عقيدة التوحيد
एकेश्वरवादको सिद्धान्त अादरणीय शैख सालेह बिन फाैजान बिन अब्दुल्लाह अाले फाैजान प्रस्तावना समस्त प्रशंसा अल्लाहकै लागि छ जुन समस्त संसारको प्रतिपालक हो, र दया प्रशान्ति अवतरित होस् उसको सत्यवान धरोहरी सन्देष्टा हाम्रो नबी मुहम्मद सल्लल्लाहो अलैहे वसल्लममाथि र उहाँको घर परिवार र समस्त साथीहरूमाथि... तत्पश्चातः त यो सिद्धान्तको ज्ञानबारे किताब हो, जसमा मैले सरल वाक्यहरूको साथै संक्षिप्त कुराहरूको रियायत गरेको छु जसलार्इ मैले हाम्रा प्रसिद्ध इमामहरूका विभिन्न किताबहरूबाट एकत्रित गरेको छु जसरी शैखुल इस्लाम इब्ने तैमियाको किताबबाट, र अल्लामा इब्नुल् कैयिमको किताबरूबाट र शैख मुहम्मद बिन अब्दुल वहाब…
These files are generated automatically from the book's text; their layout may differ from the printed edition.
एकेश्वरवादको सिद्धान्त
अादरणीय शैख सालेह बिन फाैजान बिन अब्दुल्लाह अाले फाैजान
प्रस्तावना
समस्त प्रशंसा अल्लाहकै लागि छ जुन समस्त संसारको प्रतिपालक हो, र दया प्रशान्ति अवतरित होस् उसको सत्यवान धरोहरी सन्देष्टा हाम्रो नबी मुहम्मद सल्लल्लाहो अलैहे वसल्लममाथि र उहाँको घर परिवार र समस्त साथीहरूमाथि... तत्पश्चातः
त यो सिद्धान्तको ज्ञानबारे किताब हो, जसमा मैले सरल वाक्यहरूको साथै संक्षिप्त कुराहरूको रियायत गरेको छु जसलार्इ मैले हाम्रा प्रसिद्ध इमामहरूका विभिन्न किताबहरूबाट एकत्रित गरेको छु जसरी शैखुल इस्लाम इब्ने तैमियाको किताबबाट, र अल्लामा इब्नुल् कैयिमको किताबरूबाट र शैख मुहम्मद बिन अब्दुल वहाब र उनका शिष्यहरूको किताबबाट जिनले यस कल्याणकारी अामन्त्रणलार्इ निरन्तरता दिए, र यस कुरामा कुनै सन्देह छैन कि इस्लामीय सिद्धान्तको ज्ञान त्यो मूल ज्ञान हो जसलार्इ प्राप्त गर्नु र त्यसको तालिम दिनुको साथ त्यसै बमोजिम कार्यरत हुनु अति अावश्यक छ ताकि हाम्रा कर्महरू अल्लाह निकट स्वीकार्य होस् र समस्त ब्रह्माण्डको लागि लाभदायक पनि होस्, र विशेषरूपले यस युगमा जसमा हामी वरिपरि विक्रितीय धारणा र दृष्टिकोणहरू फैलिएका छन् जसरी नास्तिकता, सूफियत, ब्रह्मचारिता, चिहानपूजा, मूर्तिपूजा, बिदअत अादिको हवा चलेको छ जुन नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धति विरूद्ध छ, त यी समस्त धरणाहरू अति गंभीर र घातक धारणाहरू छन् यदि मुसलमान मान्छे सही सिद्धान्तको शस्त्रद्वारा सश्स्त्र हुँदैन जुन सिद्धान्त कुराअन सुन्नत र यस उम्मतका सदाचारीहरूमाथि नै निर्भर होस् किनकि यदि यस्तो हुँदैन भने यो सम्भावना छ कि यी पथभ्रमित धारणाहरू त्यसलार्इ अाफ्नो चपेटमा लिइहाल्छन्, र यसैकारण यो अावश्यक छ कि सही सिद्धान्तको तालिम, जसलार्इ त्यसका मूल सन्दर्भिक किताबहरूबाट लिएको होस् मुसलमानका सन्तानहरूलार्इ दिइयोस् ।
र अल्लाहको दया प्रशान्ति अवतरित होस् हाम्रो नबी मुहम्मद सल्लल्लाहो अलैहे वसल्लममाथि र उहाँका घरपरिवार र समस्त साथीहरूमाथि ।
पहिलो खण्डः सिद्धान्तको अध्ययनको परिचय
र यो निम्न अध्यायहरूमाथि अाधारित छः
पहिलो अध्यायः सिद्धान्तको अर्थ, र त्यसको महत्वको वर्णन, यस सन्दर्भमा कि यो नै त्यो मूल अाधार हो जसमाथि धर्म अाधारित छ ।
दोस्रो अध्यायः सही सिद्धान्तका सन्दर्भहरू, र विगतका सदाचारीद्वारा यसलार्इ प्राप्त गर्ने तरिका ।
तेस्रो अध्यायः सिद्धान्तबाट विचलन, र त्यसबाट बाँच्ने तरिकाहरू ।
पहिलो अध्यायः सिद्धान्त र त्यसको महत्वको वर्णनबारे, यस सन्दर्भमा कि यो नै त्यो मूल अाधार हो जसमाथि धर्म अाधारित छ
सिद्धान्त् (अकीदा) को शाब्दिक अर्थ
यो अकद शब्दबाट प्रेरित छ जसको अर्थ हो कुनै वस्तुलार्इ बाँध्नु, र भनिन्छ किः एअतकदतु कजा अर्थात हृदय र अन्तरात्मामा यसलार्इ राखें सुदृढ गरें । र अकीदा त्यो हो जसमाथि मान्छे विश्वास गर्दछ धर्म मानेर, भनिन्छः त्यसको अकीदा (सिद्धान्त) राम्रो छ, अर्थातः शंका सन्देहबाट विरक्त छ, र सिद्धान्त हृदयको कार्यमध्येको हो अर्थात हृदयले कुनै कुरामा विश्वास गर्नु र त्यसलार्इ सत्य ठान्नु ।
र सिद्धान्तको वैधानिक अर्थ हो
अल्लाहमाथि अास्था राख्नु र त्यसका फरिश्ताहरू र त्यसका ग्रन्थहरू र त्यसका सन्देष्टाहरू र प्रलयको दिनमाथि र त्यसको भलार्इ र बुरार्इमाथि अास्था राख्नु, र यसलार्इ र्इमानका अाधारहरूको नामले नामाकरण गरिन्छ ।
र विधानका प्रमुख दुर्इ थरी छन्ः सैद्धान्तिक (धारणासित संलग्न) कुराहरू, र कार्यहेतु कुराहरूः
त सैद्धान्तिक कुराहरूः यी ती कुराहरू हुन् जुन कार्यसित संलग्न हुँदैनन्, जसरी अल्लाहको प्रतिपालक हुने सिद्धान्त र त्यसको पूजा गर्नु अनिवार्य हुने सिद्धान्त, र अन्य बाँकी र्इमानका अाधारहरूमा अास्था राख्नु जसलार्इ अहिले वर्णन गरेका छाैं, र यसलार्इ मूल मर्म र असलीयह (मूलप्रणाली) भनिन्छ ।
र कार्यसित संलग्न कुराहरूः यी ती कुराहरू हुन् जुन कार्यको कैफियतसित संलग्न छन् जसरी नमाज, जकात, व्रत र समस्त निर्देशनहरू जुन कार्यसित संलग्न हुन्छन् र यसलार्इ फरअीयह (उपप्रणाली) भनिन्छ, किनकि यसको सही गलत हुने कुरा मूलप्रणालीमा नै निर्भर हुन्छ ।
यसर्थ सही सिद्धान्त नै त्यो अाधार हो जसमाथि धर्म अाधारित हुन्छ र जसको साथ समस्त कर्म शुद्ध हुन्छन्, जसरी कि अल्लाहको फर्मान छः जसले अाफ्नो प्रतिपालकसित साक्षात्कारको अाशा राखेको होस् त्यसलार्इ चाहियो कि सुकर्म गरोस् र अाफ्नो प्रतिपालकको पूजामा कसैलार्इ सहभागी नबनाअोस् । (अल् कहफः ११०) ।
र अल्लाहको फर्मान छः र निश्चय नै तिमीमाथि र तिमीभन्दा विगतका सन्देष्टाहरूमाथि यो वह्य नै पठाइयो कि यदि तिमीले बहुदेववाद गर्याै भने तिम्रा समस्त कर्म व्यर्थ भइहाल्ने छन्, र तिमी अवश्य नै घाटामा पर्नेहरूमध्येका भइहाल्ने छाै । (अज्जुमरः ६५) ।
र अल्लाहको फर्मान छः यसर्थ अल्लाहको उपासना गर धर्मलार्इ त्यसैको निम्ति विशिष्ट गरेर सावधान धर्म (उपासना) त खास अल्लाहकै लागि हो । (अज्जुमरः २, ३) ।
त यी श्लोकहरू र यसबाहेक जुन श्लोकहरू यसै अर्थलार्इ बोध गरिरहेका छन् ती समस्तले यस कुरामा प्रमाणीकरण गरिरहेका छन् किः कार्य तबसम्म स्वीकृत हुँदैन जबसम्म बहुदेववादबाट स्वच्छ र पवित्र नहोउन्, र यसैकारण समस्त सन्देष्टाहरूको जोर यसै सिद्धान्तको शुद्धिकरण पहिलो प्राथमिकता थियो, त उनीहरूले अअाफ्ना समुदायहरूलार्इ सर्वप्रथम मात्र अल्लाहको पूजा गर्नुतिर अाह्वान गरे र त्यस परम पूज्य बाहेक समस्तको पूजालार्इ त्याग्ने अामन्त्रण दिए, जस्तो कि अल्लाहको फर्मान छः
हामीले प्रत्येक समुदायमा सन्देष्टा पठायाैं कि मानिसहरू मात्र अल्लाहकै पूजा गरून् र उस बाहेक अन्य पूज्यहरूलार्इ त्यागिहालुन् । (अन्नहलः ३६) ।
र प्रत्येक सन्देशबाहक सर्वप्रथम अअाफ्ना समुदायलार्इ सम्बोधित गर्दै भन्थ्योः
मात्र अल्लाहको उपासना गर त्यस बाहेक तिम्रो कुनै सत्य पूजनीय छैन । (अल् अअराफः ५९, ६५, ७३, ८५) । यसलार्इ हजरत नूह, हूद, सालेह, शुअैब र समस्त सन्देष्टाहरूले अअाफ्ना समुदायसित भनेका छन् ।
र नबी सल्लल्लाहो अलैहे वसल्लम दूतत्व मिले पश्चात १३ वर्षसम्म मक्कामा रहेर मात्र एकेश्वरवादतिर बोलाउँदै रहे र सैद्धान्तिक कुराहरूमा सुधार गर्दै रहे, किनकि यो नै त्यो अाधार हो जसमा धर्मलार्इ निर्माण गरिन्छ । र प्रत्येक युगमा सुधारवादी र अाह्वानकर्ताहरूले पनि नबीहरू र सन्देशवाहकहरूको पद्धतिमा नै निरन्तर रहे, यसर्थ उनीहरू पनि एकेश्वरवादको अामन्त्रणद्वारा र सिद्धान्तको शुद्धिकरणद्वारा नै अाफ्नो अाह्वानको अारम्भ गरे, अनि तत्पश्चात धर्मका अन्य निर्देशनतिर अाह्वान गरे ।
दोस्रो अध्यायः सही सिद्धान्तका सन्दर्भहरू, र विगतका सदाचारीहरूद्वारा यसलार्इ प्राप्त गर्ने तरिकाको वर्णनबारे
सिद्धान्त ताैकीफी हुन्छ अर्थात विधाताद्वारा प्रदान गरिएको प्रमाणद्वारा नै प्रमाणित हुन्छ, यसमा प्रयास र दृष्टिको कुनै काम छैन, र यसैकारण यसका सन्दर्भहरू किताब र सुन्नतमा नै सीमित छन्, किनकि अल्लाहको बारेमा र त्यसको हकमा के अनिवार्य छ र के कसरी त्यो पवित्र छ यी समस्त त्यसभन्दा अधिक कोही पनि जान्दैन, र अल्लाह पश्चात त्यसको बारेमा त्यसको सन्देष्टाभन्दा अधिक अन्य कोही जान्दैन, र यसैकारण हाम्रा सदाचारी पूर्वजहरूको तरिका र जुन मानिसहरूले उनीहरूको अनुशरण गरे उनै सबै सिद्धान्तलार्इ मात्र कुरअान र हदीसबाट मात्र प्राप्त गर्थे ।
यसर्थ अल्लाहको बारेमा जुन जुन कुरामा कुरअान र सुन्नतले प्रमाणीकरण गर्छ त्यसमाथि अास्था राख्दछन् र त्यही नै उनीहरूको सिद्धान्त हुन्छ र त्यसै बमाेजिम कार्यरत हुन्छन्, र जुन कुराहरूमाथि कुरअान र सुन्नत प्रमाणीकरण गर्दैन त्यसलार्इ मान्दैनन् बरू त्यसबाट अल्लाहलार्इ पवित्र ठान्दछन्, र यसैकारण सिद्धान्तको बारेमा उनीहरूबीच कुनै मतभेद देखिन्न, बरू उनीसबैको एउटै सिद्धान्त छ, र उनीहरू एउटै समूह थिए, किनकि अल्लाहले यो जिम्मा लिएको छ कि जस जसले कुरअान र सुन्नतलार्इ सुदृढताले समात्छ त्यो एकमत रहन्छ, र सैद्धान्तिक कुराहरूमा वास्तविकता एकमत रहनु नै हो, अल्लाहको फर्मान छः र सबैले अल्लाहको ढोरीलार्इ दृढतापूर्वक समातिराख्नु र विभाजित नहुनु । (अाले इम्रानः १०३) ।
र अल्लाहको फर्मान छः जहिले पनि मेरोतर्फबाट मार्गदर्शन जानेछ अनि जसले पनि मेरो मार्गदर्शनको अनुपालन गर्नेछ त्यो नत पथभ्रमित हुनेछ नत कष्ट भोग्नेछ । (ताहाः १२३) ।
र यसै कारणा उनीहरूलार्इ सफलताप्राप्त समूहद्वारा नामाकरण गरियो, किनकि नबी सल्लल्लाहो अलैहे वसल्लमले त्यसलार्इ सफलताप्राप्त समूह भनेका थिए जब यस कुरालार्इ वर्णन गरेका थिए कि उनका अनुयायीहरू कम्तिमा ७३ गुटमा विभाजित हुनेछन्, र सबै समूह नर्कमा जानेछ एक समूह बाहेक, र जब त्यस एक समूहको बारेमा उहाँसित प्रश्न गरिएको थियो त उहाँले भन्नु भएको थियोः त्यो समूह त्यही हुनेछ जुन त्यसै पद्धतिमा कार्यरत हुनेछ जसमाथि अाज म र मेरा साथीहरू कार्यरत छाैं । (यस हदीसलार्इ इमाम अहमदले वर्णन गरेका छन्) ।
त साँचिकै त्यसरी नै घटित भयो जसरी रसूल सल्लल्लाहो अलैहे वसल्लमले खबर दिनु भएको थियो, त जब केही मानिसहरूले अाफ्नो सिद्धान्तलार्इ किताब र सुन्नत बाहेकमा अाधारित गरे वाणी विज्ञान र फलसफाका नियमहरूमाथि जसलार्इ युनान (ग्रीस) का फलसफीहरू (दार्शनिकहरू) बाट प्राप्त गरेका थिए, त सैद्धान्तिक र अास्थाका कुराहरूमा व्यंग्ता विचलन र विभाजन उत्पन्न भयो जसको कारण कुराहरूमा विविधता र समूहमा असहमति उत्पन्न भयो जसको कारण इस्लामीय समाजको निर्माण भत्कन लाग्यो ।
तेस्रो अध्यायः सिद्धान्तबाट विचलन, र त्यसबाट बाँच्ने तरिकाहरूको वर्णनबारे
सही सिद्धान्तबाट मुख फर्काउनु पथभ्रष्टता र विनाश हो, किनकि सही र शुद्ध सिद्धान्त नै लाभदायक कर्मतिर उत्साहित गर्ने बलियो प्रेरणा हो, र व्यक्ति एकलै बिन सही सिद्धान्त शंका सन्देहको शिकार भइहाल्छ कदाचित यो त्यसमाथि अत्याधिक संख्यामा अाइपर्छ अनि त्यो त्यस व्यक्तिको दृष्टिबाट अानन्दमय जीवनलार्इ हेर्नुबाट वंचित गरिदन्छ यहाँसम्म कि त्यसमाथि जीवन संकुचित भइहाल्छ अनि त्यो यस संकुचनबाट छुट्कारा पाउने उद्देश्यल अाफ्नो जीवनको अन्त्य गरिहाल्छ चाहे अात्मा हत्याद्वारा यस्तो किन नगरोस्, जस्तो कि धेरै मानिसहरूबाट यो दर्शनीय भएको छ जिनले सही सिद्धान्तको मार्गदर्शनबाट वंचित भए । र जुन समाजमा सही सिद्धान्तको अधिपत्य हुँदैन त्यो समाज जनावरको समाज भइहाल्छ जुन अानन्दमय जीवनका समस्त साधनहरूलार्इ गुमाइहाल्छ, यद्यापि त्यो समाज अत्याधिक सुख साधनमा निर्भर होस्, जुन विनाशितर लैजान्छ, जसरी कि यसलार्इ नास्तिक समाजहरूमा हेर्न सकिन्छ, किनकि यी त भाैतिक साधन हुन् जसलार्इ दिशानिर्देशनको अावश्यकता हुन्छ ताकि त्यसका विशेषता र लाभहरूबाट लाभान्वित हुन्सकोस्, र सही सिद्धान्त बाहेक कोही पनि त्यसको दिशानिर्देशन गर्न सक्दैन, अल्लाहको फर्मान छः हे सन्देष्टाहरू पवित्र शुद्ध भोजन गर, र सत्कर्म गर । (अल् मूमिनूनः ५१) ।
र अल्लाहको फर्मान छः र निश्चय नै हामीले दाऊदमाथि अाफ्नो तर्फबाट कृपा गरेका छाैं, हे पर्वतहरू उसको साथमा गुणगानलार्इ प्रतिध्वनित गर र पंक्षीहरू तिमीहरूले पनि, र हामीले उसको निम्ति फलामलार्इ नरम पारिदियाैं ताकि तिमीले परिपूर्ण कवचहरू बनाऊ, र कडीहरूलार्इ राम्ररी र सही अनुमानले जाेड, र तिमीहरू सुकर्म गर्दैगर, निःसन्देह म ती सबै हेरिरहेको छु जुन तिमीहरू गर्दै गर्छाै र हामीले सुलैमानको लागि वायुलार्इ बशीभूत गरिदिएका थियाैं जसको बिहानको अभीष्ट एक महिनाको बाटो हुन्थ्यो र साँझाको अभीष्ट पनि, र हामीले उसको निम्ति पग्लेको ताँबाको स्रोत बगाइदिएका थियाैं, र जिन्नहरूमध्येबाट केहीलार्इ उसको बशीभूत गरिदिएका थियाैं जुन कि त्यसको अगाडि अाफ्नो पालनकर्ताको अाज्ञाले काम गर्थे, र उनीमध्ये जसले पनि हाम्रो अवज्ञा गर्नेछ त्यसलार्इ हामी प्रज्वलित अागोको स्वाद चखाउने छाैं उनीहरू त्यसको लागि त्यसको चाहना अनुसार कार्य गर्थे जसरी किल्लाहरू, प्रतिमाहरू, डेक्ची जस्ता तलाउ, र चुल्होमा अडिरहने डेक्ची (बनाउँथे), र हे दाऊदको सन्तति मेरो कृतज्ञता प्रकट गर्ने मनसायले असलकार्य गर, र मेरा सेवकहरूमा कृतज्ञता ज्ञापन गर्नेहरू अति थोरै हुन्छन् । (सबाः १०-१३) ।
यो अनिवार्य छ कि सैद्धान्तिक शक्ति कहिले पनि भाैतिक शक्तिभन्दा अलग नहोस्, यसर्थ यदि त्यो गलत सिद्धान्ततिर प्रवृत्त भर्इ अलग भयो भने भाैतिक शक्ति विनाश र अधोगतिको माध्यम भइहाल्छ, जसरी कि वर्तमान कालमा काफिर राष्ट्रहरूमा देखा पर्छ जुन भाैतीय सामग्रीका त मालिक हुन्छन् तर सही र शुद्ध सिद्धान्तबाट वंचित हुन्छन् ।
र सही सिद्धान्तबाट विचलित हुनुका अनेकाैं कारणहरू छन् जसको ज्ञान अति अावश्यक छ, र तीमध्ये प्रमुख कारण यी हुन्ः
सही सिद्धान्तबाट अनभिज्ञता, त्यसको ज्ञान ग्रहण नगर्ने र त्यसको पाठपाठन नगर्ने कारण, वा त्यसलार्इ महत्व नदिने र त्यसलार्इ वास्ता नगर्ने कारण, यहाँसम्म कि यस्तो नस्ल हुर्कन्छ जसलार्इ त्यस सिद्धान्तबारे केही ज्ञान हुँदैन नत त्यसको विरोधी कुराको नै ज्ञान हुन्छ, यसर्थ त्यो सहीलार्इ गल्त बुझ्दछ र गल्तलार्इ सही, जसरी कि उमर बिन खत्ताब रजिअल्लाहो अन्होले भन्नु भएको छः "इस्लामका कडीहरू एक एकगरी भाँच्ने छन्, जब यस्ता मान्छेहरू इस्लाममा हुर्कनेछन् जुन अनभिज्ञताबारे केही जान्दैनन्" ।
अाफ्नो बाबु बाजेको पद्धतिको पक्षपात, र त्यसैमा दृढ रहनु यद्यापि त्यो गल्त किन नहोस्, र त्यस विरूद्ध भएको कुरालार्इ त्यागिदिनु यद्यापि त्यो सही किन नहोस्, जसरी कि अल्लाहको भनार्इ छः र जब तिनीहरूसित भनिन्छ कि त्यसको अनुशरण गर जसलार्इ अल्लाहले अवतरित गरेको छ, त भन्छन्ः हामी त त्यसैको अनुशरण गर्नेछाैं जसको हाम्रा बाबुबाजे अनुशरण गरिरहेका थिए, यद्यापि उनीहरूका बाबु बाजे महा अज्ञानी र सही बाटोबाट दिग्भ्रमित थए तै पनि ? । (अल् बकरः १७०) ।
अन्धो अनुशरण (धर्मांधता) सैद्धान्तकि सन्दर्भमा मानिसहरूको कुरा बिना प्रमाण र बिना स्पष्टीकरण स्वीकारेर, जसरी कि यो कुरा सही सिद्धान्त विरोधी गुटहरूमा जसरी जहमीयह र मुअतजिला, अशाअरह र सूफीया अादिमा देखिन्छ, किनकि उनीहरूले पथभ्रमित अगुवा र इमामहरूको अनुशरण गरे, अनि उनी पनि दिग्भ्रमित भए र सही सिद्धान्तबाट विचलित भए ।
सदाचारी र वलीहरूमा अतिशयोक्ति (गुलू) गर्नु, र उनीहरूलार्इ उनीहरूको श्रेणीभन्दा उच्च गर्नु र यो यसरी कि उनीहरूको बारेमा यस्ता कुराहरूको धारणा राख्नु जसमा अल्लाह बाहेक कोही सामर्थ्यवान छैन जसरी लाभ पुर्याउनु वा कष्ट हटाउनु, र उनीहरूलार्इ अल्लाह र त्यसका सेवकहरूबीच अावश्यकता पूर्तिको लागि र दुअा कबूल गर्नुको माध्यम बनाउनु, यहाँसम्म कि कुरो यतिसम्म पुगिहालोस् कि अल्लाहलार्इ छाडि उनीहरूको पूजा अर्चना गर्न थालियोस्, र उनीहरूका चिहानहरूमा बलि भाकल सहायताको याचना अादिद्वारा सामीप्यता प्राप्त गरियोस्, जसरी कि नूहको समुदायद्वारा सदाचारीहरूको बारेमा घटित भएको थियो जब उनीहरूले भनेका थिएः तिमीहरू अअाफ्ना पूजनीयहरूलार्इ नत्याग्नु, र नत वद्दलार्इ त्याग्नु नत सुवाअ्लार्इ, नत यगूसलार्इ र न यअूक र नस्रलार्इ नै त्याग्नु । (नूहः २३) ।
र जसरी वर्तमानमा अत्याधिक नगरहरूमा चिहानमा बस्ने र त्यसका पूजा गर्नेहरूसित घटित भइरहेको छ ।
अल्लाहका विश्वव्यापी तर्कहरूमा र कुरअानीय निशानीहरूमा चिन्तन मनन् नगर्नु, र भाैतिक सभ्यताका सामग्री र त्यसका साधनहरूबाट अचम्भित हुनु, यहाँसम्म कि उनीहरू यो सोच्न थालुन कि यो सबै मात्र मानवको शक्तिले भएको हो, अनि मानवलार्इ सम्मानित गर्न थालुन् र यी समस्त कुराहरूलार्इ मात्र त्यसको परिश्रम र अविष्कार ठान्न लागुन्, जसरी कि कारूनले यसभन्दा अघि नै भनेको थियोः "उसले भन्यो मलार्इ त यो मेरो व्यक्तिगत ज्ञानको कारण प्राप्त भएको छ" । (अल् कससः ७८) र जसरी कि मान्छे भन्छः "यो मेरो नै हो" । (फुस्सिलतः ५०) यो त मलार्इ मेरो ज्ञानको कारण प्राप्त भएको छ । (अज्जुमरः ४९) ।
तर उनीहरूले त्यसको महानतलार्इ हेरेनन् र त्यसमा मनथन गरेनन् जसले यस पूर्ण विश्वलार्इ अविष्कार गरेको छ, र त्यसलार्इ यस्ता अाश्चर्यचकित गर्ने विशेषता प्रदान गरेको छ, र मनुष्यलार्इ सृष्टि गरेर त्यसलार्इ यो शक्ति प्रदान गर्यो कि त्यो ती विशेषताहरूलार्इ निष्कासित गरेर त्यसबाट लाभान्वित होस् । अल्लाहले तिमीलार्इ पनि सृष्टि गरेको छ र ती समस्त कुराहरूलार्इ पनि जसलार्इ तिमी गर्दै गर्छाै । (अस्साफ्फातः ९६) ।
के उनीहरूले धरती र अाकाशका राज्यमा विचार गरेनन् र ती कुराहरूमा पनि जसलार्इ अल्लाहले सृष्टि गरेको छ । (अल् अअराफः १८५) ।
अल्लाह त्यो हो जसले धरती र अाकाशहरूलार्इ सृष्टि गरेको छ र अाकाशबाट वृष्टि गराएर तिमीहरूको लागि फलफूल र जीविका निकाल्दछ, र डुंगाहरूलार्इ तिमीहरूको अधीन गरिदिएको छ जुन समुन्द्रमा त्यसको अादेशले हिलडुल गर्छ, र खोलाहरूलार्इ पनि तिम्रो अधीनस्थ गरिदिएको छ र उसैले तिम्रो लागि सूर्य र चन्द्रलार्इ अधीनस्थ गरेको छ जुन सधैं नै गतिशील रहन्छन्, र तिम्रो लागि दिन रात्रीलार्इ पनि कार्यमा लगाइदिएको छ र उही त हो जसले तिमीलार्इ तिम्रा इच्छित कुराहरू प्रदान गर्छ, र यदि तिमीहरू अल्लाहका अनुकम्पाहरूलार्इ (उपकारहरूलार्इ) गन्न चाहन्छाै भने सम्पूर्णलार्इ गन्न पनि सक्दैनाै । (इब्राहीमः ३२ - ३४) ।
र अहिले त अधिकांश घर सही र शुद्ध निर्देशनबाट रिक्त छ, र नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भएको छ किः "प्रत्येक शिशु प्राकृतिक धर्म इस्लाममाथि नै जन्मन्छ अनि त्यसका अामा बाबुले त्यसलार्इ यहूदी वा र्इसार्इ वा मजूसी बनाइदिन्छन्" । (यसलार्इ बुखारी र मुस्लिमले वर्णन गरेका छन् ।) यसर्थ बालकको दिशानिर्देशनमा र त्यसको सुधारमा बुवा अामाको ठूलो योग्दान हुन्छ ।
अधिकतर इस्लामीय देशहरूमा शिक्षा र संचारका माध्यमहरूद्वारा अअाफ्ना कर्तव्यको पूर्तिमा कमी कोताही गर्नु, यसर्थ अधिकांश शिक्षा पाठ्यक्रमहरू धर्मज्ञानलार्इ अधिक महत्व दिदैनन्, वा त्यसलार्इ बिल्कुलै महत्व दिदैनन्, र संचारका अधिकंश साधनहरू जसरी पढने सुन्ने र हेर्नेहेतु संचारका साधनहरू विनाश र विचलनका माध्यम भइसकेका छन्, वा ती संचारहरू भैतिकवाद र मनोरञ्जनका कुराहरूलार्इ नै फोकस गर्छन् महत्व दिन्छन्, र ती कुरालार्इ कुनै महत्व दिदैनन् जुन शिष्टाचार र नैतिकतालार्इ सुधारोस् र सही सिद्धान्तलार्इ फिजाअोस्, र विकृत धारणाहरूको मुकाबिला गरोस्, ताकि यस्ता नस्ल र पीढीलार्इ सिर्जना गरियोस् जुन नास्तिकताका सेनाहरूसम्मुख प्रतिरोध गर्न नसकोस् ।
र यस विचलन र विकृतिबाट सुरक्षाका केही तरिकाहरू छन् जुन संक्षेपमा निम्न हुन्ः
सही सिद्धान्त प्राप्त गर्नुको लागि महान अल्लाहको किताब र रसूल सल्लल्लाहो अलैहे वसल्लमको सुन्नततिर प्रवृत्त हुनु र फर्किनु, जसरी कि विगतका सदाचारीहरूले अाफ्नो सिद्धान्तलार्इ यसै दुवैबाट लिएका थिए, र यो सटीक कुरो हो कि यस उम्मतमा भएका अन्तिम युगका मानिसहरूको लागि त्यही नै हितकर सिद्ध हुनेछ जुन यस उम्मतका पहिलाका मान्छेहरूको लागि हितकर थियो । विचलित समूहहरूको सिद्धान्तको ज्ञानको साथ, र उनीहरूले गरेका शंकास्पद टिप्पणीहरूको ज्ञान र त्यसको प्रतिउत्तर र त्यसबाट सावधान गर्नु, किनकि जसलार्इ बुरार्इबारे थाहा हुँदैन त्यसलार्इ त्यसमा पर्नुको अधिक अाशंका र सम्भावना हुन्छ ।
अध्ययनको विभिन्न चरणहरूमा सही सिद्धान्त जुनकि विगतमा भएका सदाचारीहरूको सिद्धान्त हो त्यसलार्इ अति महत्व दिनु, र यस क्रममा त्यसलार्इ पर्याप्त समयावधि र घंटी प्रदान गर्नु, र यसको साथै यस विषयको परीक्षामा अत्याधिक सावधानी र जाँच गर्नु ।
र स्वच्छ सलफी किताबहरूलार्इ पढाउने कुरालार्इ स्वीकारोक्ति दिनु, र विचलित समूहहरूका किताबहरूबाट टाढा रहनु जसरी सूफी, बिदअती, जहमीयह, मुअतजिला, अशाअरह र मातुरीदीयहका पुस्तकहरूबाट, र यिनी बाहेक अन्य विचलित समूहहरूका किताबहरूबाट टाढा रहनु, हो मात्र यस मनसायले त्यसको अध्ययन गर्नु कि त्यसमा भएका विकृत कुराहरूको ज्ञान प्राप्त गरेर त्यसबाट अरूलार्इ सावधान गरिन्छ।
सुधारवादीय अामन्त्रणकर्ताहरूलार्इ अामन्त्रण क्षेत्रमा प्रगति र गति दिनु जुन विगतका सदाचारीहरूको सिद्धान्तलार्इ नवीकरण गरून्, र विचलितहरूका विचलनको प्रतिउत्तर देउन् ।
दोस्रो खण्डः ताैहीद (एकेश्वरवाद) को अर्थ र त्यसका थरीहरूको वर्णनबारे
अत्ताैहीदः (एकेश्वरवादः) र यसको अर्थ हो कि अल्लाहलार्इ सृष्टि गर्ने र संचालन गर्ने कार्यमा एक मान्नु, र पूजालार्इ त्यसैसित विशिष्ट गर्नु, र त्यस बाहेक समस्तको पूजालार्इ त्याग्नु, र त्यसको लागि त्यसका समस्त सुन्दर नामहरूलार्इ र त्यसका सर्वोच्च विशेषताहरूलार्इ प्रमाणित मान्नु, र त्यसलार्इ समस्त अवगुणबाट पवित्र मान्नु, त यो यस परिभाषाले एकेश्वरवादका तीनवटै थरीलार्इ समाविष्ट छ, र ती थरीहरूको वर्णन यसरी छः
ताैहीदे रुबूबियत (प्रतिपालक हुनुको एकत्व)
र यसमा निम्न अध्यायहरू छन्ः
पहिलो अध्यायः ताैहीदे रूबुबियतको वर्णनमा र त्यसको प्राकृतिक हुने कुरा र त्यसको बहुदेववादीहरूद्वारा इकरारको वर्णन ।
दोस्रो अध्यायः कुरअान र सुन्नतमा रब (प्रतिपालक) को अर्थ, र विचलित समूहहरूको रूबूबियतबारे धारणा र त्यसको प्रतिउत्तरको वर्णनमा ।
तेस्रो अध्यायः यस वर्णनमा कि समस्त संसार अल्लाहकै अाज्ञापालक र त्यसैलार्इ नतमस्तक छ ।
चाैथो अध्यायः सृष्टि गर्नुमा र जीविका प्रदान गर्नु अादिमा अल्लाहको एकत्वलार्इ कुरअानले साबित गरेको तरिकाको वर्णनमा ।
पाँचाैं अध्यायः यस वर्णनमा कि ताैहीदे रूबूबियत ताैहीदे उलूहियतलार्इ संलग्न छ ।
पहिलो अध्यायः ताैहीदे रूबुबियतको वर्णनमा, र त्यसको बहुदेववादीहरूद्वारा इकरारको वर्णन
ताैहीदः यसको अाम र सामान्य अर्थ हो महान अल्लाहलार्इ त्यसको प्रतिपालक हुने कुरामा एक मान्नु, र पूजालार्इ मात्र त्यसैको लागि विशिष्ट गर्नु, र त्यसका नाम र विशेषताहरूलार्इ त्यसको लागि साबित मान्नु, त यसको तीन थरी छः
ताैहीदे रूबूबियत, ताैहीदे उलूहियत, र ताैहीदुल् असमा वस्सिफात, र प्रत्येक थरीको एउटा अर्थ छ जसको वर्णन अावश्यक छ ताकि सबैथरीबीचको भिन्नता स्पष्ट भइहालोस्ः
त ताैहीदे रूबूबियत होः
अल्लाहलार्इ त्यसको कार्यमा एक मान्नु, अर्थात यो अास्था राख्नु कि त्यो नै समस्त सृष्टिको स्रष्टा होः अल्लाह नै प्रत्येक कुराको स्रष्टा हो । (अज्जुमरः ६२) ।
र त्यो नै समस्त जनावर (चाैपाया) र मानवहरू अादिको अन्नदाता होः र यस धरतीमा भएका समस्त जनावरको जीविका मात्र अल्लाहमाथि छ । (हूदः ६) ।
र त्यो नै राजसत्ताको मालिक र स्वामी हो, र त्यो नै विश्वका समस्त कुराहरूको संचालक र व्यवस्थापक हो, जुन राजसत्ता प्रदान गर्छ र खोसछ पनि, र सम्मानित पनि गर्छ र अपमानित पनि, त्यो प्रत्येक कुरामाथि सामर्थ्यवान छ, त्यो दिन र रात्रीलार्इ चक्रित गर्छ, र जीवन प्रदान गर्छ र मृत्यु पनिः भनिदिनुस् कि हे अल्लाह हे राजसत्ताको स्वामी तिमी जसलार्इ चाहन्छाै सत्ता प्रदान गर्छाै र जसबाट चाहन्छाै त्यसलार्इ खाेसिदिन्छाै, र जसलार्इ चाहन्छाैं सम्मानित गर्छाै र जसलार्इ चाहन्छाै अपमानित गर्छाै तिम्रै हातमा समस्त भलार्इ छ तिमी प्रत्येक कुरामाथि सामर्थ्यवान छाै रात्रीलार्इ दिनमा प्रविष्ट गराउछाै र दिनलार्इ रात्रीमा प्रविष्ट गराउछाै, तिमीले नै निस्प्राणमा प्राण हाल्दछाै र प्राणवानबाट प्राणहीन बनाउछाै, र जसलार्इ चाहन्छाै असीमित जीविका प्रदान गर्छाै । (अाले इम्रानः २६, २७) ।
र महान अल्लाहले अाफ्नो सत्तामा साझीदार र सहायक हुने कुरालार्इ नकारेको छ, जसरी कि महान अल्लाहले सृष्टि गर्ने र जीविका प्रदान गर्ने कुरामा कुनै सहभागि हुने कुरालार्इ नकारेको छ, अल्लाहको फर्मान छः यो अल्लाहको सृष्टि हो, यसर्थ मलार्इ तिमी अल्लाह बाहेकका (पूज्यहरूका) कुनै सृष्टि देखाऊ । (लुकमानः ११) ।
र अल्लाहको फर्मान छः यदि अल्लाहले अाफ्नो जीविका बन्द गरिदिन्छ भने त्यो को छ जसले तिमीलार्इ जीविका प्रदान गर्छ ? (अल् मुल्कः २१) ।
जसरी कि त्यसले रूबूबियतमा पनि अाफ्नो एकत्वको समस्त सृष्टिमा उदघोषणा गर्यो यसर्थ भन्योः समस्त प्रशंसा त्यस अल्लाहकै लागि छ जुन समस्त संसारको प्रतिपालक हो (अल् फातिहाः २) । र त्यसको भनार्इ छः तिम्रो प्रतिपालक त्यो अल्लाह हो जसले अाकाश र धरतीहरूलार्इ ६ दिनमा सृष्टि गर्यो अनि अाफ्नो सिंहासनमाथि उच्च भयो, उसैले रात्रीद्वारा दिनलार्इ यसरी ढाँकिदिन्छ कि त्यो त्यसैको पछाडि दाैडेर अाउँछ, र सूर्य चन्द्र र ताराहरूको यसरी सृष्टि गर्यो कि समस्त उसैको अादेश अधीन छन्, हेर सबै सृष्टि उसैको हो र अादेश पनि उसैको चल्दछ, त्यो अल्लाह अति कल्याणकारी छ जुन समस्त ब्रह्माण्डको प्रतिपालक हो । (अल् अअराफः ५४) ।
र अल्लाहले समस्त सृष्टिलार्इ त्यसको रूबूबियतमा एक हुने कुराको स्वीकारोक्तिमा जन्माएको छ, यहाँसम्म कि ती बुहुदेववादीहरू जुन त्यसको पूजामा त्यसको साझीदार बनाउँथे उनीहरू पनि त्यसलार्इ त्यसको प्रतिपालक हुने कुरामा त्यसलार्इ एक मान्दथे, जसरी कि अल्लाहको फर्मान छः (हे नबी) भनिदिनुस् कि साताैं अाकाश र विशाल सिंहासनको स्वामी को हो ? त उनीहरू भन्नेछन् अल्लाह हो, त भनिदिनुस् यसो भए तिमी डर किन मान्दैनाै भन्नुस् कि समस्त कुराहरू कसको अधीनस्थ छन्, र त्यो शरण दिन्छ र उसको दाँजोमा कोही कसैलार्इ शरण दिन सक्दैन त उनीहरू भन्नेछन् त्यो अल्लाह नै हो, त भिनदिनुस् यसो भए तिमीहरूमाथि जादू कताबाट चल्दछ । (अल् मूमिनूनः ८६ - ८९) ।
त एकेश्वरवादको यस थरीको बारेमा अादमका सन्ततिहरूमध्ये कुनै समूहले पनि इन्कार गरेको छैन, बरू हृदयहरू यसको इकरार गर्नुमा प्राकृतिकताैरले सष्टि गरिएका छन्, अन्य ती समस्त विघमान कुराहरूभन्दा अधिक जसको इकरार गरिन्छ, जसरी कि सन्देष्टाहरूले भनेका थिए जसलार्इ अल्लाहले उनीहरूबारे यसरी वर्णन गरेको छः उनीहरूका सन्देष्टाहरूले भने के अल्लाहको बारेमा कुनै सन्देह छ जुनकि अाकाश र धरतीहरूको स्रष्टा हो । (इब्राहीमः १०) ।
र सर्वप्रसिद्ध मान्छे जसले प्रतिपालकको इन्कार र त्यसबाट अनभिज्ञताको अाडम्बर गर्यो त्यो फिरअाैन हो, जसले जाहेरमा त्यसको इन्कार गर्यो तर गोप्यमा अर्थात अनतरात्माले त्यसलार्इ त्यसको हुने कुरामा यकिन थियो, जसरी कि त्यससित मूसाले भनेः (मूसाले) भनेः तिमीलार्इ त यो थाहा भइसकेको छ कि अाकाश र धरतीको प्रतिपालकले नै तिमीहरूलार्इ देखाउन र बुझाउनको लागि नै यसलार्इ अवतरित गरेको छ । (अल् इस्राः १०२) ।
र उनीबारे र उनको समुदायको बारेमा भन्योः उनीहरूले अत्याचार र अभिमानको कारण इन्कार गरे जबकि उनीहरूका हृदयहरूले विश्वास गरिसकेका थिए । (अन्नमलः १४) ।
