يوم في بيت الرسول صلى الله عليه وسلم
एक दिन रसूल सल्लल्लाहो अलैहे वसल्लमको घरमा
एक दिन रसूल सल्लल्लाहो अलैहे वसल्लमको घरमा
अश्शैखः अब्दुल मलिक कासिम
प्रस्तावना
त्यस अल्लाहको लागि समस्त प्रशंसा जसले आफ्नो सन्देष्टालाई सत्य धर्म र मार्गदर्शन दिएर पठायो,
र दरूद एवं प्रशान्ति अपतरित होस् पठाइएका सन्देष्टाहरूको नायक, समस्त संसारको लागि सर्वथा दया, हाम्रो नबी मुहम्मद सल्लल्लाहो अलै वसल्लममाथि र उहाँको घरपरिवार र समस्त साथीहरूमाथि, तत्पश्चातः
त वर्तमानकालमा अधिकांश मानिसहरू अतिशयोक्ति गर्नु र विमुख हुनु (बेवफाई गर्नु) बीचमा छन्,
त उनीहरूमध्ये केहीले त उहाँ सल्लल्लाहो अलैहे वसल्लमको हकमा अतिशयोक्ति गरे यहाँसम्म कि उनीहरू बहुदेववादसम्म पुगे, - र यसबाट अल्लाहको शरण चाहन्छाैं- जसले उहाँ सल्लल्लाहो अलैहे वसल्लमसित याचना गर्नथाले र उहाँसित सहायताको अभिलाशी भए,
र उनीहरूमध्ये केहीले त उहाँ सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिको अनुशरण गर्नुबाट र उहाँको जीवनीबाट अचेत नै रहे,यसर्थ उनीहरूले त्यसलाई आफ्नो जीवनशैलीको लागि आदर्श र पथप्रदर्शक मानेनन् ।
सरल तरिकाले उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनी र उहाँको जीवनशैलीका गहिराईलाई आम मानिसहरू समक्ष सुदर्शित गर्ने मनसायले यो सानो पुस्तिका तपाई समगक्ष राख्दछु जुन ती समस्तलाई समाविष्ट गर्न सक्दैन तै पनि उहाँका केही गुण र विशेषताहरूलाई तपाई समक्ष राख्दछ,
र मैले ती समस्तलाई वर्णन गरे छैन बरू तीमध्ये महत्वपूर्ण कुराहरूलाई मात्र राखेको छु, जुन मानिसहरूबाट लुप्त रहे,
प्रत्येक गुण वा विशेषतामाथि मात्र दुई वा तीन हदीसद्वारा प्रमाणीकरण गरेर, यसर्थ उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवन एउटा समुदायको जीवन थियो, र आमन्त्रणलाई आयोजित गर्नु र जीवन निर्वाह गर्नुको पद्धति थियो ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम एउटा समुदाय सरह थिए पूजा र अज्ञाकारिताको क्षेत्रमा र सराहनीय नैतिकता र सुव्यवहारको क्षेत्रमा र उच्च श्रेणीको मामिलामा ।
र महान अल्लाहले उहाँको यसरी प्रशंसा गरेको कुरो नै उहाँको लागि पर्याप्त छः
निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।
र अहलुस्सुन्नह वल जमाअह नबी सल्लल्लाहो अलैहे वसल्लमलाई त्यसै दर्जामा राख्दछन् जुन दर्जामा उहाँलाई अल्लाहले राखेको छ, यसर्थ उहाँ अल्लाहका भक्त, सन्देष्टा, मित्र र मनोनीत भक्त हुन्, उनीहरू उहाँसित आफ्नो बुवा बाजे र सन्तानभन्दा अधिक प्रेम गर्दछन् बरू आफ्नो ज्यानभन्दा अधिक, तर उनीहरू उहाँको हकमा अतिशयोक्ति गर्दैनन् नत उहाँलाई उनको दर्जाभन्दा उच्च नै गर्छन् ।
यसर्थ हामी यसै मार्गमा अग्रसर छाैं,तसर्थ हामी जन्म उत्सवको बिदअत गर्दैनाैं नत कुनै उत्सव मनाउँछाैं, बरू हामी उहाँसित उस्तै प्रेम गर्छाैं जसरी उहाँको आदेश छ, र उहाँको ती समस्तमा अनुशरण गर्छाैं जसको उहाँले आदेश गरेका छन्, र जसबाट रोकेका छन् र सचेत गरेका छन् ।
त उहाँको बारेमा यो नै ज्ञान छ कि उहाँ मानव थिए ।
र अल्लाहका सृष्टिहरूमध्ये सबैभन्दा उत्तम थिए ।
र उहाँमाथि दूदत्वको मुहर लागेको थियो ।
जसको प्रकाश झल्केर उहाँको दूतत्वको गवाही दिन्थ्यो ।
र महान अल्लाहले उहाँको नामलाई आफ्नो नामसित जोडिदियो ।
जब पाँचाैं बखतको अजानमा मुवज्जिन अशहदु (म गवाही दिन्छु...) भन्छ ।
र उहाँको नामलाई आफ्नो नामबाटै प्रेरित राख्यो ताकि उहाँको सम्मान गरियोस् ।
त अर्शवालाको नाम महमूद (प्रशंसनीय) हो, र उहाँ अहमद (जसको प्रशंसा गरियोस्) हुन् ।
यद्यपि हामीले उहाँ सल्लल्लाहो अलैहे वसल्लमलाई यस संसारमा हेर्न सकेनाैं किनकि हामीबीच समयको अन्तराल भयो, तै पनि अल्लाहसित यो याचना गर्दैगर्नुस् कि हामीलाई पनि ती मानिसहरूमध्येको बनाइदेओस् जसको बारेमा उहाँले भनेका छन्ः
मेरो यो इच्छा छ कि म आफ्नो भाइहरूलाई हेराैं । त सहाबाले भनेः हे अल्लाहको सन्देष्टा हामी तपाईको भाइ होइनाैं ? त उहाँले भन्नु भयोः तिमी त मेरा साथीहरू हाै, र मेरो भाइहरू ती हुन् जुन अहिलेसम्म जन्मेका छैनन्, त उनीहरूले भनेः तपाई आफ्नो उम्मतका ती मानिसहरूलाई कसरी चिन्नुहुन्छ जुन अहिलेसम्म जन्मेकै छैनन् ? त उहाँले भन्नु भयोः तिम्रो के विचार छ त्यस मानिसको बारेमा जसको एउटा चम्किराखेको ऊँट नितान्त कालो ऊँटहरूको बीचमा होस् त के त्यो आफ्नो त्यस ऊँटलाई चिन्न सक्दैन ? त उनीहरूले भनेः हे अल्लाहका सन्देष्टा त्यो अवश्य चिनिहाल्छ, त उहाँले भन्नु भयोः तसर्थ उनीहरू वजू गरेको कारण चम्किलो भएर आउने छन् र म उनीहरूलाई हाैजमा अगाडि गर्नेछु ।
अल्लाहसित याचना गर्दछु कि हामीलाई ती मानिसहरूमध्येबाट बनाइदेओस् जुन उहाँको अनुशरण गर्छन्, र उहाँको जीवनशैली र उहाँको पद्धतिमा हिंडदछन् ।
जसरी कि यो याचना गर्दछु कि अल्लाह हामीसबैलाई अदन नामक स्वर्गमा एकत्रित गरोस्, र उहाँलाई उहाँको कर्मको सुप्रतिफल प्रदान गरोस् ।
र अल्लाहको प्रशान्ति अवतरित होस् हाम्रो नबी मुहम्मद सल्लल्लाहो अलैहे वसल्लममाथि र उहाँका घरपरिवार र समस्त साथीहरूमाथि ।
अब्दुल मलिक बिन मुहम्मद बिन अब्दुर्रहीम अल कासिम
जियारत (भ्रमण)
बितिसकेका युगहरूतिर हामी फर्कन्छाैं, र गुज्रिसकेको इतिहासको पाना पल्टन्छाैं, जसमा हामी अध्ययन गर्छाैं र त्यसमा भएका कुराहरूमा मनथन गर्छाैं, र अक्षर र वाक्यहरूको सहायताले रसूल सल्लल्लाहो अलैहे वसल्लमको जियारत उहाँको घरमा गर्छाैं ।
हामी उहाँको घरमा प्रवेश गर्छाैं र उहाँको अवस्थालाई हेर्छाैं र उहाँको हदीसलाई सुन्दछाैं ।
एक दिन नबीको घरमा व्यतीत गर्छाैं, जताबाट पाठ र उपदेश ग्रहण गर्छाैं, र उहाँका कार्य कुराद्वारा प्रकाश लिन्छाैं ।
मानिसहरूको ज्ञानको द्वार खुलिसकेको छ, र उनीहरू अत्याधिक अध्ययन गरिरहेका छन्, र उनीहरू फिल्म चलचित्र, समाचारपत्र र किताबहरूको माध्यमले पूर्वदेखि पश्चिमसम्मको भ्रमण गरिरहेका छन्,
त हामी उनीहरूभन्दा अधिक हकदार छाैं कि हामी वैधानिक भ्रमण गराैं रसूल सल्लल्लाहो अलैहे वसल्लमको घरको जसद्वारा हामी उहाँको जीवनशैली बारे जानकारी प्राप्त गराैं ताकि त्यसैको प्रकाशमा आफ्नो जीवन व्यतीत गर्न सकाैं ।
र समयको अभावले हामी उहाँका घरमा भएका केही प्रमुख घटनाहरूलाई मात्र समाविष्ट गर्नेछाैं ताकि त्यसैमा आफूलाई केन्द्रित राखाैं र त्यसैलाई अआफ्ना घरहरूमा प्रचलित गराैं ।
मुसलमान भाइ होः
हाम्रो उद्देश्य मात्र यो होइन कि हामीभन्दा अघिका युगहरूतिर फर्केर जाऔं र हामीभन्दा अघि जुन गुज्रिसकेका छन् र जसलाई हामी हेरेका छैनाैं त्यसबाट रमाऔं,
बरू हामी महान अल्लाहको पूजा गर्दछाैं उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनीको अध्ययन गरेर, र उहाँको पद्धतिको अनुशरण गरेर, र उहाँको पद्धतिमा हिंडेर,
अल्लाहको यस कथनको पालना गर्दै कि हामीलाई अल्लाहको महान सन्देष्टासित प्रेम गर्नु अनिवार्य छ,
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमसित प्रेम गर्नुको सर्वोत्कृष्ट निशानी हो उहाँले जसको आदेश गरेका छन् त्यसको अनुशरण गर्नु, र जसबाट रोकेका छन् त्यसबाट रूक्नु ।
अल्लाहले उहाँको आज्ञापालन गर्ने र उहाँको आदेशलाई मान्ने र उहाँलाई आफ्नो आदर्श र इमाम बनाउने सन्दर्भमा भनेको छः
भनिदिनुस् कि यदि तिमीहरू अल्लाहलाई प्रेम गर्दछाै भने मेरो अनुशरण गर अल्लाह तिमीहरूलाई प्रेम गर्नेछ ।
र अल्लाहको फर्मान छः
निःसन्देह तिम्रो निम्ति अल्लाहको रसूलमा एउटा उत्तम आदर्श छ, प्रत्येक त्यस ब्यक्तिको लागि जसले अल्लाह र अन्तिम दिनको आशा राख्दछ, र अल्लाहलाई अधिक स्मरण गर्दछ ।
र अल्लाहले रसूल सल्लल्लाहो अलैहे वसल्लमको आज्ञापालन गर्नु र उहाँको अनुशरण गर्नुबारे कुरआनको लगभग ४० ठाउँमा वर्णन गरेको छ ।
यसर्थ भक्तको भलाई, र अन्तिम दिन त्यसको सफलता मात्र अल्लाहको रसूलको अनुशरण गर्नुमा नै छ,
र जसले अल्लाह र उसको पैगम्बरको आज्ञा पालन गर्नेछ, उसलाई अल्लाहले जन्नतमा (स्वर्गमा) प्रवेश दिनेछ, जसमुनि नहरहरू बगिराखेका छन् । जसमा तिनीहरू सधैं बास गर्नेछन् र यो ठूलो सफलता हो ।
र जसले अल्लाह र उसको रसूलको आज्ञा उल्लघंन गर्नेछ र उसबाट निर्धारित सीमाको अतिक्रमण गर्दछ, त्यसलाई अल्लाहले नर्कमा हाल्नेछ, जसमा कि ऊ सधैं रहनेछ र त्यस्तैलाई यो अपमानजनक सजाय हो ।
र रसूल सल्लल्लाहो अलैहे वसल्लमले आफूसित प्रेम गर्नुलाई ईमानको मिठास पाउने माध्यम बताएका छन् यसर्थ उहाँ सल्लल्लाहो अलैहे वसल्लमको फर्मान छः
जसमा यी तीन कुराहरू पाइन्छ त्यो आस्थाको मिठास (मिठोपना) पाइहाल्छः त्यस निकट अल्लाह र उसका रसूल सबैभन्दा प्रिय होउन्... ।
उहाँ (उहाँमािथ अल्लाहकाे दया प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः
त्यसको शपथ जसको हातमा मेरो प्रमण छ तिमीहरूमध्ये कोही पनि तबसम्म आस्थावान हुनसक्दैन जबसम्म म त्यस निकट त्यसको सन्तान र बुवाभन्दा अधिक प्रिय नभइहालूँ ।
र नबी सल्लल्लाहो अलैहे वसल्लमको जीवनी सुगन्धित सुगन्ध हो जसबाट हामी सिक्दछाैं र उहाँको पद्धतिमा हिंडदछाैं ।
यात्रा
रसूल सल्लल्लाहो अलैहे वसल्लमको घरतिरको यात्रा जता हामी उहाँको जीवनको अदृश्य शैलीलाई र उहाँको व्यवहारलाई हेर्दछाैं जसलाई हेर्ने अत्याधिक इच्छा हुन्छ, र तब के अवस्था हुन्छ जब हामीलाई त्यसमा पुण्य र प्रतिफल मिल्ने आभास पनि भइहालोस् ?
त्यो पाठ र उपदेश हो, जीवनी र आदर्श हो, अनुशरण र आज्ञाकारिता हो,
त यो यात्रा किताब र रिवायतद्वाराको यात्रा हो जसलाई सहाबाहरू वर्णन गर्छन्, नत्र उहाँको घर वा चिहानको यात्रा जायज छैन नत यस बाहेक कुनै अन्य स्थानको, तीन मस्जिद बाहेक, जसको वर्णन रसूल सल्लल्लाहो अलैहे वसल्लमले यसरी गरेका छन्ः
यी तीन मस्जिद बाहेक कुनै स्थानको यात्रा गरिदैनः मस्जिदे हराम, मेरो यो मस्जिद, र मस्जिदे अक्सा ।
यसर्थ हामीलाई चाहियो कि हामी उहाँको आज्ञापालन गराैं र यी तीन मस्जिद बाहेक कुनै स्थानको यात्रा र भ्रमण नगराैं,
र महान अल्लाहको फर्मान छः
जे–जति कुरा तिमीलाई पैगम्बरले दिन्छन्, त्यो लिइहाल र जुन कुरोबाट मनाही गर्छन्, त्यसबाट पन्छिनु ।
र हामी नबी सल्लल्लाहो अलैहे वसल्लमले छाडेर गएका निशानीहरूको पछि पछि लाग्दैनाैं,
इब्नुल वज्जाहको भनाई छः
हजरत उमर बिन खत्ताबले त्यस रूखलाई काट्ने आदेश गरे जसमुनि नबी सल्लल्लाहो अलैहे वसल्लमसित बैअत (संकल्प) गरिएको थियो, अनि त्यसलाई काटियो, किनकि मानिसहरू त्यसमुनि गएर नमाज पढथे, अनि उमरलाई उनीहरूप्रति विचलनको भय लाग्यो ।
र हिरा गुफाको बारेमा शैखुल इस्लाम इब्ने तैमियाको उदगार छ किः
नबी सल्लल्लाहो अलैहे वसल्लम दूतत्वभन्दा पहिला हिरा गुफामा गएर पूजा गर्थे, र त्यसै गुफामा उहाँमाथि पहिलो वह्य अवतरित भयो, तर जहिलेदेखि वह्य अवतरित भयो त्यस पश्चात उहाँ त्यसमाथि चढेनन् नत त्यसको निकट नै गए, नत उहाँका साथीहरू नै कहिले त्यहाँ गए,
र दूतत्व पश्चात उहाँ सल्लल्लाहो अलैहे वसल्लम मक्कामा दश वर्षभन्दा अधिक रहे तर त्यस गुफाको नत जियारत गरे नत त्यसतिर जानुको लागि त्यस पर्वतमाथि चढे, र यस्तै अवस्था मक्काका आस्थावानहरूको पनि थियो, र प्रवास गरे पश्चात पनि उहाँ कैयन् पटक उमराको लागि मक्का आए, जसरी हुदैबियाको उमराको अवसरमा, मक्काको विजयको अवसरमा, र मक्कामा यस अवसरमा लगभग २० दिन रूके, र यस्तै जेइर्रानाको उमराको अवसरमा तर कहिले पनि हिरा गुफामा आएनन् नत त्यसको जियारत नै गरे ।
र अब हामी नबीको शहर मदिनतिर लाग्दछाैं, र यो यसको स्पष्ट निशानीहरूमध्ये एक हो जुन हामी समक्ष जाहेर हुन लागेको छ,
र त्यो उहुद पर्वत हो जसको बारेमा रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भएको छः
यो यस्तो पर्वत हो जुन हामीसित प्रेम गर्छ र हामी यससित प्रेम गर्दछाैं ।
र रसूल सल्लल्लाहो अलैहे वसल्लमको घरमा पस्नुभन्दा अघि र त्यसको निर्माण र आकार हेर्नुभन्दा अघि, हामी आश्चर्य नमानाैं सानो कोठा र सामान्य ओछ्यान हेरेर,
किनकि रसूल सल्लल्लाहो अलैहे वसल्लम संसारीय जीवनमा सबैभन्दा अधिक तपस्वी र त्यसबाट सबैभन्दा कम लिनेवाला थिए, र उहाँ यसका शोभा र मालतिर हेर्दैनथेः
बरू उहाँको आँखाको शीतलता नमाजमा राखिएको थियो ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम दुनियाको बारेमा भनेका छन्ः
मेरो दुनियासित कुनै सरोकार छैन, बरू मेरो र दुनियाको उदाहरण त्यस सवार सरह छ जुन कुनै अति ताप भएको दिन हिंडिरहेको छ अनि तापको कारण दिनको एक घण्टा रूखमुनि विश्राम गरोस् अनि त्यसलाई छाडेर गइहालोस् ।
र हामी रसूल सल्लल्लाहो अलैहे वसल्लमको घरतिर लागेका छाैं र हामी मदिनाको गल्ली दैलोमा हिंडिरहेका छाैं,
र यी नबी सल्लल्लाहो अलैहे वसल्लमकी स्वास्नीहरूका कोठाहरू जाहेर हुन लाग्यो जुन खजूरका हाँगाहरूबाट निर्मित छ जसमाथि माटो वा कुनै कोठा ईंटदवारा निर्मित छ, र समस्तको छत खजूरको हाँगाबाट निर्मित छ ।
र हजरत हसन भन्थेः
म हजरत उसमानको शासनकालमा नबी सल्लल्लाहो अलैहे वसल्लमकी स्वास्नीहरूका कोठाहरूमा प्रवेश गर्थें त त्यसको छतलाई हातबाट स्पर्श गरिहाल्थें ।
निःसन्देह यो एउटा नम्रतापूर्ण घर हो जसका कोठाहरू अति साना छन् तर आस्था, आज्ञाकारिता, वह्य र दूतत्वबाट आबादित छन् ।
रसूल सल्लल्लाहो अलैहे वसल्लमका सदगुणहरू
र हामी दूतत्वको घर निकट पुगिसकेका छाैं, हामी अनुमतिको लागी ढोका ढकढक गरिरहेका छाैं ताकि आफ्नो कल्पनालाई उनीहरूको साथमा चलाऔं जिनले नबी सल्लल्लाहो अलैहे वसल्लमलाई हेरेका छन् र यसरी उहाँको विशेषतालाई वर्णन गरिरहेका छन् मानो हामी हेरिरहेका छाैं, ताकि हामी उहाँको कल्याणकारी उदय र सुगन्धित र मुस्काउँदो जीवनलाई जानाैं ।
बराअ बिन आजिब उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
नबी सल्लल्लाहो अलैहे वसल्लम सबैभन्दा सुन्दर अनुहारवाला थिए, र सबैभन्दा अधिक नैतिकवान थिए, नत धेरै लामो नत होचो नै थिए ।
र उनैबाट वर्णित छ उनीबाट अल्लाह राजी हाेउन् किः
नबी सल्लल्लाहो अलैहे वसल्लम फराकिलो छातीका थिए उहाँको दुवै काँधाबीच दूरी थियो, र उहाँको कपाल उहाँको कानको लुतिसम्म पग्दथ्यो, मैले उहाँलाई सेतो लुगामा हेरें त उहाँभन्दा सुन्दर अरू कुनै वस्तुलाई कहिले पनि हेरेकै थिएन ।
र अबू इस्हाक अस्सबेअीको भनाई छः
एउटा मान्छेले बराअ बिन आजिबसित सोध्योः के नबी सल्लल्लाहो अलैहे वसल्लमको अनुहार तरवार झैं (सेतो) थियो ? त उनले भनेः होइन बरू चन्द्र झैं टल्किलो थियो ।
र हजरत अनस उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
मैले नबी सल्लल्लाहो अलैहे वसल्लमको हातभन्दा कोमल कुनै रेशम वा कुनै अन्य कुरा स्पर्श गरेको छैन, र नबी सल्लल्लाहो अलैहे वसल्लमको शरीको सुगन्धभन्दा सुगन्धित कुनै सुगन्ध सुँघेको छैन ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको विशेषतामध्ये लज्जा पनि हो,
यहाँसम्म कि उहाँको बारेमा हजरत अबू सईद अल खुदरी रजिअल्लाहो अन्होको भनाई छः
नबी सल्लल्लाहो अलैहे वसल्लम नवव्याहिता कुवारीको त्यसको कोठामा लज्जा मान्नुभन्दा अधिक लज्जालु थिए, यसर्थ जब उहाँलाई कुनै कुरा अप्रिय लाग्दथ्यो त त्यसलाई हामी उहाँको अनुहारबाट थाहा पाइहाल्थें ।
यी संक्षिप्त विशेषता र गुणहरू हुन् उहाँ सल्लल्लाहो अलैहे वसल्लमको आकार (शारीरिक बनावट) र आचरणको विषयमा, र महान अल्लाहले उहाँको आकार र आचरण सबैलाई परिपूर्ण बनाएको छ हाम्रो आमा बुवा उहाँ सल्लल्लाहो अलैहे वसल्लममाथि बलि जाउन् ।
रसूल सल्लल्लाहो अलैहे वसल्लमका कथन र वाँणीहरू
अहिले हामी उहाँ सल्लल्लाहो अलैहे वसल्लमका केही गुण र विशेषताको दर्शन गर्याैं, अब उहाँका केही कथन र वार्तालापलाई पनि हेराैं, कि उहाँको वार्ता गर्ने र कुरा गर्ने विशेषता र तरिका केकस्तो थियो, र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको कुरा अगाडि हजरत आइशाको यस कथनलाई सुनाैं,
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
रसूल सल्लल्लाहो अलैहे वसल्लम तिमीहरू झैं एकै चोटि सबैकुरालाई प्रकट गर्दैनथे बरू रूकि रूकि स्पष्ट कुरा गर्थे जसलाई त्यहाँबसेको मान्छे कण्ठ गरिहाल्थ्यो ।
र उहाँ अति सरल र कोमल कुरा गर्थे ताकि त्यसलाई बुझियोस् ।
र उहाँको आफ्नो अनुयायीहरूप्रति लाल्साको कारण नै मानिसहरूबीच भिन्नताको रियायत गर्थे, र उनीहरूको बुझ्ने शक्तिको रियायत गर्थे, त यो कुरो यस कुरामाथि प्रमाणीकरण गर्छ कि उहाँ संयमी र सहनशील थिए ।
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
रसूल सल्लल्लाहो अलैहे वसल्लमको कुरा अलग अलग स्पष्ट हुन्थ्यो जसलाई सुन्ने व्यक्ति सरलताको साथ बुझिहाल्थ्यो ।
र रसूल सल्लल्लाहो अलैहे वसल्लमको विनम्रता, फराकिलो छाती र स्वीकारोक्तिमा विचार गर कि उहाँ कुरालाई दोहोर्याउँथे ताकि त्यसलाई बुझियोस् ।
अनस बिन मालिक उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
रसूल सल्लल्लाहो अलैहे वसल्लम कुरालाई तीन पटकसम्म दोहोर्याउँथे ताकि त्यसलाई बुझ्न सकियोस् ।
र नबी सल्लल्लाहो अलैहे वसल्लम मानिसहरूसित विनम्रताको व्यवहार गर्थे र उनीहरूको भयलाई भगाइदिन्थे, किनकि केही मानिसहरूलाई ठूलोस्तरका मानिसहरूसित कुरागर्दा डर लाग्दछ,
र हजरत इब्ने मसऊद उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
एउटा मानिस उहाँ सल्लल्लाहो अलैहे वसल्लमको पासमा आएर कुरा गर्नथाल्यो, तर त्यसका अंगहरू कम्पित थिए, त रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः मसित भयभीत नहोऊ आफूलाई सम्भाल, म कुनै राजा होइन, बरू म त त्यस महिलाको छोरा हूँ जुन सुखाइएको मासु खान्थिइन् ।
घरभित्र
यसर्थ अब यस उम्मतको सन्देष्टा सल्लल्लाहो अलैहे वसल्लमको बीच घरमा स्थिर भएँ,
हामी दृष्टि घुमाएर ती समस्तलाई दृष्टिगत गराैं जसलाई सहाबीहरू हामीहरूसम्म पुर्याउँछन् यसघरका सरसामानहरूबारे अर्थात त्यसघरको सरसामान र ओछ्यान आदिको बारेमा,
र हामीलाई थाहै छ कि घरहरूमा ताकझाँक गर्नु उचित हुन्न तर अनुशरण गर्ने उद्देश्यले र ताकि यस कल्याणकारी घरबाट केही आदर्श पाऔं,
यो यस्तो घर हो जसको सामान विनम्रता र त्यसको मूल पूँजी आस्था हो,
के तिमी हेर्दैनाै कि यस घरका पर्खालहरू प्राणवान वस्तुका चित्रहरूबाट पवित्र छन् जसलाई वर्तमानमा अधिकांश मानिसहरू पर्खालहरूमा झुन्डियाउँछन् ?
