर्ण सृष्टिकर्ताको अस्तित्वलाई तर्कका साथ प्रमाणित गर्दछ। हाम्रो जन्मको उद्देश्य केवल एक अल्लाहको उपासना गर्नु हो भन्ने कुरालाई व्याख्या गर्दछ। इस्लाम नै शतप्रतिशत सुरक्षित सत्य धर्म हो भन्ने कुरालाई स्पष्ट पार्दछ, अल्लाहका सन्देशवाहक मुहम्मदमाथि ईमान राख्न र उहाँका शिक्षाहरूको अनुशरण गर्न आह्वान गर्दछ। शिर्कबाट सावधान गर्दछ, आखिरतमा हुने हिसाब र प्रतिफललाई पुष्टि गर्दछ ।
अजानका शब्दहरूको व्याख्या
‘अजानका शब्दहरूको व्याख्या’ नामक पुस्तकले अजानका शब्दहरूलाई आस्थाको दृष्टिकोणले व्याख्या गर्दै त्यसका आस्थागत एवं शैक्षिक पक्षहरूलाई उजागर गर्दछ। यसले स्पष्ट पार्दछ, अजान केवल नमाजको लागि एक आह्वान मात्र होइन, बरु यो तौहीद र सफलताको लागि गरिने एक दैनिक आह्वान हो। पुस्तकले अजानका शब्दहरूको समीक्षा गर्दै तिनका अर्थहरूलाई विस्तारमा बताउँछ; जसमा अल्लाहको महानता, तौहीद र रिसालतको गवाहीदेखि लिएर नमाज र सफलताको आह्वान, अन्तमा तकबीर र तौहीदद्वारा गरिने समापनसम्मका विषयहरू समावेश छन्। एक प्रभावकारी शैलीमा, यसले अजानका शब्दहरूलाई त्यसका आध्यात्मिक उद्देश्यहरूसँग जोड्दछ, ताकि हृदयहरू जागृत होउन् र…
यात्राको शिष्टाचार र यसका नियमहरू
समस्त प्रशंसा अल्लाहको लागि जो सारा संसारका पालनकर्ता हुनुहुन्छ, र दरूद एवं सलाम होस् हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका सन्तान र सबै साथीहरू माथि। तत्पश्चातः यो सानो लेख, यात्राका आचरण र त्यसका आदेशहरूका बारेमा हो, यसमा, हामीले यात्रुलाई आवश्यक पर्ने प्रायः सबै कुराहरू स्पष्ट पार्ने आकांक्षा गरेका छौं। हामी अल्लाहसँग प्रार्थना गर्छौं कि उहाँ यसलाई आफ्नै लागि मात्र खालिस बनाउनुहोस्, र यसबाट सम्पूर्ण मुसलमानहरूलाई लाभ प्रदान गर्नुहोस्। पहिलो : यात्राको शिष्टाचार
हज, उमरह र जियारतसँग सम्बन्धित सुन्नत विपरीत कार्यहरू
उमरहसँग सम्बन्धित सुन्नत विपरीत कार्य र गल्तीहरू पहिलो : एहराम लगाउँदा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू हज वा मरहको एहराम लगाउँदा ठूलो स्वरमा तलबिया न भन्ने । सुन्नत : ठूलो स्वरमा तलबिया भन्ने ।
हज, उमरह र जियारत सम्बन्धी फतवाहरू
यसलाई साउदी अरबको स्थायी फतावा समितिका फतवाहरूको संग्रहबाट छनोट गरिएको हो, जसमा प्रश्नहरूलाई प्रसंगसँग मिलाएर संक्षिप्त गरिएको छ । पहिलो: सामान्य फतवाहरू प्रश्न: के मेरो बुवाले बैंकबाट ऋण लिएको पैसाले उमरह गर्न सक्नुहुन्छ ? उत्तर: आफ्नो वा अरु कसैको लागि हज वा उमरह गर्ने व्यक्तिले यसको लागि चोखो र पवित्र पैसा खर्च गर्नुपर्छ; किनकि अल्लाह पवित्र हुनुहुन्छ र उहाँले केवल पवित्र कुराहरू स्वीकार गर्नुहुन्छ ।
हजको विधि सम्बन्धी संक्षिप्त विवरण