र जसरी कि वर्तमानमा नास्तिकहरू प्रतिपालकको इन्कार गर्दछन्, र यिनीहरू पनि जाहेरी ताैरले अभिमानकै कारण इन्कार गर्दछन्, तर अनिवार्यतया यिनी पनि यस कुरामा विश्वास राख्दछन् र यो इकरार गर्दछन् कि कुनै पनि निर्मित बस्तु बिना निर्माता हुँदैन, र कुनै पनि सृष्टि बिना स्रष्टा हुनै सक्दैन, र कुनै प्रभाव बिना प्रभाव हाल्ने कुरा पाइदैन, अल्लाहको फर्मान छः के यिनीहरूलार्इ कसैले सृष्टि गरेको छैन बरू यिनी अाफै सृष्टि भएका हुन्, वा यिनी अाफै स्रष्टा हुन् । वा यिनीहरूले नै अाकाश र धरतीलार्इ सृष्टि गरेका हुन्, होइन बरू यिनी त विश्वास नगर्ने मानिस नै हुन् । (अत्तूरः ३५, ३६) ।
यदि तपार्इ यस विश्वमा र त्यसको माथिल्लो र तल्लो भागमा भएका समस्त कुराहरूमा मनथन गर्नुहुन्छ भने तपार्इ यसको अविष्कारक, निर्माता र स्वामीलार्इ प्रमाणीकरण गर्ने तर्कहरू पाइहाल्ने छाै । यसर्थ यस ब्रह्माण्डको निर्माताको इन्कार प्राकृतिक र मनाेवैज्ञानिक ताैरले उस्तै छ जसरी ज्ञानको इन्कार गरियोस्, र यी दुवैबीच कुनै फर्क छैन, किनकि सही र शुद्ध ज्ञान स्रष्टालार्इ प्रमाणित गर्छ, र वर्तमानमा जुन नास्तिकहरू पालनहार र स्रष्टाको इन्कारी छन् त्यो मात्र अभिमानको कारणले हो, जुनकि शुद्ध दृष्टि र मनीष विपरीत छ, त जुन व्यक्ति यस्ताे अवस्थामा होस् त त्यसले अाफूलार्इ मनीषबाट विरक्त गरेर मानिसहरूलार्इ यो भनिरहेको छ कि मेरो हाँसो र उपहास गर ।
कविको भनार्इ छः
कसरी कोही र्इश्वरको अवज्ञा र इन्कार गर्दछ
जबकि प्रत्येक वस्तुमा त्यसको विघमान हुने प्रमाण छ जुन यस कुरामा प्रमाणिकरण गर्छ कि त्यो एकलै छ ।
दोस्रो अध्यायः कुरअान र सुन्नतमा रब (प्रतिपालक) को अर्थ, र विचलित समूहहरूको रूबूबियतबारे धारणा (कल्पना)
कुरअान र सुन्नतमा रबको अर्थ
अर्रब वास्तवमा रबको मस्दर हो जसको अर्थ होः कुनै वस्तुको एक अवस्थादेखि अर्को अवस्थाको परिपूर्णतातिर बढदै जानु, अरबीमा भनिन्छः रब्बहु र रब्बाहु र रब्बबहु, यसर्थ (रब) शब्द मस्दर हो कर्ताको लागि, र रब समान्यतया मात्र महान अल्लाहको लागि प्रयोग गरिन्छ जुन ती समस्त कुराको प्रयोजक हो जुन समस्त सृष्टिको लागि हितकर छ, जसरी कि त्यस महान अल्लाहको फर्मान छः समस्त संसारको प्रतिपालक । (अल् फातिहाः २) । तिम्रो प्रतिपालक र तिम्रा विगतका पूर्वजहरूको प्रतिपालक । (अश्शुअराः २६) ।
र अल्लाह बाहेकको लागि रब शब्द कुनै कुरासित संलग्न गरेर मात्र प्रयोग गरिन्छ जसरी भनिन्छः रब्बुद्दार, र रब्बुल् फर्स, अर्थात घरको र घोडाको मालिक र प्रतिपालक, र यसै सन्दर्भमा अल्लाहको यो कथन छ जसमा हजरत यूसुफको अवस्था वर्णन गरिएको छ कि उनले भनेः तिमी अाफ्नो मालिकसित मेरो चर्चा गर्नु, अनि शैतानले त्यस व्यक्तिलार्इ त्यसको मालिकसित यस कुराको चर्चा गर्नुलार्इ बिर्साइदियो । (यूसुफः ४२) यस श्लोकको एउटा व्याख्या अनुसार ।
र अल्लाहको यो फर्मानः उनले भनेः अाफ्नो मालिकतिर फर्केर जाऊ । (यूसुफः ५०) ।
र अल्लाहको यो फर्मानः र रह्यो तिमीदुवैमध्ये एउटा त त्यो अाफ्नो स्वामी (प्रतिपालक) लार्इ मदिरापान गराउनेछ । (यूसुफः ४१) ।
र रसूल सल्लल्लाहो अलैहे वसल्लमले हराएको ऊँटको बारेमा भनेका छन्ः (यहाँसम्म कि त्यसको मालिक त्यसलार्इ पाइहालोस्) । (बुखारी मुस्लिमले वर्णन गरेको हदीसको अंश) ।
त यसबाट यो स्पष्ट भयो किः रब (मालिक, स्वामी, प्रतिपालक) शब्दलार्इ अल्लाहको लागि कुनै कुराद्वारा संलग्न गरेर र बिन संलग्नता प्रयोग गरिन्छ, यसर्थ भनिन्छः अर्रब (प्रतिपालक) र रब्बुल् अालमीन (समस्त संसारको मालिक प्रतिपालक) वा भनिन्छः रब्बुन्नास (सबैको स्वामी), तर यो शब्द अल्लाह बाहेकका लागि मात्र कुनै कुरासित संलग्न गरेर प्रयोग गरिन्छ, जसरी घरको मालिक, (रब्बुद्दार रब्बुल् मंजिल) र ऊँटको मालिक (रब्बुल् एबिल) ।
यसर्थ रब्बुल् अालमीनको अर्थ भयोः समस्त संसारको स्रष्टा र त्यसमा भएका समस्तसमेतको मालिक र प्रतिपालक र हितैषी, अाफ्नो अनुकमपा र कृपादवारा, र सन्देष्टाहरूलार्इ पठाएर, र ग्रन्थहरू उतारेर, र उनीहरूका कर्महरूको प्रतिफल प्रदान गरेर । अल्लामा इब्नुल् कैयिम रहेमहुल्लाहले भन्नु भएको छः निःसन्देह रूबूबियत यस कुरालार्इ अावश्यक गरिदिन्छ कि त्यो परम् पूज्य भक्तहरूलार्इ अादेश गरोस् र मनाही पनि, र उनीहरूमध्ये परोपकारीलार्इ त्यसको उपकारको प्रतिफल देअोस्, र उनीमध्ये कुकर्मीलार्इ त्यसको कुकर्मको दण्ड देअोस् ।
त यो नै प्रतिपालक हने कुराको वास्तविकता हो ।
रब (प्रतिपालक) शब्दको अर्थ विचलित समुदायहरूको दृष्टिमा
अल्लाहले सृष्टिलार्इ प्राकृतिक ताैरले एकेश्वरवादमा सृष्टि गरेको छ, र महान स्रष्टा र प्रतिपालकको ज्ञानी भएको अवस्थामाथि पनि, जसरी कि महान अल्लाहको फर्मान छः दत्तचित्त भएर अाफूलार्इ धर्म इस्लामतिर लगाइराख्नुस्, अल्लाहको त्यस विशेषतातिर जसमाथि त्यसले सबैलार्इ सृष्टि गरेको छ, अल्लाहले बनाएकोलार्इ परिवर्तित नगर्नु । (अर्रूमः ३०) ।
र अल्लाहको फर्मान छः र जब तिम्रो पालनकर्ताले अादमको ढाडबाट उनको सन्ततिहरूलार्इ सृष्टि गर्यो, र उनीलार्इ स्वयम् उनीहरूको लागि नै स्वीकारोक्ति लियो किः के म तिमीहरूको पालनकर्ता होइन ? त सबैले भनेः हो हामी सबै साक्षी छाैं । (अल् अअराफः १७२) ।
यसर्थ अल्लाहको रूबूबियतको इकरार गर्नु र त्यसतर्फ प्रवृत्त हुनु प्राकृतिक कुरो हो, र बहुदेववाद त समयिक अापातकालीन कुरो हो, र रसूल सल्लल्लाहो अलैहे वसल्लमको भनार्इ छ किः प्रत्येक शिशु (इस्लामीय) प्रकृतिमाथि जन्मन्छ, अनि त्यसका बुवा अामा त्यसलार्इ यहूदी वा र्इसार्इ वा मजूसी बनाइदिन्छन् । (यसलार्इ बुखारी र मुस्लिमले वर्णन गरेको छन्), त यदि मान्छे र प्रकृतिबीच कुनै अवरोध नहोस् भने त्यो एकेश्वरवादतिर नै प्रवृत्त हुन्छ र सन्देशवाहकहरूको त्यस निमन्त्रणलार्इ स्वीकार गर्दछ जसलार्इ लिएर उनीहरू अाए, र जसको साथ ग्रन्थहरू अवतरित भए, र जसमाथि विश्वव्यापक तर्कहरूले प्रमाणीकरण गरे, तर विचलित र विकृत प्रशिक्षण र नास्तिक वातावरण र समाज, त यी दुवै नै जन्मिएको शिशुको दिशा परिवर्तित गरिदिन्छन्, अनि सन्तानहरू अाफ्ना बाबु बाजेको पथविचलन र विकृतिमा अनुशरण गर्न थाल्दछन् ।
महान अल्लाह हदीसे कुदसीमा भन्नुहुन्छ किः मैले अाफ्नो भक्तहरूलार्इ सोझो मार्गमा जन्माएँ, अनि उनीलार्इ शैतानले दिग्भ्रमित गरिदियो । (यसलार्इ अहमद र मुस्लिमले वर्णन गरेका छन्) अर्थातः उनीहरूलार्इ मूर्ति पूजातिर लगाइदियो, र उनीलार्इ अल्लाह बाहेक पूजनीय घोषित गर्नुतिर, त उनीहरू पथविचलन र मतभेद एवं विवादमा परे, अनि प्रत्येक व्यक्तिले एउटा र्इश बनायो जसको पूजा गर्न थाल्यो अर्को मान्छेको र्इश बाहेक, र यो यस कारण कि जब उनीहरूले सत्य र सही प्रतिपालकलार्इ त्यागे त उनीहरूलार्इ मिथ्या पूज्यहरूलार्इ पूज्ने कार्यद्वारा परीक्षामा पारियो जसरी कि अल्लाहको फर्मान छः त यो अल्लाह नै तिम्रो वास्तविक प्रतिपालक हो, यसर्थ सत्यता प्रकट भए पश्चात पथभ्रष्टता बाहेक अरू बाँकी नै के रहन्छ । (यूनुसः ३२) र पथभ्रष्टताको कुनै अन्तिम सीमा नै छैन, र यो ती समस्तलार्इ लाग्नेछ जुन अाफ्नो सत्य र वास्तविक प्रतिपालकबाट मुख फर्काउँछ, महान अल्लाहको फर्मान छः के अनेकाैं पूज्यहरू हुनु राम्रो हुन्छ वा मात्र एक अल्लाह जुन महान र सर्वशक्ति सम्पन्न छ र जस जसलार्इ तिमीहरू पूज्दछाै ती समस्त मात्र नाम नै हुन् जसलार्इ तिमी र तिम्रा पूर्वजहरूले नामाकरण गरेका छाै, किनकि तिनीहरूको सन्दर्भमा अल्लाहले कुनै प्रमाण अवतरित गरेको छैन । (यूसुफः ३९, ४०) ।
र प्रतिपालक हुने कुरामा (रूबूबियतमा) यसरी साझीदार ठहराउनु कि दुवै एकनास स्रष्टा हुन् विशेषतामा पनि र कार्यमा पनि त यस्तो हुनु असम्भव छ, र केही बहुदेववादीको त यो धारणा छ कि उनीहरूका पूजयहरू विश्वका केही कुराहरूको संचालनमा मात्र अधिपत्यवान छन्, त यसरी नै शैतान उनीहरूसँग खेलवाड गर्छ यी मिथ्या पूजयहरूको पूजा गराएर, त शैतान प्रत्येक सम्प्रदायसँग त्यसको विवेक अनुसार खेलवाड गर्छ, यसर्थ केही समुदायहरूलार्इ उनीहरूको पूजातिर प्रवृत्त गर्यो मृतकहरूको सम्मान गराउने उद्देश्यद्वारा, र ती मानिसहरू उही हुन् जसले ती मूर्तिहरूलार्इ उनैको अाकार र रूपमा बनाए, जसरी नूहको समुदाय, र केही समुदायहरूले मूर्तिलार्इ ग्रहहरूको रूप दिए जसको बारेमा उनीहरूको यो धारणा थियो कि तिनी संसारमाथि प्रभावकारी हुन्छन्, अनि त्यसको लागि पूजाघर र मन्दिर बनाए ।
र यी ग्रहहरूको पूजा गर्नुमा पनि विवाद र मतभेद गरेः त तीमध्ये कोही सूर्यलार्इ पूज्न लाग्यो, र कोही चन्द्लार्इ पूूूूज्न थाल्यो, त कोही यी दुवै बाहेक अन्य कुनै ग्रहलार्इ पूज्न थाल्यो, यहाँसम्म कि यसको लागि पूजाघर बनाए, र प्रत्येक ग्रहको लागि विशेष पूजाघर बनाइयो, र उनीमध्ये कसैले त अागोको पूजातिर प्रवृत्त भयो, जसरी मजूसीहरू, र केही त गाइपूजाजातिर लागे जसरी कि भारतमा गरिन्छ, र केही फरिश्ताहरूलार्इ पूज्न थाले, र केहीले त रूख र ढुँगालार्इ पूज्न थाले, र केही चिहान र मिजारहरूलार्इ पूज्न थाले, र यो सबै यसकारण किनकि यी समस्त मानिसहरूले यी कुराहरूमा र्इश्वरीय विशेषता हुनुको गुमान र कल्पना गरे ।
त तीमध्ये केहीको यो अनुमान छ कि यी मूर्तिहरू लुप्त कुराको चित्रण हो, इब्ने कैयिमको भनार्इ छः मूर्ति र प्रतिमा बनाउनुको वास्तविकता हो कि त्यसलार्इ कुनै अदृश्य पूज्यको रूपमा चित्रण गरिन्छ, यसर्थ मानिसहरूले मूर्तिलार्इ त्यसैको रूप र अाकारमा बनाउँथे ताकि त्यो त्यस असली पूज्यको नायब र सहायक होस्, र त्यसको प्रतिनिधित्व गरोस् । नत्र यो कुरो ज्ञात नै छ कि कुनै पनि बुद्धिमान कुनै दाउरो काठ वा ढुँगालार्इ अाफ्नो हातले नै कुँदेर त्यसको बारेमा यो धारणा राख्दैन कि त्यो नै त्यसको र्इश्वर र पूजनीय हो... । उनको उदगार समाप्त भयो ।
जसरी कि विगत र वर्तमानका चिहानको पूजा गर्ने मानिसहरू यो धारणा राख्दछन् कि यी मृतकहरू उनीहरूको सिफारिश गर्नेछन्, र उनीहरूको अावश्यकता पूर्तिमा उनी र अल्लाहबीच माध्यम र मध्यस्त बन्दछन्, र उनीहरूको भनार्इ छ किः हामी उनीहरूको पूजा मात्र यसकारण गरिरहेका छाैं ताकि उनीहरू हामीलार्इ अल्लाहको सामीप्यता प्राप्त गराइदिउन । (अज्जुमरः ३) । (هذه الآية من سورة الزمر وليس من سورة يونس) र उनीहरू अल्लाह बाहेक यस्ता कुराहरूको पूजा गर्दछन् जुन नत तिनीहरूलार्इ हानि पुर्याउन सक्तछन् नत लाभ नै, र यो भन्छन् कि यिनीहरू त अल्लाहको समीपमा हाम्रो सिफारिशी हुनेछन् । (यूनुसः १८) ।
जसरी कि अरब उपमहाद्वीपमा भएका बहुदेववादी र र्इसार्इहरू अअाफ्ना पूजनीयहरूको बारेमा यो धारणा राख्थे कि उनी अल्लाहका छोरा हुन्, यसर्थ अरबका बहुदेववादीहरूले फरिश्ताहरूको पूजा यस धारणाले गरे कि उनी अल्लाहका छोरीहरू हुन्, र र्इसार्इ (क्रिश्च्यन) ले मसीह (जेसिस) को पूजा यस धारणाले गरे कि उनी अल्लाहका छोरा हुन् ।
यस्ता खालका अामान्य र निराधार धारणा र काल्पनिक कुराहरूको प्रतिउत्तर र खंडन
यी समस्त निराधार कल्पना र धारणाहरूको अल्लाहले निम्नमा वर्णित उदधृतहरूद्वारा खंडन गरेको छः
मूर्ति पूजकहरूको खंडन अल्लाहले अाफ्नो यस कथनद्वारा गरेको छः के तिमीले लात र उज्जालार्इ देख्याै, र अर्को तेस्रो मनातलार्इ पनि । (यूनुसः १८) ।
र यस श्लोकको अर्थ हो जसरी कि इमाम कुर्तुबीले भनेका छन् किः के तिमीहरूले यी र्इशहरूलार्इ देख्याै कि के यिनीहरूले कुनै हानि वा लाभ पुर्याए, जसकारण यिनी महान अल्लाहका साझीदार होउन्, र के यिनीहरूले स्वयम् अाफूबाट त्यस विपदालार्इ हटाउन सके जब रसूल सल्लल्लाहो अलैहे वसल्लम र उहाँका साथीहरू रजिअल्लाहो अन्हुमले यिनीलार्इ टुक्रा टुक्रा पारेर ध्वस्त पारिदिए ।
र महान अल्लाहको भनार्इ छः र उनीहरूलार्इ इब्राहीमको वृतान्त पनि सुनाइदिनुस्, जब उनले अाफ्नो बुवा र समुदायका मानिसहरूसित भनेः तिमीहरू कुन कुराको पूजा गरिरहेका छाै, त उनीहरूले भनेः हामी मूर्तिहरूको पूजा गरिरहेका छाैं र उनीहरूको सेवासत्कारमा लागिरहेका छाैं त (इब्राहीमले) भनेः के जब तिमी उनीहरूलार्इ पुकार्दछाै त उनीहरू तिम्रो पुकार सुन्दछन्, वा तिमीहरूलार्इ लाभ अथवा हानि पुर्याउन सक्दछन् ? उनीहरूले भनेः होइन, बरू हामीले अाफ्ना बाबु बाजेहरूलार्इ यस्तै गरेको देखेका छाैं । (अश्शुअराः ६९७४) ।
त उनीहरू यस कुरामा सहमति जनाए कि ती मूर्तिहरू नत याचना सुन्नसक्दछन् नत लाभ र हानि नै पुर्याउन सक्दछन्, तर त्यसको पूजा मात्र अाफ्ना पुर्खाहरूको अनुशरण गर्ने कारण गर्दथे, र अन्धो अनुशरण अामान्य प्रमाण हो ।
र अल्लाहले अाफ्नो यस कथनद्वारा ती मानिसहरूको खंडन गरेको छ जुन ग्रह र सूर्य एवं चन्द्रको पूजा गर्दछन्ः र सूर्य र चन्द्र एवं ताराहरू त्यसैको अादेश अधीनस्थ छन् । (अल् अअराफः ५४) र त्यसको यस फर्मानद्वाराः र त्यसका निशानीहरूमध्ये रात र दिन, सूर्य र चन्द्र पनि हुन्, यसर्थ तिमीहरू नत सूर्यलार्इ ढोग गर नत चन्द्रलार्इ नै ढोग, बरू त्यस अल्लाहलार्इ ढोग गर जसले यिनीहरूलार्इ सृष्टि गरेको छ यदि तिमीहरू मात्र त्यसको पूजा गर्न चाहन्छाै भने । (फुस्सिलतः ३७) ।
र जिनले फरिश्ताहरू र मसीह अलैहिस्सलामलार्इ अल्लाहको सन्तान सम्झेर पूजा गरे तिनको खंडन अल्लाहले यस कथनद्वारा गरेको छः अल्लाहले अाफ्नो लागि कुनै सन्तान बनाएन । (अल् मूमिनूनः ९१), र त्यसको यस फर्मानद्वाराः र त्यसको लागि सन्तान कसरी हुनसक्छ जबकि त्यसको कुनै पत्नी नै छैन । (अल् अनअामः १०१), र त्यसको यस फर्मानद्वाराः नत उसबाट कोही जन्मेको छ नत ऊ कसैबाट जन्मेको छ, र नत उसको कोही समकक्ष नै छ । (अल् इख्लासः ३, ४) ।
तेस्रो अध्यायः समस्त संसार अल्लाहकै अाज्ञापालक र त्यसैलार्इ नतमस्तक छ ।
निःसन्देह पूर्ण ब्रह्माण्ड अाफ्नो अाकाश र धरती एवं क्षीतिज र ग्रहहरूसमेत, र अाफ्नो जनावर, बोटबिरूवा,परीधि, जल, थल, फरिश्ताहरू र दानव र मानवहरूसमेत अल्लाहलार्इ नै नतमस्तक छ, र त्यसैको संसारीय अादेशको अाज्ञापालक छ । अल्लाहको फर्मान छः समस्त अाकाशहरू र त्यसमा भएका समस्त प्राणीहरू चाहँदा वा नचाहँदा उसैको अाज्ञाकारी हुन्छन् । (अाले इम्रानः ८३) । र अल्लाहको फर्मान छः बरू अाकाश र धरतीहरूमा भएका समस्त कुराहरू उसैको हो र उनी सबै उसैको अाज्ञाकारी छन् । (अल् बकरः ११६), र अाकाश र धरतीमा भएका समस्त प्राणी र फरिश्ताहरू उसै अल्लाहलार्इ ढोग्दछन्, र उनीहरू यस कार्यलार्इ गर्नुमा अलिकति पनि घमण्ड गर्दैनन् । (अन्नहलः ४९), के तिमीले हेरिरहेका छैनाै कि अाकाशहरूमा र पृथ्वीमा भएकाहरू सूर्य र चन्द्र, र ताराहरू र वहाडहरू, र रूख एवं चाैपायाहरू र धेरै जसो मानिसहरू अल्लाहलार्इ नै ढोग्दछन् । (अल् हज्जः १८), अाकाशहरू र पृथ्वीमा भएका समस्त प्राणीहरू चाहँदा वा नचाहँदा अल्लाहलार्इ ढोग्दछन् र उनीहरूका छायाँहरूले पनि बिहान र बिलुका । (अर्रअदः १५) ।
त यो पूर्ण विश्व र समस्त संसारहरू अल्लाहको अाज्ञापालक र त्यसको शक्ति र सत्तालार्इ नतमस्तक छन्, ती समस्त उसैको अादेशले र उसैको इच्छा बमोजिम गतिशील छन्, त्यसमा भएको कुनै वस्तु पनि उसको अादेशको उल्लंघन गर्दैन, बरू अाफ्नो कर्तव्यपालनामा लागिरहन्छ, र अाफ्नो सही र सटीक परिणाम दिन्छ, र अाफ्नो स्रष्टालार्इ समस्त प्रकारको अवगुण र एेबबाट मुक्त मान्दछ । अल्लाहको फर्मान छः सातवटै अाकाश र पृथ्वी र जेजति त्यसमा छन् सबै उसै (अल्लाह) को प्रशंसा र गुणगान गर्दछन्, र कुनै यस्तो बस्तु छैन जुन त्यसको प्रशंसा र पवित्रताद्वारा त्यसको स्मरण नगरिरहेको होस्, तर तिमीहरू त्यसको गुणगानलार्इ बुझ्न सक्दैनाै । (अल् इस्राः ४४) ।
त यी समस्त बोल्ने नबोल्ने, जीवित र मृत सृष्टिहरू सबै अल्लाहकै अाज्ञापालन र त्यसको संसारीय अादेशको अनुशरणकारी छन्, र समस्तले अल्लाहलार्इ समस्त एेब र अवगुणबाट भनेर र दर्शित गरेर पवित्र मान्दछन् । त जहिले पनि बुद्धिमान मान्छेले यी सृष्टिहरूमा विचार गर्छ, त त्यसलार्इ यो ज्ञान भइहाल्छ कि यी समस्त सत्यताको साथ सत्यको लागि नै सृष्टि गरिएका हुन्, र उनी अाफ्नो प्रतिपालक प्रबन्धकको अादेश अधीनस्थ छन् त्यसको अादेशको उल्लंघन गर्दैनन् नत अाफ्नो सइच्छाले नै केही गर्दछन्, यसर्थ समस्त सृष्टिहरू प्राकृतिक ताैरले अाफ्नो स्रष्टाको इकरार गरिरहेका छन् ।
शैखुल इस्लाम इब्ने तैमिया रहेमहुल्लाहको भनार्इ छः र उनीहरू नतमस्तक र अनुपालन, र अाज्ञापालन गर्नुमा केही निम्न कारणले बाध्य छन्ः
त्यसमध्ये यो पनि हो किः उनीहरूको यस ज्ञानको कारण कि उनीहरूलार्इ त्यस अल्लाहको अावश्यकता छ ।
र त्यसमध्ये यो पनि हो किः त्यस अल्लाहको निर्धारण र चाहनालेगर्दा उनीहरूको अल्लाहलार्इ नतमस्तक हुनु र त्यसको अाज्ञापालक बनिरहनु ।
र त्यसमध्ये यो पनि हो किः उनीहरूले व्याकुलता र बाध्यतामा त्यसलार्इ नै गुहार्नु ।
र अास्थावान मान्छे अल्लाहलार्इ खुशीले नतमस्तक भइहाल्छ, र यस्तै ती समस्त अापतविपत्तिमा पनि जसलार्इ अल्लाहले त्यसको लागि निर्धारित गरिदिएको छ, यसर्थ त्यो विपत्ति अाएमा प्रसन्नतापूर्वक धैर्य गर्छ जसलार्इ गर्ने त्यसको प्रतिपालकले अादेश गरेको छ, यसर्थ त्यो प्रसन्नतापूर्वक अल्लाहको अाज्ञापालक, र प्रसन्नतापूर्वक त्यसलार्इ नतमस्तक हुन्छ । र काफिर नास्तिक अाफ्नो प्रतिपालकको संसारीय अादेशलार्इ नतमस्तक हुन्छ, र समस्त ब्रह्माण्डको ढोग गर्नुको अर्थ हो त्यसलार्इ नतमस्तक हुनु, र प्रत्येक वस्तुको ढोग त्यसको अवस्था अनुकूल हुन्छ जुन ढोग त्यसको लागि उपयुक्त पनि हुन्छ र त्यसमा प्रतिपालकलार्इ नतमस्तक हुने कार्य पनि हुन्छ, र यस्तै प्रत्येक वस्तुको गुणगान त्यसको अवस्था अनुकूल वास्तविकतामा अाधारित हुन्छ नकि अवास्तविकतामा ।
र शैखुल इस्लाम इब्ने तैमिया रहेमहुल्लाहले अल्लाहको यस कथनको बारेमा अाफ्नो उदगार व्यक्त गरेका छन्ः के उनीहरू अल्लाहको धर्म बाेहकको धर्मको खोजीमा छन् जबकि सबै अाकाशहरू र पृथ्वीका सबै प्राणीहरू चाहँदा वा नचाहँदा त्यसै अल्लाहको अाज्ञाकारी छन्, र सबै उसैतिर फर्काइनेछन् । (अाले इम्रानः ८३) ।
उनको भनार्इ छः त पवित्र अल्लाहले यो वर्णन गरेको छ कि समस्त ब्रह्माण्ड चाहाँदा वा नचाहँदा उसैको अाज्ञापालक छ, किनकि समस्त सृष्टि पूर्णतया उसैको पूजामा विलीन छन् अब चाहे इकरार गर्नेले यसको इकरार गरेर वा यसको इन्कार गरिरहेकै अवस्थामा, तर वास्तविकता यो नै छ कि उनी सबै त्यसैको बशीभूत र त्यसैद्वारा प्रबन्धित छन्, यसर्थ उनी सबै त्यसको नै अाज्ञापालक हुन्छन् चाहेर वा नचाहँदा पनि, यसर्थ सृष्टिमध्ये प्रत्येक अल्लाहले निर्धारित गरेको भाग्यबाट र त्यसले चाहेको कुराबाट बाहिर जानु असम्भव छ, यसर्थ त्यस बाहेक कोही पनि यस्तो शक्ति सम्पन्न छैन, त्यो नै समस्त संसारको स्वामी र सम्राट हो, उनीलार्इ जसरी चाहन्छ प्रगोगमा ल्याउँछ, उही त उनीहरूको स्रष्टा, अविष्कारी र रूप दिनेवाला हो, यसर्थ उस बाहेक जे पनि छ सबै निर्मित कुरा र त्यस अधीन छ, र सृष्टि गरिएको त्यसको मुखापेक्षी सेवक र विवश छ, र त्यो पवित्र र महान एकलो अल्लाह नै सर्वशक्ति सम्पन्न, अधिपत्यशाली, स्रष्टा, अविष्कारी र रूप दिनेवाला रूपदाता हो ।
चाैथो अध्यायः सृष्टि गर्नुमा र जीविका प्रदान गर्नु अादिमा अल्लाहको एकत्वलार्इ कुरअानले साबित गरेको तरिकाको वर्णनमा
स्रष्टा हुने र त्यसको एकत्वलार्इ साबित गर्ने सन्दर्भमा कुरअानको तरिका त्यो तिरका हो जुन सही र सोझो मनीष र प्रकृतिसाथै हुन्छ, र यो यसरी कि कुरअानले यस्ता सर्वमान्य तर्क र प्रमाणद्वारा प्रमाणीकरण गर्छ जुन समस्त अकल र मनीषलार्इ स्वीकार्य हुन्छ, र समस्त विरोधी त्यसलार्इ स्वीकार गरिहाल्छन्, र यसैमध्ये होः
सामान्यतया यस कुरोको ज्ञान नै छ कि कुनै घटनालार्इ घटित गर्नेवाला अवश्य हुन्छ
यो अति अावश्यक समस्या हो जसको ज्ञान प्रकृतिक ताैरले सिद्ध छ यहाँसम्म कि यसको ज्ञान बालकहरूलार्इ पनि हुन्छ, यसर्थ यदि कुनै बालकलार्इ कसैले यस्तो अवस्थामा हान्दछ कि त्यो त्यसलार्इ हेर्न सकेन, त त्यो यो भन्छ किः मलार्इ कसले हान्यो ? त यदि त्यससित यो भनियोस् कि तिमीलार्इ कसैले हानेको छैन, त त्यसको मनीष यसलार्इ स्वीकार्दैन कि यो मार त्यसलार्इ बिना कुनै हान्नेवाला परेको छ, अनि यदि त्यससित यो भनिन्छ किः तिमीलार्इ फलानाले हानेको छ, त त्यस बेलासम्म रूँदैरहन्छ यहाँसम्म कि हान्नेवालालार्इ पनि हानियोस्, र यसै कारण महान अल्लाहले भनेको छः के यिनीहरूलार्इ कसैले सृष्टि गरेको छैन बरू यिनी अाफै सृष्टि भएका हुन्, वा यिनी अाफै स्रष्टा हुन् । (अत्तूरः ३५) ।
त यो सीमित विभाजन हो, जसलार्इ अल्लाहले इन्कारीय शैलीमा प्रस्तुत गरेको छ, ताकि यो प्रष्ट पारोस् कि यी यस्ता सामान्य अारम्भिक कुराहरू हुन् जसको ज्ञान सबैलार्इ हुन्छ र जसको इन्कार कसैबाट असम्भव छ, महान अल्लाहको भनार्इ किः के यिनीहरूलार्इ कसैले सृष्टि गरेको छैन । अर्थातः बिन कुनै स्रष्टा जसले उनीलार्इ सृष्टि गरेको छ, वा उनी अाफै स्वयंका स्रष्टा हुन् ? र यी दुवै कुरा अमान्य छ, त यो नै स्पष्ट भएर अायो कि यिनीहरूको कुनै स्रष्टा छ जसले यिनीलार्इ सृष्टि गरेको छ, र त्यो स्रष्टा पवित्र अल्लाह नै हो, किनकि त्यस बाहेक अन्य कोही स्रष्टा नै छैन । अल्लाहको फर्मान छः यी त अल्लाहको सृष्टि हो त तिमीहरू मलार्इ अल्लाह बाहेकका अरू (पूज्यहरू) का कुनै सृष्टि देखाऊ । (लुकमानः ११) ।
मलार्इ देखाऊ कि उनीहरूले पृथ्वीको कुन भूभागलार्इ सृष्टि गरेका छन् । (अल् अहकाफः ४) ।
के उनीहरूले अल्लाहका यस्ता साझीदार ठहराइरहेका छन् जिनले अल्लाह जस्तै प्राणीहरूलार्इ सृष्टि गरेका छन्, जसकारण उनीहरूको दृष्टिमा सृष्टिको फर्कबारे उनीहरू शंकामा परिसकेका छन्, भनिदिनुस् अल्लाह नै सबै वस्तुको स्रष्टा हो, र त्यो मात्र एकलो र सर्वशक्तिशाली छ । (अर्रअदः १६) । जस जसलार्इ तिमीहरू पुकार्दछाै तिनी सबै मिलेर एउटा झिंगा पनि सृष्टि गर्न सक्दैनन । (अल् हज्जः ७३) ।
र जस जसलार्इ यिनीहरू अल्लाह बाहेक पुकार्दछन् तिनीहरूले कुनै पनि कुरा सृष्टि गरेका छैनन् बरू उनी स्वयम् अरूद्वारा सृष्टि गरिएका हुन् । (अन्नहलः २०) ।
के जसले सृष्टि गर्यो त्यो त्यस सरह हुनसक्छ जुन सृष्टि गर्न सक्दैन, के तिमीहरूले विचार गर्दैनाै । (अन्नहलः १७) ।
त यस्तो अावर्तीय चुनाैती हुँदा हुँदै कसैले पनि कुनै कुराको सृष्टि गर्नुको दावी गरेन, र केवल दावी पनि गरेन त्यसलार्इ साबित र प्रमाणित गर्नु त अर्कै कुरो हो, त यसबाट यो स्पष्ट भयो किः पवित्र र महान अल्लाह नै एउटा मात्र स्रष्टा हो जसको कोही साझीदार छैन ।
सम्पूर्ण संसारको सशक्तिकरण र व्यवस्थापन
त यो सर्वोत्कृष्ट प्रमाण हो कि त्यसको व्यवस्थापक र प्रबन्धक एउटै र्इश्वर र प्रतिपालक हो जसको निर्विरोध कुनै सहभागी छैन ।
अल्लाहको फर्मान छः अल्लाहले नत कसैलार्इ अाफ्नो छोरा (सन्तान) बनाएको छ नत त्यसको साथमा अरू कोही पूज्य छ, अन्यथा प्रत्येक र्इशले अअाफ्ना सृष्टिहरूलार्इ लिएर अलग अलग हिंडिहाल्थ्यो, र प्रत्येक एकअर्कामाथि अाक्रमण गरिहाल्थ्यो । (अल् मूमिनूनः ९१) ।
त सत्य र्इश्वरको लागि यो अावश्यक छ कि त्यो स्रष्टा हुनुको साथै कर्ता पनि होस्, यसर्थ यदि पवित्र अल्लाहो साथ कुनै अर्को र्इश हुन्थ्यो जुन त्यसको राजसत्तामा साझीदार हुन्थ्यो (र यसबाट अल्लाह पवित्र छ) त त्यसको लागि सृष्टि र क्रिया हुन्थ्यो, र यस्तो अवस्थामा त्यो अाफ्नो साथमा कुनै अर्को र्इशको साझीदारीबाट राजी हुदैनथ्यो, बरू यदि त्यो यस कुरामा सामर्थ्यवान हुन्थ्यो कि अाफ्नो साझीदारमाथि अधिपत्य प्राप्त गरोस् भने यस्तो गरिहाल्थ्यो र अाफ्नो र्इश्वरत्व र राज्य लिर्इ त्यसबाट अलग भइहाल्थ्यो । र यदि यस कुरामा सामर्थ्यवान हुँदैनथ्यो भने अाफ्नो भागको सत्ता र सृष्टिलार्इ लिएर अलग भइहाल्थ्यो जसरी यस संसारका राजाहरू एकअर्काबाट अलग हुँदै गर्छन्, अनि विभाजन सुनिश्चित भइहाल्थ्यो । त यस्ताे अवस्थामा निम्नका तीन कुराहरूमध्ये एउटा हुने अावश्यक भइहाल्थ्योः
याता उनी दुवैमध्ये एउटाले अर्कोमाथि अधिपत्यवान भएर त्यसबाट सत्ता खाेसेर एकलै सत्ताको मालिक भइहाल्छ ।
वा दुवैमध्ये प्रत्येक सृष्टि र राज्यबाट अअाफ्नो भाग लिएर अलग भइहाल्छ, त दुवैबीच विभाजन र भागवंडा भइहाल्छ ।
वा दुवै एउटा राजा अधीन हुन्थे जुन ती दुवैको बारेमा जसरी र जे चाहन्थ्यो गर्थ्यो, त त्यो नै सत्य र वास्तविक र्इश्वर हुन्थ्यो र उनी सबै त्यसका सेवक हुन्थे ।
र यो नै वास्तविकता हो, किनकि संसारमा नत कुनै विभाजन छ नत कुनै विकारता र नत कुनै अव्यवस्थता, जुन यस कुरामा प्रमाणीकरण गरिरहेको छ कि त्यसको प्रबन्धक निर्विरोध एउटै छ, र त्यसको स्वामी एउटै छ जसको कोही साझीदार र सहभागी छैन ।
सृष्टीहरूलार्इ त्यसका कर्तव्य र दायित्वहरूको पालना गर्नुमा बशीभूत गर्नु
त यस पूर्ण विश्वमा कुनै यस्तो सृष्टि छैन जुन अाफ्नो कर्तव्यपालनाबाट अानाकानी गर्न सकोस्, र यसै कुराद्वारा हजरत मूसाले प्रमाणीकरण गरेका थिए जब फिरअाैनले उनसित यो प्रश्न गरेको थियोः त्यसले (फिरअाैनले) भन्योः तिमी दुवैको प्रतिपालक को हो त ? त हजरत मूसाले स्पष्ट र पर्याप्त जवाफ दिए र भनेः हाम्रो प्रतिपालक त त्यो हो जसले प्रत्येक वस्तुलार्इ एउटा विशेष रूप र अाकार प्रदान गरेको छ अनि त्यसलार्इ मार्गदर्शित पनि गर्यो । (ताहाः ४९, ५०) अर्थातः हाम्रो प्रतिपालकले समस्त सृष्टिलार्इ अविष्कृत गर्यो र प्रत्येकलार्इ त्यसलार्इ उपयुक्त रूप र अाकार दियो, अर्थात ठूलो वा सानाे वा माध्य शरीर र अन्य सबै विशेषताहरू, अनि सबैलार्इ त्यस कुरातिर मार्गदर्शित गर्यो जसको लागि त्यसलार्इ सृष्टि गरेको छ, र यो मार्गदर्शिता हृदयमा कुरालार्इ हाल्नु र दिशानिर्देशन हो जुन कि परिपूर्ण मर्गदर्शन हो जुन समस्त सृष्टिमा दर्शित हुन्छ, यसर्थ तपार्इ समस्त सृष्टिलार्इ हेर्नुहुन्छ कि त्यो त्यसै कुरामा प्रयासरत रहन्छ जुन त्यसको लागि सृष्टि गरिएको छ लाभप्राप्तिबाट र हानिलार्इ हटाउनुबाट, यहाँसम्म कि अल्लाहले जनावर र पशुलार्इ पनि महसूस गर्ने शक्ति प्रदान गरेको छ जसको कारण त्यो लाभ पुर्याउने कार्य गर्छ र हानि एवं कष्टलार्इ हटाउँछ, र यस बाहेक ती समस्त कुराहरू जसद्वारा त्यो अाफ्नो जीवनीय उद्देश्य पूर्ति गर्छ, र यो महान अल्लाहको यसै कथन सरह छः जसले समस्त कुरालार्इ अति उत्तम र राम्रो बनायो । (अस्सज्दहः ७) ।
त जसले समस्त सृष्टिहरूलार्इ सृष्टि गर्यो त्यसले नै उनीहरूलार्इ यस्तो सर्वोत्त्म रूप प्रदान गर्यो जसभन्दा राम्रो रूप मनीषहरू कल्पना गर्न सक्दैनन्, अनि त्यसलार्इ त्यसका हितकर कुराहरूको प्राप्तितिर मार्गदर्शित गर्यो, त त्यो नै वास्तविक प्रतिपालक हो, यसर्थ त्यसको इन्कार विघमान भएको सबैभन्दा विशाल कुरोको इन्कार हो, र यस्तो गर्नु नै अभिमान र झूटद्वारा हठ गर्नु हो, यसर्थ अल्लाहले समस्त सृष्टिहरूलार्इ ती समस्त कुराहरू प्रदान गर्यो जसको उनीलार्इ अावश्यकता पर्न सक्थ्यो, र उनीलार्इ त्यसबाट लाभान्वित हुने तरिका पनि बतायो, र यस कुरामा कुनै सन्देह छैन कि त्यसले समस्त थोकहरूलार्इ त्यसलार्इ सुहाउँदो रूप अाकार प्रदान गर्यो, र प्रत्येक भाले पोथीलार्इ त्यसलार्इ सुहाउँदो रूप र सुन्दरता प्रदान गर्यो विवाह र प्रेम एवं मिलनको सन्दर्भमा, र प्रत्येक अंगलार्इ पनि त्यसलार्इ सुहाउँदो रूप र अाकार प्रदान गर्यो कि त्यो त्यसबाट लाभान्वित हुन सकोस्, त यी समस्तमा अकाट्य प्रमाणहरू छन् कि त्यो महान अल्लाह नै समस्त सृष्टिको मालिक हो, र त्यो नै पूजा गर्ने योग्य छ अरू बाहेक...