उहाँ (उहाँमािथ अल्लाहकाे दया प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः
त्यस घरमा फरिश्ताहरू (स्वर्गदूतहरू) प्रवेश गर्दैनन् जसमा कुनै कुकुर वा चित्र होस् ।
अनि तपाई आफ्नो दृष्टि हाल ती केही सरसामानहरूमाथि जसलाई रसूल सल्लल्लाहो अलैहे वसल्लम आफ्नो दैनिक जीवनमा प्रयोग गर्थे ।
हजरत साबितको वर्णन छ किः
हजरत अनस हामी समक्ष एउटा काठको प्याला ल्याउनु भयो जुन मोटो थियो र त्यसमा फलामको लेप लगाइएको थियो, अनि भनेः हे साबित यो रसूल सल्लल्लाहो अलैहे वसल्लमको प्याला हो ।
र त्यसैमा रसूल सल्लल्लाहो अलैहे वसल्लम पानी, नबीज, मह र दुध पिउँथे ।
र हजरत अनस रजिअल्लाहो अन्होको वर्णन छ किः
रसूल सल्लल्लाहो अलैहे वसल्लम पेय पदार्थमा तीन पटक फूँक मार्थे ।
अर्थातः भाँडा बाहिर स्वाँस फेर्थे ।
र नबी सल्लल्लाहो अलैहे वसल्लमले पिउने भाँडामा स्वाँस फेर्नुबाट र त्यसमा फूूूूूूँक मार्नुबाट रोकेका छन् ।
र रह्यो त्यस कवचको कुरो जसलाई रसूल सल्लल्लाहो अलैहे वसल्लम जिहादमा, र लडाइहरूमा र कठोर दिनहरूमा लगाउँथे त्यो अहिले यस घरमा उपस्थित छैन,
किनकि रसूल सल्लल्लाहो अलैहे वसल्लमले त्यसलाई एउटा यहूदीसित रेहनमा राखेका थिए तीस साअ जाैको कर्जको साटो, जस्तो कि हजरत आइशाको भनाई छ किः रसूल सल्लल्लाहो अलैहे वसल्लमको निधन यस्तो अवस्थामा भएको थियो कि उहाँको कवच एउटा यहूदीकहाँ रेहनमा राखिएको थियो ।
र रसूल सल्लल्लाहो अलैहे वसल्लम आफ्नो परिवारकहाँ एक्कासी प्रवेश गर्दैनथे, बरू उनीहरूलाई ज्ञान भए पश्चात प्रवेश गर्थे, र प्रवेश गर्दा उनीहरूलाई सलाम भन्थे ।
र सचेत हृदय एवं दूरदर्शी दृष्टिले रसूल सल्लल्लाहो अलैहे वसल्लमको यस हदीसलाई हेरः
धन्य छ त्यो व्यक्ति जुन इस्लामतिर मार्दर्शित भयो, र जसको जिन्दगानी विनम्रता र निस्पृहता हो ।
र एउटा अर्को विशाल हदीसलाई सन्नुस्ः
जुन व्यक्ति आफ्नो घरपरिवारबारे निर्भीक भयो, र त्यसको शरीरलाई कुनै रोग लागेको छैन, र त्यससित एक दिनको भोजनको व्यवस्था छ त मानो त्यसलाई संसारको सबै अनुकम्पा प्राप्त भयो ।
आफन्तीहरू
यस उम्मतको नबी सल्लल्लाहो अलैहे वसल्लम आफन्तीहरूको हक अधिकार दिनुमा यति वफादार थिए जसलाई वर्णन गर्न सकिन्न, यसर्थ उहाँ यस सन्दर्भमा सृष्टिहरूमध्ये सबैभन्दा उत्तम र परिपूर्ण थिए,
यहाँसम्म कि कुरैशका काफिरहरूले पनि उहाँको प्रशंसा गर्नुमा बाध्य भए र उहाँलाई सत्यवान धरोहरीको उपाधि दिए उहाँलाई दूतत्व प्राप्तिभन्दा अघि नै,
र उहाँको विशेषतालाई वर्णन गर्दै हजरत खदिजा भन्दछिन्ः
तपाई रिश्तालाई जोडनु हुन्छ र दान गर्नु हुन्छ... पूर्ण हदीससम्म ।
र यो हेर्नुस् उहाँ सल्लल्लाहो अलैहे वसल्लम हकहरूमध्ये विशाल हकलाई र अनिवार्य कार्यहरूमध्ये प्रथम अनिवार्य कार्यलाई गरिरहेका छन्, र त्यो हो उहाँ आफ्नो त्यस आमाको जियारत गरिरहेका छन् जुन उहाँको सात वर्षको उमेरमा नै मरिसकेका थिइन् ।
हजरत अबू हुरैरह रजिअल्लाहो अन्होको भनाई छः
नबी सल्लल्लाहो अलैहे वसल्लमले आफ्नो आमाको चिहानको जियारत गर्नु भयो, अनि उहाँ पनि रोए र उहाँ वरिपरि भएका मानिसहरू पनि रूनथाले, अनि उहाँले भनेः मैले आफ्नो प्रतिपालकसित अनुमति माँगे कि मलाई मेरो आमाको लागि क्षमायाचनाको अनुमति देओस् तर मलाई यसको अनुमति दिइएन, अनि मैले उहाँको चिहानको जियारतको अनुमति माँगे त मलाई यसको इजाजत दिइयो, यसर्थ तिमीहरू पनि चिहानहरूको जियारत गर्दैगर, किनकि यो मृत्युलाई स्मरण गराउँछ ।
र विचार गर उहाँ सल्लल्लाहो अलैहे वसल्लमको आफ्नो आफन्तीहरूप्रति प्रेमभावको, र उनीहरूलाई आमन्त्रित गर्नु र उनीहरूको मार्गदर्शित हुनुको, र उनीहरूलाई आगोबाट (नर्बाट) बचाउनुको, र यस विषयमा नानाथरीका कष्ट सहन गर्नुको ।
अबू हुरैरह उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
जब यो श्लोक अवतरित भयोः
र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनुस् ।
रसूल सल्लल्लाहो अलैहे वसल्लमले कुरैशलाई भेला गरे,अनि सामान्यतया र विशेषरूपले भनेः
हे अब्दे शम्शका सन्तानहरू, हे कअब बिन लुवैका सन्तानहरू आफूलाई नर्कको आगोबाट बचाइहाल, हे मुर्रह बिन कअबका सन्तति आफूलाई नर्कको आगोबाट बचाइहाल, हे अब्दे मनाफका सन्तानहरू आफूलाई नर्कको आगोबाट बचाइहाल, हे हाशिमका सन्तति आफूलाई नर्कको आगोबाट बचाइहाल, हे अब्दुल मुत्तलिबका सन्तानहरू आफूलाई नर्कको आगोबाट बचाइहाल, हे फातिमा आफूलाई नर्कको आगोबाट बचाइहाल किनकि म अल्लाह समक्ष तिमीहरूको कुनै सहायता गर्न सक्दैन, यस बाहेक कि तिमीहरूको मसित रिश्ता छ त्यस कारण म तिमीहरूको लागि जति गर्न सक्छु त्यति गर्ने नै छु।
र यी हुन् हबीब सल्लल्लाहो अलैहे वसल्लम जुन आफ्नो काकालाई इस्लामतिर आमन्त्रित गर्नुमा थाकेनन् बरू उनलाई पटक पटक इस्लामतिर बोलाउँदै रहे, यहाँसम्म कि उनको जीवनको अन्तिम क्षणमा उनको पासमा आएः
जब अबू तालिबको मृत्युको क्षण नजिक आयो त नबी सल्लल्लाहो अलैहे वसल्लम त्यहाँ प्रवेश गरे र उनको पासमा अबू जहल र अब्दुल्लाह बिन अबि उमैयह पनि थिए अनि उहाँले भनेः
हे मेरो काका तपाई लाइलाहा इल्लल्लाह भनिदेऊ जसलेगर्दा म अल्लाह समक्ष तपाईको बारेमा प्रमाणीकरण (शास्त्रार्थ) गर्नेछु ।
त अबू जहल र अब्दुल्लाह बिन अबि उमैयहले भने हे अबू तालिब के तपाई अब्दुल मुत्तलिबको धर्मबाट मुख ,र्काइहाल्छाै ?
त भन्छन् किः दुवै उनसित कुरा गर्दैरहे यहाँसम्म कि उनले अन्तिम कुरा यो नै भनेः म अब्दुल मुत्तलिबको धर्ममाथि नै छु ।
अनि रसूल सल्लल्लाहाे अलैहे वसल्लमले भन्नु भयोः
म तपाईको लागि क्षमायाचना गर्दैरहन्छु यहाँसम्म कि मलाई यस कार्यबाट नरोकियोस्, अनि यो श्लोक अवतरित भयोः
सन्देष्टा र अन्य मुसलमानलाई उचित छैन कि मुश्रिकहरूको लागि क्षमायाचना गरुन्, जबकि यो प्रकट भइसकेको छ कि तिनीहरू नारकिय हुन् चाहे तिनीहरू नजिकका नातेदार नै किन नहोऊन् ।
भन्छन् कि यो पनि अवतरित भयोः
तपाई त्यसलाई पथप्रदर्शन गर्नु सक्नुहुन्न जसलाई तपाई चाहनुहुन्छ ।
उनलाई उनको जीवनकालमा धेरै पटक इस्लामतिर बोलाए, र उनको जीवनको अन्तिम क्षणमा पनि, अनि उनको लागि क्षमायाचना पनि गर्दैरहे उहाँमाथि उपकार गर्ने उद्देश्यले यहाँसम्म कि उहाँलाई यस कार्यबाट रोकियो र यो श्लोक अवतरित भयो,
अनि उहाँ सल्लल्लाहो अलैहे वसल्लम यसलाई सुने र यसको पालना गरे र आफ्ना बहुदेववादी आफन्तीहरूको लागि क्षमायाचना गर्नुबाट रूके,
यो उम्मतमाथि दयाको एउटा विशाल चित्रण हो, अनि यो अन्त्यमा यस धर्मको लागि एक प्रकारको मित्रतालाई पनि दर्शाउँछ, र यो काफिर बहुदेववादीहरूबाट बिरक्तता पनि हो, यद्यापि उनीहरू निकट्तम आफन्ती किन नहोउन् ।
हामी समक्ष दूत आयो धेरै समय र निराशा पश्चात
सन्देष्टाहरूमध्येबाट, र धरतीमा मूति पूजा हुनलागेको थियो,
अनि उहाँ प्रकाशित सूर्य र पथप्रदर्शक भइहाले
उहाँ यसरी टल्कन्छन् जसरी तरवार धार लगाए पश्चात टल्कन्छ,
अनि उहाँले हामीलाई नर्कबाट सावधान गरे र स्वर्गको शुभसूचना सुनाए,
र हामीलाई इस्लामको तालिम दिए यसर्थ समस्त प्रशंसा अल्लाहकै लागि छ ।
सन्देष्टा उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस् आफ्नो घरमा
मान्छेको घर नै त्यो वास्तविक परीक्षणीय कुरा हो जुन मान्छेको सुव्यवहार, परिपूर्ण नैतिकता, राम्रो व्यवहार र स्वच्छ बानी व्यहोरालाई स्पष्ट पार्दछ, किनकि त्यो कोठा र पर्खाल पछाडि हुन्छ जसलाई कुनै मानव हेरिरहेको हुँदैन,
र त्यो आफ्नो दास वा सेवक वा श्रीमतीको साथमा हुन्छ आफ्नो बानी अनुसार उनीहरूसित व्यवहार गर्छ जसमा कुनै आडम्बर र शिष्टाचार हुँदैन, किनकि त्यो यस घरको प्रधान हो जुन आदेश गर्छ र मनाही पनि गर्छ, र जति मानिसहरू यस घरमा छन् सबै त्यसको सामुन्ने कम्जोर छन्,
यस उम्मतको सन्देष्टा र नायक एवं गुरु सल्लल्लाहो अलैहे वसल्लमको अवस्थाबारे विचार गराैं कि यस्तो उच्च दर्जा र विशाल श्रेणीवाला भए पनि आफ्नो घरमा के कस्तो व्यवहार गर्थे ।
हजरत आइशासित भनियोः रसूल सल्लल्लाहो अलैहे वसल्लम आफ्नो घरमा के गर्थे ?
त उनले भनिन्ः उहाँ पनि मानवमध्येका एउटा मानव नै थिए जुन आफ्नो लुगा आफै सिल्दथे, र आफ्नो बाख्रा आफै दुहन्थे र आफ्नो काम आफै गर्थे ।
उनी आफ्नो कार्य कसैबाट नगराउनुमा र अभिमान नगर्नुमा र विनम्रतामा एउटा आदर्श र प्रतीक थिए, उहाँ राम्रो साझीदार र सहायक थिए, र आदमको सन्तानबाट मनोनीत भए पनि यी समस्त आफै गर्थे, र उहाँ योस्तो घरमा हुनुहुन्थ्यो जताबाट यस धर्मको किरण फुट्यो तर उहाँलाई यति खाना पनि मिल्दैनथ्यो जसबाट उहाँ सल्लल्लाहो अलैहे वसल्लम आफ्नो पेट भरुन् ।
हजरत नुअमान बिन बशीर रजिअल्लाहो अन्होको भनाई छ जसमा उनी नबी सल्लल्लाहो अलैहे वसल्लमको अवस्थालाई वर्णन गर्नुहुन्छ किः
मैले तिमीहरूको नबीलाई हेरेछु कि उहाँ खराब खजूर पनि पाउँदैनन् जसबाट आफ्नो पेट भरुन् ।
र हजरत आइशा रजिअल्लाहो अन्हाको वर्णन छ किः
हामी मुहम्मदका परिवार महिना महिनाभरी आगो बाल्दैनथ्याैं बरू खजूर र पानी खाएर नै रहन्थ्याैं ।
र नबी सल्लल्लाहो अलैहे वसल्लमलाई कुनै पनि कुरा पूजा र आज्ञाकारिताबाट अचेत गर्न सक्दैनथ्यो ।
अनि जब उहाँ मुवज्जिनको यो कथन आऊ नमाजतिर, आऊ सफलतातिर सुन्दथे, त तीव्रताले अजानको जवाफ दिने उद्देश्यले गइहाल्थे र संसारलाई आफू पछाडि छाडिदिन्थे ।
हजरत असवद बिन यजीदको वर्णन छ किः मैले हजरत आइशासित सोधें किः घरमा नबी सल्लल्लाहो अलैहे वसल्लम के गर्थे ?
त उनले भनेः उहाँ सल्लल्लाहो अलैहे वसल्लम आफ्नो घरवालाहरूको सेवामा रहन्थे, अनि जब अजान सुन्दथे त मसीजदको लागि निस्किहाल्थे ।
र यो कतै पनि वर्णित छैन कि उहाँले कहिले पनि अनिवार्य नमाज घरमा पढेका होउन्, त्यस अवस्था बाहेक जब उहाँलाई ज्वरोले आइसमातेको थियो, र बाहिर निस्कनु उहाँको लागि कठिन भइहालेको थियो, र यो त्यसै विरामीको कुरो हो जसमा उहाँको स्वर्गबास भएको थियो ।
उहाँ सल्लल्लाहो अलैहे वसल्लमको आफ्नो उम्मतप्रति यति दया र स्नेह भए पनि जसले सामूहिक नमाजलाई त्यागोस् त्यसको लागि कठोर कुरा गरेका छन्,
उहाँ (उहाँमािथ अल्लाहकाे प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः
मैले यो इच्छा गरें कि नमाज कायम गर्नुको आदेश गरूँ, अनि कसैलाई सबैलाई नमाज पढाउने आदेश गरूँ, अनि केही मानिसहरूलाई लएर जिनको साथ दाउरो होस् ती मानिसहरूको घरतर्फ जाऊ अनि उनीहरूको घरलाई उनीसमेत जलाइदिऊँ ।
र यो मात्र सामूहिक नमाजको ठूलो महत्वको कारण नै हो ।
उहाँ (उहाँमाथि अल्लाहकाे प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः
जसले अजान सुनोस् अनि मस्जिदतिर नजाओस् त्यसको नमाज हुँदैन यस अवस्था बाहेक कि त्यससित कुनै वैधानिक कारण होस् ।
र वैधानिक कारण होः भय र विरामी ।
यसर्थ वर्तमानमा नमाजीहरू कता छन् ? अआफ्ना स्वास्नीहरू निकट रहन्छन् र मस्जिदलाई त्यागिसकेका छन्, त कता छ भय र विरामीको कारण ?
