हजको विधि सम्बन्धी संक्षिप्त विवरण
समस्त प्रशंसा महान् अल्लाहका लागि हो, जो सम्पूर्ण सृष्टिका पालनकर्ता हुनुहुन्छ। शान्ति, कृपा र आशिष् होस् हाम्रो नबी हज़रत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम), उहाँका पवित्र सन्तानहरू तथा उहाँका सम्पूर्ण सहाबाहरू (रजियल्लाहु अन्हुम) माथि। तत्पश्चात्: यो हजको विधि सम्बन्धी संक्षिप्त पुस्तिका हो, जसमा हामीले हज यात्रा गर्ने व्यक्तिहरूलाई आवश्यक पर्ने धेरै कुराहरू स्पष्ट पार्ने प्रयास गरेका छौं। र हामी अल्लाहसँग प्रार्थना गर्दछौं कि उहाँले यो कार्य उहाँको प्रसन्नता हामीलाई प्राप्त होस् साथै यसलाई स्वीकार गरून् र यो सम्पूर्ण मुसलमानहरूको लागि लाभदायक होस्। प्रस्तावना
हजको विधि सम्बन्धी संक्षिप्त विवरण समस्त प्रशंसा महान् अल्लाहका लागि हो, जो सम्पूर्ण सृष्टिका पालनकर्ता हुनुहुन्छ। शान्ति, कृपा र आशिष् होस् हाम्रो नबी हज़रत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम), उहाँका पवित्र सन्तानहरू तथा उहाँका सम्पूर्ण सहाबाहरू (रजियल्लाहु अन्हुम) माथि।
तत्पश्चात्:
यो हजको विधि सम्बन्धी संक्षिप्त पुस्तिका हो, जसमा हामीले हज यात्रा गर्ने व्यक्तिहरूलाई आवश्यक पर्ने धेरै कुराहरू स्पष्ट पार्ने प्रयास गरेका छौं।
र हामी अल्लाहसँग प्रार्थना गर्दछौं कि उहाँले यो कार्य उहाँको प्रसन्नता हामीलाई प्राप्त होस् साथै यसलाई स्वीकार गरून् र यो सम्पूर्ण मुसलमानहरूको लागि लाभदायक होस्।
बहुभाषिक इस्लामी सामग्री सेवा संस्थाको प्राज्ञ परिषद
प्रस्तावना
पहिलो: उपासना (इबादत) स्वीकार्य हुने सर्तहरू:
अल्लाहले दुई शर्तहरू पूरा भएको उपासनालाई मात्र स्वीकार गर्नुहुन्छ:
(१) इख्लास (निष्ठता) भन्नाले कुनै पनी कार्यलाई केवल अल्लाहको प्रसन्नता प्राप्त गर्न र परलोक (आखिरत) मा सफलता हासिल गर्ने उद्देश्यले गर्नु हो। महान् अल्लाहले भन्नुभएको छ: " र उनीहरूलाई विशुद्ध भएर मात्र अल्लाहको लागि उपासना गर्ने आदेश दिइएको छ ।[1]" [सूरह अल्-बय्यिना : ५] [1] अर्थात्, उनीहरू पूर्ण रूपमा अल्लाह तर्फ उन्मुख भई उहाँको उपासना (इबादत) गर्ने छन् र अन्य सबै चीजहरूबाट विमुख रहने छन्। (तफ्सिर अस् सअदी, पृष्ठ ५३८)
र नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ: "निश्चय नै कर्महरू मनसाय (इरादा) अनुसार हुन्छन्, र प्रत्येक व्यक्तिले आफूले गरेको मनसाय अनुसार प्रतिफल पाउनेछ।" (२) यो हदीसलाई बुखारीले संख्या (१) र मुस्लिमले संख्या (१९०७) मा उल्लेख गरेका छन्।
(२) उपासना कार्यमा नबी (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर्नु आवश्यक छ, चाहे त्यो वचनमा होस् वा कर्ममा। नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ: "जसले हाम्रो धर्म मा कुनै नयाँ कुरा थप्छ, जुन धर्ममा छैन, त्यो अस्वीकार्य हुन्छ।" (बुखारी: २६९७, मुस्लिम: १७१८) र मुस्लिमको अर्को हदिसमा (१७१८) यसरी भनिएको छ: "जस कसैले कुनै यस्तो कार्य गर्छ, जुन हाम्रो आदेशअनुसार छैन, त्यो अस्वीकार्य हुन्छ।" (३) यो हदीसलाई बुखारीले संख्या (२६९७) र मुस्लिमले संख्या (१७१८) मा उल्लेख गरेका छन्। (४) यो हदीसलाई मुस्लिमले संख्या (१७१८) मा उल्लेख गरेका छन्।
***
पहिलो: मीक़ात सम्बन्धी नियमहरू।
मीकात: मीकात भनेको ती स्थानहरू हुन्, जुन नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले हज वा उम्रा गर्न चाहने व्यक्तिहरूका लागि एहराम बाँध्ने स्थलका रूपमा तोक्नुभएको छ।
र जुन व्यक्तिहरू हज वा उम्रा गर्ने मनसाय राख्दछन र ती निश्चित स्थानहरू मध्ये कुनै एकबाट गुज्रन्छन् , उनीहरूले अनिवार्य रूपमा त्यहीँबाट एहराम बाँध्नुपर्ने हुन्छ। उनीहरूलाई एहराम धारण नगरी ती स्थानहरू पार गर्ने अनुमति छैन।