र प्रत्येक कुरामा त्यसको निम्ति यो प्रमाण छ जुन यस कुरामा प्रमाणीकरण गरिरहेको छ कि त्यो प्रतिपालक एक छ ।
र जुन कुरामा कुनै सन्देह छैन कि त्यस महान अल्लाहको रूबूबियतलार्इ प्रमाणित र सिद्ध गर्नुको तात्पर्य यो हो किः त्यसद्वारा यस कुरामा प्रमाणीकरण गर्नु कि मात्र त्यसै एकलो अल्लाहको पूजा अर्चना गर्नु अनिवार्य छ जसको कोही साझीदार छैन, यसर्थ यदि मान्छेले त्यसको प्रतिपालक हुने कुरामा त्यसको एकत्वमाथि विश्वास गरिहाल्छ तर र्इश हुने कुराको एकत्वको इकरार गर्दैन वा पूजामा राम्ररी यसलार्इ लागू गर्न सकेन भने त्यो मुसलमान हुनसक्दैन नत त्यो एकेश्वरवादी नै भयो, बरू त्यो काफिर र इन्कारी नै रह्यो, र यो नै त्यो कुरो हो जसबारे हामी अघि अाउने अध्यायमा वर्णन गर्ने छाैं इन्शाअल्लाह (यदि अल्लाहले चाह्यो) ।
पाँचाैं अध्यायः यस वर्णनमा कि ताैहीदे रूबूबियत ताैहीदे उलूहियतलार्इ संलग्न छ ।
र यसको अर्थ हो कि जसले पनि पालनकर्ता हुने कुरामा अल्लाहको एकत्वको इकरार गर्यो, त्यसले यो इकरार गर्यो कि अल्लाह बाहेक कोही पनि स्रष्टा, अन्नदाता र यस ब्रह्माण्डको संचालक र व्यवस्थापक छैन, त त्यसमाथि यो अपरिहार्य भइहाल्छ कि त्यो यस कुराको पनि इकरार गरोस् कि महान अल्लाह बाहेक कोही पनि कुनै पूजाको हकदार र योग्य छैन, र यसैलार्इ ताैहीदे उलूहियत (इर्श हुने कुरामा एक मान्नु) हो, त उलूहियत वास्तवमा पूजा नै हो किनकि इलाह (र्इश) को अर्थ हो पूजनीय, यसर्थ अल्लाह बाहेक कसैलार्इ पुकारिदैन, र त्यस बाहेक कसैलार्इ सहायताको लागि गुहारिदैन, र त्यस अल्लाह बाहेक कसैमाथि भरोसा गरिदैन, र सामीप्यता प्राप्तिको लागि अल्लाह बाहेक कसैको लागि नत बलि गरिन्छ नत भाकल मानिन्छ नत कुनै अन्य पूजालार्इ विशिष्ट गरिन्छ, यसर्थ ताैहीदे रूबूबियत ताैहीदे उदूहियतलार्इ अनिवार्य गर्नुको सर्वोत्तम प्रमाण हो, र यसै कारण महान अल्लाहले अधिकांश ठाउँमा ताैहीदे उलूहियतका इन्कारीहरूसित वादप्रतिवाद गरेको छ किनकि उनीहरूले त ताैहीदे रूबूबियतलार्इ मान्दै गरेका थिए, जसरी कि महान अल्लाहको यो कथनः हे मानवगण तिमीहरू अाफ्नो त्यस प्रतिपालकको पूजा गर जसले तिमीलार्इ र तिमीभन्दा पहिलाका मानिसहरूलार्इ सृष्टि गरेको छ ताकि तिमीहरू संयमी बन्न सक, जसले तिमीहरूको लागि धरतीलार्इ अोछ्यान र अाकाशलार्इ छत बनायो र अाकाशबाट पानी वर्षाएर तिम्रो अाहारको निम्ति फलफूल उत्पादन गर्यो, यसर्थ खबरदार जानीजानी त्यस अल्लाहको साझीदार नठहराउनु । (अल् बकरः २१, २२) ।
त अल्लाहले उनीहरूलार्इ ताैहीदे उदूहियतको अादेश दिनु भयो, र यो त्यसको उपासना हो, र यस कुरामा उनीहरूमाथि ताैहीदे रूबूबियतद्वारा प्रमाणीकरण गर्नु भयो जुन कि तिनी र तिनीभन्दा पहिलाका मानिसहरूको सृष्टि गर्नु हो, र अाकाश पृथ्वी र जेजति ती दुवैमा र बीचमा छन् सबैको सृष्टि गर्नु हो, र वायुलार्इ बशीभूत र वर्षा गराउनु, र बोटविरूवा उब्जाउनु, र फलफूलको उत्पात हो जुन भक्तहरूको भोजन र अाहार हो, यसर्थ उनीहरूलार्इ यो उपयुक्त छैन कि उनी त्यसको पूजामा त्यसको साथ कसै अरूलार्इ सहभागी बनाउन् जिनको बारेमा उनीलार्इ पनि थाहा छ कि उनीहरूले केही पनि गरेका छैनन्, यसर्थ ताैहीदे उलूहियतलार्इ प्रमाणित गर्ने प्राकृतिक तिरका होः त्यसमाथि ताैहीदे रूबूबियतद्वारा प्रमाणीकरण गर्नु, किनकि मान्छे सर्वप्रथम अाफ्नो उत्पात र अाफ्नो नाफा हानिबारे सोचविचार गर्छ, यसर्थ ताैहीदे रूबूबियत ताैहीदे उलूहियतको एउटा भाग हो, र यसैकारण अल्लाहले यस्तै तरिकाले बहुदेववादीहरूसित वादसंवाद गरेको छ र अाफ्नो रसूललार्इ पनि यस्तै संवाद गर्ने अादेश गरेको छ, यसर्थ महान अल्लाहको फर्मान छः (हे नबी) भनिदिनुस् (सोध्नुस्) यदि तिमीहरूलार्इ थाहा छ भने बताऊ कि पृथ्वी र जेजति यस पृथ्वीमा छन् कसको हो ? त उनीहरू भन्नेछन् अल्लाहको हो, त भनिदिनुस् यसो भए उपदेश किन ग्रहण गर्दैनाै भनिदिनुस् (सोध्नुस्) महान सिंहासन (अर्श) र सातवटै अाकाशको स्वामी को हो ? त उनीहरू भन्नेछन् अल्लाह हो, त भनिदिनुस् यसो भए तिमी डर किन मान्दैनाै भन्नुस् कि समस्त कुराहरू कसको अधीनस्थ छन्, र त्यो शरण दिन्छ र उसको दाँजोमा कोही कसैलार्इ शरण दिन सक्दैन त उनीहरू भन्नेछन् त्यो अल्लाह नै हो, त भिनदिनुस् यसो भए तिमीहरूमाथि जादू कताबाट चल्दछ । (अल् मूमिनूनः ८४-८९) ।
र अल्लाहको फर्मान छः त्यो अल्लाह नै तिम्रो प्रतिपालक हो जस बाहेक कुनै सत्य पूजनीय छैन, त्यो नै समस्त कुराको स्रष्टा हो, यसर्थ मात्र त्यसैको उपासना गर । (अल् अनअामः १०२) ।
यसर्थ अल्लाहले प्रतिपालक हुने कुराको एकत्वद्वारा पूजाको योग्यतामा र ताैहीदे उलूहियतमा प्रमाणीकरण गरेको छ, र यसै कारण नै त्यसले समस्तलार्इ सृष्टि गरेको हो, जस्तो कि अल्लाहको फर्मान छः र मैले मानव र दानवलार्इ मात्र अाफ्नो पूजाको लागि सृष्टि गरेको छु । (अज्जारियातः ५६) ।
र पूजा गर्नुको अर्थ होः मात्र एकलो अल्लाहको पूजा गर्नु, र भक्त मात्र ताैहीदे रूबूबियतमा विश्वास गरेर मुवह्हिद (एकेश्वरवादी) हुनसक्दैन यहाँसम्म कि ताैहीदे उलूहियतको (पूजामा अल्लाहलार्इ एक मान्ने धारणाको) पनि इकरार गरोस् र त्यसैमाथि कार्यरत भइहालोस्, नत्र समस्त बहुदेववादीहरू पनि ताैहीदे रूबूबियतमा विश्वास राख्दथे, तर यस इकरारले उनीहरूलार्इ इस्लाममा प्रविष्ट गराएन, र रसूल सल्लल्लाहो अलैहे वसल्लमले उनीहरूसित युद्ध गरे जबकि उनीहरूले यो अास्था राख्दथे कि मात्र अल्लाह नै स्रष्टा र अन्नदाता हो र जीवन दिनेवाला र मृत्यु प्रदान गर्नेवाला हो, जस्तो कि अल्लाहको फर्मान छः र यदि तपार्इ उनीहरूसित यो सोध्नुहुन्छ कि उनीहरूलार्इ कसले सृष्टि गरेको छ, त तुरून्तै उनी यो भन्नेछन् कि अल्लाहले । (अज्जुखरूफः ८७), र यदि तपार्इ उनीहरूसित यो सध्नुहुन्छ कि समस्त अाकाश र धरतीलार्इ कसले सृष्टि गरेको छ, त उनी अवश्य यो भन्नेछन् कि ती समस्तलार्इ अधिपत्यशाली सर्वज्ञानी (अल्लाह) ले सृष्टि गरेको छ । (अज्जुखरूफः ९), (हे नबी) सोध्नुस् कि तिमीहरूलार्इ अाकाश र धरतीबाट जीविका कसले प्रदान गर्छ, वा तिम्रो अाँखा र कानमाथि कसको अख्तियारी छ, र मृतकबाट प्राणवान कसले बनाउँछ र प्राणवानबाट प्राणहीन कसले बनाउँछ, र को हो जुन समस्त कुराको प्रबन्ध गर्छ ? त उनीहरू तुरून्तै यो भन्नेछन् कि त्यो अल्लाह नै हो । (यूनुसः ३१) ।
र यो कुरअानको अत्याधिक स्थानमा वर्णित छ, यसर्थ जुन व्यक्ति यो गुमान गर्दछ कि एकेश्वरवादको अर्थ अल्लाहको माैजूद हुने कुराको इकरार हो, वा यस कुराको इकरार हो कि अल्लाह नै यस विश्वको विधाता र संयोजक हो, र त्यो मात्र यतिको इकरार गर्छ भने त्यो व्यक्ति त्यस एकेश्वरवादबारे अनभिज्ञ नै छ जस एकेश्वरवादतिर सन्देष्टाहरूले सबैलार्इ अामन्त्रित गरे, किनकि त्यसले अावश्यक गर्ने कुरालार्इ त समात्यो तर जुन कुरा अावश्यक छ त्यसलार्इ त्यागिदियो, वा त्यसले प्रमाणलार्इ त स्वीकार गर्यो तर जसकुरामाथि प्रमाणीकरण गरिएको छ त्यसलार्इ अस्वीकृत गरिदियो ।
र र्इश्वरत्वका विशेषताहरूमध्ये होः समस्त दिशाबाट परिपूर्णता, जसमा कुनैतिरबाट कमी नहोस्, त यो यस कुरालार्इ अपरिहार्य गरिदिन्छ कि मात्र त्यसैको पूजा गरियोस्, र मात्र त्यसलार्इ सम्मानित र मर्यादित गरियोस्, र मात्र त्यसैबाट विन्ती गरियोस् र त्यससित अाशान्वित भइयोस् र त्यसैमाथि भरोसा गरियोस् र त्यससित सहायता चाहियोस्, र त्यसलार्इ प्रेमको साथै नतमस्तक भइयोस्, र यी समस्त प्राकृतिक, मनीषीय र वैधानिक ताैरले मात्र अल्लाहको लागि हुनुपर्छ, र अल्लाह बाहेक अन्य कसैको लागि यी समस्त प्राकृतिक, मनीषीय र वैधानिक ताैरले अमान्य छ ।
ताैहीदुल् उलूहिया (र्इश्वरत्वको एकत्व, एकेश्वरवाद)
र यसमा निम्न अध्यायहरू छन्ः
पहिलो अध्यायः ताैहीदुल् उलूहियाको अर्थको बारेमा र यसबारेमा कि यो नै समस्त सन्देष्टाहरूको अामन्त्रणको मूल मुद्दा थियो ।
दोस्रो अध्यायः दुवै गवाही र त्यसका अर्थ र अाधार र शर्तहरू र त्यस सन्दर्भमा भएका अनिवार्यता र त्यसका विरोधी तथ्यहरूको बारेमा ।
तेस्रो अध्यायः विधानको बारेमा अर्थात हलाल (जायज) हराम (त्याज्य) गर्ने अधिकार मात्र अल्लाहको हो ।
चाैथो अध्यायः उपासना (पूजा) र त्यसको अर्थ र थरी र व्यापकताको बारेमा ।
पाँचाैं अध्यायः पूजाको अर्थ र परिभाषा वर्णनगर्दा गल्त व्याख्या गर्नु र त्यसमा कुटिलता अपानाउनुको वर्णन, (जसरी पूजाको अर्थलार्इ वर्णन गर्नुमा कमिकोताही गर्नु वा त्यसमा सीमा अतिक्रमण गर्नु अादि) ।
छठाैं अध्यायः पूजनीयताको सही अाधार र मूल मर्महरूः प्रेम- भय- नतमस्तकता- अाशा ।
साताैं अध्यायः कर्म र पूजा कबूल हुने शर्तहरूको वर्णनः र त्यो हो निष्ठा र विधानको अनुपालन ।
अाठाैं अध्यायः धर्मका श्रेणीहरूको बारेमा र ती हन्ः इस्लाम (अाज्ञाकारिता)- र्इमान (अास्था)- एहसान। र यी समस्तको परिभाषा र ती सबैबीच विशिष्ट र सामान्य संलग्नता ।
पहिलो अध्यायः ताैहीदुल् उलूहियाको अर्थको बारेमा र यसबारेमा कि यो नै समस्त सन्देष्टाहरूको अामन्त्रणको मूल मुद्दा थियो
ताैहीदुल् उलूहियाः र उलूहीयाको अर्थ हो पूजा
र ताैहीदुल् उलूहिया होः महान अल्लाहलार्इ भक्तका ती कार्यहरूमा एक मान्नु जुन कार्यहरू वैधानिक छन् र जसद्वारा उनीहरू सामीप्यता प्राप्त गर्छन्, जसरी याचना र बलि, अाशा र भय, भरोसा र अाशा, डर र अाकांक्षा, र ताैहीदको यो थरी नै पहिलादेखि अन्तिम सन्देष्टाहरूको अामन्त्रणको मूल मुद्दा र शीर्षक थियो, अल्लाहको भनार्इ छः हामीले प्रत्येक समुदायमा सन्देष्टाहरू पठायाैं ताकि मानिसहरू मात्र अल्लाहकै पूजा उपासना गरून् र उस बाहेक अन्य समस्त पूज्यहरूलार्इ त्यागिहालुन् । (अन्नहलः ३६), र अल्लाहको फर्मान छः र जुन सन्देष्टालार्इ पनि तपार्इभन्दा पहिला हामीले पठायाैं त्यसतिर मात्र यही सन्देश पठायाैं कि म बाहेक कोही सत्य पूज्य छैन यसर्थ मात्र मेरो उपासना नै गर्नु । (अल् अम्बियाः २५) ।
र प्रत्येक रसूल र सन्देष्टाले अाफ्नो समुदायमा एकेश्वरवादद्वारा अामन्त्रणको शुभारम्भ गर्यो जसरी कि हजरत नूह र हूद र सालेह एवं शुएेबले भनेः हे मेरो समुदायका मानिसहरू मात्र अल्लाहको पूजा उपासना गर किनकि त्यस बाहेक तिम्रो अरू कुनै पूज्य छैन । (अल् अअराफः ५९, ६५, ७३, ८५), र जब इब्राहीमले अाफ्नो समुदायसित भने तिमी अल्लाहको पूजा गर र त्यसैसित डर्नेगर । (अल् अन्कबूतः १६) ।
र नबी सल्लल्लाहो अलैहे वसल्लममाथि यो अवतरित गरियोः (हे नबी) भनिदिनुस् कि मलार्इ यो अादेश गरिएको छ कि एकाग्र भएर अल्लाहको उपासना यस्तो तरिकाले गरूँ कि उपासनालार्इ उसैलार्इ समर्पित गरिहालूँ । (अज्जुमरः ११) ।
र रसूल (उहाँमािथ अल्लाहकाे प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः मलार्इ अादेश गरिएको छ कि म मानिसहरूसित तबसम्म युद्धरत रहूँ जबसम्म उनीहरू लाइलाहा इल्लल्लाह र मुहम्मदुर्रसूलुल्लाहको गवाही दिदैनन् । (यस हदीसलार्इ बुखारी र मुस्लिमले वर्णन गरेका छन्) ।
र मान्छेमाथि पहिलो अनिवार्य कार्य होः लाइलाहा इल्लल्लाहको गवाही दिनु र त्यसै बमोजिम कार्यरत हुनु, जसरी कि अल्लाहको फर्मान छः त जानिराख कि अल्लाह बाहेक कोही सत्य र्इश छैन र अाफ्नो त्रुटिहरूको लागि क्षमायाचना गर्नुस् । (मुहम्मदः १९) ।
र जुन व्यक्ति इस्लाममा प्रवेश गर्न चाहन्छ त्यसलार्इ सर्वप्रथम जुन कुराको अादेश गरिन्छ त्यो होः दुवै गवाहीलार्इ उच्चारण गर्नु, त यसबाट यो स्पष्ट हुन्छ किः ताैहीदुल् उलूहिया (इर्श्वरत्वको एकत्व) नै सन्देष्टाहरूको अामन्त्रणको मूल उद्देश्य थियो, र यसलार्इ यस नामले यसकारण नामाकरण गरियो किनकि उलूहिया (र्इश्वरत्व) महान अल्लाहको विशेषता हो जुन त्यसको नाम अल्लाहमाथि प्रमाणीकरण गर्छ, यसर्थ अल्लाहको अर्थ हो र्इश्वरत्वको विशेषता राख्ने परम् पूज्य ।
र यसलार्इ ताैहीदुल् इबादा पनि भनिन्छ, किनकि पूज्नीयता र भक्ति भक्तको विशेषता हो, किनकि त्यसमाथि यो अनिवार्य छ कि त्यो पूर्ण निष्ठाको साथ मात्र अल्लाहको पूजा गरोस्, त्यसलार्इ अाफ्नो प्रतिपालकको अावश्यकता हुनुको कारण र त्यसको मुखापेक्षी हुनुको कारण, शैखुल् इस्लाम इब्ने तैमिया रहेमहुल्लाहको भनार्इ छः
यादराख कि भक्तले अल्लाहको मुखापेक्षी हुनु होः कि त्यो त्यसको पूजा गरोस् र त्यसको साथमा कसैलार्इ सहभागी नगरोस्, र यसको कुनै उदाहरण नै छैन जसमाथि यसलार्इ कियास गरियोस्, तर यो केही कुराको सन्दर्भमा शरीरको भाेजन पानीको अावश्यकता अनुरूप छ, र यी दुवैबीच धेरै भिन्नता छ, किनकि भक्तको वास्तविकता हो हृदय र त्यसको अात्मा, र त्यसको भलार्इ त्यसको परम् परमेश्वर बाहेक कतै छैन जस बाहेक कोही सत्य र्इश् छैन, यसर्थ त्यो यस संसारमा तबसम्म सन्तुष्ट हुँदैन जबसम्म त्यसको गुणगान र स्मरण नगरोस् । र यदि भक्तलार्इ अन्य कुराहरूमा अानन्द र प्रसन्नता प्राप्त हुन्छ तर त्यो क्षणिक हुन्छ, बरू त्यो त नानाथरीको हुन्छ जसमा त्यो एकपछि अर्कोमा सर्छ, र एक व्यक्तिदेखि अर्को व्यक्तिको लागि भिन्न हुन्छ, तर रह्यो कुरा त्यसको र्इश्वरको त त्यसको अावश्यकता त्यसलार्इ प्रत्येक अवस्थामा हुन्छ, र प्रत्येक समय र स्थानमा त्यो त्यसको साथमै हुन्छ ।
र एकेश्वरवादको यो थरी नै समस्त सन्देष्टाहरूको अामन्त्रणको मूल मुद्दा थियो, किनकि यो नै त्यो अाधार हो जसमाथि समस्त कर्महरू निर्भर छन्, र यस बिना कुनै पनि सुकार्य शुद्ध हुँदैनः यसर्थ जब यो पाइदैन त यसको विरोधी कुरा पाइन्छ जुन कि बहुदेववाद हो, र महान अल्लाहको फर्मान छः निःसन्देह अल्लाह अाफूसाथ कसैलार्इ सहभागी ठहराउने कार्यलार्इ क्षमा गर्दैनन् । (अन्निसाः ४८, ११६), र अल्लाहको फर्मान छः र यदि उनीहरूले अल्लाहको साथमा साझीदार ठहराएको भए उनीहरूका समस्त कर्महरू खेर भएर जाने थिए । (अल् अनअामः ८८), र अल्लाहको फर्मान छः यदि तिमीले बहुदेववाद यर्याै भने तिम्रा समस्त कर्महरू खेर जानेछन् र तिमी घाटामा पर्नेहरूमध्येका भइहाल्ने छाै । (अज्जुमरः ६५) ।
र यस कारण पनि किनकि ताैहीदको यो थरी नै भक्तमाथि सर्वप्रथम अनिवार्य दायित्व हो, जसरी कि महान अल्लाहको फर्मान छः र अल्लाहकै पूजा गर र त्यसको साथमा कसैलार्इ सहभागी नबनाऊ र माता पितासँग सुव्यवहार गर । (अन्निसाः ३६) पूर्ण श्लोक..., र अल्लाहको फर्मान छः र तिम्रो पालनहारले यो अादेश गरेको छ कि तिमी त्यस बाहेक कसैको पूजा नगर र माता पितासँग विनम्र व्यवहार गर । (अल् इस्राः २३) पूर्ण श्लोक..., र अल्लाहको फर्मान छः (हे नबी) भनिदिनुस् अाऊ म तिमीहरूलार्इ त्यो कुरो सुनाऊँ जसको विरोध गर्ने तिम्रो प्रतिपालकले रोक लगाएको छ, कि तिमी त्यसको साथमा कसैलार्इ साझीदार नठहराउनु, र माता पितासँग सुव्यवहार नै गर्नु । अल् अनअामः १५१-१५३) पूर्ण श्लोकहरू... ।
दोस्रो अध्यायः दुवै गवाहीको अर्थ र त्यसमा उत्पन्न भएका गल्तीहरूको बारेमा
र ती दुवैका अाधार र शर्तहरू र त्यस सन्दर्भमा भएका अनिवार्यता र त्यसका विरोधी तथ्यहरूको बारेमा
पहिलोः दुवै साक्ष्य बस्नुको अर्थः
लाइलाहा इल्लल्लाहको साक्ष्य बस्नुको अर्थः यो अास्था राख्नु र इकरार गर्नु कि अल्लाह बाहेक कोही पूजा योग्य छैन, र यसैमाथि दृढ रहनु र त्यसै बमोजिम कर्म गर्नु, त (فلا إله) कुनै पूज्य छैनद्वारा अल्लाह बाहेकका समस्तको पूजा योग्य हुने कुरालार्इ नकारिन्छ चाहे त्यो जुनसुकै किन नहोस्, र (إلا الله) बाहेक अल्लाहद्वारा पूजाको योग्य मात्र अल्लाहलार्इ नै सिद्ध गरिन्छ, र यस वाक्यको संक्षिप्त अर्थ होः अल्लाह बाहेक कोही सत्य पूजनीय छैन । यसर्थ ला अक्षरसित संलग्न भएको खबर सत्यलार्इ अदृश्य मान्नु अनिवार्य छ र यस सन्दर्भमा विघमान (माैजूद) शब्दलार्इ लुकेको मान्नु सही छैन, किनकि यो वास्तविकता विपरीत छ, किनकि अल्लाह बाहेक मिथ्या पूज्यहरू अत्याधिक संख्यामा माैजूद नै छन्, किनकि यसबाट यो अपरिहार्य हुन्छ कि यी समस्त कुराहरूको पूजा पनि अल्लाहको पूजा नै हो, र यो घोर असत्य कुरो हो, र यो नै (वहदतुल् वजूद) अर्थात सबै कुरालार्इ र्इश्वर मान्ने धारणा राख्ने समूहहरूको यो नै धारणा हो जुन कि यस पृथ्वीमा भएका समस्तमध्ये घोर नास्तिकता गर्नेवाला हुन् । र यस वाक्यको केही अन्य गल्त व्याख्या गरिएको छ जसमध्ये केही निम्न हुन्ः
कि यसको अर्थ होः अल्लाह बाहेक कोही पूज्य छैन । र यो पनि अशुद्ध छ, किनकि यसको अर्थ भयो किः याता अल्लाह समेत समस्त पूज्यहरू सत्य छन् वा असत्य, जस्तो कि अघि नै हामीले यसलार्इ वर्णन गर्याैं ।
कि यसको अर्थ होः अल्लाह बाहेक कोही स्रष्टा छैन । त यो यस वाक्यको एउटा अंशको अर्थ हो, तर मात्र त्यही अभीष्ट छैन, किनकि यसद्वारा मात्र ताैहीदे रूबूबियत प्रमाणित हुन्छ जुनकि बहुदेववादीहरूको लागि पर्याप्त छैन ।
कि यसको अर्थ होः अल्लाह बाहेक कसैको सत्ता छैन, र यो पनि त्यस वाक्यको अर्थको एउटा अंश हो, र मात्र यो नै अभीष्ट छैन, किनकि मात्र यो पर्याप्त छैन, किनकि यदि मान्छेले मात्र अल्लाहको सत्ता हुने कुराको इकरार गर्यो तर अल्लाह बाहेकको पूजा गर्दै रह्यो वा पूजाहरूमध्ये कुनै थरीलार्इ अल्लाह बाहेकको लागि विशिष्ट गर्यो भने त्यो मुवह्हिद (एकेश्वरवादी) भएन, र यी समस्त व्याख्याहरू विकारयुक्त र गल्त छन्, र यसतिर हामीले ध्यानाकर्षण गराएँ किनकि यी व्याख्याहरू केही प्रचलित किताबहरूमा भेटिन्छ ।
र हाम्रा सदाचारी पूर्वजहरू र अनुसन्धानकर्ताहरू निकट यस वाक्यको सही व्याख्या होः
कि भनियोस्ः अल्लाह बाहेक कोही पनि सत्य पूजनीय छैन, जसरी कि हामीले अघि नै वर्णन गरें ।
र मुहम्मदुर्रसूलुल्लाहको गवाही (साक्ष्य दिनु) को अर्थ होः जाहेरी र गोप्य ताैरले यो मान्नु कि उहाँ (मुह्हमद) अल्लाहका सेवक र सबै मानिसहरूको निम्ति अल्लाहका सन्देष्टा हुन्, र यसै बमोजिम उहाँको अादेशपालना गर्नु, र उहाँले दिएको खबरमा विश्वास गर्नु, र जसबाट रोकेका छन् वाढाँटेका छन् वा सतर्क गरेका छन् त्यसबाट रूकिहाल्नु, र उहाँले वैधानिक गरेको तरिका विपरीत तिरकाले अल्लाहको पूजा नगर्नु ।
दोस्रोः दुवै गवाहीका अाधारहरू
(क) लाइलाहा इल्लल्लाहः र यसका दुर्इ अाधार छन् र ती हुन्ः अस्वीकृति र स्वीकृतिः
त पहिलो अाधार होः अस्वीकृतिः लाइलाहाः जसद्वारा समस्त प्रकारका बहुदेववादलार्इ अमान्य घोषित गरिन्छ, र जस जसले पनि अल्लाह बाहेकको पूजा गर्छ त्यसको नास्तिकतालार्इ अनिवार्त गर्छ ।
र दोस्रो अाधार होः स्वीकृतिः इल्लल्लाहः जुन यो साबित गर्छ कि अल्लाह बाहेक कोही पनि पूजा योग्य छैन, र त्यसै बमोजिम कार्यरत हुनेलार्इ अनिवार्य गर्छ । र यी दुवै अाधारको अर्थ धेरै श्लोकहरूमा वर्णित छन्, जसरी कि अल्लाहको यो कथनः जसले समस्त मिथ्या पूज्यहरूको इन्कार गर्यो र मात्र अल्लाहमाथि अास्थावान भयो, त त्यसले बलियो डोरी समात्यो । (अल् बकरः २५६) ।
त अल्लाहको यो कथनः (जसले समस्त मिथ्या पूज्यको इन्कार गर्यो) त यो पहिलो अाधार (लाएलाहा) को अर्थ हो, र अल्लाहको यो कथनः (र अल्लाहमाथि अास्था राख्यो) यो दोस्रो अाधार (इल्लल्लाह) को अर्थ हो ।
र यस्तै अल्लाहको इब्राहीम अलैहिस्सलामको बारेमा यो कथनः म ती समस्तबाट विरक्त छु जस जसको तिमीहरू पूजा गर्दैछाै मात्र त्यस बाहेक जसले मलार्इ सृष्टि गरेको छ । (अज्जुखरूफः २६, २७) ।
त अल्लाहको यो कथनः (म ती समस्तबाट विरक्त छु) त्यो पहिलो अाधार अस्वीकृतिको अर्थ हो, र अल्लाहको यो कथनः (त्यस बाहेक जसले मलार्इ सृष्टि गरेको छ) दोस्रो अाधार स्वीकृतिको अर्थ हो ।
मुहम्मदुर्रसूलुल्लाहको गवाही दिनुका अाधारहरूः र यसका दुर्इ अाधार छन्ः हाम्रो यो कथन किः उहाँ अल्लाहको भक्त र सन्देष्टा हुन् । त यी दुवै वाक्य उहाँ सल्लल्लाहो अलैहे वसल्लमको बारेमा कमिकोताही र जियादतीलार्इ नकार्दछ किनकि उहाँ अल्लाहको भक्त र सन्देष्टा हुन्, र उहाँ यी दुवै विशेषतामा पूर्ण सृष्टिमध्ये सर्वश्रेष्ठ छन् । र यता भक्तको अर्थ होः तपस्सवी दास, अर्थात उहाँ पनि सृष्टि गरिएका मानव नै हुन् जसरी समस्त मानव हुन्छन् र उहाँलार्इ पनि त्यही लाग्दछ जुन मानवहरूलार्इ लाग्दछ, जसरी कि अल्लाहको फर्मान छः (हे नबी) भनिदिनुस् म त तिमीहरू सरह एउटा मानव नै हूँ । (अल् कहफः ११०), र उहाँ सल्लल्लाहो अलैहे वसल्लमले पूजनीयताको हकलार्इ पूर्ण गरे, जसको कारण अल्लाहले उहाँको प्रशंसा पनि गरेको छ, अल्लाहको फर्मान छः के अल्लाह अाफ्नाे भक्तहरूको लागि पर्याप्त छैन ? (अज्जुमरः ३६), समस्त प्रशंसा त्यस अल्लाहको लागि छ जसले अाफ्नो भक्तमाथि किताब (ग्रन्थ) अवतरित गर्यो । (अल् कहफः १), पवित्र छ त्यो अल्लाह जसले एकै रात्रीमा अाफ्नो भक्तलार्इ मस्जिदे हरामदेखि यात्रा गरायो । अल् इस्राः १) ।
र सन्देष्टाको अर्थ होः समस्त मानवगणतिर अल्लाहतर्फ अामन्त्रित गर्नुको लागि पठाइएको सन्देष्टा शुभ् सूचना सुनाउने सूचक र सचेतकर्ता ।
र यी दुवै विशेषताको गवाही दिनुले उहाँको हकमा कमी र अभिवृद्धिलार्इ नकारिन्छ, किनकि अधिकांश ती मानिसहरू जुन उहाँको अनुयायी हुने दावी गर्छन् उहाँको बारेमा सीमा अतिक्रमण र अतिशोक्ति गरिहाल्छन्, र उहाँको प्रेममा यति अघि बढिहाल्छन् कि उहाँलार्इ उपासक हुने श्रेणीबाट उठाएर उपास्यको श्रेणीमा बिराजित गरिदिन्छन्, र उहाँको पूजा अारम्भ गरिहाल्छन्, यसर्थ अल्लाहलार्इ छाडेर उहाँसित सहायता माँग्दछन्, र उहाँसित ती कुराहरूको माँग गर्दछन् जसमाथि अल्लाह बाहेक कोही सामर्थ्य राख्दैन, जसरी अावश्यकताहरूलार्इ पूर्ण गर्ने याचाना र विपदालार्इ हटाउने याचना । र यिनी विपरीत केही यस्ता मानिस पनि छन् जुन उहाँको दूतत्वको नै इन्कारी छन् वा उनी उहाँको अनुशरण गर्नुमा कमी गर्दछन्, र उनीहरू यस्ता निराधार कथनहरूमाथि निर्भर भइहाल्छन् जुन उहाँको कथन विपरीत हुन्छ, अनि उहाँले सुनाएका खबर र निर्देशनहरूको गल्त व्याख्या गर्छन् ।
तेस्रोः दुवै गवाहीका शर्तहरू
लाइलाहा इल्लल्लाहका शर्तहरू
लाइलाहा इल्लल्लाहको गवाहीमा सातवटा शर्त पाइनु अावश्यक छ, यसर्थ यदि यी शर्तहरू त्यस व्यक्तिमा पाइदैन जसले यसलार्इ भनेको छ भने त्यसलार्इ यो वाक्य कुनै लाभ दिदैन, र ती सात शर्तहरू संक्षेपमा यी हुन्ः
पहिलोः यस्तो ज्ञान जुन अज्ञानता विरूद्ध होस् ।
दोस्रोः यस्तो यकिन जुन सन्देह विरूद्ध होस् ।
तेस्रोः यस्तो स्वीकृति जुन अस्वीकृति विरूद्ध होस् ।
चाैथोः यस्तो अनुशरण जुन परित्याग विरूद्ध होस् ।
पाँचाैंः यस्तो निष्ठा जुन बहुदेववाद विरूद्ध होस् ।
छठाैंः यस्ताे सत्यता जुन झूट विरूद्ध होस् ।
साताैंः यस्तो प्रेम जुन त्यसको विरोधी कुरा घृणा विरूद्ध होस् ।
र रह्यो यसको विस्तृत अर्थ त त्यो होः
पहिलो शर्तः ज्ञान
अर्थात त्यसको ज्ञान र त्यसको अर्थको ज्ञान र जुन कुरालार्इ स्वीकृत र अस्वीकृत गर्दछ ती समस्तको यस्तो ज्ञान जुन ती समस्तको अज्ञानता विरूद्ध होस् । अल्लाहको फर्मान छः तर जसले सत्यताको साथ गवाही दियो र यसबारे उनीलार्इ ज्ञान पनि छ । (अज्जुखरूफः ८६) ।
अर्थात त्यसले लाइलाहा इल्लल्लाहको गवाही दियो यस्तो अवस्थामा कि तिनका हुदयलार्इ त्यसको ज्ञान पनि छ जसको गवाही तिनका जिब्रोले दिएका छन्, यसर्थ यदि मान्छेले यसको गवाही त दियो तर त्यसलार्इ यसको अर्थ नै थाहा छैन भने त्यसको लागि यो गवाही लाभदायक हुँदैन, किनकि त्यसले त्यस कुरामाथि अास्था नै राखेन जसमाथि यो वाक्य प्रमाणीकरण गरिरहेको छ ।
दोस्रो शर्तः यकिन (विश्वास)
अर्थात यसलार्इ भन्ने मान्छे ती समस्त कुराहरूमाथि यकिन राखोस् जसमाथि यो वाक्य प्रमाणीकरण गरिरहेको छ, तर यदि त्यो ती कुराहरूमाथि सन्देह र शंका गरिरहेको छ जसमाथि यो प्रमाणीकरण गरिरहेको छ भने यो गवाही त्यसलार्इ कुनै लाभ पुर्याउने छैन, अल्लाहको फर्मान छः निःसनदेह वास्तविक अास्थावान त ती मानिसहरू नै हुन् जुन अल्लाह र त्यसको सन्देष्टामाथि अास्था राखे अनि त्यसमा कुनै प्रकारको सन्देह गरेनन् । (अल् हुजुरातः १५) ।
यसर्थ यदि कुनै मान्छे यसमा सन्देह गर्छ भने त्यो मुनाफिक (कपटी) हो, र नबी सल्लल्लाहो अलैहे वसल्लमको भनार्इ छः तिमी यस पर्खाल पछाडि जस कसैलार्इ भेट्दछाै जुन अाफ्नो हृदयले विश्वास गरेर लाइलाहा इल्लल्लाहको गवाही दिन्छ भने त्यसलार्इ स्वर्गको शुभसमाचार सुनाइदिनु । (यो हदीस सहीहमा छ) यसर्थ जुन व्यक्ति यसमाथि हृदयले विश्वास राख्दैन त्यो स्वर्गमा जाने हकदार हुँदैन ।
तेस्रो शर्तः स्वीकृति
ती समस्त कुराहरूको जसमाथि यो वाक्य प्रमाणीकरण गरिरहेको छ जसरी मात्र एक अल्लाहको पूजा अर्चना गर्नु, र त्यस बाहेक समस्तको पूजालार्इ त्याग्नु, त जसले यसलार्इ मुखले त भन्यो तर यी समस्त कुराहरूलार्इ कार्यान्वित गर्दैन, त त्यो ती मानिसहरूमध्येको भइहाल्छ जसको बारेमा अल्लाहले भनेको छः जब उनीहरूसित भनिन्थ्यो कि अल्लाह बाहेक कोही सत्य पूनजीय छैन त उनीहरू अभिमान र अवज्ञा गर्न थाल्दथे र भन्थे के हामी अाफ्ना पूज्यहरूलार्इ एउटा पागल (उन्मादी) कविको भनार्इको कारण छाडिदिअाैं । (अस्साफ्फातः ३५, ३६) ।
त यो उस्तै छ जसरी चिहानका पूजारीहरूको अवस्था छ, किनकि उनीहरू लाइलाहा इल्लल्लाहको गवाही पनि दिन्छन् र चिहानको पूजालार्इ पनि त्याग्दैनन्, यसर्थ उनी लाइलाहा इल्लल्लाहको अर्थमा विश्वास राख्नेहरूमा अाउने हकदार छैनन् ।
चाैथो शर्तः अनुशरण
ती समस्त कुराहरूको जसमाथि यो वाक्य प्रमाणीकरण गरिरहेको छ, अल्लाहको फर्मान छः जसले अाज्ञाकारिताको साथ अाफूलार्इ अल्लाहको अधीन गरिदियो र त्यो सुकर्मी पनि छ भने त्यसले बलियो डोरी समातिसकोको छ । (लुकमानः २२) ।
र बलियो डोरी (सहारा) लाइलाहा इल्लल्लाह हो, र अाफूलार्इ अल्लाह अधीन गर्नुको अर्थ होः त्यो पूर्ण निष्ठाको साथ अल्लाहको अाज्ञापालक भइहालोस् ।
पाँचाैं शर्तः सत्यता
र यो हो कि मान्छे यस वाक्यलार्इ हृदयले विश्वास गरेर भनोस्, यसर्थ यदि त्यसले यसलार्इ जिब्रोले त भन्यो तर हृद्यले यसमा विश्वास राख्दैन भने त्यो कपटी र मिथ्यावादी हो । अल्लाहको भनार्इ छः र केही मानिसहरू यस्ता पनि छन् जुन भन्छन् कि हामी अल्लाह र प्रलयको दिनमाथि र्इमान राख्दछाैं तर वास्तवमा उनीहरू र्इमानवाला होइनन्, उनी अल्लाह र अास्थावानहरूलार्इ धोका दिइरहेका छन् । अल्लाहको यस कथनसम्मः र उनीहरूको लागि उनीहरूको झुटको कारण अपमानजनक सजाय छ । (अल् बकरः ८-१०) ।
छठाैं शर्तः निष्ठा
र यसको अर्थ हो कर्मलार्इ बहुदेववादका समस्त गन्दगीबाट स्वच्छ पार्नु, अर्थात त्यस कार्यद्वारा त्यो कुनै संसारिक लाभको चाहना र अाशा नगरोस् नत त्यसद्वारा अाडम्बर नै गरोस्, किनकि हजरत उतबानले वर्णन गरेको सही हदीसमा छः अल्लाह त्यस मान्छेमाथि नर्कलार्इ हराम गरिदिएका छन् जसले अल्लाहको प्रसन्नता पाउने उद्देश्यले लाइलाहा इल्लल्लाह भनेको छ । (यस हदीसलार्इ बुखारी र मुस्लिमले वर्णन गरेका छन्) ।
साताैं शर्तः प्रेम
यस वाक्यसित प्रेम गर्नु र जसमाथि त्यो प्रमाणीकरण गरिरहेको छ त्यससित पनि र जुन मानिसहरू यस बमोजिम कार्रत छन् उनीसित पनि प्रेम गर्नु, अल्लाहको फर्मान छः केही मानिसहरू यस्ता पनि छन् जुन अल्लाह बाहेकलार्इ त्यसको साझीदार बनाएर त्यसलार्इ अल्लाह जस्तो प्रेम गर्दछन्, र जुन अास्थावानहरू छन् उनी अल्लाहसित अत्याधिक प्रेम गर्नेवाला हुन्छन् । अल् बकरः १६५) ।