सन्देष्टा (उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्)को पद्धति र बानी व्यहोरा
मान्छेको चाल चलन र व्यवहार त्यसको मनीष र त्यसको हृदयको चेतनाको प्रतीक हुन्छ ।
सत्यवान (अबूबक्र) रजिअल्लाहो अन्होकी छोरी आस्थावानहरूकी आमा हजरत आइशा उहाँका बानी व्यहोराबारे सबैभन्दा अधिक ज्ञानी थिइन्, र उहाँको बारेमा सबैभन्दा अधिक गहिराइले वर्णन गर्नेवाली थिइन्, किनकि उनी उहाँसित निकट हुन्थिइन् सुत्ने र जाग्ने बेला, कुशलताको र विरामीको अवस्थामा, रिसाएको र प्रसन्नताको अवस्थामा ।
आइशा उम्मुल् मुमिनीन रजिअल्लाहो अन्हाको भनाई छः
नबी सल्लल्लाहो अलैहे वसल्लम नत निर्लज्ज थिए नत निर्लज्जता नै गर्थे, र न उहाँ बजारमा चिचाउँथे, नत बुराईको बदला बुराईबाट दिन्थे, बरू उहाँ क्षमादान दिनेवाला थिए ।
त यो थियो अनुकम्पायुक्त, पथप्रदर्शक उम्मतमाथि दयावान नबी सल्लल्लाहो अलैहे वसल्लमको आचरण र नैतिकता,
रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलाई वर्णन गर्दै उहाँको छोरीको छोरा (नाती) हुसैन भन्छन्ः
मैले आफ्नो बुवा (अली) सित उहाँ सल्लल्लाहो अलैहे वसल्लमको उहाँका साथीहरूसँग रहेको व्यवहारको बारेमा सोधें, (त उनेले भनेः)
नबी सल्लल्लाहो अलैहे वसल्लम हँसमुख थिए, राम्रो आचरणवान थिए, विनम्र थिए, नत कठोर थिए नत कराउनेवाला थिए, नत निहुँ नै खोज्नेवाला थिए, नत झगडालु थिए, जसको कुनै इच्छा हुँदैनथ्यो त्यसबाट कुनै सरोकार राख्दैनथे, र जुन उहाँसित आशान्वित हुन्थ्यो त्यसलाई निराश गर्दैनथे, र त्यसमा घाटामा पार्दैनथे, र आफूलाई तीन कुराहरूबाट अलग गरेका थिएः आडम्बर, अधिकता र जसको उहाँसित कुनै सम्बन्ध हुँदैनथ्यो त्यसपछि लाग्दैनथे । र मानिसहरूप्रति तीन कुरालाई त्यागिदिएका थिएः उहाँ कसैलाई अवहेलित गर्दैनथे नत कसैमा एैब निकाल्दथे, नत कसैको लुकेको कुरापछि लाग्दथे, र मात्र त्यही कुरा गर्थे जसमा पुण्यको आशान्वित हुन्थे, र जब कुरा गर्थे त सुन्नेहरूलाई आकर्षित गरिहाल्थे, मानो उनीहरूको टाउकोमा चरा बसेको होस् अर्थात सबै ध्यान दिएर उहाँको कुरोलाई सुन्दथे, अनि जब उहाँ चुप लाग्थे त मानिसहरू कुरा गर्नथाल्थे, र उहाँको पासमा मानिसहरू कुरा गर्नुमा झगडा गर्दैनथे, उहाँको पासमा जब कोही कुरा गर्थ्यो त सबै चुप लागरे सुन्दथे यहाँसम्म कि त्यो आफ्नो कुरा पूर्ण गरोस्, र उहाँ त्यस कुराबाट हाँस्दथे जसबाट सबै हाँस्दथे, र उहाँ पनि आश्चर्य गर्थे जसबाट उनीहरू आश्चर्यमा पर्थे,
र अपरिचितको कष्टमाथि र त्यसको कठोरतामाथि संयम अपनाउँथे त्यसको प्रश्न गर्ने सन्दर्भमा यद्यापि उहाँका साथीहरूले उसलाई ल्याएका हुन्थे, र भन्थेः
जब तिमीहरू कुनै आवश्यकता भएको मानिसलाई हेर त त्यसको सहायता गर,
र प्रशंसा मात्र त्यसबाट कबूल गर्थे जसलाई उपहार दिएका हुन्थे, र कसैको कुरालाई काट्दैनथे यस अवस्था बाहेक कि त्यो सीमा अतिक्रमण गर्न लागोस् अनि इन्कार गरेर वा सभाबाट उठेर त्यसको कुरालाई काट्दथे ।
त यस उम्मतको नबीको एक एक नैतिकता र आचरणलमा विचार गर, अनि त्यसलाई समातिहाल र त्यसलाई कार्यन्वयित गर्नुको लागि संघर्ष गर किनकि त्यो भलाईको संग्रह हो ।
र नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिमध्ये यो पनि हो कि उहाँ आफूसँग बस्नेहरूलाई धर्मका कुराहरूको तालिम दिन्थे,
र त्यसैमध्ये हो, उहाँ सल्लल्लाहो अलैहे वसल्लमको यो कथनः
जुन व्यक्तिको यस्तो अवस्थामा निधन भयो कि त्यो अल्लाहको साथमा कसै अरूलाई साझीदार बनाउँथ्यो त्यो नर्कबासी हो ।
र त्यसैमध्ये उहाँको यो कथन पनि होः
मुस्लिम त्यो हो जुन अन्य मुसलमानहरूलाई आफ्नो जिब्रो र हातको कष्टबाट सुरक्षित राखोस्, र प्रवासी त्यो हो जुन ती समस्त कुराहरूलाई त्यागोस् जसबाट अल्लाहले रोकेका छन् ।
र उहाँ (उहाँमािथ अल्लाहकाे प्रशािन्त अवतरित होस्) को यो भनाईः
अन्धयारोमा मस्जिदतिर जानेहरूलाई शुभसमाचार सुनाइदिनु कि प्रलयको दिन उनीलाई पूर्ण प्रकाश मिल्नेछ ।
र उहाँ (उहाँमाथि अल्लाहको प्रशान्ति र दाया अवतरित होस्) को यो भनाईः
बहुदेववादीहरूसित संघर्ष गर आफ्नो माल, जीउ र जिब्रोद्वारा ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमकै भनाई छ किः
भक्त कुनै कुरा गर्छ जसबारे केही विचार गर्दैन कि त्यो हलाल छ वा हराम छ जसकारण नर्कको यति गहरिाइमा परिहाल्छ जतिकि पूर्व र पश्चितबीचको दूरी छ ।
र उहाँ (उहाँमाथि अल्लाहकाे प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः
म कसैलाई धिक्कृत गर्ने उद्देश्यले पठाइएको होइन, बरू मलाई त सर्वथा दया बनाएर पठाइएको छ ।
र आदरणीय उमर रजिअल्लाहो अन्होको वर्णन छ कि रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः
म बारे उस्तै अतिशयोक्ति नगर्नु जसरी ईसाईहरूले मरियमको छोराको बारेमा गरे
र इतराअ (अतिशयोक्ति) को अर्थ होः प्रशंसा गर्नुमा सीमालाई नाघ्नु ।
र हजरत जुन्दुब बिन अब्दुल्लाहको भनाई छः
मैले नबी सल्लल्लाहो अलैहे वसल्लमलाई स्वर्गबासभन्दा पाँच दिन अघि सुनेको छु उहाँले भन्नु भयोः
म अल्लाह समक्ष यस कुराको इन्कार गर्दछु कि तिमीमध्ये मेरो कोही (खलील) घनिष्ट मित्र छ, किनकि अल्लाहले मलाई घनिष्ट मित्र बनाएको छ जसरी कि हजरत इब्राहीमलाई बनाएको थियो, र यदि मैले आफ्नो अनुयायीहरूमध्ये कसैलाई घनिष्ट मित्र बनाउने थिएँ भने हजरत अबू बक्रलाई बनाइहाल्थें, सावधान, तिमीभन्दा पहिलाका मानिसहरूले आफ्ना सन्देष्टाहरूका चिहानहरूलाई मस्जिद बनाइहाले, यसर्थ म तिमीहरूलाई चिहानहरूलाई मस्जिद बनाउनुबाट रोक्दछु यसर्थ चिहानहरूलाई मस्जिद नबनाउनु ।
त यसलेगर्दा यस्ता मस्जिदहरूमा नमाज पढनु जायज छैन जसमा चिहान होस् वा केही चिहानहरू होउन् ।
उहाँ सल्लल्लाहो अलैहे वसल्लमकी छोरीहरू
अज्ञानकालमा महिलाको जन्म त्यसका आमा बुवाको लागि कालो दिन हन्थ्यो, बरू पूर्ण परिवार र गोत्रको लागि, यसर्थ यस समाजमा यस समस्याको निवारण यसरी गरिन्थ्यो कि उनीहरू छोरीहरूलाई लाज र अपमानको डरले जीवितै माटोमुनि गाडिदिन्थे ।
त छोरीलाई जीवितै दफ्नाउने कार्य अति क्रुर थियो जसमा नत कुनै दया थियो नत कुनै प्रेमभावको स्थान, यसर्थ छोरीलाई जीवितै दफ्नाइन्थ्यो, र यस दोषलाई उनीहरू विभन्न तरिकाले गर्थे ।
त तिनीहरूमध्ये केहीकहाँ जब छोरी जन्मन्थ्यो त त्यो त्यसलाई ६ वर्षसम्म त्यस्तै रहन दिन्थ्यो, अनि त्यसको आमासित भन्थ्योः
त्यसलाई सुगन्ध लगाइदेऊ र त्यसलाई श्रृंगार गराइदेऊ, त्यसलाई त्यसको बासस्थान (इनार) सम्म लैजान्छु, र यसभन्दा अघि नै त्यो मरुस्थलमा एउटा इनार खनेर बनाइसकेको हुन्थ्यो, अनि त्यसलाई लिएर त्यस इनारसम्म पुगेर भन्थ्योः त्यसमा हेर,
अनि त्यसलाई त्यस इनारमा धकेलिदिन्थ्यो अनि त्यसमाथि कठोरताको साथ माटो हालिदिन्थ्यो ।
र यस्तो अनभिज्ञ समाजको माझमा रसूल सल्लल्लाहो अलैहे वसल्लम यस्तो महान धर्मलाई लिएर आए जसले महिलालाई सम्मानति गर्यो स्वास्नी, छोरी, दिदी बहिनी र काकीको रूपमा ।
र छोरीहरूलाई रसूल सल्लल्लाहो अलैहे वसल्लमको विशेष स्नेह प्राप्त भयो, यसर्थ जब उहाँकी छोरी हजरत फातिमा उहाँको पासमा आउँथिइन् त उहाँ उनको लागि उभेर उनको हातलाई चुम्दथे, र उनलाई आफ्नो बस्ने स्थानमा बसाल्थे, र जब उहाँ उनको पासमा जान्थे त उनी पनि उहाँको लागि उभेर उहाँको हातलाई चुमेर उहाँलाई आफ्नो बस्ने स्थानमा बसालिहाल्दथिइन् ।
र नबी सल्लल्लाहो अलैहे वसल्लमको आफ्नो छोरीहरूको प्रेमको बावजूद आफ्नो दुवै छोरी कुलसूम र रुकैयाको पारपाचुकेबाट राजी भए संतोष गरेर पुण्यको अभिलाषी भएर जुन अबू लहबका दुवै छोरा उतबा र उतैबाको निकाहमा थिइन्, जब अल्लाहले यो श्लोक अवतरित गर्योः
अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।
र रसूल सल्लल्लाहो अलैहे वसल्लम इस्लामको आमन्त्रणलाई त्याग्नुबाट पंछिहाले जब कुरैशका मानिसहरूले उहाँलाई धम्की दिए यहाँसम्म कि उहाँकी दुवै छोरीलाई पारपाचुके दिइहाले तै पनि उहाँ सल्लल्लाहो अलैहे वसल्लमले संतोष गरे र यस धर्मको आमन्त्रणबाट अलकति पनि हल्लेनन् ।
र उहाँको आफ्नो छोरीलाई प्रसन्नताको साथ स्वागत गर्ने उदाहरणमध्येबाट यो पनि हो जसलाई हजरत आइशा रजिअल्लाहो अन्हाले वर्णन गरेका छिन् किः
हामी नबी सल्लल्लाहो अलैहे वसल्लमकी स्वास्नीहरू त्यहाँ थियाैं, अनि हजरत फातिमा रजिअल्लाहो अन्हा रसूल सल्लल्लाहो अलैहे वसल्लमको चाल झैं चल्दै आइन्, अनि जब रसूल सल्लल्लाहो अलैहे वसल्लमले उनलाई हेरे त भनेः मेरो छोरीलाई स्वागत छ, अनि आफ्नो दायाँ वा बायाँतिर उनलाई बसाले ।
र उहाँको उहाँकी छोरीहरूप्रति स्नेह र प्रेममध्ये यो पनि होः उनीहरूसित मिल्न जानु र उनीहरूको हालबारे र समस्याहरूबारे सोध्नु ।
नबी सल्लल्लाहो अलैहे वसल्लमको पासमा एक दिन हजरत फातिमा यो गुनासो लिएर आइन् कि चक्की चलाउने कारण उनको हातमा केही समस्या आइहालेको छ यसर्थ उनले उहाँसित एउटा सेवकको माँग गरिन्, अनि उनी उहाँ सल्लल्लाहो अलैहे वसल्लमलाई घरमा पाएनन्, अनि यो कुरो हजरत आइशासित भनिन्, अनि जब रसूल सल्लल्लाहो अलैहे वसल्लम आए त हजरत आइशाले उहाँलाई यसको खबर दिइन्,
हजरत अली रजिअल्लाहो अन्हो भन्छन् किः
उहाँ हामीहरूको पासमा यस्तो अवस्थामा आए कि हामी आफ्नो ओछयानमा गइहालेका थियाैं, अनि हामी उठन लागें त उहाँले भन्नु भयो, आफ्नो ठाउँमै रह, अनि आएर हामी दुवैको बीचमा बसिहाले यहाँसम्म कि उहाँको पाइलाको शीतलता मैले आफ्नो छातीमा महसुस गरें, अनि उहाँले भनेः
के म तिमी दुवैलाई यस्तो कुरातिर मार्गदर्शित नगरूँ जुन तिमीहरूको लागि सेवकभन्दा उत्तम होस् ? जब तिमी दुवै ओछयानमा आउनु वा सुत्नको लागि ओछयानमा जानु, त ३३ पटक अल्लाहको महानताको बखान गर्नु, र ३३ पटक अल्लाहको पवित्रताको बखान गर्नु, र ३३ पटक अल्लाहको प्रशंसा गर्नु, त यस्तो गर्नु तिमीहरूको लागि सेवकभन्दा उत्तम हुन्छ ।
र हाम्रो लागि रसूल सल्लल्लाहो अलैहे वसल्लममा उत्तम आदर्श छ उहाँको संयम गर्नुमा र विलाप नगर्नुमा, यसर्थ उहाँको जीवनमा नै हजरत फातिमा बाहेक समस्त छोरा र छोरीहरूको देहान्त भइहालेको थियो,
यसको बावजूद नत उहाँले आफ्नो गाललाई पिटे नत आफ्नो लुगालाई च्याते, नत उनीहरूको शोकमा खाना आदिको आडम्बर नै गरे, बरू उहाँ सल्लल्लाहो अलैहे वसल्लम अल्लाहले निर्धारित गरेको भाग्यमाथि राजी भएर संतोष गरे ।
र हामीहरूलाई यस्तो वसीयत र उपदेश गरे जुन शोकाकुलको प्रशान्ति र विपदाबाट ग्रस्तको लागि संतावना हो,
यसैबाट उहाँ (उहाँमािथ अल्लाहकाे प्रशािन्त अवतरित होस्) को यो भनाई पनि होः
हामी अल्लाहका लागि हाैं र त्यसैतर्फ फर्किजानु छ, हे अल्लाह मेरो यस विपदामा मलाई पुण्य प्रदान गर, र मलाई यसको सट्टा यसभन्दा राम्रो प्रदान गर, त अल्लाह त्यसलाई यसको साटोमा त्यसभन्दा राम्रो कुरा प्रदान गर्छ ।
र अल्लाहले कष्टमा परेको मानिसको लागि इसतिरजाअको वाक्यलाई अर्थातः इन्ना लिल्लाहे वइन्ना इलैहे राजिऊन भन्नाले मान्छे विपदाबाट शरण पाउँछ र संयमीहरूको लागि राम्रो प्रतिफल छ र उनीहरूलाई अल्लाहको तर्फबाट पुण्यको शुभसुचना छः
धैर्यवानहरूकै निम्ति पूरा पूरा अनगिन्त पुरस्कार दिइन्छ ।
स्वास्नीसितको व्यवहार
सानो परिवारमा स्वास्नी नै मूल मर्म र प्रशान्ति र प्रेमको मूल माध्यम र केन्द्र हो,
र सन्देष्टा (उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्) ले भनेका छन्ः
पूर्ण संसार लाभ उठाउने कुरा हो, र र संसारको सबैभन्दा राम्रो लाभ उठाउने कुरा हो असल र सदाचारी स्वास्नी ।
र उहाँको राम्रो व्यवहार र राम्रो रहनसहनमध्ये यो पनि हो कि उहाँ हजरत आइशाको नामलाई अरू सुहाउँदो बनाएर सम्बोधित गर्थे, र उनलाई यस्तो खबर दिन्थे जसलाई सुनेर हृदय मग्न भएर उडन थाल्दछ,
हजरत आइशा रजिअल्लाहो अन्हाको वर्णन छ किः
एक दिन रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः
हे आइश यो जिब्रील हुन् जुन तिमीलाई सलाम भनिरहेका छन्,
बरू यस उम्मतको नबी सल्लल्लाहो अलैहे वसल्लम परिपूर्ण नैतिकवान र विशाल श्रेणीवान छन् जुन महिलासित सुव्यवहार र त्यससँग विनम्रता र त्यसको मानसिक र भावुक इच्छा आकांक्षालाई बुझ्नुको अति मनमोहक उदाहरण पेश गरेका छन्, र स्वास्नीलाई यस्तो श्रेणी र दर्जा दिन्छन् जसको प्रत्येक महिलालाई चाहना हुन्छ ताकि त्यो आफ्नो लोग्ने निकट प्रियतम रहोस् र त्यसलाई यो लागोस् कि त्यसको श्रीमान त्यसको अति ख्याल राख्दछ ।
हजरत आइशा रजिअल्लाहो अन्हाको वर्णन छ किः
म रजस्वलाको अवस्थामा पानी खान्थें, अनि त्यही भाँडा रसूल सल्लल्लाहो अलैहे वसल्लमलाई दिइहाल्थें, अनि उहाँ त्यसै ठाउँमा मुख राखेर पानी खान्थे जता म मुख राखेर खाएको थिएँ, र म मासु खान्थें अनि उहाँलाई दिन्थें त उहाँ त्यसै ठाउँमा आफ्नो मुख राखेर खान्थे जता म मुख राखेर खाएको हुन्थें ।
र रसूल सल्लल्लाहो अलैहे वसल्लम त्यस्ता थिएनन् जस्तो कि उहाँको बारेमा कपटी र काफिरहरू मिथ्यारोपण गर्छन् र झुटो लान्छना लगाउँछन्, बरू उहाँ स्वास्नीहरूसँग सरल र राम्रोभन्दा राम्रो तरिकाले व्यवहार गर्थे ।
हजरत आइशा रजिअल्लाहो अन्हाको वर्णन छ किः
नबी सल्लल्लाहो अलैहे वसल्लमले आफ्नो स्वास्नीहरूमध्ये कसैलाई चुम्बन गरे अनि बिना वजू बनाइकन् नमाजको लागि गए ।
र रसूल सल्लल्लाहो अलैहे वसल्लमले अत्याधिक अवसरहरूमा उहाँ निकट महिलाको विशाल दर्जालाई स्पष्ट पारेका छन्, र यो कि मिहलाहरूको दर्जा अति मर्यादित र महान छ,
र यी रसूल सल्लल्लाहो अलैहे वसल्लम हुन् जुन अमर बिन आस रजिअल्लाहो अन्होको प्रश्नको उत्तर दिदै उनलाई यो सिकाइराखेका छन् किः स्वास्नीसित प्रेम गर्नुले सीधा साधारण र परिपक्व मानिसलाई कहिले पनि लज्जित पार्दैन ।
हजरत अमर बिन आस रजिअल्लाहो अन्होको वर्णन छ कि मैले रसूल सल्लल्लाहो अलैहे वसल्लमसित भनेः
तपाई सबैभन्दा अधिक कसलाई माया गर्नुहुन्छ ? त उहाँले भन्नु भयोः आइशालाई ।
र जुन व्यक्ति वैवाहिक जीवनमा सुख शान्तिको अभिलाषी छ त्यसलाई चाहियो कि आस्थावानहरूकी आमा हजरत आइशा रजिअल्लाहो अन्हाको हदीसमा मनन् गरोस् कि उहाँ सल्लल्लाहो अलैहे वसल्लम उनको साथमा कसरी व्यवहार गर्थे ।
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
म र रसूल सल्लल्लाहो अलैहे वसल्लम एउटै भाँडाबाट स्नान गर्थें ।
र यस उम्मतका सन्देष्टा सल्लल्लाहो अलैहे वसल्लम कुनै अवसरलाई पनि छाडदैनथे तर त्यस उपलक्ष्यमा आफ्नो स्वास्नीलाई हलाल कार्यद्वारा प्रसन्न गर्न खोज्दथे ।
आइशा रजिअल्लाहो अन्हाको वर्णन छ किः
म रसूल सल्लल्लाहो अलैहे वसल्लमको साथमा कुनै यात्रामा निस्कें, र त्यस समय म यस्तो बालिका थिएँ जसको शरीरमा धेरै मासु हुँदैन अर्थात मोटो थिएन, अनि उहाँले मानिसहरूसित भने तिमीहरू अगाडि गइहाल, अनि सबै अगाडि गइहाले त उहाँले मसित भनेः आऊ दगुर्नुमा प्रतिस्पर्धा गराैं, अनि हामी दुवैले प्रतिस्पर्धा गरें त म विजयी भएँ, अनि उहाँ मसित प्रतिस्पर्धा गर्नु भएन यहाँसम्म कि म मोटो भएँ, र मेरो शरीरमाथि धेरै मासु चढ्यो, अनि उहाँको कुनै यात्रामा उनको साथमा निस्कें, त उहाँले मानिसहरूसित भने तिमीहरू अगाडि गइहाल, अनि सबै अगाडि गइहाले त उहाँले मसित भनेः आऊ दगुर्नुमा प्रतिस्पर्धा गराैं, अनि हामी दुवैले प्रतिस्पर्धा गरें त म पराजित भएँ, अनि उहाँ हाँस्दै भनेः यो तिम्रो त्यस विजयको साटो हो ।
त यो स्वास्नीलाई आनन्द दिनु र त्यसको अत्याधिक ख्याल गर्नुलाई दर्शाउँछ, उहाँले समुदायलाई भने कि उनीहरू अगाडि गइहालुन् ताकि उहाँ आफ्नो स्वास्नीसित दगुरेर प्रतिस्पर्धा गरून्, र उनको हृदयमा प्रसन्नता हालुन्, अनि एक पछि अर्को पटक उनलाई खेल खेलाएर भन्नु भयो यो त्यसको साटोमा हो ।
र वर्तमानमा जुन व्यक्ति पनि यस संसारमा हिंडेर हेर्छ र मानिसहरूको अवस्थामा विचार गर्छ त उहाँ सल्लल्लाहो अलैहे वसल्लमको व्यवहारमाथि आश्चर्य प्रकट गर्छ जबकि उहाँ मर्यादित दूत थिए, र सफल अगुवा थिए, र उहाँ कुरैश र बनु हाशिमका सन्तान हुन् जुन विजयको एक दिन विजयी भएर महान सेनाको नेतृत्व गर्दै फर्किरहेका थिए, र यसको साथै उहाँ यस्तो मान्छे थिए जुन अत्याधिक विनम्र स्नेह गर्नेवाला थिए आफ्नो स्वास्नीहरूसित अर्थात आस्थावानहरूकी आमाहरूसित,
र उहाँलाई सेनाको नेतृत्व, लामो बाटो, र युद्धमा विजयी हुनुले यस कुरालाई बिर्साउँदैनथ्यो कि उहाँको साथमा उहाँकी कम्जोर स्वास्नीहरू पनि छिन् जिनलाई उहाँको एउटा स्नेहयुक्त स्पर्श र निस्वार्थ प्रेमको आवश्यकता छ जुन उनीहरूको यात्राको कष्टलाई निर्मूल पारिदिन्छ र यात्राको थकाइलाई भुलाइदिन्छ ।
इमाम बुखारीले वर्णन गरेका छन् किः जब उहाँ सल्लल्लाहो अलैहे वसल्लम खैबरको युद्धबाट फर्केर आए त सफिया बिन्ते हुयिइसित विवाह गरे, त जुन ऊँटमाथि उनी सवार थिइन् त्यसको वरिपरि कपडा लगाए ताकि उनको पर्दा होस्, अनि जब उनी त्यस ऊँटमाथि सवार हुन चाहन्थिइन् त उहाँ सल्लल्लाहो अलैहे वसल्लम बसेर आफ्नो घुँडा अगाडि गरिहाल्थे ताकि त्यसमाथि आफनो पाइला राखेर सफिया ऊँटमाथि सवार भइहालुन् ।
त यो घटना अत्याधिक प्रभावशाली थियो जुन उहाँको विनम्रतामाथि प्रमाणीकरण गर्दछ ।
नबी सल्लल्लाहो अलैहे वसल्लम सफल अगुवा र पठाइएको सन्देष्टा थिए जुन आफ्नो अनुयायीहरूलाई यो तालिम दिइरहेका थिए कि यस कुराले उनको दर्जा र मर्यादामा कुनै कमी ल्याउँदैन कि उहाँ आफ्नो स्वास्नीहरूको लागि आफ्नो अंगलाई बिछाइदिउन् र उनीहरूप्रति विनम्र रहुन् र उनीहरूको सहायता गरून् र उनीहरूको हृदयमा प्रसन्नता हालुन् ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको आफ्नो उम्मत (अनुयायीहरू) लाई यो वसीयत छ किः
सावधान, म तिमीहरूलाई महिलाहरूसित सुव्यवहार गर्ने उपदेश गर्दछु ।
बहुविवाह (एकभन्दा अधिक स्वास्नीहरू राख्नु)
रसूल सल्लल्लाहो अलैहे वसल्लमले ११ महिलाहरूसित विवाह गरेका थिए जिनलाई आस्थावनहरूको आमाको उपाधि मिलेको छ, र जब उहाँको स्वर्गबास भयो त्यस समय उहाँको निकाहमा ९ महिला थिइन्, त कति विशाल र मर्यादित दर्जाद्वारा ती सचरित्र महिलाहरूलाई सम्मानित गरियो ।
र नबी सल्लल्लाहो अलैहे वसल्लमले बुडी महिला, र विधवा एवं पारपाचुके पाएकी असहाय मिहलाहरूसित विवाह गर्नु भयो, र ती समस्त स्वास्नीहरूमध्ये मात्र हजरत रजिअल्लाहो अन्हा नै कुवाँरी थिइन् ।
नबी सल्लल्लाहो अलैहे वसल्लमले यी समस्त आस्थावानहरूकी आमाहरूसित विवाह गरे र सबैलाई एकसाथ राखे त उहाँ यिनीहरूबीच न्याय निसाफ र पालो बाँट्नुमा उदाहरण थिए ।
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
नबी सल्लल्लाहो अलैहे वसल्लम जब कुनै यात्रा गर्ने मन बनाउँथे त आफ्नो स्वास्नीहरूबीच गोटी हाल्थे, त जसको पनि नाम निस्कन्थ्यो त्यसलाई यात्रामा आफूसँग लैजान्थे, र उहाँ आफ्नो स्वास्नीहरूमध्ये प्रत्येकको दिन र रात्री बाँटिदिन्थे ।
र उहाँको न्यायको उदाहरणमध्ये यो पनि हो जसलाई हजरत अनस रजिअल्लाहो अन्होले वर्णन गरेका छन् किः
नबी सल्लल्लाहो अलैहे वसल्लमको निकाहमा ९ महिला थिइन् त जब उनीहरूबीच पालो वितरण गिरदिन्थे त पहिलाको पासमा तबसम्म जाँदैनथे जबसम्म ९ वटैको पालोलाई पूर्ण नगरिहालुन्, यसर्थ उहाँकी महिलाहरू त्यसको घरमा भेला हुन्थिइन् जसको पालो हुन्थ्यो ।
र एक दिनको कुरो हो कि उहाँ हजरत आइशाको घरमा उनको पालोमा थिए, अनि हजरत जैनब आइन्, त उहाँले हात बढाउन लागे त हजरत आइशाले भनिन्ः यिनी जैनब हुन्, त नबी सल्लल्लाहो अलैहे वसल्लमले आफ्नो हातलाई रोके ।
र नबी सल्लल्लाहो अलैहे वसल्लमको यो विशाल घर गृहस्थी कदापि यस्तो हुनसक्दैनथ्यो यदि उहाँको साथमा उहाँको प्रतिपालकको सहायता र परामर्श नहुन्थ्यो ।
र यी हुन् रसूल सल्लल्लाहो अलैहे वसल्लम जुन आफ्नो प्रतिपालकको कृतज्ञता प्रकट गरिरहेका छन् माैखिक ताैरले र गरेर पनि,
नबी सल्लल्लाहो अलैहे वसल्लम आफ्नो श्रीमतीहरूलाई अल्लाहको उपासना गर्नुमा प्रोत्साहित गर्थे र यस कार्यमा उनीहरूको सहायता पनि गर्थे अल्लाहको यस आदेशको पालना गर्नुको लागिः
आफ्नो घरका मानिसहरूलाई नमाजको आदेश गर र स्वयम् पनि त्यसमा लागिराख । हामीले तिमीसँग जीविका माँग्दैनौं बरु हामीले स्वयम् तिमीलाई जीविका दिन्छौं, र राम्रो परिणाम त धर्म परायणताकै लागि निश्चित छ ।
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
नबी सल्लल्लाहो अलैहे वसल्लम नमाजको आयोजना गर्थे र म उहाँको ओछयानमा सुतेको हुन्थें, अनि जब वित्र पढन लाग्दथे त मलाई पनि जगाउँथे ।
र नबी सल्लल्लाहो अलैहे वसल्लमले रात्रीको नमाजको आयोजना गर्नुमा प्रोत्साहित गरेका छन्, र लोग्ने स्वास्नीलाई एक अर्काको यस विषयमा सहायता गर्नुको ताकेदा गरेका छन् यहाँसम्म कि यदि दुवैमध्ये कोही उठदैन भने एकअर्काको मुखमा पानी हालेर जगाउनुलाई उत्तम भनेका छन् ।
अबू हुरैरह उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
अल्लाहको रसूल (उहाँमाथि अल्लाहको प्रशान्ति अवतरित होस्) को भनाई छः
अल्लाह त्यस व्यक्तिमाथि दया गरून् जुन रात्रीमा उठेर नमाजको आयोजना गर्छ र आफ्नो स्वास्नीलाई पनि जगाउँछ, अनि त्यो पनि नमाजको आयोजना गर्छे, त यदि त्यो उठनुबाट इन्कारी हुन्छे भने त्यसको अनुहारमाथि पानी हालेर जगाउँछ, र अल्लाह त्यस महिलामाथि दया गरून् जुन रात्रीमा उठेर नमाजको आयोजना गर्छे, र आफ्नो लोग्नेलाई पनि जगाउँछे, अनि त्यो पनि नमाजको आयोजना गर्छ, तर यदि त्यो जाग्नुबाट इन्कार गर्छ त त्यसको अनुहारमाथि पानी हालेर जगाउँछे ।
र मुसलमानको परिपूर्णतामध्ये हो त्यसको आफ्नो धर्मलाई बलपूर्वक समातिरमख्नु, र बाहिरी दर्पणलाई पनि महत्व दिनु ताकि त्यसभित्र जुन छ त्यो पनि स्वच्छ र परिपूर्ण भइहालोस् ।
नबी सल्लल्लाहो अलैहे वसल्लम स्वच्छ हृदयवाला, स्वच्छ शरीरवाला, र राम्रो सुगन्धवाला थिए, र मिसवाक गर्नुलाई (दाँन्तुन गर्नुलाई) मन पराउँथे र त्यसको आदेश पनि गर्थे ।
उहाँ (उहाँमाथि अल्लाहकाे प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः
यदि मेरो अनुयायीहरूको लागि यो कुरो कष्ठकर हुँदैनथ्यो भने म उनीहरूलाई प्रत्येक नमाजको समय मिसवाक गर्ने आदेश गर्थें ।
र हजरत हुजैफा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
रसूल सल्लल्लाहो अलैहे वसल्लम जब रात्रीको निद्राबाट उठदथे त आफ्नो मुखलाई मिसवाकद्वारा स्वच्छ गर्थे ।
र हजरत शुरैह बिन हानीको भनाई छ किः
मैले हजरत आइशा रजिअल्लाहो अन्हासित भनेंः
जब नबी सल्लल्लाहो अलैहे वसल्लम घरमा प्रवेश गर्थे त कुन कुरा सर्वप्रथम गर्थे, त उनले भनिन्ः सर्वप्रथम मिसवाक गर्थे ।
त कति राम्रो कुरो हो कि आफ्नो परिवारको स्वागतको लागि स्वच्छताद्वारा तयारी गरियोस् ।
र नबी सल्लल्लाहो अलैहे वसल्लम घरमा प्रवेशगर्दा भन्थेः
अल्लाहको नामले प्रवेश गरें, र अल्लाहकै नामले निस्कें, र आफ्नो प्रतिपालकमाथि भरोसा गरें, अनि आफ्नो परिवारलाई सलाम भन्थे ।
यसर्थ तपाई पनि आफ्नो घरमा प्रवेशगर्दा आफ्नो परिवारलाई स्वच्छता र सलामद्वारा उपहारित गर,
र हे मुसलमान भाइ तपाई यस उपहारलाई क्रोध धिक्कार र अनुचित कुरा भन्नुबाट परिवर्तित गर्नेहरूमध्येको नहुनु ।
अल्लाहका रसूल (उहाँमाथि अल्लाहको प्रशान्ति अवतरित होस्) को हाँसो गर्नु
नेतृत्व गर्ने सन्देष्टा सल्लल्लाहो अलैहे वसल्लम आफ्नो अनुयायीहरूप्रति चिन्तित रहन्छन् र चिन्तित रहन्छन् आफ्नो सेना, कमाण्डर, आफ्नो परिवारको सम्बन्धमा, र कहिलेकाहिँ वह्यको सन्दर्भमा त कहिले पूजाको बारेमा, र यस बाहेक उहाँलाई अन्य चिन्ताहरू पनि हुन्छ, त यी यस्ता विशाल कार्यहरू हुन जसकारण मानिस दैनिक जीवनका कर्तव्यपालनबाट असमर्थ भइहाल्छ, र त्यसमा सुख शान्तिलाई हाल्नुबाट र त्यसलाई राम्ररी निर्वाह गर्नुबाट असमर्थ भइहाल्छ,
तर उहाँ सल्लल्लाहो अलैहे वसल्लमले यस्तो अवस्थामा पनि सबैको हक अधिकार पूर्णतया प्रदान गरे, यसर्थ उहाँले कसैको हकमा कमी गरेनन् वा एकलाई अधिक र अर्कोलाई अलि कम दिएनन्,
त उहाँ सल्लल्लाहो अलैहे वसल्लम यस्तो अधिक व्यस्तता भए पनि सानोको लागि पनि आफ्नो हृदयमा एउटा स्थान राखे, यसर्थ उहाँ सल्लल्लाहो अलैहे वसल्लम ससाना बच्चाहरूलाई पनि खेलाउँथे र उनीहरूलाई हँसाउँथे, र उनीहरूको हृदय निकट आउँथे र उनीहरूको हृदयमा प्रसन्नता हाल्थे जसरी कि कहिलेकाहिँ ठुला मानिसहरूसित पनि हाँसो गर्थे ।
अबू हुरैरह उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
उनीहरूले भने हे अल्लाहको रसूलः तपाई हामीहरूलाई खेलाउनु र हँसाउनु हुन्छ, त उहाँले भनेः
हो, तर म यसमा पनि सत्य कुरा नै भन्छु ।
र उहाँको हाँसो गर्नुमध्ये यो पनि हो जसलाई हजरत अनस रजिअल्लाहो अन्हो वर्णन गर्दै भन्छन्ः
कि नबी सल्लल्लाहो अलैहे वसल्लमले उनीसित भनेः हे दुई कानवाला ।
र हजरत अनस उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
उम्मे सुलैमको एउटा छोरा थियो जसलाई अबू उमैर भनिन्थ्यो, त उहाँ सल्लल्लाहो अलैहे वसल्लम जब त्यसको पासमा आउँथे त त्यससित हाँसो गर्थे, अनि एक दिन उहाँ उससित हाँसो गर्ने मनसायले आए, त के हेर्छन् कि त्यो शोकाकुल छ, त भन्नु भयोः म अबू उमैरलाई किन शोकाकुल हेरिरहेको छु ? त त्यहाँ भएका मानिसहरूले भनेः हे अल्लाहको रसूल जुन चराको साथ त्यो खेल्दथ्यो त्यसको निधन भयो, त उहाँ त्यसलाई यसरी बोलाउन थाले, हे अबू उमैर नुगैर (चराले) के गर्यो ?