जो व्यक्तिहरु मीकातहरू र मक्का बीचको क्षेत्रमा बसोबास गर्छन्, तिनका लागि उनीहरूको निवासस्थान नै मीकात हुनेछ। त्यसैले, उनीहरूले हज वा उम्रा गर्न आफ्नै स्थानबाट एहराम बाँध्नुपर्ने हुन्छ।
र मक्कावासीहरू वा मक्कामा बसोबास गर्ने व्यक्तिहरूले हजका लागि मक्काबाटै एहराम बाँध्नुपर्छ। तर उम्रा गर्नका लागि, उनीहरूले "हिल्ल" (हरम क्षेत्रबाहिरको स्थान) मा गएर एहराम बाँध्नुपर्छ, जस्तै तनईम आदिबाट।
र जो व्यक्ति विमानमार्फत यात्रा गर्दै छ, उसले मीकातको स्तरमा पुग्दा एहराम बाँध्नुपर्छ। त्यसैले, मीकात नजिक पुग्नुअघि नै तयारी गरी एहरामको पोशाक लगाउनुपर्छ। मीकातको स्तरमा पुग्ने बित्तिकै तुरुन्तै एहरामको नियत गर्नु आवश्यक हुन्छ। विमानस्थलमा ओर्लिएपछि मात्र एहराम धारण गर्नु सही होइन। सावधानीका लागि, मीकात नजिक पुग्नुअघि नै एहरामको नियत गरी तलबिया (लब्बैक) पढ्न सुरु गर्न सकिन्छ, किनकि विमानको तीव्र गतिका कारण नियत गर्न स्थान छुट्न सक्ने सम्भावना रहन्छ।
दोस्रो: हजका प्रकारहरू र तिनका नियमहरू:
हज तीन प्रकारको छ: तमत्तो, इफ़राद र क़िरान।
१. तमत्तो: यदि व्यक्तिले हदी (कुर्बानीको जनावर) ल्याएको छैन भने, तमत्तो विधि सबैभन्दा उत्तम मानिन्छ। यस विधिअनुसार, हजका महिनाहरू (शव्वाल, जिल्-क़ादा, र जिल्-हिज्जा) मा उम्रा गर्न इहराम बाँधिन्छ। उम्रा पूरा गरेपछि तवाफ र सई सम्पन्न गरी एहराम खोलिन्छ, जसपछि व्यक्ति सामान्य अवस्थामा फर्कन्छ। त्यसपछि, सोही वर्षको हजका लागि पुनः एहराम बाँधेर हज सम्पन्न गरिन्छ।
२. इफ़राद: यस विधिमा व्यक्तिले केवल हजको लागि एहराम बाँध्छ। यसअनुसार, मक्का पुगेपछि "क़ुदूम तवाफ" (स्वागत तवाफ) गर्नु पुण्यदायी मानिन्छ। त्यसपछि, उसले हजका लागि सई गर्नुपर्छ। सई गरेपछि, न त कपाल मुण्डन गर्न पाइन्छ, न छोटो पार्न मिल्छ, र एहराम नफुकालीकन बस्नुपर्छ। जिल्-हिज्जाको १० तारिख (ईदको दिन) जमराह अक़बा (ठूलो शैतान) मा साना ढुङ्गा हानेपछि मात्र एहराम फुकाल्न मिल्छ। यदि कसैले हजको सई तवाफुल इफ़ाज़ा (मुख्य तवाफ) पछि गर्न चाहेमा पनि ठीकै हुन्छ।
३. क़िरान: यस विधिमा उम्रा र हज दुवैका लागि एउटै एहराम बाँधिन्छ, र यसरी नियत गरिन्छ: "लब्बैक अल्लाहुम्म उमरतन व हज्जन" (हे अल्लाह! म उम्रा र हजको लागि उपस्थित छु।)
क़िरान गर्ने व्यक्तिको कार्यहरू इफ़राद गर्ने व्यक्ति जस्तै हुन्छन्। तर, क़िरान गर्ने व्यक्तिमाथि हदी (कुर्बानी) अनिवार्य हुन्छ, जबकि इफ़राद गर्ने व्यक्तिमाथि हदी अनिवार्य हुँदैन।
तेस्रो: एहरामको विधि र यसका नियमहरू:
एहराम बाँध्न चाहने व्यक्तिले निम्न कार्यहरू गर्नुपर्ने हुन्छ:
१. स्नान (गुस्ल) गर्नु: पुरुष र महिला दुवैका लागि स्नान गर्नु निश्चित गरिएको सुन्नत हो। महिनावारी वा सुत्केरी भएकी महिलाले पनि स्नान गर्नुपर्छ।
२. सुगन्ध (इत्र) लगाउने: पुरुषले एहराम बाँध्नुअघि आफ्नो टाउको र दाह्रीमा उत्तम सुगन्ध, जस्तै चन्दन, धुनी आदि लगाउन सक्छ। एहराम बाँधिसकेपछि यदि त्यसको बास्ना बाँकी रह्यो भने, त्यसमा कुनै आपत्ति हुँदैन। तर, महिलाले सुगन्धित वस्तु प्रयोग गर्नुहुँदैन, ताकि उनका हाडनाताका आफन्त वा श्रीमान् नभएका परपुरुषहरूले त्यसको गन्ध महसुस गर्न नसकून्।
३. एहरामका वस्त्रहरू लगाउने: पुरुषले धोती (तल्लो वस्त्र) र रिदा/चादर (माथिल्लो वस्त्र) लगाउँछ। सुन्नत अनुसार, यी वस्त्रहरू सेता, सफा, र नयाँ हुनुपर्छ। महिलाले श्रृंगार नगरी, शरीरका भागहरू नदेखिने गरी आफूले चाहेको लुगा लगाउन सक्छिन्। तर, नक़ाब (मुख छोप्ने विशेष कपडा) र दस्ताना (हात ढाक्ने कपडा) लगाउन पाइँदैन। तैपनि उनीहरूले अन्य कुनै कपडाले अनुहार र हात छोप्न सक्छन्।