त लाइलाहा इल्लल्लाह भन्नेवालाहरू अल्लाहलार्इ निष्ठावाला र निस्वार्थीय प्रेम गर्छन्, र बहुदेववादीहरू अल्लाहसित प्रेम गर्नुको साथै त्यसको साथमा अन्य मिथ्या पूज्यहरूलार्इ पनि प्रेम गर्दछन्, त यो लाइलाहा इल्लल्लाह विरूद्ध कार्य हो ।
र मुहम्मदुर्रसूलुल्लाहको गवाही दिनुका शर्तहरू यी हुन्ः
उहाँको दूतत्वको इकरार गर्नु, र हृदयमा गोप्य तरिकाले त्यसमा विश्वास राख्नु ।
त्यसको उच्चारण गर्नु, र जिब्रोले जाहेरी ताैरले त्यसको इकरार गर्नु ।
र उहाँको अनुशरण गर्नु, अर्थात जुन कुराहरू पनि उनी अल्लाहको तर्फबाट लिएर अाएका छन् त्यसै अनुसार कर्म गर्नु, र जसबाट रोकेका छन् ती समस्त कुकर्मबाट रूकिहाल्नु ।
विगत र भविष्यको अदृश्य कुराहरूको बारेमा जुन उहाँले खबर दिएका छन् त्यसमा उहाँलार्इ सत्यवान मान्नु ।
उहाँसित अाफ्नो ज्यान, माल, सन्तान, पिता र समस्त मानिसहरूभन्दा अधिक प्रेम गर्नु ।
उहाँको कथनलार्इ उहाँ बाहेक समस्तको कथनमाथि प्राथमिकता दिनु, र उहाँको पद्धति बमोजिम कार्यरत हुनु ।
चाैथोः दुवै गवाहीसित संलग्न अनिवार्य कार्यहरू
लाइलाहा इल्लल्लाहको गवाहीसित संलग्न अनिवार्य कार्यहरू
अल्लाह बाहेक समस्त मिथ्या पूज्यहरूको पूजा उपासनालार्इ त्याग्नु जसको अस्वीकृत हुने कुरामाथि लाइलाहा शब्दले प्रमाणीकरण गरेको छ । र मात्र एक अल्लाहको पूजा अर्चना गर्नु जसको कोही सहभागी छैन, जसमाथि हाम्रो कथन इल्लल्लाह शब्द स्वीकृतीय प्रमाणीकरण गर्दछ, त अधिकांश ती मानिसहरू जुन यस वाक्यलार्इ भन्दछन् यसको अनिवार्यता विरोधी गतिविधिहरू गर्छन्, यसर्थ उनीहरू निषेधित र्इश्वरत्वलार्इ सृष्टिहरू र चिहानहरू र मिजार र मूर्तिहरू एवं रूख ढुँगाहरूको लागि साबित र सिद्ध गर्छन् ।
र यिनीहरूले एकेश्वरवादलार्इ बिदअत (धर्ममा नाैलो कुरा) ठाने, र ती समस्त मानिसहरूको विरोध गरे जुन उनीलार्इ यसतिर अामन्त्रित गर्छ, र त्यससित घृणा गर्न लागे जसले पूजालार्इ मात्र अल्लाहसित विशिष्ट गर्यो ।
मुहम्मदुर्रसूलुल्लाहको गवाहीसित संलग्न अनिवार्य कार्यहरू
उहाँ सल्लल्लाहो अलैहे वसल्लमको अनुशरण र विश्वास गर्नु, र उहाँले जुन कुराबाट रोकेका छन् त्यसबाट पंछिनु, र मात्र उहाँको पद्धतिको सीमामा रहेर कर्म गर्नु, र त्यस बाहेकका समस्त बिदअत र नाैलो अविष्कृत कुराहरूलार्इ त्यागिहाल्नु, र उहाँको कथनलार्इ उहाँ बाहेक सबैको कथनमाथि प्राथमिकता दिनु ।
पाँचाैंः दुवै गवाहीका विरोधी कुराहरू
यी ती कुराहरू नै हुन् जुन इस्लामका विरोधी कार्यहरू हुन्, किनकि यी दुवै गवाहीका वाक्य ती कुरा नै हुन् जसलार्इ उच्चारण गरेर मान्छे इस्लाममा प्रवेश गर्छ, र यी दुवैको उच्चारणको अर्थ हो कि जुन कुरामा पनि ती दुवै प्रमाणीकरण गरिरहेका छन् ती समस्तको इकरार गर्नु, र त्यसै बमोजिम इस्लामीय अनुष्ठानहरूमाथि कार्यरत हुनु, यसर्थ जब मान्छे यीमध्ये कसैमा कमिकोताही गर्छ त त्यसले अाफ्नो त्यस अठोट र संकल्पलार्इ भंग गर्यो जसलार्इ दुवै गवाहीलार्इ दिदा गरेको थियो । र इस्लामका विरोधी कुराहरू अत्याधिक छन् जसको लागि विधिशास्त्रमा विधिशास्त्रीहरूले एउटा विशेष शीर्षक र अध्याय नै वर्णन गरेका हुन्छन् जसलार्इ (बाबुर्रिद्दह) को नामले नामाकरण गर्छन्, तर यसका विरोधी कुराहरूमध्ये सर्वप्रसिद्ध दश छन् जसलार्इ शैखुल् इस्लाम मुहम्मद बिन अब्दुल वह्हाब रहेमहुल्लाहले यसरी वर्णन गरेका छन्ः
अल्लाहको पूजामा कसैलार्इ सहभागी बनाउनु, ल्लाहको फर्मान छः निःसन्देह अल्लाह अाफ्नो साझेदार बनाउनेलार्इ क्षमा गर्दैनन् र त्यस बाहेक जसलार्इ चाहन्छन् क्षमा गरिदिन्छन् । (अन्निसाः ४८, ११६), र अल्लाहको फर्मान छः जसले अल्लाहको साथमा कसैलार्इ सहभागी बनाउँछ त्यसमाथि अल्लाहले स्वर्गलार्इ निषेधित गरिदिएको छ, र त्यसको बासस्थान नर्क हुनेछ, र अत्याचारीहरूको कोही सहायक हुँदैन । (अल् माइदाः ७२) । र त्यसैमध्येबाट अल्लाह बाहेकको लागि बलि गर्नु पनि होः जसरी जिन्नात, मिजारको लागि बलि गर्नु ।
त जसले पनि अाफू र अल्लाहको बीचमा कसैलार्इ मध्यस्थ बनाउँछ, र उनीहरूसित सिफारिशको गुहार लगाउँछ र उनीमाथि भरोसा गर्छ, त त्यो मान्छे समस्त मुसलमानहरूको दृष्टिमा काफिर भइहाल्छ ।
र जसले बहुदेववादीहरूलार्इ काफिर मान्दैन वा तिनको नास्तिकतामा सन्देह गर्छ वा उनीहरूको यस धर्म र नीतिलार्इ सही ठान्दछ त्यो पनि काफिर भइहाल्छ ।
जसले यो धारणा राख्दछ कि मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिभन्दा उत्तम र परिपूर्ण कसै अरूको पद्धित छ वा उहाँको फैसलाभन्दा उत्तम फैसला कसै अरूको फैसला छ, जसरी ती मानिसहरू जुन मिथ्यावादीहरूको फैसलालार्इ रसूल सल्लल्लाहो अलैहे वसल्लको फैसलामाथि प्रधानता प्रदान गर्छन् र इस्लामीय अादेश र विधानमाथि संसारीय कानूनलार्इ अधिपत्य र श्रेष्ठता प्रदान गर्छन् ।
जसले पनि कुनै यस्तो कुरालार्इ घृणित र अप्रिय ठान्यो जसलार्इ रसूल सल्लल्लाहो अलैहे वसल्लम ल्याएका छन् त चाहे त्यसले त्यस बमोजिम कार्य किन नगरोस् तै पनि त्यो काफिर भयो ।
जसले रसूल सल्लल्लाहो अलैहे वसल्लमको धर्ममा भएको कुनै कुरा निर्देशन, दण्ड सजायको उपहास गर्यो भने त्यो काफिर भयो, र यस कुरामाथि अल्लाहको यो कथन प्रमाणीकरण गरिरहेको छः भनिदिनुस् के अल्लाह र त्यसका अायतहरू र त्यसका सन्देष्टाहरू नै तिम्रा उपहासका पात्र छन् ? अब बहानाबाजी नगर, निःसन्देह तिमीहरूले र्इमान ल्याए पश्चात काफिर भयाै । (अत्ताैबाः ६५, ६६) ।
जादू गर्नु, र यसैमध्येबाट टोना टोटका पनि हो (अर्थात जसद्वारा पति पत्नीबीच बिछोड गराइन्छ वा दुवैबीच प्रेमको उत्पात गराइन्छ) त जसले पनि यसलार्इ गर्यो वा त्यसबाट राजी भयो त्यसले नास्तिकता गर्यो, र यसमाथि अल्लाहको यो कथन प्रमाणीकरण गरिरहेको छः र उनी दुवै (हारूत मारूत) तबसम्म कसैलार्इ यो (जादू) सिकाउँदैनथे जबसम्म यो भन्दैनथे कि हामी त परीक्षा हाैं यसर्थ तिमीहरू कुफ्र नगर । (अल् बकरः १०२) ।
बहुदेववादीहरूको समर्थन र पक्षपात गर्नु र मुसलमानहरू विरूद्ध उनीहरूको सहायता गर्नु, र यस कुरामाथि अल्लाहको यो कथन प्रमाण होः तिमीमध्ये जुन पनि उनीहरूलार्इ मित्र बनाउने छ त्यो उनीहरूमध्येकै भइहाल्नेछ, निःसन्देह अल्लाह अत्याचारीहरूलार्इ सत्मार्ग देखाउँदैन । (अल् माइदाः ५१) ।
जसको यो धारणा होस् कि केही मानिसहरूको लागि यो जायज र उपयुक्त छ कि त्यो मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमले ल्याएको विधानको सीमाभन्दा बाहिर निस्कोस्, जसरी कि हजरत खिज्र हजरत मूसा अलैहिस्सलामको विधानबाट निस्केका थिए, त यस्तो मान्छे काफिर भइहाल्छ । र मेरो भनार्इ छ किः जसरी अतिक्रमणकारी सूफियाहरू यो अास्था राख्दछन् कि उनीहरू यस्तो श्रेणीसम्म पुगिहाल्दछन् कि उनीहरूलार्इ रसूल सल्लल्लाहो अलैहे वसल्लमको अनुशरणको अावश्यकता रहँदैन ।
अल्लाहको धर्मबाट मुख फर्काउनु, र यो यसरी कि नत मान्छे त्यसको ज्ञान नै प्राप्त गरोस् नत त्यस बमोजिम कार्यरत नै रहोस्, र यस कुरामाथि अल्लाहको यो कथन प्रमाणीकरण गरिरहेको छः र जुन मानिसहरूले नास्तिकता गरे उनीहरू त्यस कुरातिर ध्यान दिदैनन् जसबाट उनीहरूलार्इ सावधान गरिएको छ । (अल् अहकाफः ३), र त्यस मान्छेभन्दा अधिक अत्याचारी को होला जसलार्इ अल्लाहको अायतहरूद्वारा सावधान गरिएको थियो तर त्यसले त्यसबाट मुख फर्कायो, तर हामीले पनि अपराधीहरूसित प्रतिशोध लिएर नै छाडने छाैं । (अस्सज्दः २२) ।
मुहम्मद बिन अब्दुल वह्हाब रहेमहुल्लाहको भनार्इ छ किः यी समस्त विरोधी कुरामा अर्थात उपहास गर्नु, सद्इच्छाले गर्नु र डरले गर्नुमा कुनै भिन्नता छैन, बाधित भएर गरेको मान्छे बाहेक, र यी समस्त महाघातक छन् र मानिसलार्इ यो भय हुन्छ कि यसमा नपरिहालोस्, यसर्थ मुसलमानलार्इ चाहियो कि यी समस्तबाट सतर्क रहोस् र यी समस्तमा अाफू पर्ने कुराबाट भय मानोस्, र हामी अल्लाहको शरण चाहन्छाैं यस्ता कार्यहरूबाट जुन त्यसको क्रोध र अपमानजनक सजायको कारण र माध्यम बनुन् ।
तेस्रो अध्यायः विधानको बारेमा
विधान निर्माण गर्ने अधिकार मात्र महान अल्लाहको हो
विधानको अर्थ होः त्यो मार्ग र पद्धति जसलार्इ अल्लाहले अवतरित गरेको छ जसमाथि त्यसका भक्तहरू हिंडदछन् अास्था र सिद्धान्तको क्षेत्रमा र व्यवहारको क्षेत्र अादिमा, र त्यसैमध्ये हलाल (ग्राह्य) हराम (वर्जित) पनि हो, यसर्थ कसैको लागि यो जायज छैन कि त्यो त्यस कुरा बाहेकलार्इ हलाल गरोस् जसलार्इ अल्लाहले हलाल गरेको छैन, वा कुनै यस्तो कुरा बाहेकलार्इ हराम गरोस् जसलार्इ अल्लाहले हराम गरेको छैन, अल्लाहको फर्मान छः तिमीहरू अाफ्नो तर्फबाट झुठो कुरा नभन कि यो हलाल छ र यो हराम छ ताकि तिमी अल्लाहमाथि झुठो कुराको सम्बन्ध गाँस्नथाल । (अन्नहलः ११६), र अल्लाहको फर्मान छः भनिदिनुस् कि हेर अल्लाहले जुन जीविका तिम्रो निम्ति उतारेको थियो तिमीले तीमध्ये केहीलार्इ हराम (त्याज्य) गर्याै र केहीलार्इ हलाल (ग्रहणीय), भनिदिनुस् कि के अल्लाहले तिमीहरूलार्इ यसको अादेश गरेको छ वा तिमीहरू अल्लाहमाथि मिथ्यारोपण गरिरहेका छाै । (यूनुसः ५९) ।
त अल्लाहले बिना कुरअान सुन्नतबाट प्रमाण हलाल हराम गर्नुलार्इ वर्जित गरेका छन्, र यो खबर दिएका छन् कि यो अल्लाहमाथि दोषारोपण हो, जसरी कि अल्लाहले यो खबर पनि दिएको छ कि जसले पनि बिना कुनै प्रमाण कुनै कुरालार्इ अनिवार्य वा निषेधित गर्छ भने त्यसले अाफूलार्इ अल्लाहसित विशिष्ट विशेषतामा साझीदार ठहर गर्यो र त्यो विशेषता हो विधान बनाउने विशेषता, अल्लाहको फर्मान छः के उनीहरूको लागि अल्लाह बाहेक यस्ता साझेदारहरू छन् जिनले उनीहरूको लागि यस्तो धर्मको विधान निर्माण गरिदिएका छन् जसको अादेश अल्लाहले दिएको छैन ? (अश्शूराः २१) ।
त जसले पनि जानेर अल्लाह बाहेक यस्ता साझेदारद्वारा निर्मित विधानको अनुशरण र पालना गर्छ र त्यसको यस कुरामा सहमत पनि हुन्छ भने त्यसले अल्लाहको साथमा साझीदार ठहरायो, अल्लाहको फर्मान छः यदि तिमीले उनीहरूको अाज्ञापालक भयो भने तिमीहरू बहुदेववादी भयाै । (अल् अनअामः १२१) ।
अर्थत तिनको जसले ती मृतकहरूलार्इ हलाल गर्दछन् जसलार्इ अल्लाहले हराम गरेको छ, त जसले पनि यस कुरामा तिनको अाज्ञापालन गर्छ त्यो बहुदेववादी हो, जसरी कि अल्लाहले यो खबर दिएको छ कि जसले पनि ती धर्मगुरू र धर्माचार्यहरूको अनुशरण गर्छ जुन अल्लाहले हराम गरेको कुरालार्इ हलाल, र अल्लाहले हलाल गरेको कुरालार्इ हराम गर्छन् भने त्यसले तिनलार्इ अल्लाह बाहेक र्इश्ट र प्रतिपालक बनायो, अल्लाहको फर्मान छः उनीहरूले अाफ्ना धर्मगुरू (पादरी) र सन्तहरूलार्इ र मरियमकाे छोरा मसीहलार्इ अल्लाह बाहेक पालनहार ठाने, जबकि उनीहरूलार्इ मात्र यो नै अादेश गरिएको थियो कि उनी मात्र एक अल्लाहको पूजा अाराधना गरून् जस बाहेक कोही सत्य पूजनीय छैन, त्यो उनीहरूको साझेदारी ठहराउने कार्यहरूबाट पवित्र छ । (अत्ताैबाः ३१) ।
र जब अदी बिन हातिम रजिअल्लाहो अन्होले यस श्लोकलार्इ सुने, त भनेः हे अल्लाहकाे सन्देष्टा, हामी त उनीहरूको पूजा गदैर्नाैं, त रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः के कुरो यस्तो छैन कि उनीहरू जुन कुरालार्इ अल्लाहले हराम गरेको छ त्यसलार्इ हलाल गरिदिन्छन् अनि तिमीहरू पनि त्यसलार्इ हलाल नै मानिहाल्दछाै, र जसलार्इ अल्लाहले हलाल गरेको छ त्यसलार्इ हराम गरिदिन्छन् अनि तिमीहरू पनि त्यसलार्इ हराम मानिहाल्दछाै ? त उनले भनेः हो कुरो त यस्तै छ, त उहाँ सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः त यो नै उनीहरूको पूजा गर्नु हो । (यस हदीसलार्इ तिर्मिजीले वर्णन गरेका छन्) ।
शैख अब्दुर्रहमान बिन हसन रहेमहुल्लाहले भन्नु भएको छ किः यस हदीसमा यो प्रमाण छ कि धर्मगुरू र सन्तहरूको अल्लाहको अवज्ञामा अाज्ञापलन गर्नु अल्लाह बाहेक उनीहरूको उपासना गर्नु, र महापाप बहुदेववाद हो जसलार्इ अल्लाह क्षमा गर्दैन, अल्लाहको यस श्लोकको अन्त्यमा यस भनार्इको हुनालेः जबकि उनीहरूलार्इ मात्र यो नै अादेश गरिएको थियो कि उनी मात्र एक अल्लाहको पूजा अाराधना गरून् जस बाहेक कोही सत्य पूजनीय छैन, त्यो उनीहरूको साझेदारी ठहराउने कार्यहरूबाट पवित्र छ ।
र यसै अनुरूप अल्लाहको यो कथन पनि छः र जुन जनावरहरूमाथि अल्लाहको नाम पुकारिएको छैन त्यसबाट नखानु किनकि यो अल्लाहको अवज्ञा हो, र शैतानहरू त अाफ्ना मित्रहरूका हृदयहरूमा यस्ता कुराहरू हालिदिन्छन् जसद्वारा उनी तिमीसित वादप्रतिवाद गरून्, र यदि तिमीले उनीहरूको कथनानुसार हिँड्याै भने तिमी पनि बहुदेववादीहरूमध्येकै भइहाल्ने छाै । (अल् अनअामः १२१) ।
र यस कुरामा ती अधिकांश मानिसहरू परिसकेका छन् जुन कसैको अन्धो अनुशरण गर्दछन् (मुकल्लिदहरू), किनकि उनीहरू प्रमाणलार्इ कुनै महत्व दिदैनन् जब त्यो उनीहरूले अनुशरण गरिरहेको कुरा विरूद्ध हुन्छ, त यो पनि यसै बहुदेवावदमध्येको नै हो ।
यसर्थ अल्लाहको विधानलार्इ दृढताले समात्नु र त्यस बाहेकका समस्त विधानलार्इ त्यागिहाल्नु लाइलाहा इल्लल्लाहका अनिवार्य कार्यहरूमध्येको हो, र अल्लाह नै सहायता प्रदान गर्नेवाला छ ।
चाैथो अध्यायः उपासना (पूजा) र त्यसको अर्थ एवं व्यापकताको बारेमा
पूजा उपासनाको अर्थः
पूजाको वास्तविक अर्थ हो झुक्नु नतमस्तक हुनु... ।
र विधानमा यसको अर्थः यसका नानाथरीका परिभाषा वर्णित छन् तर सबैको अर्थ एउटै हो...
जसमध्ये यो पनि हो किः पूजा हो अल्लाहको अाज्ञापालन गर्नु ती समस्त कुराहरूमा जसको अादेश त्यसले अाफ्ना सन्देष्टाहरूको माध्यमले दिएको छ ।
र त्यसैमध्ये होः उपासनाको अर्थ होः अल्लाहलार्इ नतमस्तक हुनु, यसर्थ यसको अर्थ भयो नितान्त प्रेमको साथ अल्लाहलार्इ नतमस्तक हुनु, र यसको परिपूर्ण र समावेशीय परिभाषा हो कि पूजा नाम हो ती समस्त कुराहरूको जुन अल्लाहलार्इ राजी र प्रसन्न गरोस्, जाहेरी र गोप्य कार्य र कुराहरूबाट ।
र यो हृदय जिब्रो र अंगहरूमा विभाजित छ, यसर्थ भय र अाशा, प्रेम र भरोसा, त्रसित हुनु र अाशान्वित हुनु हृदयिक उपासना हुन्, र गुणगान, महिमागान, महानता बखान, र कृतज्ञता र अाभार हृदय र जिब्रोद्वारा प्रकट गर्नु हृदय र जिब्रोद्वारा गरिने पूजा हो ।
र नानज जकात, र हज्ज जिहाद (धर्मयुद्ध), हृदय र शरीरद्वारा गरिने पूजा हो, र यस बाहेक अन्य पूजाका थरीहरू जसलार्इ हृदय, जिब्रो र अंगद्वारा गरिन्छ सबै यसमा शामेल छन् जुनकि अति अत्याधिक छन् ।
र पूजाः त्यो कुरो हो जसलार्इ गर्ने उद्देश्यले नै अल्लाहले समस्त सृष्टिलार्इ उत्पन्न गरेको हो, जस्तो कि अल्लाहको फर्मान छः र मैले मानव र दानवलार्इ मात्र अाफ्नो पूजाको लागि सृष्टि गरेको छु म उनीहरूसित जीविका चाहँदैन र मलार्इ यो अावश्यकता पनि छैन कि उनी मलार्इ खुवाउन् निःसन्देह अल्लाह त अाफै जीविकादाता अत्यन्त शक्तिशाली दृढ छ । (अज्जारियातः ५६-५८) ।
त अल्लाहले यो खबर दिएको छ कि मानव र दानवको सृष्टिको तत्वदर्शिता होः उनीहरूले त्यसको पूजा अर्चना गर्नु, जबकि अल्लाह उनीहरूको पूजाबाट निस्पृह छ, बरू उनी नै अल्लाहका मुखापेक्षी छन् उनीहरूलार्इ अल्लाहको अावश्यकता हुने कारणले, यसर्थ उनी त्यसको विधान अनुसार त्यसको पूजा अर्चना गरून्, त जसले पनि अल्लाहको उपासनाबाट इन्कार गर्यो त्यो अवज्ञाकारी अभिमानी भयो । र जसले त्यसको पूजाको साथै कसै अरूको पनि पूजा गर्यो, त्यो बहुदेववादी भयो । र जसले मात्र त्यसैको पूजा गर्यो तर त्यसले पठाएको विधान बाहेक कुनै अन्य विधान अनुसार, त त्यो बिदअती भयो । र जसले मात्र त्यसैको पूजा गर्यो त्यसले बनाएको विधान अनुसार त यो नै वास्तविक अास्थावान र एकेश्वरवादी हो ।
पूजाका थरीहरू र त्यसको व्यापकता र समावेशता
पूजाका अनेकाैं थरीहरू छन्, यसर्थ यो ती समस्त जाहेरी अाज्ञाकारिताका कार्य कुराहरूलार्इ समाविष्ट छ जुन जिब्रो र इन्द्रीयहरूद्वार र हृदयद्वारा गरिन्छ, जसरी गुणगान, पवित्रताको बखान, र महिमागान र कुरअानको पाठन, र नमाज, जकात (धर्मदाय), नमाज, र हज्ज, जिहाद र भलार्इको अादेश गर्नु र बुरार्इबाट रोक्नु, र अाफन्तीहरूमाथि र टुहुरो अनाथमाथि, असहाय यात्रुमाथि उपकार गर्नु, र यस्तै अल्लाह र रसूलसित प्रेम गर्नु, र अल्लाहसित भयभीत र अाशान्वित हुनु, र धर्मलार्इ उसैको लागि विशिष्ट गर्नु, र त्यसका अादेशहरूमा धैर्यता देखाउनु र त्यसले निर्धारित गरेको भाग्यसित राजी हुनु, र त्यसमाथि भरोसा गर्नु, र त्यसको कृपाको अाशान्वित हुनु, र त्यसको सजायबाट त्रसित हुनु, यसर्थ यो पूजा अास्थावानका समस्त गतिविधिहरूलार्इ शामेल छ, जब त्यो त्यसद्वारा त्यसको सामीप्यता प्राप्ति र त्यसको सहायताको नीयत र अाशा राखोस् । यहाँसम्म कि बानी र अनुष्ठानहरू पनि यसै सीमामा अाउँछन् जब यस अनुष्ठानद्वारा सही नीयत गरियोस् त यो पूजा भइहाल्छ जसलार्इ गरे बापत त्यसलार्इ पुण्य प्रदान गरिन्छ, र पूजा मात्र प्रसिद्ध अनुष्ठानहरूमा सीमित छैन ।
पाँचाैं अध्यायः पूजाको अर्थ र परिभाषा वर्णनगर्दा गल्त व्याख्या गर्नु र त्यसमा कुटिलता अपानाउनुको वर्णन
पूजाहरू ताैकीफी हुन्छन् ।
अर्थातः त्यसबाट कुनै पनि पूजा बिना कुरआन र हदीसको प्रमाण वैधानिक हुँदैन, र जुन कुरआन हदीसबाट वैधानिक हुँदैन त्यसलाई अमान्य बिदअत मानिन्छ, जसरी कि नबी सल्लल्लाहो अलैहे वसल्लमको भनाई छः (जसले कुनै यस्तो कार्य गर्यो जसको आदेश हामीले दिएका छैनाैं त त्यो अमान्य छ ।) (बुखारी, मुस्लिम) अर्थात जसले त्यो कार्य गरेको छ त्यसैलाई त्यसतिर फर्काइन्छ स्वीकार गरिन्न, बरू त्यो यसलाई गरेमा पापको भागीदार हुन्छ, किनकि यो अवज्ञा हो आज्ञापालन होइन, फेरि वैधानिक पूजाहरूलाई गर्ने सही तरिका मध्यमार्गिता हो कमीकोताही र अल्छीपनाबीच, र कठोरता एवं सीमा अतिक्रमणबीच, अल्लाहले आफनो सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमलाई भनेको छः (तपाई र तपाईको साथमा जस जसले प्रयाश्चित गरेका छन् सबै त्यसैमा दृढ रह जसको तपाईलाई आदेश गरिएको छ र सीमा अतिक्रमण नगर्नु ।) (हूदः ११२)
त यस पवित्र श्लोकमा पूजाहरूलाई गर्ने तरिकाको सही चित्रण छ, र त्यो यो हो कि यसलाई गर्नुमा मध्यमार्गिता अपनाइयोस् जसमा नत कमिकोताही होस् नत सीमा अतिक्रमण, उस्तै गर्नु जसरी विधानले आदेश गरेको छ, अनि यस कुराबाट ताकेदा गर्यो कि त्यसमा सीमा उल्लंघन नगर, र अरबीमा तुगियानको अर्थ होः कठोरता र अभिमानको साथ सीमा उल्लंघन गर्नु, र यसलाई नै गोलू भनिन्छ । र जब नबी सल्लल्लाहो अलैहे वसल्लमलाई यो ज्ञान भयो कि उनका साथीहरूमध्ये तीन जनाले अआफ्ना कर्मलाई कम तुल्याए र उनीमध्ये एउटाले भन्योः मत सधैं वर्त नै बस्छु खाना खाँदैन, त अर्कोले भन्योः मत सधैं नमाज नै पढछु र सुत्दैन, र तेस्रोले भन्योः मत महिलाहरूसित विवाह नै गर्दैन । त नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः मत वर्त पनि बस्दछु र खाना पनि खान्छु र महिलाहरूसित विवाह पनि गर्दछु, यसर्थ जसले मेरो पद्धतिबाट मुख फर्काउँछ त्यो हामीहरूमध्येको होइन । (यस हदीसलाई बुखारी र मुस्लिमले वर्णन गरेका छन्)
र वर्तमानमा पूजाको सन्दर्भमा मानिसहरूको दुई थरी छ जुन विरोधको दुई दिशामा गइहालेको छ ।
पहिलो (समूह) थरीः पूजाको अर्थमा कमि गर्यो र त्यसको आयोजनामा कोताही गर्यो यहाँसम्म कि पूजाका अधिकांश थरीहरूलाई स्थगित गरिदियो, र त्यसलाई केही सीमित कार्यहरूमा सीमित गरिदिएको छ, र केही अनुष्ठानहरूलाई मात्र मस्जिदमा सीमित गरेर भन्छ यस बाहेक घरमा र आफिसमा (कार्यालयमा) कुनै पूजा छैन, नत व्यवसायिक स्थलमा नत व्यवहारमा नत राजनीतिमा नै पूजा छ नत झगडाहरूको फैसलामा नै र नत जीवनको कुनै अन्य क्षेत्रमा नै पूजा छ ।
हो, मस्जिदको श्रेष्ठता छ, र यो पनि अनिवार्य छ कि पाँचाैं बखतको नमाज मस्जिदमा नै आयोजित गरियोस्, तर मुसलमान मान्छेको पूर्ण जीवनलाई पूजा समाविष्ट छ चाहे त्यो मस्जिदभित्र होस् वा त्यसको बाहिर ।
र अर्को थरीः त्यो हो जसले पूजाको सन्दर्भमा जियादती र कठोरता अपनायो यहाँसम्म कि सीमा उल्लंघनसम्म पुग्यो, यसर्थ त्यसले सुन्नतको श्रेणीलाई अनिवार्यको श्रेणीसम्म पुर्याइदियो, र केही वैधानिक कार्यलाई निषेधित गरिदियो, र ती समस्तलाई पथभ्रष्ट वा गल्त ठहर गर्यो जसले त्यसको विरोध गर्यो र त्यसको यस गल्त अर्थाईलाई गल्त भन्यो । र सबैभन्दा उत्कृष्ट पद्धति त मुहम्मद सललल्लाहो अलैहे वसल्लमको पद्धति नै हो, र कार्यहरूमा सबैभन्दा ठूलो पापकार्य धर्ममा नाैलो कार्यको अविष्कार हो ।
छेठाैं अध्यायः पूजनीयताको सही आधार र मूल मर्महरू
पूजा तीनवटा मूल आधारहरूमाथि आधारित हुन्छ जुन होः प्रेम र भय र आशा ।
त नतमस्तकताको साथ प्रेम, र डरको साथ आशा, त पूजामा यी कुराहरूको पाइनु आवश्यक छ, किनकि अल्लाहले आफ्नो आस्थावान भक्तहरूको विशेषता वर्णन गर्दै भनेको छः ऊ उनीहरूलाई प्रेम गर्छ र उनीहरू यसलाई प्रेम गर्छन् । (अल् माइदाः ५४) र अल्लाहको फर्मान छः र जुन आस्थावान छन् उनी अल्लाहसित अत्याधिक प्रेम गर्छन् । (अल् बक्रहः १६५)
र आफ्नो दूत र सन्देष्टाहरूको वेशेषता वर्णन गर्दै भनेको छः उनीहरू सुकार्यतिर हतार गर्थे, र हामीलाई भय त्रास र आशाले पुकर्दथे र हामी अगाडि नतमस्तक र याचक रहन्थे । (अल् अम्बियाः ९०)
र विगतका केही सदाचारीहरूको भनाई छः जसले मात्र प्रेमले अल्लाहको पूजा गर्यो त्यो कम्युनिष्ट हो, र जसले मात्र आशाले पूजा गर्यो त्यो मुर्जी (आशावादी) हो, र जसले मात्र डरले पूजा गर्यो त्यो हुरूरी हो, र जसले प्रेम भय र आशाको साथ पूजा गर्यो त्यो नै आस्थावान एकेश्वरवादी हो । यस कुरालाई शैखुल इस्लामले उबूदियह निबन्धमा (किताबमा) वर्णन गरेका छन् । र यो पनि भनेका छन्ः (यसर्थ अल्लाहको धर्म होः त्यसको पूजा गर्नु र त्यसको आज्ञापालन गर्नु र त्यसलाई नतमस्तक हुनु, र पूजाको मूल अर्थ होः नतमस्तकता, भनिन्छः तरीकुन् मुअब्बदुन् अर्थात जब बाटो विस्तार गरिएको होस् जसमाथि मानिसहरू हिंडिरहेका होउन् । तर जुन पूजाको आदेश गरिएको छ त्यो नतमस्तकता र प्रेमलाई समाविष्ट छ, यसर्थ यो महान अल्लाहलाई नितान्त नतमस्तक हुने अर्थलाई शामेल छ प्रेमको साथै, र जसले कुनै मान्छेलाई नतमस्तक हुन्छ त्यसित घृणा गर्दै त त्यो त्यसको पुजारी हुँदैन, र यदि कसैलाई प्रेम गर्छ तर त्यसलाई नतमस्तक हुँदैन तै पनि त्यसको पुजारी भएन, जसरी कि मान्छे आफ्नो छोरा र मित्रलाई प्रेम गर्छ, यसै कारण यी दुईमध्ये एउटाले अल्लाहको पूजामा प्रयाप्त छैन, बरू यो अनिवार्य छ कि मान्छे निकट अल्लाह सबैभन्दा प्रियतम र सबैभन्दा महान होस्, बरू पूर्ण प्रेम र नतमस्तकताको अल्लाह बाहेक कोही योग्य छैन... ।) उहाँको भनाई पूर्ण भयो ।
त यो नै त्यो मूल मर्म हो जसमाथि पूजनीयताको आधार छ, अल्लामा इब्नुल् कैयिम नूनीयहमा भन्छन्ः
अल्लाहको पूजा नै त्यसको प्रेमको उद्देश्य हो ** त्यसलाई भक्तले नतमस्तक हुनु यी दुई आधार हुन्
र यी दुवै आधारमाथि नै पूजा निर्भर छ ** र यो तबसम्म पूर्ण हुँदैन जबसम्म यी दुवै आधार त्यसमा हुँदैनन्
र यसको स्रोत हो अल्लाहको रसूलको आदेशको आदेश गर्नु ** नकि हवस अन्तरात्मा र शैतानको आदेश ।
उहाँ रहेमहुल्लाहले पूजालाई दुई कुरा प्रेमीको प्रेम र त्यसलाई नतमस्तक हुने कुरामा चक्रित मानेका छन्, र त्यो महान अल्लाह नै हो जसमा पूजाका दुवै आधार चक्रित छन्, र यो वर्णन गर्नु भयो कि पूजाको चक्र रसूल सल्लल्लाहो अलैहे वसल्लमको हुकुम र जुन उहाँले वैधानिक गरेका छन् त्यसमा चक्रित छ नकि हवसपूजामा, र नत जसको अन्तरात्मा र शैतान आदेश गर्छन्, र यदि पूजा यस्तै कुराहरूमा आधारित छ भने त्यो पूजा होइन, यसर्थ जसलाई नबी सल्लल्लाहो अलैहे वसल्लमले वैधानिक गरेका छन् त्यसैमा पूजा चक्रित हुन्छ, नकि त्यसलाई बिदअत पाखण्ड वासना र बुवाबाजेको अनुशरण चक्रित र वैधानिक गर्छ ।
अस्मा वस्सिफातको एकत्व (एकेश्वरवाद)
र यो निम्न कुराहरूलाई समाविष्ट छः
पहिलोः कुरआन हदीस र मनीषद्वारा अस्मा वस्सिफातको (अल्लाहका नाम र विशेषताहरूको) साबित हुनुमा प्रमाणीकरण गर्नु ।
दोस्रोः अल्लाहका नाम र विशेषताहरूबारे अहलुस्सुन्नह वल् जमाअहको तरिका ।
तेस्रोः जसले त्यसको इन्कार गर्यो वा त्यसमध्ये केहीको इन्कार गर्यो त्यसको विरोध गर्नु ।
पहिलोः कुरआन हदीस र मनीषद्वारा अस्मा वस्सिफातको (अल्लाहका नाम र विशेषताहरूको) साबित हुनुमा प्रमाणीकरण गर्नु ।
कुरआन र हदीसबाट यसको प्रमाण
अघि नै हामीले यो वर्णन गरिसकेका छाै कि एकेश्वरवादका तीन थरी छन्ः ताैहीदे रूबूबियत, ताैहीदे उलूहियत, र ताैहीदुल् अस्मा वस्सिफात, र हामीले पहिलाका दुवै थरीमाथि केही प्रमाणहरू प्रस्तुत गरिसकें जुन थरी हुन् ताैहीदे रूबूबियत र उलूहियत । र अहिले त्यसको तेस्रो थरी जुन हो ताैहीदुल् अस्मा वस्सिफात (अर्थात अल्लाहको नाम र विशेषताको एकत्व) माथि प्रमाण प्रस्तुत गर्दछाैं ।
तपाई समक्ष कुरआन र हदीसबाट केही प्रमाण प्रस्तुत छः कुरआनबाट प्रमाणमध्ये हो अल्लाहको यो फर्मानः र अल्लाहका लागि राम्रा राम्रा नामहरू छन् यसर्थ त्यसलाई त्यसैद्वारा पुकार, र ती मानिसहरूलाई छाडिदेऊ जुन त्यसका नामहरूमा कुटिलता अपनाउँछन्, निकट भविष्यमा उनीहरूलाई त्यसको प्रतिफल प्रदान गरिनेछ जुन उनीहरू गरिराखेका छन् । (अल् अअराफः १८०)
महान र पवित्र अल्लाहले यस श्लोकमा यो खबर दिएको छ कि त्यसको लागि नामहरू छन् र ती अति सुन्दर पनि छन् । र यो आदेश गरेको छ कि त्यसैको माध्यमले दुआ गरियोस्, अर्थात भनियोस्ः हे अल्लाह हे रहमान (दयालु), हे रहीम (कृपालु), हे अविनाशी, हे सर्वशक्ति सम्पन्न, हे समस्त संसारको प्रतिपालक । र उनीलाई सावधान गरेको छ जुन त्यसको नामको सन्दर्भमा कुटिलता अपनाउँछन् अर्थात जुन त्यसको सत्यताबाट मुख फर्काउँछन् चाहे त्यसको इन्कार गरेर वा त्यसको यस्तो अर्थले अर्थाएर जुन त्यसको अर्थ होइन, वा यसबाहेक अन्य कुटिलताहरू । त यस्ताहरूलाई सचेत गरेको छ कि उनीहरूलाई उनीहरूको यस कुकर्मको परिपूर्ण दण्ड दिनेछ ।
र अल्लाहको फर्मान छः त्यस अल्लाह बाहेक कोही पनि पूज्य छैन, र त्यसको लागि नै ससुन्दर नामहरू छन् । (ताहाः ८) त्यही अल्लाह हो जसबाहेक कोही सत्य पूजनीय छैन, अदृश्य र दृश्यको ज्ञाता अत्यन्त क्षमाशील र दयावान छ । त्यही अल्लाह हो जसबाहेक कोही सत्य पूजनीय छैन सम्राट र सबै दुर्गुणबाट पवित्र, शान्तिदाता अधिपत्यशाली संरक्षक र महानतायुक्त छ, र त्यो अल्लाह ती समस्त बहुदेववादबाट पवित्र छ जसलाई उनीहरू गर्दछन् । त्यो अल्लाह नै स्रष्टा र अस्तित्वदाता हो, रूप दिनेवाला हो, त्यसैको लागि राम्रा राम्रा नामहरू छन् जेजति आकाशहरूमा र धरतीमा छन् सबै उसैको महिमागान गर्छन्, र त्यो अधिपत्यशाली तत्वदर्शी छ । (अल् हश्रः २२-२४)
त यी श्लोकहरू अल्लाहको नाम हुने कुरामा प्रमाणीकरण गरिरहेका छन् ।
