ستون سؤالا في أحكام الحيض والنفاس
*
These files are generated automatically from the book's text; their layout may differ from the printed edition.
*
*
प्रश्न १:
उत्तर १:
प्रश्न २:
उत्तर २:
प्रश्न ३:
उत्तर ३:
प्रश्न ४:
उत्तर ४:
प्रश्न ५:
उत्तर ५:
प्रश्न ६:
उत्तर ६:
प्रश्न ७:
उत्तर ७:
प्रश्न ८:
उत्तर ८:
प्रश्न ९:
उत्तर ९:
प्रश्न १०:
उत्तर १०:
प्रश्न ११:
उत्तर ११:
प्रश्न १२:
उत्तर १२:
प्रश्न १३:
उत्तर १३:
प्रश्न १४:
उत्तर १४:
प्रश्न १५:
उत्तर १५:
प्रश्न १६:
उत्तर १६:
प्रश्न १७:
उत्तर १७:
प्रश्न १८:
उत्तर १८:
प्रश्न १९:
उत्तर १९:
प्रश्न २०:
उत्तर २०:
प्रश्न २१:
उत्तर २१:
प्रश्न २२:
उत्तर २२:
प्रश्न २३:
उत्तर २३:
प्रश्न २४:
उत्तर २४:
प्रश्न २५:
उत्तर २५:
प्रश्न २६:
उत्तर २६:
प्रश्न २७:
उत्तर २७:
प्रश्न २८:
उत्तर २८:
प्रश्न २९:
उत्तर २९:
प्रश्न ३०:
उत्तर ३०:
प्रश्न ३१:
उत्तर ३१:
प्रश्न ३२:
उत्तर ३२:
प्रश्न ३३:
उत्तर ३३:
प्रश्न ३४:
उत्तर ३४:
प्रश्न ३५:
उत्तर ३५:
प्रश्न ३६:
उत्तर ३६:
प्रश्न ३७:
उत्तर ३७:
प्रश्न ३८:
उत्तर ३८:
प्रश्न ३९:
उत्तर ३९:
प्रश्न ४०:
उत्तर ४०:
प्रश्न ४१:
उत्तर ४१:
प्रश्न ४२:
उत्तर ४२:
प्रश्न ४३:
उत्तर ४३:
प्रश्न ४४:
उत्तर ४४:
प्रश्न ४५:
उत्तर ४५:
प्रश्न ४३:
उत्तर ४३:
प्रश्न ४७:
उत्तर ४७:
यसको प्रमाण नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले असमा बिन्त उमैस (रजियल्लाहु अन्हा) लाई दिनु भएको निर्देशन हो, जब उनलाई "धुल्-हुलैफा" मा प्रसव पीडा भयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई नुहाएर, (गुप्त अङ्गलाई) कपडाले राम्ररी बाँधेर एहरामको नियत गर्न आदेश दिनुभयो । यसै गरेर, महिनावारी भएकी महिलाले पनि एहरामको नियत गर्न सक्छिन् र पवित्र नभएसम्म एहरामको अवस्थामा रहन सक्छिन् र पवित्र भइसकेपछि मात्र उनले काबाको तवाफ (परिक्रमा) र सई गर्न सक्छिन्।
प्रश्न ४८:
उत्तर ४८:
प्रश्न ४९:
उत्तर ४९:
प्रश्न ५०:
उत्तर ५०:
प्रश्न ५१:
उत्तर ५१:
प्रश्न ५२:
उत्तर ५२:
प्रश्न ५३:
उत्तर ५३:
प्रश्न ५४:
उत्तर ५४:
प्रश्न ५५:
उत्तर ५५:
प्रश्न ५६:
उत्तर ५६:
प्रश्न ५७:
उत्तर ५७:
प्रश्न ५८:
उत्तर ५८:
प्रश्न ५९:
उत्तर ५९:
प्रश्न ६०:
उत्तर ६०:
किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिनावारी भएकी महिलालाई काबाको तवाफ गर्न निषेध गर्नुभएको छ र सुत्केरी (निफास) को नियम पनि महिनावारीको जस्तै रहेको छ।
[१] खम्रा भन्नाले नमाज पढ्नका लागि प्रयोग गरिने सानो चटाई हो, जसमा नमाज पढ्ने व्यक्तिले सज्दा गर्छ। यसलाई खम्रा भनिनुको कारण यसले अनुहारलाई ढाक्ने वा छोप्ने कार्य गर्नुले हो ।
हैज-निफास (रजस्वला र सुत्केरी) सम्बन्धी ६० प्रश्नहरू
*
बिस्मिल्ला हिर्रहमा निर्रहीम अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु ।
प्रस्तावना
सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन् । अल्लाहको रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम), उहाँका परिवार, साथीहरू र अन्तिम दिनसम्म उहाँको मार्ग अनुसरण गर्नेहरूमाथि आशीर्वाद र शान्ति होस्, यसपछि:
मेरी मुस्लिम बहिनी!
उपासनाको क्रममा महिनावारी सम्बन्धी प्रावधान बारे विद्वानहरूलाई धेरै सोधिने प्रश्नहरूलाई हामीले ध्यानमा राख्दै संक्षिप्त रूपमा संकलन गर्ने निर्णय गरेका छौं ।
मेरी मुस्लिम बहिनी!
यी प्रश्नहरू सधैं तपाईंको पहुँचमा रहोस्, तपाईं ज्ञान र समझदारीका साथ अल्लाहको उपासना गर्नुहोस् भनेर हामीले त्यसलाई सङ्कलन गर्न जमर्को गरेका छौं; किनभने अल्लाहको शरीअतमा धार्मिक विधिशास्त्र (फिकह) को ठूलो महत्त्व छ।
चेतावनी: पहिलो पटक यो पुस्तक पढ्दा, केही प्रश्नहरू दोहोरिएको जस्तो लाग्न सक्छ, तर, बिस्तारै विचार गर्दा एक जवाफ अर्कोभन्दा बढी जानकारीपूर्ण छ तपाईंले महसुस गर्नुहुनेछ, त्यसैले हामीले ती प्रश्नहरूलाई नहटाउने निर्णय गरेका छौँ ।
हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम), उहाँका परिवार र साथीहरूमाथि दया र शान्ति रहोस् ।
महिनावारीको अवस्थामा नमाज र उपवासका केही नियमहरू
जब कुनै महिला फजरको नमाज लगत्तै शुद्ध हुन्छिन् भने के उनले त्यो दिनको रोजा राख्नु पर्छ वा त्यस दिनको कजा गर्नुपर्छ ?
जब कुनै महिला फज्रपछि तुरुन्तै महिनावारी बाट शुद्ध हुन्छिन् भने, त्यस दिन उनले रोजा (व्रत) राख्ने वा नराख्ने सम्बन्धमा विद्वानहरूबीच दुई फरक मतहरू रहेका छन्:
पहिलो राय: उसले बाँकी दिन उपवास बस्नुपर्छ, तर यो गणना हुनेछैन, त्यसैले उसले कजा गर्नुपर्नेछ । यो इमाम अहमदको प्रसिद्ध राय हो ।
दोस्रो राय: त्यो दिन व्रत बस्नु अनिवार्य छैन, किनकि त्यो दिनको सुरुमा महिनावारी भएकोले उपवास राख्न योग्य थिइनन् । त्यसैले, जब त्यस दिन उपवास राख्नु मान्य छैन, तब उपवास तोड्ने कुराहरूबाट अलग रहनु बेकार हो । वास्तवमा, यो समय उनको लागि उपयुक्त समय होइन, किनकि दिनको सुरुमा व्रत नराख्न आदेश दिइएको थियो, बरु त्यस समयमा व्रत बस्न निषेध गरिएको थियो । शरइ (धार्मिक) रोजा : अल्लाहको उपासनाको नियतले बिहान (फज्र) देखि सूर्यास्तसम्म ब्रत तोड्ने कुराहरूबाट टाढा रहनु हो ।
यो दोस्रो राय (तपाईंले देख्न सक्नुहुन्छ) पहिलो राय भन्दा राम्रो हो, तर दुवै राय अनुसार त्यो दिनको कजा गर्नु अनिवार्य हो ।
यदि कुनै महिला महिनावारीबाट पवित्र भई फज्रको नमाजपश्चात् स्नान गरी नमाज सम्पन्न गर्छिन् र त्यस दिनको व्रत पूरा गर्छिन् भने के उनले त्यस दिनको रोजाको कजा (पूरण) गर्नुपर्ने हुन्छ?
यदि कुनै महिनावारी भएकी महिला फज्रको समयभन्दा एक मिनेट अघि पनि पवित्र भएको निश्चित हुन्छिन् र रमजानको महिना हो भने, उनले त्यो दिनको ब्रत बस्नुपर्छ र त्यस दिनको रोजा मान्य हुनेछ अनि उनले यसको कजा गर्नु पर्दैन, किनकि उनले पवित्र अवस्थामा रोजा राखेकी हुन् । यधपि उनले फज्र उदाएपछि पवित्रताको स्नान गर्छिन् भने कुनै आपत्ति छैन । जसरी यौनसम्पर्क वा स्वप्नदोषले गर्दा अपवित्र भएको व्यक्तिले सहरी खान्छ र फज्रपछि नुहाउँछ भने उसको रोजा मान्य हुनेछ ।
यस अवसरमा म अर्को कुरा औंल्याउन चाहन्छु, त्यो के हो भने यदि कुनै महिलाले व्रत तोडिसकेपछि र इशाको नमाज पढ्नु अघि महिनावारी भयो भने, त्यस दिनको व्रत रद्द हुन्छ भनेर केही महिलाहरूले विश्वास गर्छन् । तर यो पूर्णतः निराधार कुरा हो । सूर्यास्त भएको एक क्षण पछि पनि महिनावारी भयो भने व्रत वैध र पूर्ण हो ।
यदि निफास भएकी महिला चालीस दिन अघि नै शुद्ध भइन् भने के उनीमाथि नमाज पढ्नु र उपवास बस्नु अनिवार्य छ?
हो! यदि निफास भएकी महिला चालीस दिन अघि नै शुद्ध हुन्छिन् र रमजानको महिना हो भने उनले रोजा राख्नु पर्छ र सलाह पढ्नु पर्छ । उनको पतिले उनीसँग यौनसम्पर्क गर्न अनुमति छ, किनभने उनी पवित्र छिन् र उनलाई रोजा, सलाह र यौनसम्पर्क गर्नबाट रोक्ने कुनै बाधा छैन ।
यदि कुनै महिलाको महिनावारी सामान्यतया सात वा आठ दिनको हुन्छ, तर कुनै एक वा दुई पटक योभन्दा बढी समयसम्म रह्यो भने, त्यसको नियम के हो? यदि कुनै महिलाको महिनावारी आठ वा सात दिनसम्म रहन्छ र त्यसपछि एक वा दुई पटक त्योभन्दा लामो समयसम्म रहन्छ भने त्यसको के नियम छ?
जब कुनै महिलाको महिनावारी छ वा सात दिनसम्म रहन्छ र त्यसपछि यो अवधि आठ, नौ, दश वा एघार दिनसम्म लम्बिन्छ भने उनी अशुद्ध रहनेछिन् र शुद्ध नभएसम्म नमाज पढ्न सक्ने छैनिन् । किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिनावारीको लागि कुनै निश्चित अवधि तोक्नुभएको छैन । अल्लाहले भन्नुभएको छ: "तिनीहरू तिमीलाई महिनावारीको बारेमा सोध्छन्, भन: यो अपवित्रता हो ।" [सूरह अल-बकरा: २२२] तसर्थ, जबसम्म महिनावारीको रगत आईरहन्छ, तबसम्म महिला अशुद्ध अवस्थामा रहन्छिन् र शुद्ध भएर स्नान गरेपछि मात्र प्रार्थना गर्नेछिन् । यदि अर्को महिनावारी छोटो अवधिको लागि भयो भने शुद्ध भएपछि स्नान गर्नेछिन्, चाहे त्यो अवधि अघिल्लो भन्दा छोटो होस् ।
महत्त्वपूर्ण कुरा के हो भने महिलाले महिनावारीको रगत बगिरहँदासम्म सलाह पढ्नु हुँदैन, चाहे त्यो पहिलेको बानी अनुरूप होस् वा कम वा त्यो भन्दा बढी । जब उनी शुद्ध हुन्छिन् तब मात्र सलाह पढ्ने छिन् ।
के सुत्केरी महिलाले चालीस दिनसम्म नमाज र रोजा नगरी बस्नु पर्छ वा रक्तस्रावलाई आधार मानेर रगत बन्द हुने बित्तिकै नुहाएर नमाज पढ्नुपर्छ । पवित्र (चोखो) हुने न्यूनतम अवधि कति हो?