एहराम कुनै पनि अनिवार्य वा सुन्नत नमाज पछि बाँध्न सकिन्छ, तर यो अनिवार्य छैन।
एहराम लगाएर नियत गर्दै यसरी भनिन्छ "लब्बैक अल्लाहुम्म उमरतन" (यदि उम्रा गर्न लागेको हो भने)। "लब्बैक अल्लाहुम्म हज्जन" (यदि हज मात्र गर्न लागेको छ भने)। "लब्बैक अल्लाहुम्म उमरतन वा हज्जन" (यदि उम्रा र हज दुबै एकैसाथ [क़िरान] गर्न लागेको हो भने )।
यदि कसैलाई डर छ कि कुनै कारणले उसले आफ्नो अनुष्ठान वा हजको विधि पूरा गर्न सक्दैन, भने उसले एहराम बाँध्दा यस्तो भन्न सक्छ: "(इन हबसनी हाबिस फमहिल्ली हैसु हबस्तनी)" अर्थात्: "यदि मलाई कुनै कारणले रोकिनुपर्यो भने, म जहाँ रोकिएँ, त्यहीँ मेरो एहराम खोल्ने स्थान हुनेछ।" यदि कसैले यो शर्त राखेर नियत गर्यो र कुनै अवरोधका कारण हज वा उम्रा पूरा गर्न सकेन भने, उसले एहराम खोल्न सक्छ, र बदलामा कुनै अन्य कार्य गर्नुपर्ने हुँदैन।
एहराम धारण गरेपश्चात् व्यक्तिले बारम्बार "तल्बिया" उच्चारण गर्नुपर्दछ। "तल्बिया" भन्नाले "लब्बैक अल्लाहुम्म लब्बैक, लब्बैक लाशरीक लक लब्बैक, इन्नलहम्द वन्ऩिमत लक वल्मुल्क लाशरीक लक" भन्ने बुझिन्छ। पुरुषहरूले यसलाई उच्च स्वरमा उच्चारण गर्नुपर्दछ, र महिलाहरूले पनि उच्चारण गर्नुपर्दछ, तर अपरिचित पुरुषहरूको उपस्थितिमा होइन। एहराम धारण गरेपछि हज वा उम्रा गर्न जाने व्यक्तिले "तल्बिया" निरन्तर रूपमा उच्चारण गरिरहनुपर्दछ, विशेष गरी स्थान वा समय परिवर्तन हुँदा, जस्तै उकालो चढ्दा, ओरालो झर्दा, अथवा रात वा दिनको सुरुवात हुँदा। "लब्बैक" भन्नुको अर्थ हो - “हे मेरो पालनहार! म बारम्बार तपाईँको आह्वानको उत्तर दिइरहेछु।” यसको भाव यो हो कि मानिसले अल्लाहलाई जवाफ दिएको छ, र अब उ अल्लाहको आज्ञापालनमा स्थायी/अडिग छ। "इन्नल-हम्द वन-निअमत लक वल-मुल्क" (सम्पूर्ण प्रशंसा, कृपा र राज्य तपाईंको लागि नै हो) भन्नुको अर्थ यस प्रकार छ: "अल-हम्द" (सम्पूर्ण प्रशंसा): यो प्रेम र आदरका साथ पूर्ण गुणहरू सहित प्रशंसा गर्नु हो। यसलाई दोहोर्याउँदा यो प्रशंसाको भावलाई अझ बलियो बनाउँछ। "अन-निअमत" (कृपा): यो अल्लाह द्वारा आफ्ना सेवकहरूमाथि गरिएको कृपा हो, जसले उनीहरूलाई आवश्यक वस्तुहरू प्रदान गर्दछ र अवाञ्छित कुराहरूबाट सुरक्षित राख्दछ। "अल-मुल्क" (राज्य): अर्थात्, सार्व संसारको मालिक तपाईं मात्र हुनुहुन्छ, अल्लाह नै एकमात्र सत्य मालिक हुनुहुन्छ। "ला शरीका लक" (तपाईंको कुनै साझेदार छैन): यसको अर्थ हो कि तपाईँका साथमा कुनै साझेदार छैन। तपाईँका पूर्ण गुणहरूमा, एकमात्र मालिक, सृष्टिकर्ता, सञ्चालन गर्ने र पूज्य हुने अधिकारमा कुनै पनि व्यक्ति वा वस्तुको सहभागी छैन। स्रोत: इब्ने उसैमीनको "फतावा व रसाइल" को संक्षिप्त सारांश (२२/९६)
तलबिया उम्रा गर्दा एहरामदेखि तवाफ सुरु नहुन्जेलसम्म पढ्न निर्देशित छ, र हज गर्दा एहरामदेखि ईदको दिन जमरा अकबामा रमी गरेसम्म निर्देशित छ।
एहराममा रहेको व्यक्तिले एहराममा गरिने कार्यहरु समाप्त नभएसम्म निषेधित कार्यहरु गर्न बाट सावधान हुनु र बच्नु अनिवार्य छ।
चौथो: एहरामको अवस्थामा निषेधित कार्यहरू।
एहरामको अवस्थामा निम्नलिखित कार्यहरू गर्न मनाही छ:
१. शरीरको जुनसुकै भागको कपाल खौरनु / मुण्डन गर्नु, काट्नु, वा उखेलेर हटाउनु।
२. हात वा खुट्टाका सबै वा केही नङहरू काट्नु।
३. शिर ढाक्नु, टाउको छुन आउने वस्तु लगाउनु, जस्तै: टोपी, गुत्रा, पगडी, वा टाउकोमा कपडा राख्नु, रूमाल, ब्ल्याङ्केट, कार्टुन, वा अन्य कुनै चीज जसको उद्देश्य टाउको छोप्नु हो। यो नियम पुरुषहरूका लागि मात्र लागू हुन्छ, महिलाहरूका लागि होइन।