र अल्लाहका नामहरूलाई प्रमाणित गर्ने सन्दर्भमा नबी सल्लल्लाहो अलैहे वसल्लमको हदीसबाट प्रमाण होः जसलाई हजरत अबू हुरैरह रजिअल्लाहो अन्होले वर्णन गरेका छन् कि नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः निःसन्देह अल्लाहका ९९ नामहरू छन् सयमा एक कम, जसले त्यसलाई गन्ति गर्छ त्यो स्वर्गमा जान्छ । (बुखारी, मुस्लिम) तर अल्लाहका नामहरू यस संख्यामा सीमित छैनन्, यसको प्रमाण हो त्यो हदीस जसलाई हजरत अब्दुल्लाह बिन मसऊद रजिअल्लाहो अन्होले वर्णन गरेका छन् कि नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भएको छः म तिमीसित माँग्दछु तिम्रो ती समस्त नामहरूको माध्यमले जुन तिम्रो लागि छ, जसद्वारा तिमीले आफूलाई नामाकरण गरेका छाै, वा जसलाई आफ्नो किताबमा अवतरित गरेका छाै, वा आफ्नो सृष्टिमध्ये कसैलाई त्यो सिकाएका छाै, वा त्यसलाई आफ्नो अदृश्यज्ञानमा राखेका छाैं, यो कि महान कुरआनलाई मेरो हृदयको प्रकाश बनाइदेऊ । पूर्ण हदीससम्म (यसलाई इमाम अहमदले मुस्नदमा वर्णन गरेका छन् र इब्ने हिब्बानले यसलाई सही भनेका छन्, त यस हदीसले यस कुरालाई प्रमाणित गरेको छ कि अल्लाहका नामहरू ९९ मा सीमित छैनन् । त हदीसको अर्थ भयो (र अल्लाहलाई नै अधिक ज्ञान छ) कि जसले पनि यी ९९ नामहरूलाई सिक्यो र त्यसको माध्यमले दुआ गर्यो र त्यसको माध्यमले पूजा गर्यो त्यो स्वर्गमा जान्छ र यो त्यसको विशेषता हुन्छ ।) र अल्लाहका नामहरूमध्ये प्रत्येक नाम त्यसका गुणहरूमध्ये एउटा गुणलाई समाविष्ट छ, त ज्ञानी ज्ञानमाथि प्रमाणीकरण गर्छ, र तत्वदर्शी तत्वदर्शीतामाथि प्रमाणीकरण गर्छ, र हेर्ने र सुन्नेवाला कान र आँखामाथि प्रमाणी गरिरहेका छन्, र यस्तै अल्लाहका प्रत्येक नाम अल्लाहका विशेषताहरूमध्ये एउटा विशेषतामाथि प्रमाणीकरण गर्दछ, र अल्लाहको फर्मान छः भनिदिनुस् (हे नबी) त्यो अल्लाह एकलै छ त्यो निरपेक्ष छ नत त्यो कसैबाट जन्मेको छ नत कोही त्यसबाट जन्मेको छ र त्यस समक्ष कोही पनि छैन । (सूरतुल् इख्लास)
अनस रजिअल्लाहो अन्होको वर्णन छ किः उनीहरूलाई अन्सारीमध्ये एउटा मान्छे कुबाको मस्जिदमा इमामत गराउँथ्यो, त जब त्यो नमाजमा उनीहरूलाई कुनै सूरत पढाउँथ्यो त कुलहुवल्लाहु अहदद्वारा नै आरम्भ गर्थ्यो, अनि त्यसको साथमा कुनै अन्य सूरतको पाठन गर्थ्यो, र यस्तै प्रत्येक रकअतमा गर्थ्यो, अनि त्यसका साथीहरूले यसबारे त्यससित कुरा गरे र भनेः तिमी यस सूरतुद्वारा आरम्भ गर्छाै अनि तिमी अर्को सूरतको पाठन पनि गर्छाै कदाचित तिम्रो यो गुमान छ कि यो सूरतु प्रयाप्त छैन, त याता तिमी यसको पाठन गर वा यसलाई त्यागेर अर्को सूरतको पाठन गर, त त्यसले भन्योः म यसलाई त्याग्दैन, त यदि तिमीहरूलाई मेरो यो कार्य मन पर्दछ भने म तिमीहरूको इमामत गारउँछु र यदि तिमीहरूलाई मन पर्दैन भने म इमामत गराउँदैन, र उनीहरूको यो धारणा थियो कि त्यो मान्छेहरूमध्ये श्रेष्ठ मान्छे थियो, यसै कारण उनीहरूलाई यो मन परेन कि कोही अरू उनीहरूको इमामत गराओस्, अनि जब उनीहरूको पासमा नबी सल्लल्लाहो अलैहे वसल्लम आए त उनीहरूले यसबारे उहाँसित चर्चा गरे । त उहाँले भन्नु भयोः (हे फलाना तिमीलाई कुन कुराले रोकेको छ कि तिमी त्यस्तो गर्दैनाै जसरी तिम्रा साथीहरू भनिराखेका छन् ? र कुन कुराले तिमीलाई यस सूरतलाई प्रत्येक रकअतमा पाठन गर्नुमा बाध्य गरेको छ ?) त त्यसले भन्योः म यस सूरतलाई अति प्रेम गर्दछु ।त उहाँले भन्नु भयोः (यससित तिम्रो प्रेम तिमीलाई स्वर्गमा लैजान्छ ।) (यसलाई बुखारीले आफ्नो सहीहमा वर्णन गरेका छन्) ।
हजरत आइशा रजिअल्लाहो अन्हाको वर्णन छ किः रसूल सल्लल्लाहो अलैहे वसल्लमले एउटा मान्छेलाई (कमाण्डर बनाएर) एउटा सरिया (युद्ध गर्ने सैन्य टुकडी) मा पठाए, अनि त्यो आफ्नो साथीहरूलाई नमाजपढाउँदा अन्त्यमा कुल हुवल्लाहु अहद पढथ्यो, त जब उनीहरू फर्केर आए त यस कुरालाई रसूल सल्लल्लाहो अलैहे वसल्लमसित वर्णन गरे, त उहाँले भनेः त्यस मान्छेसित सोध कि त्यो यो किन गरिरहेको थियो ? त उनीहरूले उनसित यसबारेमा सोधेः त उनले भनेः किनकि त्यो महान अल्लाहको विशेषता हो यसर्थ मलाई यो अति प्रिय लाग्दछ कि म त्यसलाई पाठन गरूँ । त रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयो किः (त्यसलाई यो खबर दिइहाल किः महान अल्लाह पनि त्यसलाई प्रेम गर्दछ ।) (यसलाई बुखारीले आफ्नो सहीहमा वर्णन गरेका छन्) । अर्थात यो सूरत अल्लाह (रहमान) को विशेषतामा आधारित छ ।
र अल्लाहले यो खबर पनि दिएका छन् कि उनको अनुहार पनि छ, अल्लाहको फर्मान छः र तिम्रो प्रतिपालकको अनुहार जो प्रतिष्ठित र सम्मानित छ शेष रहेनेवाला छ । (अर्रहमानः २७)
र त्यसको लागि दुई हात पनि छन्, अल्लाहको फर्मान छः जसलाई मैले आफ्नो दुवै हातले सृष्टि गरें । (सादः ७५) त्यसका दुवै हात खुल्ला छन् । (अल् माइदाः ६४)
र त्यो राजी पनि हुन्छ र प्रेम पनि गर्छ र क्रोधित पनि हुन्छ, र यस बाहेक अन्य कुराहरू जससित अल्लाहले आफूलाई विशेषित गरेको छ, वा त्यसको रसूल सल्लल्लाहो अलैहे वसल्लमले त्यसलाई विशेषित गरेका छन् ।
र रह्यो मनीषीय प्रमाण
ती नाम र विशेषताहरूको प्रमाणमा जसमाथि विधानले प्रमाणीकरण गरेको छ त यो हो कि भनियोस्ः
यी विभिन्न प्रकार र थरी थरीका सृष्टिहरू, र उनको हितमा उनीहरूको व्यवस्थापन, र उनीहरूको त्यसै व्यवस्था अन्तर्गत कार्यरत हुनु जुन निर्धारित गरिएको छ, अल्लाहको महानता र शक्ति र ज्ञान एवं तत्वदर्शिता र इच्छा चाहनाको प्रतीक र प्रमाण हो ।
पुरस्कार र परोपकार, व्यथालाई हटाउनु, आपतविपत्तिलाई समाप्त गर्नु, त यी समस्त कुराहरू कृपा दया र उदारतामाथि प्रमाणीकरण गर्छ, र पापीहरूलाई दण्ड दिनु र उनीसित प्रतिशोध लिनु उनीमाथि अल्लाहको सजायमाथि र उनीहरूलाई अप्रिय ठान्नुमाथि प्रमाणीकरण गर्छ ।
र आज्ञाकारीहरूलाई सम्मानित गर्नु र उनीलाई सुकार्यमा सुदृढ गर्नु उनीसित अल्लाहको प्रेम गर्ने र उनीसित राजी हुने कुरामा प्रमाणीकरण गर्छ ।
दोस्रोः अल्लाहका नाम र विशेषताहरूबारे अहलुस्सुन्नह वल् जमाअहको तरिका (व्यवहार) ।
विगतका सदाचारी र उनका अनुयायीहरूमध्ये अहलुस्सुन्नह वल जमाअहको पद्धतिः अल्लाहका नाम रविशेषताहरूलाई उस्तै साबित मान्नु जसरी कुरआन र हदीसहरूमा वर्णित छन्, र उनीहरूको पद्धित निम्न विधिहरूमा आधारित छः
उनीहरू अल्लाहका नाम र विशेषताहरूलाई साबित मान्दछन् उस्तै जसरी ती कुरआन र सुन्नतमा जाहेरी ताैरले वर्णित छन्, र त्यसका शब्द जुन अर्थहरूलाई अर्थाउँछन् त्यसलाई पनि, र त्यसको जाहेरी अर्थको कुटिलतापूर्वक व्यख्या गर्दैनन् नत त्यसका शब्द वा त्यसको अभीष्टीय अर्थलाई परिवर्तित नै गर्छन् ।
र त्यसलाई सृष्टिहरूको विशेषता अनुरूप हुने कुराको इन्कार गर्छन्, जसरी कि अल्लाहको फर्मान छः त्यस जस्तो कोही पनि छैन र त्याे अति सुननेवाला र सर्वलाैकिक छ । (अश्शूराः ११)
अल्लाहका नाम र विशेषताहरूलाई प्रमाणित गर्नुमा जुन कुरआन र हदीसमा वर्णित छ त्यसभन्दा अगाडि जाँदैनन्, त जस जसलाई अल्लाह वा अल्लाहका सन्देष्टाले प्रमाणित गरेका छन् त्यसलाई प्रमाणित मान्दछन्, र जस जसको अल्लाह र अल्लाहका रसूलले इन्कार गरेका छन् त्यसको इन्कारी भइहाल्छन्, र जसबाट अल्लाह र त्यसका रसूल चुप लागेका छन् त्यसबारे उनी पनि चुप लाग्दछन् ।
र उनको यो सिद्धान्त छ कि अल्लाहका नाम र विशेषतालाई दर्शाउने उदधृतहरू मुहकम (सामान्य, दृढ) छन् जसको अर्थलाई बुझिन्छ र त्यसको व्याख्या पनि गरिन्छ, र ती असामान्य (मुतशाबेह) मध्येका होइनन् यसर्थ त्यसको अर्थबारे अल्लाहलाई अर्पित गर्दैनन् कि त्यसको ज्ञान मात्र अल्लाहलाई छ, जसरी कि यस्तो दोषारोपण उनीहरूमाथि गरिन्छ, वा उनीहरूको तरिका केही लेखक र वर्तमानका सम्पादकहरू जान्दैनन् ।
र अल्लाहका विशेषताहरूको कैफियत (अवस्था) महान अल्लाहलाई नै थाहा छ यो भन्छन्, र त्यसको कैफियतबारे खोज गर्दैनन् ।
तेस्रोः जसले त्यसको इन्कार गर्यो वा त्यसमध्ये केहीको इन्कार गर्यो त्यसको विरोध गर्नु ।
जिनले अल्लाहका नाम र विशेषताहरूको इन्कार गर्छन् उनी तीन प्रकारका छन्ः
अल् जहमीयहः र यिनी जहम बिन सफवानका अनुयायीहरू हुन्, र यिनीहरू अल्लाहका नाम र विशेषता सबैको इन्कार गर्छन् ।
अल् मुअतजेलहः र यिनी वासिल बिन अताअका अनुयायीहरू हुन्, जुन हसन बसरीको बैठकबाट अलग भएको थियो, र यिनीहरू अल्लहका नामहरूलाई यसरी प्रमाणित गर्छन् कि ती मात्र शब्द हुन् बिना अर्थ, र समस्त विशेषताहरूको इन्कार गर्छन् ।
अल् अशाअरह वल मातुरीदियह र जुन मानिसहरू उनीहरूको अनुशरण गर्छन्ः र यिनीहरू अल्लाहका सम्पूर्ण नाम र केही विशेषताहरूलाई प्रमाणित मान्दछन् र केही विशेषताहरूको इन्कार गर्छन्, र यिनीहरूले जुन सन्देहमाथि आफ्नो धारणाको नीव राखेका छन् त्यो होः उनीहरूको गुमानमा अल्लाहलाई सृष्टिको अनुरूप मान्ने कुराबाट टाढिनु, किनकि सृष्टिलाई पनि अल्लाहका नामहरूमध्ये केहीबाट नामाकरण गरिन्छ र त्यसका केही विशेषताद्वारा विशेषित गरिन्छ, त यसलेगर्दा त्यस नाम र शब्द एवं त्यसको अर्थमा साझी हुने कुराको बोध हुन्छ, र यसद्वारा उनीहरूको दृष्टिमा स्रष्टालाई सृष्टिको अनुरूप मान्ने कुरा बोध हुन्छ, र यसबाट बाँचनुमा उनीहरूले दुई उपाय (बहाना) लगाएका छन्ः
याता अल्लाहका नाम र विशेषता वर्णन गर्ने उदधृतहरूको जाहेरी अर्थको कुटिल व्याख्या गरेका छन् जसरी अनुहारको व्याख्या अस्तित्वबाट र हातको व्याख्या अनुकम्पाबाट ।
वा यी उदधृतहरूको अर्थ अल्लाहलाई सुम्पेका छन्, अर्थात भन्दछन् किः अल्लाहलाई नै यसको वास्तविक अर्थ थाहा छ, यस धारणाको साथ कि यी उदधृतहरूको जाहेरी अर्थ अभीष्ट छैन ।
र प्रथम पटक जुन मानिसहरूले अल्लाहका नाम र विशेषताहरूको इनकारको आरम्भ गरे ती हुन्ः अरबका बहुदेववादीहरू जिनको सन्दर्भमा अल्लाहले यो कथन अवतरित गरेको छः हे मुहम्मद हामीले तिमीलाई यस समूहमा पठाएका छाैं जसरी विगतमा कतिपय समुदायहरू गुज्रिसकेका छन् ताकि तपाई उनीहरूलाई त्यो पढेर सुनाउनुस् जसलाई हामीले तपाईमाथि अवतरित गरेका छाैं, र उनीहरू त अल्लाहका इन्कारी नै छन् । (अर्रअदः ३०)
र यस श्लोकको अवतरणको कारण यो हो कि जब कुरैश समुदायका मानिसहरूले यो सुने कि रसूल सल्लल्लाहो अलैहे वसल्लम रहमान (अल्लाह)को वर्णन गरिरहेका छन् त उनीहरूले यस कुराको इन्कार गरे । त अल्लाहले उनीहरूको सन्दर्भमा नै यस श्लोकको अवतरण गर्योः उनीहरू रहमानको इन्कार गर्छन् । र इब्ने जरीरले यो वर्णन गरेका छन् कि यो घटना हुदैबियाको सन्धिको अवसरमा घटित भएको हो जब सन्धि जुनकि उनी र नबी सल्लल्लाहो अलैहे वसल्लमको बीचमा भइरहेको थियो त्यसमा लेख्ने मान्छेले यो लेख्यो " शुरू अल्लाहको नामबाट जुन रहमान (अत्यन्त दयालु) र रहीम (अति कृपालु) छ" त कुरैशले भन्योः र रह्यो रहमान त हामी त्यसलाई जान्दैनाैं ।
र इब्ने जरीरले नै हजरत इब्ने अब्बासको माध्यमले वर्णन गरेका छन् किः नबी सल्लल्लाहो अलैहे वसल्लम ढोकको अवस्थामा " हे रहमान, हे रहीम" पुकारिरहेका थिए त बहुदेववादीहरूले भनेः यसको यो गुमान छ कि यो एउटैलाई पुकारिरहेको छ जबकि त्यो दुईलाई पुकारिरहेको छ । त अल्लाहले यस श्लोकलाई अवतरित गर्योः हे नबी भनिदिनुस् तिमी अल्लाहलाई पुकार वा रहमानलाई जुन नामले पुकारे पनि त्यसको लागि सबै सुन्दर नामहरू छन् । (अल् इस्राः ११०) ।
र महान अल्लाहले सूरतुल् फुर्कानमा भनेको छः जब उनीहरूसित भनिन्छ कि रहमानलाई ढोग गर, त उनीहरू भन्छ र रहमान को हो ? (अल् फुर्कानः ६०) ।
त यी बहुदेववादीहरू नै जहमीयह, मुअतजेलह र अशाअरहका कुकर्मी साथी मार्गविस्तारक हुन्, र जसले पनि ती समस्तको इन्कार यर्यो जसलाई अल्लाहले आफ्नो लागि वा त्यसको सन्देष्टाले त्यसको लागि नाम र विशेषता आदिलाई प्रमाणित गरेका छन् त त्यो कति घृणित अनुशरणकारी हो घृणित र कुकर्मीहरूको जुन बितिसके ।
र उनीहरूको विरोध कैयाैं प्रकारले गर्नसकिन्छः
पहिलो तरिकाः
निःसन्देह अल्लाहले आफ्नो लागि नाम र विशेषताहरू साबित गरेको छ, र त्यसको सन्देष्टाले पनि यसलाई प्रमाणित गरेका छन्, यसर्थ ती समस्त वा तीमध्ये केहीको इन्कार गर्नु त्यसको इन्कार हो जसलाई अल्लाह र त्यसका सन्देष्टाले साबित गरेका छन्, त यस्तो गर्नु अल्लाह र त्यसको सन्देष्टासित शत्रुता र विरोध गर्नु हो ।
दोस्रो तरिकाः
यी विशेषताहरूको सृष्टिहरूमा पाइनु वा त्यसका नामहरूद्वारा सृष्टिहरूलाई नामाकरण गर्नुले यो बोध हुँदैन कि अल्लाह र त्यसको सृष्टिहरूबीच कुनै प्रकारको समानता वा अनुरूपता छ, किनकि महान अल्लाहका नाम र त्यसका गुणहरू यस्ता छन् जुन त्यससित विशिष्ट छन्, र सृष्टिहरूका नाम र विशेष्ताहरू उनीहरूसित विशिष्ट छन्, त जसरी अल्लाहको अस्तित्व छ तर त्यो सृष्टिहरूको अस्तित्व अनुरूप छैन, यस्तै त्यसका नाम र विशेषताहरू सृष्टिहरूको नाम र विशेषता अनुरूप छैनन, र नाम र सामान्य अर्थ एकनास हुनुले वास्तविकता पनि एकनास हुनु जरुरी छैन, त अल्लाहले आफूलाई अलीम (ज्ञानी) हलीम (सहनशील) नामले नामाकरण गरेको छ, र आफ्ना केही भक्तहरूलाई पनि अलीम नाम राखेको छ, अल्लाहको भनाई छः (र उनीहरूले त्यसलाई ज्ञानी बालकको शुभसन्देश सुनाए) (अज्जारियातः २८) अर्थात इस्हाक, र अर्कोलाई हलीम नाम दियो र भन्योः र हामीले उनलाई सहनशील बालकको शुभसन्देश दिएँ । (अस्साफ्फातः १०१) अर्थात इस्माईल, यसर्थ भक्तमध्ये ज्ञानी र सहनशील अल्लाह जस्तो ज्ञानी र सहनशील हुनसक्दैन, र त्यसले आफूलाई विशेषित गर्दै भनेको छः निःसन्देह अल्लाह सुन्नेवाला र हेर्नेवाला छ । (अन्निसाः ५८) र आफ्ना केही भक्तहरूलाई पनि सुन्ने हेर्ने विशेषताद्वारा विशेषित गरेको छ जसरीः हामीले मनुष्यलाई मिश्रित वीर्यबाट सृष्टि गरें त्यसको परीक्षा गर्ने उद्देश्यले, अनि हामीले उसलाई सुन्नेवाला र हेर्नेवाला बनायाैं । (अल् इन्सानः २) त अल्लाह सुन्ने र हेर्नेवाला छ तर भक्त त्यसै जस्तो सुन्ने र हेर्नेवाला हुँदैन ।
र अल्लाहले आफूलाई करुणावान दयालुले नाकारण गरेको छ जस्तो कि त्यसले भनेको छः निःसन्देह अल्लाह सबैमाथि करूणावान दयालु छ । (अल् हज्जः ६५) र आफ्ना केही भक्तहरूलाई पनि करूणावान दयावन नाम दिएको छ, अल्लाहको फर्मान छः तिमीहरूमध्ये बाटै तिमीहरूको माझमा एउटा सन्देष्टा आएको छ जसलाई तिम्रो पीडाबाट दुःख हुन्छ र तिमीहरूको भलोको लागि चिन्तित रहन्छन् र आस्थावानहरूमाथि करूणावान दयावान छन् । (अत्ताैबाः १२८) त अल्लाह करूणावान र दयावान छ तर भक्त त्यसै जस्तो करूणावान र दयावान हुँदैन ।
र यस्तै अल्लाहले आफूलाई विशेषताहरूद्वारा विशेषित गरेको छ र त्यसै विशेषताद्वारा आफ्नो भक्तहरूलाई पनि विशेषित गरेको छ जसरी त्यसको फर्मानः र उनीहरू त्यसको ज्ञानको कुनै अंशको पनि घेराबन्दी गर्नसक्दैनन् । (अल् बकरः २५५) त अल्लाहले आफूलाई ज्ञानद्वारा विशेषित गरेको छ र आफ्नो भक्तहरूलाई पनि ज्ञानद्वारा विशेषित गरेको छ त्यसको भनाई छः र उनीहरूलाई अति थोरै ज्ञान दिइएको छ । (अल् इस्राः ८५) र अल्लाहको भनाई छः र प्रत्येक ज्ञानीमाथि एउटा ज्ञानी छ । (यूसुफः ७६) र अल्लाहको भनाई छः र ज्ञानवानहरूले भने । (अल् कससः ८०) र आफूलाई शक्तिदवारा विशेषित गरेको छ र भनेको छः निःसन्देह अल्लाह शक्तिशाली अधिपत्यशाली छ । (अल् हज्जः ४०) निःसन्देह अल्लाह जीविका प्रदान गर्नेवाला शकतिशाली दृढ छ । (अज्जारियातः ५८) र आफ्नो भक्तहरूलाई पनि शक्तिद्वारा विशेषित गर्दै भनेको छः अल्लाहले नै तिमीहरूलाई निर्वल सृष्टि गर्यो अनि निर्वलता पश्चात शक्ति प्रदान गर्यो, अनि शक्ति प्रदान गरे पश्चात निर्वल र वृद्धअवस्था प्रदान गर्यो । (अर्रूमः ५४) र यस जस्ता अन्य उदाहरणहरू ।
र यो जानकारी छदैछ कि अल्लाहका नाम र विशेषताहरू त्यससित विशिष्ट छन् र त्यसै योग्य छन्, र सृष्टिहरूको नाम उनैसित विशिष्ट छन् र उनै योग्य छन् र नाम र अर्थ एकनास हुनुले यो जरूरी छैन कि त्यसको वास्तविकता पनि एकनास होस्, र यो यस कारण किनकि दुवैबीच कुनै समानता छैन, र यो कुरो प्रष्ट नै छ, र समस्त प्रशंसा अल्लाहकै लागि छन् ।
तेस्रो तरिकाः
कि जससित परिपूर्ण विशेषता नहोस् त्यो ईश हुने योग्य हुँदैन, र यसै कारण इब्राहीमले आफ्नो बुवासित भनेका थिएः तपाई त्यसको पूजा किन गर्नुहुन्छ जुन नत हेर्दछ नत सुन्दछ । (मरयमः ४२)
र अल्लाहले ती मानिसहरूको खण्डनमा भनेको छ जिनले बाछोको पूजा गरेः के उनीहरू हेर्दैनन् कि त्यो तिनीहरूसित नत बुरा नै गर्छ नत मार्गदर्शन नै गर्छ । (अल् अअराफः १४८)
चाैथो तरिकाः
निःसन्देह विशेषताहरूलाई प्रमाणित गर्नु परिपूर्णता हो र त्यसको इन्कार गर्नु कमी, त जसको विशेषता हुँदैन त्यो याता केही हुँदैन याता त्यसमा कमी हुन्छ, र महान अल्लाह यी समस्तबाट पवित्र छ ।
पाँचाैं तरिकाः
विशेषताहरूलाई त्यसको जाहेरी अर्थबाट कुटिलतापूर्वक व्याख्या गर्ने कुरामा कुनै प्रमाण छैन यसलेगर्दा त्यो अमान्य छ, र रह्यो त्यसको अर्थलाई अल्लाहलाई सुम्पिनु ? त यसद्वारा यस कुराको बोध हुन्छ कि अल्लाहले कुरआनमा हामीसित यस्तो कुराद्वारा सम्बोधन गरेको छ जसको अर्थ हामीलाई थाहै छैन? जबकि अल्लाहले हामीलाई कुरआनमा चिन्तन मनन् गर्ने आदेश गरेको छ, त अल्लाह कसरी हामीलाई यस्तो कुरामा चिन्तन मनन् गर्ने आदेश गर्छ जसको अर्थ हामीलाई थाहै नहोस् ?
त यसबाट यो प्रष्ट भयो कि अल्लाहका नाम र विशेषताहरूलाई उस्तै साबित मान्नु जरूरी छ जसरी त्यो अल्लाह योग्य छ यस कुराको इन्कार गर्दै कि त्यो सृष्टिहरू अनुरूप छैन, जसरी कि अल्लाहको फर्मान छः त्यस जस्तो कोही पनि छैन र त्याे अति सुननेवाला र सर्वलाैकिक छ (अश्शूराः ११)
त अल्लाह आफूलाई समस्त चिजहरूको अनुरूपताबाट इन्कारी भएको छ र आफ्नो लागि कान र आँखा प्रमाणित गरेको छ, त यो यस कुरामा प्रमाणीकरण गर्छ कि विशेषताहरूलाई प्रमाणित गर्नाले अनुरूपता सिद्ध हुँदैन्, यसर्थ विशेषताहरूलाई बिना अनुरूपता प्रमाणित गर्नु नै अनिवार्य छ, र यो नै अल्लाहका नाम र विशेषताहरूबारे अहलुस्सुन्नह वल जमाअहको निम्न कथनको अर्थ होः बिना अनुरूपता साबित मान्नु र बिना स्थगित गरिकन् त्यसलाई पवित्र मान्नु ।
तेस्रो खण्डः बहुदेववादको वर्णनमा र मानवको जीवनमा विचलन (बाँगोपना)
कुफ्र, नास्तिकता, बहुदेववाद, र कपटको एतिहासिक वर्णन
र यो निम्न अध्यायहरूमा शमाविष्ट छः
पहिलो अध्यायः मानवजीवनमा विचलन ।
दोस्रो अध्यायः बहुदेववाद- र त्यसको परिभाषा र थरीहरू ।
तेस्रो अध्यायः कुफ्र- र त्यसको परिभाषा र थरीहरू ।
चाैथो अध्यायः कपट- र त्यसको परिभाषा र थरीहरू ।
पाँचाैं अध्यायः निम्न कुराहरूको वास्तविकताः अनभिज्ञता- अवज्ञा- पथभ्रष्टता- रिद्दहः र त्यसका थरीहरू र हुकुमहरू ।
पहिलो अध्यायः मानवजीवनमा विचलन ।
अल्लाहले आफ्नो भक्तहरूलाई आफ्नो पूजा गर्ने उद्देश्यले सृष्टि गरेको छ, र उनीहरूलाई आफ्नो तर्फबाट जीविका प्रदान गरेको छ ताकि यसलाई आयोजित गर्नुमा सहायक होस्, अल्लाहको फर्मान छः र मैले मानव र दानवलाई मात्र आफ्नो पूजाको लागि सृष्टि गरेको छु म उनीहरूबाट नत जीविका चाहन्छु नत यो नै चाहन्छु कि उनी मलाई खुवाउन निःसन्देह त्यो अल्लाह जीविका दिनेवाला शक्तिशाली दृढ छ । (अज्जारियातः ५६-५८)
र जब जीउलाई उस्तै अनिबन्धित छाडियोस् त त्यो अल्लाहको ईश हुने कुरालाई स्वीकार्दछ, र त्यसैलाई मायाँ गर्छ, र त्यसैको पूजा गर्छ र त्यसको साथमा कसैलाई साझीदार गर्दैन, तर त्यसलाई मानव र दानवमध्येका शैतानहरू धोका दिने कुराहरूद्वारा भ्रमित गरेर बर्बाद गरिदिन्छन् अनि त्यो पथभ्रमित भइहाल्छ, त प्रष्ट यो भयो कि एकेश्वरवाद प्राकृतिक कुरो हो, र बहुदेववाद छणिक आइलागेको कुरो, अल्लाहको फर्मान छः यसर्थ तपाई दतचित्त भएर आफूलाई इस्लाम धर्मतिर लगाइहाल्नुस् अल्लाहको त्यस विशेषतातिर जसमाथि अल्लाहले सबैलाई सृष्टि गरेको छ अल्लाहेले बनाएकोलाई कोही परिवर्तित गर्न सक्दैन । (अर्रूमः ३०)
र रसूल सल्लल्लाहो अलैहे वसल्लमको भनाई छः प्रत्येक शिशु प्राकृतिक विशेतामाथि जन्मन्छ अनि त्यसको आमा बाबुले त्यसलाई यहूदी, वा ईसाई, वा मजूसी बनाउँछन् । (अबू हुरैरहको माध्यमले यसलाई बुखारी र मुस्लिमले वर्णन गरेका छन्) यसर्थ आदमको सन्ततिमा मूल कुरो एकेश्वरवाद नै हो ।
र इस्लाम धर्ममाथि नै हजरत आदम अलैहिस्सलाम र उनी पश्चात आएका उनको सन्ततिहरू पनि लामो समयसम्म थिए, अल्लाहको फर्मान छः मानिसहरू एउटै समुदाय थिए अनि अल्लाहले सन्देशवाहकहरूलाई शुभसूचक र डराउनेवाला बनाएर पठाए । (अल् बकरः २१३)
र प्रथम पटक सही सिद्धान्तबाट विचलन र शिर्क (बहुदेववाद) को आरम्भ नूहको जातिमा भयो, त यसै कारण हजरत नूह अलैहिस्सलाम यस मानवजातितिर पहिलो सन्देष्टा थिए बहुदेववादको सृजना भए पश्चातः हामीले तपाईतिर वह्य पठायाैं जसरी हामीले तपाईभन्दा अघि नूह र उनी पश्चातका सन्देष्टाहरूतिर वह्य (प्रकाशना) पठाएका थियाैं । (अन्निसाः १६३)
इब्ने अब्बासको कथन छः हजरत आदम र नूह अलैहिमस्सलामकोबीच दश शताब्दीको अन्तर थियो जसबीच सबै इस्लाममाथि नै दृढ थिए ।
इब्ने कैयिमको भनाई छः र यो कथन नै दृढ सही छ किनकि उबइ बिन कअबको सूरतुल बकरःको यस श्लोकको पाठन किः अनि उनीहरूले मतभेद गरे त अल्लाहले सन्देष्टाहरूलाई पठायो ।
र यस पाठनको समर्थन महान अल्लाहको यो कथन पनि गर्छ जुन सूरतु यूनुसमा छ किः र मानिसहरू मात्र एउटै समुदाय थिए अनि उनीहरूले मतभेद गरे । (यूनुसः १९)
त उहाँ रहेमहुल्लाहको तात्पर्य यो छ कि सन्देष्टाहरूको आगमनको कारण हो मानिसहरूको सत्यधर्मबाट मतभेद गर्नु, जसरी कि अरबहरू यस पश्चात इब्राहीम अलैहिस्सलामको धर्ममा थिए, यहाँसम्म कि अमर बिन लुहैइ अल् खुजाई आयो अनि इब्राहीमको धर्मलाई परिवर्तित गरिदियो, र अरबको धरतीमा मूर्तिहरूलाई ल्यायो, र विशेषरूपले हिजाजको भूभागमा, अनि यी मूर्तिहरूको अल्लाहलाई छाडेर पूजा गरियो, र यी पावन भूभागमा र त्यसका वरिपरिका क्षेत्रहरूमा पनि बहुदेववादको विस्तार भयो, यहाँसम्म कि अल्लाहले आफ्नो अन्तिम सन्देष्टा दूतहरूको समापक मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमलाई पठायो, त उहाँले सबै मानिसहरूलाई एकेश्वरवादतिर र इब्राहीमको धर्मको अनुशरण गर्नेतिर बोलाए, र अल्लाहको यस आमनत्रणलाई पुर्याउने सन्दर्भमा सकेसम्म संघर्ष गरे, यहाँसम्म कि यहाँ पुनः एकेश्वरवाद र इब्राहीमको धर्मको विस्तार भयो, र मूर्तिहरूलाई भाँचियो र अल्लाहले उहाँको माध्यमले आफ्नो धर्मलाई परिपूर्ण गर्यो, र समस्त संसारमा आफ्नो अनुकम्पालाई परिपूर्ण गर्यो, अनि यसै पद्धतिमा यस समूहको आरम्भमा भएका श्रेष्ठ मानिसहरू हिंडे यहाँसम्म कि पछि आउने शताब्दीहरूमा अनभिज्ञताको विस्तार भयो, र अन्य धर्महरूका कुराहरू यसमा प्रविष्ट गरे, अनि यस समूहका अधिकांश मानिसहरूमा पुनः बहुदेववाद फर्केर आयो पथभ्रष्ट आमन्त्रणकर्ताको कारण र चिहानहरूमाथि मिजार आदि बनाउने कारण जसलेगर्दा वली र सदाचारीहरूको अवैधानिक सम्मान गर्न थालियो, र उनीहरूसित झुठो प्रेमको दावी गर्न थालियो यहाँसम्म कि उनीहरूको चिहानमाथि मिजार गुँबद आदिको निर्माण गरियो र त्यसलाई मूर्ति झैैं बनाएर अल्लाह बाहेक उनैको पूजा गर्न थालियो र उनीहरूसित नानाथरीका सामीप्यता प्राप्तिका माध्यमहरूलाई विशिष्ट गरियो जसरी उनीहरूसित दुआ गर्नु, माँग्नु, बलि गर्नु र उनीहरूको भाकल मान्नु आदि । र यस बहुदेववादलाई सदाचारीहरूसित वसीला लिने र उनीसित प्रेम गर्नुको नाम दिइयो नकि उनीहरूको पूजाको नाम दिइयो उनीहरूको विचारमा, तर उनीहरू यो बिर्से कि यो नै त विगतका बहुदेववादीहरूको कथन थियो जब उनीहरू भन्थेः हामीहरू यिनीहरूको पूजा यस कारण गर्छाैं ताकि यिनीहरू हामीलाई अल्लाहको समीप गरिदिउन् । (अज्जुमरः ३)
र यस बहुदेववादको हुँदा हुँदै जुन विगत र हालमा मानवजातिमा पाइन्छ अधिकांश मानिसहरू तै पनि ताैहीदे रूबूबियतमाथि नै आस्था राख्दछन् र सहभागिता (बहुदेववाद) मात्र पूजामा नै गर्छन्, जसरी कि अल्लाहको फर्मान छः र उनीहरूमध्ये अधिकांश मानिसहरू अल्लाहमाथि आस्था नराखि बहुदेववादी छन् । (यूसुफः १०६)
र प्रतिपालकको इन्कार मानवमध्ये केहीले मात्र गरेका छन् जसरी फिरऔनले र नास्तिक कम्युनिष्टहरूले यस वर्तमान युगमा, र उनीहरूले इन्कार त गरेका छन् तर उनीहरूको आत्मा यसलाई स्वीकारेको हुन्छ, जसरी कि अल्लाहको फर्मान छः उनीहरूले अभिमान र अत्याचारलेगर्दा त्यसको इन्कारी भए तर उनीहरूको हृदयले त्यसलाई स्वीकारिसकेका छन् । (अन्नमलः १४)
र उनीहरूको अकल (मनीष) लाई यो भलिभाँति थाहा छ कि प्रत्येक सृष्टिको सेष्टा हुन्छ, र प्रत्येक निर्मित वस्तुको निर्माता हुन्छ, र यस ब्रह्माण्डको स्थिर र उचित व्यवस्थापन यो संकेत गर्छ कि यसको कुनै तत्वदर्शी व्यवस्थापक छ जुन सर्वशक्ति सम्पन्न र ज्ञानी छ, र जसले त्यसको इन्कार गर्यो त्यो याता आफ्नो मनीष नै गुमाइसकेको छ (अचेत छ) वा त्यो यस्तो अभिमानी छ जसले आफ्नो अकललाई स्थगित र समाप्त गरिदिएको छ र आफूलाई पागल सिद्ध गरिसकेको छ, त यस्तो मान्छेको कुनै एतबार र मान्यता छैन ।
दोस्रो अध्यायः बहुदेववाद- र त्यसको परिभाषा र थरीहरू ।
यसको परिभाषाः
बहुदेववाद होः अल्लाहको ईश् हुने कुरामा र प्रतिपालक हुने कुरामा कसै अरूलाई सहभागी बनाउनु ।
र अधिकांश अवस्थामा ईश हुने कुरामा नै साझेदारी ठहर गरिन्छ जसरी मान्छे अल्लाहको साथमा कसै अरूलाई पुकारोस्, वा पूजामध्ये कुनै थरीलाई अल्लाह बाहेकको लागि गरोस् जसरी बलि, भाकल, भय, आशा र प्रेम । र बहुदेववाद सबैभन्दा विशाल पाप (महापाप) हो, र यो निम्न कारणहरूले गर्दाः
किनकि यसद्वारा सृष्टिलाई स्रष्टा झैं ईशको विशेषता दिइन्छ, त जसले अल्लाहको साथमा कसैलाई साझी बनायो त्यसले त्यसलाई अल्लाह अनुरूप मान्यो, र यो सबैभन्दा विशाल अत्याचार हो, अल्लाहको फर्मान छः निःसन्देह बहुदेववाद सबैभन्दा विशाल अत्याचार हो । (लुकमानः १३)
र अत्याचारको अर्थ होः कुनै बस्तुलाई त्यसको स्थानमा नराखिकन् अन्य स्थानमा राख्नु, त जसले अल्लाह बाहेकको पूजा गर्यो त्यसले पूजालाई त्यसको वास्तविक ठाउँबाट सारेर अर्को ठाउँमा राख्यो, र त्यसलाई त्यसको योग्य नभएको मानिससित संलग्न गर्यो, त यसरी यो सबैभन्दा विशाल अत्याचार (महापाप) भयो ।
र अल्लाहले यो खबर दिएका छन् कि बिना ताैबा यसलाई कसैबाट माफ गर्दैनन्, अल्लाहको फर्मान छः निःसन्देह अल्लाह आफूसित साझी ठहराएको कुरालाई क्षमा गर्दैनन्, र त्यस बाहे जसलाई चाहन्छन् क्षमा प्रदान गरिदिन्छन् । (अन्निसाः ४८)
र अल्लाहले यो खबर पनि दिइको छ कि बहुदेववादीमाथ अल्लाहले स्वर्गलाई हराम (निषेधित) गरिदिएका छन्, र त्यो सदैंवको लागि नर्कमा बास गर्नेछ, अल्लाहको फर्मान छः निःसन्देह जसले अल्लाहको साथमा सहभागी ठहरायो त्यसमाथि अल्लाहले स्वर्गलाई निषेधित गरिदिएका छन्, र त्यसको बासस्थान नर्क हुनेछ, र अत्याचारीहरूको कोही सहायक हुनेछैन । (अल् माइदाः ७२)
निःसन्देह बहुदेववाद समस्त सुकार्यलाई नष्ट गरिदिन्छ, अल्लाहको फर्मान छः र यदि उनीहरूले बहुदेववाद गरे त उनीहरूका समस्त सुकर्म खेर जानेछन् । (अल् अनआमः ८८)