र ठुला मानिसहरूसँगको पनि उहाँ सल्लल्लाहो अलैहे वसल्लमका केही यस्ता घटनाहरू छन् जिनमध्ये एउटालाई हजरत अनस वर्णन गर्दै भन्छन्ः
गाउँलेहरूमध्ये एउटा मान्छेको नाम जाहिर बिन हराम थियो,
त भन्छन् किः नबी सल्लल्लाहो अलैहे वसल्लम त्यसलाई अति प्रेम गर्थे, र त्यसको दर्पण अलि राम्रो थिएन, अनि एक दिन नबी सल्लल्लाहो अलैहे वसल्लम त्यसको पासमा यस्तो अवस्थामा आए कि त्यो आफ्नो सामान बिक्री गरिरहेको थियो, अनि उहाँले त्यसलाई पछाडिबाट आफ्नो अँगालोमा लिए र त्यो उहाँलाई हेर्न सकेन, त त्यसले भन्योः को हो मलाई छाडिदेऊ ? अनि अलिकित पछाडि हेर्न सक्यो त त्यसलाई यो पत्ता लाग्यो कि नबी सल्लल्लाहो अलैहे वसल्लम हुन्, अनि आफ्नो पिठ्युँलाई उहाँको छातीसित लगाउन थाल्यो, अनि नबी सल्लल्लाहो अलैहे वसल्लमले भनेः यस दासलाई को किन्छ ? त त्यसले भन्योः हे अल्लाहको रसूल अल्लाहको शपथ मलाई सस्तो मूलयवाला नै पाउनु हुन्छ, त नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः तर तिमी अल्लाह निकट अति मूल्यवान हाै ।
त यो त्यस मर्यादित मानिसको सुव्यवहार र नैतिकता हो जिनको आचरण नै नैतिकता र विनम्रता हो अल्लाह उहाँमाथि प्रशान्ति अवतरित गरून् ।
र रसूल सल्लल्लाहो अलैहे वसल्लमको आफ्नो परिवार र समुदायसित हाँसो गर्नुको साथै उहाँको यसकार्यमा पनि एउटा सीमा हुन्थ्यो यसर्थ उहाँको हाँस्नुको पनि सीमा थियो, त उहाँ मात्र मुस्काउँथे, जस्तो कि हजरत आइशा रजिअल्लाहो अन्हाको वर्णन छ किः
मैले रसूल सल्लल्लाहो अलैहे वसल्लमलाई ठट्टा मारेर यसरी हाँसदा हेरे छैन कि उहाँको मुखमा भएको अन्तिम भाग देखियोस् बरू उहाँ मात्र मुस्काउँथे ।
र यति हँसमुख र सुव्यवहारिक हुनुको साथै उहाँ सल्लल्लाहो अलैहे वसल्लमको अनुहारको रंग परिवर्तित भइहाल्थ्यो जब अल्लाहले निर्धारित गरेको सीमालाई अतिक्रमण गरिन्थ्यो ।
हजरत आइशा रजिअल्लाहो अन्हाको वर्णन छ किः
रसूल सल्लल्लाहो अलैहे वसल्लम कुनै यात्राबाट आए, र मैले आफ्नो घरको दैलोमा भएको भागलाई यस्तो पात्लो कपडाद्वारा पर्दा गरेको थिएँ जसमा चित्रहरू थिए, अनि जब रसूल सल्लल्लाहो अलैहे वसल्लमको दृग्टि त्यसमा पर्यो त उहाँले त्यसलाई मेटाइदिए र उहाँको अनुहारको रंग परिवर्तित भयो र उहाँले भन्नु भयोः
हे आइशा प्रलयको दिन सबैभन्दा कष्टदायी सजाय उनीहरूलाई हुन्छ जुन अल्लाहको सृष्टिको सम्बन्धमा त्यसको बराबरी गर्न खोज्दछन् (अर्थात चित्रकारहरूलाई) ।
त यो यस कुरामाथि प्रमाणीकरण गर्छ कि घरमा यस्तो चित्र लगाउनु जुन जाहेर होस् हराम छ, र त्यो अति हराम भइहाल्छ जब त्यसलाई पर्खालमा झुन्डयाइएको होस् वा मूर्तिलाई घरका कुनाहरूमा वा अलमारी र डेस्कहरूमाथि स्थापित गरिएको होस्, त यस्तो गर्नाले पाप मिल्नुको साथै यस घरमा दयाका फरिश्ताहरूको आगमनलाई पनि निषेध गरिदिन्छ ।
रसूल सल्लल्लाहाे अलैहे वसल्लमको सुत्ने (नदाउने) कार्य
आदरणीय अबू हुरैरह रजिअल्लाहो अन्होको वर्णन छ कि रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः
जब तिमीमध्ये कोही आफ्नो ओछयानमा आओस् त आफ्नो लुंगीको किनाराद्वारा पोछोस् (झाडोस्) अनि अल्लाहको नाम लेओस्, किनकि त्यसलाई यो थाहा छैन कि त्यस पश्चात त्यसको ओछयानमा के भएको छ, अनि जब लेटन मन बनाओस् त दायाँ कोल्टे लेटोस्, अनि भनोस्ः हे अल्लाह तिमी पवित्र छाै मेरो प्रतिपालक, तिम्रै सहायताले म लेटें र तिम्रै सहायताले उठनेछु, यदि तिमीले मेरो प्राणलाई रोकिलियाै भने त्यसलाई क्षमादान दिनु,र यदि त्यसलाई पुनः फर्काइहाल्छाै भने त्यसको यस्तै सुरक्षा गर्नु जसरी आफ्नो सदाचारी भक्तहरूको गर्छाै ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको प्रत्येक मुसलमान महिला पुरूषको लागि यो दिशानिर्देशन छ किः
जब तिमी आफ्नो सुत्ने ठाउँमा आऊ त नमाजको लागि वजू झै वजू गर, अनि आफ्नो दायाँ कोल्टे लेटिहाल ।
र हजरत आइशाको भनाई छ किः
प्रत्येक रात्री जब रसूल सल्लल्लाहो अलैहे वसल्लम आफ्नो ओछयानमा जान्थे त आफ्नो दुवै हत्केलीलाई जम्मा गरेर त्यसमा फूँक मार्थे, अनि त्यसमा कुल हुवल्लाहो अहद, र कुल अऊजु बिरब्बिल फलक, र कुल अऊजु बिरब्बिन्नास, (पूर्ण सूरहहरू) को पाठन गर्थे, अनि दुवै हत्केलीद्वारा अनुहार र टाउकोसित आरम्भ गरेर शरीरको जति भागसम्म पुग्थे दुवैदवारा स्पर्श गराउँथे, अनि यसरी नै तीन पटक गर्थे ।
र हजरत अनस बिन मालिक रजिअल्लाहो अन्होको वर्णन छ किः जब नबी सल्लल्लाहो अलैहे वसल्लम आफ्नो ओछयानसम्म आउँथे त भन्थेः
त्यस अल्लाहको प्रशंसा जसले हामीलाई खुवायो पिलायो र निस्पृह गर्यो र हामीलाई बासस्थान प्रदान गर्यो, त कतिपय यस्ता मानिसहरू छन् जिनलाई नत निस्पृहता मिलेको छ नत बासस्थान नै ।
र हजरत कतादाको वर्णन छ किः
जब नबी सल्लल्लाहो अलैहे वसल्लम रात्रीमा विश्राम गर्ने मनबनाउँथे त आफ्नो दायाँ कोल्टे लेटदथे, र जब बिहान हुनुभन्दा अलि अघि विश्राम गर्थे त आफ्नो हातलाई सीधा गरेर हत्केलीमा आफ्नो टाउको टिकाउँथे ।
र हामीमाथि अल्लाहले जति अनुकम्पाको वर्षा गरेको छ त्यसलाई हेर, अनि हे प्रिय भाइ सन्देष्टाहरूको नायक र नबीहरूको समापक र समस्त सृष्टिभन्दा श्रेष्ठको ओछयानबारे विचार गर जुन यस धरतीमाथि चल्ने सबैभन्दा महान व्यक्ति थिए ।
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
नबी सल्लल्लाहो अलैहे वसल्लमको ओछयान जसमाथि उहाँ सुत्दथे चर्मको थियो जसमा खजूरको पात आदि भरिएको थियो ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको पासमा सहाबाहरूको एउटा समूह र हजरत उमर पनि आए, अनि जब नबी सल्लल्लाहो अलैहे वसल्लम पल्टे त हजरत उमरले उहाँको दुवै कल्टे र खाटको रस्रीबीच कुनै कपडा हेरेनन्, र रस्रीले रसूल सल्लल्लाहो अलैहे वसल्लमको कोल्टेलाई प्रभावित पारिसकेको थियो, त हजरत उमर रूनथाले, त नबी सल्लल्लाहो अलैहे वसल्लमले उनसित भनेः हे उमर तिमीलाई कुन कुराले रूलायो ? त हजरत उमरले भनेः अल्लाहको शपथ मलाई थाहा छ कि तपाई अल्लाह समीप कैसर र किसराभन्दा अधिक सम्मानित हुनुहुन्छ, र उनीहरू त यस संसारिक आभामा खेलिरहेका छन्, र हजुरलाई म यस्तो अवस्थामा हेरिरहेको छु, त नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः के तिमी यस कुराबाट सन्तुष्ट छैनाै कि उनीहरूको लागि दुनिया होस् र हामीहरूको लागि अन्तिम जीवन ? त हजरत उमरले भनेः म राजी छु, त उहाँले भन्नु भयोः त कुरो त्यस्तै छ जसरी मैले वर्णन गरें ।
कियामुल्लैल (रात्रीको नफिली स्तुति)
मदिनाको रात्रीलाई अँध्यारोले छोपिहाल्यो, तर रसूल सल्लल्लाहो अलैहे वसल्लमले आफ्नो इन्द्रयहरूलाई नमाज र अल्लाहको स्तुतिले प्रकाशित गरे, र रात्रीमा तहज्जुदको नमाजको आयोजना गरे जसमा धरती आकाशको प्रतिपालकसित कानेखुसी र याचना गर्दैरहे जसको हातमा समस्त कुराको सँचो छ, आफ्नो स्रष्टाको यस आदेशको उत्तर दिने उद्देश्यलेः
हे (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) लुगामा बेरिएका,
राती उठेर (नमाजको निम्ति) उभिने गर्नु तर थोरै ।
आधारात वा त्यसभन्दा केही कम गर्नुस् ।
वा केही बढी, र विस्तारै रोकि–रोकि कुरआन पढ्ने गर्नु ।
अबू हुरैरह उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
रसूल सल्लल्लाहो अलैहे वसल्लम नमाज पढदै गर्थे यहाँसम्म कि उहाँको पाइला सुन्निन थाल्थ्यो, अनि उहाँसित भनिन्थ्योः हे अल्लाहको रसूल तपाई यति पूजा गर्नुहुन्छ जबकि अल्लाहले तपाईको अघिल्लो र पछिल्लो सबै दोष पापलाई क्षमा गरिदिएको छ, त उहाँले भन्नु भयोः के म कृतज्ञ भक्त नबनूँ ?
र हजरत असवद बिन यजीद भन्छन्ः
मैले हजरत आइशा रजिअल्लाहो अन्हासित रसूल सल्लल्लाहो अलैहे वसल्लमको रात्रीको नमाजको बारेमा सोधें, त उनले भनिन्ः
उहाँ सल्लल्लाहो अलैहे वसल्लम रात्रीको पहिलो भागमा सुत्दथे, अनि उठदथे त यदि उहाँलाई कुनै आवश्यकता हुन्थ्यो भने आफ्नो जहानको निकट जान्थे, र जब अजान सुन्दथे त ओछयानबाट झरिहाल्थे, अनि यदि अपवित्र हुन्थे भने स्नान गर्थे नत्र वजू बनाएर नमाजको लागि निस्किहाल्थे ।
र रसूल सल्लल्लाहो अलैहे वसल्लमको नमाजमा जुन आश्चर्य जनक कुरो छ त्यो हाम्रो लागि विचार योग्य छ कि उहाँको नमाज कति लामो हुन्थ्यो जसलाई हामी पनि आदर्श बनाऔं ।
र हजरत अबू अब्दुल्लाह हुजैफा बिन यमान रजिअल्लाहो अन्होको वर्णन छ किः
एक रात्री म नबी सल्लल्लाहो अलैहे वसल्लमको साथमा नमाज पढें, अनि उहाँले सूरतुल बकरहको पाठ आरम्भ गर्नु भयो, त मैले सोचें कि उहाँ सय श्लोक पढे पश्चात रूकूअमा जान्छन्, तर उहाँ त्यसलाई पार गरे, त मैले सोचें, पूर्ण सूरह एक रकअतमा पढछन्, तर त्यसलाई समाप्त गरेर सूरतु आले इम्रान आरम्भ गरे, अनि त्यसलाई पढदै रहे त मैले मनमा सोचें यसलाई समाप्त गरेर रूकूअ गर्छन्, अनि त्यसलाई पनि पढेर सूरतुन्निसा आरम्भ गरे अनि त्यसलाई पनि पूर्ण गरेर नै छाडे, र उहाँ रूकिरूकि पाठन गर्दथे, र यदि यस्तो श्लोकबाट गुज्रन्थे जसमा अल्लाहको पवित्रताको बखान हुन्थ्यो त त्यसको पवित्रताको बखान गर्थे, र यदि कुनै यस्तो श्लोकसित गुज्रन्थे जसमा याचना हुन्थ्यो त याचना गर्थे, र यदि यस्तो श्लोकसित गुज्रन्थे जसमा शरणको वर्णन हुन्थ्यो त शरण माँग्दथे, अनि उहाँले रूकूअ गर्नु भयो, र सुबहान रबियल अजीम भन्नु भयो, र उहाँको रूकूअ पनि उहाँको कियाम (उभिने) जस्तै थियो, अनि समिअल्लाहो लिमन हमेदहू, र रब्बना वलकल हम्द, भन्नु भयो, अनि लामो कियाम (नमाजमा उभिने क्रम) गर्नु भयो, जुन रूकूअ जति थियो, अनि ढोग गर्नु भयो, र भन्नु भयोः सुबहान रबियल अअला, र उहाँको ढोग पनि कियाम जति नै थियो ।
फज्र (उषाकाल) पश्चात
मदिनाको रात्री फज्रको साथ स्थिर भए पश्चात, र फज्रको नमाज सामूहिक तरिकाले मस्जिदमा आयोजित गरे पश्चात, नबी सल्लल्लाहो अलैहे वसल्लम फज्र नमाज पश्चात बसेर अल्लाहको स्मरण र गुणगान गर्थे यहाँसम्म कि सूर्य उदय भइहाल्थ्यो, अनि दुई रकअत नमाज पढथे ।
जाबिर बिन समुरह रजिअल्लाहो अन्हो (अल्लाह उहाँसित राजी होउन्) को वर्णन छ किः
नबी सल्लल्लाहो अलैहे वसल्लम जब फज्रको नमाज पढेर सम्पन्न गर्थे त आफ्नो नमाज पढेको ठाउँमा बसिरहन्थे यहाँसम्म कि सूर्य राम्ररी उदय भइहाल्थ्यो ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमले यस विशाल सुन्नतलाई कार्यन्वित गर्नुमा प्रोत्साहित गरेका छन्, र यसमा पाइने प्रतिफलको पनि वर्णन गरेका छन् ।
हजरत अनस उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
उहाँ सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः
जसले फज्रको नमाज समूहसँग पढ्यो, अनि बसेर अल्लाहको गुणगानमा लाग्यो यहाँसम्म कि सूर्य उदय भयो, अनि दुई रकअत नमाज पढ्यो, त त्यसको लागि एक हज्ज र उमराको पुण्य छ पूर्ण पूर्ण ।
चाश्तको नमाज
दिन आधा हुन लाग्यो, र सूर्यको ताप बढ्यो, र यस्तो तातो लपट (सूर्यको किरण) आउन लाग्यो जुन अनुहारलाई पोलिदिन्छ, त यो नै चाश्तको समय हो, कार्य गर्नु र आवश्यकताहरू पूर्ण गर्नुको समय,
दूतत्वको अत्याधिक भारी, र समूहहरूसितको भेंट वार्ता, र सहाबीहरूलाई तालिम दिनु, र परिवारको हकको दायित्व पूर्ण गर्नुको साथ साथै उहाँ सल्लल्लाहो अलैहे वसल्लम महान अल्लाहको पूजा पनि गर्थे ।
मुआजह भन्छिन्ः मैले हजरत आइशा रजिअल्लाहो अन्हासित भनेंः
के नबी सल्लल्लाहो अलैहे वसल्लम चाश्तको नमाज पढ्दथे ? त उनले मनिन्ः हो, चार रकअत पढथे र कहिलेकािहँ जति अल्लाह चाहन्थ्यो त्यति अभिवृद्धि पनि गर्थे ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमले यसको वसीयत पनि गर्नु भएको छ, हजरत अबू हुरैरह रजिअल्लाहो अन्होको वर्णन छ किः
मेरो मित्र (उहाँमाथि अल्लाहको दया शान्ति अवतरित होस्) ले मलाई तीन कुराको वसीयत गर्नु भयोः प्रत्येक महिनमा तीन दिन व्रत बस्नुको, र दुई रकअ्त जुहाको नमाज आयोजित गर्नुको, र सुत्नुभन्दा अघि वित्र नमाज पढनुको ।
घरमा नफिली नमाज
यो घर जुन आस्थादवारा आबादित छ, जुन पूजा गुणगानबाट परिपूर्ण छ, हामीलाई नबी सल्लल्लाहो अलैहे वसल्लम वसीयत गरेका छन् कि हाम्रा घरहरू पनि यस्तै हाउन्,
सन्देष्टा उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होसले भन्छन्ः
आफ्नो घरहरूमा पनि (नफिली) नमाज पढदैगर र यसलाई कब्रिस्तान नबनाउनु ।
इब्नुल कैयिम रहेमहुल्लाहको भनाई छः
नबी सल्लल्लाहो अलैहे वसल्लम सामान्यतया समस्त ती नफिली र सुन्नत नमाजहरूलाई घरमै पढथे जसको कुनै कारण हुदैनथ्यो, यहाँसम्म कि मगरिबको सुन्नत पनि घरमै पढथे र यो प्रमाणित छैन कि उहाँले कहिले पनि यसलाई मस्जिदमा पढेका होउन्,
र घरमा नफिली नमाज पढनुका अत्याधिक लाभहरू छन् जसमध्ये होः
नबी सल्लल्लाहो अलैहे वसल्लममको अनुशरण गर्नु,
महिला र बच्चाहरूलाई नमाज पढने तरिकाको तालिम दिनु,
गुणगान र पाठनद्वारा शैतानलाई घरबाट भगाउनु, र घरमा नमाजको आयोजना गर्नुमा निष्ठा हुन्छ आडम्बर हुँदैन ।
नबी सल्लल्लाहाे अलैहे वसल्लमको रूवाई (रूने कार्य)
महिला र पुरूषहरूमध्ये धेरैले रूनछन्, तर हे रूनेहरू कसरी रूनु र किन रूनु ?