निफासको कुनै समय निश्चित छैन । महिलाले रगत रहुन्जेलसम्म नमाज पढ्नु र उपवास गर्नु हुँदैन र उनीहरूको पतिले उनीहरूसँग यौनसम्पर्क गर्नु हुँदैन ।
जब उनी शुद्ध हुन्छिन्, चाहे चालीस दिन अघि वा दश दिन वा पाँच दिनपछि नै किन नहोस् उनले प्रार्थना गर्नेछिन्, उपवास बस्नेछिन् र उनको पतिले उनीसँग सहवास गर्नेछन् र त्यसमा कुनै धार्मिक आपत्ति छैन ।
महत्त्वपूर्ण कुरा के हो भने निफास (सुत्केरी) एक महसुस गर्ने कुरा हो, रगत बगिरहेको छ वा छैन भन्ने कुरासंग यसका नियमहरू सम्बन्धित छन् । जब रगत फेला पर्छ, यसका नियमहरू लागु हुनेछन् र जब महिला यसबाट शुद्ध हुन्छिन्, यसका नियमहरू पनि समाप्त हुनेछन् ।
तर यदि रक्तस्राव साठी दिन भन्दा बढी रह्यो भने, उनी मुस्ताहजाको अवस्थामा रहेको मानिनेछ, उनी सामान्यतया हैजको लागि जति दिन बस्छिन् त्यति दिनसम्म बस्नेछिन् र त्यसपछि नुहाएपछि नमाज पढ्नेछिन् ।
यदि कुनै महिलालाई रमजानको दिनमा थोरै रगतका थोपाहरू देखा परे र यो रगत पुरै रमजान महिनाभर रह्यो र उनले रोजा राखिरहिन् भने, उनको रोजा वैध हुन्छ कि हुँदैन?
हो, ती महिलाको रोजा सहि हो। ती रगतका थोपाहरूले केही फरक पर्कोदैन, किनकि त्यो एक प्रकारको रोग हो । यस सन्दर्भमा, अली इब्न अबी तालिब (रदियल्लाहु अनहु) बाट उल्लेख गरिएको छ, उनले भने : “यी नाकबाट बग्ने रगतजस्तै थोपाहरू महिनावारी होइनन्।” यसरी नै उहाँबाट यो कथन वर्णित गरिएको छ।
यदि कुनै महिनावारी भएकी वा सुत्केरी महिला फज्र को समयअघि नै शुद्ध हुन्छिन्, तर उनले फजरको समयपछि मात्र स्नान गर्छिन् भने, उनको व्रत वैध हुन्छ कि हुँदैन?
हो, यदि कुनै महिला महिनावारीबाट फज्र हुनु अघि नै शुद्ध हुन्छिन्, तर स्नान फज्रको समय भइसकेपछि मात्र गर्छिन् भने, त्यस अवस्थामा उनको रोजा वैध हुन्छ। निफास (सुत्केरी) महिलाको हकमा पनि यही नियम लागू हुन्छ; किनभने यो जनाबत (यौन सम्पर्क वा स्वप्नदोषका कारण अनिवार्य गुस्लको अवस्था) सँग मिल्दछ र उसको रोजा योग्य मानिनेछ । यसको प्रमाण अल्लाहको यो वचन रहेको छ: "अब तिमीहरूले आफ्ना पत्नीहरूसँग सहवास गर्न सक्छौ र अल्लाहले तिमीहरूका लागि निर्धारित गरेको कुरा खोज। फज्रको सेतो धर्को (रातीको) कालो धर्कोबाट स्पष्ट नदेखिएसम्म खाऊ र पिऊ ।" (सूरह अल-बकरह: १८७) यस श्लोकमा अल्लाहले फजरको समय नहुन्जेल सहवासको अनुमति दिनुभएकाले के स्पष्ट हुन्छ भने फजरको समय भए पछि पनि स्नान गर्न सकिन्छ। यसका अतिरिक्त, आमा आयशा (रदियल्लाहु अन्हा) बाट उल्लेख भएअनुसार, नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना पत्नीहरूसँग सहवास गरी बिहान जनाबतको अवस्थामै रोजा राख्नुहुन्थ्यो। यसको अर्थ, उहाँले जनाबतबाट गुसल फज्रको समयपछि मात्र गर्नुहुन्थ्यो।
यदि कुनै महिलालाई महिनावारीका लक्षण (जस्तै रगत आएको जस्तै अनुभव गर्नु वा दुखाइ) महसुस हुन्छ तर सूर्यास्तअघि रगत निस्केको देखिँदैन भने, के उनको व्रत त्यस दिन मान्य हुन्छ वा उनले त्यसको कजा (छुटेको रोजाको सट्टामा राखिने रोजा) राख्नु पर्ने हुन्छ ?
यदि कुनै शुद्ध महिलाले रोजाको समयमा महिनावारीको रगत बगेको महसुस गर्छिन्, तर सूर्यास्त हुनुअघि रगत आउँदैन, वा उनले महिनावारीको दुखाइ महसुस गर्छिन्, तर सूर्यास्त हुनुअघि रगत आउँदैन भने, उक्त दिनको उनको रोजा वैध मानिन्छ। यदि सो रोजा फर्ज (अनिवार्य) हो भने, उनले त्यसलाई दोहोर्याउनु पर्दैन र यदि नफ्ल (स्वैच्छिक) हो भने, त्यसको पुण्य नष्ट हुँदैन।
यदि कुनै महिलाले रगत देख्छिन्, तर यो महिनावारीकै रगत हो भनेर निश्चित गर्न सक्दिनन् भने, त्यो दिन उनको रोजाको नियम के हुन्छ?
उनको त्यो दिनको रोजा वैध मानिन्छ, किनभने पुष्टि नहुन्जेल त्यसलाई महिनावारी मानिँदैन।
कहिलेकाहीँ महिलाले दिनको विभिन्न समयमा थोरै रगतको धब्बा वा धेरै कम थोपा देख्छिन्। कहिले यो उनको सामान्य महिनावारीको समयमा देखिन्छ तर रगत बग्दैन र कहिले यो महिनावारीको समयबाहेक अन्य समयमा देखिन्छ। यी दुवै अवस्थामा उनको रोजा प्रतिको नियम के हुन्छ?
यो प्रश्नको उत्तर पहिल्यै उल्लेख गरिएको छ। तथापि, यदि यी थोपाहरू सामान्य महिनावारीका दिनहरूमा देखापरेको छ र महिलाले महिनावारीको रगतको रूपमा चिनेकी छिन् भने, उक्त थोपाहरूलाई महिनावारीको रगत नै मानिन्छ।
महिनावारी भएकी वा सुत्केरी अवस्थामा रहेकी महिलाले रमजानको दिनमा खानपिन गर्न मिल्छ कि मिल्दैन ?
हो, महिनावारी भएकी र सुत्केरी महिलाले रमजानको दिनमा खान र पिउन सक्छिन्, तर यदि घरमा साना बच्चाहरू छन् भने यो काम गोप्य रूपमा गर्नु उत्तम हुन्छ। किनभने रमजानमा खानपान गरेको देख्दा बच्चाहरूमा भ्रम वा प्रश्न उठ्न सक्छ।
यदि महिनावारी भएकी वा सुत्केरी महिला असरको समयमा शुद्ध हुन्छिन् भने, उनले जोहर र असरको नमाज सँगै पढ्नु पर्ने हुन्छ कि केवल असरको नमाज पढे पुग्छ?
यस विषयमा प्रबल (राजेह) भनाइ : महिलाले केवल असरको नमाज पढ्नु पर्ने हुन्छ; किनभने जोहरको नमाज उसमाथि अनिवार्य हुने कुनै स्पष्ट प्रमाण छैन। इस्लामी विधिको मूल सिद्धान्त अनुसार व्यक्ति तबसम्म कुनै धार्मिक जिम्मेवारीमा आबद्ध हुँदैन जबसम्म त्यसको लागि स्पष्ट प्रमाण नहोस्। नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भनेका छन्: “जसले सूर्यास्त हुनुभन्दा अघि असरको एक रकअत पाउँछ, उसले असरको नमाज पाएको हुन्छ।” यस हदीसमा जोहर नमाजको कुनै उल्लेख छैन। यदि जोहरको नमाज पनि अनिवार्य हुन्थ्यो भने नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले त्यो कुरा स्पष्ट रूपमा बताउनु हुन्थ्यो। त्यसैगरी, यदि कुनै महिलालाई जोहरको समय सुरु भएपछि महिनावारी आयो भने, विधि अनुसार, उनले केवल जोहरको नमाजको कजा मात्र पढ्नु पर्ने हुन्छ; असरको नमाजको कजा पढ्नुपर्ने हुँदैन, जबकि सही आवश्यकता अनुसार जोहर र असरलाई एकैसाथ (जमाअ) गरेर पढ्न सकिन्छ। यस अवस्था र प्रस्तुत प्रश्नमा कुनै भिन्नता छैन।
अतः सही भनाइ के छ भने महिलाले केवल असरको नमाज मात्र पढ्नु पर्ने हुन्छ; किनभने धार्मिक प्रमाण र तर्क दुबैले यसलाई समर्थन गर्छन्। यसै अनुरूप, यदि महिला इशाको समय समाप्त हुनु अघि शुद्ध हुन्छिन् भने, उनले केवल इशाको नमाज मात्र पढ्नु पर्नेहुन्छ, मग्रिबको नमाज पढ्नुपर्ने हुँदैन।
केही महिलाहरूलाई गर्भपात हुने गर्छ र यसका दुई अवस्था हुन्छन्, पहिलो, शिशुको आकृति निर्माण हुनु पूर्व नै गर्भपात हुनु; र दोस्रो, गर्भमा भ्रूणको आकृति बनेर त्यसमा संरचना प्रकट भइसकेपछि गर्भपात हुनु। प्रश्न यो हो कि गर्भपात भएको दिनमा उपवासको के नियम लागू हुन्छ? साथै, गर्भपातपछि जुन दिनहरूमा महिलाले रगत देख्छिन्, ती दिनहरूमा उपवासको के नियम हो?
यदि भ्रूणको संरचना भइसकेको छैन भने, सो रक्तस्राव निफास (सुत्केरीपछिको रक्तस्राव) मानिँदैन। यस्तो अवस्थामा, उनले रोजा र नमाज दुवै गर्न सक्छिन् र उनको रोजा मान्य हुन्छ।
यदि भ्रूणको संरचना भइसकेको छ भने सो रक्तस्राव निफासको रक्तस्राव मानिन्छ र यस अवस्थामा उनलाई नमाज पढ्न वा रोजा राख्न बर्जित हुन्छ।
यस विषयको नियम यस प्रकार छ: यदि भ्रूणको संरचना भइसकेको छ भने, रक्तस्रावलाई निफास मानिन्छ; यदि भ्रूणको संरचना भइसकेको छैन भने, रक्तस्राव निफास मानिँदैन। यदि रक्तस्राव निफासको हो भने, सुत्केरी महिलालाई निषेध गरिएका कार्यहरू (जस्तै नमाज र रोजा) गर्न उनलाई बर्जित हुन्छ। यदि रक्तस्राव निफासको होइन भने, उनलाई ती कार्यहरू गर्न मनाही हुँदैन।
रमजानको समयमा गर्भवती महिलालाई रक्तस्राव भएमा उनको रोजामा के प्रभाव पर्छ?
यदि कुनै महिलालाई रोजा बसिरहेको अवस्थामा महिनावारी को रगत निस्कियो भने उनको रोजा भङ्ग हुन्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ अनुसार: "के यो सत्य होइन, जब उनी महिनावारी हुन्छिन्, उनी प्रार्थना वा उपवास गर्दिनन्?" त्यसैले, महिनावारीलाई रोजा भङ्ग हुने कारणहरूमा गणना गरिन्छ। सुत्केरी अवस्थाको रगत (निफास) को हकमा पनि यही नियम लागू हुन्छ; महिनावारी वा निफासको रगत निस्केमा रोजा भङ्ग हुन्छ।
रमजानको समयमा गर्भवती महिलाले रगत निस्केको देखेमा यदि यो रगत महिनावारीको हो भने, यसले गैर-गर्भवती महिलाको महिनावारी जस्तै उनको रोजालाई प्रभावित गर्छ, अर्थात् रोजा भङ्ग हुन्छ। तर यदि यो रगत महिनावारीको होइन भने, यसले उनको रोजालाई प्रभावित गर्दैन।
कहिलेकाहीँ गर्भावस्थामा पहिलाको सामान्य अवस्था जस्तै रजस्वला हुने गर्छ, त्यसलाई पनि प्रबल धार्मिक मतअनुसार, यस्तो अवस्थामा बगेको रगतलाई महिनावारी नै मानिन्छ र यसमा महिनावारी प्रति सबै नियमहरू लागू हुन्छन्।
तर, यदि गर्भवती महिलाको महिनावारी पहिले रोकिएको थियो र त्यसपछि उनले असामान्य रूपमा रगत देखेमा, त्यो रगतले उनको रोजालाई प्रभावित गर्दैन। किनभने त्यस रगतलाई महिनावारी मानिँदैन।
यदि कुनै महिलाले आफ्नो सामान्य महिनावारीको समयमा एक दिन रगत देख्छिन् र त्यसपछि दिनभर रगत देख्दिनन् भने, उनले के गर्नुपर्छ?