र अल्लाहको फर्मान छः (हे नबी) तपाइतिर र तपाईभन्दा पहिला आएका नबीहरूतिर यो सन्देश नै पठाइएको थियो कि यदि तिमीले शिर्क गर्याै त तिम्रा समस्त सुकार्यहरू नष्ट भइहाल्नेछन् र तपाई निश्चित नै घाटा उठाउनेहरूमध्येका भइहाल्ने छाै । (अज्जुमरः ६५)
र बहुदेववादीको रक्तपात (वध) र माल हलाल छ, अल्लाहको फर्मान छः बहुदेववादीहरूलाई जता फेला पारे मारिहाल, र उनीहरूलाई समातिहाल र उनीहरूलाई घेराउ गर र उनीहरूको लागि प्रत्येक घाटीमा बसिराख । (अत्ताैबाः ५)
अनि रसूल सल्लल्लाहाे अलैहे वसल्लमले भन्नु भयोः मलाई आदेश गरिएको छ कि म युद्धलाई निरन्तरता दिइराखूँ यहाँसम्म कि उनीहरू लाइलाहा इल्लल्लाह भनिहालुन्,अनि जब उनी यसलाई भनिहालुन् त उनी त्यसको हक बाहेक मबाट आफ्नो रगत र माल सुरक्षित गरिहाले । यसलाई बुखारी र मुस्लिमले वर्णन गरेका छन्
निःसन्देह बहुदेववाद ठूलोमध्येको सबैभन्दा ठूलो पाप हो, रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः के म तिमीहरूलाई ठूला पापहरूमध्ये सबैभन्दा ठूलो पाप (महापाप) को बारेमा नबताउँ, त हामीले भनेंः किन होइन हे अल्लाहको रसूल अवश्य बताउनुस्, त उहाँले भनेः अल्लाहको साथमा सहभागी बनाउनु, र माता पिताको अवज्ञा गर्नु ... । पूर्ण हदीससम्म, (यसलाई बुखारी र मुस्लिमले वर्णन गरेका छन्)
अल्लामा इब्नुल् कैयिमले भन्नु भएको छः (महान अल्लाहले यो खबर दिएका छन् कि सृष्टि र आदेशको तात्पर्य हो किः त्यो आफ्नो नाम र विशेषताहरूद्वारा जानियोस्, र मात्र त्यसै एकलोको पूजा अर्चना गरियोस्, र मानिसहरूबीच न्यायको व्यवहार गरोस् र यो न्याय नै हो जसमा धरती र आकाशहरू आधारित छन्, जसरी कि अल्लाहको फर्मान छः हामीले आफ्ना सन्देष्टाहरूलाई निशानी प्रतीकहरू दिएर पठाएँ, र उनीहरूको साथमा किताब र तुला पनि उतारें ताकि मानिसहरू न्याय गरून् । (अल् हदीदः २५)
त अल्लाहले यो खबर दिएको छ त्यसले आफ्ना सन्देष्टाहरूलाई पठायो, र आफ्नो ग्रन्थहरूलाई अवतरित गर्यो ताकि मानिसहरू न्याय निसाफ गरुन्, र सर्वोत्कृष्ट न्याय एकेश्वरवाद नै हो र यो नै न्यायको मूल मर्म र आधार हो । र बहुदेववाद अन्याय हो जस्तोकि महान अल्लाहको फर्मान छः निःसन्देह बहुदेववाद सबैभन्दा विशाल पाप हो । (लुकमानः १३)
त बहुदेववाद अन्यायहरूमध्ये सबैभन्दा विशाल अन्याय हो, र एकेश्वरवाद न्यायमध्ये सबैभन्दा ठूलो न्याय, त जुन कुरो यसको सबैभन्दा विरोधी होस् त्यो नै सबैभन्दा ठूलो पाप हो ।)
यहाँसम्म कि उहाँले भन्नु भयोः (त जब बहुदेववाद यस यद्देश्यको साक्षात विरोधी कुरो हो त यो नै ठूलो पापहरूमध्ये महापाप हो, र अल्लाहले प्रत्येक बहुदेववादीमाथि स्वर्गलाई निषेधित गरिदिएका छन्, र त्यसको रगत र माललाई एकेश्वरवादीहरूको लागि वैध गरिदिएका छन्, र योकि उनीहरूलाई यस कारण दास बनाइहालुन् किनकि उनीहरूले पूजनीयतालाई त्यागे, र अल्लाहले बहुदेववादीको कुनै कार्यलाई पनि स्वीकर गर्नुबाट इन्कार गरेको छ वा त्यसको शिफाअत कबूल गर्दैन, वा परलोकमा त्यसको कुनै पुकार सुन्दैन नत त्यसको कुनै क्षच्छा आकांक्षालाई नै स्वीकार गर्छ, यसर्थ बहुदेववादी मान्छे अल्लाहको बारेमा नितान्त अज्ञानी र अनभिज्ञ छ किनकि त्यसले त्यसैको सृष्टिबाट त्यसको समक्षी तुल्यायो, र यो नै अनभिज्ञताको अन्तिम सीमा हो, जसरीकि यो नै त्यसद्वारा अन्यायको अन्तिम सीमा पनि हो जबकि वास्तवमा बहुदेववादीमाथि त्यसको प्रतिपालकले कुनै अन्याय गरेन बरू त्यसले स्वयम् आफूमाथि अन्याय गर्यो ।) समाप्त भयो ।
निःसन्देह बहुदेववाद कमी र अवगुण हो जसबाट प्रतिपालकले आफूलाई पवित्र गरेको छ, त जसले बहुदेववाद गर्यो त्यसले अल्लाहको लागि त्यो कुरो प्रमाणित गर्यो जसबाट त्यसले आफूलाई पवित्र गरेको छ, त यो महान अल्लाहिसत नितान्त शत्रुता हो, र अल्लाहसित नितान्त दुश्मनी र त्यसमाथि अमानवीय दोषारोपण हो ।
बहुदेववादका थरीहरू
बहुदेववादका दुई थरी छन्ः
पहिलो थरीः ठूलो बहुदेववाद (शिर्क) जुनकि मान्छेलाई धर्मबाट निष्कासित गरिदिन्छ, र त्यसलाई सदैंवको लागि नर्कबासी बनाइदिन्छ, यदि त्यो बिना ताैबा गरिकन् मरिहाल्छ, र ठूलो शिर्क होः पूजाका थरीहरूमध्ये कसैलाई अल्लाह बाहेकको लागि गर्नु, जसरी अल्लाह बाहेकसित दुआ गर्नु, र अल्लाह बाहेकका चिहान जिन्नात र शैतानहरूको सामीप्यता प्राप्त गर्नु बलि गरेर भाकल मानेर, र जिन्नात र शैतानबाट भयभीत हुनु कि उनी त्यसलाई कष्ट पुर्याउँछन् वा रोगी बनाइदिन्छन्, र जसमाथि अल्लाह बाहेक कोही शक्ति सम्पन्न छैन त्यसमा अल्लाह बाहेकसित आशान्वित हुनु जसरी कुनै आवश्यकता पूर्ण गर्नुमा, र विपदा हटाउनुमा आदि जसलाई आज सदाचारी र अल्लाहका मित्र (वली) हरूको चिहानमा निर्मित मिजारहरूमाथि गरिन्छ । अल्लाहको फर्मान छः र यनीहरू अल्लाह बाहेक यस्ताको पूजा गर्छन् जुन नत उनीलाई कष्ट पुर्याउन सक्दछन् नत लाभ, र भन्छन् कि यिनी अल्लाह समीप हाम्रा सिफारिशी हुन्छन्, हे नबी भनिदिनुस् कि के तिमीहरू आकाश र धरतीमा भएका ती कुराहरूको अल्लाहलाई जानकारी गराइरहेका छाै जसको त्यसलाई ज्ञान छैन, अल्लाह महान र पवित्र छ त्यस शिर्कबाट जुन उनीहरू गरिरहेका छन् । (यूनुसः १८)
दोस्रो थरीः सानो शिर्क जुन मान्छेलाई धर्मबाट निष्कासित गर्दैन, तर त्यो एकेश्वरवादमा कमी ल्याउँछ, र यो ठूलो शिर्क गर्नुको साधन हो, र यसका दुई थरी छन्ः
पहिलो थरीः जुन शिर्क (बहुदेववाद) इन्द्रियहरू र जिब्रोद्वारा जाहेर हुन्छ, र यो होः कार्य र कथन, त कथन जसरी अल्लाह बाहेकको शपथ लिनु, नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भएको छः जसले अल्लाह बाहेकको शपथ लियो त्यसले नास्तिकता अथवा बहुदेववाद गर्यो । (यसलाई तिर्मिजीले वर्णन गरेका छन् र विश्वासनीय पनि भनेका छन्, र इमाम हाकिमले यसलाई सही भनेका छन्) र यो भन्नु किः जुन अल्लाह र तपाई चाहनुहुन्छ । नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भएको छ जब एउटा मान्छेले भन्योः जुन अल्लाह र हजुर चाहनुहुन्छ, त उहाँले भन्नु भयोः के तिमीले मलाई अल्लाहको समक्षी बनायाै ? तिमी भनः जुन अल्लाह एकलै चाहोस् । (यसलाई नेसाईले वर्णन गरेका छन्) र यस्तै यो भन्नु किः यदि अल्लाह र फलाना नभएको भए, र सही त यो छ कि भनियोस्ः जुन अल्लाह चाहोस् अनि फलाना चाहोस्, र यदि अल्लाह अनि फलाना नभएको भए, किनकि अरबीको (सुम्मा) शब्द अन्तरालको साथ क्रमिक हुने कुरालाई दर्शाउँछ, र भक्तको इच्छालाई अल्लाहको इच्छा अधीन गरिदिन्छ । जसरी कि अल्लाहको फर्मान छः र तिमीले पूर्ण विश्वको पालनकर्ताले नचाहेको कुरोलाई चाहन सक्दैनाै । (अत्तकवीरः २९)
र रह्यो अरबीको वाव अक्षर त यो मात्र जम्मा गर्ने र सहभागी गर्ने कुराको लागि प्रयोग हुन्छ जुन क्रमिक हुनुलाई बोध गर्दैन, र यसको उदाहरण हो यो कथन किः मेरो सहायक अल्लाह र तिमी बाहेक कोही छैन, र यो अल्लाहको र तिम्रो कल्याणले भएको छ ।
र रह्यो कुरो कर्मकोः त जसरी कंगन र धर्को आदि लगाउनु आपतविपत्ति हटाउने वा निको पार्ने उद्देश्यले, र यस्तै कुदृष्टिबाट बच्नुको लागि ताविज आदि झुन्डियाउनु, जब मान्छे यस धारणाको साथ यसलाई गरोस् कि यो विपत्तिलाई हटाउँछ त यो सानो शिर्क भयो, किनकि अल्लाहले यी कुराहरूलाई कष्टलाई हटाउने माध्यम बनाएको छैन, र यदि मान्छेको यो धारणा छ कि यी कुराहरू आफै कष्टलाई हटाउँछन् त यो ठूलो शिर्क भयो किनकि यसरी मान्छे अल्लाह बाहेकमाथि भरोसा गर्न थाल्दछ ।
सानो शिर्कको दोस्रो थरीः लुकेको शिर्क (बहुदेववाद) र यो इच्छा आकांक्षा र नीयतमा बहुदेववाद गर्नु हो, जसरी आडम्बर र दिखावा, जसरीकि मान्छे कुनै यस्तो कार्य जसद्वारा अल्लाहको सामीप्यता प्राप्त गरिन्छ त्यसलाई यस कारण गरोस् ताकि मानिसहरू त्यसको प्रशंसा गरून्, जसरी आफ्नो नमाजलाई अति राम्रो गराएर आयोजित गरोस्, वा दान गरोस् ताकि मानिसहरू त्यसको प्रशंसा गरून्, वा गुणगानगर्दा ठूलो स्वरमा गरोस् वा कुरआनको पाठन राम्रो स्वरमा गरोस् ताकि मानिसहरू सुनेर त्यसको प्रशंसा गरून्, र आडम्बर जब कुनै सुकार्यमा शामेल हुन्छ त त्यसलाई नष्ट गरिदिन्छ । अल्लाहको फर्मान छः जसलाई आफ्नो प्रतिपालकसित साक्षात्कारको आशा छ त्यसलाई चाहियो कि सुकार्य गरोस् र आफ्नो प्रतिपालकको पूजामा कसै अरूलाई सहभागी नगरोस् । (अल् कहफः ११०)
अनि रसूल सल्लल्लाहाे अलैहे वसल्लमले भन्नु भयोः म तिमीहरूमाथि सबैभन्दा अधिक सानो शिर्कबाट भय मान्दछु, त उनीहरूले भनेः हे अल्लाहका रसूल यो सानो शिर्क के हो ? त उहाँले भन्नु भयोः आडम्बर । (यसलाई अहमद, तब्रानी र बगवीले शरहुस्सुन्नहमा वर्णन गरेका छन्)
र यसैमध्येको होः सांसारिक लाभलाल्साको लागि कर्म गर्नु, जसरी कोही हज्ज अथवा अजान अथवा इमामत मात्र मालको लागि गरोस्, वा वैधानिक तालिमको प्राप्ति र धर्मयुद्ध मात्र मालको लागि गरोस् । नबी सल्लल्लाहो अलैहे वसल्लमको भनाई छः दिनारको दास विनष्ट भयो, र दिरहमको दास (रसिया) विनष्ट भयो, र लुगाको दास विनष्ट भयो, र चाैकोर लुगाको दास विनष्ट भयो, किनकि जब त्यसलाई प्रदान गरिन्छ त प्रसन्न भइहाल्छ, र जब प्रदान गरिन्न त क्रोधित भइहाल्छ । (यसलाई बुखारीले वर्णन गरेका छन्)
इब्नुल् कैयिम रहेमहुल्लाहले भन्नु भयोः (र रह्यो इच्छा र नीयतमा शिर्कको कुरो, त यो यस्तो समुन्द्र हो जसको कुनै किनारा छैन, र यसबाट बाँचनेहरू कम नै हुन्छन् । त जसले कुनै कार्यद्वारा अल्लाह बाहेकको प्रसन्नता चाह्यो र कुनै कुराद्वारा अल्लाहको सामीप्यता नचाहिकन् कसैबाट कुनै अपेक्षा राख्यो त त्यसले आफ्नो इच्छा र नीयतमा शिर्क गर्यो, र निष्ठाको अर्थ होः मान्छे आफ्नो कार्य कुरा, इच्छा आकांक्षा र नीयतलाई अल्लाहको लागि निष्ठापूर्वक गरोस् । र यो नै इब्राहीमको त्यो सोझो धर्म हो जसको आदेश अल्लाहले आफ्नो समस्त भक्तहरूलाई दिएको छ, र यस बाहेक अन्य कुनै धर्मलाई उनीहरूबाट स्वीकार गर्दैन, र यो नै इस्लामको वास्तविकता हो । जसरी कि अल्लाहको फर्मान छः जसले इस्लाम बाहेक कुनै अन्य धर्मको खोजी गर्छ त त्यसबाट त्यो स्वीकार्य छैन र त्यो परलोकमा घाटा बेहोर्नेहरूमध्येको हुनेछ । (आले इम्रानः ८५)
र यो नै इब्राहीम अलैहिस्सलामको धर्म हो जसबाट जुन सुकैले मुख फर्काउँछ त्यो सबैभन्दा ठूलो पागल हुन्छ । समाप्त भयो ।
त जनु वर्णित भयो त्यसबाट यो निष्कर्ष निस्कन्छ कि सानो शिर्क र ठूलो शिर्कबीच केही अन्तर छ जुन निम्न हुन्ः
ठूलो शिर्क गरे पश्चातः मान्छेलाई धर्मबाट निष्कासित भइहाल्छ, जबकि सानो शिर्क गरेमा धर्मबाट निष्कासित हुँदैन, तर यसबाट एकेश्वरवादमा कमी आउँछ । र ठूलो शिर्क गर्ने मान्छे सदैंवको लागि नर्कीय हुन्छ,
जबकि सानो शिर्क गरेमा मान्छे सदैंवको लागि नर्कमा जाँदैन यदि नर्कमा जानु नै पर्छ ।
ठूलो शिर्क मान्छेको समस्त कार्यलाई विनष्ट गरिदिन्छ, जबकि सानो शिर्क समस्त कार्यलाई नष्ट गर्दैन, बरू मात्र त्यस कार्यलाई नष्ट गर्छ जसमा आडम्बर हुन्छ वा जसलाई संसारिक लाभ आदि पाउने उद्देश्यले गरिएको हुन्छ ।
ठूलो शिर्क रगत र माललाई हलाल गराइदिन्छ, जबकि सानो शिर्कद्वारा यी दुवै हलाल (ग्राह्य) हुँदैनन् ।
तेस्रो अध्यायः कुफ्र- र त्यसको परिभाषा र थरीहरू ।
यसको परिभाषाः
कुफ्रको शाब्दिक अर्थ होः लुकाउनु ढाँक्नु, र कुफ्रको वैधानिक परिभाषा होः आस्थाको विरूद्ध कुरा, किनकि कुफ्रको अर्थ होः अल्लाह र त्यसका सन्देष्टाहरूमाथि आस्था नराख्नु, चाहे त्यो आस्था नराख्नुको साथ उनीलाई झुट्लाओस् वा नझुट्लाओस्, बरू त्यो यस्तो मात्र शंका सन्देह वा ईर्ष्या वा इन्कारी हुनुको कारण गरोस् वा अभिमानको कारण वा आफ्नो हवसपूजाको कारण जुन त्यसलाई यस आमन्त्रणलाई कबूल गर्नुबाट रोकिरहेको होस् । यघापि झुट्लाउने मान्छे ठूलो काफिर हो, र यस्तै इन्कारी र ईर्ष्याले झुट्लाउने मान्छे पनि जबकि त्यसलाई सन्देष्टाहरूको सत्यतामा विश्वास छ ।
यसका थरीहरूः
कुफ्रका दुई थरी छन्ः पहिलो थरी ठूलो कुफ्र जुन मान्छेलाई धर्मबाट निष्कासित गरिदिन्छ, र यसका पाँच थरी छन्ः
पहिलो थरीः झुटलाउने कफ्र, र यसको प्रमाण हो अल्लाहको यो कथनः र त्यस मान्छेभन्दा ठूलो अत्याचारी को होला जसले अल्लाहमाथि दोषारोपण गर्यो, वा जब त्यस समीप सत्यता आयो त त्यसले त्यसलाई झूट ठान्यो, के काफिरहरूको नर्कमा बासस्थान छैनर ? (अल् अन्कबूतः ६८)
दोस्रो थरीः अहंकार र अभिमानद्वारा गिरने कुफ्र जबकि त्यसलाई यसको सत्यतामा विश्वास छ, र यसको प्रमाण हो अल्लाहको यो कथनः र जब हामीले फरिश्ताहरूसित भन्याैं कि आदमलाई ढोग गर त सबैले ढोग गरे इब्लीस बाहेक यसले अहंकार र अभिमान गर्यो, र त्यो काफिरमध्येकै थियो । (अल् बकरः ३४)
तेस्रो थरीः शंका सन्देहको कुफ्र, र यो अनुमानको कुफ्र हो, र यसको प्रमाण हो अल्लाहको यो कथनः र अभिमान गर्दै आफ्नो बगैचामा प्रवेश गर्यो र भन्नथाल्यो मलाई यो अनुमान थिएन कि यो यसरी नष्ट हुनेछ र मलाई यो पनि लाग्दैन कि कियामत (प्रलय) घटित हुनेछ, र यदि मलाई मेरो प्रतिपालकतिर फर्काइयो त म अवश्य त्यहाँ राम्रो ठाउँ पाउनेछु त उसको साथीले उससित कुरा गर्दै भन्योः के तिमीले त्यस अल्लाहको इन्कार गर्याै जसले तिमीलाई माटोबाट अनि पानीको थोपाबाट (वीर्यबाट) सृष्टि गर्यो अनि तिमीलाई पूर्ण मान्छे बनायो तर हेर त्यो अल्लाह नै मेरो प्रतिपालक हो र म त्यसको साथमा कसैलाई सहभागी बनाउनेवाला छैन । (अल् कहफः ३५-३८)
चाैथो थरीः अहंकारीय (मुख फर्काउने) कुफ्र, र यसको प्रमाण हो अल्लाहको यो कथनः र जसले कुफ्र गरे उनी ती कुराहरूबाट मुख फर्काए (अहंकार गरे) जसबाट उनीलाई डराइन्छ । (अल् अहकाफः ३)
पाँचाै थरीः कपटको कुफ्र, र यसको प्रमाण अल्लाहको यो कथन होः र यो यस कारण किनकि उनीहरूले ईमान ल्याए अनि कुफ्र गरे त उनीहरूको हृदयमाथि मुहर (छाप) लगाइयो अनि उनी केही बुझ्न सक्दैनन् । (अल् मुनाफेकीनः ३)
दोस्रो थरीः सानो कुफ्र जुन धर्मबाट निष्कासित गर्दैन, र यो कर्मीय कुफ्र हो, र यो ती समस्त पापकार्यहरू हुन् जसलाई कुरआन र हदीसहरूमा कुफ्रको नामले नामांकित गरिएको छ, तर यो ठूलो कुफ्रको सीमासम्म पुग्दैन, जसरी अनुकम्पाको इन्कार जसको वर्णन अल्लाहको यस कथनमा छः र अल्लाहले एउटा गाउँको उदाहरण वर्णन गरेको छ जुन पूर्ण शान्ति र सुरक्षामा थियो, प्रत्येक दिशाबाट त्यसको जीविकाको परिपूर्ति हुन्थ्यो, अनि त्यसले अल्लाहको अनुकम्पाको कुफ्र (कृतध्नता) गर्यो । (अन्नहलः ११२)
र यस्तै मुसलमानसित लडाइ गर्नु जसको वर्णन नबी सल्लल्लाहो अलैहे वसल्लमको यस कथनमा छः मुसलमान मान्छेलाई गाली गर्नु पापकार्य हो, र त्यसबाट युद्ध गर्नु कुफ्र हो । यसलाई बुखारी र मुस्लिमले वर्णन गरेका छन्
र उहाँ (उहाँमािथ अल्लाहकाे प्रशािन्त अवतरित होस्) को यस भनाईमाः म पश्चात तिमीहरू काफिर नभइहाल्नु कि तिमीमध्ये प्रत्येक एकअर्काको गर्दन छिनालोस् । (यसलाई बुखारी मुस्लिमले वर्णन गरेका छन्)
र यस्तै अल्लाह बाहेकको कसम खानु पनि, रसूल सल्लल्लाहो अलैहे वसल्लमको फर्मान छः जसले अल्लाह बाहेकको शपथ लियो त्यसले नास्तिकता अथवा बहुदेववाद गर्यो । (यसलाई तिर्मिजीले वर्णन गरेका छन् र विश्वासनीय पनि भनेका छन्, र इमाम हाकिमले यसलाई सही भनेका छन्)
त अल्लाहले ठूलो पाप गर्ने मान्छेलाई आस्थावान भनेको छ, अल्लाहको फर्मान छः हे आस्थावानहरू हत्यामा तिमीहरूमाथि किसास (बराबरी) को कानूनको आदेश गरिएको छ ।
त हत्यारा ती मानिसहरूबाट निष्कासित भएन जुन आस्थावान छन्, बरू अल्लाहले त्यसलाई हत्या गरिएको अभिभावक र सरप्रस्तको भाइ भन्दै भनेको छः त यदि हत्यारालाई त्यसको भाइद्वारा (हत्या गरिएको मान्छेको सरप्रस्तद्वारा) क्षमादान गरिन्छ भने त्यसको यस उपकारलाई स्वीकार गर्नुपर्छ, र त्यसले माँग गरेमा चित्त बुझ्दो क्षतिपूर्ति दिनुपर्छ । (अल् बकरः १७८)
र यस कथनबाट निःसन्देह हत्या गरिएका मानिसका भाइ नै अभीष्ट छन् ।
र अल्लाहको फर्मान छः यदि आस्थावानहरूको दुई समूह एकआपसमा युद्धरत भइहालोस् त दुवैबीच सन्धि र सुलह गराइदिनु । (अल् हुजुरातः ९)
अल्लाहको यस कथनसम्मः निःसन्देह आस्थावानहरू आपसमा भाइ भाइ हुन् यसर्थ उनीबीच सुलह गराइदिनु । (अल् हुजुरातः १०)
समाप्त भयो, यसलाई तहावियाको व्याख्याबाट संक्षेपमा लिइएको हो ।
र संक्षिप्तमा सानो र ठूलो कुफ्रबीच निम्न फरक र भिन्नता छः
ठूलो कुफ्र धर्मबाट निष्कासित गरिदिन्छ, र समस्त सुकार्यलाई नष्ट गरिदिन्छ, र सानो कुफ्र धर्मबाट निष्कासित गर्दैन नत समस्त सुकार्यलाई नै नष्ट गर्छ, तर त्यसको घातकता बमोजिम सुकार्यमा कमी गरिदिन्छ, र त्यसलाई गर्ने मान्छेको लागि दण्डको चेतावनी छ ।
ठूलो कुफ्र गर्ने मान्छे सदैंवको लागि नर्क बासी हुनेछ, र सानो कुफ्र गर्ने मान्छे यदि नर्कमा जान्छ तै पनि सदैंवको लागि जाँदैन, र कदाचि अल्लाह त्यसलाई गर्ने मान्छेको ताैबालाई स्वीकार गरिहाल्छ, अनि त्यो नर्कमा प्रवेश नै गर्दैन ।
ठूलो कुफ्र गर्ने मान्छेको रगत र माल हलाल भइहाल्छ, र सानो कुफ्र गर्ने मान्छेको रगत र माल हलाल हुँदैन ।
ठूलो कुफ्र आस्थावान र यस कुफ्रलाई गर्ने मान्छेबीच वास्तविक शत्रुतालाई अनिवार्य गरिदिन्छ, यसर्थ आस्थावानहरूको लागि यो जायज छैन कि त्यससित मित्रता वा प्रेम गरून् चाहे त्यो उनीहरूको निकटतम् आफन्ती किन नहोस्, र रह्यो सानो कुफ्र त त्यसबाट मित्रता गर्नुको कुनै रोक छैन बरू यसलाई गर्ने मान्छेसित त्यति मित्रता र प्रेम गरिन्छ जति त्यसमा आस्था छ, र त्यति त्यससित शत्रुता पनि गरिन्छ जति त्यसमा अवज्ञा छ ।
चाैथो अध्यायः कपट- र त्यसको परिभाषा र थरीहरू ।
यसको परिभाषाः
अन्निफाक शब्दकोशमा नाफकाको मस्दर हो भनिन्छः नाफका युनाफकू निफाकन् व मुनाफक्तन्, र यो नाफकाअबाट प्रेरित छ जसको अर्थ हो मुसोको दुलोको एउटा द्वार, किनकि जब मुसोमाथि दुलोको एउटाछेउबाट आक्रमण गरिन्छ त अर्कोबाट निस्केर भागिहाल्छ, र भनिएको छ कि यो नफकबाट प्रेरित छ जसको अर्थ होः यस्तो रहस्य जसलाई लुकाइन्छ ।
र रह्यो नेफाक (कपट) को वैधानिक अर्थ त त्यो होः भलाई र इस्लामलाई जाहेर गर्नु, र कुफ्र र बुराईलाई लुकाएर राख्नु, र यसलाई यस नामले यस कारण नामाकरण गरिन्छ किनकि त्यो धर्ममा एउटाद्वारबाट प्रवेश गरेर अर्कोबाट निस्किहाल्छ, र यसै कारण महान अल्लाहले आफ्नो यस कथनद्वारा सावधान गरेको छ किः (निःसन्देह मुनाफिक (कपटीहरू) नै पापी हुन्) (अत्ताैबाः ६७)
अर्थातः उनी धर्मबाट बाहिर छन् ।
र अल्लाहले कपटीहरूलाई काफिरहरूभन्दा पनि घृणित भनेको छः निःसन्देह कपटीहरू नर्कको तल्लो भागमा हुनेछन् । (अन्निसाः १४५)
र अल्लाहको फर्मान छः निःसन्देह कपटीहरू अल्लाहलाई धोका दिन चाहन्छन् र त्यो उनीहरूलाई यसको पूरापूर बदला दिनेछ । (अन्निसाः १४२) उनीहरू अल्लाहलाई र आस्थावानहरूलाई धोका दिनचाहन्छन् तर उनीहरू वास्तवमा आफूलाई नै धोका दिइरहेका छन् तर उनीहरू यस कुरालाई बुझ्दैनन् उनीहरूको हृदयमा रोग छ र अल्लाहले उनीहरूको रोगमा झन् वृद्धि गरिदियो, र उनीहरूलाई उनीहरूको झुठको कारण कष्टदायक सजाय हुनेछ । (अल् बकरः ९, १०)
नेफाकका थरीहरूः
कपटका दुई थरी छन्ः पहिलो थरीः सैद्धान्तिक कपटः र यो नै ठूलो कपट हो जसमा मान्छे इस्लामलाई त जाहेर गर्छ तर कुफ्रलाई लुकाएर राख्छ, र यस्तो कपट मान्छेलाई पूर्णतया धर्मबाट निष्कासित गरिदिन्छ, र यसलाई गर्ने मान्छे नर्कको तल्लो भागमा हुन्छ, र यस्ताखालका मानिसहरूलाई अल्लाहले समस्त बुराई राख्ने विशेषताबाट विशेषित गरेको छ जसरी उनी काफिर हुन्छन् आस्थावान हुँदैनन्, र धर्म र धर्मात्माहरूको उपहास गर्छन्, र धर्मका शत्रुहरूसित पूर्णतया मिलेका हुन्छन्, किनकि दुवै इस्लामसित शत्रुतामा एकनास हुन्छन् । र यस्ताखाले मानिसहरू प्रत्येक युगमा हुन्छन्, र विशेषरूपले त्यस अवधिमा जब इस्लाम शक्तिशाली भएर जाहेर हुन्छ जस कारण उनी इस्लामको साक्षात विरोध गर्न सक्दैनन्, तसर्थ उनी इस्लाममा प्रवेश हुने नाटक गर्छन् ताकि इस्लाम र त्यसका अनुयायीहरूप्रति षडयन्त्र गरुन्, र ताकि मुसलमानहरूसँगै शान्तिको साथ जीवन यापन गरुन् र उनीहरूको रगत माल सुरक्षित रहोस्, त यसै कारण कपटी अल्लाहमाथि र त्यसका फरिश्ता, ग्रन्थहरू, दूतहरू, र अन्तिम दिनमाथि आस्थालाई जाहेर गर्छ, जबकि भित्रबाट यी समस्तलाई मान्दैन त्यसलाई झुट्लाउँछ, नत त्यो अल्लाहमाथि आस्था राख्दछ नत यस कुरामाथि नै कि अल्लाहले कुरा गरेको छ जसलाई सन्देष्टाहरूको माध्यमले अवतरित गरेको छ जसद्वारा उनी अल्लाहको आदेशले सबैलाई पथप्रदर्शन गर्छन् र त्यसको दण्डबाट सचेत गर्छन्, त अल्लाहले उनी कपटीहरूको यस आवरणलाई हटाइदिएको छ, र पवित्र कुरआनमा यस रहस्यलाई खोलिदिएको छ र आफ्नो भक्तहरूमाथि उनीहरूको षडयन्त्रलाई सुदर्शित गरिदिएको छ ताकि उनीहरूबाट र समस्त यस्ताखाले मानिसहरूबाट सचेत रहुन् । अल्लाहले यस पूर्ण विश्वमा पाइने तीनवटै सम्प्रदायलाई सूरतुल्र बकरहको आरम्भमा वर्णन गरेको छ कि उनी हुन्ः आस्थावानहरू, अनास्थावानहरू र कपटीहरू, त आस्थावानहरूको बारेमा तीन श्लोक वर्णन गरेको छ, र काफिर अनास्थावानहरूको बारेमा दुई श्लोक तर कपटीहरूको बारेमा १३ श्लोकहरू, किनकि यिनीहरूको नै अधिकता हुन्छ र यसैद्वारा अधिकांश ग्रस्त हुन्छन्, र यिनैको इस्लामप्रति अधिक शत्रुता र हानि हुन्छ, यसर्थ यिनै कपटीद्वारा नै इस्लामलाई अत्याधिक हानि पुग्छ किनकि यी कपटीहरू इस्लामसित संलग्न हुन्छन् र त्यसको सहायक र मित्र देखिन्छन् तर वास्तवमा यिनी इस्लामका शत्रु हुन्छन् जसलाई उनी प्रत्येक अवसरमा प्रदर्शित गरिहाल्छन् जसलाई अज्ञानी ज्ञान र सुधार हेर्दछ तर वास्तवमा त्यो अनभिज्ञता र उपद्रव हुन्छ ।
र यो कपट ६ प्रकारको हुन्छः
सन्देष्टा (उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्) लाई झुट्लाउनु ।
सन्देष्टा (उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस) ले ल्याएका केही भागलाई झुट्लाउनु ।
सन्देष्टा (उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस) सित ईर्ष्या राख्नु ।
सन्देष्टा (उनीमाथि अल्लाहको दया र प्रशान्ति अवतरित होस्) ले ल्याएका केही भागसित ईर्ष्या राख्नु ।
रसूल सल्लल्लाहो अलैहे वसल्लमको धर्मको अउन्नतिमा प्रसन्न हुनु ।
रसूल सल्लल्लाहो अलैहे वसल्लमको धर्मको उन्नतिलाई अप्रिय मान्नु ।
दोस्रो थरीः क्रियाहेतु कपट (कर्मीय कपट) र यसको अर्थ हो कपटीहरूको कार्यमध्ये कसैलाई गर्नु हृदयमा आस्था बाँकी भएको अवस्थामा, त यो थरी मान्छेलाई धर्मबाट निष्कासित गर्दैन, तर यो त्यसतिर लैजाने साधन हो, र यस्तो मान्छेमा कपट र ईमान साथैसाथ हुन्छ अनि जब कपटका कार्यहरू अधिक भइहाल्छन् त यो पनि पूर्णतया कपटी भइहाल्छ। र यसको प्रमाण रसूल सल्लल्लाहो अलैहे वसल्लमको यो कथन होः जस ब्यक्तिमा चार कुराहरू (बानीहरू) पाइन्छ त्यो पूर्णरूपले कपटी हुन्छ, र जसमा यी चारमध्ये कुनै कुरा हुन्छ त्यसमा कपटको एउटा कुरा हुन्छ यहाँसम्म कि त्यो त्यसलाई छाडिदेओस्, र ती कुराहरू हुन्ः जब त्यससित धरोहर राखिन्छ त त्यो त्यसमा घात गर्छ, र जब कुरा गर्छ त झूठ नै बोल्दछ, र जब सन्धि गर्छ त धोका दिन्छ, र जब झगडा गर्छ त गाली गर्छ । (बुखारी, मुस्लिम)
त जसमा यी चार बानीहरू एकत्रित भइहाल्छन् त त्यसमा बुराई एकत्रित भयो, र त्यसमा कपटीहरूका बानीहरू आए, र जसमा तीमध्ये एउटा छ भने कपटीको एउटा बानी छ, र कदाचित भक्तमा भलाई र बुराई र ईमानको बानी एकत्रित भइहाल्छ, र कुफ्र एवं कपटको बानीबेहोरा एकत्रित भइहाल्छ, त त्यो त्यसै बमोजिम पुण्य अथवा दण्डको पात्र हुन्छ जस्तो त्यसको कर्म हुन्छ ।
र यसैमध्ये होः मस्जिदमा गएर नमाजको आयोजना गर्नुमा सुस्ती गर्नु, किनकि यो कपटीहरूको बानीमध्येको हो, यसर्थ कपट अति घृणित र घातक कुरो हो, र सहाबाहरू यसबाट अत्याधिक भय मान्थे कि उनी यसमा परून्, इब्ने अबि मुलैकाको भनाई छः (मैले रसूल सल्लल्लाहो अलैहे वसल्लमका ३० साथीहरूलाई भेटें जिनमध्ये सबै आफूमाथि कपटबाट भय मान्दथे ।)
सानो कपट र ठूलो कपटबीचका अन्तरहरू
ठूलो कपट मान्छेलाई धर्मबाट निष्कासित गरिदिन्छ, र सानो कपट धर्मबाट निष्कासित गर्दैन ।
ठूलो कपटको अर्थ होः सैद्धान्तिक कुराहरूमा जाहेर र गोप्यमा अन्तर हुनु, र सानो कपटमा कर्ममा जाहेर गोप्यमा अन्तर हुन्छ नकि सैद्धान्तिक कुराहरूमा ।
ठूलो कपट आस्थावानहरूबाट घटित हुँदैन, जबकि सानो कपट कहिलेकाहिँ आस्थावानहरूद्वारा पनि घटित भइहाल्छ ।
अधिकांश ठूलो कपट गर्ने मान्छे ताैबा गर्दैन, र यदि त्यसले ताैबा गर्यो तै पनि हाकिम निकट त्यसको ताैबा स्वीकार्य हुनुमा मतभेद छ, त यसलाई गर्ने मान्छे कदाचित अल्लाहसित ताैबा गर्छ अनि अल्लाह त्यसको ताैबालाई स्वीकार गरिहाल्छ । शैखुल् इस्लाम इब्ने तैमियाको भनाई छः (र अधिकांश अवस्थामा जब कुनै आस्थावानसित कपटको कुरा भइहाल्छ त त्यो अल्लाहसित ताैबा गर्छ अनि अल्लाह त्यसको ताैबालाई स्वीकार गरिहाल्छ, र कदाचित कहिलेकाहिँ त्यसको हृदयमा यो कुरो आउँछ कि त्यसले यस्तो कार्य गर्यो जुन कपटलाई अनिवार्य गरिदियो, तर अल्लाह त्यसबाट यसलाई हटाइदिन्छ, किनकि आस्थावानलाई शैतानको काैतुहलता लाग्दै रहन्छ र कुफ्रको शंका पनि जसले त्यसको छाती संकुचित भइहाल्छ । जसरी कि सहाबाहरूले भनेः हे अल्लाहका रसूल हामीमध्ये कोही आफ्नो हृदयमा यस्तो कुरा पाउँछ जसलाई भन्नुभन्दा राम्रो यो लाग्दछ कि त्यो आकाशबाट धरतीमा खसोस्, त उहाँले भन्नु भयोः यो नै साक्षात ईमान हो । (यसलाई अहमद र मुस्लिमले वर्णन गरेका छन्) र अर्को हदीसमा यो शब्द छ कि त्यसमाथि यो अति कष्टकर लाग्छ कि त्यो त्यसलाई भनोस्, त उहाँले भन्नु भयोः त्यस अल्लाहको प्रशंसा छ जसले शैतानको छललाई शंका र काैतसुहलतामा परिणत गरिदियो । अर्थात यस काैतुहलताको यस्तो अप्रियतामा हुनु, र त्यसलाई बलपूर्वक हृदयबाट हटाइदिनु साक्षात आस्था हो । समाप्त भयो ।
र रह्यो कुरो ठूलो कपट गर्नेहरूको त यिनीहरूको बारेमा अल्लाहले भनेको छः उनी लाटा अन्धा र बहिरा छन् यसर्थ उनी फर्किआउने छैनन् । (अल् बकरः १८) अर्थात गोप्यमा इस्लामतिर फर्कने छैनन्, र उनीहरूकै बारेमा अल्लाहले भनेको छः के यिनीहरू हेर्दैनन् कि प्रत्येक वर्ष यिनी एक दुई पटक कुनै नकुनै संकटमा परिहाल्छन् तै पनि प्रयाश्चित गर्दैनन् नत उपदेश नै ग्रहण गर्छन् । (अत्ताैबाः १२६)
शैखुल इस्लाम इब्ने तैमियाको भनाई छः (विद्हरूले त्यसको जाहेरमा ताैबा कबूल गर्ने कुरामा मतभेद गरेका छन् किनकि जाहेरमा उनको यस अवस्थाको ज्ञान नै हुँदैन, किनकि उनीहरू जाहेरमा इस्लामलाई नै प्रदर्शित गर्छन् ।)
पाँचाैं अध्यायः निम्न कुराहरूको वास्तविकताः अनभिज्ञता- अवज्ञा- पथभ्रष्टता- रिद्दहः र त्यसका थरीहरू र हुकुमहरू ।
अनभिज्ञता
