मस्जिद नबवीको जियारत (दर्शन) गर्ने शिष्टाचार र नियमहरू
(बुखारी : ११८९, मुस्लिम : ८२७) र यो शब्द मुस्लिमको हो ।
(बुखारी : ११९० र मुस्लिम : १३९४)
(बुखारी : ११९५ र मुस्लिम : १३९०)
सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्, जो सारा संसारका पालनकर्ता हुनुहुन्छ । दरूद एवं सलाम (कृपा र शान्ति) अवतरण होस् हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका घरपरिवार तथा उहाँका सम्पूर्ण सहाबा (साथी) हरूमाथि ।
अम्मा बाअ्द (तत्पश्चात) :
मस्जिद नबवीको जियारत (दर्शन) गर्ने शिष्टाचार र नियमहरूसँग सम्बन्धित यो एउटा संक्षिप्त पुस्तिका हो, जसमा हामीले मस्जिद नबवीको जियारत गर्ने व्यक्तिलाई आवश्यक पर्ने महत्त्वपूर्ण कुराहरू व्याख्या गर्ने प्रयास गरेका छौं ।
अल्लाहले यसलाई आफ्नो खुशी प्राप्त गर्ने विशुद्ध माध्यम र सबै मुस्लिमहरूको लागि लाभदायक बनाउन् ।
बहुभाषिक इस्लामी सामग्री सेवा संस्थाको वैज्ञानिक समिति
संक्षिप्त
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मस्जिदको जियारत (दर्शन) गर्नु मुस्तहब हो । यसको लागि नत कुनै निश्चित समय तोकिएको छ नत यो हजका कार्यहरूमा समावेश छ । हज गर्ने (पुरुष वा महिला) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्र वा ‘अल-बकीअ’ कब्रिस्तानको जियारत (दर्शन) गर्न अनिवार्य छैन ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्र (चिहान) को जियारत गर्ने नियतले यात्रा गर्नु अनुमति छैन, किनभने इबादतको उद्देश्यले केवल तीन मस्जिदहरूतर्फ यात्रा गर्नु जायज हो, चिहानहरूको जियारतको लागि होइन, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :"तीन मस्जिदहरू बाहेक (इबादतको उद्देश्यले) यात्रा नगर: मेरो यो मस्जिद (मस्जिद नबवी), मस्जिद हराम (मक्का) र मस्जिद अक्सा ।"
त्यसैले मदीनाबाट टाढा बस्नेहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्र (चिहान) को जियारत गर्ने नियतले विशेष रूपमा यात्रा गर्न अनुमति छैन, तर उसलाई नबीको मस्जिदको जियारत गर्ने उद्देश्यले यात्रा गर्न अनुमति छ र जब ऊ त्यहाँ पुग्छ, उसले उहाँको कब्र र उहाँका दुई साथीहरूको चिहानको जियारत गर्न अनुमति छ । यसरी उहाँको कब्र (चिहान) को जियारत मस्जिद नबवीको जियारत (दर्शन) को मातहतमा हुन्छ ।
कुनै पनि महिलाले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को चिहानको जियारत (दर्शन) गर्नु वा अन्य कुनै चिहानको जियारत गर्नु अनुमति छैन; किनकि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले चिहानको जियारत गर्ने महिलाहरूलाई श्राप दिनुभएको छ । उनीहरूबाट विलाप, सिङ्गार प्रदर्शन, नग्नता र अन्य धार्मिक उल्लंघन गर्ने डर हुन्छ । यद्यपि, उनीहरूले मस्जिद वा अन्य ठाउँमा बसेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि धेरै भन्दा धेरै दरूद र सलाम पठाउनु मुस्तहब हो, किनभने उनीहरू जहाँ भए पनि उनीहरूको दरूद र सलाम रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सम्म पुग्छ; उहाँले भन्नुभएको छ:"तिमीहरू आफ्नो घरलाई चिहान नबनाऊ र मेरो चिहानलाई उत्सव (मेला) को ठाउँ नबनाऊ र ममाथि दरुद पठाऊ, किनकि तिमीहरू जहाँ भए पनि तिमीहरूको दरुद मसम्म पुग्नेछ ।"नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :"अल्लाहका केही फरिश्ता (स्वर्गदूत) हरू छन्, जसले पृथ्वीभरि यात्रा गर्छन् र मेरो उम्मत (अनुयायीहरू) को सलाम मलाई पुर्याउँछन् ।"