हाम्रो नबी सल्लल्लाहो अलैहे वसल्लम रूदैथे जबकि यदि उहाँले चाहेको भए पूर्ण दुनिया उनैको हुन्थ्यो र स्वर्ग उहाँको अगाडि छ र उहाँ त्यसको उच्चतम श्रेणीवाला हुन्,
हो, नबी सल्लल्लाहो अलैहे वसल्लम रोएका छन् तर भक्तले रूने सरह,
उहाँ सल्लल्लाहो अलैहे वसल्लम यस्तो अवस्थामा रूदैथे कि उहाँ नमाजमा आफ्नो प्रतिपालकसित कानेखुसी गरिरहेका हुन्थे, र कुरआनलाई सुन्ने क्रममा पनि, र यो रूनु उहाँको कोमल हृदय राख्ने र अन्तरात्माको विशुद्धताको कारण र महान अल्लाहको विशालताको ज्ञान र त्यसको भयको कारण थियो ।
मुतर्रिफ जुन कि अब्दुल्लाह बिन शखीरका छोरा हुन् आफ्नो बुवाको माध्यमले वर्णन गर्छन् कि उनले भनेः
म रसूल सल्लल्लाहो अलैहे वसल्लमको पासमा यस्तो अवस्थामा आएँ कि उहाँ नमाज पढिरहेका थिए, र उहाँको रूने कारण उहाँको पेटबाट यस्तो आवाज निस्किरहेको थियो जसरी पानी गर्मगर्दा पानीको भाँडाबाट खतखताउने आवाज निस्कन्छ ।
अब्दुल्लाह बिन मसऊद रजिअल्लाहो अन्होको वर्णन छ किः
मसित रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः मेरो लागि पाठन गर, त मैले भनेंः हे अल्लाहको रसूल म तपाईको लागि पाठ गरूँ जबकि कुरआन तपाईमाथि अवतरित भएको छ ? त उहाँले भन्नु भयोः मलाई यो मनपर्छ कि कसै अरूबाट सुनुँ, अनि मैले सूरतुन्निसाको पाठन गरें यहाँसम्म कि यस श्लोकसम्म पुगें अर्थ (र तपाईलाई यी समस्तमाथि साक्षी बनाएर ल्याउने छाैं), त मैले हेरें कि उहाँका दुवै आँखाबाट आँशु बगिराखेका छन् ।
बरू रसूल सल्लल्लाहो अलैहे वसल्लमका सेतो बालको बारेमा विचार गर जुन उहाँका माँगमा जाहेर भएका थिए, र उहाँको दाह्रीमा लगभग १८ सेता बाल थिए, त आफ्नो हृदयलाई सचेत गरिहाल क उहाँले यी बालहरूको सेतो हुने कारण आफ्नो कल्याणकारी जिब्रोबाट के बताइराखेका छन्ः
अबू बक्र रजिअल्लाहो अन्हो भन्छन् किः
हे अल्लाहको रसूल तपाई त बुढो भइसक्नु भयो, त उहाँ सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः
मलाई हूद, वाकिअह, मुरसलात, अम्मा यतसाअलून र इजश्शम्सु कूविरतले बुढो बनाइदियो ।
सन्देष्टा उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होसको विनम्रता
उहाँ सल्लल्लाहो अलैहे वसल्लम सबैभन्दा उत्कृष्ठ नैतिकवान थिए, र यसको सबैभन्दा अधिक कदरदान थिए, यसर्थ उहाँको आचरण कुरआन नै थियो, जस्तो कि हजरत आइशा रजिअल्लाहो अन्हाको वर्णन छ किः
उहाँको चरित्र र आचरण कुरआन नै थियो ।
उहाँ (उहाँमािथ अल्लाहकाे दया प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः
मलाई यस कारण पठाइएको छ ताकि म सराहनीय शिष्टाचारलाई परिपूर्ण गरूँ ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको विनम्रतामध्ये यो पनि हो कि उहाँ आफ्नो प्रशंसा गर्नुलाई र प्रशंसामा सीमा नाघ्नुलाई मनपारउँदैनथे ।
हजरत उमर बिन खत्ताब उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
अल्लाहको रसूल (उहाँमाथि अल्लाहको प्रशान्ति अवतरित होस्) ले भन्नु भयोः
मेरो बारेमा उस्तै गुलू (अतिशयोक्ति) नगर्नु जसरी ईसाईहरूले ईसा बिन मरियमको बारेमा गरे, त म अल्लाहको भक्त हूँ यसर्थ मलाई अल्लाहको भक्त र त्यसको सन्देष्टा नै भन्नु ।
र हजरत अनस रजिअल्लाहो अन्होको वर्णन छ किः
केही मानिसहरूले भनेः
हे अल्लाहको रसूल हे हामीमध्ये सबैभन्दा अधिक सज्जन र सबैभन्दा अधिक सज्जनको छोरा, र हाम्रो नायक र नायकको छोरा, त उहाँले भन्नु भयोः
हे मानिसहरू तिमीहरू आफ्नो कुरा भन, तर शैतान तिमीहरूलाई नबहकाओस्, म मुहम्मद अल्लाहको भक्त र त्यसको सन्देष्टा हूँ, मलाई यो मनपर्दैन कि तिमी मलाई त्यस दर्जाबाट उच्च गर जसमा अल्लाहले मलाई विराजित गरेको छ ।
र केही मानिसहरू त नबी सल्लल्लाहो अलैहे वसल्लमको दर्जालाई अत्याधिक बढाइदिन्छन्, अनि यो आस्था राख्दछन् कि उहाँलाई अदृश्यको ज्ञान छ, वा उहाँको वशमा लाभ हानि छ, र उहाँ आवश्यकतालाई पूर्ण गर्छन् र विरामीलाई निको पार्न सक्छन्,
र अल्लाहले यी समस्तलाई नकारिदिएको छ यसर्थ अल्लाहको फर्मान छः
भनिदिनुस्ः मसंग आफ्नो निम्ति पनि कुनै लाभको अधिकार छैन, र न कुनै हानिको, तर त्यति मात्र जति अल्लाहले चाहेको हुन्छ, र यदि म अदृश्यको कुरा जान्ने भए, मैले धेरै नाफा प्राप्त गरिहाल्थें र मलाई कुनै नोक्सानी हुने थिएन ।
र यो पठाइएको सन्देष्टा जसलाई यो धरती उठाएको छ र जसलाई यो आकाश छहरी दिएको छ (धरतीमा भएका समस्त जीउधारी) ती समस्त भन्दा श्रेष्ठ छन्, र उहाँ सदैंव आफ्नो प्रतिपालकतिर प्रवृत्त रहन्छन्, र उहाँ अहंकारलाई मनपराउँदैनन्, बरू उहाँ त आफ्नो प्रतिपालक समक्ष समस्त विनम्र र कम्जोरहरूका नायक हुन् ।
अनस बिन मालिक उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
उनीहरू निकट रसूल सल्लल्लाहो अलैहे वसल्लमभन्दा कोही पनि प्रिय थिएन, तै पनि उनीहरू जब उहाँलाई आउँदा हेर्दथे त उहाँको सम्मानमा उठदैनथे किनकि उनीहरूलाई यो ज्ञान थियो कि उहाँ सल्लल्लाहो अलैहे वसल्लम यसलाई अप्रिय ठान्दछन्।
र यस उम्मतको नबी सल्लल्लाहो अलैहे वसल्लमको आश्चर्यजनक विनम्रता र दुर्लभ नैतिकतामाथि दृष्टि हाल, जुन एउटी असहाय महिलाको लागि विनम्रता पूर्वक आफ्नो व्यस्ततामा पनि समय निकाले ।
अनस बिन मालिक उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
एउटी महिला नबी सल्लल्लाहो अलैहे वसल्लमको पासमा आइ र भनिः मलाई हजुरसित आवश्यकता छ, त उहाँले भन्नु भयोः तिमी मदिनाको जुनसुकै बाटोमा बस्दछाै म तिम्रो साथमा त्यहाँ बस्नेछु ।
उहाँको सुन्दरता प्रशंसाको आत्मालाई लिएर जान्छ,
अनि त्यसद्वारा गर्वको श्रेणीमा पुगिहाल्छ,
र यदि उहाँको दूतत्वको सुगन्ध पूर्ण ब्रह्माण्डमा फिजाइयोस्,
त प्रत्येक कुरा त्यसबाट सुगन्धित भइहाल्छ ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम विनम्रहरूका सरदार र प्रतीक थिए,
र हजरत अबू हुरैरह रजिअल्लाहो अन्हो रसूल सल्लल्लाहो अलैहे वसल्लमको माध्यमले वर्णन गर्छन् कि उहाँले भन्नु भयोः
यदि मलाई अघिल्लो खुट्टा वा पछिल्लो खुट्टाको पिठडाैला खानुको लागि आमन्त्रित गरियोस् भने म अवश्य जानेछु, र यदि मलाई अघिल्लो खुट्टा वा पछिल्लो खुट्टाको पिडाैला उपहारमा दिइन्छ भने त्यसलाई स्वीकार गर्दछु ।
र प्रत्येक युगका अहंकारीहरूको लागि रसूल सल्लल्लाहो अलैहे वसल्लमको यो हदीस छेकाबार सिद्ध हुन्छ र उनीहरूको अहंकार र अभिमानको निवारक पनि ।
हजरत अब्दुल्लाह बिन मसऊद रजिअल्लाहो अन्होको वर्णन छ कि नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः
त्यो मान्छे स्वर्गमा प्रवेश गर्दैन जसको हृदयमा एक कण बराबर पनि अहंकार हुन्छ ।
र अहंकार नर्कतिरको बाटो हो यसबाट अल्लाहको शरण चाहन्छाैं, यद्यापि त्यो एक कण जति किन नहोस्, र त्यसको सजायको बारेमा विचार गर जुन अहंकार गरेर हिंडदछ, अल्लाह त्यसमाथि कसरी क्रोधित हुन्छन् र त्यसमाथि कसरी कष्टदायक दण्ड र सजाय अवतरित गर्छन् ।
आदरणीय अबू हुरैरह रजिअल्लाहो अन्होको वर्णन छ कि रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः
यस अवस्थामा कि एउटा मान्छे एउटा सुनदर लुगा लगाएर हिंडिरहेको थियो र त्यस लुगामा आफूलाई अरूभन्दा श्रेष्ठ ठानेको थियो, र कपाललाई कोरेको थियो, र अहंकारले हिंडिरहेको थियो, अनि अल्लाहले त्यसलाई जमिनमा धंसाइदियो, यसर्थ त्यो प्रलयसम्म जमिनमा धंसिरहने छ ।
उहाँ सल्लल्लाहो अलैहे वसल्लमको सेवक
यस कम्जोर निसहाय सेवकलाई रसूल सल्लल्लाहो अलैहे वसल्लमले त्यसको वास्तविक श्रेणीमा राख्नु भयो त्यसको धर्मपरायणता र अल्लाहको भयको दृष्टिकोणले नकि त्यसको कम्जोरी र कार्यको दृष्टिकोणले ।
उहाँ सल्लल्लाहो अलैहे वसल्लमले सेवक र श्रमिकहरूको बारेमा भनेका छन्ः
उनी तिमीहरूका भाइ हुन्, जिनलाई अल्लाहले तिमीहरूको मातहत गरिदिएको छ, त उनीहरूलाई पनि खुवाउनु जब स्वयम् खानु, र उनीहरूलाई पनि लुगा लगाउन दिनु जब तिमी स्वयम् लगाउनु, र उनीहरूलाई यस्तो कार्यमा नलगाउनु जसको उनमा क्षमता नहोस्, र यदि यस्तो काममा लगाएकै छाै भने उनको सहायता गर्नु ।
अनि विचार गर एउटा सेवकको कुरोमाथि जुन आफ्नो स्वामीको बारेमा आश्चर्यजनक कुरो वर्णन गरिरहेको छ जसको गवाही स्वीकार योग्य छ र जसको प्रशंसा सुगन्ध सरह छ,
र के तपाई यस्तो सेवक हेर्नु भएको छ जुन आफ्नो स्वामीको प्रशंसा गरोस् जसरी कि रसूल सल्लल्लाहो अलैहे वसल्लमको सेवकले गरेको छ।
अनस बिन मालिक उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
मैले रसूल सल्लल्लाहो अलैहे वसल्लमको दश वर्षसम्म सेवा गरें तर यस अवधिमा उहाँले मलाई उफ पनि भन्नु भएन, र उहाँले कहिले पनि यो भन्नु भएन कि यसलाई किन गरेका छाै वा त्यसलाई किन गरेनाैं ?
दश वर्ष केही दिन र महिना होइन बरू एउटा लामो उमेर (अवधि) हो जसमा खुशी पनि आउँछ र शोक पनि, र मान्छे प्रसन्न पनि हुन्छ र क्रोधित पनि, अर्थात मान्छेलाई मानसिक तनाव, र गरिबी र निस्पृहता आदिबाट गुज्रनुपर्छ, यी समस्त अवस्थाको साथ उहाँ सल्लल्लाहो अलैहे वसल्लमले उनलाई कहिले पनि ढाँट्नु भएन नत कुनै कुरालाई गर्ने आदेश नै गरे, मेरा बुवा आमा उहाँमाथि बलि जाउन्, बरू उहाँ सल्लल्लाहो अलैहे वसल्लमले त सेवकलाई उपहार दिन्थे र दिलजुइ गर्थे, र उनको मनोकामना र उनको परिवारको मनोकामना पूर्ण गर्थे र उनको परिवारलाई बोलाउँथे ।
अनस रजिअल्लाहो अन्होको वर्णन छ किः
मेरो आमाले भनिन्ः हे अल्लाहको रसूल आफ्नो सेवकको लागि दुआ गरिदिनुस्, त उहाँले भनेः हे अल्लाह यसको माल र सन्तानमा वृद्धि गर, र जे पनि त्यसलाई दिन्छाै त्यसमा कल्याण हालिदेऊ ।
उहाँ सल्लल्लाहो अलैहे वसल्लम शूर वीर थिए तै पनि नत कसैलाई अवहेलित गरे नत अनाहक कसैलाई हाने, नत आफू मातहत भएका कम्जोर सेवक र महिलाहरूबाट कुनै कुराको बदला लिए ।
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
धर्मयुद्ध बाहेक कहिले पनि रसूल सल्लल्लाहो अलैहे वसल्लमले कसैलाई हानेनन्, नत उहाँले कुनै सेवक र महिलालाई नै हानेका छन् ।
बरू यी आस्थावानहरूकी आमा हजरत आइशा हुन् जुन बारम्बार सृष्टिमध्येबाट सर्वश्रेष्ठ र सबै मानिसहरूबाट मनोनीत मानिसको बारेमा गवाही दिएका छिन्, र समूह दर समूह उहाँको सुव्यवहार र नैतिकता र राम्रो आचरणबारे कुरा गर्दै आएका छन्, यहाँसम्म कि कुरैशका काफिरहरूले उहाँको बारेमा गवाही दिएका छन् ।
आइशा रजिअल्लाहो अन्हाको भनाई छ किः
मैले रसूल सल्लल्लाहो अलैहे वसल्लमलाई कहिले पनि आफ्नो लागि बदला लिंदा हेरेको छैन जबसम्म अल्लाहले निर्धारित गरेको सीमा अतिक्रमण नगरियोस्, त जब अल्लाहले निर्धारित गरेको सीमाको उल्लंघन गरिन्थ्यो त उहाँ अत्याधिक क्रोधित भइहाल्थे, र उहाँलाई जहिले पनि कुनै दुई कुरामध्ये एकलाई चयन गर्ने अख्तियार दिइन्थ्यो त दुवैमध्ये सरललाई नै अख्तियार गर्थे यदि त्यो पापकार्य हुदैनथ्यो ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम नम्रता र दयाको साथ बोलाउँथे, उहाँ सल्लल्लाहो अलैहे वसल्लमको फर्मान छः
अल्लाह विनम्र रदयालु छ र प्रत्येक कुरामा विनम्रता र दयालुतालाई मनपराउँछ ।
उपहार र अतिथि
मानव जीवनमा, भावनात्मक आवश्यकताहरु र मनोवैज्ञानिक कुराहरू हुन्छन्, जसको आवश्यकता समाज परिवार र घरलाई पर्दैरहन्छ, र जुन कुराहरू हृदयहरूलाई नजिक गर्छ र आत्माहरूको ईर्ष्यालाई समाप्त गर्छ त्यो होः उपहार,
हजरत आइशा रजिअल्लाहो अन्हाको वर्णन छ किः
नबी सल्लल्लाहो अलैहे वसल्लम उपहारलाई स्वीकार गर्थे र त्यसमाथि कृतज्ञता प्रकट गर्ने मनसायले प्रतिफल पनि प्रदान गर्थे ।
र यो उपहार र कृतज्ञता हृदयको दयालुता र छातीको स्वच्छतामाथि प्रमाणीकरण गर्छ ।
र दयालुताको बानी दूतहरूको नैतिकता र सन्देष्टाहरूको पद्धतिमध्येको हो, यसर्थ यस सन्दर्भमा हाम्रो नबी सल्लल्लाहो अलैहे वसल्लम धेरै अगाडि र उच्चासनमा छन् ।
के उहाँले नै यो भनेका होइनन्ः
जुन व्यक्ति अल्लाह र प्रलयको दिनमाथि आस्था राख्दछ त्यसलाई चाहियो कि आफ्नो अतिथिको सत्कार गरोस्, एक दिन र रात्री अत्याधिक सत्कार गरोस् किनकि यो अतिथिको हक हो, अनि तीन दिन सामान्य सत्कार गरोस्, र यसभन्दा अधिक दिनहरूमा त्यसलाई दानको पुण्य मिल्छ अर्थात सत्कार नगरेमा कुनै दोष लाग्दैन, र अतिथिको लागि यो वैध छैन कि तीन दिनभन्दा अधिक रूकोस् र सत्कार गर्नेलाई कष्टमा पारोस् ।
त अल्लाहको शपथ नत मरूस्थलले नत सामान्य स्थलले, नत हिजाजले नत यस द्वीपले नत दुवै क्षितिजले नै उहाँ सल्लल्लाहो अलैहे वसल्लम भन्दा नैतिकवान र उच्चस्तरीय आचरणवान हेरेको छ ।
हे आदरणीय पाठक आफ्नो आँखालाई सुर्मा लगाएर स्वच्छ पारिलेऊ ताकि उहाँ सल्लल्लाहो अलैहे वसल्लमका उदाहरणहरूमध्ये महान उदाहरणलाई हेर ।
सहल बिन सअ्द अस्साअ्दी रजिअल्लाहो अन्होको वर्णन छ किः
एउटी मिहला रसूल सल्लल्लाहो अलैहे वसल्लमको पासमा कढाइ गरिएको च्यादर लिएर आइ अनि भनिः
मैले यसको कढाइ आफ्नो हातले गरेको छु ताकि तपाईलाई लगाउन देऊँ, त नबी सल्लल्लाहो अलैहे वसल्लमले त्यसलाई लिइहाले र उहाँलाई यसको आवश्यकता पनि थियो, अनि त्यसलाई लुंगी झैं लगाएर हामीहरूको पासमा आए, अनि एउटा मान्छेले भन्योः यो त अति राम्रो छ मलाई लगाउन दिनुस्, त उहाँले भन्नु भयोः ठीक छ, अनि उहाँ समूहसँग बसे, अनि जब यहाँबाट फर्केर गए त त्यसलाई लपेटेर त्यस मान्छेलाई पठाइदिए, त मानिसहरूले त्यस व्यक्तिसित भनेः तिमीले यो राम्रो गरेनाैं, नबी सल्लल्लाहो अलैहे वसल्लम यसलाई लगाएका थिए र उहाँलाई यसको आवश्यकता थियो, तै पनि तिमीले उहाँबाट यसलाई माँगिहाल्याै जबकि तिमीलाई यो राम्ररी थाहा छ कि उहाँ कुनै माँग्नेलाई नदिइकन् फर्काउँदैनन्, त त्यस मान्छेले भन्योः अल्लाहको शपथ मैले यो लुगा लगाउनको लागि माँगेको होइन बरू यसकारण माँगेको छु कि यो मेरो कफन होस्, त हजरत सहल भन्छन्ः त त्यस व्यक्तिको कफन यो च्यादर नै थियो (त्यसको मरणोपरान्त) ।
त त्यस महान व्यक्तिको नैतिकतामाथि आश्चर्यचकित नहोऊ जसलाई अल्लाहले चयन गरेको छ,र जसलाई अल्लाहले लालनपालन गरेको छ, र जसलाई आदर्श बनाएको छ,
रसूल सल्लल्लाहो अलैहे वसल्लमले उदारताका महानतम् उदाहरणहरू वर्णन गरेका छन्,
हजरत हकीम बिन हिजाम उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
मैले रसूल सल्लल्लाहो अलैहे वसल्लमसित माँगे त उहाँले मलाई दिनु भयो, अनि पुनः माँगे, त पुनः उहाँले मलाई प्रदान गर्नु भयो, अनि भन्नु भयोः
हे हकीम यो माल यस्तो मिठो सामग्री हो जुन सबैको अभीष्ट हुन्छ, यसर्थ जसले यसलाई बिना लालसा उदारताको साथ ग्रहण गर्छ त त्यसको यस मालमा कल्याण सृजित गरिन्छ, र जसले यसको लालसी भइ लिन्छ त त्यसको यस मालमा कल्याण हुँदैन, र यसको उदाहरण त्यस मान्छे सरह हुन्छ जुन खाएर पनि भोकै रहन्छ, र दिनेवाला हात लिनेवालाभन्दा उत्तम हुन्छ ।
र कविले सत्य नै भनेको छः
र उहाँसँग परिपूर्ण धर्म र उच्चतम संकल्प छ,
जुन उच्चभन्दा उच्च छ जसको कोही समकक्षी छैन,
जब त्यो सृष्टिमाथि प्रकाशित भयो त त्यसलाई सुन्दरता प्रदान गर्यो,
र त्यसद्वारा नै दुवै मानव र दानवलाई श्रेष्ठता प्राप्त भयो,
र उनीभित्रै नै समस्त उच्चतम् कुरालाई पाएँ,
र एउटै मानवमा नै सबै मानिसहरूका विशेषता भेटें ।
हजरत जाबिर उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
नबी सल्लल्लाहो अलैहे वसल्लमसित जे पनि मँगिन्थ्यो उहाँ दिन्न भन्दैनथे ।
उहाँ यस्तो उदारवादी थिए जसको उदाहरण दुर्लभ छ, कसैलाई प्रदान गर्नुमा, र निस्वार्थतामा पनि, र सुव्यवहारमा र निष्ठावान प्रेममा पनि उनको कोही उदाहरण र समक्क्षी भेटिदैन ।
उहाँ सल्लल्लाहो अलैहे वसल्लमको यो बानी थियो कि उहाँ ती समस्तसित मुस्काएर मिल्थे जुन उहाँको बैठकमा उपस्थित हुन्थ्यो, जसलेगर्दा उहाँका साथीहरू यो सोच्नुमा बाध्य भइहाल्थे कि उहाँ उसभन्दा अधिक कसैलाई प्रेम गर्दैनन् ।
हजरत जरीर बिन अब्दुल्लाह उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
रसूल सल्लल्लाहो अलैहे वसल्लमले मसित कहिले पनि आवरण गर्नु भएन, र इस्लाम कबूल गरे पश्चात मलाई जहिले पनि हेर्नु भयो मुस्काएर हेर्नु भयो ।
र तपाईहरूको लागि गवाही दिनेको कुरा नै प्रयाप्त छ र उपदेश ग्रहणको माध्यम पनि ।
र हजरत अब्दुल्लाह बिन हारिसको वर्णन छ किः
मैले रसूल सल्लल्लाहो अलैहे वसल्लमभन्दा अधिक मुस्काउनेवाला (हँसमुख) अरू कसैलाई हेरेको छैन ।
र यो कुरो तपाईलाई किन विचित्र लाग्खछ हे प्रिय पाठक जबकि उहाँले नै यो भनेका छन्ः
तिम्रो आफ्नो भाइको मुखमा (सामुन्ने) मुस्काउनु पनि दान हो ।
र रह्यो कुरो रसूल सल्लल्लाहो अलैहे वसल्लमको सेवक हजरत अनस रजिअल्लाहो अन्होको त उनले उहाँलाई महानतम् विशेताहरूद्वारा विशेषित गरेका छन्, जसलाई मात्र एउटै मानिसमा संग्रहित हुनु वा केही मानिसहरूमा पाइनु दुर्लभ छ,
रसूल सल्लल्लाहो अलैहे वसल्लम सबैभन्दा अधिक दयालु थिए, त जहिले पनि कसैले केही माँग्यो त्यसलाई दिइहाले, र कुनै माँग्ने मान्छे नफर्केसम्म उहाँ फर्कदैनथे, र जहिले पनि कसैले उहाँसित हात मिलाउन आफ्नो हात बढाउँथ्यो त्यससित हात मिलाइहाल्थे, र जबसम्म त्यो हात नछोडाओस् स्वयम आफै हातलाई छोडाउँदैनथे ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम अतिथिको सत्कार र त्यससित विनम्र व्यवहार गर्नुको साथै आफ्ना अनुयायीहरूमाथि अति दयावान थिए, यसै कारण उहाँ कुनै अनुचित कुरालाई स्वीकार गर्दैनथे ।
इब्ने अब्बास उनीदुवैबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ किः
रसूल सल्लल्लाहो अलैहे वसल्लमले एउटा व्यक्तिको हातमा सुनको औंठी हेर, त त्यसलाई निकाले र फालिदिए, र भनेः तिमीहरू जानेर आफ्नो हातमा आगोको अगुल्टो लगाउँछाै ।
बच्चाहरूमाथि दया
कठोर हृदयवालाहरू दयालाई जान्दैनन्, र उनीहरूको छातीमा भावनाको कुनै स्थान हुँदैन, उनी कठोर चट्टान झैं हुन्छन्, लिनु दिनुमा सुख्खा छन्, र मानव सहानुभूति र कोमल भावनाप्रति अति कञ्जूस छन्, तर जसलाई अल्लाहले कोमल हृदय र ममतायुक्त स्नेह प्रदान गरेको छ त्यो नै उदाहरणीय स्नेहयुक्त हृदवाला हो, जसदाई दया छोपेको हुन्छ र भावना गतिशील गरिदिन्छ ।
हजरत अनस रजिअल्लाहो अन्होको वर्णन छ किः
नबी सल्लल्लाहो अलैहे वसल्लमले आफ्नो छोरा इब्राहीमलाई समाते, अनि उनलाई चुमे र सुँघे ।
र उहाँको यो दया कृपा मात्र आफ्नै आफन्तीहरूको लागि विशिष्ट थिएन बरू समस्त मुसलमानहरूको सन्तानहरूको लागि आम थियो,
हजरत जअफरकी स्वास्नी हजरत असमा बिन्ते उमैसको भनाई छ किः
हाम्रो घरमा रसूल सल्लल्लाहो अलैहे वसल्लम आए, अनि जअफरका सन्तानहरूलाई बोलाए, अनि उनीहरूलाई सुँघे, र उहाँको आँखाबाट आँशु झर्नलाग्यो, त मैले भनेंः हे अल्लाहको रसूल के तपाईलाई जअफरको बारेमा केही खबर मिलेको छ ? त उहाँले भनेः हो, मिलेछ, र त्यो यो हो आज उहाँलाई शहीद गरियो, अनि हामीसबै रूनथालें, र उहाँ फर्केर गए, र भनेः जअफरको परिवारको लागि खानाको व्यवस्था गर, किनकि उनीहरूलाई यस्तो पिवदा आइलागेको छ जसले उनीहरूलाई यस कार्यबाट व्यस्त गरिदिएको छ ।
जब उनीहरूको मृत्यु भएमा उहाँ सल्लल्लाहो अलैहे वसल्लमको आँखाबाट आँशु बग्नथाल्यो, त सअद बिन उबादह रजिअल्लाहो अन्होले उहाँसित सोधे किः अल्लाहको रसूल यो के हो ?