४. शरीरको आकार अनुसार बनाइएका सामान्य लुगाहरू लगाउनु, जस्तै: सिलाइएको जुब्बा (पोशाक), पाइन्ट, कमीज, मोजा, पन्जा। यी सबै पुरुषहरूका लागि मात्र निषेधित छन्। महिलाहरूको लागि निषेधित लुगाहरू निम्न अनुसार छन् :
अनुहार छोप्न लाई नकाब, बुर्का वा अन्य अनुहार ढाक्ने वस्तु। तर परपुरुषको सामुन्ने सामान्य ढाक्ने वस्तु (त्यो वस्तुले अनुहार छोए तापनि) लगाउनु अनिवार्य छ। अनुहारमा पर्दा नछोइयोस् भनेर टाउकोमा पट्टी बाँध्नु या यस्तै उपाय गर्नुको कुनै प्रमाण छैन, त्यसैले त्यसो गर्नु निर्देशित छैन।
महिलाको लागि पन्जा लगाउनु पनि निषेधित गरिएको छ। तैपनि, परपुरुषहरूको सामुमा हात छोप्नुपर्छ, जुन आफ्नो चादर वा अबाया भित्र राखेर गर्न सकिन्छ।
५. शरीरमा वा एहरामको लुगामा अत्तर अथवा कुनै प्रकारको सुगन्ध लगाउनु।
६. थलचर /स्थलीय जनावरहरूलाई मार्नु वा शिकार गर्नु, चाहे जनावर मरोस् वा नमरोस्।
७. आफ्नै लागि होस् वा अरूको लागि विवाहको प्रस्ताव राख्नु।
८. विवाह गर्नु।
९. गुप्ताङ्गभन्दा बाहेक प्रत्यक्ष संसर्ग; जस्तै चुम्बन गर्नु र वासनासहित स्पर्श गर्नु।
१०. सम्भोग गर्नु (योनीमा संसर्ग गर्नु)।
***
पाँचौं: तवाफ (परिक्रमा) को विधि
एहराम धारण गरेका व्यक्तिले मस्जिद अल-हराममा प्रवेश गर्दा, दाहिने खुट्टाले मस्जिदभित्र प्रवेश सुन्नत हो, र प्रवेश गर्दा यो दुआ गर्नु उत्तम हुन्छ: "अल्लाहुम्मफ्तह ली अब्वाब रहमतिक" "اللهم افتح لي أبواب رحمتك" (हे अल्लाह! मेरो लागि तपाईंको दयाको द्वार खोलिदिनुहोस्।) यो दुआ कुनै पनि मस्जिदमा प्रवेश गर्दा पढ्न सकिन्छ, यो मात्र मस्जिद अल-हरामका लागि विशेष छैन।
२. तवाफ सुरु गर्नु अघि "इजतिबा" गर्नु: "इजतिबा" भन्नाले एहरामको चादर यस तरिकाले लगाइन्छ कि चादरको बीच भाग दाहिने काँधमुनि राखिन्छ, र दुबै किनारा देब्रे काँधमाथि हालिन्छ। तवाफ सकिएपछि एहरामको चादर फेरि सामान्य तरिकाले ओढिन्छ, किनकि यो तरिका तवाफको समयको लागि मात्र हो।
३. हजर अल-अस्वद को अगाडि पुगेर— यदि सम्भव भए दाहिने हातले छुनु र चुम्नु, यदि चुम्न सम्भव नभएमा हातले छोएर हात चुम्नु, त्यो पनि सम्भव नभएमा कुनै वस्तु (लट्ठी आदि) ले छोएर त्यसलाई चुम्नु, यदि त्यो पनि सम्भव नभएमा हातले इशारा गर्नु, तर हातलाई नचुम्नु। भीडबाट टाढा रहनु उत्तम हो, भीडभाड गरेर आफू वा अरूलाई कष्ट दिनु उचित हुँदैन।
हजर अल-असवदलाई छोएर वा इसारा गर्दै "अल्लाहु अक्बर" «الله أكبر» (अल्लाह सबैभन्दा महान हुनुहुन्छ) भन्नु पर्दछ।
४. त्यसपछि काबालाई आफ्नो देब्रेपट्टि राख्दै दाहिनेतर्फबाट तवाफ सुरु गर्नु पर्दछ, र काबाको यमनी कुनामा (الركن اليماني) पुग्दा, त्यसलाई हातले छुनुपर्दछ, तर चुम्नु हुँदैन, यदि छुन असम्भव भएमा इसारा पनि गर्नु हुँदैन।
यमानी कुनादेखि हजर अल-असवद बीचको भागमा यो दुआ पढिन्छ: (रब्बना आतिना फिद्दुन्या हसनतन् व फिल आखिरति हसनतन् व क़िना अज़ाबन्नार) «رَبَّنَا آتِنَا فِي الدُّنْيَا حَسَنَةً وَفِي الآخِرَةِ حَسَنَةً وَقِنَا عَذَابَ النَّارِ» (“हे हाम्रा पालनकर्ता! हामीलाई यस संसारमा पनि कल्याण प्रदान गर्नुहोस्, परलोकमा पनि कल्याण प्रदान गर्नुहोस्, र हामीलाई नरकको यातनाबाट बचाउनुहोस्।”)
प्रत्येक पटक हजर अल-अस्वद सम्म पुग्दा, इसारा गर्दै "अल्लाहु अक्बर" “الله أكبر” भन्नुपर्दछ।
बाँकी तवाफको क्रममा, व्यक्तिले चाहेको ज़िक्र (अल्लाहको स्मरण), दुआ, वा कुरानको पाठ गर्न सक्दछ।
५. पहिलो तीन चक्करमा ‘रमल’ गर्नु सुन्नत हो। रमल भन्नाले— छोटो र तीव्र गतिमा हिँड्नु हो। पछिल्ला चार चक्करमा सामान्य चालले हिँड्नुपर्छ।