यो त्यो अवस्था हो जसमाथि अरबहरू इस्लामभन्दा पहिला थिए, जसरी अल्लाह र रसूलबाट अनज्ञिभ, र विधान र धर्मबाट अनज्ञिभ, र वंशमाथि अभिमान गर्थे, र अहंकार र जबरजस्ती आदि गर्थे, र यसलाई अनभिज्ञतासित संलग्न गरिएको छ जसको अर्थ अज्ञानी हुनु वा ज्ञानको अनुपालन नगर्नु हो, शैखुल इस्लाम इब्ने तैमियाको भनाई छः (जुन व्यक्तिलाई सत्यताको ज्ञान छैन त्यो सानो अज्ञानी हो, र यदि त्यसको विपरीत धारणा राख्दछ त त्यसमा अज्ञानता संग्रहित छ, र यदि सत्यको विरूद्ध कुरा गर्छ त्यसको ज्ञानी भएर वा बिना ज्ञान त त्यो पनि अनभिज्ञ हो, त जब यो स्पष्ट भयो त मानिसहरू रसूल सल्लल्लाहो अलैहे वसल्लमको आगमन अघि अनभिज्ञ नै थिए, र जुन कार्य कुराहरू गर्थे त्यसलाई उनीहरूको लागि अनभिज्ञले नै रचना गरेको थियो र अनभिज्ञहरू नै त्यसलाई गर्दथे, यस्तै जति कुराहरू यहूदी र ईसाईहरू गर्छन् जुन सन्देष्टाहरूको निर्देशन विरूद्ध छ ती समस्त अनभिज्ञता हो, र यो आम अनभिज्ञता नै त्यस युगमा विस्तृत थियो ।
र सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको आगमन पश्चात त यो अनभिज्ञता केही नगरहरूमा हुनसक्छ जसरी काफिरहरूको देश नगरमा, र यस्तै केही व्यक्तिहरूमा पनि हुनसक्छ जसरी मान्छे इस्लामलाई अंगीकार गर्नुभन्दा अघि अनभिज्ञतामा नै हुन्छ यद्यापि त्यो इस्लामीय देशमा होस्, र रह्यो पूर्ण युगमा अनभिज्ञताको कुरो त यो मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको आगमन पश्चात असम्भव छ किनकि उहाँको उम्मतको (अनुयायीहरूको) एउटा समूह प्रलय नहुन्जेल सत्यतामा दृढ रहनेछन्, तर सीमित अनभिज्ञता केही मुस्लिम देशहरूमा हुनसक्छ र सीमित मुसलमानहरूमा पनि हुनसक्छ जसरी कि रसूल सल्लल्लाहो अलैहे वसल्लमको भनाई छः मेरो अनुयायीहरूमा अनभिज्ञताका चार कुराहरू पाइन्छ... । (यसलाई मुस्लिमले वर्णन गरेका छन्) र उहाँले अबू जरसित भन्नु भयोः तिमी यस्ता व्यक्ति हाै जसमा अनभिज्ञताको कुरा पाइन्छ । (बुखारी, मुस्लिम) र यस जस्तै अन्य उदाहरणहरू) समाप्त भयो ।
र संक्षेपमा कुरो यो हो किः अनभिज्ञताको संलग्नता अज्ञानतासित यस कारण गरिएको छ किनकि यसको अर्थ हो ज्ञान नहुनु । र यसका दुई थरीहरू छन्ः
आम अनभिज्ञताः र यो त्यो अनभिज्ञता हो जुन नबी सल्लल्लाहो अलैहे वसल्लमको आगमन अघि थियो र जुन उहाँको आगमन पश्चात समाप्त भयो ।
विशेष अनभिज्ञता केही देशहरूमा र नगरहरूमा र केही व्यक्तिहरूमा पाइन्छ, र यो बाँकी नै रहन्छ, र यसबाट ती मानिसहरूको गल्ती स्पष्ट भइहाल्छ जुन पूर्ण जमानासित अनभिज्ञतालाई संलग्न गरिदिन्छन् र भन्छन्ः यस गुगको अनभिज्ञता वा भन्छन्ः बिसाैं शताब्दीको अनभिज्ञता, र यस जस्ता अन्य कुराहरू, र सत्य यो छ कि भनियोस्ः यस युगमा भएका केही मानिसहरूको अनभिज्ञता, वा यस युगका अधिकांश मानिसहरूको अनभिज्ञता, तर यसलाई आम गर्नु सही छैन नत दुरूस्त नै छ किनकि रसूल सल्लल्लाहो अलैहे वसल्लमको आगमन पश्चात आम अनभिज्ञता समाप्त भइसकेको छ ।
अल् फिस्क (अवज्ञा)
फिस्कको शाब्दिक अर्थ होः निस्कनु, र यसको वैधानिक अर्थ होः अल्लाहको आज्ञापालनबाट निस्किहाल्नु, र यो पूर्णतया निस्कनुलाई पनि समाविष्ट छ, त काफिरको लागि भनिन्छः अवज्ञाकारी, र अंशिक निष्कासनलाई पनि भनिन्छ जसरी आस्थावान मान्छे जुन ठूलो पाप गर्छ त्यसलाई पनि फासिक र अवज्ञाकारी भनिन्छ ।
यसर्थ अवज्ञाको पनि दुई थरी छन् यस्तो अवज्ञा जुन धर्मबाट निष्कासित गरिदिन्छ र यो कुफ्र हो, यसर्थ काफिरलाई फासिक भनिन्छ र यसलाई अल्लाहले इब्लीसको बारेमा वर्णन गरेको छ किः अनि त्यसले आफ्नो प्रतिपालकको अवज्ञा गर्यो । (अल् कहफः ५०) र त्यसको यो अवज्ञा कुफ्र (नास्तिकता) थियो ।
र अल्लाहको फर्मान छः र जसले अवज्ञा गरे तिनको बासस्थान नर्क हो । यसद्वारा काफिरहरू अभीष्ट छन् र यसमाथि अल्लाहको यो कथन प्रमाणीकरण गरिरहेको छः जहिले पनि उनीहरू त्यसबाट निस्कन चाहन्छन् उनीलाई त्यसैमा फर्काइनेछ, र उनीसित भनिनेछ जस नर्कको यातनालाई तिमीले झुठो ठान्दथियो त्यसको बदलामा यस नर्कको आगोको सजाय चाख । (अस्सजिदः २०)
र मुसलमानहरूमध्ये ठूलो पाप गर्ने मान्छेलाई पनि फासिक (अवज्ञाकारी) भनिन्छ, तर त्यसको यो अवज्ञा त्यसलाई इस्लामबाट निष्कासित गर्दैन, अल्लाहको फर्मान छः जुन मानिसहरूले सचरित्र महिलाहरूमाथि दोषारोपण (लान्छना लगाउँछन्) गर्दछन् र चारवटा गवाह पेश गर्नुमा असमर्थ हुन्छन् त उनीहरूलाई ८० कोर्रा लगाउ, र उनीहरूको गवाही कदापि कबूल नगर्नु, र यिनीहरू नै अवज्ञाकारी हुन् । (अन्नूरः ४)
र अल्लाहको फर्मान छः जसमाथि यी महिनाहरूमा हज्ज अनिवार्य भयो त्यसलाई चाहियो कि यस हज्जका दिनहरूमा नत स्वास्नीसित सहवास गरोस् नत कुनै अवज्ञा गरोस् नत कसैसित झगडा गरोस् । (अल् बकरः १९७) (رقم الآية خطأ في الأصل الصحيح 197 وليس 196)
र विद्हरूले यता फिस्कको व्याख्यामा भनेका छन् कि यसको अर्थ अवज्ञा (पापकार्य) हो ।
पथभ्रष्टता (जलाल)
पथभ्रष्टताः सोझो मार्गबाट विचलित हुनु, र यो मार्गदर्शनको विरूद्ध कुरो हो, अल्लाहको फर्मान छः जसले मार्गर्शन प्राप्त गर्छ त्यसले आफूलाई नै मार्गदर्शित गर्छ र जसले पथभ्रष्टता अपनाउँछ त्यो आफूलाई नै विचलित गर्छ । (अल् इस्राः १५)
र पथभ्रष्टता अनेकाैं अर्थमा प्रयोग गरिन्छः
त कहिले कुफ्रको लागि प्रयोग गरिन्छ, अल्लाहको फर्मान छः जसले अल्लाह र त्यसका फरिश्ताहरू र त्यसका ग्रन्थहरू र त्यसका सन्देष्टाहरूको र प्रलयको दिनको इन्कार गर्यो त त्यो नितान्त विचलनमा पर्यो । (अन्निसाः १३६)
र कहिले यसलाई बहुदेववादको लागि प्रयोग गरिन्छ, अल्लाहको फर्मान छः र जसले अल्लाहको साथमा सहभागी ठहर गर्यो त्यो पथविचलनमा धेरै टाढा पुग्यो । (अन्निसाः ११६)
त कहिले यसलाई ती विरोधी कार्यहरूको लागि प्रयोग गरिन्छ जुन कुफ्रको सीमासम्म पुगेका हुँदैनन् जसरी भनिन्छः पथभ्रमित समूहहरू अर्थातः विरोधी समूहहरू ।
र कहिलेकाहिँ गल्तीको लागि प्रयोग गरिन्छ, र यसै सन्दर्भमा हजरत मूसाको यो कथन छः यदि मैले यस्तो गरें भने म पथभ्रमितमध्येको हुनेछु । (अश्शुअराः २०)
र कहिले यो बिर्सनुको लागि प्रयोग गरिन्छ, र यसै सन्दर्भमा अल्लाहको यो भनाई छः उनी दुवैमध्ये एउटी जब विर्सोस् त अर्कीले त्यसलाई सम्झना गराइहालोस् । (अल् बकरः २८२)
र पथभ्रष्टता हराउनु गायब हुनुको लागि पनि प्रयोग गरिन्छ, र यसैबाट हराएको ऊँट पनि भनिन्छ ।
रिद्दह र त्यसका हुकुम र थरीहरू
रिद्दहको शाब्दिक अर्थ हो पल्टनु फर्कनु, अल्लाहको फर्मान छः र तिमीहरू आफ्नो पछाडितिर नफर्कनु । (अल् माइदाः २१)
अर्थात नफर्किनु, र यसको वैधानिक अर्थ होः इस्लाम कबूल गरे पश्चात कुफ्र अनास्था गर्नु, अल्लाहको फर्मान छः र तिमीमध्ये जो कोही आफ्नो धर्मबाट फर्किहाल्छ, अनि त्यो काफिर भएर मर्छ त यी नै ती मानिसहरू हुन् जिनका कर्महरू यस संसार र परलोक दुवैमा खेर गए, र यी नै ती मानिसहरू हुन् जुन नर्कमा सदैंव बास गर्नेछन् । (अल् बकरः २१७)
यसका थरीहरूः इस्लाम विरोधी कार्य गर्नाले मान्छे मुर्तद भइहाल्छ, र इस्लाम विरूद्ध कार्यहरू अत्याधिक छन् जुन चार थरीमा विभाजित गरिन्छ र ती हुन्ः
कथनद्वारा रिद्दहः जसरी अल्लाह र रसूल सल्लल्लाहो अलैहे वसल्लमलाई गाली गर्नु, वा अल्लाहका फरिश्ताहरूलाई वा त्यसका सन्देष्टाहरूमध्ये कसैलाई गाली गर्नु । वा अदृश्यको ज्ञाता हुने दावी गर्नु, वा दूतत्वको दावी गर्नु, वा जसले सन्देष्टा हुने दावी गरेको होस् त्यसको समर्थन गर्नु, वा अल्लाह बाहेकसित दुआ गर्नु, वा यस्तो कुरामा अल्लाह बाहेकसित सहायता चाहनु जसमाथि अल्लाह बाहेक कोही पनि शक्तिमान छैन, र यस कुरामा त्यसैबाट शरण चाहनु ।
कर्मद्वारा मुर्तद हुनुः जसरी रूख मूर्तिलाई ढोग्नु, र पत्थर चिहानलाई ढोग गर्नु र त्यसको लागि बलि गर्नु । र पवित्र ग्रन्थ कुरआनलाई गन्दा भएको ठाउँमा हाल्नु, र जादू गर्नु, र त्यसको तालिम लिनु र दिनु, र अल्लाहले अवतरित गरेको विधान बाहेकको विधानद्वारा फैसला गर्नु र त्यसलाई हलाल मान्नु ।
धारणाद्वारा रिद्दहः जसरी यो धारणा राख्नु कि अल्लाहको कोही सहभागी छ, वा यो धारणा राख्नु कि व्यभिचार र सूदव्याज र मदिरापान हलाल छ, वा यो धारणा राख्नु कि रोटीपिठो हराम छ, र यो धारणा राख्नु कि नमाज अनिवार्य छैन, र यस बाहेक अन्य कुराहरू जसको हलाल हुने कुरामा वा हराम हुने कुरामा वा अनिवार्य हुने कुरामा सबैको दृढ एकमत छ, त यस्ता कुराहरूबाट मान्छे अनभिज्ञ हुँदैन ।
जुन कुराहरू उपरोक्तमा वर्णित गरियो त्यसमा शंका गरेर मुर्तद हुनुः जसरी कोही बहुदेववादको हराम हुने कुरामा शंका गरोस्, वा मदिरा र व्यभिचारको हराम हुने कुरामा शंका गरोस्, वा रोटीपिठोको हलाल हुने कुरामा शंका गरोस्, वा नबी सल्लल्लाहो अलैहे वसल्लमको दूतत्व वा अन्य सन्देष्टाहरूको दूतत्वमा शंका गरोस् वा उनीहरूको सत्यतामा शंका गरोस्, वा इस्लाम धर्ममाथि सन्देह गरोस्, वा यस युगमा त्यसको वैधता र कुशल्तामाथि शंका गरोस् ।
त्यागेर रिद्दह गर्नुः जसरी कोही जानेर नमाजलाई त्यागोस्, किनकि नबी सल्लल्लाहो अलैहे वसल्लमको फर्मान छः मान्छे र कुफ्र एवं बहुदेववादबीच नमाजलाई त्याग्नु नै फर्क हो (कसाैटी हो) । (यसलाई मुस्लिमले वर्णन गरेका छन्) र यस बाहेक अन्य प्रमाणहरू जुन नमाज त्याग्ने मान्छेको काफिर हुने कुरामा प्रमाणीकरण गर्छन् ।
र त्यसका ती हुकुमहरू जुन यसको साबित भए पश्चात लागू हुन्छन् ती निम्न हुन्ः
मुर्तदलाई ताैबा गर्नुको आह्वान गर्नु, अनि जब त्यो तीन दिनभित्र ताैबा गरिहाल्छ त त्यसबाट यो ताैबा स्वीकार गरिन्छ र त्यसलाई छाडिन्छ ।
र जब त्यो ताैबा गर्नुबाट पन्छोस् त त्यसको वध अनिवार्य भयो, किनकि नबी सल्लल्लाहो अलैहे वसल्लमको फर्मान छः जसले आफ्नो धर्मलाई परिवर्तित गरोस् त्यसको वध गरिदिनु । (यसलाई इमाम बुखारी र अबू दाऊदले वर्णन गरेका छन्)
त्यसले ताैबा गर्ने अवधिमा (तीन दिन) त्यसलाई त्यसको मालमा कुनै प्रकारको प्रयोगबाट रोकिन्छ, त यदि त्यो पुनः इस्लामलाई अंगीकार गर्छ त त्यो माल उसैको हो नत्र त्यो मुसलमानहरूको बैतुलमालमा गइहाल्छ जब त्यसको वध गरिन्छ वा त्यसको मुर्तद भएको अवस्थामा मृत्यु भइहाल्छ भने । र यो पनि भनिएको छ किः जुन बेलादेखि त्यो मुर्तद भएको छ त्यसै बेलादेखि नै त्यसको माल मुसलमानहरूको हितमा खर्च गरिन्छ ।
त्यस र त्यसका आफन्तीहरूबीच विरासत स्थगित भइहाल्छ, यसर्थ नत उनीहरू त्यसको वारिस हुनसक्दछन् नत त्यो नै उनीहरूको वारिस हुनसक्छ ।
यदि त्यो मुर्तद भएको अवस्थामा मर्छ वा त्यसको वध गरिन्छ भने नत त्यसलाई स्नान गराइन्छ नत त्यसको जनाजाको नमाज पढिन्छ नत त्यसलाई मुसलमानहरूको कब्रिस्तानमा दफ्नाइन्छ, बरू त्यसलाई काफिरहरूको कब्रिस्तानमा दफ्नाइन्छ, वा मुसलमानहरूको कब्रिस्तान बाहेक अन्य कुनै ठाउँमा त्यसको शवलाई दफ्नाइन्छ ।
चाैथो खण्डः ती कार्य कुराहरू जुन एकेश्वरवाद विरूद्ध छन् वा त्यसलाई भंग गर्दछन्
र यस अन्तर्गत केही अध्यायहरू छन्ः
पहिलो अध्यायः हत्केली र कप (कटोरी) लाई पढनुमा गोप्य कुराको दावी गर्नु, र ज्योतिषीय गतिविधि... आदि ।
दोस्रो अध्यायः जादू कहाना र अेराफा ।
तेस्रो अध्यायः चिहान र मिजारहरूलाई उपहार भाकल आदि सामीप्यताप्राप्तिको लागि पेश गर्नु र त्यसको प्रतिष्ठा र सम्मान गर्नु ।
चाैथो अध्यायः स्मरणीय मूर्ति र प्रतिमाको आदर सम्मान गर्नु ।
पाँचाैं अध्यायः धर्मको उपहास गर्नु र त्यसकासीमा र निर्देशनहरूलाई बेवास्ता गर्नु ।
छेठाैं अध्यायः अल्लाहले अवतरित गरेको विधान बाहेकको विधानद्वारा फैसला गर्नु ।
साताैं अध्यायः हलाल हराम र वैधानिक गर्ने अधिकारको दावी गर्नु ।
आठाैं अध्यायः अनभिज्ञ समूहहरू र नास्तिक धर्महरूसित संलग्नता अपनाउनु ।
नव्वाैं अध्यायः जीवनलाई भाैतिक दृष्टिले हेर्नु ।
दशाैं अध्यायः ताबिज र झाडफूँक गर्नु ।
ग्याह्राैं अध्यायः अल्लाह बाहेकको शपथ लिनु, र अल्लाहलाई छाडेर सृष्टिहरूसित सहायता र वसीला लिनु ।
पहिलो अध्यायः हत्केली र कप (कटोरी) आदि लाई पढनुमा गोप्य कुराको दावी गर्नु ।
(गैब) गोप्य अदृश्यको अर्थः
ती समस्त भूत र भविष्यका कुराहरू जुन मान्छेबाट लुप्त हुन्छन् र जसलाई मान्छेहरू हेर्न सक्दैनन्, र अल्लाहले यसको ज्ञानको लागि मात्र आफूलाई विशिष्ट गरेको छ, र अल्लाहको फर्मान छः भनिदिनुस् हे नबी कि धरती र आकाशहरूमा भएकामध्ये अल्लाह बाहेक कोही पनि अदृश्यको ज्ञान राख्दैन । (अन्नमलः ६५)
त एकलो महान अल्लाह बाहेक कोही पनि अदृश्यको ज्ञाता छैन, र त्यो केही अदृश्यका कुराहरू आफ्नो सन्देष्टाहरूलाई बताइदिन्छ कुनै तत्वदर्शिता र हितको कारण, अल्लाहको फर्मान छः त्यो अदृश्यको ज्ञाता हो यसर्थ त्यो आफ्नो गोप्य कुरा कसैमाथि जाहेर गर्दैन त्यस सन्देष्टा बाहेक जसबाट त्यो राजी भइहालोस् । (अल् जिन्नः २६, २७)
अर्थातः आफ्नो गोप्य कुराहरूबाट कसैलाई अवगत गराउँदैन त्यस व्यक्ति बाहेक जसलाई आफ्नो आमन्त्रणको लागि मनोनीत गरेको छ त त्यसलाई आफ्नो अदृश्य कुरामध्ये जति चाहन्छ अवगत गराइदिन्छ, किनकि यो कुरो त्यसको दूतत्वमाथि चमत्कारद्वारा प्रमाणीकरण गर्छ जस चमत्कारमध्ये अदृश्य कुराको खबर दिनु पनि हो जसको खबर अल्लाह त्यसलाई दिइहाल्छ, र यो कुरो मानव र फरिश्ताका दूतहरूलाई आम छ, तर यी दुवै बाहेक अन्य कसैलाई गोप्य कुराको ज्ञान प्रदान गर्दैन, किनकि यिनै दुवैमा यो कुरो सीमित छ । त अल्लाहका मनोनीत सन्देष्टाहरू बाहेक जिनलाई अल्लाहले यस सन्दर्भमा अलग गरेको छ अन्य कोही यदि कुनै तरिकाले अदृश्य कुराको ज्ञाता हुने दावी गर्छ त त्यो मिथ्यावादी काफिर हो, अब चाहे यसको दावी त्यो हत्केली कटोरी आदि पढेर गरोस् वा जादू कहाना ज्योतिषद्वारा गरोस्, वा यस बाहेक अन्य कुनै तरिकाले, त यस्तै कुरो नै केही मिथ्यावादी पाखण्डीहरूबाट घटित हुन्छ कि उनीहरू हराएको वस्तुको ठाउँ आदिबारे खबर दिन्छन्, र केही रोगहरूको कारणको बारेमा पनि, अनि भन्छन्ः फलानाले तपाईमाथि यस्तो यस्तो गरेको छ अनि तिमी विरामी भइहालेका छाै, र यसरी यस कारण भन्छन् किनकि उनी जिन्नात र शैतानलाई प्रयोग गर्छन्, र मानिसहरूमाथि यो प्रष्ट र जाहेर गर्छन् कि उनीहरूलाई यी कुराहरू गरेर उनीहरूको अभीष्ट कुरा प्राप्त भइहाल्छ तर वास्तवमा उनी तिनीहरूलाई धोका दिइरहेका हुन्छन् । शैखुल इस्लाम इब्ने तैमियाको भनाई छः (र काहिन (पाखण्डीहरू) का शैतानहरूमध्येको एउटा साथी हुन्थ्यो जुन त्यसलाई अदृश्य कुरारहरूबारे खबर दिन्थ्यो जसलाई त्यो आकाशबाट चोरेर ल्याउँथ्यो, अनि उनीहरू त्यसमा झूठ मिसाएर वर्णन गर्थे ।) यहाँसम्म कि उहाँले भन्नु भयोः (र यिनैमध्ये ती व्यक्तिहरू पनि हुन् जिनको पासमा शैतानहरू यस्ता यस्ता फलफूल ल्याउँछन् जुन त्यस ठाउँमा पाइदैन, र यिनैमध्ये ती मानिसहरू पनि हुन् जिनलाई लिएर जिन्नात मक्का बैतुल मुकद्दस आदि ठाउँमा उडाएर जान्छ ।) समाप्त भयो ।
र कहेलेकाहिँ ज्योतिषीय गतिविधिद्वारा अदृश्यको खबर दिइन्छ, र यसको अर्थ हो खगोलीय अवस्थाद्वारा धरतीका घटनाहरूमाथि प्रमाणीकरण गर्नु, जसरी वायु चल्ने समय र वर्षा आउने समय, र मूल्य परिवर्तन आदिको खबर जसको बारेमा उनीहरूको यो अनुमान छ कि यसको ज्ञान ताराहरूको चालले पत्ता लगाउन सकिन्छ, र त्यसको जम्मा हुने र विभाजित हुने कार्यद्वारा पनि । र भन्छन्ः जसले यस नक्षत्रमा विवाह गर्यो त्यसलाई यो यो लाग्छ, र जुन यस नक्षत्रमा यात्रा गर्छ त्यसलाई यो प्राप्त हुन्छ, र जसलाई यस नक्षत्रमा शिशु जन्मन्छ त्यो यस्तो यस्तो हुन्छ अर्थात शुभ हुन्छ वा अशुभ, जसरी कि केही पत्रिकाहरूमा पनि यसको विवरण हुन्छ जसमा नक्षत्र र बुर्जहरू र केही ज्योतिषीय धर्कोहरू बनाइएका हुन्छन् ।
त केही अनभिज्ञहरू र कम्जोर ईमान भएकाहरू यस्ता ज्योतिषीहरूकहाँ जान्छन् अनि उनीहरूसित आफ्नो जीवनको भविष्यको बारेमा सोध्दछन्, र जुन उनीहरूको लागि घटित हुनेछ त्यसबारे सोध्दछन् र विवाह आदिको बारेमा प्रश्न गर्छन् ।
त जसले पनि अदृश्य कुराको दावी गर्यो वा जसले यस्तो दावीलाई सत्य मान्यो, त्यो बहुदेववादी र काफिर भयो, किनकि त्यो यस्तो कुरामा अल्लाहको सहभागी हुने दावी गरेको छ जुन मात्र अल्लाहको लागि विशिष्ट छ, र रह्यो कुरो ताराहरूको त उनी सृष्टिहरूमध्येका हुन् जुन अल्लाह अधीन छन् त्यसलाई कुनै कुराको अधिकार प्राप्त छैन, नत त्यो अशुभतामाथि नै प्रमाणीकरण गर्छ नत शुभमाथि, नत मृत्यु र जीवनमाथि, बरू यी समस्त क्रियाकलाप त ती शैतानहरूका नै हुन् जुन आकाशबाट कुरा चोर्दछन् ।
दोस्रो अध्यायः जादू कहाना र अेराफा ।
यी समस्त क्रियाकलापहरू शैतानीय गतिविधिहरू हुन् जुन हारम छन् र आस्था र सिद्धान्तलाई हानि पुर्याउँछन् वा त्यसका विरोधि छन्, किनकि यी समस्त बिना शिर्कीय गतिविधि प्राप्त हुँदैनन् ।
यसर्थ जादू हो ती समस्त कुरा जसको कारण अदृश्य र गोप्य होस्
र यसलाई जादू यस कारण भनिन्छ किनकि यो अदृशय कुराहरूमा हुन्छ जसलाई दृष्टिबाट हेर्न सकिदैन, र त्यो हो इच्छा र झाडफूँक, र यस्ता कुराहरू जसलाई जाप गरिन्छ र केही विशेष औषधी र धुवनी, र यसको वास्तविकता पनि छ । र जादूमध्ये यस्तो पनि हुन्छ जसद्वारा लोग्ने स्वास्नीबीच बिछोड गराइन्छ, र मान्छेको हत्या गरिन्छ, र यो हृदय र शरीरमाथि प्रभावकारी हुन्छ अनि मान्छे रोगी भइहाल्छ, र यसको प्रभाव अल्लाहले निर्धारित गरेको विश्वस्तरीय भाग्यमाथि निर्भर हुन्छ, तर यो शैतानीय गतिविधि हो, र यसमध्ये अधिकांशसम्म बिना शिर्कीय क्रियाकलाप र घृणित आत्माहरूलाई तिनको प्रिय सामग्री अर्पण गरेर सामीप्यता प्राप्त नगरिकन् पुग्न सकिदैन, त यससम्म बहुदेववाद गरेर मात्र पुग्न सकिन्छ यसै कारण विधाताले यसलाई बहुदेववादको दाँजोमा वर्णन गरेको छ, रसूल सल्लल्लाहो अलैहे वसल्लमको भनाई छः सात विनष्टकारी कुराहरूबाट बाँच्नु, त सहाबाहरूले भनेः ती के हुन् ? त उहाँले भन्नु भयोः अल्लाहको साथमा सहभागी ठहराउनु र जादू... । यसलाई बुखारी र मुस्लिमले वर्णन गरेका छन् पूर्ण हदीससम्म । त यो दुई प्रकारले बहुदेववादमा प्रविष्ट छः
पहिलोः जुन यसमा शैतानहरूको सहायता लिइन्छ र उनीहरूसित संलग्न भइन्छ र उनीहरूलाई त्यो अर्पित गरेर सामीप्यता प्राप्त गरिन्छ जसलाई उनीहरू मनपराउँछन्, ताकि उनी जादूगरको सेवा गरून्, त जादू वास्तवमा शैतानहरूले दिएको तालिम हो । अल्लाहको फर्मान छः तर शैतानहरूले नास्तिकता गरे कि मानिसहरूलाई जादू सिकाउँछन् । (अल् बकरः १०२)
दोस्रोः जसमा अदृश्य कुराको ज्ञाता हुने दावी हुन्छ, र यसमा अल्लाहको सहभागी हुने दावी हुन्छ, र यो पनि कुफ्र र पथभ्रष्टता हो, अल्लाहको फर्मान छः (र उनीहरूलाई यो ज्ञान भयो कि जसले यसलाई किन्यो त्यसको परलोकमा कुनै अंश छैन ।) (अल् बकरः १०२) अर्थातः कुनै अंश ।
त जब यो यस्तोखालको कुरो हो त यसको नास्तिकता र बहुदेववाद हुनुमा कुनै सन्देह छैन, जुन सिद्धान्तको विरोधी कुरो हो, र जसले यसलाई गर्छ त्यसको वध अनिवार्य छ, जसरी कि महान सहाबाहरूले यस्ता मानिसहरूको वध गरेका थिए, र वर्तमानमा मानिसहरूले जादू र जादूगरको बारेमा कोताही गरिरहेका छन् र यसलाई कदाचित ज्ञानहरूमध्ये एउटा विज्ञान बुझ्दछन् जसमाथि गर्व पनि गर्छन् र यसलाई जान्ने मानिसहरूलाई पुरस्कृत पनि गर्छन् र प्रोत्साहन पनि दिन्छन् र जादूगरहरूको प्रतिस्पर्धा पनि गराउँछन् र समारोह पनि गराउँछन् जसमा हजाराैंको संख्यामा प्रोतसाहित गर्नेहरू र मज्जा लिनेहरू भेला हुन्छन्, वा यसलाई सिर्क भन्छन्, र यो त धर्मबाट अनभिज्ञता र आस्थाबारे सुस्ती गर्नु हो, र खेलवाड गर्नेहरूलाई वर्चस्व प्रदान गर्नु हो ।
कहाना र अेराफा
यी दुवैमा अदृश्य कुराको दावी गरिन्छ र गोप्य कुरा जान्ने दावी गरिन्छ, जसरी ती कुराहरूको खबर दिनु जुन धरतीमा घटित हुनेवाला छ, र जे पनि घटित हुनेवाला छ, र हराएको वस्तुको ठाउँ कता छ, र यसलाई शैतानलाई प्रयोग गरेर गरिन्छ जुन आकाशका कुराहरूबाट केही चोरेर ल्याउँछन्, जसरी कि अल्लाहको फर्मान छः के म तिाीहरूलाई बताउँ कि शैतानहरू कस कसमाथि ओर्लन्छन् ? प्रत्येक पापी अपराधीमाथि ओर्लन्छन् जसले सुनेको कुरा भन्छन्, र तिनीमध्ये अधिकांश मिथ्यावादी नै छन् । (अश्शुअराः २२१, २२३)
र यो यसरी कि शैतान फरिश्ताहरूको कुरामध्येबाट केहीलाई चोरेर काहिनलाई बताइदिन्छ, अनि काहिन यस एक कुरामा सयवटा झुठ मिसाइहाल्छ, अनि त्यो एक कुराको कारण नै मानिसहरू त्यसमा विश्वास गरिहाल्छन् जसलाई शैतानले आकाशबाट सुनेको थियो, र अल्लाह नै एकलो अदृश्यको ज्ञानी छ, यसर्थ जसले पनि यस कुरामा त्यसको सहभागी हुने दावी गर्छ कहाना आदिको माध्यमले वा कसैले यस्तो मान्छेको दावीमा विश्वास गर्छ, त त्यसले यस्तो कुरामा अल्लाहको सहभागी बनायो जुन त्यसको लागि विशिष्ट छ । र कहाना बहुदेववादबाट रिक्त छैन, किनकि यसमा शैतानहरूको सामीप्यता त्यस कुराद्वारा प्राप्त गरिन्छ जसलाई उनीहरू मनपराउँछन्, त यो रोबूबियतमा सहभागी ठहराउनु हो यस सन्दर्भमा कि त्यसको ज्ञानमा अरूलाई सहभागी ठहराइन्छ, र ईश हुने कुरामा शिर्क गर्नु हो यसरी कि पूजामध्ये केहीद्वारा अल्लाह बाहेकको सामीप्यता प्राप्त गरिन्छ ।
र हजरत अबू हुरैरह रजिअल्लाहो अन्हो रसूल सल्लल्लाहो अलैहे वसल्लमको माध्यमले वर्णन गर्छन् कि उहाँले भन्नु भयोः जुन व्यक्ति काहिनको पासमा आयो अनि त्यसले भनेको कुरामा विश्वास गर्यो त त्यसले त्यस कुराको इन्कार गर्यो जसलाई मुहम्मद सल्लल्लाहो अलैहे वसल्लममाथि अवतरित गरिएको छ । (यसलाई अबू दाऊदले वर्णन गरेका छन् ।)
र जसबाट सावधान रहनु र सतर्क गर्नु आवश्यक छ त्यो होः जादूगर र काहिन एवं ज्योतिषीहरू मानिसहरूको धारणासित खेलवाड गर्छन्, र आफूलाई चिकित्सक झैं प्रस्तुत गर्छन्, अनि रोगीलाई आदेश गर्छन् कि उनी अल्लाह बाहेकको लागि बलि गरून् र यस्तो यस्तो विशेषता भएको बाख्रा वा कुखुर आदि जब्ह गरून्, वा उनीहरूको लागि बहुदेववादीय रेखाहरू खिंच्दछन् र शैतानीय ताविजहरू पनि दिन्छन् जसलाई घाँटीमा झुन्डियाउने आदेश गर्छन्, वा उनीहरूको बाक्स अथवा घरमा राख्दछन् ।
र केही त अदृश्य कुराको ज्ञाता हुने आडम्बर गर्छन् र हराएको कुराहरूको स्थानबारे जानकारी दिन्छन्, र यो यसरी कि अनभिज्ञहरू त्यसको पासमा आएर हराएको कुराहरूको बारेमा सोध्छन् त यिनी त्यसको खबर दिन्छन् वा त्यसलाई उपस्थित गराइदिन्छन् आफ्नो शैतान सेवकहरूको माध्यमले । र केही त आफूलाई अल्लाहको मित्र हुने आडम्बर गर्छन् जससित केही करामत र मानव शक्तिबाट बाहिरका कुराहरू गर्ने शक्ति प्राप्त हुन्छ, वा आफूलाई यस्तो चमत्कारी मान्छे प्रस्तुत गर्छन् जुन आगोमा प्रवेश गरे पनि त्यसलाई केही हुँदैन, र यस्तै शस्त्रले हाने केही हुँदैन, वा आफूलाई गाडीको पांग्रामुनि राखे पनि केही हुँदैन र यस्ता खालका अन्य आडम्बर र शैतानीय गतिविधि गर्छन् जसको वास्तविकता जादू अथवा शैतानीय कार्य हुन्छ जुन यी उपद्रवीहरूको हातमा प्रदर्शित हुन्छ । वा यी समस्त काल्पनिक कुराहरू हुन्छन् जसको कुनै वास्तविकता हुँदैन, जसरी कि फिरऔनका जादूगरहरूले रस्री र लट्ठीद्वारा गरिरहेका थिए ।
शैखुल इस्लामले अहमदी रेफाइ बताएहीका जादूगरहरूसित वादप्रतिवादगर्दा भनेः (बताएहीयाको गुरुले भन्योः र आफ्नो स्वरलाई उच्च गर्योः हामीहरूसित यस्ता यस्ता आश्चर्यचकित गर्ने कुराहरू छन्, र त्यसले मानवको शक्तिमा नहुने कुराको दावी गर्यो जसरी आगोमा हिंडनु आदि र भन्यो यो उनीहरूको विशेषताहरूमध्येको हो यसर्थ यसैको कारण उनीहरूलाई स्वीकार्य गर्नुपर्छ ।) त शैखुल इस्लामले भनेः (मैले भनें र मैले पनि आफ्नो स्वरलाई उच्च गरें र क्रोधमा भनेः म पूर्वदेखि पश्चिमसम्म भएका समस्त अहमदीहरूलाई सम्बोधित गर्दछु कि उनीहरूले आगोमा के गरेका छन् ? म पनि उस्तै गर्न सक्छु जसरी तिमी गर्दछाै, त जुन जलछ त्यो नै पराजित हुन्छ, वा मैले भनेंः त त्यसमाथि अल्लाहको धिक्कार हुन्छ, तर हामी यो कार्य तातो पानी र सिर्काबाट धुले पश्चात गर्नेछाैं, त मसित यसबारे अमीरहरू (अगुवाहरू) र मानिसहरूले सोधे, त मैले भनेंः आगोमा जानुभन्दा अघि उनीहरू त्यसको उपाय गर्दछन् र यो यसरी कि उनीहरू भ्यागुताको तेल र नारर्गको तेलबाट र तलक पत्थरबाट एउटा मिश्रण तयार गर्छन् त मानिसहरू यस कुराबाट हल्लिए, र होहल्ला गर्न थाले, त त्यसले आफ्नो शक्ति देखाउने उद्देश्यले भन्योः हामी दुवैलाई एउटै ठाउँमा बेरियोस् यस्तो अवस्थामा कि हामीलाई सलाईबाट जलाइयोस्, त मैले भनेंः ल उठिहाल, र मैले त्यसलाई उठनुको लागि भन्दै रहें यहाँसम्म कि त्यसले आफ्नो कमीजलाई निकल्ने उद्देश्यले आफ्नो दुवै हात उठायो, त मैले भनेंः होइन पहिला तिमी सिर्का र तातो पानीद्वारा स्नान गर, अनि त्यसले षडयन्त्र गर्न खोज्यो आफ्नो बानी अनुसार र भन्योः जसले अगुवालाई प्रेम गर्छ त्यो दाउरो ल्याओस्, वा त्यसले भन्यो दउरोको एउटा गट्ठर, त मैले भनें यो त कुरोलाई लम्बियाउनु हो र मानिसहरूलाई विभाजित गर्नु हो जसबाट उद्देशय प्राप्त हुँदैन, बरू यसो गराैं कि एउटा दियो जलाइयोस् अनि म र तिमी औंलालाई धुले पश्चात त्यसमा हालाैं त जसको औंला चलिहाल्छ त्यसमाथि अल्लाहको धिक्कार हुन्छ वा मैले भनेंः त्यो नै पराजित हुन्छ, त जब मैले यो भनें त त्यो परिवर्तित भयो र अपमानित भयो ।) समाप्त भयो ।
र यसको तात्पर्य यो वर्णन गर्नु हो कि यी पाखण्डीहरू मानिसहरूसित झूठ बल्दछन् यस्तै षडयन्त्र गरेर, जसरी गाडीलाई एउटा बालले तान्नु र त्यसको पांग्रहरूमुनि आफूलाई राख्नु, र फलामको राडलाई आफ्नो आँखामा पसाउनु र यस बाहेक अन्य शैतानीय गतिविधिहरू ।
तेस्रो अध्यायः चिहान र मिजारहरूलाई उपहार भाकल आदि सामीप्यताप्राप्तिको लागि पेश गर्नु र त्यसको प्रतिष्ठा र सम्मान गर्नु ।
नबी सल्लल्लाहो अलैहे वसल्लमले बहुदेववादतिर लैजाने समस्त माध्यमलाई बन्द गरिदिएका छन्, र त्यसबाट असाधै सावधान र सतर्क गरेका छन्, र यसैमध्ये होः चिहानहरूको समस्या, यसर्थ यसको पूजालाई रोक्नेबारे र त्यसमा भएकाहरूसित प्रेममा सीमा अतिक्रमण गर्नेबारे विधानहरू वर्णन गरेका छन् जस विधानमध्ये केही यी हुन्ः
नबी सल्लल्लाहो अलैहे वसल्लमले सदाचारी र वलीहरूको बारेमा सीमा उल्लंघन गर्नुबाट सचेत गरेका छन्, किनकि यो नै मान्छेहरूलाई उनीहरूको पूजा गर्नुमा प्रेरित गर्छ, त उहाँले भन्नु भएको छः तिमीहरू गुलू (प्रेममा सीमा अतिक्रमण) गर्नुबाट सावधान रहनु, किनकि गुलूले नै तिमीभन्दा पहिला भएका मानिसहरूलाई विनष्ट गर्यो । (यसलाई इमाम अहमद र तिर्मिजी र इब्ने माजाले वर्णन गरेका छन्) र उहाँ सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः मेरो बारेमा उस्तै गुलू (अतिशयोक्ति) नगर्नु जसरी ईसाईहरूले ईसा बिन मरियमको बारेमा गरे, त म अल्लाहको भक्त हूँ यसर्थ मलाई अल्लाहको भक्त र त्यसको सन्देष्टा नै भन्नु । (यसलाई बुखारीले वर्णन गरेका छन्)
र नबी सल्लल्लाहो अलैहे वसल्लमले चिहानमाथि निर्माण गर्नुबाट सावधान गरेका छन्, जसरीकि अबूल् हैयाज अल् असदीको भनाई छ किः मसित अली बिन अबि तालिब रजिअल्लाहो अन्होले भन्नु भयोः के म तिमीलाई त्यस कार्यको लागि नपठाऊँ जसकार्यको लागि रसूल सल्लल्लाहो अलैहे वसल्लमले मलाई पठाउनु भएको थियो ? र त्यो यो कि तिमी कुनै प्रतिमा पाए बित्तिकै त्यसलाई फुटालिदिनु, र जुनसुकै उच्च चिहान पाए त्यसलाई बराबर गरिदिनु । (यसलाई मुस्लिमले वर्णन गरेका छन्)
र उहाँले त्यसलाई पक्की गर्नुबाट र त्यसमाथि कुनै प्रकारको निर्माण गर्नुबाट रोकेका छन्, हजरत जाबिर रजिअल्लाहो अन्होको वर्णन छ किः रसूल सल्लल्लाहो अलैहे वसल्लमले यस कुराबाट रोकेका छन् कि चिहानलाई पक्की बनाइयोस्, वा त्यसमाथि बसियोस्, वा त्यसमाथि कुनै प्रकारको निर्माण गरियोस् । (यसलाई मुस्लिमले वर्णन गरेका छन्)