समस्त प्रशंसा महान् अल्लाहका लागि हो, जो सम्पूर्ण सृष्टिका पालनकर्ता हुनुहुन्छ। शान्ति, कृपा र आशिष् होस् हाम्रो नबी हज़रत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम), उहाँका पवित्र सन्तानहरू तथा उहाँका सम्पूर्ण सहाबाहरू (रजियल्लाहु अन्हुम) माथि। तत्पश्चात्: यो हजको विधि सम्बन्धी संक्षिप्त पुस्तिका हो, जसमा हामीले हज यात्रा गर्ने व्यक्तिहरूलाई आवश्यक पर्ने धेरै कुराहरू स्पष्ट पार्ने प्रयास गरेका छौं। र हामी अल्लाहसँग प्रार्थना गर्दछौं कि उहाँले यो कार्य उहाँको प्रसन्नता हामीलाई प्राप्त होस् साथै यसलाई स्वीकार गरून् र यो सम्पूर्ण मुसलमानहरूको लागि लाभदायक होस्। प्रस्तावना
महत्वपूर्ण दुआहरू[१]
कुर्आन र हदीसबाट प्रमाणित केही महत्वपूर्ण र व्यापक दुआहरू उल्लेख गरिएको छ, जसलाई तवाफ र सई गर्दा, अरफात् र मुजदलिफा मा हुँदा वा जुनसुकै स्थान र समयमा भए पनि माग्न सकिन्छ, किनभने यी दुआहरू कुनै स्थान वा समस्यको लागि खास छैन । पहिलो : कुर्आनका दुआहरू 'रब्बना तकब्बल् मिन्ना इन्न-क अन्तस्समीउल्-अलीम् ।* व तुब् अलैना इन्न-क अन्तत्तौवाबुर्रहीम' । अर्थ : हे हाम्रा पालनकर्ता ! हाम्रा (सम्पूर्ण सत्कर्महरू) स्वीकार गर्नुहोस्, निश्चय नै तपाईं सर्वश्रोता र सर्वज्ञाता हुनुहुन्छ । हाम्रो तौबा (प्रायश्चित) स्वीकार गर्नुहोस्, निस्सन्देह तपाईं तौबा स्वीकार गर्नेवाला र दयावान हुनुहुन्छ । ‘रब्बना आतिना…
सही अकीदा (सिद्धान्त) र त्यसका विपरीत धारणाहरू
लेखः अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु । प्रस्तावना सम्पूर्ण किसिमका प्रशंसा एवं महिमागानहरू अल्लाहकै लागि हुन् । दरूद र सलाम (दया एवं शान्ति) अवतरित होस् अल्लाहको अन्तिम सन्देष्टा, सम्पूर्ण दूतहरूका समापक मुहम्मद (सल्लल्लाहु अलैहे वसल्लम) माथि, र उहाँका समस्त घरपरिवार तथा सहाबा (साथी) हरूमाथि ।
صفة الوضوء والصلاة (مرئي)
म वजू कसरी गरूँ ? २७ आवाज (स्वर) १ अजानको आवाज... २
वुजूको तरिका (संक्षिप्त व्यावहारिक व्याख्या)
वुजूको तरिका (सरल भिडियो क्लिप) यो वुजू गर्ने तरिकाको एक व्यावहारिक अभ्यास हो, जसले चरणबद्ध रूपमा वुजू गर्ने तरिका स्पष्ट गर्छ। यो धेरै महत्त्वपूर्ण छ, किनकि वुजू नमाजको शर्त हो। भिडियो हेर्नुहोस् र वुजू गर्ने सही तरिका सिक्नुहोस्। वुजूको तरिका
मस्जिद नबवीको विशेषता र शिष्टाचार तथा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्र र उहाँका दुई सहाबा (रजियल्लाहु अन्हुमा) हरूको कब्रको जियारत गर्ने नियमहरू
यस पुस्तकले मस्जिद नबवीको फजीलत (विशेषता) र यसको जियारत (दर्शन) का शिष्टाचारहरू स्पष्ट गर्दछ। साथै यसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्रको जियारत र उहाँका दुई सहाबाहरू (रजियल्लाहु अन्हुमा) को कब्रहरूको जियारतका शिष्टाचारहरू पनि प्रस्तुत गर्दछ। जियारतको क्रममा मर्यादा र पवित्रता कायम राख्न तथा बिदअतहरूबाट टाढा रहनुपर्ने महत्त्वमा जोड दिन्छ।
अजानका शब्दहरूको संक्षिप्त व्याख्या