यो महिनावारीको समयमा अनुभव गरिने शुद्धता वा सुख्खापन हो, जुन महिनावारीकै एक अंश हो। त्यसैले, यस अवधिलाई वास्तविक शुद्धता मानिँदैन। त्यसैले, उनले महिनावारीको अवस्थामा गर्न नहुने कार्यहरू (जस्तै नमाज र रोजा) गर्नु हुँदैन।
केही विद्वानहरूले भनेका छन्: यदि कुनै महिलाले एक दिन रगत र अर्को दिन सुक्खा देख्छिन् भने, त्यो रगत महिनावारी हो र सुक्खा शुद्धता हो । यो नियम तबसम्म लागू हुन्छ जबसम्म यो अवधि पन्ध्र दिनसम्म पुग्दैन। यदि यो अवधि पन्ध्र दिनभन्दा बढी लम्बियो भने, त्यसपछिको रगतलाई इस्तिहादा (रोगजन्य रक्तस्राव) मानिन्छ। यो इमाम अहमद बिन हन्बल (रहमतुल्लाह अलैहि) को मजहबमा चर्चित विचार हो।
महिनावारीको अन्तिम दिनहरूमा र पवित्र हुनुभन्दा पहिले महिलाले रगतको कुनै चिन्ह देख्दिनन्, के उनी त्यो दिन व्रत राख्छिन् जबकि उनले सेतो पानी (महिनावारी सक्के पछि निस्कने पदार्थ) देखेको छैनन्, वा उनले के गर्नु पर्ने हुन्छ ?
यदि महिलालाई सामान्यतया (महिनावारी समाप्ति पछि) सेतो पानी आउंदैन भने (केही महिलालाई त्यस्तो हुने गर्छ) त्यस अवस्थामा उनले रोजा राख्न सक्छिन्। तर, यदि उनलाई सामान्यतया (महिनावारी समाप्ति पछि) सेतो पानी आउँछ भने उनले सेतो पानी नदेखेसम्म रोजा राख्नु हुँदैन।
महिनावारी वा सुत्केरी अवस्थामा रहेकी महिला; विशेषगरी विद्यार्थी वा शिक्षिका भएको अवस्थामा कुरआन पढ्नु वा कण्ठस्थ गर्छ वा गर्दैन बारे के नियम हो?
महिनावारी भएकी वा सुत्केरी महिलाका लागि आवश्यकता परेमा कुरआन पाठ गर्नमा कुनै आपत्ति छैन, जस्तै, शिक्षिका वा अध्ययनरत छात्रा जसले नियमित पाठ दिन वा रातमा पढ्नुपर्ने हुन्छ।
तथापि, यदि कुरआन केवल पुण्य कमाउने उद्देश्यले मात्र पाठ गर्ने हो भने, यस्तो अवस्थामा पाठ नगर्नु नै उचित हुन्छ; किनकि अधिकांश विद्वानहरूको मतअनुसार महिनावारी भएकी महिलाले कुरआन पाठ गर्नु हुँदैन।
महिनावारी समाप्त भएपश्चात् महिलाले लगाइरहेको कपडामा रगत वा अन्य कुनै फोहोर नलागेको अवस्थामा पनि कपडा परिवर्तन गर्नु आवश्यक छ वा छैन ?
त्यसो गर्न आवश्यक छैन; महिनावारीले शरीरलाई अशुद्ध बनाउँदैन। केवल महिनावारीको रगतले छोएका वस्तुहरू मात्र अशुद्ध हुन्छन्। यसै कारण, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाहरूलाई आफ्ना लुगामा महिनावारीको रगत लागेमा त्यसलाई धोएर सोही लुगामा नमाज पढ्न सकिने भन्नुभएको छ।
एक महिलाको रमजानमा निफास (सुत्केरी) का कारण सात दिनको रोजा छुट्यो र दोस्रो रमजान आउनुअगावै उनले छुटेका ती रोजा पूरा गरेनन्। दोस्रो रमजानमा स्तनपान गराइरहेकोले गर्दा ती सात दिनको रोजा पूरा गर्न सकेनन् अनि अब तेस्रो रमजान आउन लागेको अवस्थामा उनले के गर्नुपर्छ? यस सम्बन्धमा सही मार्गदर्शन प्रदान गरिदिनुहुन अनुरोध छ।
यदि यो महिला आफूले बताएअनुसार रोगको कारणले कजा रोजा राख्न असमर्थ छिन् भने, उनले जुन समयमा सम्भव हुन्छ, त्यतिबेला कजा रोजा राख्नुपर्ने हुन्छ; यस्तो अवस्थामा उनी क्षमायोग्य मानिन्छिन्, चाहे अर्को रमजान नै आइ पुगेको होस्।
तर, यदि उनको कुनै वास्तविक कारण छैन र उनले केवल आलस्य वा लापरबाही गरेर रमजानमा छुटेका रोजाहरूको कजा दोस्रो रमजानसम्म ढिलो गर्ने अनुमति छैन। आमा आयशा (रदियल्लाहु अन्हा) ले भन्नुभएको छ: ममाथि रोजाको कजा बाँकी हुन्थ्यो, तर म शाबान महिनाभन्दा पहिले त्यसलाई पुरा गर्न सक्दिनथेँ।
यस आधारमा, ती महिलाले आफूमा विचार गर्नु पर्ने हुन्छ, यदि कुनै वास्तविक कारण छैन भने उनी पापी ठहरिनेछिन् र उनले अल्लाहसँग तौबा (पश्चाताप) गरी तुरुन्तै बाँकी रहेका रोजाहरूको कजा गर्नु पर्दछ। यदि उनी वास्तविक रूपमा क्षमायोग्य अवस्थामा छिन् भने, चाहे उनले एक वा दुई वर्ष ढिलो गरे पनि कुनै आपत्ति छैन।
केही महिलाहरू दोस्रो रमजान आइसक्दा पनि अघिल्लो रमजानका केही दिनका रोजा राखेका हुँदैनन्, यस अवस्थामा उनीहरूले अनिवार्य रुपमा के गर्नुपर्ने हुन्छ?
उनीहरूले यो हर्कतका लागि अल्लाहसमक्ष तौबा (पश्चाताप) गर्नु पर्छ; किनकि जायज कारण बिना रमजानको कजालाई अर्को रमजानसम्म ढिलो गर्नु अनुमति छैन; आमा आयशा (रदियल्लाहु अन्हा) ले भन्नुभएको छ: "ममाथि रमजानको रोजाको कजा बाँकी हुन्थ्यो, तर म शाबान महिनाभन्दा पहिले त्यसलाई राख्न सक्दिनथेँ।"
यस भनाइले के संकेत गर्छ भने कजा रोजालाई दोस्रो रमजानभन्दा पछाडि ढिलो गर्न सकिँदैन, अतः सम्बन्धित महिलाले आफूले गरेको गल्तीका लागि अल्लाहसमक्ष तौबा (पश्चाताप) गर्नुपर्छ र दोस्रो रमजानपछि पहिले छुटेका दिनहरूको कजा रोजा राख्नुपर्ने हुन्छ।
यदि कुनै महिलालाई दिउँसो १ बजे महिनावारी सुरु हुन्छ र त्यस समयसम्म उनले जोहरको नमाज पढेकी छैनन् भने, महिनावारी समाप्त भई शुद्ध भएपश्चात् उनले उक्त नमाजको कजा गर्नुपर्ने हुन्छ?
यस विषयमा विद्वानहरूबीच मतभेद रहेको छ, केही विद्वानहरूले उनले उक्त नमाजको कजा (पूरक नमाज) गर्नु नपर्ने बताएका छन्, उनीहरूको तर्क अनुसार महिलाले कुनै लापरबाही वा पाप गरेकी छैनन्, किनभने उनलाई नमाजलाई त्यसको अन्तिम समयसम्म ढिलो गर्न अनुमति छ।
अर्कोतर्फ, केही विद्वानहरूले उहाँले उक्त नमाजको कजा गर्नुपर्ने धारणा राखेका छन्; नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ अनुसार: "जसले नमाजको एक रकअत पाउँछ, उसले पूर्ण नमाज पाउँछ।"
सतर्कता (एहतियात) के हो भने : उनले त्यो नमाजको कजा गरुन्, किनभने त्यो एउटै नमाज हो र त्यसको कजा गर्नमा कुनै कठिनाई छैन।
यदि गर्भवती महिलाले प्रसव हुनुभन्दा एक वा दुई दिनअघि रगत देख्छिन् भने, के उनले त्यसको कारणले रोजा र नमाज छोड्नुपर्छ वा के गर्नुपर्छ?
यदि कुनै गर्भवती महिलाले प्रसव हुनुभन्दा एक वा दुई दिनअघि रगत देखिएमा र उक्त रक्तस्रावका साथमा प्रसव पीडा समेत महसुस भएमा त्यसलाई निफास (सुत्केरीको रगत) मानिन्छ। यस्तो अवस्थामा उनले नमाज र रोजा त्याग गर्नुपर्ने हुन्छ।
सबैजनासँग रोजा राख्ने उद्देश्यले महिनावारी रोक्ने चक्की प्रयोग गर्नुबारे तपाईंको विचार के छ?
म यस विषयमा सचेत गराउन चाहन्छु, किनभने यस्ता औषधिहरूले गम्भीर हानि पुर्याउन सक्छन् भन्ने कुरा चिकित्सकहरूले समेत पुष्टि गरेका छन्। महिलाहरूलाई यस सन्दर्भमा के बुझ्नुपर्छ भने यो (महिनावारी) त छोरी मान्छेहरूका लागि अल्लाहले लेखी राख्नुभएको प्राकृतिक व्यवस्था हो। त्यसैले अल्लाहको निर्धारणप्रति सन्तुष्ट रहनुहोस्। सामान्य अवस्थामा रोजा राख्नुहोस् र महिनावारी आदि अवस्थामा रोजा तोड्नुहोस् अनि अल्लाहले निर्धारित गर्नुभएको कुरामा सन्तुष्टि व्यक्त गर्नुहोस्।
सुत्केरी महिलाले पूर्णरूपमा शुद्ध भइर दुई महिनापछि रगतका केही थोपाहरू देख्न थाल्छिन्। यस्तो अवस्थामा उनले रोजा तोड्नुपर्नेछ र नमाज पढ्न रोक्नुपर्नेछ? वा यस्ता परिस्थितिमा उनले के गर्नु उपयुक्त हुन्छ?
महिलाहरूको महिनावारी तथा सुत्केरीसँग सम्बन्धित समस्याहरू व्यापक एवं गम्भीर प्रकृतिका छन्, जसको सीमा निर्धारण गर्न कठिन छ, यी समस्याहरूको वृद्धिको एउटा प्रमुख कारण गर्भनिरोधक तथा महिनावारी रोक्ने औषधिहरूको अत्यधिक प्रयोग मान्न सकिन्छ। पहिले मानिसहरूलाई यस्ता धेरै समस्याहरू थाहा थिएन, यी समस्याहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयदेखि वा भनौँ महिलाको अस्तित्वसँगै चलिआएको छ, तर अहिले यी समस्याहरूको जटिलताले गर्दा समाधान खोज्नमा उत्पन्न हुने असजिलो अवस्था चिन्ताको विषय बनेको छ।
सामान्य नियम के हो भने : यदि कुनै महिला महिनावारी वा सुत्केरी अवस्थाबाट पूर्ण रूपमा शुद्ध (ताहिर) हुन्छिन् र उनले शुद्धताको स्पष्ट संकेत देख्छिन्—जस्तै महिनावारीको शुद्धताको लागि सेतो पानी (कस्साह) देखिनु, जुन महिलाहरूलाई सामान्यतया थाहा हुन्छ—तब शुद्धतापछि देखिने कुनै पनि धमिलो रङ, पहेंलोपन, रगतको थोपा वा गिलोपनलाई महिनावारी मानिँदैन, यस्तो अवस्थामा नमाज पढ्न, रोजा राख्न, वा पति-पत्नीबीच सहवास गर्नमा कुनै रोक लाग्दैन, किनकि यो महिनावारीको रगत मानिँदैन। उम्मे अतिय्या (रदियल्लाहु अन्हा) ले भन्नुभएको छ: "हामीले शुद्धतापछि देखिने पहेंलोपन र धमिलो रङलाई केही पनि मान्दैनथ्यौं।" यो हदीस बुखारी द्वारा उल्लेख गरिएको छ र अबू दाऊदले यसमा "शुद्धतापछि" शब्द थपेका छन्। यस हदीसको सनद (प्रमाणको शृंखला) सही मानिएको छ।
यस आधारमा हामी भन्छौं: पूर्ण शुद्धता (तहारत) पश्चात् देखिने धमिलो रङ्ग र पहेंलोपना जस्ता कुराहरूले महिलालाई कुनै हानि पुर्याउँदैनन्, यसले उनीहरूलाई नमाज, रोजा (व्रत), वा पतिसँगको सहवास गर्नबाट रोक्दैन । तर, महिलाले पूर्ण शुद्धता (सेतो पानी) नदेखेसम्म हतार गर्नु उचित हुँदैन। कतिपय महिलाहरू रगत सुकेपछि तुरुन्तै स्नान गर्ने गर्छन्, जबकि उनीहरूले पूर्ण शुद्धताको संकेत देखेका हुँदैनन्। यसै कारणले, सहाबी महिलाहरूले आस्थावानहरूकी आमा आयशा (रदियल्लाहु अन्हा) कहाँ रगत लागेको कपास (कुर्सुफ) पठाउने गर्दथे। उहाँले त्यसबेला भन्ने गर्नुहुन्थ्यो: "सेतो पानी (कस्साह) नदेखेसम्म हतार नगर्नुहोस्।"
केही महिलाहरूमा रक्तस्राव निरन्तर भइरहने र कहिलेकाहीँ एक-दुई दिन रोकिएर पुनः सुरु हुने अवस्था देखा पर्छ। यस्तो स्थितिमा व्रत, नमाज र अन्य उपासना सम्बन्धी धार्मिक नियम के हो?