सन्देष्टा उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होसले भन्छन्ः
यो दया हो जसलाई अल्लाहले आफ्नो भक्तहरूको हृदयमा जागृत गरिदिएको छ, र अल्लाह ती भक्तहरूमाथि नै दया गर्छ जुन दयावान हुन्छन् ।
र जब उहाँको छोरा इब्राहीमको निधन पश्चात उहाँको आँखाबाट आँशु झर्नलागेको थियो, त हजरत अब्दुर्रहमान बिन औफले उहाँसित भनेः
र हजुर पनि हे अल्लाहका रसूल ? त उहाँले भन्नु भयोः हे औफको छोरो, यो दया हो, अनि त्यस पश्चात यो कुरा भनेः आँखा आँशु झार्छ, र हृदय शोकाकुल हुन्छ, र हामी मात्र त्यही भन्छाैं जुन हाम्रो प्रतिपालकलाई प्रसन्न गरोस्, र हे इब्राहीम हामी तिम्रो बिछोडमाथि शोकाकुल छाैं ।
र यस महान सन्देष्टाका शिष्टाचारहरूलाई अपनाउनु र उनैको तरिकामा हिंडनु हामीहरूको लागि आवश्यक छ,
त हामी यस्तो युगमा छाैं जसमा मानिसहरूले बच्चाहरूसित स्नेहको भावनालाई विराइसकेका छन् र उनीहरूलाई उनको श्रेणीमा राख्दैनन्, यसर्थ उनी बच्चाहरू नै भविष्यका बुवा बाजे हुन्, र उनी नै यस समूहका युवक हुन् र त्यो प्रकाश हुन् जसको प्रतिक्षा गरिन्छ, र हामीमा यति अज्ञानता, अहंकार, अल्पदृष्टि र विचारको अभाव सृजित भइसकेको छ कि हामीले बच्चाहरू र बालिकाहरूप्रति अआफ्नो हृदयलाई शीलबन्द गरिलिएका छाैं,
र रह्यो कुरो रसूल सल्लल्लाहो अलैहे वसल्लमको त सँचाो उहाँको हातमा र जिब्रोमा छ,
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम बच्चाहरूलाई प्रेम गर्छन् र उनीहरूको सम्मान गर्छन्, र यस्तै बालिकाहरूलाई पनि उच्च स्थान प्रदान गर्छन् ।
जब हजरत अनस रजिअल्लाहो अन्हो बच्चाहरूको पासबाट गुज्रन्थे त उनीहरूलाई सलाम गर्थे, र भन्थेः
नबी सल्ललाहो अलैहे वसल्लम यस्तै गर्थे ।
र जसरी कि बच्चाहरूको आफ्नै व्यस्तता हुन्छ उनीहरू अत्याधिक यताउता फुत्कन्छन्, तर रसूल सल्ललाहो अलैहे वसल्लम उनीहरूलाई नत झडकन्थे नत उनीहरूमाथि क्रोधित हुन्थे नत उनीहरूलाई धिक्कृत गर्थे, बरू उहाँ सल्लल्लाहो अलैहे वसल्लम पूर्ण विनम्रताको साथ र पूर्ण शान्तिको साथ पेश आउँथे ।
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
नबी सल्लल्लाहो अलैहे वसल्लमको पासमा बच्चाहरूलाई ल्याइन्थ्यो अनि उहाँ उनीहरूलाई बोलाउँथे, त एउटा बच्चा उहाँलाई दिइयो, त त्यसले उहाँको लुगामाथि पिशाब गरिदियो, अनि उहाँले पानी माँगे अनि आफ्नो लुगामाथि त्यसको छिडकाव गरे र त्यसलाई धुलेनन् ।
हे प्रिय पाठक के तपाईको कल्पनामा यो आउँदैन कि तपाई दूततवको घरमा बस्ने सुअवसर प्राप्त भएको छ र तपाई आफ्ना बालबालिकासँग हाँसोखेल गरिरहनु भएको छ, र उनीहरूका हाँसी र किलकारी आदि सुनेर रमाउनु हुन्छ ? यस उम्मतको सन्देष्टा पनि यसलाई गर्थे उहाँमाथि मेरो बुवा आमा बलि जाउन् ।
हजरत अबू हुरैरह उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
रसूल सल्लल्लाहो अलैहे वसल्लम हजरत हसन बिन अलीको लागि आफ्नो जिब्रो निकाल्दथे जसको रातो रंगलाई त्यो बालक हेरेर उनीतिर तीव्रताले आउँथ्यो ।
र हजरत अनस उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
रसूल सल्लल्लाहो अलैहे वसल्लम जैनब बिन्ते उम्मे सलमालाई खेलाउँथे, र उहाँ भन्थेः हे जुवैनब हे जुवैनब केही पटक ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम महान पूजामा भएको अवस्थामा पनि बच्चाहरूलाई उहाँको दया छोपेको हुन्थ्यो ।
उहाँ सल्लल्लाहो अलैहे वसल्लम उमामा बिन्ते जैनब जुनकि उहँको छोरी जैनबकी छोरी हुन् अबूल आस बिन रबीअबाट, उनीलाई उठाएर नमाज पढथे, अनि जब उभ्दथे त उनलाई उठाइलिन्थे, र जब ढोग गर्थे त जमिनमाथि बसालिदिन्थे ।
हजरत महमूद बिन रबीअ उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
मलाई स्मरण छ कि मेरो घरको इनारबाट निकालिएको बाल्टीको पानीलाई मुखमा लिएर रसूल सल्लल्लाहो अलैहे वसल्लमले मेरो मुखमा फ्याँक्नु भएको थियो, र त्यस समय म पाँच वर्षको बालक थिएँ ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम सानो ठूलो सबैलाई तालिम दिन्थे, इब्ने अब्बास रजिअल्लाहो अन्हुमाको वर्णन छ किः
म नबी सल्लल्लाहो अलैहे वसल्लमको पछाडि सवारीमा बसेको थिएँ, अनि उहाँले भन्नु भयोः
हे बालक म तिमीलाई केही वाक्यहरू सिकाउँदछु त्यसलाई याद गरिलेऊ अल्लाह तिम्रो सुरक्षा गरोस्, अल्लाहलाई स्मरण गर्दैगर अल्लाहलाई आफूतिर प्रवृत्त पाउँछाै, र जब तिमी कुनै कुरा माँग त अल्लाहसित नै माँग, र जब सहायता चाह त अल्लाहसित नै चाह ।
हामी उहाँको सराहनीय नैतिकता र सुगन्धित जीवनीको साथ केही क्षण बिताए पश्चात कदाचित हामी त्यसद्वारा अआफ्ना हृदयहरूलाई जीवित पाराैं, र त्यसको प्रभावबाट आफ्नो जीवनशैलीमा सुधार गराैं ।
त हाम्रा घरहरूमा ससाना फुल जस्ता बच्चाहरू हुन्छन् जिनलाई बुवाको स्नेह र आमाको ममताको आवश्यकता हुन्छ र उनीहरूका हृदयहरूमा प्रसन्नतालाई जागृत गर्नुको पनि आवश्यकता हुन्छ ताकि उनीहरूको हुर्काइ राम्रो तरिकाले उत्तम हेरचाहमा होस् अनि उनीहरू उत्तम आचरण र भावनाको साथ ठुला होउन् जुन यस समूहको नेतृत्व गरून् जिनलाई राम्रो मानिसहरूले र राम्रो आमाहरूले तयार पारेका छन्, अल्लाहले अवसर प्रदान गरे पश्चात ।
सहंशीलता, दया र धैर्यता
कठोरता र हक अधिकारलाई जबरजस्ती खोस्नु अत्याचारको निशानी हो जसलाई अत्याचारीहरू गर्छन्, र हाम्रा नबी सल्लल्लाहो अलैहे वसल्लम प्रत्येक हकवालाको लागि न्याय निसाफको विधानलाई स्थापित गरेका छन् ताकि त्यो आफ्नो हक प्राप्त गर्न सकोस्,
र अल्लाहले जुन गर्ने नगर्ने कुराको आदेशको जिम्मेवारी उहाँलाई प्रदान गरेको छ त्यसलाई उहाँले भलाईको लागि प्रचलित गर्नु भयो, यसर्थ हामी उहाँको घरमा कुनै प्रकारको अन्याय अत्याचार सीमा अतिक्रमण र जबरजस्तीको भय नगराैं ।
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
धर्मयुद्ध बाहेक रसूल सल्लल्लाहो अलैहे वसल्लमले कहिले पनि कसैलाई आफ्नो हातले हानेका छैनन्, नत कुनै महिलालाई ननै कुनै सेवकलाई, र यदि उहाँको कोही केही कुरा खोसिलिन्थ्यो त उहाँ त्यससित बदला लिदैनथे यस अवस्था बाहेक कि त्यो अल्लाहले निर्धारित गरेको सीमा उल्लंघन गरोस् त यदि यस्तो अवस्था आउँथ्यो त अल्लाहको लागि प्रतिशोध अवश्य लिन्थे ।
र हजरत अनस उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
म नबी सल्लल्लाहो अलैहे वसल्लमको साथमा हिंडिरहेको थिएँ र उहाँमाथि एउटा नजरानी च्यादर थियो जसका किनारहरू अलि बाक्लो थिए, अनि एउटा गाउँलेले त्यस च्यादरलाई समातेर उहाँको घाँटीमा कसेर कठोरताले तान्यो, त मैले हेरें कि त्यसको कठोरताले तान्नुको कारण च्यादरको किनाराको प्रभाव उहाँको घाँटी गर्दनमाथि देखियो, अनि त्यसले भन्योः हे मुहम्मद तिमीसित जुन अल्लाहको माल छ त्यसबाट मलाई दिने आदेश गर, अनि उहाँ सल्लल्लाहो अलैहे वसल्लम हाँसे र त्यसलाई दिने आदेश गरे ।
जब रसूल सल्लल्लाहो अलैहे वसल्लम हुनैन नामक युद्धबाट फर्के त गाउँलेहरू उहाँलाई पछ्याए, र उहाँसित माँग्दा माँग्दै उहाँलाई एउटा रूखमुनिसम्म ल्याए, अनि उहाँको च्यादर खोसियो यस्तो अवस्थामा कि उहाँ आफ्नो सवारीमाथि नै थिए, त उहाँले भन्नु भयोः
मलाई मेरो च्यादर फर्काइदेऊ, के तिमीहरू मलाई कञ्जूस ठान्दछाै, अनि भन्नु भयोः अल्लाहको शपथ यदि यी काँडादार रूख जति पशु (ऊँट, बाख्रा) मसित भए म सबै तिमीहरूमा वितरण गरिदिन्छु, त तिमीहरू मलाई नत कञ्जूस पाउने छाै नत कायर र झुटो ।
र उहाँको शिक्षा र तालिमका उच्चतम उदाहरणहरूमध्ये होः समस्त कुराहरूमा विनम्रता र दयालुता, र हितकर कुराहरूको ज्ञान र विकारयुक्त कुराहरूलाई हटाउनु ।
जब सहाबाहरूले गल्ती गर्नेलाई हेर्थे त उनीहरूमा आत्मसम्मान हुने कारणले अति शीघ्रताले त्यसलाई रोक्दथे, र यो उनीहरूको हक पनि हो, तर सहंशील र विनम्र रसूल सल्लल्लाहो अलैहे वसल्लमले उनीहरूलाई यस्तो गर्नुबाट रोकिहाल्थे गल्ती गर्ने मान्छेको अनभिज्ञताको कारण र त्यसद्वारा उत्पन्न हुने हानिको कारण पनि, त उचित त्यही नै हुन्छ जसलाई रसूल सल्लल्लाहो अलैहे वसल्लम गरेका छन् ।
हजरत अबू हुरैरह उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
एउटा गाउँले मान्छेले मस्जिदमा पिशाब फेर्न थाल्यो, त मानिसहरू त्यसलाई रोक्ने मनसायले त्यसतर्फ लागे, त नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः
त्यसलाइ छाडिदेऊ, र त्यसले गरेको पिशाबमाथि एक बाल्टी पानी हालिदेऊ, किनकि तिमीहरू सुगमता फैलाउने उद्देश्यले पठाइएका हाै नकि कसैलाई कष्टमा पार्नुको लागि ।
र रसूल सल्लल्लाहो अलैहे वसल्लमले आमन्त्रण गर्ने कार्यमा संयमको बाटो अपनाए ताकि उहाँको अनुशरण गरियोस् र उहाँको पद्धतिमा हिंडियोस्, र उहाँले कहिले पनि आफ्नो लागि बदला लिएनन्,
हजरत आइशा रजिअल्लाहो अन्हाको वर्णन छ कि उनले नबी सल्लल्लाहो अलैहे वसल्लमसित भनिन्ः
के तपाईमाथि उहुद युद्धको दिनभन्दा कष्टकर कुनै अरू दिन बितेको छ ? त उहाँले भन्नु भयोः
तिम्रो समुदायबाट पाएको छु, र उनीहरूबाट जुन सबैभन्दा अधिक कष्ट पाएको छु अकबाको दिनको कष्ट हो, जब मैले आफूलाई इब्ने अब्द यालिल बिन अब्दे किलाल सामु प्रस्तुत गरें, त त्यो मेरो चाहनालाई पूर्ण गर्नुबाट इन्कारी भयो, अनि म त्यहाँबाट शोकाकुल भएर अगाडि बढें र मेरो शोक मेरो अनुहारबाट जाहेर भइरहेको थियो, अनि मेरो यो शोकाकुलता तबसम्म समाप्त भएन जबसम्म म करनुस्सआलिब नामक स्थानसम्म पुगेन, अनि त्यहाँ मैले आफ्नो टाउको उठाएँ त के हेर्छु कि एउटा बादलले मलाई छहरी प्रदान गरेको छ, अनि मैले त्यसमा हेरें त त्यसमा हजरत जिब्रील अलैहिस्सलाम थिए, अनि उहाँले मलाई बोलाए र भनेः अल्लाहले तिम्रो समुदायको त्यस कुरालाई सुन्यो जुन उनीहरूले तिमीसित भनेका छन् र प्रतिउत्तर दिएका छन्, र मलाई पर्वतको फरिश्ताको साथ पठाइएको छ ताकि तपाई उहाँलाई उनीहरूको विषयमा जे मनपरे आदेश गर्नुस्, अनि मलाई पर्वतको फरिश्ताले पुकार्यो र मलाई सलाम भन्यो अनि भन्योः हे मुहम्मद अल्लाहले तिम्रो समुदायको त्यस कुरालाई सुन्यो जुन उनीहरूले तिमीसित भनेका छन्, र म पर्वतको फरिश्ता हूँ, र मलाई तिम्रो प्रतिपालकले पठाएको छ कि तिमी उनीहरूको सन्दर्भमा मलाई जे मनपरोस् आदेश गर, र यदि तपाईको चाहना छ भने म उनीहरूलाई यी दुवै पर्वतद्वारा पिसिदिन्छु ।
त रसूल सल्लल्लाहाे अलैहे वसल्लमले भन्नु भयोः
होइन बरू मलाई आशा छ कि अल्लाह उनीहरूको सन्ततिबाट यस्ता मानिसहरूलाई उभियाउनेछ जुन मात्र अल्लाहको पूजा गर्नेछन् र त्यसको साथमा कसैलाई सहभागी गर्नेछैनन् ।
तर वर्तमानमा केही मानिसहरू आमन्त्रणको सन्दर्भमा हतार गर्छन् र परिणाम प्राप्तिमा शीघ्रता देखाउँछन्, जबकि आफूलाई सफल हुने हतार गर्नु र आत्माभिमानी बन्नु आमन्त्रणीय कार्य र निष्ठामाथि प्रश्नचिन्ह लगाइदिन्छ ।
र यसै कारण केही आमन्त्रणीय कार्यहरू विफल भइहाल्छन् किनकि उनीहरूमा यो रोग फैलिसकेको छ, त कता छ संयम र संतोष ?
र लामो अवधि पश्चात त्यही घटित भयो जसको सुइच्छा रसूल सल्लल्लाहो अलैहे वसल्लमले गरेका थिए, तर धेरै कष्ट र लामो संयम र संघर्ष पश्चात ।
र कोही कसरी त्यस व्यक्तिको बराबरी गर्नसक्छ जुन यस धरतीको सबैभन्दा उत्तम व्यक्ति हो,
जबकि उहाँको तुलनामा त्यसको प्रत्येक कुरामा कमिकोताही छ,
र प्रत्येक सम्मानित व्यक्ति त्यस समक्ष विनम्र हुन्छ,
र दुवै शहरका मर्यादित व्यक्ति त्यस सामु तुच्छ छन् ।
र हजरत इब्ने मसऊद उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
यस्तो लाग्दछ कि म रसूल सल्लल्लाहो अलैहे वसल्लमलाई हेरिरहेको छु जब उहाँ अल्लाहका नबीहरूमध्ये एउटा नबीको कथा वर्णन गरिरहेका थिए किः उनको समुदायले उनलाई यति पिटेका थिए कि उनको अनुहारबाट रगत निस्कन लागेको थियो, तै पनि त्यो नबी त्यसलाई अनुहारबाट सफा गर्दै भनिरहेका थिएः
हे अल्लाह मेरो समुदायलाई (जातिलाई) क्षामा गरिदेऊ यिनीहरू अज्ञान छन् ।
र एक दिन जबकि उहाँ सल्लल्लाहो अलैहे वसल्लम आफ्नो साथीहरूको साथमा कुनै जनाजामा सहभागी थए एउटा यहूदी आयो जसको नाम जैद बिन सअना थियो, जुन उहाँसित आफ्नो कर्ज (श्रृण) माँग्न आएको थियो, अनि त्यसले उहाँको कमिजको र च्यादरको किनारालाई समात्यो, र उहाँलाई क्रोधित र कठोर अनुहारले हेर्यो, र भन्योः हे मुहम्मद के तपाई मेरो हक चुक्ता गर्दैनाै ? र कठोर कुरा पनि गर्यो,
त यसलाई हेरेर हजरत उमर बिन खत्ताब रजिअल्लाहो अन्हो अति क्रोधित भइहाले, र त्यसलाई यसरी हेर्नलागे कि उनको आँखा त्यसको अनुहारमाथि उस्तै चक्रित थियो जसरी गोल ग्रह, अनि भन्नु भयोः हे अल्लाहको शत्रु, तिमी अल्लाहको रसूलसित ती कुराहरू भनिरहेका छाै जुन म सुनिरहेको छु, र त्यो गरिरहेका छाै जुन म हेरिरहेको छु, त त्यसको शपथ जसले उहाँलाई सत्यताको साथ पठाएको छ यदि मलाई उहाँले तिरस्कृत गर्ने भय नभएको भए म तिम्रो यो गर्दन आफ्नो यस तरवारले छिनालिदिन्थें,
र रसूल सल्लल्लाहो अलैहे वसल्लम पूर्ण संयम र धैर्यताको साथ उमरतिर हेरिरहेका थिए, अनि उहाँले भनेः
हे उमर मलाई र त्यसलाई पनि तिमीले गरेको कुरा बाहेकको आवश्यकता छ, र त्यो यो कि तिमीले मलाई राम्ररी त्यसको हक चुक्ता गर्ने परामर्श दिन्थ्याै, र त्यसलाई राम्ररी त्यसको माँग गर्ने, त हे उमर यसलाई लिएर जाऊ र त्यसको हक चुक्ता गरिदेऊ, र त्यसलाई २० साअ खजूर अरू बढी दिनु ।
त जैद यहूदीको भनाई छ कि जब उमरले मलाई २० साअ खजूर अधिक दिनु भयो त मैले भनेंः हे उमर यो वृद्धि किन ?
त उमरले भनेः
मलाई रसूल सल्लल्लाहो अलैहे वसल्लमले अलि वृद्धि गरेर दिने आदेश गरेका छन् त्यसको साटो जुन मैले तिमीसित गरेको छु,
त जैदले भनेः हे उमर के तिमी मलाई जान्दछाै ?
त उनले भनेः जान्दैन, तिमी को हाै ?
त जैद बिन सअनाले भन्छन्ः
कि उमरले भनेः के तिमी यहूदीहरूको विज्ञ हाै र ?
त मैले भनेंः हो म उनीहरूको विद्वान हूँ,
त उमरले भनेः तिमीलाई कुन कुराले रसूल सल्लल्लाहो अलैहे वसल्लमसित यस्तो गर्नुमा प्रवृत्त गर्यो जुन तिमीले उहाँसित गरेका छाै ?
त जैदले भनेः
हे उमर जब मैले रसूल सल्लल्लाहो अलैहे वसल्लमको अनुहारमा हेरें त दूतत्वका जति निशानहरू हुन्छन् सबै हेरिहालें दुई निशानी बाहेक, जसको बारेमा मलाई खबर दिइएको पनि थिएन, र त्यो होः के उहाँको क्रोधमाथि उहाँको सहनशीलता अधिपत्यवान हुन्छ कि हँदैन, यसर्थ अत्याधिक क्रोधले उहाँको सहनशीलतामा झन् वृद्धि गरिदियो, र मैले यी दुवैलाई परीक्षण गरिहालें, त हे उमर म तिमीलाई गवाह बनाउँछु यस कुरामा कि म अल्लाहलाई आफ्नो प्रतिपालक मान्नुमा राजी भएँ, र इस्लामलाई आफ्नो धर्म, र मुहम्मदलाई आफ्नो नबी मान्नुमा राजी भएँ, र म तिमीलाई यस कुरामा गवाह बनाउँछु कि म आफ्नो सम्पत्तिको आधा भाग मुहम्मदका अनुयायीहरूको लागि दान दिएँ,
त हजरत उमरले भनेः वा उहाँका केही अनुयायीहरूको लागि किनकि उहाँका समस्त अनुयायीहरूलाई यो पर्याप्त हुँदैन,
त जैदले भनेः ठीक छ केही अनुयायीहरूको लागि,
अनि जैद यहूदी रसूल सल्लल्लाहो अलैहे वसल्लमको पासमा आयो र भन्योः म गवाही दिन्छु कि अल्लाह बाहेक कोही सत्य पूजनीय छैन, र म गवाही दिन्छु कि मुहम्मद अल्लाहका भक्त र सन्देष्टा हुन्, र त्यो उहाँमाथि ईमान ल्यायो र उहाँलाई सत्यवान मान्यो ।
त हामी यस घटनामा र त्यसमा भएको लामो वार्ता र त्यसको अन्तिम खण्डमा राम्ररी विचार गराैं कदाचित हामीलाई हाम्रा आदर्श मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको अनुशरण गर्ने अवसर प्राप्त भइहालोस्, र मानिसहरूप्रति संयम र उनीहरूलाई आमन्त्रित गर्ने कार्यमा दया विनम्रता र सहनशीलता देखाउन अवसर मिलोस् ताकि हामी उनीहरूमाको प्रशंसा गराैं यदि उनीहरूले सुव्यवहार गरेका छन् ताकि उनीहरूमा क्रयाशीलता कर्तव्य निर्वाहनको प्रकाश हाल्न सकाैं ।
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
म मदिनाबाट नबी सल्लल्लाहो अलैहे वसल्लमको साथमा उमरा गर्ने मनसायले आएँ, अनि जब मक्कासम्म पुगें त मैले भनेंः
हे अल्लाहको रसूल तपाईमाथि मेरो बुवा आमा बलि जाउन् मैले पुरा पनि गरेको छु र कमी कोताही पनि गरेको छु, र व्रत पनि बसेछु र बसे पनि छैन (इफ्तार पनि गरेछु), त उहाँले भन्नु भयोः
तिमीले अति राम्रो गरेछाै, र उहाँले ममा कुनै कमी निकालेनन् ।
सन्देष्टा उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस् को खाना (भोजन)
प्रधानका घरहरूमा खानाको भोज विहान साँझ चल्दैरहन्छ र त्यहाँ आदेश गर्नेहरू मनाही गर्नेहरू पनि उपस्थित हुन्छन्, र यस उम्मतका नबी जिनको अधीन नगरहरू र मानिसहरू छन्, जिनको पासमा खाद्यानको भारी बोकेर ऊँटहरू आँदैरहन्छन्, र उहाँ सामुन्ने सुन चाँदीको भरमार हुन्छ, तर हेर उहाँको खान पान कस्तो छ, के उहाँको जीन्दगानी राजाहरू झैं वा त्यसभन्दा श्रेष्ठ छ ? वा समृद्धहरूको खाना वा त्यसभन्दा परिपूर्ण र अधिक ?