तवाफपश्चात्: मकामे इब्राहिम तिर अगाडि बढ्नु र यो आयत पढ्नु: {....وَاتَّخِذُوا مِنْ مَقَامِ إِبْرَاهِيمَ مُصَلًّى....} {....र इब्राहिमको स्थानलाई नमाज स्थल बनाऊ....} [अल् बकरा: १२५] यसपछि त्यसका पछाडि सम्भव भए दुई रकअत नमाज पढ्नु, नभए मस्जिदमा जहाँ पढे पनि हुन्छ, उक्त नमाजमा पहिलो रकअतमा सूरह फातिहा पछि यो पढ्नु: {قُلۡ يَٰٓأَيُّهَا ٱلۡكَٰفِرُونَ} {कुल् या अय्युहल काफिरून} [काफिरून् :१] दोस्रो रकअतमा सूरह फातिहा पछि यो पढ्नु : {قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ} {कुल् हुवाल्लाहु अहद} [अल् इख्लास्: १]
छैठौं: सईको तरिका:
तवाफ र त्यसका दुई रकअत (नफल नमाज) पूरा गरीसके पछि, मस्आ (सईको ठाउँ) तर्फ जानुपर्ने हुन्छ र सफा नजिक पुगेर यो पढ्नु: {إِنَّ الصَّفَا وَالْمَرْوَةَ مِنْ شَعَائِرِ اللَّه} {इन्नस्सफा वल्मर्वता मिन शआइरिल्लाह} (निस्सन्देह, सफा र मरवा अल्लाहका निशानीहरू मध्येका हुन्।) त्यसपछि भन्नु: "अब्दउ बिमा बदअल्लाहु बिहि" (म अल्लाहले शुरू गर्नुभएको कुराबाट शुरू गर्छु)। [६] [६] यो हदीसलाई मुस्लिमले संख्या (१२१८) मा उल्लेख गरेका छन्।
त्यसपछि उम्रा गर्ने व्यक्तिले सफा पहाड माथि चढ्नुपर्छ र काबातिर हेरेर वा काबाको दिशा तर्फ फर्किएर तौहीद (एकेश्वरवाद) को घोषणा गर्दै र "अल्लाहु अकबर" भन्दै यसरी भन्नु पर्ने हुन्छ: "ला इलाहा इल्लल्लाहु वह्दहू ला शरीक लहू, लहुल मुल्कु व लहुल हम्दु, व हुवा अला कुल्लि शय्यिन क़दीर्, ला इलाहा इल्लल्लाहु वह्दहू, अन्जज़ह वअदहू, व नसर अबदहू, व हज़मल अह्ज़ाब वह्दहू।" (अर्थात्: अल्लाह बाहेक कुनै सच्चा पूज्य छैन, उहाँ एक्लै हुनुहुन्छ, उहाँको कुनै साझेदार छैन, सम्पूर्ण राज्य उहाँकै हो र सम्पूर्ण प्रशंसा उहाँकै लागि हो, उहाँ सबै कुरामा सक्षम हुनुहुन्छ, अल्लाह बाहेक कुनै सच्चा पूज्य छैन, उहाँ एक्लै हुनुहुन्छ, उहाँले आफ्नो वाचा पूरा गर्नुभयो, आफ्नो भक्तलाई सहयोग गर्नुभयो र एक्लैले सबै शत्रुहरूलाई पराजित गर्नुभयो।) यस बीचमा उसले दुआ गर्छ, यसरी नै तीन पटक दोहोर्याउँछ। (७) (७) यो हदीसलाई मुस्लिमले संख्या (१२१८) मा उल्लेख गरेका छन्।
त्यसपछि सफाबाट मरवा तर्फ हिँडेर जानुपर्ने हुन्छ र हरियो संकेतमा पुग्दा दौडिनु पर्छ, र दोस्रो हरियो संकेतमा पुग्दा फेरि सामान्य रूपमा हिँड्नु पर्छ। महिलाका लागि दौडिनु वैध छैन।
मरवा पहाड पुग्दा, उसले सफामा गरेको जस्तै गर्नु पर्ने हुन्छ (अनुच्छेद नम्बर २)।
त्यसपछि फेरि मरवा बाट सफा तर्फ फर्किनु पर्ने हुन्छ, र यही प्रक्रिया दोहोर्याउन पर्दछ, र हरियो संकेत मा पुग्दा उसले दौडिनु पर्छ, र दोस्रो हरियो संकेतमा पुग्दा फेरि सामान्य रूपमा हिँड्नु पर्छ।
यसरी सात चक्कर पूरा गरिन्छ, सफाबाट मरवा जानु एक चक्कर र मरवाबाट सफा फर्कनु अर्को चक्कर मानिन्छ।
सई गर्ने क्रममा आफूलाई मन लागेको जिक्र (अल्लाहको स्मरण), दुआ (प्रार्थना) र कुरआनको पाठ गर्न सकिन्छ।
सातौं: हल्क (कपाल खौरनु) र तकसीर (कपाल छोट्याउने) को तरिका
जब उम्रा गर्ने व्यक्तिले आफ्नो तवाफ र सई सम्पन्न गर्छ, तब यदि ऊ पुरुष हो भने आफ्नो टाउको खौरनु वा कपाल छोटो पार्नु अनिवार्य हुन्छ। सुन्नत अनुसार हलक वा तकसीर सम्पूर्ण टाउकोमा गर्नुपर्दछ।
हलक तकसीरभन्दा उत्तम मानिन्छ, तर यदि हजको समय नजिक छ र टाउकोको कपाल उम्रन पर्याप्त समय नहुने अवस्था छ भने तकसीर गर्नु राम्रो हुन्छ।
महिलाको लागि कपालको छेउ-छेउबाट एक औंलाको टुप्पो बराबरको केस मात्र काट्नु पर्याप्त हुन्छ।
तर हजको एहराम बाँधेको व्यक्ति (चाहे मुफ्रिद होस् वा कारिन) ले ईदको दिन जमरात-उल-अकबाहमा ढुङ्गा हानेपछि मात्र कपाल खौरन वा छोट्याउन सक्छ।