मस्जिद नबवी वा अन्य मस्जिदहरूमा प्रवेश गर्दा पहिला दायाँ खुट्टा भित्र राख्नु र (अल्ला हुम्मफ्-तहली अब्वाब रहमतिक) पढ्नु मुस्तहब हो ।
अर्थ: हे अल्लाह ! मेरो लागि आफ्नो दयाका ढोकाहरू खोलिदिनुहोस् ।"
मस्जिद नबवीमा प्रवेश गर्दा कुनै निश्चित दुआ वा जिक्र प्रमाणित छैन ।
त्यसपछि दुई रकात तहिय्यतुल् मस्जिद पढ्नुहोस् ।
यदि निषेधित समय छैन भने दुई-दुई रकात गरेर आफुले चाहे जति नफिल (अतिरिक्त) सलाह पढ्न सकिन्छ; नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:"मेरो यस मस्जिदमा पढिएको एक नमाज मस्जिद-हरम बाहेक अन्य कुनै पनि मस्जिदमा पढिएको हजार नमाज भन्दा उत्तम छ ।"
यदि सम्भव छ भने रौजा भित्र सलाह पढ्ने प्रयास गर्नुहोस्, जुन मिम्बर र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को घरको बीचमा अवस्थित छ; नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:"मेरो घर र मेरो मिम्बरको बीचमा स्वर्गको बगैंचाहरूमध्ये एक बगैंचा छ ।"
यदि त्यहाँ सजिलै नमाज पढ्न सकिँदैन भने मस्जिदको जुनसुकै ठाउँमा भए पनि नमाज पढ्न सकिन्छ र यो नाफिल वा यो एक्लै नमाज पढ्दाखेरिको कुरा हो । यद्यपि फर्ज सलाहमा इमामको नजिक पहिलो पङ्क्तिमा उभिएर नमाज पढ्ने प्रयास गर्नुपर्छ; किनभने यस सम्बन्धमा धेरै प्रमाणहरू छन् ।
यदि कोही नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका दुई साथीहरूको कब्रको जियारत (दर्शन) गर्ने इरादा गर्छ:
उसले उहाँको चिहानको अगाडि आदर र मर्यादाका साथ उभिएर सानो स्वरमा : (अस्सलामु अलैक या रसूलल्लाह, व रह्मतुल्लाहि व बरकातुह) भनेर सलाम गर्नुपर्छ । यदि सलाम गर्ने व्यक्तिले : (अश्हदु अन्नक रसूलल्लाहि हक्कन्, व अन्नक कद् बल्लग्तर्रिसालह, व अद्दैतल् अमानह, व जाहद्त फिल्लाहि हक्क जिहादिह, व नसह्तल् उम्मह, फजजाकल्लाहु अन् उम्मतिक अफ्जल मा जजा नबिय्यन् अन् उम्मतिहि) भन्छ भने यसमा केही फरक पर्दैन ।
अर्थ: "म गवाही दिन्छु, तपाईं साँच्चै अल्लाहका रसूल (सन्देष्टा) हुनुहुन्छ, तपाईंले सन्देश पुर्याउनुभयो, तपाईंलाई जिम्मेवारी निभाउनु भयो, अल्लाहको मार्गमा संघर्ष गर्नुभयो र उम्मतलाई उपदेश दिनुभयो, त्यसका लागि अल्लाहले नबीलाई उनको उम्मतको तर्फबाट दिएको बदला जस्तो उत्कृष्ट बदला तपाईंलाई प्रदान गरून् ।"
त्यसपछि अलि दायाँतिर सर्नुहोस् र अबु बकर सिद्दीक (रजियल्लाहु अन्हु) लाई सलाम गर्नुहोस् ।
त्यसपछि अलिकति दायाँतिर सर्नुहोस् र उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) लाई सलाम गर्नुहोस् । अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) जब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) र उहाँका दुई साथीहरूलाई सलाम गर्थे, तब उनी सामान्यतया यो भन्दा बढी केही भन्दैनथे: "तपाईंलाई सलाम छ, हे अल्लाहका रसूल ! तपाईंलाई सलाम छ, हे अबू बक्र ! तपाईंलाई सलाम छ, हे मेरा बुबा !" यति भनेपछि उनी फर्कन्थे ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका दुई साथीहरूको चिहान अगाडि लामो समयसम्म उभिनु वा दुआ गर्नु उचित होइन । इमाम मलिकले यसलाई अप्रिय ठान्दै भनेका छन् : यो एक बिदअत हो, जुन सलफ (सहाबा र पूर्ववर्तीहरू) ले गरेनन् र यस उम्मतको पछिल्लो मानिसहरू केवल त्यही कुराले सफल हुनेछन्, जुन कुराहरूले अघिल्लो मानिसहरू सफल भएका थिए ।