धेरै विद्वानहरूको प्रचलित मत अनुसार, यदि कुनै महिलाको नियमित महिनावारी अवधि समाप्त हुन्छ भने, उनले गुसल (नुहाइ) गरी नमाज पढ्न र रोजा राख्न प्रारम्भ गर्नुपर्दछ। यस मतअनुसार, दुई वा तीन दिनपछि देखिने कुनै पनि रगतलाई महिनावारी मानिँदैन। यसको कारण ती विद्वानहरूले शुद्धताको न्यूनतम अवधि तेह्र दिन हुनुपर्ने बताएका छन्।
तर, केही अन्य विद्वान्हरूको भनाइ अनुसार : महिलाले जब रगत देख्छिन्, त्यो महिनावारी हो र जब उनी त्यसबाट शुद्ध हुन्छिन्, तब उनलाई पवित्र मानिन्छ। यस मतमा दुई महिनावारीबीचको अवधि तेह्र दिनभन्दा कम भए पनि फरक पर्दैन।
रमजानका रातहरूमा महिलाहरूका लागि नमाज घरमै पढ्नु उत्तम हुन्छ वा मस्जिदमा, विशेषगरी यदि मस्जिदमा प्रवचन र उपदेशको व्यवस्था छ भने? साथै, मस्जिदमा नमाज पढ्न जाने महिलाहरूलाई तपाईंको के सल्लाह छ?
महिलाका लागि नमाज घरमै पढ्नु उत्तम मानिन्छ, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइको व्यापक अर्थ यही हो, उहाँले भन्नुभएको छ: "उनीहरू (महिला) को घरहरू उनीहरूका लागि उत्तम छन्।" यसका साथै, धेरैजसो अवस्थामा महिलाहरू घरबाहिर निस्कँदा फित्ना (अनावश्यक आकर्षण वा गलत बुझाइ आदि) बाट सुरक्षित नहुन सक्छन्। यसैले, महिलाले आफ्नो घरमा नै नमाज पढ्नु मस्जिदमा नमाज पढ्नका लागि बाहिर निस्कनुभन्दा श्रेष्ठ मानिएको छ। प्रवचन तथा धार्मिक कुराकानीका लागि उहाँहरूले टेप (रेकर्डिङ) को माध्यमबाट पनि लाभ उठाउन सक्नुहुन्छ।
मस्जिदमा नमाज पढ्न जाने महिलाको लागि मेरो सल्लाह के छ भने घरबाट बाहिर निस्कँदा कुनै प्रकारको सजावट (मेकअप वा आकर्षक लुगा) र सुगन्ध (अत्तर) को प्रयोग नगरी निस्कनुपर्छ।
रमजानको रोजा बसिरहेकी महिलाले खाना पकाउँदा त्यसको स्वाद लिनु नियम अनुसार कस्तो मानिन्छ?
यस सन्दर्भमा कुनै आपत्ति छैन, किनभने यो आवश्यकताको लागि हो, तर, चाखेको कुरा थुक्नुपर्ने हुन्छ।
एउटी महिला, जो गर्भावस्थाको शुरुआती चरणमा थिइन्, दुर्घटनामा परेर गम्भीर रक्तस्रावका कारण गर्भपात भयो, के उनले रोजा तोड्न सक्छिन् वा रोजा जारी राख्नुपर्छ? यदि उनले रोजा तोडिन् भने, के उनलाई कुनै पाप लाग्छ?
हामीले भन्छौं: गर्भवती महिलालाई महिनावारी हुँदैन, यस सम्बन्धमा इमाम अहमदले भन्नुभएको छ, "महिलाहरूलाई गर्भावस्था महिनावारी बन्द भएबाट थाहा हुन्छ।" विद्वानहरूका अनुसार, महिनावारी अल्लाहले गर्भमा रहेको भ्रूणको पोषणका लागि एक विशेष उद्देश्यका साथ सृष्टि गर्नुभएको हो। तसर्थ, गर्भावस्था प्रारम्भ भएपछि महिनावारी बन्द हुन्छ।
तरपनि, केही महिलाहरूमा गर्भावस्थाको समयमा पनि अघिझैँ नियमित रूपमा जारी रहन सक्छ, यस्तो अवस्थामा, उक्त रगतलाई वास्तविक महिनावारी मानिन्छ; किनभने गर्भावस्थाले यसलाई प्रभावित गरेको हुँदैन र यो नियमित प्रकृतिको हुन्छ, तसर्थ यो महिनावारीले गैर-गर्भवती महिलाको महिनावारीले निषेध गर्ने सबै कार्यहरूलाई निषेध गर्छ र यसले अनिवार्य गर्ने वा छुट दिने कुराहरू पनि लागू हुन्छन्।
निष्कर्ष: गर्भवती महिलाबाट निस्कने रगतका दुई प्रकार छन्:
पहिलो प्रकार: यदि रगत उनको गर्भावस्थापूर्वको सामान्य महिनावारीझैँ निरन्तर छ भने, यसलाई महिनावारी (हैद) मानिन्छ। यस अवस्थामा, गर्भावस्थाले रगतलाई प्रभावित नगरेको हुनाले यसलाई महिनावारी नै मानिन्छ ।
दोस्रो प्रकार: गर्भावस्थामा नयाँ रूपमा देखा परेको रगत, गर्भावस्थाको समयमा दुर्घटना, भारी वस्तु उचाल्ने वा लड्नेजस्ता कारणले रगत देखिएमा त्यसलाई महिनावारी मानिँदैन, बरु यो नसोबाट आएको रगत हो। त्यसैले यस प्रकारको रक्तस्रावले महिलालाई नमाज, रोजा जारी राख्नबाट रोक्दैन र उनी शुद्ध महिलाकै श्रेणीमा रहन्छिन्।
तर, यदि दुर्घटनाका कारण गर्भमा रहेको भ्रूण वा बच्चा बाहिर आएमा, विद्वानहरूको मतअनुसार निम्न नियमहरू लागू हुन्छन्: यदि बाहिर आएको भ्रूणमा मानव संरचनाको चिन्ह (जस्तै: हात, खुट्टा वा अन्य अंगको प्रारम्भिक रूप) देखिएमा, त्यसपछि बग्ने रगतलाई निफास (सुत्केरीको रगत) मानिन्छ। यो अवधिमा महिलाले नमाज र रोजा छोड्नुपर्छ। साथै, शुद्धी नभएसम्म पतिले उनीसँग सहवास गर्नुहुँदैन।
यदि बाहिर आएको भ्रूणमा मानव संरचनाको कुनै चिन्ह देखिएको छैन भने, यो रगतलाई निफास मानिँदैन, बरु यसलाई विकृत रगत मानिन्छ। यस प्रकारको रक्तस्रावले महिलालाई नमाज, रोजा वा अन्य उपासनाहरू जारी राख्नबाट रोक्दैन।
विद्वान्हरूको भनाइ अनुसार: शिशुको रचना देखिने न्यूनतम समय ८१ दिन हो; किनकि भ्रूण आमाको गर्भमा हुन्छ, जसरी अब्दुल्लाह बिन मसऊद (रदियल्लाहु अन्हु) ले भन्नुभएको छ: हामीलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम), जो स्वयम सत्यवादी र जसको सत्यता पुष्टि गरिएको छ, ले बताउनुभयो: "तिमीहरू मध्ये प्रत्येकको सृष्टि आफ्नो आमाको गर्भमा ४० दिनसम्म एकत्रित हुन्छ, त्यसपछि त्यति नै समयसम्म रगतको ढिको (अलकाह) बन्छ, त्यसपछि त्यति नै समयसम्म मासुको डल्लो (मुद्घाह) बन्छ, त्यसपछि अल्लाहले फरिश्ता (स्वर्गदुत) पठाउनुहुन्छ र चार कुराहरू लेख्न आदेश दिनुहुन्छ: उसको जीविका, आयु, कर्म, र ऊ दु:खी वा सुखी हुने कुरा।" यस हदीसका आधारमा, ८१ दिनअघि भ्रूणमा मानव संरचना बन्न सम्भव हुँदैन। केही विद्वानहरूका अनुसार, सामान्यतया ९० दिनभन्दा पहिले भ्रूणमा संरचना स्पष्ट रूपमा देखिँदैन।
म एक महिला हुँ, मलाई एक वर्षअघि तेस्रो महिनामा गर्भपात भयो र शुद्ध नहुन्जेल मैले नमाज पढिनँ, पछि मलाई भनियो कि मैले नमाज पढ्नुपर्थ्यो। अब मैले के गर्नुपर्छ र मलाई ठ्याक्कै कति दिन भएको थियो भन्ने थाहा छैन?
विद्वान्हरूको प्रचलित मतअनुसार, यदि कुनै महिलाको तीन महिनामा गर्भपात हुन्छ भने उनले नमाज पढ्नु हुँदैन। किनभने मानव संरचनाका चिन्हहरू देखिएको भ्रूणको गर्भपतन भएमा, त्यसपछि बग्ने रगतलाई निफास (सुत्केरीको रगत) मानिन्छ। यस अवस्थामा उनले नमाज पढ्नु हुँदैन।
विद्वान्हरूले स्पष्ट पारेका छन् कि भ्रूणमा संरचना ८१ दिनमै देखिन सक्छ, जुन तीन महिनाभन्दा कम समय हो, यदि महिलालाई गर्भपात तीन महिनामा भएको निश्चित जानकारी छ (जबकि गर्भपात गरिएको भ्रूणमा संरचना देखिएको छैन) भने, त्यसपछि बग्ने रगतलाई विकृत रगत मानिन्छ, यस प्रकारको रगत बगेको कारणले उनले नमाज छोड्नुपर्दैन।
प्रश्नकर्ता महिलाले आफ्नो अवस्थालाई सटीकताका साथ सम्झनुपर्ने हुन्छ, यदि भ्रूण ८० दिनभन्दा कम समयमा गर्भपात भएको हो भने, उनले छाडेका नमाजहरूको कजा (पूरक नमाज) गर्नुपर्छ, यदि उनलाई ठ्याक्कै कति दिन नमाज छाडेको हो भन्ने थाहा छैन भने, उनले अनुमान र सावधानीपूर्वक विचार गरी आफूलाई लागेको सम्भावित दिनहरूको आधारमा छुटेका नमाजहरूको कजा पढ्नुपर्ने हुन्छ।
एउटी प्रश्नकर्ता महिलाले भन्छिन्: उनले रोजा अनिवार्य भएदेखि हरेक रमजानमा रोजा राख्दै आएकी छिन्, तर महिनावारीका कारण छोडेका दिनहरूको कजा (पूरक रोजा) राखेकी छैनन्। उनलाई ठ्याक्कै कति दिन छोडेको हो भन्ने थाहा नभएकोले, उनले अब के गर्नुपर्छ भनी मार्गदर्शन मागेकी छिन्।
हामीलाई दुख लाग्छ कि विश्वासी महिलाहरूमा यस्तो अवस्था देखिन्छ। अनिवार्य रोजाहरूको कजा नराख्नु या त अज्ञानताले भएको हो, वा त लापरबाहीले। दुवै अवस्था आपत्तिजनक छन्, किनभने अज्ञानताको उपचार भनेको ज्ञान प्राप्त गर्नु र प्रश्न गर्नु हो । लापरबाहीको समाधान भनेको अल्लाहको डर, उहाँको निगरानीको चेतना, उहाँको सजायको भय र उहाँको खुशीको लागि तत्परता हो।
तसर्थ, यो महिलाले आफूले गरेको गल्तीको लागि अल्लाह समक्ष तौबा (पश्चाताप) गर्नुपर्छ, माफी माग्नुपर्छ र आफूले छोडेको व्रतका दिनहरूको यथासम्भव अनुमान गरेर ती रोजाहरूको कजा गर्नुपर्छ। यसो गरेर उनको जिम्मेवारीबाट मुक्ति हुनेछ र हामी आशा गर्छौं कि अल्लाहले उनको पश्चातापलाई स्वीकार गर्नुहुनेछ।
यदि कुनै महिलालाई नमाजको समय सुरु भइसकेपछि महिनावारी हुन्छ भने, यसको धार्मिक नियम के रहन्छ? के उनले शुद्ध भएपछि उक्त नमाजको कजा (पूरक नमाज) गर्नुपर्छ? साथै, यदि उनी नमाजको समय समाप्त हुनुअघि शुद्ध हुन्छिन् भने, यस अवस्थामा के गर्नुपर्छ?