यससँगै उम्रा गर्ने व्यक्तिको उम्रा समाप्त हुन्छ, र हज गर्ने "मुतमत्ते" व्यक्ति (उम्रा र हज छुट्टै गर्ने) ले पनि आफ्नो उम्रा को विधि सम्पन्न गर्दछ।
हज गर्ने तरिका
पहिलो: हजको लागि एहराम:
हज गर्न इच्छुक व्यक्तिको लागि सुन्नत यो हो कि उसले जुल-हिज्जाको आठौं दिन (यौम अत-तरविया) को बिहान एहराम बाधोस्। यदि ऊ मक्कामा छ वा मीकातभन्दा भित्र छ भने उसले आफूले हज गर्न चाहेको स्थानबाटै एहराम बाँध्नु पर्ने हुन्छ। अन्यथा, ऊ जुन मीकातबाट गुज्रन्छ, त्यहीँबाट एहराम बाँध्नुपर्दछ।
हजको एहराम बाँध्दा उम्राको एहराम जस्तै प्रक्रिया अपनाउनुपर्दछ: जस्तै स्नान गर्ने, सुगन्ध प्रयोग गर्ने र नमाज पढ्ने, तत्पश्चात्, उसले हजको नियत गर्दछ र तल्बिया उच्चारण गर्दछ, हजमा तल्बिया उच्चारण गर्ने तरिका उम्राको तल्बिया जस्तै हुन्छ, तर यसमा "लब्बैक उम्म्रतन" को सट्टा "लब्बैक हज्जन" (म हजको लागि उपस्थित छु) भनिन्छ।
यदि हज सम्पन्न गर्नमा कुनै अवरोध आउने डर छ भने, एहराम बाँध्दा शर्त राख्नु वैध छ, त्यस्तो अवस्थामा नियत गरे पछि यो भनिन्छ : "...व इन हबसनी हाबिसुन फमहल्ली हय्सु हबस्तनी" (र यदि कुनै अवरोधले मलाई रोक्यो भने मेरो एहराम खोल्ने स्थान त्यहीँ हुनेछ जहाँ म रोकिएको छु)। यदि उसले शर्त राखेको छ र साँच्चै कुनै अवरोध आइपरेर हज पूरा गर्न नसक्ने स्थिति उत्पन्न भयो भने, ऊ एहरामबाट बाहिरिन सक्छ र त्यसमा उसमाथि केही जरिवाना हुँदैन।
त्यसपछि उसले तल्बिया बारम्बार पढिरहनुपर्छ: (लब्बैक अल्लाहुम्म लब्बैक, लब्बैक ला शरीक लक लब्बैक, इन्नल्-हम्द वन्निअमत लक वल्-मुल्क, ला शरीक लक।) (हे अल्लाह! म उपस्थित छु, म उपस्थित छु, तपाईको कुनै साझेदार छैन, म उपस्थित छु, निश्चय नै प्रशंसा, अनुग्रह, राज्य र शासन तपाईकै लागि हुन्, तपाईको कुनै साझेदार छैन)। पुरुषहरूले यो ठूलो स्वरमा भन्नु पर्दछ, र महिलाहरूले पनि यसरी नै गर्नु पर्दछ, तर यदि उनीहरूको वरिपरि गैर-महरम पुरुषहरू छन् भने ठूलो स्वरमा भन्नु वर्जित छ। एहराम बाँध्ने व्यक्तिले विभिन्न अवस्था र समय परिवर्तन हुँदा, जस्तै उकालो चढ्दा, ओरालो झर्दा, रात वा दिनको सुरुवात हुँदा, तल्बिया धेरै पढ्नु उपयुक्त हुन्छ।
तल्बिया पढ्न एहराम बाँधेदेखि ईदको दिन जमरात-उल-अकबामा कङ्कर हान्न सुरु गर्नु अघिसम्म वैध छ।
एहराम बाँध्ने व्यक्तिले आफ्नो एहरामको कर्म समाप्त नगरेसम्म एहराममा निषेधित कार्यहरू (मह्जुरात) बाट जोगिनु पर्दछ।
***
दोस्रो: मिनामा रात बिताउनु:
त्यसपश्चात्, जुलहिज्जाको आठौं दिन (यौम अत-तरविया) मा मीनातर्फ प्रस्थान गर्नु सुन्नत हो। त्यहाँ हाजीले जुहर, असर, मगरिब, इशा र फजरको नमाज कसर (छोटो पारिएको रूपमा) गरि तर जमअ (एकै साथ) नगरी पढ्नु पर्ने हुन्छ। किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मीनामा नमाज कसर गर्नुहुन्थ्यो, तर जमअ गर्नुहुन्नथ्यो।
तेस्रो: अरफातमा ठहर्नु र मुज़्दलिफामा रात बिताउनु:
नवौं दिन अर्थात् यौमे अराफातको बिहान सूर्योदय भएपश्चात्, हाजीहरू मीनाबाट अरफाततर्फ प्रस्थान गर्दछन्। यदि सम्भव भएमा, उनीहरूले ज़वाल (मध्याह्न सुर्य पश्चिम तर्फ ढल्केपछि) सम्म नमिरामा बस्नु उचित हुन्छ, किनकि नमिरामा बस्नु सुन्नत हो; तर यदि बस्न सम्भव नभएमा त्यसमा कुनै आपत्ति छैन।
सूर्य मध्याह्नमा ढली सके पछि, जोहर र असरको नमाज दुई-दुई रकात गरी एकसाथ (जमअ तक्दिम) पढिन्छ, जसरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले गर्नुभयो।
तत्पश्चात् हाजीहरूले आफ्नो समय अल्लाहको जिक्र, दुआ र विनम्रतापूर्वक प्रार्थना गरी बस्नुपर्दछ। उनीहरूले आफूलाई मन लागेको कुनै पनि दुआ, प्रार्थना हात उठाएर, किब्लातर्फ फर्किएर माग्न सक्दछन्।