त्यसैगरी केही आगन्तुक र दर्शनार्थीहरूले उहाँको चिहानको दिशामा फर्केर हात उठाएर गर्ने दुआ (प्रार्थना) पनि धर्मको नाममा गरिएको नयाँ काम हो, जुन अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम), सलाफहरू र उनीहरूका साँचो अनुयायीहरूको तरिका विपरीत हो । बरु, यो एउटा नयाँ कुरा (बिदअत) हो ।
त्यसैगरी केही मानिसहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सलाम पठाउँदा आफ्नो दायाँ हात बायाँ हातमाथि सलाह पढ्ने व्यक्तिले राखे झैँ छाती वा त्यसको मुनि राख्छ, सलाम पठाउँदा यसरी हात राख्नु हुँदैन, किनभने यो विधि समर्पण, नम्रता र उपासनाको प्रतीक हो, जुन केवल अल्लाहको लागि अपनाउनु पर्छ । हाफिज इब्ने- हजरले फतहुल- बारी" मा विद्वानहरूलाई उद्धृत गर्दै यो कुरा स्पष्ट पारेका छन् ।
अल्लाहको नजिक हुनको लागि नत रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को कबर (चिहान) को ग्रील वा पर्खाललाई छुनु वा त्यसको वरिपरि तवाफ (परिक्रमा) गर्नु जायज छ नत आफ्नो आवश्यकता पूरा गर्न वा बिरामीलाई निको पार्न उहाँसँग दुआ माग्न अनुमति छ; किनकि यी सबै कुराहरू केवल अल्लाहसँग माग्नुपर्छ ।
मदीना जाने व्यक्तिले त्यहाँ बसाइको समयमा मस्जिद कुबाको जियारत (दर्शन) गर्नु र त्यसमा दुई रकात नमाज पढ्नु मुस्तहब हो; किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफैं घोडामा चढेर र कहिले हिँडेर जानुहुन्थ्यो र दुई रकात नमाज पढ्नुहुन्थ्यो । सहल बिन हुनैफ (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :"जसले आफ्नो घरमा वुजू गर्छ, त्यसपछि मस्जिद-कुबा जान्छ र त्यहाँ नमाज पढ्छ, उसलाई उमराह बराबरको पुण्य प्राप्त हुनेछ ।"
त्यसैगरी पुरुषहरूका लागि बकीअ (मदीनाको कब्रिस्तान), शहीदहरूको चिहान र हमजा (रजियल्लाहु अन्हु) को चिहानको जियारत (दर्शन) गर्नु सुन्नत हो; किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) तिनीहरूको जियारत (दर्शन) गर्नुहुन्थ्यो र उनीहरूका लागि दुआ गर्नुहुन्थ्यो । साथै, उहाँले भन्नुभएको छ:"मैले तिमीहरूलाई चिहानहरूको जियारत (दर्शन) गर्न निषेध गरेको थिएँ, तर अब तिमीहरू जियारत गर, किनभने यसले तिमीहरूलाई आखिरत (परलोक) को सम्झना गराउँछ ।"
यी र सामान्य चिहानहरूको जियारत (दर्शन) गर्दा पढिने दुआ: "अस्सलामु अलैकुम अहलद्दियारि, मिनल्-मुमिनीन वल्-मुस्लिमीन, व इन्ना इन्शा अल्लाहु बिकुम लाहिकून, व यर्हमुल्लाहुल्-मुस्तक्दिमीन मिन्ना वल्-मुस्ताखिरीन, नस्अलुल्लाह लना वल-कुमुल्-आफियह ।"
अर्थ : "हे यी घर (चिहान) हरूका आस्थावान र मुस्लिमहरू! तपाईंहरूमाथि शान्ति होस्, यदि अल्लाहले चाहनुभयो भने हामी तपाईंहरूलाई अवश्य भेट्नेछौं । अल्लाहले हामीमध्ये पहिले मृत्यु भएका र पछि मृत्यु हुनेहरू सबैमाथि दया गरून् । हामी अल्लाहसँग आफ्नो र तपाईंहरूको कल्याणका लागि प्रार्थना गर्दछौं ।"