पहिलो: यदि नमाजको समय प्रारम्भ भएपछि कुनै महिलाको महिनावारी सुरु हुन्छ भने, उनले शुद्ध भए पछि उक्त नमाजको कजा (पूरक नमाज) गर्नुपर्ने हुन्छ, यदि उनले महिनावारी सुरु हुनुअगावै त्यो नमाज पढिसकेकी छैनन् भने। यो नियम नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यस भनाइमा आधारित छ: "जसले नमाजको एक रकात पाउँछ, उसले पुर्ण नमाज पाएको हुन्छ।" अतः यदि कुनै महिलाले नमाजको निर्धारित समयभित्र एक रकात पढिन सक्ने जति समय पाउँछिन् र त्यसपश्चात महिनावारी प्रारम्भ हुन्छ भने, उनले पवित्र भएपछि त्यो नमाजको कजा अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ।
दोस्रो: यदि कुनै महिला नमाजको समय समाप्त हुनुअघि महिनावारीबाट शुद्ध हुन्छिन् भने, उनले उक्त नमाजको कजा (पूरक नमाज) गर्नु पर्ने हुन्छ। जस्तै: यदि उनी सूर्योदय हुनुअघि एक रकातको समय प्राप्त हुने गरी शुद्ध हुन्छिन् भने, उनले फजरको नमाजको कजा पढ्नु पर्ने हुन्छ। यदि उनी सूर्यास्त हुनुअघि एक रकातको समय प्राप्त हुने गरी शुद्ध हुन्छिन् भने, उनले असरको नमाज पढ्नु पर्ने हुन्छ। यदि उनी मध्यरात हुनुअघि एक रकातको समय प्राप्त हुने गरी शुद्ध हुन्छिन् भने, उनले इशाको नमाजको कजा पढ्नु पर्ने हुन्छ। तर, यदि उनी मध्यरातपछि शुद्ध हुन्छिन् भने, उनले इशाको नमाजको कजा पढ्नु पर्दैन र उनले फजरको समय आएपछि फजरको नमाज पढ्नु पर्दछ। अल्लाहले भन्नुभएको छ: {निश्चिन्त भएपछि पुरा नमाज कायम गर । निश्चय नै नमाज विश्वासीहरूमाथि निश्चित समयमा अनिवार्य छ।} [सूरह अन-निसा: १०३] यसको अर्थ हो, नमाज एक निश्चित समयमा बाँधिएको अनिवार्य दायित्व हो। मानिसलाई नमाजलाई त्यसको समयभन्दा बाहिर वा समयअघि सुरु गर्न अनुमति छैन।
नमाज़ पढिरहेको अवस्थामा महिनावारी सुरु भएमा के गर्नुपर्दछ? साथै, महिनावारी भएको अवधिको नमाजको कजा (पूरक नमाज) गर्नुपर्छ कि पर्दैन?
यदि नमाजको समय प्रारम्भ भए पछि महिनावारी सुरु हुन्छ—जस्तै, सूर्य मध्याह्न (जवाल) भएको आधा घण्टापश्चात् महिनावारी सुरु भएमा—तब शुद्ध भए पश्चात् ती महिलाले त्यस नमाजको कजा (पूरक नमाज) गर्नु अनिवार्य हुन्छ जुन नमाजको समय सुरु हुँदा उनी शुद्ध अवस्थामा थिइन्। अल्लाहले भन्नुहुन्छ: {निश्चय नै, नमाज विश्वासीहरूका लागि निश्चित समयमा अनिवार्य गरिएको छ।} [सूरह अन-निसा: १०३]
तर, महिनावारीको अवधिमा छुटेका नमाजहरूको कजा पढ्नु पर्दैन। यस सम्बन्धमा हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "के यो सत्य होइन कि जब महिलालाई महिनावारी हुन्छ, उनले नमाज पढ्दिनन् र रोजा राख्दिनन्?" यसमा विद्वानहरूको सर्वसम्मत (इज्मा) धारणा छ कि महिनावारीको समयमा छुटेका नमाजहरूको कजा पढ्नु पर्दैन।
यसैगरी, यदि कुनै महिला महिनावारीबाट शुद्ध हुन्छिन् र नमाजको समय समाप्त हुन एक रकात वा सोभन्दा बढी पढिन सक्ने जति समय बाँकी छ भने, उनले त्यस समयको नमाज पढ्नुपर्छ जुन समयमा उनी शुद्ध भइन्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले सूर्यास्त हुनुअघि असरको एक रकात पाउँछ, उसले असरको नमाज पाएको हुन्छ।" तसर्थ, यदि कुनै महिला असरको समयमा वा सूर्योदय हुनुअघि शुद्ध हुन्छिन् र सूर्यास्त वा सूर्योदयसम्म एक रकात पढि सक्ने जति समयावधि बाँकी थियो भने, उनले पहिलो अवस्थामा असरको नमाज र दोस्रो अवस्थामा फजरको नमाज पढ्नुपर्ने हुन्छ।
मेरी आमा ६५ वर्षकी हुनुहुन्छ र उहाँले १९ वर्षदेखि सन्तान जन्माउनुभएको छैन। तर, विगत तीन वर्षदेखि उहाँलाई असामान्य रक्तस्राव भइरहेको छ, जुन कुनै रोगजन्य रक्तस्राव जस्तो देखिन्छ र यो समस्या सोही अवधिदेखि सुरु भएको हो। अब रमजान नजिकिँदै गर्दा, उहाँलाई के सल्लाह दिनु उपयुक्त होला? साथै, यस्तो अवस्थामा के गर्नुपर्छ?
यस प्रकारको रक्तस्राव भएकी महिलाले यो समस्या हुन अघि आफ्नो पूर्ववर्ती महिनावारीको सामान्य अवधि जति समयसम्म नमाज पढ्न र रोजा राख्न छोड्नुपर्छ। उदाहरणका लागि, यदि उनको महिनावारी सामान्यतया प्रत्येक महिनाको पहिलो दिनदेखि छैटौं दिनसम्म हुने गर्दथ्यो भने, उनले प्रत्येक महिनाको पहिलो छ दिनसम्म नमाज र रोजा त्याग गर्नुपर्छ। यो अवधि समाप्त भएपछि उनले पूर्ण स्नान गरी नमाज पढ्न र रोजा राख्न पर्नेछ।
यस्ता महिलाहरूले नमाज पढ्नुअघि निम्न प्रक्रिया अपनाउनुपर्छ: सर्वप्रथम, योनिलाई राम्ररी धुनुपर्छ र रक्तस्राव रोक्नका लागि कपडा, पैड आदि लगाउनुपर्छ र त्यसपछि वुजु गर्नुपर्छ। यो कार्य अनिवार्य नमाज को निर्धारित समय सुरु भएपछि गरिनुपर्छ। यही प्रक्रिया अनिवार्य नमाजको निर्धारित समय बाहेक समयमा स्वैच्छिक नमाज पढ्न इच्छा भएमा पनि अपनाउन सकिन्छ।
यस्तो महिलाहरूलाई हुने कठिनाइलाई मध्यनजर गर्दै उनीहरूलाई जुहर र असरलाई एकैचोटि (जम्मा गरेर) पढ्न अनुमति दिइएको छ। त्यसैगरी, मगरिब र इशा पनि जमा गर्न अनुमति छ। यसो गर्दा, महिलाले जुहर र असरको लागि एक पटक मात्र गर्नुपर्ने हुन्छ। मगरिब र इशाको लागि एक पटक, र फजर नमाजको लागि एक पटक, पाँच पटक छुट्टाछुट्टै गर्नुको सट्टा, यो काम तीन पटकमा पूरा हुन्छ।
म यो कुरा पुनः स्पष्ट गर्न चाहन्छु कि नमाजका लागि तयारी गर्दा उक्त बिशेष अवस्थामा रहेकी महिलाहरुले सर्वप्रथम योनि सफा गर्नुपर्छ, कपडा, पैड आदि लगाउनुपर्छ, ताकि रगत बाहिर नआओस् र त्यसपछि वुजु गर्नु आवश्यक हुन्छ। त्यसपछि जुहर (४ रकाअत), असर (४ रकाअत), मगरिब (३ रकाअत), इशा (४ रकाअत) र फज्र (२ रकाअत) नमाजहरू पढ्नु पर्ने हुन्छ। अर्थात्, उनले नमाज छोट्याउनु (कस्र गर्नु) हुँदैन, जसरी कि केही सर्वसाधारणले गलत बुझ्छन्। तर, उनलाई जुहर र असर (जुहरको समयमा वा असरको समयमा) र मगरिब र इशा (मगरिबको समयमा वा इशाको समयमा) लाई सँगै जोडेर पढ्ने अनुमति छ। यदि उनले यो वुजुले नफल (स्वैच्छिक नमाज) पढ्न चाहिन् भने, त्यसमा कुनै आपत्ति छैन।
महिनावारी अवस्थामा मस्जिद-ए-हराममा बसेर हदीस र प्रवचन (खुत्बा) सुन्नको लागि महिलाको उपस्थिति प्रति के नियम छ?
महिनावारी भएकी महिलालाई मस्जिद-ए-हराम वा अन्य कुनै पनि मस्जिदमा बस्न अनुमति छैन। तर, उनी मस्जिदबाट हुँदै जान वा आवश्यक वस्तु लिनको लागि प्रवेश गर्न सक्छिन्। जस्तै नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आयशा (रदियल्लाहु अन्हा) लाई खुम्रा (नमाज पढ्ने सानो चटाई) ल्याउन आदेश दिनुभयो। आयशाले भन्नुभयो: "यो मस्जिदमा छ र मलाई महिनावारी भएको छ।" उहाँले भन्नुभयो: "तिम्रो महिनावारी तिम्रो हातमा लागेको छैन।" यसबाट स्पष्ट हुन्छ कि यदि महिनावारी भएकी महिलालाई मस्जिदमा रगत चुहिने डर छैन भने, उनी मस्जिदबाट आवतजावत गर्न सक्छिन्।
तर, मस्जिदभित्र प्रवेश गरेर बस्न भने जायज छैन।
यसको प्रमाण : नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ईदको नमाजको लागि (कुमारी, पर्दामा रहने र महिनावारी भएकी) महिलाहरूलाई ईदगाहमा जान आदेश दिनुभएको थियो। तर, महिनावारी भएकी महिलालाई भने नमाज पढ्ने ठाउँ बाट अलग रहन निर्देशन दिनुभएको थियो। यसले यो स्पष्ट पार्छ कि महिनावारी भएकी महिलालाई प्रवचन (खुत्बा) वा पाठ र हदीस सुन्नको लागि मस्जिदमा बस्न अनुमति छैन।
*
नमाजमा शुद्धतासम्बन्धी केही नियमहरू
महिलाबाट निस्कने तरल पदार्थ; (चाहे त्यो सेतो होस् वा पहेंलो) शुद्ध हो कि अशुद्ध? यदि उक्त पदार्थ निरन्तर रूपमा निस्किरहेको हुन्छ भने, के त्यसका लागि वुजु अनिवार्य हुन्छ? यदि यो कहिलेकाहीँ निस्कने हो भने यसको नियम के हुन्छ, विशेष गरी यस्तो परिस्थितिमा जहाँ अधिकांश महिलाहरू (खासगरी शिक्षित महिलाहरू) यसलाई प्राकृतिक र सामान्य शरीरको तरल पदार्थको रूपमा बुझ्दछन् र यसको लागि वुजु आवश्यक ठान्दैनन्?