त्यो महान अवसरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रायः यस प्रकारको दुआ गर्नुहुन्थ्यो: "ला इलाहा इल्लल्लाहु वह्दहु ला शरीक लह, लहुल मुल्कु व लहुल हम्द, व हुव ‘अला कुल्ली शैइन क़दिर।" अर्थात् (अल्लाह बाहेक कुनै साँचो ईश्वर छैन, उहाँ एकमात्र हुनुहुन्छ, उहाँको कुनै साझेदार छैन, उहाँको लागि सम्पूर्ण राज्य र प्रशंसा छ, र उहाँ हरेक कुरामा सर्वशक्तिमान हुनुहुन्छ)।
यदि थकाइ महसुस भएमा, साथीहरूसँग लाभदायी वार्तालाप गर्न वा अल्लाहको कृपा र उहाँका वरदानहरूको चर्चा गरिएका उपयोगी ग्रन्थहरू अध्ययन गरेर केही समय विश्राम गर्न पनि राम्रो हो, जसले त्यस दिन अल्लाहको अनुग्रहप्रति आशाको भावनालाई सुदृढ बनाउँछ। तर पुनः उनीहरूले अल्लाहसगँ दुआ गर्न र विनम्रता पूर्वक प्रार्थना गर्ने कर्म तर्फ फर्कनु पर्ने हुन्छ। विशेष गरी दिनको अन्तिम भागमा प्रार्थना गर्ने विषयमा विशेष ध्यान दिनु पर्दछ, किनकि अराफातको दिनको दुआ सर्वोत्तम दुआ हो।
अरफातको दिन सूर्यास्त भइसकेपछि, हाजीहरू मुज्दलिफातर्फ प्रस्थान गर्दछन्।
मुज्दलिफा पुगेपछि, मग्रिबको नमाज तीन रकात र ईशाको नमाज दुई रकात गरी एकै साथ ( जमअ गरेर) पढिन्छ।
यदि आधी रातभन्दा पछि मात्र मुजदलिफा पुग्ने डर छ भने, मुजदलिफा पुग्नुअघि नै नमाज पढ्नु पर्दछ, र आधी रात पछाडि नमाज पढ्न ढिलो गर्न अनुमति छैन।
रात मुज्दलिफामै बिताइन्छ र जब फजरको समय स्पष्ट हुन्छ, तब हाजीहरूले अजान र इकामतसहित फजरको नमाज चाँडै पढ्नु पर्ने हुन्छ।
त्यसपछि हाजीहरू मशअरुल हराम तर्फ जान्छन् र त्यहाँ पुगेपछि अल्लाहको तौहीद (एकेश्वरवाद) को घोषणा गर्दै , तकबीर र दुआ गर्दै बस्नु पर्दछ। बिहानको उज्यालो पूर्ण रूपमा नफैलिएसम्म दुआ गरी बस्नु पर्ने हुन्छ। यदि मशअरुल हराममा जान असम्भव भएमा, जहाँ छन् त्यहीँ बसेर दुआ गर्न सकिन्छ, किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "म यहाँ ठहरिए, र सम्पूर्ण जमा (मुज्दलिफा) ठहर्ने ठाउँ हो।" र त्यहाँ पनि किबलातर्फ फर्केर हात उठाएर जिक्र र दुआ गरिन्छ। म यहाँ उभिएको छु, र ‘जमअ’ ( मुज़दालिफा) सारा क्षेत्र नै ठहरिने स्थान हो।” र यो ज़िक्र र दुआ गर्ने बेला किब्लातर्फ फर्किएको, हात उठाएको अवस्थामा हुनुपर्छ। (८) यो हदीसलाई अबु दाउदले संख्या (१९३६) मा उल्लेख गरेका छन्।
चौथो: ईदको दिनका कार्यहरू:
जब बिहान पूर्ण रूपमा उज्यालो हुन्छ, सूर्य उदाउनु अघि मुजदलिफाबाट मिनातर्फ प्रस्थान गरिन्छ र वादी मुहस्सर क्षेत्रमा केही तीव्र गतिमा अगाडि बढिन्छ।
मिना पुगेपछि जमरात-उल-अकबा, जो मक्कातर्फको अन्तिम जमरात हो, सातवटा ढुङ्गाले हानिन्छ। यी ढुङ्गाहरू एकपछि अर्को गरी क्रमिक रूपमा हानिन्छन्, प्रत्येक ढुङ्गा लगभग खजूरको गुठ्लीको जस्तै हुनुपर्छ, र प्रत्येक ढुङ्गा हान्दा "अल्लाहु अकबर" भनिन्छ।
त्यसपछि यदि सम्भव भएमा आफ्नो हदी (कुर्बानीको जनावर) वध गरिन्छ।
त्यसपछि यदि पुरुष हुनुहुन्छ भने टाउको खौरिन्छ अथवा कपाल छोटो पारिन्छ, र खौरिनु नै उत्तम मानिन्छ। तर महिलाको हकमा केवल कपालको (पछिल्लो छेउबाट औंलाको टुप्पो जतिको) छोटो पार्नु शरियतसम्मत हो।
जमरातमा ढुङ्गा हाने पश्चात् र कपाल खौरिएपछि पहिलो तहल्लुल (एहराम अवस्थाबाट पहिलो मुक्ति) प्राप्त हुन्छ, जसपछि हाजीहरूलाई महिलाहरूसँगको सम्बन्ध बाहेक (एहराम को कारणले वर्जित) अन्य सम्पूर्ण कुराहरू गर्न अनुमति हुन्छ ।
तत्पश्चात् मक्का प्रस्थान गरी "तवाफ इफाजा" (हजको अनिवार्य तवाफ) सम्पन्न गर्नुपर्ने हुन्छ। यदि हजयात्रीले तमत्तो (हज र उमराह गर्ने) गर्दै छ अथवा इफ्राद/किरान (अन्य प्रकार) गर्दै छ र "तवाफ कुदूम" पश्चात् सई गरेको छैन भने, अब सई गर्नुपर्ने हुन्छ। आवश्यकता अनुसार यी कार्यहरू राति वा भोलिपल्टसम्म पनि सम्पन्न गर्न सकिनेछ।