तिमी अचम्भित नहुनु जब तपाई रसूल सल्लल्लाहो अलैहे वसल्लमको खानाबारे र त्यसको कमीको बारेमा विचार गरिरहेका हुन्छाै, हजरत अनस रजिअल्लाहो अन्हो हामीहरूसित वर्णन गर्दै भन्छन्ः
पेट भरेर खाने पिठो र मासु कहिले पनि साँझको खानामा वा विहानको खानामा रसूल सल्लल्लाहो अलैहे वसल्लम समक्ष एकत्रित भएन ।
र अरबीमा प्रयोग गरिएको शब्द जुफफको अर्थ होः कम भोजनलाई अधिक मानिसहरूद्वारा खाइनु,
र यसको अर्थ भयोः कि कहिले पनि उहाँ रम्ररी पेट भरेर खाएनन्, वा उहाँ अतिथि नभएको अवस्थामा कहिले पनि पेट भरेर खाएनन्, अतिथि भएको अवस्थामा उहाँ पेट भरेर खान्थे ताकि अतिथिको साथ देउन् र त्यसलाई भोकै नरहनु परोस् ।
र हजरत आइशा रजिअल्लाहो अन्हाको वर्णन छ किः
रसूल सल्लल्लाहो अलैहे वसल्लमको स्वर्गबास नहुन्जेल उहाँको परिवारले कहिले पनि निरन्तर दुई दिनसम्म जाैको पिठोद्वारा पेट भरेर खाएनन् ।
र आर्को हदीसमा छः
उहाँको स्वर्गबास हुनेसमयसम्म मुहम्मदको परिवारले कहिले पनि एकैसाथ तीन रात्री निरन्तर गहूँको पिठो पेट भरेर खाएनन् ।
बरू उहाँ सल्लल्लाहो अलैहे वसल्लम केही पाउँदैनथे जसलाई खाएर राम्ररी सुतुन् बरू उहाँको पेटमा एक गाँस पनि जाँदैनथ्यो ।
इब्ने अब्बास उनीदुवैबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ किः
रसूल सल्लल्लाहो अलैहे वसल्लम र उहाँको परिवार निरन्तर कैयाैं रात्री भोकै व्यतीत गर्थे, रात्रीको खाना पाँदैनथे, र उनीहरूको अत्याधिक पिठो जाैको नै हुन्थ्यो ।
तर कुरो यो थिएन कि माल सम्पत्ति कम थियो, बरू उहाँ समक्ष सम्पत्तिको रेलपेल थियो, र उहाँको पासमा सशक्त जनावरहरूमा खाद्यान्न लादिएर आउँथ्यो, बरू महान अल्लाहले आफ्नो सन्देष्टा सल्लल्लाहो अलैहे वसल्लमको लागि सुदृढ र परिपक्व अवस्थालाई नै चयन गरेको थियो ।
उकबा बिन हारिस रजिअल्लाहो अन्होको वर्णन छ किः
हामीलाई नबी सल्ललाहो अलैहे वसल्लमले अस्रको नमाज पढाए अनि तीव्रताले घरमा प्रवेश गरे, र केही बेरमै घरबाट निस्के, त मैले वा उहाँसित सोधियो, त उहाँले भन्नु भयोः
मैले घरमा दानको सुन राखेको थिएँ त मलाई यो अप्रिय लाग्यो कि त्यो मेरो घरमा एक दिन पनि रहोस् अनि मैले त्यसलाई वितरण गर्नुमा यो तीव्रता गरेको छु ।
आश्चर्यजनक उदारता, र उदाहरण नभएको दान दिने कार्य यो हो जुन यस उम्मतको नबीदवारा गरिएको छ,
हजरत अनस रजिअल्लाहो अन्होको वर्णन छ किः
रसूल सल्ललाहो अलैहे वसल्लमसित इस्लामको नाममा हृदयलाई जोडनुको लागि जे पनि माँगिन्थ्यो दिइहाल्थे, र एक दिन एउटा मान्छे आयो, त उहाँले त्यसलाई दुई पर्वतबीच भएको समस्त बाख्रा दिइहाले, त त्यो मान्छे आफ्नो जातिमा गएर भन्योः
हे मेरो जातिका मानिसहरू इस्लाम स्वीकार गरिहाल, किनकि मुहम्मद यस्तो दान र उपहार दिन्छन् कि निर्धन हुने भय मान्दैनन् ।
र यस उदारताको साथै यस उम्मतको नबी सल्ललाहो अलैहे वसल्लमको अवस्थालाई हेर
हजरत अनस रजिअल्लाहो अन्होको वर्णन छ किः
नबी सल्ललाहो अलैहे वसल्लम कहिले पनि दस्तरखानमाथि (जसमाथि खाना राखिन्छ) बसेर खाएनन् यहाँसम्म कि उहाँको स्वर्गबास भयो, नत कहिले कोमल पिठो नै खाए यहाँसम्म कि उहाँको स्वर्गबास भयो ।
र हजरत आइशा रजिअल्लाहो अन्हाको भनाई छ कि उहाँ सल्लल्लाहो अलैहे वसल्लम उनको पासमा आउँथे अनि भन्थेः
के तिम्रो पासमा केही खाने कुरा छ ? त उनी भन्थिइन्ः छैन, अनि भन्थेः यसो भए म व्रत बसें ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमद्वारा यो पिन प्रमाणित छ कि उहाँ र उहाँको परिवार दुई दुई महिनासम्म मात्र खजूर र पानी खाएर जीवन यापन गर्थे ।
र खानाको यति कमी र खाद्य पदार्तको यति दुर्लभतामा पनि उहाँको उच्चतम र सराहनीय आचरणलेगर्दा र इस्लामीय संस्कारलेगर्दा महान अल्लाहको अनुकम्पामा त्यसको कृतज्ञता ज्ञापन गर्थे, अनि जुन उहाँको लागि त्यसलाई तयार पार्दथ्यो त्यसको पनि कृतज्ञता प्रकट गर्थे, र यदि त्यसले कुनै त्रुटि गर्यो त त्यसलाई ढाँट्दैनथे, किनकि त्यसले प्रयास गर्यो तर सही गर्नुमा असमर्थ रह्यो,
र यसै कारण उहाँ सल्लल्लाहो अलैहे वसल्लम खानामा कुनै कमी निकाल्दैनथे, नत कुनै बनाउनेवालालाई धिक्कृत नै गर्थे, र उपस्थित भएको खानालाई फर्काउँदैनथे, र जुन हुँदैनथ्यो त्यसको माँग गर्दैनथे, यी हुनै उम्मतको नबी जिनको इच्छा आकांक्षा पेट र भोजन थिएन,
अबू हुरैरह उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
रसूल सल्लल्लाहो अलैहे वसल्लमले किहले पनि कुनै भोजनमा विकार निकालेनन्, बरू यदि उहाँलाई मनपर्थ्यो त खान्थे र मन पर्दैनथ्यो त छाडिदिन्थे ।
र म आफ्नो ती भाइहरूको लागि शैखुल इस्लाम इब्ने तैमियाको कथनलाई संक्षेपमा वर्णन गर्छु जुन खानपानलाई नै अत्याधिक महत्व दिन्छन्ः
त रह्यो कुरो खाना र लुगाको त यसमा सबैभन्दा उत्तम पद्धति मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको छ, यसर्थ खानाको सन्दर्भमा आफूलाई उहाँको तरिकामा ढालिहाल कि जब उहाँलाई कुनै यस्तो खाना मिल्थ्यो जसलाई मन पराउँथे त जति उपलब्ध हुन्थ्यो खाइहाल्थे, र त्यसलाई फर्काउँदैनथे, र जुन हुँदैनथ्यो त्यसलाई पाउने प्रयास गर्दैनथे, यसर्थ यदि पिठो र मासु उपलब्ध हुन्थ्यो त त्यसलाई खान्थे, र यदि फल र पिठो र मासु उपलब्ध हुन्थ्यो त्यसलाई पनि खाइहाल्थे, र यदि मात्र खजूर वा मात्र पिठो हुन्थ्यो त त्यसैलाई खान्थे, र यस्तो हुँदैनथ्यो कि यदि दुई प्रकारको भाेजन उपलब्ध भयो त यो भनुन् किः दुई प्रकारको भोजन त म गर्दैन, र किहले पनि खाना खानुबाट इन्कारी हुँदैनथे किनकि त्यसमा स्वाद र मिठोपना हुन्छ,
र हदीसमा छ, उहाँ (उहाँमाथि अल्लाहकाे प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः
तर म इफ्तारी पनि गर्छु र व्रत पनि बस्छु, र नमाज पनि कायम गर्छु र सुत्दछु र महिलाहरूसित बिहे पिन गर्दछु र मासु पनि खान्छु, यसर्थ जसले मेरो यस पद्धतिबाट मुख फर्कायो त्यो हामीमध्येको होइन ।
र महान अल्लाहले पवित्र भोजन गर्नुको आदेश गरेका छन् र अल्लाहको कृतज्ञता प्रकट गर्नुको पनि, त जसले पवित्र कुराहरूलाई वर्जित गर्छ त्यो सीमा अतिक्रण गर्छ, र जसले आभार प्रकट गर्दैन त्यो अतिक्रमणकारी अल्लाहको हकलाई नष्ट गर्नेवाला हो,
र रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धति नै सबैभन्दा उत्तम र सटीक तरिका हो, र त्यसबाट विचलन (मुख फर्काउनु) दुई कारणले हुन्छः
ती सम्प्रदायहरू जुन अपव्ययता अपनाउँछन् अनि अनिवार्य कार्यहरूलाई त्यागेर हवस पूर्तिको पछि पछि लाग्दछन्,
र अर्को त्यो सम्प्रदाय जुन पवित्र कुराहरूलाई वर्जित गरिदिन्छन्, अनि सन्यासलाई अविष्कार गर्छन् जसलाई अल्लाहले वैधानिक गरेको छैन, यसर्थ इस्लाममा कुनै प्रकारको सन्यास र मठबास छैन ।
अनि (उनीमाथि अल्लाह दया गरून्) ले भन्दछन्ः
र प्रत्येक हलाल कुरा पवित्र छ, र प्रत्येक पवित्र कुरा हलाल छ, किनकि अल्लाहले हामीहरूको लागि पवित्र र विशुद्ध कुराहरूलाई हलाल (वैध) गरेको छ, र अशुद्ध र अपवित्र कुराहरूलाई हराम गरेको छ, यसर्थ जुन कुरो शुद्ध छ त्यो लाभकारी र स्वादिलो हुन्छ, र अल्लाहले हामीमाथि ती समस्तलाई वर्जित गरिदिएको छ जुन हाम्रो लागि हानिकारक छ र ती समस्तलाई ग्राह्य गरिदिएको छ जुन हाम्रो लागि लाभदायक छ ।
अनि (उनीमाथि अल्लाह दया गरून्) ले भन्दछन्ः
र मानिसहरूका अवस्थाहरू भिन्न भिन्न हुन्छन् खाना, लुगा, भोक र पेट भर्नुमा, बरू एउटै मान्छेका विभन्न अवस्थाहरू हुन्छन्, तर सबैभन्दा राम्रो कार्य त्यही हो जसद्वारा अल्लाहको अत्याधिक आज्ञापालनको बोध होस्, र त्यो त्यस मान्छेको लागि पनि लाभदायक होस् ।
अरूका इज्जत सम्मानको सुरक्षा गर्नु
सबैभन्दा श्रेष्ठ बैठक गुणगान र ज्ञानको बैठक हुन्छ, त त्यस बैठकको अवस्था के हुन्छ जब आदमको सन्तानमध्ये सबैभन्दा उत्कृष्ट व्यक्ति र यस उम्मतको शिक्षक त्यस बैठकमा बसेर सबैलाई सिकाओस् र दिशा निर्देशन गरोस् ।
उहाँको बैठकको स्वच्छता र विशुद्धतामध्ये यो पनि हो कि उहाँ त्रुटि गर्नेलाई प्रतिउत्तर दिन्थे, र अनभिज्ञलाई सिकाउँथे, र अचेतलाई सचेत गर्थे, र आफ्नो बैठकमा भलाई बाहेक कुनै कुरा स्वीकार गर्दैनथे,
यद्यापि उहाँ सल्लल्लाहो अलैहे वसल्लम चुप लागेर कुरा गर्नेको कुरालाई सुन्दथे तर पिशुन्तालाई, अरूको एैब वर्णन गर्नुलाई र लान्छना लगाउनुलाई कबूल गर्दैनथे, त यसरी नै उहाँ सल्लल्लाहो अलैहे वसल्लम अरूका इज्जत सम्मानको सुरक्षा गर्थे, अर्थात कसैको इज्जत सम्मानसित खेलवाड गर्नुको बलपूर्वक खण्डन गर्थे ।
हजरत इतबान बिन मालिक उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
नबी सल्लल्लाहो अलैहे वसल्लम नमाज पढाउनको लागि उभे, अनि भनेः
मालिक बिन दखशम कता छन् ? त एउटा मान्छेले भन्योः त्यो कपटी हो जुन अल्लाह र अल्लाहको रसूलसित प्रेम गर्दैन, त नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः यस्तो नगर, के तिमीले हेर्दैनाै कि त्यसले लाइलाहा इल्लल्लाहको गवाही मात्र अल्लाहको प्रसन्नता पाउने उद्देश्यले दिएको छ, र अल्लाहले त्यस व्यक्तिलाई नर्कमाथि हराम गरिदिएको छ जसले लाइलाहा इल्लल्लाह अल्लाहको प्रसन्नता पाउने उद्देश्यले भनेको छ ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम झुटो गवाही दिनुबाट र हक हनन् गर्नुबाट सावधान गर्दैरहन्थे,
हजरत अबू बक्र उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
अल्लाहको रसूल (उहाँमाथि अल्लाहको प्रशान्ति अवतरित होस्) को भनाई छः
के म तिमीहरूलाई महापापको बारेमा नबताऊँ ? त हामीले भनेंः किन बताउनु हुन्न हे अल्लाहको रसूल, त उहाँले भनेः अल्लाहको साथमा कसैलाई सहभागी बनाउनु, र आमा बुवाको अवज्ञा गर्नु । र यो कुरोगर्दा उहाँ अडेस लगाएर बसेका थिए अनि सामान्य अवस्थामा बसे र भनेः सावधान त्यसमध्ये झुटो गवाही दिनु पनि हो, अनि यसलाई यति पटक दोहोर्याउनु भयो कि हामीहरू मनमा भन्नथालेंः काश उहाँ चुप भइहाल्थे त कति राम्रो हुन्थ्यो ।
र उहाँको हजरत आइशासित अथाह प्रेम गर्नुको साथ साथै उनलाई पिशुन्ता गर्नुबाट रोके र उनी समक्ष त्यसको विनाशकारी खतरालाई स्पष्ट पारे ।
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
मैले नबी सल्लल्लाहो अलैहे वसल्लमसित भनेंः हजरत सफियामा यी यी कुराहरू छन्,
केही वर्णनकर्ताहरूको भनाई छः उनको अभिप्राय उनमा कमी निकाल्नु थियो,
त उहाँले भन्नु भयो तिमीले यस्तो कुरा भनेका छाै जसलाई यदि समुन्द्रको पानीमा मिसाइयोस् त त्यसलाई पनि परिवर्तित गरिदिन्छ ।
र नबी सल्लल्लाहो अलैहे वसल्लमले त्यस व्यक्तिलाई शुभ सन्देश सुनाएका छन् जुन आफ्नो भाइहरूको इज्जतबाट विकारयुक्त कुराहरूलाई हटाउँछ, यसर्थ उहाँ सल्लल्लाहो अलैहे वसल्लमको भनाई छः
जसले आफ्नो भाइको इज्जतबाट पिशुन्तालाई हटायो त त्यसको यो हक छ कि अल्लाह त्यसलाई नर्कबाट बचाओस् ।
अल्लाहको अध्याधिक स्मरण र गुणगान
पहिलो प्रशिक्षक यस उम्मतको नबीको पूजा आराधना र हृदयलाई महान अल्लाहसँग जोडनुको विशाल सम्बन्ध छ, यसर्थ उहाँ कुनै समयलाई बिना अल्लाहको स्मरण जान दिन्नन्, बरू प्रत्येक समय उहाँ अल्लाहको स्मरण र त्यसको महिमागान र प्रशंसा गर्दैरहन्छन् र त्यससित क्षमायाचना र त्यसको कृतज्ञता प्रकट गर्दैरहन्छन्,
उहाँका अघिल्लो र पछिल्लो सबै दोषलाई क्षमादान दिइएको छ तै पनि उहाँ कृतज्ञ भक्त आभार प्रकट गर्नेवाला र प्रशंसा गर्नेवाला नबी र सन्देष्टा हुन्, उहाँले आफ्नो प्रतिपालकको दर्जालाई जाने अनि उसको प्रशंसा गर्दैरहे र त्यससित याचना गर्दैरहे र त्यसतिर प्रवृत्त हुँदैरहे, र समयको मूल्यलाई जाने अनि त्यसबाट लाभान्वित हुँदैरहे र यस कुराको लाल्सी रहे कि समस्त समयलाई आज्ञाकारिता र पूजाद्वारा आबादित राखुन् ।
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
रसूल सल्लल्लाहो अलैहे वसल्लम प्रत्येक क्षण अल्लाहको स्मरण गर्थे ।
र हजरत इब्ने अब्बास उनीदुवैबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ किः
हामी एक बेठकमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको सय पटक गणना गर्थेंः
हे मेरो प्रतिपालक मलाई क्षमा गर र मेरो ताैबा कबूल गर निःसन्देह तिमी ताैबा कबूल गर्ने क्षमादाता हाै ।
हजरत अबू हुरैरह रजिअल्लाहो अन्होको भनाई छः
मैले रसूल सल्लल्लाहाे अलैहे वसल्लमलाई याे भन्दै सुनेकाे छुः
अल्लाहको शपथ म दिनमा सत्तरी पटकभन्दा अधिक चोटि अल्लाहसित क्षमायाचना गर्छु र त्यससित ताैबा गर्छु ।
र हजरत इब्ने उमर उनीदुवैबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ किः
हामी एक बेठकमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको सय पटक गणना गर्थेंः
हे मेरो प्रतिपालक मलाई क्षमा गर र मेरो ताैबा कबूल गर निःसन्देह तिमी ताैबा कबूल गर्ने क्षमादाता हाै ।
र आस्थावनहरूकी आमा हजरत उम्मे सलमा भन्छिन् किः जब उहाँ उनको पासमा हुन्थे त अधिकतर यो दुआ नै गर्थेः
हे हृदयलाई उल्टाउने पल्टाउनेवाला मेरो हृदयलाई आफ्नो धर्ममाथि सुदृढ गरिदेऊ ।
छिमेकी
रसूल सल्लल्लाहो अलैहे वसल्लमको माध्यमले छिमेकीलाई अत्याधिक सम्मान मिलेको छ, उहाँ सल्लल्लाहो अलैहे वसल्लमको हृदयमा छिमेकीको ठुलो दर्जा थियो,
उहाँ (उहाँमािथ अल्लाहकाे दया प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः
मलाई निरन्तर जिब्रील छिमेकीको बारेमा वसीयत र सदउपदेश गर्दैछन् यहाँसम्म कि मलाई यो भय लाग्न थालेको छ कि कदाचित त्यसलाई वारिस नघोषित गरिदिउन् ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमले हजरत अबू जर्र रजिअल्लाहो अन्होलाई वसीयत गर्दै भनेः
हे अबू जर्र, जब तिमी शोरबा पकाउनु त त्यसमा पानी अलि बढि हालिदिनु र आफ्नो छिमेकीको ख्याल गर्नु अर्थात त्यसलाई पनि केही प्रदान गर्नु ।
र छिमेकीलाई कष्ट पुर्याउनुबाट सावधान गरेका छन्, यसर्थ उहाँ सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः
त्यो व्यक्ति स्वर्गमा प्रवेश गर्दैन जसको कष्टबाट उसको छिमेकीहरू सुरक्षित नहोउन् ।
र त्यस छिमेकीको लागि शुभ सन्देश छ जसको बारेमा नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भएको छः
जुन व्यक्ति अल्लाह र प्रलयको दिनमाथि आस्था राख्दछ त्यसलाई चाहियो कि आफ्नो छिमेकीसित सुव्यवहार गरोस् ।
राम्रो सम्बन्ध (सुव्यवहार)
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
जब रसूल सल्लल्लाहो अलैहे वसल्लमसम्मलाई कुनै मान्छेको बारेमा केही अनुचित खबर पुग्दथ्यो, त उहाँ यो भन्दैनथे किः फलानालाई के भएको छ? बरू भन्थेः मानिसहरूलाई के भएको छ ?
अनस बिन मालिक रजअल्लाहो अन्होको वर्णन छ कि एउटा व्यक्ति रसूल सल्लल्लाहो अलैहे वसल्लमको पासमा यस्तो अवस्थामा आयो कि त्यसको लुगामाथि पहेलो रंगको निशान थियो, र नबी सल्लल्लाहो अलैहे वसल्लम कसैको सामुन्ने कुनै यस्तो कुरा भन्दैनथे जुन त्यसलाई अप्रिय होस्, अनि जब त्यो व्यक्ति त्यहाँबाट गयो त उहाँले भनेः
तिमीहरू त्यसलाई भन कि जुन उसमाथि लागेको छ त्यसलाई पखालिहालोस् ।
र हजरत इब्ने मसऊद उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छन् किः
अल्लाहको रसूल (उहाँमाथि अल्लाहको प्रशान्ति अवतरित होस्) को भनाई छः
के म तिमीहरूलाई यस्तो व्यक्तिको बारेमा खबर नदेऊँ जुन नर्कमाथि हराम छ वा जसमाथि नर्क हराम छ ? जुन आफ्नो प्रत्येक सज्जन विनम्र आफन्तीमाथि दया गर्छ ।
हक अधिकारलाई चुक्ता गर्नु
मानवमाथि अत्याधिक हकहरू छन्, त यो अल्लाहको हक हो, र अर्को त्यसको परिवारको हक हो, र तेस्रो त्यसको आफ्नो जीउको हक, र भक्तहरूका पनि तिमीमाथि हक छ ।
त रसूल सल्लल्लाहो अलैहे वसल्लमले कसरी आफ्नो समयलाई वितरण गरे र त्यसबाट कसरी लाभान्वित भए ?