कब्रिस्तान (चिहान) हरूको जियारत (दर्शन) गर्ने मुख्य उद्देश्य मृत्युपछिको जीवनलाई सम्झनु, चिहानमा गाडिएका मृतकहरूहरूको लागि दुआ (प्रार्थना) गर्नु र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतको अनुसरण गर्नु हो भन्ने कुरामा कुनै शंका छैन । यो नै शरीयत अनुसारको जियारत हो ।
यदि कब्रिस्तान (चिहान) को जियारत (दर्शन) को उद्देश्य चिहान नजिक प्रार्थना गर्ने वा उनीहरूको वसीला (माध्यम) बाट अल्लाहसँग केही माग्ने हो भने यो निषेधित र यस्तो घृणित कार्य हो जसको अनुमति न त अल्लाहले दिनुभएको छ न त उहाँको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले, नत कुनै सलफ (धर्मी पूर्वज) ले यसलाई गरेका छन् । यदि मृतकहरूसँग आफ्नो आवश्यकता पुरा गर्न र बिरामीहरूलाई निको गर्न दुआ गरिन्छ भने यो ठूलो शिर्क हो ।
प्रिय पाठक! यस विषयसँग सम्बन्धित केही बनावटी हदीसहरू प्रस्तुत गरिएका छन्, ताकि तपाईं यसबाट सचेत हुनुहोस् र यसले तपाईंलाई भ्रमित नगरोस् :
पहिलो: "जसले हज गर्छ र मेरो दर्शन गर्दैन, उसले मलाई अन्याय गरेको छ ।"
दोस्रो: "जसले मेरो मृत्युपछि मेरो चिहानको दर्शन गर्छ, उसले मेरो जीवनकालमा मलाई भेटे जस्तै हो ।"
तेस्रो: "जसले मलाई र मेरो पिता इब्राहीमलाई एकै वर्षमा जियारत गर्छ, म अल्लाहसँग उसको लागि जन्नतको ग्यारेन्टी दिन्छु ।"
चौथो: "जसले मेरो चिहानको दर्शन गर्छ, उसको लागि मेरो सिफारिश अनिवार्य हुन्छ ।"
यी र यस्ता हदीसहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छैनन् । हाफिज अकैलीले भने: "यस विषयमा कुनै पनि हदीस प्रमाणित छैन ।" हाफिज इब्न हजरले आफ्नो पुस्तक अल-तल्खीस' मा यस्ता अधिकांश कथनहरू उल्लेख गरेपछि भनेका छन्: "यी हदीसका सबै ‘सनद’ कडीहरू ‘जईफ’ कमजोर र अप्रमाणित छन् ।"हज वा उमरह गर्नु अघि वा पछि नबीको मस्जिदको जियारत गर्नु नत हज वा उमरहको सुन्नत हो नत त्यसको पूर्णता हो; किनकि नबीको मस्जिदको दर्शन छुट्टै उपासना हो, जुन कुनै पनि बेलामा गर्न सकिन्छ । त्यसैले यदि कुनै हज वा उमरा गर्ने व्यक्तिले नबीको मस्जिदको जियारत गरेन भने, उसलाई कुनै पाप लाग्दैन । हज र उमरह तथा नबीको मस्जिदको जियारत बीच कुनै धार्मिक सम्बन्ध छैन; किनकि यी सबै छुट्टाछुट्टै उपासनाहरू हुन् । त्यसैले हज वा उमरह गर्ने व्यक्तिको लागि नबीको मस्जिदको जियारत गर्न वा मस्जिद-नबवी जानेहरूका लागि हज र उमरा गर्नु अनिवार्य छैन । यदि कुनै व्यक्तिले हज, उमरह र नबीको मस्जिदको जियारत एउटै यात्रामा एकसाथ गर्छ भने त्यसमा कुनै आपत्ति छैन ।
मस्जिद नबवीको जियारतसँग सम्बन्धित केही निषेधित कुरारू :
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को कब्रको जियारत गर्दा भित्ता र जालीमा हातले स्पर्श गर्नु र बरकतको लागि झ्यालहरूमा धागो आदि बाँध्नु ।
बरकत केवल अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा निर्धारित कुराहरूमा हुन्छ, बिदअत (नयाँ कुरा) हरूमा होइन ।
गारे-हिरा, गारे-सौर र उहुद पर्वतका गुफाहरूमा जानु, त्यहाँ धागो आदि बाँध्नु अनि अल्लाहले अनुमति नदिनुभएको दुआहरू गर्नु र त्यसो गर्दाको कठिनाइ सहनु ।