पाँचौँ: तश्रीकका (११औं, १२औं र १३औं) दिनहरूको कार्यविधि:
जमरातमा ढुङ्गा हानिसकेपछि, शिर मुण्डन गरिसकेपछि, "तवाफ" र "सई" सम्पन्न गरिसकेपछि, पूर्ण तहल्लुल (एहराम को कारणले वर्जित कार्यहरु गर्न पूर्णअनुमति ) प्राप्त हुन्छ, र सबै कार्यहरू, महिलाहरूसँगको सम्बन्धसमेत बनाउन अनुमति हुन्छ।
त्यसपछि हाजी मिनामा फर्कन्छ र एघारौँ, बाह्रौँ र यदि बेर सम्म वास गर्न चाहन्छ भने तेह्रौँ रात पनि त्यहीँ बसेर बिताउन पर्ने हुन्छ।
यी दिनहरूमा प्रत्येक दिन मध्याह्न सूर्य ढलेपछि तीनवटै जमरातहरूमा ढुङ्गा हानिन्छ ।
एघारौँ दिनमा, मक्काबाट सबैभन्दा टाढा र मस्जिद खैफको नजिक रहेको पहिलो जमरातमा सातवटा कङ्करहरू एकपछि अर्को गर्दै प्रहार गरिन्छ, र प्रत्येक ढुंगाले क्रमशः हानिन्छ, र प्रत्येक चोटी "अल्लाहु अकबर" भनिन्छ। तत्पश्चात् केही अगाडि बढेर लामो समयसम्म आफ्नो इच्छाअनुसारको दुआ गरिन्छ। यदि लामो समयसम्म उभिएर दुआ गर्न कठिन भएमा, सुन्नत पूरा गर्न थोरै समय भए पनि सहज हुने दुआ गरे हुन्छ।
त्यसपछि मध्य जमरातमा पनि त्यसैगरी ढुङ्गा हानिन्छ र दुआ गरिन्छ।
त्यसपछि जमरात-उल-अकबामा पनि त्यसैगरी ढुङ्गा हानिन्छ, तर दुआ नगरी फर्किनु पर्ने हुन्छ।
बाह्रौँ दिनमा पनि एघारौँ दिनमा जस्तै जमरातहरूमा ढुङ्गा हानिन्छ। यस दिन जमरातमा ढुङ्गा हान्ने कार्य सम्पन्न भएपछि, इच्छानुसार त्यस दिनै छिटै (तअज्जुल) मिनाबाट प्रस्थान गर्न सकिन्छ।
यदि हाजीले बस्ने निर्णय गर्छ भने, तेह्रौँ रात पनि मिनामा बिताएर तेह्रौँ दिन (१३ औं) फेरि तीनैवटा जमरातहरू सूर्य ढलेपछि ढुङ्गा हान्नु पर्ने हुन्छ (तअख्खुर) तेह्रौँ दिन सम्म बस्नु उत्तम मानिन्छ ।
तेह्रौँ दिन बस्न अनिवार्य छैन, तर यदि बाह्रौँ दिन सूर्य अस्त हुँदा हाजी अझै मिना मै छ (सूर्य अस्ताउन पहिले त्यहाँबाट निस्केको छैन) भने, उसलाई त्यहाँ बस्नु अनिवार्य हुन्छ, र तेह्रौँ दिन तीनै जमराहरू ढुङ्गा हान्नुपर्ने हुन्छ।
तर यदि बाह्रौँ दिन सूर्यास्तको समयमा कुनै व्यक्ति आफ्नै इच्छाविपरीत मिनामै रहन पुग्यो— जस्तै ऊ प्रस्थान गर्न पूर्णतः तयार भइसकेको थियो तर सवारीसाधनको भीड वा अन्य कुनै कारणले गर्दा निस्कन ढिलो भयो भने— त्यस अवस्थामा तेह्रौँ दिनसम्म मिनामा बस्नु उसमाथि अनिवार्य हुँदैन। किनभने ऊ आफ्नो इच्छाविपरीत सूर्यास्तसम्म मिनाबाट निस्कन असमर्थ रह्यो।
छैटौँ : तवाफुल विदा (विदाईको तवाफ)
जब कुनै व्यक्ति मक्काबाट आफ्नो देश फर्किन चाहन्छ, उसले काबाको बिदाइमा परिक्रमा (तवाफुल विदा) नगरी प्रस्थान गर्नु हुँदैन।
तर रजस्वला अवस्थामा रहेकी महिला वा सुत्केरी महिलालाई विदाईको तवाफ अनिवार्य छैन। साथै, उनीहरूले मस्जिदुल हरामको ढोकामा उभिएर विदाई गर्ने अभ्यास पनि उपयुक्त मानिँदैन, किनभने यस्तो कार्य गर्न रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छैन ।
विदाईको तवाफलाई यात्रा सुरु गर्नुअघि काबासँगको अन्तिम कार्य बनाउनुपर्दछ।
यदि विदाईको तवाफ गरिसकेपछि साथीहरूको प्रतीक्षा गर्न, सामानहरू लोड गर्न, वा यात्रा आवश्यक अन्य सामग्री खरिद गर्नका लागि केही समय मक्कामा रोकिनु परेमा, यसमा कुनै आपत्ति छैन, र तवाफ पुनः दोहोर्याउनु पर्दैन। तर यदि कसैले स्पष्ट रूपमा आफ्नो यात्रा पछि सार्ने नीयत गर्छ— जस्तै, प्रारम्भमा बिहान यात्रा गर्ने योजना बनाइ बिदाईको तवाफ गरिसकेको थियो, तर पछि साँझमा प्रस्थान गर्ने निर्णय गर्यो—, यस्तो अवस्थामा तवाफुल-विदा दोहोर्याउनुपर्दछ, ताकि काबासँगको अन्तिम कार्य तवाफुल-विदा नै ठहरियोस्।
र अल्लाहले हाम्रा नबि (सल्लल्लाहु अलैहि वसल्लम) माथि सदा कृपा बर्साउन।