मेरो जानकारी र अध्यन अनुसार : यदि महिलाबाट निस्कने तरल पदार्थ मूत्रथैली बाट नभई पाठेघर बाट निस्कन्छ भने, त्यो अशुद्ध मानिदैन। यो अशुद्ध नभए तापनि यसले वुजु भंग गर्दछ। किनभने, वुजु भंग हुनका लागि उक्त वस्तु अशुद्ध हुनैपर्छ भन्ने अनिवार्य छैन। उदाहरणका लागि, पछाडिको द्वारबाट खुस्किने हावाको कुनै भौतिक स्वरूप नभए पनि यसले वुजु भंग गर्दछ।
यस आधारमा, यदि महिलाबाट यो तरल पदार्थ निस्कन्छ र उनी वुजुको अवस्थामा छिन् भने, यसले वुजु भंग गर्छ र उनले वुजु नवीकरण गर्नुपर्छ।
यदि तरल पदार्थ निरन्तर बगिरहन्छ भने, यसले वुजु भंग गर्दैन। तर, सम्बन्धित महीलाले नमाजको समय प्रवेश गरेपछि मात्र वुजु गर्नुपर्छ। उक्त समयभित्र उनले फर्ज र नफ्ल नमाज पढ्न, कुरआन पठन गर्न तथा अनुमति प्राप्त अन्य कुनै पनि कार्य गर्न सक्छिन्। यो नियम पिसाब बारम्बार चुहिने रोग (सिल्सुल बौल) भएका व्यक्तिहरूको हकमा विद्वानहरूले उल्लेख गर्नुभए जस्तै हो। शुद्धताको दृष्टिकोणले यो तरल पदार्थ शुद्ध मानिन्छ। तर, वुजु भंग गर्ने दृष्टिकोणले निरन्तर नबगिरहेको स्थितिमा यो वुजु भंग गर्ने कारक हो, यदि यो निरन्तर बगिरहन्छ भने, यसले वुजु भंग गर्दैन, तर महिलाले नमाजको समय प्रवेश नभएसम्म वुजु गर्नुहुँदैन र वुजू गर्नु अघि रोक्न निम्ति कपडा आदि लगाउनु उपयुक्त हुन्छ ।
तर यदि तरल पदार्थ बेला-बेलामा बग्छ र नमाजको समयमा बग्न बन्द हुन्छ भने, उनले नमाजलाई तरल पदार्थ बग्न बन्द नभएसम्म ढिलो गर्नुपर्छ, शर्त यो हो कि नमाजको समय समाप्त हुने सम्भावना नहोस्, यदि नमाजको समय सकिने डर छ भने, उनले वुजु गरेर, आवश्यक सावधानी (जस्तै: कपडा वा प्याडको प्रयोग) अपनाएर नमाज पढ्नुपर्ने हुन्छ ।
योनीबाट निस्कने तरल पदार्थ, चाहे थोरै होस् वा धेरै, यसले वुजु भङ्ग गर्छ, यो शरीरका अन्य भागबाट निस्कने रगत वा वान्ताजस्ता पदार्थहरूभन्दा फरक छ, जसले थोरै वा धेरै भए पनि वुजु भङ्ग गर्दैन।
केही महिलाहरूमा यो तरल पदार्थले वुजु भङ्ग गर्दैन भन्ने विश्वास रहेको पाइन्छ, तर इब्न हज्म (रहिमहुल्लाह) को एक मतबाहेक यसको कुनै ठोस इस्लामिक आधार भेटिँदैन। इब्न हज्मले यसले वुजु भङ्ग गर्दैन भनेका छन्, तर यसका लागि उनले कुनै प्रमाण प्रस्तुत गरेका छैनन्। यदि कुरआन, सुन्नत वा सहाबीहरूको भनाइबाट कुनै प्रमाण उपलब्ध भएको भए, त्यसलाई स्वीकार्य प्रमाण मान्न सकिन्थ्यो।
तसर्थ महिलाहरूले अल्लाहको भय राख्दै आफ्नो शुद्धतामा विशेष ध्यान दिनु आवश्यक छ, किनकि शुद्धता बिना नमाज स्वीकार्य हुँदैन, चाहे उनीले सय पटक नमाज पढून्। केही विद्वानहरूले त शुद्धता बिना नमाज पढ्ने व्यक्तिलाई काफिर समेत भनेका छन्, किनभने यसो गर्नु अल्लाहका आयतहरूको अवहेलना मानिन्छ।
यदि कुनै महिलालाई निरन्तर तरल पदार्थ बग्ने समस्या छ र उनले अनिवार्य नमाजको लागि वुजु गरेकी छिन् भने, के उनले सोही वुजुले अर्को फर्ज नमाजको समय नआउन्जेलसम्म नफ्ल नमाज पढ्न वा कुरआन पठन गर्न सक्छिन् कि सक्दिनन्?
यदि कुनै महिलाले फर्ज नमाजको समय सुरु भएपश्चात् वुजु गरेकी छिन् भने, उनले अर्को नमाजको समय नभएसम्म फर्ज, नफ्ल नमाज तथा कुरआन पाठ आफूले चाहेअनुसार गर्न सक्छिन्।
के माथि उल्लेखित अवस्थामा रहेकी महिलाले फजरको नमाजको लागि गरेको वुजु बाटै दुहा (सूर्य पूरै उदाइसकेर आकाशमा अलिक उचाइमा पुगेको समय) को नमाज पढ्न सक्छिन्?
यसो गर्न अनुमति छैन, किनभने दुहा को नमाजको निश्चित समय निर्धारित छ। यसर्थ, यसका लागि नमाजको समय प्रारम्भ भएपश्चात् मात्र वुजु गर्नु जरूरी हुन्छ। यो अवस्था इस्तिहादा (महिनावारी बाहेकको रोगजन्य रक्तस्राव) भएकी महिलाको स्थिति जस्तै हो र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्तिहादा भएकी महिलालाई प्रत्येक नमाजका लागि वुजु गर्ने आदेश दिनुभएको छ।
जुहरको समय: सूर्य माध्यान्नबाट ढल्केपछि असरको समय सुरु नभएसम्म हुन्छ।
असरको समय: जुहरको समय समाप्त भएपछि सूर्य पहेँलो नभएसम्म; आवश्यकता परेको खण्डमा सूर्यास्तसम्म हुन्छ।
मगरिबको समय: सूर्यास्त भएदेखि साँझको रातो प्रकाश (शफक) लोप नभएसम्म हुन्छ।
इशाको समय: साँझको रातो प्रकाश लोप भएदेखि मध्यरातसम्म हुन्छ।
के माथि उल्लेखित अवस्थामा रहेकी महिलाले इशाको नमाजका लागि गरिएको वुजु ले मध्यरातपछि कयामुल-लैल (तहज्जुद) पढ्न सही हुन्छ?
होइन, यदि आधी रात समाप्त भइसकेको छ भने, उनले वुजु नवीकरण गर्नुपर्छ, केहीले भनेका छन्: उनले वुजु नवीकरण गर्नु आवश्यक छैन र यही नै प्रमुख उचित मत हो।
इशाको नमाजको अन्तिम समय के हो र यो कसरी थाहा पाउन सकिन्छ?
इशाको नमाजको अन्तिम समय मध्यरात हो। यो समय सूर्यास्त र फजर बीचको अवधिलाई दुई बराबर भागमा विभाजन गरेर निर्धारण गरिन्छ। पहिलो आधा भागमा इशाको नमाजको समय समाप्त हुन्छ र बाँकी आधा रात कुनै नमाजको समय होइन, बरु यो इशा र फजरको बीचको एक प्रकारको अन्तराल हो।
यदि कुनै महिलाले (जो समय-समयमा तरल पदार्थ निस्कने समस्याबाट ग्रसित छिन) वुजु गर्छिन् र वुजु गरेपछि नमाज पढ्नुअघि फेरि त्यो तरलपदार्थ बाहिर आयो भने, उनले के गर्नुपर्छ?
यदि तरल पदार्थ समय-समयमा अनिरन्तर रूपमा आउँछ भने, स्राव रोकिने समयसम्म कुर्नुपर्दछ। तर यदि यसको कुनै निश्चित अवस्था छैन, अर्थात् कहिले आउँछ र कहिले आउँदैन भने नमाजको समय प्रवेश गरेपछि वुजु गरी नमाज पढ्नुपर्दछ। यस्तो अवस्थामा महिलालाई कुनै दोष लाग्दैन।
यदि शरीर वा लुगामा त्यो तरल पदार्थ लाग्यो भने के गर्नुपर्छ?
यदि त्यो तरल पदार्थ पवित्र (पाक) छ भने, उनले केही गर्नुपर्दैन। तर यदि यो अशुद्ध (नजिस) छ, जस्तै पिसाबको थैलीबाट निस्कने तरल पदार्थ, तब उनले त्यसलाई धुनुपर्ने हुन्छ।
त्यो तरल पदार्थ को कारणले वुजु गर्दा के केवल वुजुका अंगहरू धुनु पर्याप्त हुन्छ?
हो, यदि त्यो तरल पदार्थ पवित्र छ, अर्थात् त्यो पाठेघरबाट निस्कन्छ, न कि पिसाबको थैलीबाट, तब वुजुका अंगहरू धुनु पर्याप्त हुन्छ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट माथि उल्लेखित स्रावले वुजु भंग हुन्छ भन्नेबारे कुनै हदीस उल्लेख नगरिनुको कारण के हो, जब कि सहाबी महिलाहरू आफ्नो धार्मिक समस्याहरू प्रति फतवा (धार्मिक निर्णय) माग्नमा अत्यन्तै सजग थिए?
किनभने यो तरल पदार्थ (स्राव) हरेक महिलालाई आउँदैन।
यदि कुनै महिलाले उल्लेखित समस्याहरु प्रति धार्मिक नियम थाहा नभएको कारणले वुजु नगरी नमाज पढेकी छिन् भने उनले के गर्नुपर्ने हुन्छ?
उनले अल्लाह समक्ष तौबा (पश्चाताप) गर्नुका साथै यस विषयमा विद्वानहरूसँग सोधपुछ गर्नुपर्दछ।
यो तरल पदार्थले वुजु गर्नु पर्दैन भनेर तपाईंले बताउनुभएको छ भन्ने कुरा एकजनाले भनेका छन् (यसबारे तपाई के भन्नुहुन्छ)?
जुन व्यक्तिले मैले यो कुरा भनेको जानकारी गराएको छ, उसले सत्य बोलेको छैन। सम्भवतः उसले मेरो "यो तरल पदार्थ पवित्र हो" भन्ने भनाइलाई यसले वुजु तोड्दैन भन्ने अर्थमा बुझेको हुन सक्छ।
महिलाहरूलाई महिनावारी सुरु हुनुभन्दा एक दिनअघि वा केही समय पहिले कालो, खैरो वा सोही प्रकारको पातलो धागो जस्तो तरल पदार्थ निस्किएको देखिएमा त्यसप्रति के नियम लागू हुन्छ? यसैगरी, यदि यस्तो स्राव महिनावारी समाप्त भएपछि देखिएमा के नियम लागू हुन्छ?
यदि यी पदार्थहरु लाई महिनावारीको प्रारम्भिक संकेतको रूपमा देखिएमा, त्यसलाई महिनावारी नै मानिन्छ, यसको पहिचान प्रायजसो महिनावारीको समयमा हुने दुखाइ र पेट बटारिने जस्ता लक्षणहरूबाट गर्न सकिन्छ।
तर, महिनावारी समाप्त भएपछिको कालो जस्तो वा धमिलो स्राव आएको देखिएमा, त्यो पूर्ण रूपमा हराएर शुद्धताको स्पष्ट संकेत नदेखिएसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ। यसको कारण के हो भने, महिनावारीसँग सम्बन्धित कालो वा धमिलो स्रावलाई पनि महिनावारीकै एक अंश मानिन्छ। आमा आयशा (रदियल्लाहु अन्हा) ले यस सम्बन्धमा भन्नुभएको छ: "तिमीहरूले सेतो स्राव (कस्सतुल-बैदा) नदेखेसम्म (शुद्धताको लागि) हतार नगर।"
*
हज र उम्राहमा महिनावारी सम्बन्धी केही नियमहरू
महिनावारी भएकी महिलाले एहरामको दुई रकात नमाज कसरी पढ्ने? साथै, महिनावारी भएकी महिलाले मनमनै पवित्र कुरआनका आयतहरू पढ्न मिल्छ वा मिल्दैन?
पहिलो कुरा: एहरामका लागि कुनै विशेष नमाज निर्धारित गरिएको छैन भन्ने कुरा स्पष्ट छ; नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट एहरामका लागि विशेष नमाजको विधान तोकिएको कुनै पनि भनाइ, कार्य वा स्वीकृति पाइएको छैन।
दोस्रो कुरा: महिनावारी भइरहेकी महिलाले पनि एहराम बाँध्न सक्छिन्।
जहाँसम्म कुरआन पठनसम्बन्धी कुरा छ त महिनावारी भएकी महिलाले आवश्यकता वा उपयोगिताको लागि कुरआन पढ्न सक्छिन्, तर, यदि कुनै विशेष आवश्यकता वा उपयोगिता नभएको अवस्थामा, केवल उपासनाको रूपमा वा अल्लाहको प्रसन्नता प्राप्तिको लागि कुरआन पढ्न चाहेमा, उनले नपढ्नु नै उचित हो।
एक महिलाले हजको यात्रा आरम्भ गरेको पाँच दिनपछि महिनावारी सुरु भयो, मिकात पुगेर उनले गुसल गरिन् र महिनावारीकै अवस्थामा इहरामको नियत गरिन्, मक्का पुगेपछि उनी हरम क्षेत्र बाहिर बसिन् र हज वा उमराहको कुनै पनि कार्य गरिनन् । उनी मिनामा दुई दिन बिताएपछि शुद्ध भइन् र स्नान गरेर उमराहका सबै कार्यहरू शुद्ध अवस्थामा सम्पन्न गरिन् । तर, हजको तवाफ-ए-इफादा गर्ने क्रममा उनलाई पुनः महिनावारी सुरु भयो, लाजले उनले यो कुरा कसैलाई नभनी हजका बाँकी कार्यहरू पूरा गरिन् अनि आफ्नो देश फर्किएपछि उनले यो कुरा आफ्ना वलीलाई बताइन्, यस अवस्थामा कानून अनुसार के नियम लागू हुन्छ?