यी सबै कार्यहरू बिदअत (दीनमा नयाँ कुराहरू) हुन्, जसको इस्लामिक शरियतमा कुनै आधार छैन ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अवशेषहरू भएको दाबी गर्दै केही ठाउँहरूको भ्रमण गर्नु, जस्तै ऊँटनी बसेको ठाउँ, औंठीको इनार वा उस्मानको इनार र त्यहाँबाट बर्कत (आशीर्वाद) को लागि माटो लिने ।
बकी कब्रिस्तान र उहुदका शहीदहरूको चिहानमा जाँदा मृतकहरूसँग दुआ माग्नु र तिनीहरुको नजिक हुन वा तिनीहरूबाट आशीर्वाद प्राप्त गर्न पैसा फाल्नु ।
'वल्लाहु आअ्लम्' अल्लाहलाई राम्ररी थाहा छ ।
दरूद एवं सलाम (कृपा र शान्ति) अवतरण होस् हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका घरपरिवार तथा उहाँका
सम्पूर्ण सहाबा (साथी) हरूमाथि ।
मस्जिद नबवीको विशेषता र शिष्टाचार तथा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्र र उहाँका दुई सहाबा (रजियल्लाहु अन्हुमा) हरूको कब्रको जियारत गर्ने नियमहरू
52 languages
मस्जिद नबवीको विशेषता र शिष्टाचार तथा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्र र उहाँका दुई सहाबा (रजियल्लाहु अन्हुमा) हरूको कब्रको जियारत गर्ने नियमहरू
यस पुस्तकले मस्जिद नबवीको फजीलत (विशेषता) र यसको जियारत (दर्शन) का शिष्टाचारहरू स्पष्ट गर्दछ। साथै यसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को कब्रको जियारत र उहाँका दुई सहाबाहरू (रजियल्लाहु अन्हुमा) को कब्रहरूको जियारतका शिष्टाचारहरू पनि प्रस्तुत गर्दछ। जियारतको क्रममा मर्यादा र पवित्रता कायम राख्न तथा बिदअतहरूबाट टाढा रहनुपर्ने महत्त्वमा जोड दिन्छ।
उमराको विधि र यसको नियमहरू सम्बन्धी संक्षिप्त विवरण
65 languages
उमराको विधि र यसको नियमहरू सम्बन्धी संक्षिप्त विवरण
समस्त प्रशंसा अल्लाहको लागि जो सारा संसारका पालनकर्ता हुनुहुन्छ, र दरूद एवं सलाम होस् हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका सन्तान र सबै साथीहरू माथि। तत्पश्चातः यो सानो लेख हो जसमा उमरा, यसको नियम र शिष्टाचारको वर्णन गरिएको छ, हामीले यसमा उमरा गर्ने व्यक्तिलाई खाँचो पर्ने विषयहरूलाई प्रष्ट पार्ने कोसिस गरेका छौं । र अल्लाहसित यसलाई विशुद्ध रुपमा आफ्नो निमित्त बनाइ दिऊन् भनेर कामना गर्दछौँ र यसबाट सबै मुसलमानहरूको लाभ होस् भनेर प्रार्थना (दुआ) गर्दछौँ ।
कुरआन र हदीसको प्रकाशमा हज, उमरह र जियारतससँग सम्बन्धित धेरै प्रावधानहरूको अनुसन्धान र व्याख्या
54 languages
कुरआन र हदीसको प्रकाशमा हज, उमरह र जियारतससँग सम्बन्धित धेरै प्रावधानहरूको अनुसन्धान र व्याख्या
यस पुस्तकले हज, उमरह र जियारतसँग सम्बन्धित धेरै प्रावधानहरूलाई कुरआन र हदीसको प्रकाशमा व्याख्या गरेको छ। यसले हज र उमरहका अनिवार्य कुराहरू, एहरामको अवस्थामा निषेधित कार्यहरू र मस्जिदे नब्वीको जियारत गर्दा अपनाउने शिष्टाचारहरूलाई स्पष्ट पारेको छ। साथै यी अनुष्ठानहरूमा गरिने ’बिदअत’हरू विरुद्ध सचेत गरेको छ।
हज, उमरह र जियारतसँग सम्बन्धित सुन्नत विपरीत कार्यहरू
39 languages
हज, उमरह र जियारतसँग सम्बन्धित सुन्नत विपरीत कार्यहरू
उमरहसँग सम्बन्धित सुन्नत विपरीत कार्य र गल्तीहरू पहिलो : एहराम लगाउँदा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू हज वा मरहको एहराम लगाउँदा ठूलो स्वरमा तलबिया न भन्ने । सुन्नत : ठूलो स्वरमा तलबिया भन्ने ।