यो ‘अजानका शब्दहरूको व्याख्या’ नामक पुस्तकको संक्षिप्त रूप हो। जसले अजानका शब्दहरूलाई समेटेर धार्मिक र शैक्षिक पक्षहरूको व्याख्या गर्दछ। साथै यसले अजानका शब्दहरूको समीक्षा गर्दै अल्लाहको महानता, तौहीद र रिसालतको गवाहीदेखि लिएर, नमाज र सफलतातर्फ आह्वान गर्दछ। अन्त्यमा अल्लाहको महानता र तौहीद (एकेश्वरवाद) लाई एक प्रभावकारी शैलीमा स्पष्ट पार्दछ।
तीन मूल सिद्धान्त र त्यसका प्रमाणहरू
यस पुस्तकमा मुस्लिमले जान्नैपर्ने; अल्लाह, उहाँको नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) र इस्लाम धर्मको ज्ञान र पहिचान जस्ता आधारभूत सिद्धान्तहरूलाई समेटिएको छ। यसले ईमान र असल कर्महरू निर्माण गर्न यी सिद्धान्तहरूको महत्त्वलाई कुरआन र हदीसको प्रकाशमा स्पष्ट पारेको छ।
सुखमय जीवनका लागि उपयोगी साधनहरू
शेख अब्दुर्रहमान बिन नासिर अस्सादीको पुस्तिका ‘सुखमय जीवनका लागि उपयोगी साधनहरू’ ले गहिरो ईमानमा आधारित दृष्टिकोणबाट असल खुशीका कारणहरूलाई सम्बोधन गर्दछ । यसले पाठकलाई ईमान, असल कर्म, अल्लाहको स्मरण, सन्तोष, उहाँका अनुग्रहहरूमा चिन्तन, परोपकार, अल्लाहमाथि भरोसा, धैर्य र परिस्थितिहरूको सही मूल्यांकनद्वारा आन्तरिक शान्तितर्फ डोऱ्याउँछ। यसले उत्कृष्ट शैलीमा जीवनका उतारचढावहरूको बावजुद एक शान्त, सन्तुलित र सुखमय जीवनको नक्सा तपाईंको हातमा राख्छ।
मुअज्जिन, इमाम र खतीबका लागि संक्षिप्त र उपयोगी मार्गदर्शिका तथा मस्जिदका नियमहरू
यस पुस्तकले अजान र इकामत, नमाजको इमामत, जुमाको खुत्बा र मस्जिदका शिष्टाचारहरूसँग सम्बन्धित विषयहरूलाई विस्तृतरुपमा समेटेको छ। साथै, यसले मुअज्जिन, इमाम र खतीबका जिम्मेवारीहरूबारे छलफल गर्दछ र यी कार्यहरूसँग सम्बन्धित शरई हुकुमहरू सिक्नुपर्ने महत्त्वलाई जोड दिन्छ, ताकि ती कार्यहरू सही रूपमा सम्पन्न गर्न सकियोस्। यसका अतिरिक्त, नबी ﷺ बाट वर्णन गरिएका सम्बन्धित हदीसहरू र तिनको व्याख्या पनि समावेश गरिएका छन्, जसले तिनको सही कार्यान्वयन सुनिश्चित गर्न सहयोग पुर्याउँछ।
इस्लाम अल्लाहका सबै दूतहरूको धर्म हो।
इस्लामको अर्थ भनेको सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता र पालनकर्ता अल्लाहसामु आफूलाई समर्पण गर्नु तथा प्रेम र आदरका साथ उहाँको पालन गर्नु हो । इस्लामको आधार भनेको अल्लाहमा विश्वास गर्नु, उहाँ नै हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र उहाँ बाहेक अरू सबै उहाँका सिर्जना हुन्, केवल उहाँ नै पूजनीय र उपास्य हुनुहुन्छ र उहाँको कोही साझेदार वा प्रतिद्वन्द्वी छैन, उहाँका सुन्दर नामहरू र उच्चतम गुणहरू छन्, उहाँ हरेक दृष्टिले एकदम सम्पन्न र परिपूर्ण हुनुहुन्छ, उहाँ नत कसैबाट जन्मिनुभएको हो नत कोही उहाँबाट जन्मेको हो, उहाँ जस्तो र उहाँ बराबर कोही छैन, उहाँभित्र नत कुनै सृष्टि निहित छ नत उहाँ कुनै सृष्टिभित्र…
इस्लामको संक्षिप्त परिचय कुरआन र हदीसको प्रकाशमा