यदि तवाफ-ए-इफादा गर्ने समयमा उनलाई आएको रगत उनले चिनेको महिनावारीको रगत हो, जसको प्रकृति र दुखाइ उनलाई थाहा छ, तब उनको तवाफ-ए-इफादा वैध हुँदैन, उनले मक्का फर्कनुपर्छ र तवाफ-ए-इफादा पुनः गर्नुपर्छ, यसका लागि उनले मिकातबाट उमराहको नियतले एहराम बाँध्नुपर्छ, उमराहको तवाफ र सई गर्नुपर्छ, कपाल छोट्याउनुपर्छ र त्यसपछि तवाफ-ए-इफादा गर्नुपर्छ।
तर, यदि यो रगत महिनावारीको रगत होइन, बरु यो सामान्य र प्राकृतिक रगत हो जुन भीडको दबाब, डर वा यस्तै अन्य कारणले आएको हो भने, तवाफको लागि शुद्धता अनिवार्य नमान्ने विद्वानहरूको मतअनुसार उनको तवाफ वैध हुन्छ।
यदि पहिलो अवस्थामा (महिनावारीको रगत भएको अवस्था) उनले मक्का फर्कन सम्भव छैन, जस्तै उनी टाढाको देशमा छिन्, तब उनको हज वैध मानिन्छ, किनभने उनले आफ्नो सामर्थ्यभन्दा बढी गर्न सक्दिनन्।
एउटी महिला उमराहको नियतले एहराम बाँधेर मक्का पुगिन्, तर मक्का पुगेपछि उनलाई महिनावारी शुरू भयो, उनको महरम (संरक्षक) लाई तुरुन्तै यात्रा गर्नुपर्ने बाध्यता छ र मक्कामा उनको कोही छैन, यस्तो अवस्थामा नियम के छ?
उनी आफ्नो महरम (संरक्षक) सँगै यात्रा गर्छिन् र एहरामको अवस्थामा रहन्छिन्। तत्पश्चात्, जब उनी शुद्ध हुन्छिन्, तब फर्केर आउँछिन्। यो नियम त्यतिबेला लागू हुन्छ जब उनी साउदी अरबमै छिन्, किनभने फर्कन सहज हुन्छ र यसमा कुनै कठिनाई वा राहदानी जस्ता विषयहरूको आवश्यकता पर्दैन।
तर, यदि उनी विदेशी हुन् र उनको लागि फर्कनु कठिन छ भने, उनले सावधानीपूर्वक (कपडा आदि लगाएर) तवाफ, सई र कपाल छोट्याएर आफ्नो उमराह सोही यात्रामा पूरा गर्छिन्। किनभने, यस्तो अवस्थामा उनको तवाफ आवश्यकताको कारणले हुन्छ र अत्यावश्यक परिस्थितिमा निषिद्ध कुराहरू पनि अनुमत हुन्छन्।
यदि कुनै मुस्लिम महिलालाई उनको हजको दिनहरूमा महिनावारी हुन्छ भने, उनको हज वैध हुन्छ कि हुँदैन?
यो प्रश्नको जवाफ तबसम्म दिन सकिँदैन जबसम्म यो थाहा हुँदैन कि उनलाई कहिले महिनावारी भयो, किनभने, हजका केही कार्यहरूमा महिनावारीले बाधा पुर्याउँदैन, तर केही कार्यहरूमा बाधा पुर्याउँछ, तवाफ (काबाको परिक्रमा) को लागि उनी शुद्ध हुनैपर्छ, तर अन्य हजका कार्यहरू महिनावारीको अवस्थामा पनि गर्न सकिन्छ।
मैले गत वर्ष हज गरेँ र हजका सबै कार्यहरू सम्पन्न गरेँ, तर तवाफ-ए-इफादा र तवाफ-ए-विदा गर्न सकिनँ, किनभने म शरियतले मान्य ठहराएको उज्र (विधिसम्मत कारण) ले गर्न नसकेको अवस्थामा परे, म मदीना फर्किएँ, यो नियतले कि कुनै दिन फर्केर तवाफ-ए-इफादा र तवाफ-ए-विदा गर्नेछु, तर, धार्मिक कुराहरूको अज्ञानताका कारण मैले एहरामको अवस्थामा निषेधित सबै कुराहरू गरेँ, जब मैले तवाफ गर्न फर्कने कुरा सोधेँ, मलाई भनियो कि मेरो तवाफ अब वैध हुँदैन, किनभने मैले हजलाई बर्बाद गरें र मलाई अर्को वर्ष हज दोहोर्याउनुपर्छ साथै एउटा गाई वा ऊँट वध गराउनु पर्छ, के यो सही हो? के यसको अर्को समाधान छ? यदि छ भने, त्यो के हो? के मेरो हज बिग्रियो? के मलाई हज दोहोर्याउनुपर्छ? मलाई के गर्नुपर्छ भनेर मार्गदर्शन गर्नुहोस्, अल्लाहले तपाईंलाई आशीर्वाद दिऊन्।
यो पनि गलत फतवा (निर्णय) को कारणले उत्पन्न भएको समस्या हो, तपाईंले यस्तो अवस्थामा मक्का फर्केर मात्र तवाफ-ए-इफादा सम्पन्न गर्नुपर्ने हुन्छ।
तवाफ-ए-विदा तपाईंको लागि अनिवार्य छैन, किनकि तपाईं मक्काबाट प्रस्थान गर्दा महिनावारीको अवस्थामा हुनुहुन्थ्यो र महिनावारीको अवस्थामा तवाफ-ए-विदा जरुरी हुदैन। हजरत इब्न अब्बास (रदियल्लाहु अन्हुमा) द्वारा वर्णित हदीस अनुसार: "मानिसहरूलाई आदेश दिइएको छ कि उनीहरूको काबासँगको अन्तिम कार्य तवाफ होस्, तर महिनावारी भएकी महिलाका लागि यो नियम लागु हुदैन।" अबु दाउदको अर्को कथनमा छ: "उनीहरूको काबासँगको अन्तिम कार्य तवाफ होस्।" यसका अतिरिक्त, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई हजरत सफिय्या (रदियल्लाहु अन्हा) ले तवाफ-ए-इफादा गरिसकेको जानकारी भयो, उहाँले भन्नुभयो: "त्यसो भए अब उनी प्रस्थान गर्न सक्छिन्।" यी हदीसहरूले महिनावारी भएकी महिलालाई तवाफ-ए-विदा गर्नु अनिवार्य नभएको संकेत गर्दछन्।
तवाफ-ए-इफादा तपाईंको लागि अनिवार्य छ। तपाईंले अज्ञानतावश इहरामको अवस्थामा निषेधित सबै कार्यहरू गर्नुभयो, तर यो तपाईंको लागि हानिकारक हुँदैन। किनभने, जो व्यक्ति अज्ञानतावश एहरामको निषेधित कार्यहरू गर्छ, उसमाथि कुनै सजाय हुँदैन। कुरआनको वचन हो: {हे हाम्रा रब, यदि हामीले भूल गर्यौँ वा गल्ती गर्यौँ भने हामीलाई सजाय नदेऊ} [सूरह अल-बकरह: २८६] अल्लाहले त्यस दुआको जवाफमा भन्नुहुन्छ: {मैले स्वीकार गरेँ।} साथै, अर्को आयतमा छ: {तिमीहरूले भूलवश गरेको कुरामा तिमीहरूमाथि कुनै दोष छैन, तर तिमीहरूको मनले जानाजान गरेको कुरामा दोष छ} [सूरह अल-अहजाब: ५] तसर्थ, एहराममा निषेधित सबै कार्यहरू, यदि अज्ञानता, भूल वा बाध्यताले गरिएकोछ भने, त्यसमा कुनै सजाय हुँदैन, तर, जब तपाईंको उज्र (शरियतले मान्य कारण) हट्छ, तब तपाईंले ती निषेधित कार्यहरू तुरुन्त छोड्नुपर्छ।
यदि कुनै सुत्केरी महिलाको निफास (सुत्केरी रगत) तर्वीयाको दिन (हजको आठौँ दिन) मा सुरु भयो र उनले तवाफ तथा सईबाहेक हजका अन्य सबै रुक्न (स्तम्भहरू) पूरा गरिन्, तर दश दिनपछि उनले प्रारम्भिक रूपमा शुद्ध भएको महसुस गरिन् भने, के उनले शुद्धता प्राप्त गर्न, गुसल (नुहाइ) गर्न, र हजको बाँकी रुक्न, अर्थात् तवाफ-ए-इफादा, पूरा गर्न सक्छिन्? यसको धार्मिक नियम के हो?
पूर्ण शुद्धता प्राप्त नभएसम्म गुस्ल (नुहाइ) गरेर तवाफ गर्नु उचित हुँदैन, प्रश्नमा "प्रारम्भिक रूपमा" भन्ने शब्दको प्रयोगले उनले पूर्ण शुद्धता हासिल गरिनसकेको बुझिन्छ, तसर्थ, उनले पूर्ण शुद्धता प्राप्त नहुँदासम्म प्रतीक्षा गर्नुपर्छ, जब उनी पूर्ण रूपमा शुद्ध हुन्छिन्, तब गुस्ल गरी तवाफ-ए-इफादा र सई गर्नुपर्छ।
यदि उनले तवाफ गर्नुअघि सई गरिन् भने, त्यसमा कुनै समस्या हुँदैन, नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई हजमा सई तवाफभन्दा पहिले गर्ने व्यक्तिको बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभएको थियो: "त्यसो गर्नुमा कुनै आपत्ति छैन।"
एउटी महिलाले सैल नामी (मिकात) बाट हजको नियतले एहराम बाँधिन्, तर उनी महिनावारीको अवस्थामा थिइन्, मक्का पुगेपछि आफ्नो कुनै आवश्यकताको लागि जेद्दा गइन्, जेद्दामा उनी शुद्ध भइन्, स्नान गरिन्, कपाल कोरिन् र त्यसपछि हजका बाँकी कार्यहरू पूरा गरिन्। उनको हज वैध छ कि छैन? र उनले केही गर्नुपर्छ कि पर्दैन?
उनको हज वैध छ र उनले अतिरिक्त केही गर्नुपर्दैन।
म उमराहको लागि जाँदैछु र मिकात हुँदै जाँदा मलाई महिनावारी भएको थियो, त्यसैले मैले इहराम बाँधिनँ। म मक्कामा बसेर शुद्ध नहुन्जेल पर्खें, र शुद्ध भएपछि मक्काबाटै इहराम बाँधेँ, के यो जायज छ? वा मैले के गर्नुपर्छ? र ममाथि के अनिवार्य छ?
यो कार्य जायज छैन। उमराह वा हजको नियत भएकी महिला यदि महिनावारी अवस्थामा छिन् भने पनि, उहाँले मिकात पार गर्नुअघि एहराम बाँध्नु अनिवार्य छ। उहाँको यो एहराम वैध मानिन्छ। यसको प्रमाण : अस्मा बिन्त उमैस (रदियल्लाहु अन्हुमा), जो हजरत अबु बकर (रदियल्लाहु अन्हु) की पत्नी हुनुहुन्थ्यो, ले हज्जतुल-विदाअ्को समयमा धुल-हुलैफामा बच्चा जन्माउनुभएको थियो। उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई यस अवस्थामा के गर्नुपर्छ भनेर सोध्दा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "स्नान गर्नु, कपडा गुप्तअंगमा लगाउनु र इहराम बाँध्नु।" महिनावारी र निफास (सुत्केरी) को नियम समान हुने भएकाले, महिनावारी भएकी महिलाले पनि सोही विधि अपनाउनुपर्छ।
तसर्थ, हामीले भन्छौ महिनावारी भएकी महिलाले यदि मिकात हुँदै हज वा उमराहको नियतले जाँदैछिन् भने, उहाँले स्नान गरी, कपडाले निजी अंग राम्ररी बाँधेर त्यसपछि हज वा उमराहको लागि एहराम बाँध्नुपर्दछ। "इस्तिस्फार" को अर्थ हो, गुप्त अंगमा कपडा राम्ररी लगाएर कसिलो तरिकाले बाँध्नु, यसो गरे पश्चात हज वा उमराहको लागि एहराम बाँध्नुपर्छ, तर, मक्का पुगेपछि उहाँ पूर्ण रूपमा शुद्ध नहुन्जेल काबामा आउन र तवाफ गर्न मिल्दैन। यसै सन्दर्भमा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हजरत आयशा (रदियल्लाहु अन्हा) लाई, जब उहाँ उमराहको क्रममा महिनावारी हुनुभयो, भन्नुभएको थियो: "हाजीले जे गर्छन्, तिमीले त्यही गर, तर शुद्ध नहुन्जेल काबाको तवाफ (परिक्रमा) नगर।" यो हदीस बुखारी र मुस्लिम मा उल्लेख गरिएको छ। साथै, सही बुखारीमा हजरत आयशाले आफू शुद्ध भएपछि काबा र सफा-मरवा बीच तवाफ र सई गरेको उल्लेख गरिएको छ। यसले यो स्पष्ट गर्छ कि यदि कुनै महिलाले हज वा उमराहको लागि इहराम बाँधेकी छिन् र उनी महिनावारीको अवस्थामा छिन् वा तवाफ गर्नुअघि महिनावारी शुरू हुन्छ भने, उनले शुद्ध भएर स्नान नगरेसम्म तवाफ र सई गर्नुहुँदैन।
तर, यदि उनले शुद्ध अवस्थामा तवाफ गरिन् र तवाफ समाप्त भएपछि महिनावारी शुरू भयो भने, उनले आफ्नो उमरा जारी राख्न सक्छिन्। उनले सई गर्न सक्छिन्, चाहे महिनावारीको अवस्था भए पनि र कपाल छोट्याएर उमराह समाप्त गर्न सक्छिन्, किनभने सफा र मरवा बीचको सईको लागि शुद्धता अनिवार्य छैन।
म र मेरो परिवार "यन्बु"बाट उमराहको लागि आएका थियौँ, तर, जेद्दा पुगेपछि मेरी पत्नीलाई महिनावारी शुरू भयो, मैले एक्लै उमराह पूरा गरेँ, तर मेरी पत्नीले उमराह गर्न सकिनन्, यस अवस्थामा मेरी पत्नीको हकमा के नियम लागू हुन्छ?