हजरत अनस रजिअल्लाहो अन्होको वर्णन छ किः
तीन मानिसहरूको समूह नबी सल्लल्लाहो अलैहे वसल्लमको घरमा उहाँको पूजाको बारेमा जानकारी लिन आए, त जब उनीहरूलाई उहाँको पूजाबारे बताइयो त कदाचित उनीहरूले त्यसलाई अति कम तुल्याए, र भनेः हाम्रो नबी सल्लल्लाहो अलैहे वसल्लमसित के दाँजो उहाँका त अघिल्लो र पछिल्लो सबै दोष माफ गरिएका छन्,
अनि तीमध्ये एउटाले भन्योः मत सदैंव निरन्तरताले रात्रीमा नमाज नै पढछु,
र अर्कोले भन्योः म सदैंव व्रत नै बस्छु इफतार गर्दैन,
र तेस्रोले भन्योः म त महिलाहरूसित बिहे नै गर्दैन बरू उनीहरूबाट टाढा नै रहन्छु,
अनि रसूल उहाँमाथि अल्लाहको प्रशान्ति अवतरित होस् उनीहरूको पासमा आए र भनेः
तिमीहरूले नै यस्तो यस्तो भनेका हाै ? म अल्लाहको शपथ तिमीहरूमध्ये सबैभन्दा अधिक अल्लाहसित डर मान्दछु र अत्याधिक संयमी छु, तर म इफ्तार पनि गर्छु र व्रत पनि बस्दछु, र सुत्दछु र नमाज पनि पढदछु, र महिलाहरूसित बिवाह पनि गर्दछु, त जुन व्यक्ति पनि मेरो यस पद्धतिबाट मुख फर्काउँछ त्यो हामीमध्येको होइन, अर्थात मुसलमान होइन ।
उहाँ (उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्) को वीरता र धैर्यता
महान अल्लाहको वाणीलाई उच्च गर्नुमा र यस धर्मको सहायता गर्नुमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको वीरता उच्चकोटिको छ, र उहाँले जति अनुकम्पा अल्लाहले उहाँलाई प्रदान गरेको छ त्यसलाई त्यसको उचित स्थानमा राख्दथे ।
त यी हजरत आइशा रजिअल्लाहो अन्हा हुन् जुन भन्छिन् किः
धर्मयुद्ध बाहेक कसैलाई पनि उहाँले कहिले पनि आफ्नो हातले हानेनन्, र नत कुनै सेवकलाई नत कुनै महिलालाई नै हाने ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको वीरतामध्ये यो पनि हो कि उहाँ एकलै कुरैशका नायकहरू र प्रधानहरू सामु उभेर यस धर्मतिर आह्वान गर्थे, र उहाँ यस धर्ममाथि दृढ रहे यसहाँसम्म कि अल्लाहले यसको सहायता गर्यो ।
र उहाँले यो भनेनन् किः मेरो साथमा कोही पनि छैन, र पूर्ण सम्प्रदाय मेरो विरोधी छ, बरू उहाँले महान अल्लाहमाथि विश्वास र भरोसा गरे र आमन्त्रणको कार्यलाई गतिशील राखे,
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम सबैभन्दा अधिक वीर थिए र सबैभन्दा परिपक्व र दृढ संकल्पवान र साहसवाला थिए, र समस्त मानिसहरू भागिहाल्थे तर उहाँ सुदृढ र सवल रहन्थे ।
नबी सल्लल्लाहो अलैहे वसल्लम जब हिरा गुफामा पूजा गर्थे त्यस समय उहाँलाई कुनै कष्ट पुगेन, नत कुरैशले उहाँको विरोध गर्यो, र काफिरहरूले उहाँको विरोधी भएनन् तर जहिलेदेखि रसूल सल्लल्लाहो अलैहे वसल्लमले एकेश्वरवादको र पूजालाई मात्र एक अल्लाहको लागि विशिष्ट गर्नुको कुरालाई उठाए, काफिरहरू उनीहरूको यस कथनद्वारा आफ्नो आश्चर्यलाई प्रकट गरेः
के यसले समस्त पूज्यहरूलाई एउटा बनाइदियो ।
उनीहरू त मूर्तिहरूलाई आफू र अल्लाहको बीचमा माध्यम बनाएका थिए जसरी कि अल्लाहले उनीहरूको बारेमा यसरी भनेको छः
हामीहरू यिनीहरूको पूजा यस कारण गर्छाैं ताकि यिनीहरू हामीलाई अल्लाहको समीप गरिदिउन् ।
नत्र उनीहरू पनि प्रतिपालक हुनुको एकत्वलाई मान्दथेः
सोध्नुस् कि ‘‘तिमीलाई आकाशहरूबाट र धरतीबाट कसले जीविका प्रदान गर्दछ’’ ? स्वयम् जवाफ दिनुस् ‘‘कि अल्लाह’’ । हेर हामी वा तिमी या त सोझो बाटोमा छौं, वा खुल्लमखुल्ला मार्गविचलनमा ।
त हे मुसलमान भाइ त्यस बहुदेववादमाथि विचार गर जुन मुसलमानहरूका देशहरूमा विस्तृत भइसकेको छ, जसरी मृतहरूलाई पुकार्नु, र उनीहरूलाई माध्यम बनाउनु र उनीहरूको लागि भाकल मान्नु, र उनीहरूबाट डर मान्नु र उनीहरूसित आशान्वित हुनु, यहाँसम्म कि उनीहरूको बहुदेववादको कारण र मृतलाई त्यसको दर्जामा बसाल्नुको कारण जुन अमर छ मर्नेवाला छैन, उनीहरूको सम्पर्क अल्लाहबाट कटिहाल्यो,
निःसन्देह जसले अल्लाहको साथमा सहभागी ठहरायो त्यसमाथि अल्लाहले स्वर्गलाई निषेधित गरिदिएका छन्, र त्यसको बासस्थान नर्क हुनेछ, र अत्याचारीहरूको कोही सहायक हुनेछैन ।
र हामी उहाँको घरबाट उहाँको घरको सामुन्ने उत्तरतिर स्थित पर्वततिर झाँकाैंः
र त्यो हो उहुद पर्वत हो, र यतै त्यो विशाल घटना घटेको थियो जसमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको वीरता, दृढता र त्यस घटनामा लागेको घाउमाथि संयम स्पष्ट भएर सुदर्शित भयो, यस घटनामा उहाँ सल्लल्लाहो अलैहे वसल्लमको अनुहारलाई घायल गरियो र उहाँको कुकुरदाँतलाई भाँचियो, र उहाँको टाउकोलाई पनि घायल गरियो ।
रसूल सल्लल्लाहो अलैहे वसल्लमको घाउको सम्बन्धमा हामीसित हजरत सहल बिन सअद वर्णन गर्दै भन्छन्ः
अल्लाहको शपथ मलाई राम्ररी थाहा छ त्यस दिन जुन व्यक्ति उहाँको घाउलाई धुलिरहेको थियो र जुन व्यक्ति पानी हालिरहेको थियो र के कुराद्वारा उहाँको उपचार गरिएको थियो,
उनको भनाई छ किः रसूल सल्लल्लाहो अलैहे वसल्लमकी छोरी फातिमा उहाँको घाउलाई धुलिरहेका थिइन्, र हजरत अली त्यसमा कवचद्वारा पानी हालिरहेका थिए, त जब हजरत फातिमाले हेरिन् कि रगतको बग्ने क्रम निरन्तर छ त उनले चटाइको एउटा टुक्रालाई जलाएर उहाँको घाउमाथि टाँसिदिइन् अनि रगतको बग्ने क्रम रूक्यो, र उहाँको कुकुरदाँतलाई भाँचियो, र उहाँको अनुहारलाई घायल गरियो, उहाँले टाउकोमा लगाएको खाैद (हेलमेट जस्तो वस्तु) लाई पनि भाँचियो ।
र अब्बास बिन अब्दुल मुत्तलिब रजिअल्लाहो अन्हो हुनैनको युद्धको सम्बन्धमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको बारेमा भन्छन्ः
जब मुसलमानहरू पिठ्युँ फर्काएर भागे,र यस्तो अवस्थामा रसूल सल्लल्लाहो अलैहे वसल्लम आफ्नो खच्चडलाई काफिरहरूतिर लिएर जाँदैथिए, र म त्यसको लगाम समातेर त्यसलाई रोक्ने प्रयास गरिरहेका थिएँ कि त्यो त्यहाँ तीव्र गतिले नजाओस्, र त्यस दिन उहाँ यो भनिरहेका थिएः
म त्यो नबी (दूत) हूँ जसमा कुनै सन्देह छैन, र म नै अब्दुल मुत्तलिबको छोरा हूँ ।
र रह्यो कुरा वीर घुडसवार र अत्याधिक वीरताको घटनाद्वारा प्रख्यात व्यक्ति अली बिन अबू तालिब रजिअल्लाहो अन्होको त उनको रसूल सल्लल्लाहो अलैहे वसल्लमको बारेमा यो उदगार छः
जब भीषडयुद्ध हुन लाग्दथ्यो, र समूह समूहसित युद्धरत भइहाल्थ्यो त हामीहरू रसूल सल्लल्लाहो अलैहे वसल्लमलाई आफ्नो ढाल र कवच बनाइहाल्थ्याैं, यसर्थ त्यस समय हामीभन्दा अधिक शत्रु निकट उहाँ सल्लल्लाहो अलैहे वसल्लम नै हुन्थे ।
र इस्लामीय आमन्त्रणको सन्दर्भमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको संयम, उखानीय उदाहरण र उत्तम आदर्श थियो, यहाँसम्म कि महान अल्लाहले यस धर्मलाई स्थापित गरिदियो र यो पूर्ण उपमहाद्वीप र शाम र जिहून खोला पछाडि भएका एशियाइ देशहरूसम्म पनि पुग्यो, र कुनै पनि यस्तो थिएन जससम्म इस्लाम नपुगेको होस् ।
अल्लाहको रसूल (उहाँमाथि अल्लाहको प्रशान्ति अवतरित होस्) को भनाई छः
मलाई अल्लाहको मार्गमा यति डराइयो जति अरू कसैलाई डराइएन, र मलाई अल्लाहको मार्गमा जति कष्ट दिइयो अन्य कसैलाई दिइएन, र ममाथि तीस यस्ता दिन रात्री बितेको छ जसमा त्यो खाना बहके जसलाई बिलाल आफ्नो काँखमा लुकाएका थिए अरू कुनै पनि खाना थिएन जसलाई प्राणीहरू खान्छन् ।
र यसको बावजुद कि उहाँ समक्ष अत्याधिक माल सम्पत्ति ल्याइयो, र जुन अल्लाहले उहाँको हातमा विजय प्रदान गर्यो, तै पनि उहाँ सल्लल्लाहो अलैहे वसल्लमले एक दिनार वा दिरहम पनि विरासतमा छाडेनन्, बरू उहाँले विरासतमा यस ज्ञानलाई छाडे जुन कि दूतत्वको वास्तविक विरासत हो, त जुन व्यक्ति यो चाहन्छ कि यसबाट विरासतमा केही लेओस् त त्यो अगाडि बढेर पूर्ण श्रद्धाको साथ यसबाट लेओस् ।
हजरत आइशा उनीबाट अल्लाह राजी हाेउन् द्वारा वर्णित छ, उहाँ भन्छिन् किः
रसूल सल्लल्लाहो अलैहे वसल्लमले विरासतमा कुनै दिनार, वा दिरहम, वा बाख्रा, वा ऊँट छाडेनन्, नत उहाँले कुनै कुराको वसीयत नै गरे ।
उहाँ सल्लल्लाहो अलैहे वसल्लमको दुआ याचना
दुआ (याचना) महान पूजा हो, यसलाई अल्लाह बाहेक कसै अरूको लागि विशेष गर्नु जायज छैन,
र दुआ हो अल्लाह सामु आफ्नो तुच्छता र मुखापेक्षितालाई जाहेर गर्नु र त्यसको शक्ति र महानताको शरण लिनु, र यो भक्तिको विशेषता र मानव तुच्छताको कल्पना हो, र यसमा अल्लाहको प्रशंसाको पनि अर्थ नीहित छ, र त्यसित उदारता र दयालाई संलग्न गर्ने कुरा पनि ।
र यसै कारण सन्देष्टा (उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्) ले भनेका छन्ः
दुआ नै पूजा हो ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम अत्याधिक दुआ र प्रार्थना गर्थे, र अल्लाह सामु आफ्नो मुखापेक्षी हुने कुरालाई राख्दथे, र संग्रहित वाक्यहरूद्वारा दुआ याचना गर्नु उचित मानिन्छ ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमका दुआहरूमध्ये होः
हे अल्लाह मेरो लागि मेरो धर्मलाई सुसाध्य बनाइदेऊ जुन मेरा समस्त कुराहरूको सुरक्षा कवच हो, र मेरो लागि मेरो संसारलाई सुसाध्य गरिदेऊ जसमा मलाई जीवन यापन गर्नु छ, र मेरो परलोकलाई मेरो लागि सुसाध्य गरिदेऊ जसतिर मलाई फर्किजानु छ, र मेरो जीवनलाई मेरो पुण्यमा अभिवृद्धको माध्यक बनाइदेऊ, र मृत्युलाई समस्त बुराईबाट बाँच्ने माध्यम बनाइदेऊ ।
र उहाँका दुआहरूमध्ये यो पनि होः
हे अल्लाह प्रत्यक्ष अप्रत्यक्षको ज्ञाता आकाश र धरतीहरूको स्रष्टा। र समस्त थोकको स्रष्टा र स्वामी, म गवाही दिन्छु कि तिमी बाहेक कोही सत्य पूजनीय छैन म तिम्रो शरण चाहन्छु आफ्नो जीउको बुराईबाट । शैतानको बुराई र त्यसको सहभागितको बुराईबाट, यस कुराबाट पनि कि म आफ्नो वा कुनै मुसलमानको कुभलो गरूँ ।
र उहाँ (उहाँमाथि अल्लाहकाे प्रशािन्त अवतरित होस्) का दुआहरूमध्ये यो पनि होः
हे अल्लाह आफ्नो हलाल कुराहरूद्वारा मलाई हरामबाट सुरक्षित गरिदेऊ र आफ्नो अनुग्रहद्वारा मलाई अरूबाट निस्पृह गरिदेऊ ।
र उहाँको आफ्नो महान प्रतिपालकसित गरिने दुआहरूमध्येबाट यो पनि होः
हे अल्लाह मलाई क्षमा प्रदान गर र ममाथि दया गर र मलाई स्वर्गमा उच्चतम श्रेणी प्रदान गर (जसमा सनदेष्टा, शहिद... आदि सदाचारीहरू हुन्छन्) ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम सुगमता र संकुचित दुवै अवस्थामा अल्लाहलाई अत्याधिक स्मरण गर्थे दुआ गर्थे, र बद्र युद्धको दिन जब उहाँ सल्लल्लाहो अलैहे वसल्लम मुसलमानहरूको विजय र बहुदेववादीहरूको पराज्यको दुआ गरिरहेका थिए त उहाँको काँधाबाट उहाँको च्यादर ढलिहालेको थियो,
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम आफ्नो लागि आफ्नो परिवारको लागि, आफ्नो साथीहरूको लागि र समस्त मुसलमानहरूको लागि पनि दुआ गर्थे ।
भ्रमणको अन्त्य
यस पश्चात कि कानहरू रसूल सल्लल्लाहो अलैहे वसल्लमका हदीसहरूलाई र उहाँको जीवनी एवं संघर्ष र नाना थरीका परीक्षा र कष्टलाई सुन्ने अवसर पाए,
त जब नबी सल्लल्लाहो अलैहे वसल्लमका केही हक छन् जसलाई चुक्ता गर्नु जरूरी छ ताकि यो दर्शित होस् कि हामीले भलाई प्राप्त गरें र सही मार्गलाई चयन गरें,
र उहाँप्रति उहाँका अनुयायीहरूमाथि जुन हक छ तीमध्ये होः
उहाँमाथि सत्यताको साथ कार्य कुराद्वारा आस्था राख्नु, र विश्वास गर्नु ती समस्तमाथि जुन उहाँ सल्लल्लाहो अलैहे वसल्लम लिएर आएका थिए, र उहाँको आज्ञापालन गर्नु र उहाँको अवज्ञा गर्नुबाट सचेत रहनु,
र उहाँलाई नै आफ्नो न्यायकर्ता मान्नु र उहाँको फैसलालाई अंगीकार गर्नु,
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमलाई बिना कमी र वृद्धि उनको वास्तविक दर्जामा राख्नु,
र उहाँको अनुशरण गर्नु र उहाँलाई आफ्नो समस्त कार्य कुराहरूमा आदर्श बनाउनु
र उहाँसित समस्त मानिस र परिवार र माल र सन्तानहरूभन्दा अधिक माया गर्नु,
र उहाँको आदर सम्मान गर्नु, उहाँको धर्मको सहायता गर्नु, र उहाँको सुन्नतविरूद्ध तथ्यहरूलाई त्यसबाट हटाउनु र उहाँको सुन्नतलाई मुसलमानहरूबीच जीवित र प्रचलित गर्नु, र उहाँका आदरणीय साथीहरूसित प्रेम गर्नु र उनी विरूद्ध भइरहेको षडयन्त्रको खण्डन गर्नु, र उनीहरूको जीवनीलाई पढनु अध्ययन गर्नु,
र उहाँको प्रेममध्ये उहाँ सल्लल्लाहो अलैहे वसल्लममाथि दरूद सलाम पठाउनु पनि हो,
अल्लाहको फर्मान छः
निःसन्देह अल्लाह र त्यसका फरिश्ताहरू नबीमाथि दरुद सलाम पठाउँछन्, हे आस्थावानहरू तिमीहरू पनि उहाँमाथि अत्याधिक दरुद सलाम पठाउँदैगर अल्लाह र उसका फरिश्ताहरू यस नबीमाथि रहमत (सलाम–शान्ति) पठाउँदछन् । हे ईमानवालाहरू तिमी पनि उनीमाथि धेरै सलाम र दरूद पठाउने गर ।
सन्देष्टा उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस् को यस भनाईको कारणः
तिमीहरूका दिनहरूमध्ये सर्वश्रेष्ठ दिन शुक्रवार हो, जसमाः आदमला ई सृष्टि गरियो, र यसै दिन सिंगा फूँकिन्छ, र यसै दिन सबैलाई मुर्छित गरिन्छ, यसर्थ यस दिन ममाथि अत्याधिक दरूद सलाम पठाउँदैगर किनकि तिमीहरूको सलाम मलाई पेश गरिन्छ । त एउटा मानिसले भन्योः हे अल्लाहको रसूल तपाईमाथि हाम्रो सलाम कसरी पेश गरिन्छ जबकि तपाई गलेर समाप्त भइसक्नु भएको हुन्छ ? त उहाँले भन्नु भयोः धरतीमाथि अल्लाहले नबीहरूको शरीरलाई खानुलाई वर्जित गरिदिएको छ ।
त मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमका अनुयायीहरूलाई चाहियो कि यस महान सन्देष्टाको हकमा कञ्जूसी नगरून्।
उहाँ (उहाँमािथ अल्लाहकाे दया प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः
कञ्जूस त्यो हो जस समक्ष मेरो वर्णन होस् अनि त्यो ममाथि सलाम नपठाओस् ।
उहाँ (उहाँमािथ अल्लाहकाे दया प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः
यदि केही मानिसहरू कुनै ठाउँमा भेला भएर बस्दछन् र त्यस बैठकमा नत उनीहरू अल्लाहको स्मरण र गुणगान गर्छन् नत त्यसको नबीमाथि सलाम नै पठाउँछन् त यो उनीहरूको लागि अफशोचको माध्यम भइहाल्छ अनि यदि अल्लाह चाहन्छ त उनीहरूलाई माफ गरिदिन्छ र यदि चाहन्छ त सजाय दिन्छ ।
विदाई
अब हामी ईमानद्वारा आबादित आज्ञाकारितामा उभेको घरबाट विदा लिन्छाैं, र हामीहरूको लागि रसूल सल्लल्लाहो अलैहे वसल्लमका सुन्नतहरू बाँकी रहने नै छन् जुन त्यस व्यक्तिको लागि प्रशिक्षक हुन्छन् जुन सफलता चाहन्छ, र एउटा मार्ग हो त्यसको लागि जुन मार्गदर्शन चाहन्छ ।
र विगतका विज्ञहरूसँग हाम्रो केही चित्रणहरू छन् र उनीहरूको यस महान सुन्नतको अनुशरणका कुराहरू पनि, कदाचित अल्लाह हामीलाई राम्ररी उहाँको अनुशरण गर्ने साैभाग्य प्रदान गरोस् ।
अहलुस्सुन्नहको इमाम अहमद बिन हम्बल रहेमहुल्लाहको भनाई छः
मैले मात्र तयही हदीस लेखेको छु जसमाथि कार्यन्वयित भइसकेको छु,
जब मलाई यो ज्ञान भयो कि रसूल सल्लल्लाहो अलैहे वसल्लमले जब हिजामत गराउनु भयो त अबू तैबालाई एक दिनार दिनु भयो। त मैले पनि जहिले हिजामत गराएँ त हज्जामलाई एक दिनार दिएँ ।
र अब्दुर्रहमान बिन महदीको भनाई छः
मैले सुफियानलाई भन्दै सुनें किः रसूल सल्लल्लाहो अलैहे वसल्लमको जुन हदीस पनि मसम्म पुग्यो त्यसलाई मैले कार्यन्वयन गरें चाहे जीवनमा मात्र एक पटक नै गरें ।
र मुस्लिम बिन यसारको भनाई छः
म जुत्ता लगाएर नमाज पढदछु जबकि जुत्ता निकालेर नमाज पढनु मेरो लागि सरल छ, र म यो मात्र सुन्नतलाई कार्नवयन गर्ने मनसायले गर्दछु ।
र प्रिय भाइको लागि अन्त्यमा एउटा महान हदीस पेश छ,
उहाँ (उहाँमाथि अल्लाहकाे प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः
मेरा समस्त अनुयायीहरू स्वर्गमा जान्छन् त्यस बाहेक जसले इन्कार गर्यो, त सहाबाहरूले भनेः हे अल्लाहको रसूल स्वर्गमा जानुबाट को इन्कार गर्छ र? त उहाँले भन्नु भयोः जसले मेरो आज्ञापालन गर्यो त्यो स्वर्गमा जान्छ, र जसले मेरो अवज्ञा गर्यो त्यसैले इन्कार गर्यो ।
हे अल्लाह हामीलाई आफ्नो नबी सल्लल्लाहो अलैहे वसल्लमको प्रेम र सोझो मागर्मा चल्नुमा उहाँसित सहमत रहने अवसर प्रदान गर, नत हामीलाई पथभ्रमित गर्नु नत हामीलाई पथभ्रमित गर्नेवाला बनाउनु ।
हे अल्लाह मुहम्मदमाथि दया प्रशान्ति अवतरित गर त्यति जति दिन रात्री चक्रित रहन्छ, हे अल्लाह मुहम्मदमाथि त्यति दया प्रशान्ति अवतरित गर जति असल संयमीहरूले वर्णन गरेका छन् ।
हे अल्लाह हामीलाई उच्च फिरदाैसमा हाम्रो नबी मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको साथमा एकत्रित गर र हाम्रो आँखालाई उहाँको दर्शनद्वारा शीतलता प्रदान गर, र उहाँको हाैजबाट पानी पिने साैभाग्य प्रदान गर जस पश्चात हामीलाई कहिले पनि तिर्खा लाग्ने छैन ।
र अल्लाहको दया प्रशान्ति अवतरित होस् हाम्रो नबी मुहम्मद सल्लल्लाहो अलैहे वसल्लममाथि र उहाँका घरपरिवार र समस्त साथीहरूमाथि ।
Related books
All books
इस्लाम धर्मको सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)74 languagesइस्लाम धर्मको सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)
"इस्लाम धर्मको सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)" नामक पुस्तकले पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को वंश र पालनपोषणदेखि लिएर उहाँको शुभ विवाह, वह्य (ईश्वरीय सन्देश) को सुरुवात र उहाँको आह्वानको सुरुवातसम्मको जीवनको समीक्षा गर्दछ। यसले उहाँको नबुवत (दूतत्व) का प्रमाणहरू र उहाँको सत्यताका चिन्हहरूलाई स्पष्ट पार्दछ। उहाँले ल्याउनुभएको शरिया (विधान) र मानव अधिकार तथा मर्यादाको संरक्षणमा यसको भूमिकाको व्याख्या गर्दछ। साथै, उहाँप्रति उहाँका विरोधीहरूको धारणा र गवाहीहरूलाई पनि उजागर गर्दछ। उहाँको उत्कृष्ट र असल चरित्रमाथि प्रकाश पार्दछ जसले उहाँलाई सम्पूर्ण मानवजतिका लागि एक आदर्श…
नबी ﷺ को नमाजको तरिका79 languagesनबी ﷺ को नमाजको तरिका
किताब 'नबी ﷺ को नमाजको तरिका' मा आदरणीय शैख अब्दुल अजीज बिन बाज (रहिमहुल्लाह) ले नबी ﷺ को नमाजको कैफियतलाई सही प्रमाणसहित, सरल शैली र सटीक विधिमा सारांश प्रस्तुत गर्नुभएको छ, ताकि यो मुस्लिमको लागि नमाजमा मार्गदर्शक बनोस्। उहाँले यसमा वुजूदेखि सलाम फेर्नेसम्म नमाजका आधार (अर्कान) हरू, सुन्नतहरू र गुणहरूलाई प्रमाण र व्याख्यासहित वर्णन गर्नुभएको छ । सबैभन्दा महान् इबादतमा नबी ﷺ को पूर्ण अनुकरण गर्न आह्वान गर्नुभएको छ।
बिहान र बेलुका पढिने दुआ (स्तुति ) हरू57 languagesबिहान र बेलुका पढिने दुआ (स्तुति ) हरू
अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु । (अल्लाह– उनीबाहेक कोही उपास्य छैन जीवन्त एवम् समस्त सृष्टिलाई धारण गर्ने प्रभु हुनुहुन्छ। उनलाई न उंघ लाग्छ न निद्रा नै । आकाशमण्डल र पृथ्वीकामा रहेका सम्पूर्ण वस्तुहरू उनैका हुन् । को छ जसले उनीकहाँ उनको अनुमति बिना सिफारिश गर्न सकोस् ? उनीलाई जे जति तिनीहरूका अगाडि हुनेछ छ र जे जति तिनीहरूभन्दा अघि भइसकेको छ, सबै कुरा थाहा छ। र, तिनीहरूले अल्लाहको ज्ञानको कुनै पनि अंश अल्लाहले नचाहेसम्म प्राप्त गर्न सक्दैनन् । उनको प्रभुत्व आकाशहरू तथा पृथ्वी सबैमाथि छ । र तिनीहरूको संरक्षणले उनलाई थकित तुल्याउँदैन र उनी उच्च तथा महान् छन् ।) (आयत…
सही अकीदा (सिद्धान्त) र त्यसका विपरीत धारणाहरू48 languagesसही अकीदा (सिद्धान्त) र त्यसका विपरीत धारणाहरू
लेखः अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु । प्रस्तावना सम्पूर्ण किसिमका प्रशंसा एवं महिमागानहरू अल्लाहकै लागि हुन् । दरूद र सलाम (दया एवं शान्ति) अवतरित होस् अल्लाहको अन्तिम सन्देष्टा, सम्पूर्ण दूतहरूका समापक मुहम्मद (सल्लल्लाहु अलैहे वसल्लम) माथि, र उहाँका समस्त घरपरिवार तथा सहाबा (साथी) हरूमाथि ।