इस्लाम यो एउटा महत्त्वपूर्ण पुस्तक हो, जसमा इस्लामको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ। यसमा इस्लामका आधारभूत सिद्धान्तहरू, शिक्षाहरू र यसको उत्कृष्ट विशेषताहरूलाई इस्लामका मूल तथा भरपर्दा स्रोत—पवित्र कुरआन र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत—को प्रकाशमा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। यो पुस्तक मुस्लिम तथा गैरमुस्लिम सबै जिम्मेवार (मुकल्लफ) व्यक्तिहरूलाई लक्षित गरी उनीहरूकै भाषामा तयार पारिएको हो, ताकि हरेक समय, स्थान र विभिन्न परिस्थिति तथा अवस्थाका मानिसहरूले यसबाट लाभ लिन सकून्। (पवित्र कुरआन र हदीसका प्रमाणहरू समावेश गरिएको संस्करण) १- इस्लाम सम्पूर्ण मानवजातिका लागि अल्लाहको…
إعداد خطيب ماهر
बिस्मिल्ला हिर्रहमा निर्रहीम (अत्यन्त करूणामय, परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु)। सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन्, हामी उहाँकै प्रशंसा गर्छौं, उहाँसँग नै सहायता माग्छौं र उहाँसँग नै क्षमा प्रार्थना गर्छौं। हामी आफ्ना आत्माका दुष्टता र आफ्ना कर्मका खराबीबाट अल्लाहको शरण लिन्छौं। जसलाई अल्लाहले मार्गदर्शन दिनुहुन्छ, उसलाई कसैले पनि पथभ्रष्ट गर्न सक्दैन; र जसलाई उहाँले पथभ्रष्ट गर्नुहुन्छ, उसलाई कसैले पनि मार्गदर्शन दिन सक्दैन। म गवाही दिन्छु, अल्लाह बाहेक कोही सत्य पूज्य छैन, उहाँ एक हुनुहुन्छ, उहाँको कुनै साझेदार छैन। म गवाही दिन्छु कि मुहम्मद उहाँका दास र सन्देशवाहक हुनुहुन्छ।…
नबी ﷺ को नमाजको तरिका
किताब 'नबी ﷺ को नमाजको तरिका' मा आदरणीय शैख अब्दुल अजीज बिन बाज (रहिमहुल्लाह) ले नबी ﷺ को नमाजको कैफियतलाई सही प्रमाणसहित, सरल शैली र सटीक विधिमा सारांश प्रस्तुत गर्नुभएको छ, ताकि यो मुस्लिमको लागि नमाजमा मार्गदर्शक बनोस्। उहाँले यसमा वुजूदेखि सलाम फेर्नेसम्म नमाजका आधार (अर्कान) हरू, सुन्नतहरू र गुणहरूलाई प्रमाण र व्याख्यासहित वर्णन गर्नुभएको छ । सबैभन्दा महान् इबादतमा नबी ﷺ को पूर्ण अनुकरण गर्न आह्वान गर्नुभएको छ।
कुरआन र हदीसको प्रकाशमा हज, उमरह र जियारतससँग सम्बन्धित धेरै प्रावधानहरूको अनुसन्धान र व्याख्या
यस पुस्तकले हज, उमरह र जियारतसँग सम्बन्धित धेरै प्रावधानहरूलाई कुरआन र हदीसको प्रकाशमा व्याख्या गरेको छ। यसले हज र उमरहका अनिवार्य कुराहरू, एहरामको अवस्थामा निषेधित कार्यहरू र मस्जिदे नब्वीको जियारत गर्दा अपनाउने शिष्टाचारहरूलाई स्पष्ट पारेको छ। साथै यी अनुष्ठानहरूमा गरिने ’बिदअत’हरू विरुद्ध सचेत गरेको छ।
उमराको विधि र यसको नियमहरू सम्बन्धी संक्षिप्त विवरण
समस्त प्रशंसा अल्लाहको लागि जो सारा संसारका पालनकर्ता हुनुहुन्छ, र दरूद एवं सलाम होस् हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका सन्तान र सबै साथीहरू माथि। तत्पश्चातः यो सानो लेख हो जसमा उमरा, यसको नियम र शिष्टाचारको वर्णन गरिएको छ, हामीले यसमा उमरा गर्ने व्यक्तिलाई खाँचो पर्ने विषयहरूलाई प्रष्ट पार्ने कोसिस गरेका छौं । र अल्लाहसित यसलाई विशुद्ध रुपमा आफ्नो निमित्त बनाइ दिऊन् भनेर कामना गर्दछौँ र यसबाट सबै मुसलमानहरूको लाभ होस् भनेर प्रार्थना (दुआ) गर्दछौँ ।