तपाईंको पत्नीले शुद्ध नभएसम्म मक्कामा प्रतीक्षा गर्नुपर्ने हुन्छ र त्यसपछि मात्र उहाँले आफ्नो उमराह पूरा गर्न सक्नुहुन्छ। यसको आधार हजरत सफिय्या (रदियल्लाहु अन्हा) सँग सम्बन्धित हदीसमा छ, जब उहाँलाई महिनावारी भयो, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सोध्नुभयो: "के उनले हामीलाई रोकेकी छन्? सहाबाले जवाफ दिए: "उहाँले तवाफ-ए-इफादा गरिसक्नुभएको छ।" तब उहाँले भन्नुभयो: "त्यसो भए अब उनी यात्रा गर्न सक्छिन्।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो भनाइ, "के उनले हामीलाई रोकेकी छन्?" ले यो स्पष्ट संकेत गर्दछ कि यदि कुनै महिलालाई तवाफ-ए-इफादा गर्नुअघि महिनावारी हुन्छ भने, उनले शुद्ध नभएसम्म प्रतीक्षा गर्नुपर्छ र त्यसपछि मात्र तवाफ सम्पन्न गर्नुपर्ने हुन्छ।
यसैगरी, उमराहको तवाफ पनि तवाफ-ए-इफादा समान हो, किनभने यो उमराहको एउटा महत्वपूर्ण रुक्न (स्तम्भ) हो; अतः यदि उमराह गर्ने महिलालाई तवाफ गर्नुपूर्व महिनावारी हुन्छ भने, उहाँले शुद्ध नभएसम्म पर्खनुपर्छ र त्यसपछि मात्र तवाफ पूरा गर्नुपर्छ।
के मसआ (सफा र मरवा बीचमा सई गर्ने स्थान) हरम (काबा क्षेत्र) को हिस्सा हो? के महिनावारी भएकी महिलाले मसआमा प्रवेश गर्न सक्छिन्? के मसआ हुँदै हरममा प्रवेश गर्ने व्यक्तिलाई तहियतुल-मस्जिद (मस्जिदको अभिवादन नमाज) पढ्न अनिवार्य हुन्छ?
मसआ (सफा र मरवा बीचको सई गर्ने स्थान) मस्जिद-ए-हरामको हिस्सा होइन भन्ने कुरा स्पष्ट छ, यसै कारण, मसआ र मस्जिदबीच एउटा छोटो पर्खाल निर्माण गरिएको छ, यो व्यवस्थाले मानिसहरूलाई ठूलो सुविधा पुर्याएको छ; किनभने यदि मसआलाई मस्जिदको हिस्सा मानिएको भए, तवाफ र सईका बीचमा महिनावारी भएकी महिलालाई सई गर्न निषेध हुने थियो।
मेरो फतवा (जवाफ) के हो भने : यदि कुनै महिलाको तवाफ सम्पन्न गरेपछि र सई प्रारम्भ गर्नुअघि महिनावारी सुरु हुन्छ भने, उनले सई गर्न सक्छिन्, किनकि मसआलाई मस्जिदको हिस्सा मानिँदैन।
तहियतुल-मस्जिद बारे जवाफ के हो भने यदि कुनै व्यक्तिले तवाफ गरिसकेपछि सई गर्छ र फेरी मस्जिद-ए-हराममा प्रवेश गर्छ भने, उसले तहियतुल-मस्जिदको दुई रकात नमाज पढ्न सक्छ, यदि उसले तहियतुल-मस्जिद पढ्दैन भने कुनै आपत्ति हुँदैन। तथापि, यो अवसरको सदुपयोग गरी दुई रकात नमाज पढ्नु उत्तम हो, किनभने मस्जिद-ए-हराममा नमाज पढ्नुको ठूलो फजीलत (पुण्य, श्रेष्ठता) रहेको छ।
मैले हज गरेँ र हजको क्रममा मलाई महिनावारी भयो। लाजका कारण मैले कसैलाई भनिनँ र हरम (मस्जिद-ए-हराम) मा प्रवेश गरेँ, नमाज पढेँ, तवाफ गरेँ र सई पनि गरेँ । यो महिनावारी निफास (सुत्केरी) पछि भएको थियो। अब ममाथि के अनिवार्य छ?
महिनावारी वा सुत्केरी अवस्थामा रहेकी महिलालाई मक्का होस् वा आफ्नो देश वा कुनै पनि स्थानमा नमाज पढ्न अनुमति छैन; यसको आधार नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो वचन हो: "के यो सत्य होइन कि जब महिलालाई महिनावारी हुन्छ, उनले नमाज पढ्दिनन् र रोजा राख्दिनन्?", यस विषयमा मुस्लिमहरूको सर्वसम्मत मत छ कि महिनावारी भएकी महिलालाई रोजा राख्न वा नमाज पढ्न अनुमति छैन।
यदि कुनै महिलाले यो कार्य गरेकी छिन् भने, उनले अल्लाह समक्ष तौबा (पश्चात्ताप) गर्नुपर्छ र आफूबाट भएको गल्तीको लागि क्षमा याचना गर्नुपर्छ।
जहाँसम्म कुरा छ उहाँले गरेको तवाफ र सई बारे, यो स्पष्ट छ कि महिनावारीको अवस्थामा गरिएको तवाफ वैध मानिँदैन, तर, सई वैध हुन्छ, किनभने प्रमुख मतअनुसार हजमा तवाफभन्दा पहिले सई गर्न अनुमति छ, तसर्थ उनले तवाफ-ए-इफादा पुनः गर्नुपर्छ, किनभने यो हजको अनिवार्य रुक्न (स्तम्भ) हो र यस बिना दोस्रो तहल्लुल (इहरामबाट पूर्ण मुक्ति) प्राप्त हुँदैन।
यसै आधारमा यो पनि बुझ्नु पर्छ कि यदि महिला विवाहित छिन् भने, उनले तवाफ-ए-इफादा नगरेसम्म उनको पतिले सहवास गर्नुहुँदैन र यदि उनी अविवाहित छिन् भने, उनले तवाफ-ए-इफादा नगरेसम्म विवाह (निकाह) गर्नुहुँदैन।
यदि कुनै महिलालाई अरफातको दिन महिनावारी शुरू भयो भने उनले के गर्नुपर्छ?
यदि कुनै महिलालाई अरफातको दिन महिनावारी सुरु हुन्छ भने, उनले हजका अन्य कार्यहरू जारी राख्न सक्छिन् र अन्य हाजीहरूले गरेसरह नै कार्यहरू गर्छिन्, यद्यपि, उनी शुद्ध नभएसम्म काबाको तवाफ भने गर्दिनन्।
यदि कुनै महिलालाई जमरातुल-अकबामा ढुङ्गा हानेपछि तर तवाफ-ए-इफादा गर्नुअघि महिनावारी सुरु हुन्छ र उनी तथा उनका पति समूहसँग यात्रा गर्न बाध्य छन्, साथै यात्रापश्चात् फर्कन सम्भव छैन भने, उनीले के गर्नुपर्छ?
यदि मक्का फर्कन सम्भव छैन भने, उनले सावधानीपूर्वक (कपडा आदि निजी अंगमा लगाएर) बाध्यताको रूपमा तवाफ-ए-इफादा गर्नु जायज हो, यसका लागि कुनै दण्ड हुँदैन, त्यसपछि उनले हजका बाँकी कार्यहरू पूरा गर्नुपर्ने हुन्छ।
यदि कुनै सुत्केरी महिलाले चालिस दिनभन्दा पहिले नै शुद्धता प्राप्त गर्छिन् भने, के उनले हज गरे भने हज वैध मानिन्छ? यदि उनले उक्त अवधिभित्र शुद्धता प्राप्त गर्न सकिनन्, तर, हजको नियत गरिसकेकी छिन् भने उनले के गर्नुपर्नेछ?
यदि कुनै सुत्केरी महिलालाई चालीस दिनभन्दा पहिले नै रगत बन्द भई पूर्ण शुद्धता प्राप्त हुन्छ भने, उनले स्नान गरी नमाज पढ्नुका साथै, शुद्ध महिलाले गर्ने सबै धार्मिक कार्यहरू जस्तै तवाफ (काबाको परिक्रमा) समेत गर्न सक्छिन्; किनभने निफास (सुत्केरी) को रगत बग्ने कुनै न्यूनतम सीमा छैन।
यदि कुनै महिलाले शुद्धता प्राप्त गरेकी छैनन् भने पनि उनको हज वैध मानिन्छ, तर, उनले शुद्ध नभएसम्म काबाको तवाफ गर्नुहुँदैन।
*
Related books
All books
मुअज्जिन, इमाम र खतीबका लागि संक्षिप्त र उपयोगी मार्गदर्शिका तथा मस्जिदका नियमहरू47 languagesमुअज्जिन, इमाम र खतीबका लागि संक्षिप्त र उपयोगी मार्गदर्शिका तथा मस्जिदका नियमहरू
यस पुस्तकले अजान र इकामत, नमाजको इमामत, जुमाको खुत्बा र मस्जिदका शिष्टाचारहरूसँग सम्बन्धित विषयहरूलाई विस्तृतरुपमा समेटेको छ। साथै, यसले मुअज्जिन, इमाम र खतीबका जिम्मेवारीहरूबारे छलफल गर्दछ र यी कार्यहरूसँग सम्बन्धित शरई हुकुमहरू सिक्नुपर्ने महत्त्वलाई जोड दिन्छ, ताकि ती कार्यहरू सही रूपमा सम्पन्न गर्न सकियोस्। यसका अतिरिक्त, नबी ﷺ बाट वर्णन गरिएका सम्बन्धित हदीसहरू र तिनको व्याख्या पनि समावेश गरिएका छन्, जसले तिनको सही कार्यान्वयन सुनिश्चित गर्न सहयोग पुर्याउँछ।
मलाई कसले र किन सृष्टि गर्यो ?75 languagesमलाई कसले र किन सृष्टि गर्यो ?
संसारको कण कणले सृष्टिकर्ताको अस्तित्वको प्रमाण दिन्छ। आकाश, पृथ्वी र ती बीचमा रहेका ठूलाठूला र अनगिन्ती सृष्टिहरू कसले सृष्टि गरे ? आकाश र पृथ्वीको यो सटीक र सूक्ष्म प्रणाली कसले स्थापना गर्यो ? मानिसलाई कसले सृष्टि गर्यो र उसलाई कान, आँखा र बुद्धि कसले दियो र उसलाई ज्ञान प्राप्त गर्न र तथ्यहरू बुझ्न सक्षम कसले बनायो ? तपाइँको शरीर र अन्य जीवित प्राणीहरूको शरीरको प्रणालीमा यो सटीक र सूक्ष्म कारीगरीलाई कसरी व्याख्या गर्नुहुन्छ? यो अद्वितीय प्रणाली कसले बनायो? यो महान ब्रह्माण्ड युगौंदेखि कसरी व्यवस्थित र स्थिर रूपमा चलिरहेको छ?
इस्लाम89 languagesइस्लाम
बिस्मिल्ला हिर्रहमा निर्रहीम (अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु) । के तपाईंले कहिले आफूलाई सोध्नुभयो: आकाशहरू, पृथ्वी र यसमा रहेका ठूला प्राणीहरूका सृष्टिकर्ता को हुन्? अनि यसमा यो सटीक र सुदृढ प्रणाली कसले बनायो?
सुखमय जीवनका लागि उपयोगी साधनहरू85 languagesसुखमय जीवनका लागि उपयोगी साधनहरू
शेख अब्दुर्रहमान बिन नासिर अस्सादीको पुस्तिका ‘सुखमय जीवनका लागि उपयोगी साधनहरू’ ले गहिरो ईमानमा आधारित दृष्टिकोणबाट असल खुशीका कारणहरूलाई सम्बोधन गर्दछ । यसले पाठकलाई ईमान, असल कर्म, अल्लाहको स्मरण, सन्तोष, उहाँका अनुग्रहहरूमा चिन्तन, परोपकार, अल्लाहमाथि भरोसा, धैर्य र परिस्थितिहरूको सही मूल्यांकनद्वारा आन्तरिक शान्तितर्फ डोऱ्याउँछ। यसले उत्कृष्ट शैलीमा जीवनका उतारचढावहरूको बावजुद एक शान्त, सन्तुलित र सुखमय जीवनको नक्सा तपाईंको हातमा राख्छ।