र नबी सल्लल्लाहो अलैहे वसल्लमले चिहान निकट नमाज पढनुबाट पनि सावधान गरेका छन्, हजरत आइशा रजिअल्लाहो अन्हाको वर्णन छ किः जब नबी सल्लल्लाहो अलैहे वसल्लमको मृत्युको समय नजिक आयो त उहाँ आफ्नो चारकुने लुगालाई आफ्नो अनुहारमा राख्न थाले अनि जब अलि आराम हुन्थ्यो त त्यसलाई हटाइहाल्थे, अनि यसै अवस्थामा उहाँले भन्नु भयोः यहूदी र ईसार्ईहरूमाथि अल्लाहको धिक्कार होस् कि उनीहरूले आफ्ना सन्देष्टाहरूको चिहानलाई पूजाघर बनाए । उहाँ सल्लल्लाहो अलैहे वसल्लम यसद्वारा उनीहरूको यस कार्यको भर्तसना गरिरहेका थिए, र यदि यस्तो खतरा नभएको भए उहाँको चिहानलाई पनि उच्च गरिन्थ्यो, तर यस भयको कारण कि उहाँको चिहानलाई पनि मस्जिद बनाइन्छ यसैले उच्च गरिएन । (बुखारी, मुस्लिम)
र उहाँ (उहाँमािथ अल्लाहकाे प्रशािन्त अवतरित होस्) ले भन्नु भयोः सावधान निःसन्देह तिमीभन्दा पहिलाका मानिसहरूले आफ्ना सन्देष्टाहरूका चिहानहरूलाई पूजाघर बनाए, सावधान तिमीहरू पनि चिहानहरूलाई मस्जिद नबनाउनु किनकि म तिमीहरूलाई यसबाट रोक्दछु । (यसलाई मूस्लिमले आफ्नो सहीहमा वर्णन गर्नु भएको छ)
र त्यसलाई मस्जिद बनाउनुको अर्थ होः कि त्यस निकट नमाजको आयोजना गरियोस् चाहे त्यहाँ मस्जिदको निर्माण गरिएको होस् वा नहोस्, किनकि जुन स्थानमा पनि नमाज आयोजित गरिन्छ त्यो स्थान मस्जिद बनाए सरह छ, जसरी कि नबी सल्लल्लाहो अलैहे वसल्लमको फर्मान छः मेरो लागि धरतीलाई पवित्र र मस्जिद (नमाज पढिने ठाउँ) बनाइएको छ । (यसलाई बुखारीले वर्णन गरेका छन्) तर जब त्यसमा मस्जिद बनाइन्छ त यसको निषेधिता अति अत्याधिक भइहाल्छ ।
तर यस क्षेत्रमा अधिकांश मानिसहरूले विरोध गरेका छन्, र त्यसै कार्यलाई गरे जसबाट नबी सल्लल्लाहो अलैहे वसल्लमले मनाही गरेका थिए, र यसैकारण उनी ठूलो बहुदेववादमा परे, यसर्थ चिहानहरूमाथि मस्जिद र मिजार गुम्बद आदि बनाए अनि त्यहाँ नानाथरीका ठूलो शिर्क गर्न थाले जसरी त्यहाँ बलि गर्नु, त्यसमा भएकाहरूसित दुआ गर्नु, र उनीसित सहायता माँग्नु, र उनीहरूको लागि भाकल मान्नु आदि ।
अल्लामा इब्नुल् कैयिमको भनाई छः जसले चिहानहरूको बारेमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको सुन्नत र त्यसबारे उहाँको आदेश र निर्देशन र जसमा सहाबीहरू थिए त्यसलाई र जसमा वर्तमानमा मानिसहरू छन् त्यसलाई एकत्रित गर्छ भने त्यो यी दुवैलाई एकअर्का विरूद्ध पाउँछ जुन कदापि एकनास हुनसक्दैन, यसर्थ रसूल सल्लल्लाहो अलैहे वसल्लमले चिहानतिर नमाज पढनुबाट रोकेका छन्, तर यिनीहरू त्यसै निकट नमाज पढदछन्, र नबी सल्लल्लाहो अलैहे वसल्लमले त्यसलाई नमाज पढने ठाउँ बनाउनुबाट (मस्जिद बनाउनुबाट) रोकेका छन् तर यिनीहरू त्यसैमाथि मस्जिद बनाउँछन्, र त्यसलाई मिजार भन्छन् जसलाई अल्लाहको घर अनुरूप मान्दछन्, र उहाँले त्यसमाथि दिपक जलाउनुबाट मनाही गरेका छन्, तर यिनीहरू त्यसमाथि दिपक जलाउनको लागि लामो समयसम्म पंक्तिबद्ध रहन्छन्, र त्यसमाथि मेला उत्सव गर्नुबाट रोकेका छन् तर यिनीहरू त्यसैमाथि मेला उत्सव मनाउँछन् र त्यसको लागि उस्तै एकत्रित हुन्छन् जसरी पर्वको लागि एकत्रित हुन्छन् ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमले यसलाई (चिहानलाई) धरती बराबर गर्ने आदेश गरेका छन्, जसरीकि इमाम मुस्लिमले आफ्नो सहीहमा अबूल हैयाज अल् असदीको माध्यमले वर्णन गरेका छन् उनी भन्छन् कि हजरत अली बिन अबि तालिब रजिअल्लाहो अन्होले मसित भनेः के म तिमीलाई त्यस कार्यको लागि नपठाउँ जस कार्यको लागि मलाई रसूल सल्लल्लाहो अलैहे वसल्लमले पठाएका थिए ? कि तिमी सबै चित्रहरूलाई मेटाएर नै छाडनु र समस्त चिहानहरूलाई बराबर गरेर नै छाडनु । र मुस्लिमको सहीहमा नै हजरत सुमामा बिन शुफिअद्वारा वर्णित छ किः हामी फुजालह बिन उबैदसंग रोमको बुरोदस नामक स्थानमा थियाैं अनि हामीहरूको साथीहरूमध्ये एउटाको निधन भयो, त फुजालाले त्यसको चिहानलाई धरतीबराबर (जमिन बराबर) बनाउने आदेश गरे, अनि भनेः मैले सुनेको छु कि रसूल सल्लल्लाहो अलैहे वसल्लम यसलाई धरतीको बराबर बनाउने आदेश गर्थे ।
तर यिनीहरू यी दुवै हदीसको विरोधमा अत्याधिक अघि गइहाल्छन् यसर्थ त्यसलाई घर झैं जमिनबाट उच्च गर्छन् र त्यसमाथि धरहरा र गुम्बद बनाउँछन् ।
यहाँसम्म कि उनी भनेः त हेर कति भिन्नता छ ती समस्तबीच जसलाई रसूल सल्लल्लाहो अलैहे वसल्लमले वैधानिक गरेका छन्, र उहाँले मनाही गरेको त्यही अर्थ हो जसलाई चिहानको सन्दर्भमा वर्णन गरियो, र ती समस्त कुराहरूबीच जसलाई यिनीहरूले आफै वैधानिक गरेका छन् र त्यसैलाई गर्दछन् ? त यस कुरामा कुनै शंका छैन कि उनीहरूका ती कार्यहरूमा यति विकारता छ जसलाई मान्छे आँकलन गर्न सक्दैन) ।
अनि ती समस्त विकारयुक्त कुराहरूलाई वर्णन गरेर भनेः ( र त्यसैमध्ये हो किः नबी सल्लल्लाहो अलैहे वसल्लमले चिहानहरूको जियारत यस कारण वैधानिक गर्नु भएको छ ताकि आखिरत (परलोक) लाई स्मरण गरियोस्, र त्यसमा दफ्नाइएकाहरूको लागि जियारत गर्ने मान्छे दुआ क्षमायाचना गरेर उपकार गरोस्, यसर्थ जियारत गर्ने मान्छे आफूमाथि पनि र त्यस मृतक मान्छेमाथि पनि उपकार गरिरहेको हुन्छ, तर यी मानिसहरूले यस मामिलालाई नै पल्टाइदिए र धर्मलाई उल्टाइदिए, यसर्थ जियारतको उद्देश्यः मृतकद्वारा बहुदेववाद गर्नु, र त्यससित दुआ गर्नु, र उनीसित आफ्नो कामना पूर्ण गर्ने पुकार लगाउनु, र उनीबाट कल्याण लिनु, र आफ्नो शत्रु विरूद्ध उनीहरूलाई सहायक बनाउनुलाई बनाइदिए, त यस्तो गरेर उनीहरूले आफै आफूलाई हानि पुर्याउन थाले र यसको साथै मृतकलाई पनि हानि पुर्याउने माध्यम बने यद्यापि यसद्वारा उनीहरूले त्यसलाई त्यस दुआ र क्षमायाचनाको कल्याणबाट बंचित गरिदिन्छन्) कथन समाप्त भयो ।
त यसद्वारा यो प्रष्ट हुन्छ कि चिहान मिजारहरूको लागि भाकल मान्नु रउनको सामीप्यताको लागि बलि गर्नु ठूलो बहुदेववाद हो, र यसको कारण हो चिहानहरूको अवस्थाको सन्दर्भमा नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिको विरोध गर्नु जसरी त्यसमाथि निर्माण नगर्ने र त्यसमाथि मस्निद नबनाउने क्रममा, किनकि जब त्यसमाथि गुम्बद बनाइन्छ र त्यसको वरिपरि मिजार र मस्जिद बनाइन्छ, त अनभिज्ञहरू यो सोच्दछन् कि त्यसमा दफ्नाइएका मानिसहरू लाभ हानि पुर्याउनुमा सामर्थ्यवान छन्, र उनीसित जो कोही सहायता माँग्दछ त्यसको सहायता गर्दछन्,र जुन उनको शरणमा गयो त्यसको आवश्यकता पूर्ण गर्छन्, अनि यसै धारणाको आधारमा उनीहरूको लागि भाकल र बलि दिन्छन् यहाँसम्म कि उनी मूर्ति झैं भइहाल्छन् जसको अल्लाह बाहेक पूजा गरिन्छ, जबकि नबी सल्लल्लाहो अलैहे वसल्लमको फर्मान छः हे अल्लाह मेरो चिहानलाई मूर्ति नबनाउनु जसको पूजा गरियोस् । (यसलाई अहमद र मालिकले वर्णन गरेका छन्), र मान्छे चिहानमा पूरिएकाहरूसित यस धारणाको साथ दुआ गर्छ कि त्यसलाई यस दुआबाट केही नकेही अवश्य प्राप्त हुनेछ, र चिहानछेउ यस्तो धेरै इस्लामीय राष्ट्रहरूमा घटित भइसकेको छ, तर उहाँ सल्लल्लाहो अलैहे वसल्लमको दुआको कल्याणलेगर्दा अल्लाहले उहाँको चिहानलाई यस्ता कुराहरूबाट सुरक्षित राखेको छ, यद्यापि उहाँ सल्लल्लाहो अलैहे वसल्लमको मस्जिदमा केही अनभिज्ञ र पाखण्डीहरूद्वारा केही अवैधानिक गतिविधिहरू गरिन्छ, तैपनि उनी रसूल सल्लल्लाहो अलैहे वसल्लमको चिहानसम्म पुग्नुमा असमर्थ नै रहन्छन् किनकि उहाँको चिहान उहाँको घरमा छ नकि मस्जिदमा, र यसको साथै त्यसलाई पर्खालहरूद्वारा घेरिएको छ, जसरी कि अल्लामा इब्नुल् कैयिम आफ्नो नूनीयह नामक लेखमा भन्छन्ः
त अल्लाहले उहाँको दुआलाई स्वीकार गर्यो ** अनि त्यसलाई (उहाँको चिहानलाई) तीन पर्खालद्वारा घेरिदियो ।
तेस्रो अध्यायः स्मरणीय मूर्ति र प्रतिमाको आदर सम्मान गर्नुको वर्णनबारे
अरबीमा तमासील तिमसालको बहुबचन हो, जसको अर्थ हो मानव अथवा कुनै जीउ वा त्यस बाहेकको आकारको प्रतिमा जसमा आत्मा हुन्छ, र अरबीमा नसबको वास्तविक अर्थ होः चिन्ह, र ती ढुँगाहरू जसको पासमा बहुदेववादीहरू बलि गर्थे । र स्मरणीय मूर्तिको अर्थ होः ती मूर्तिहरू जसलाई कुनै चाैर आदिमा स्थापित गर्थे आफ्नो ठूला बडा अथवा सम्मानित व्यक्तिको याद र स्मरणलाई जीवित राख्ने उद्देश्यले ।
र नबी सल्लल्लाहो अलैहे वसल्लमले आत्मा भएको चीजको चित्रण गर्नुबाट सचेत गरेका छन्, यद्यापि त्यो सम्मानित मानवको चित्र होस् जसरी विद्, राजा, तपस्वी, अगुवा र नायकहरूको, चाहे यो चित्र पाटी वा कागत वा पर्खाल वा कपडामाथि बनाइयोस्, वा वर्तमानमा भएका केमरा आदि चित्र बनाउने यन्त्रहरूको माध्यमले बनाइयोस्, वा त्यसलाई गुँदेर कुनै बस्तुमा बनाइयोस्, वा चित्रलाई प्रतिमाको आकारमा बनाइयोस्, र नबी सल्लल्लाहो अलैहे वसल्लमले पर्खाल आदिमा चित्र झुन्डियाउनुबाट पनि मनाही गरेका छन् र प्रतिमाहरूलाई स्थापित गर्नुबाट पनि, किनकि यो बहुदेववादको माध्यम हो, किन भने यस धरतीमा पहिलो बहुदेववादको उत्पात चित्र र प्रतिमा स्थापित गर्ने कारण नै भएको हो । र यो यसरी कि नूह अलैहिस्सलामको जातिमा केही सत्यनिष्ठ भक्तहरू थिए, अनि जब उनीहरूको मृत्यु भयो त उनका जातिका मानिसहरू उनीहरूप्रति अति शोकाकुल भए, अनि उनीहरूलाई शैतानले फकायो र भन्योः कि उनीहरू ती मृत मानिसहरूको मूर्ति आफ्नो बैठकहरूमा स्थापित गरून् र उनीहरूलाई उनैको नामले नामाकरण गरून्, अनि उनीहरूले यस्तै गरे र उनीहरूको पूजा गरिएन, तर जब यी मानिसहरूको निधन भयो र यो उद्देश्य बिर्साइयो त उनीहरूको पूजा आरम्भ भयो । (यसलाई बुखारीले वर्णन गरेका छन्)। र जब अल्लाहले आफ्नो सन्देष्टा हजरत नूह अलैहिस्सलामलाई यस बहुदेववादबाट रोकनुको लागि पठायो जुन ती चित्रहरूको कारण उत्पन्न भएको थियो जसलाई उनीहरूले स्थापित गरेका थिए, त उनको जातिका मानिसहरूले यस आमन्त्रणलाई स्वीकार गर्नुबाट पंछे र ती स्थापित चित्रहरूको पूजा गर्नुमा दृढ रहे जुन मूर्तिको रूप धारण गरिसकेका थिएः र भन्नथालेः तिमीहरू अआफ्ना पूज्यलाई नत्याग्नु, र न वद्दलाई त्याग्नु नत सुवाअलाई, र नत यऊकलाई नत नसरलाई । (नूहः २३)।
र यो ती मानिसहरूको नाम हो जिनको आकारमा यी चित्रहरू बनाइएका थिए, उनीहरूको सम्मान गर्ने र उनीहरूको स्मरणलाई जीवित राख्ने उद्देश्यले ।
त हेर यी स्मरणीय मूर्तिहरू नै अल्लाहसित शिर्क गर्ने कारण र त्यसका सन्देष्टाहरूसित शत्रुता र विरोध गर्नुको कारण भयो जसलेगर्दा उनीहरूलाई जलप्रलयले विनष्ट गरियो, र यो नै उनीमाथि अल्लाह र अल्लाहका भक्तहरूको क्रोधको कारण पनि बन्यो जुन तपाई समक्ष यस चित्रण र मूर्ति स्थापनको घातकतालाई छर्लङ गर्दछ, र यसै कारण नबी सल्लल्लाहो अलैहे वसल्लमले चित्रकारहरूलाई धिक्कृत गरेका छन्, र यो खबर दिएका छन् कि यिनीहरूलाई प्रलयको दिन सबैभन्दा अधिक यातना दिइनेछ, र चित्रहरूलाई बिगार्ने आदेश गरेका छन, र यो खबर दिएका छन् कि जस घरमा चित्र हुन्छ त्यसमा फरिश्ताहरू प्रवेश गर्दैनन्, र यी समस्त चित्रको हानिकारकताको कारण नै हो, अब चाहे यी चित्रहरू र मूर्ति एवं प्रतिमाहरूलाई बैठकहरूमा स्थापित गरियोस् वा चाैर र बगैचाहरूमा, सबै अवस्थामा यो हराम छ र शिर्कसम्म पुर्याउने माध्यम र आस्थालाई भ्रष्ट गर्ने माध्यम हुन्छ, त यदि आजका बहुदेववादी काफिरहरू यस्ता गतिविधिहरू गर्छन् किनकि उनीहरूसित कुनै सिद्धान्त नै छैन जसको सुरक्षा गरून् त मुसलमानहरूमाथि यो अनिवार्य छ कि उनीहरू यी काफिरहरूको अनुरूपताबाट बाँचुन् आफ्नो सिद्धान्तको सुरक्षाको लागि र आफ्नो आन्नद शान्ति र शक्तिको स्रोतको सुरक्षाको लागि, किनकि शैतान त भविष्यमा आउने पिढीलाई हेरिरहेको हुन्छ कि उनीहरूमा अनभिज्ञताको उत्पात होस् अनि त्यो उनीहरूलाई फकाओस् जसरी कि जब नूहका समुदायमा अनभिज्ञता विस्तृत भएको थियो तब उनीलाई फकाएको थियो, र यसकारण पनि कि जीवित पनि यस्तो गतिविधिबाट सुरक्षित छैन जसरी कि इब्राहीम अलैहिस्सलामले भनेका थिएः (हे अल्लाह मलाई र मेरो सन्तानहरूलाई मूर्ति पूजाबाट बचाऊ) त हजरत इब्राहीम आफूमाथि पनि यस कुकर्मबाट भय मानेका थिए, केही सदाचारीहरूको भनाई छ किः (इब्राहीम पश्चात को छ जुन आफूलाई यस्तो उपद्रवबाट सुरक्षित ठानोस् ?)
पाँचाैं अध्यायः धर्मको उपहास गर्नु र त्यसकासीमा र निर्देशनहरूलाई बेवास्ता गर्नुको वर्णनबारे
धर्मको उपहास गर्नु इस्लामबाट पंछिनु (मुर्तद हुनु) र धर्मबाट पूर्णतया निष्कासित हुनु हो, अल्लाहको फर्मान छः हे सन्देष्टा भनिदिनुस् कि के तिमीहरू अल्लाह र त्यसका प्रतीकहरू र त्यसका सन्देष्टाहरूको उपहास गर्दछाै, अब बहाना नबनाऊ निश्चित नै तिमीहरूले ईमान ल्याए पश्चात अनास्था (नास्तिकता) गर्याै । (अत्ताैबाः ६५, ६६) ।
यो श्लोक यस कुरालाई स्पष्ट पार्दछ किः अल्लाहको उपहास गर्नु नास्तिकता र कुफ्र हो, र यस्तै सन्देष्टाहरूको उपहास गर्नु पनि कुफ्र हो, र अल्लाहका निशानीहरू र श्लोकहरूको उपहास गर्नु पनि कुफ्र हो, त जसले यी समस्तमध्ये कुनै एकको उपहास गर्यो मानो त्यसले सबैको उपहास गर्यो । र कुरो यस्तो छ कि जब ती कपटीहरूले नबी सल्लल्लाहो अलैहे वसल्लम र उहाँका साथीहरूको उपहास गरेका थिए तब यो श्लोक अवतरित भएको थियो ।
तसर्थ यी समस्त कुराहरूको उपहास एकैसाथ संलग्न छ, त जुन मानिसहरू अल्लाहका एकेश्वरवादलाई बेवास्ता गरेर महत्वहीन तुल्याउँछन्, र मृतकहरूसित दुआ गर्ने कुरालाई सम्मानजनक कुरा ठान्दछन् अनि जब उनीहरूलाई बहुदेववादबाट रोकिन्छ र एकेश्वरवादको आदेश गरिन्छ त त्यसलाई हाँसोखेल ठान्दछन्, जसरीकि अल्लाहको भनाई छः र उनीहरू तपाईलाई जहिले पनि हेर्दछन् हाँसोख्यालको माध्यम बनाइलिन्छन् र भन्छन्ः के यो नै त्यो व्यक्ति हो जसलाई अल्लाहले सन्देष्टा बनाएर पठाएको छ यदि हामीले धैर्य धारण नगरेको भए यसले हामीलाई हाम्रा पूज्यहरूबाट विचलित गरिदिन्थ्यो । (अल् फुर्कानः ४१, ४२) ।
त जब रसूल सल्लल्लाहो अलैहे वसल्लमले उनीहरूलाई बहुदेववादबाट रोके त उनीहरूले उहाँको उपहास गरे, र निरन्तर बहुदेववादीहरू सन्देष्टाहरूलाई एैब लगाउँदै आएका छन् र उनीहरूलाई पागल बहुलहा र पथभ्रष्ट जस्ता उपाधि दिदै आएका छन् जब ती सन्देष्टाहरू उनीलाई एकेश्वरवादतिर बोलाउँथिए, किनकि उनीहरूको हृदयमा बहुदेववादको अति प्रतिष्ठा छ । र यस्तै अवस्था त्यसको पनि हुन्छ जुन उनी अनुरूप हुन्छ, कि जब कोही त्यसलाई एकेश्वरवादतिर बोलाउँछ त त्यसको उपहास गर्छ, त्यससित बहुदेववाद उत्तम मात्रामा हुने कारण, अल्लाहको फर्मान छः र मानिसहरूमध्ये केही यस्ता पनि छन् जुन अल्लाह बाहेक अन्यलाई पूज्य ठानेका छन् र त्यसलाई अल्लाह जस्तै प्रेम पनि गर्छन् । (अल् बकरः १६५) ।
त जसले उस्तै कुनै सृष्टिलाई प्रेम गर्छ जसरी अल्लाहलाई गर्नु पर्नेछ त त्यो बहुदेववादी भयो । यसर्थ अल्लाहसित प्रेम गर्नु र अल्लाहको साथ प्रेम गर्नुमा विभाजन गर्नु अति आवश्यक छ, त जिनले चिहानहरूलाई मूर्ति (पूज्य) ठानिसकेका छन् उनीलाई तपाई हेर्नुहुन्छ कि उनी अल्लाहको एकेश्वरवाद र त्यसको पूजाको उपहास गर्दछन्, र जिनलाई अल्लाह बाहेक सिफारेशी बनाएका छन् उनीहरूलाई प्रतिष्ठित मान्दछन्, र उनीमध्ये कोही अल्लाहको त झुटो शपथ खान्छ तर के आँट कि आफ्नो शैख (गरू) को झुटो शपथ खाओस्, र यस्ताखालका अधिकांश समूहहरूको यो धारणा हुन्छ कि उनीहरूको उनीहरूको शैखसित माँगिने सहायता वा त्यसको शैखको चिहान निकट वा अन्य कसैको चिहान निकट माँगिएको सहायता मस्जिदमा प्रातःकालमा अल्लाहसित माँगिएको सहायताभन्दा लाभदायक हुन्छ ! र त्यो ती समस्त मानिसहरूको उपहास गर्छ जुन उनीहरूको बाटोलाई त्यागेर एकेश्वरवादतिर लाग्छन्, र उनीमध्ये अधिकांश मानिसहरू मस्जिदलाई विनष्ट गर्दछन्, र मिजारहरूलाई आबादित गर्छन्, त के यो उनीहरूको बहुदेववादको सम्मान र अल्लाह र त्यसको निशानी र सन्देष्टाहरूको उपहास होइनर ? र यस्ताखालका गतिविधिहरू वर्तमानमा कोबूरीहरू (चिहान निकट बस्नेहरू) द्वारा घटित हुन्छ ।
र उपहास दुई थरीको हुन्छः
पहिलोः साक्षात उपहास, जसरी जसको सन्दर्भमा यो श्लोक अवतरित भएको थियो, र उनीहरूको यस कथनको सन्दर्भमा अवतरित भएको थियोः हाम्रा यी पाठनकर्ताहरू झैं कसैलाई हेरे छैनाैं, जुन पेटको दास छन् र हामीमध्ये धेरै झुट्ठा छन् र शत्रुसामु हामीमध्ये सबैभन्दा अधिक कायर छन् । वा यस जस्ता अन्य उपहासीहरूका कथनहरू, जसरी केहीको यो कथनः तिमीहरूको यो धर्म पाँचाैं धर्म हो, र अर्कोको कथनः तिमीहरूको धर्म विचित्र छ, उपहास गर्ने मनसायले, र यस जस्ता अन्य कुराहरू जसको आँकलन गर्नु गाह्रो छ, र यी कुराहरू त्यस कुराभन्दा गम्भीर छ जिनको बारेमा त्यो श्लोक अवतरित भएको थियो ।
दोस्रो थरीः अस्पष्ट तरिकाले, र यो यस्तो समुन्द्र हो जसको कुनै सीमा नै छैन, जसरी आँखाबाट संकेत गर्नु, र जिब्रो निष्कासित गर्नु, र ओँठलाई फैलाउनु, र अल्लाहको किताबको पाठनको समय वा रसूल सल्लल्लाहो अलैहे वसल्लमको सुन्नतको पाठनको समय वा सुकार्यको आदेश गर्ने समय र कुकर्मबाट रोक्ने समय हातले विकारयुक्त संकेत गर्नु । र यसै जस्तो त्यो कुरो पनि छ जसलाई उनीमध्ये केही भन्छन् किः निःसन्देह इस्लाम धर्म बीसाैं शताब्दीको लागि उपयुक्त छैन, बरू यो त मात्र मध्यकालीन शताब्दीहरूको लागि उपयुक्त थियो, किनकि यो प्रगति विरूद्ध छ संशोधन गर्ने योग्य छ, र यसमा अत्याधिक कठोरता र क्रुरता छ दण्ड सजायको क्षेत्रमा, र यस धर्मले महिलाको हकअधिकारको सन्दर्भमा त्यसमाथि अत्याचार गरेको छ, किनकि पारपाचुकेलाई वैधानिक गरेको छ, र बहुबिवाहलाई वैधानिक गरेको छ । र उनीहरूको यो कथन किः मानिसहरूबीच मानिसहरूले बनाएको विधानद्वारा फैसला गर्नु इस्लामीय विधानभन्दा लाभप्रद छ । र उनीहरू त्यस मान्छेको बारेमा भन्छन् जुन एकेश्वरवादतिर आह्वान गर्छ र चिहानमा गरिने कुकर्मको विरोध गर्छ कि यो त कट्टरपन्थी हो, वा यो मुसलमानहरूमा विभाजन गर्न खोजिरहेको छ, वा यो वहाबी हो, वा यो पाँचाैं मजहब (धर्म) हो, र यस जस्ता अन्य कुराहरू जसद्वारा धर्म र धर्मावलम्बीहरूलाई गाली गरिन्छ, र सही र सटीक सिद्धान्तको उपहास गरिन्छ, र अल्लाह बाहेक कसैको शक्ति शरण योग्य छैन । र ती कुराहरूमध्ये यो पनि होः उनी ती मानिसहरूको पनि उपहास गर्छन् जुन नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलाई राम्ररी समातेका हुन्छन् यसर्थ उनीहरूको बारेमा भन्छन् किः धर्म बालमा (दाह्रीमा) छैन अर्थात यसद्वारा दाह्री पाल्नुको उपहास गर्छन्, र यस जस्ता अन्य कुराहरू जसद्वारा यसको उपहास गरिन्छ ।
छेठाैं अध्यायः अल्लाहले अवतरित गरेको विधान बाहेकको विधानद्वारा फैसला गर्नु
अल्लाहको पूजा गर्नु र त्यसमाथि आस्था राख्नुमध्ये यो पनि हो किः त्यसको फैसला र त्यसको विधानबाट राजी भइयोस्, र कुरा कार्य र सैद्धान्तिक कुराहरूमा विवाद भएमा वा धन सम्पत्ति रक्तपात र समस्त हक अधिकारमा विवाद भएमा अल्लाहको किताब र त्यसको नबीको सुन्नतलाई निर्णायक मान्नु, किनकि निःसन्देह अल्लाह नै न्यायकर्ता हो र त्यी निर्णय गर्ने योग्य छ, यसर्थ हाकिमहरूमाथि यो अनिवार्य छ कि फैसला गर्ने कर्ममा त्यसैद्वारा फैसला गरून् जुन विधान अल्लाहले अवतरित गरेको छ, र सर्वसाधारणलाई पनि यो अनिवार्य छ कि अल्लाहले अवतरित गरेको विधानलाई नै निर्णायक मानुन चाहे त्यो अल्लाहको किताबमा वर्णित होस् वा नबी सल्लल्लाहो अलैहे वसल्लमको सुन्नतमा, हाकिमहरूको बारेमा अल्लाहको यो भनाई छः निःसन्देह अल्लाह तिमीहरूलाई यो आदेश गरिरहेको छ कि नासोवालाहरूलाई यिनीहरूको नासो दिइहाल, र जब मानिसहरूबीच फैसला गर न्यायपूर्ण तरिकाले निर्णय गर । (अन्निसाः ५८) ।
र अल्लाहले प्रजाको बारेमा भनेको छः हे आस्थावानहरू अल्लाहको आज्ञापालन गर र त्यसको सन्देष्टाको आज्ञापालन गर र तिमीमध्ये अधिकारीहरूको पनि, अनि जब तिमीहरूबीच कुनै कुरामा विवाद उत्पन्न भइहालोस् त यदि तिमीहरू अल्लाह र प्रलयको दिनमाथि आस्थावान छाै भने त्यस विवादित कुरालाई अल्लाह र त्यसको रसूलतिर फर्काइदेऊ यो नै तिमीहरूको लागि लाभप्रद छ र परिणामको दृष्टिले पनि अति उत्तम छ । (अन्निसाः ५९) ।
अनि अल्लाहले यो स्पष्ट गरिदियो कि आस्था र अल्लाहले अवतरित गरेको विधान बाहेक अन्यद्वारा निर्णय गर्ने कुरा एकैसाथ हुनैसक्दैनन्, यसर्थ महान अल्लाहको फर्मान छः के तपाईले तिनीहरूलाई हेर्नु भएन कि उनी दावी त गर्दछन् कि जुन तपाईमाथि अवतरित गरिएको छ र जुन तपाईभन्दा पहिला अवतरित गरिएको छ ती समस्तमाथि आस्था राख्दछन् तर वास्तवमा उनीहरू आफ्नो विवादको निसाफको लागि अल्लाह बाहेककतिर लग्न चाहन्छन्, जबकि उनीहरूलाई आदेश यो थियो कि त्यसको इन्कारी भइहालुन्, तर शैतान उनीहरूलाई नितान्त पथभ्रष्तामा ग्रस्त गर्न चाहन्छ (अन्निसाः ६०) अल्लाहको यस कथनसम्मः त तिम्रो प्रतिपालकको शपथ तिनीहरू तबसम्म आस्थावान हुन्सक्दैनन् जबसम्म आफ्ना विवादहरूमा तपाईलाई निसाफकर्ता मान्दैनन् र तपाईले निसाफ गरेको कुराप्रति आफ्नो हृदयमा कुनै संकुचित विचार नराखिकन् त्यसलाई प्रसन्नतापूर्वक सवीकार गर्दैनन् तबसम्म आस्थावान हुनैसक्दैनन् । (अन्निसाः ६५) ।
त पवित्र र महान अल्लाहले कसमद्वारा ताकेदा गरेर त्यस मान्छेको अनास्थावान हुने कुरालाई पुष्टि गरेको छ जसले विवादमा रसूल सल्लल्लाहो अलैहे वसल्लमलाई न्यायकर्ता नमानोस् र उहाँको निसाफबाट राजी नभइहालोस्, जसरी कि ती हाकिमहरूको काफिर हुने कुरालाई प्रमाणित गरेको छ जुन आफ्नो अत्याचार र अधर्मको कारण त्यसद्वारा फैसला गर्दैनन् जसलाई अल्लाहले उतारेको छ, यसर्थ अल्लाहले भन्नु भयोः (जसले पनि त्यस (विधानद्वारा) फैसला गर्दैनन् जसलाई अल्लाहले अवतरित गरेको छ त उनै नै काफिर हुन् ) (अल् माइदाः ४४), जसले पनि त्यस (विधानद्वारा) फैसला गर्दैनन् जसलाई अल्लाहले अवतरित गरेको छ त उनै नै अत्याचारी हुन् । (अल् माइदाः ४५), जसले पनि त्यस (विधानद्वारा) फैसला गर्दैनन् जसलाई अल्लाहले अवतरित गरेको छ त उनै नै पापी हुन् (अल् माइदाः ४७),
त अल्लाहले अवतरित गरेको विधानद्वारा फैसला गर्नु अति आवश्यक छ, र विद्हरूका कथनहरूमा विवाद उत्पन्न भएमा त्यसैतिर प्रवृत्त हुनु आवश्यक छ यसर्थ ती कथनहरूमध्ये मात्र त्यसैलाई स्वीकार गरिन्छ जसमाथि कुरआन र सुन्नत प्रमाणीकरण गरोस्। बिना कुनै दृष्टिकोणको पक्षपात र कुनै इमामसित प्रभावित भइकन्, समस्त अधिकार र समस्याहरूमा, नकि मात्र व्यक्तिगत समस्याहरूमा, जसरी कि केही इस्लामसित संलग्न राष्ट्रहरूमा गरिन्छ, किनकि इस्लाम परिपूर्ण छ त्यसलाई अंशमा विभाजित गरिन्न । अल्लाहको फर्मान छः हे आस्थावानहरू इस्लाममा पूर्णरूपले प्रविष्ट भइहाल । (अल् बकरः २०८) ।
र महान अल्लाहको भनाई छः के तिमी ग्रन्थका केही भागमाथि त आस्था राख्दछाै र केहीको इन्कारी भइहाल्दछाै । (अल् बकरः ८५) ।
यस्तै वर्तमानका विभिन्न दृष्टिकोणको अनुशरण गर्नेहरूलाई यो अनिवार्य छ कि उनी अआफ्ना इमामहरूका कथनहरूलाई कुरआन र हदीसतिर फर्काउन्, त जुन कुरआन हदीस अनुकूल होस् त्यसलाई समातिहालुन् र जुन ती दुवै विरूद्ध होस् त्यसलाई बिना पक्षपात अस्वीकृत गरिदिउन् र यदि त्यो कुरो सैद्धान्तिक कुरो होस् भने यो नितान्त अनिवार्य भइहाल्छ किनकि समस्त इमामहरूले यसको उपदेश गरेका छन् र यो उनी सबैको दृष्टिकोण हो, यसर्थ जसले पनि यसको विरोध गर्छ त्यो उनीहरूको अनुयायी होइन यद्यापि त्यो उनीसित संलग्न किन नहोस्, र यी ती मानिस नै हुन् जिनको बारेमा अल्लाहले भनेको छः उनीहरूले अल्लाह बाहेक आफ्ना विद् धर्मगुरू र सन्तहरूलाई प्रतिपालक बनाए र मरियमको छोरा मसीहलाई । (अत्ताैबाः ३१) ।
त यो श्लोक ईसाईहरूसित विशिष्ट छैन, बरू ती समस्तलाई समाविष्ट छ जुन उनै जस्ता कार्य गर्छन्, त जसले पनि अल्लाह र त्यसको सन्देष्टाको अवज्ञा गर्छ अर्थात त्यो मानिसहरूबीच अल्लाहले अवतरित गरेको विधान बाहेकद्वारा फैसला गर्छ वा त्यसले आफ्नो हवसको कारण त्यसको माँग गर्छ त त्यसले आफ्नो गर्दनलाई इस्लाम र आस्थाबाट मुक्त गर्यो यद्यापि त्यो आफूलाई आस्थावान किन नबुझोस्, किनकि अल्लाहले यस्तो मान्छेको आस्थावान हुने कुरालाई नकारेको छ र उनीहरूको आस्थावान हुने दावीलाई झुठ ठहर गरेको छ, यसर्थ अल्लाहको फर्मान छः के तपाईले तिनीहरूलाई हेर्नु भएन कि उनी दावी त गर्दछन् कि जुन तपाईमाथि अवतरित गरिएको छ र जुन तपाईभन्दा पहिला अवतरित गरिएको छ ती समस्तमाथि आस्था राख्दछन् तर वास्तवमा उनीहरू आफ्नो विवादको निसाफको लागि अल्लाह बाहेककतिर लग्न चाहन्छन्, जबकि उनीहरूलाई आदेश यो थियो कि त्यसको इन्कारी भइहालुन्, तर शैतान उनीहरूलाई नितान्त पथभ्रष्तामा ग्रस्त गर्न चाहन्छ । त अल्लाहल उनीहरूको दावीलाई अरबीको शब्द (यजअमून) द्वारा प्रकट गरेको छ, किनकि यो शब्द तयसको दावीको लागि प्रयोग गरिन्छ जुन त्यस दावीमा झुठो होस् त्यसलाई अनिवार्य गर्ने कुराको विरोध गर्ने र त्यसको विरोधी कार्य गर्ने कारणले । र यसको समर्थन अल्लाहको यो कथन गर्छः र उनीलाई त्यसको इन्कार गर्ने आदेश गरिएको थियो । किनकि अल्लाह बाहेकका समस्त मिथ्या पूज्यहरूको इन्कारी हुनु एकेश्वरवादको आधार हो जसरी कि सूरतुल् बकरःको श्लोकमा वर्णित छ, त जब यो आधार पाइदैन त त्यो एकेश्वरवादी हुनसक्दैन, जबकि एकेश्वरवाद नै आस्थाको त्यो आधार हो जसको आधारमा समस्त कार्य कुराहरू सही प्रमाणित हुन्छन् र त्यसको नहुनाले सबै कार्य निरर्थक भइहाल्छन् । जसरी क अल्लाहले यसलाई आफ्नो यस कथनद्वारा स्पष्ट गरेको छः त जसले समस्त मिथ्या पूज्यको इन्कार गर्यो र अल्लाहमाथि ईमान ल्यायो त त्यसले नचुँडिने डोरीलाई समात्यो । किनकि अल्लाह बाहेकलाई न्यायकर्ता स्वीकार्नु त्यसमाथि ईमान राख्नु हो ।
त जसले अल्लाहले अवतरित गरेको विधान बाहेक अन्यसित फैसला गरेकोमा त्यसमा ईमान नहुने कुराको पुष्टि, यस कुरालाई प्रमाणीकरण गर्छ कि अल्लाहको विधानलाई न्यायकर्ता मान्नु ईमान र सिद्धान्त र अल्लाहको पूजा हो, यसर्थ मुसलमानमाथि यो अनिवार्य छ कि यसको अनुपालन गरोस् र अल्लाहको विधानद्वारा मात्र यस कारण फैसला नगरोस् कि त्यो मानिसहरूको लागि उपयुक्त र शान्ति विस्तृत गर्ने कारण हो किनकि केही मानिसहरू मात्र यसै कुरालाई मद्देनजर राख्दछन् र यसको पहिलो अंशलाई बिर्सिदिन्छन्, र महान अल्लाहले त्यस मान्छेलाई अशुद्ध भनेको छ जसले अल्लाहको विधानद्वारा मात्र आफ्नो स्वार्थको लागि फैसला गरोस् र त्यसद्वारा अल्लाहको पूजा अभीष्ट नहोस्, यसर्थ अल्लाहको फर्मान छः र जब उनीहरूलाई अल्लाह र त्यसको सन्देष्टातिर बोलाइन्छ कि उनीहरूको फैसला गरून् त उनीमध्ये एउटा समूह यसबाट पंछिहाल्छ । र यदि यसमा उनीहरूको स्वार्थ नीहित हुन्छ भने यसलाइ नतमस्तक हुँदै आउँछन् । (अन्नूरः ४८, ४९) ।
त उनी मात्र आफ्नो हवसलाई नै महत्व दिन्छन्, र यदि त्यो उनीहरूको इच्छा विपरीत हुन्छ त त्यसबाट पंछिहाल्छन्, किनकि उनीहरू रसूल सल्लल्लाहो अलैहे वसल्लमलाई न्यायकर्ता ठानेर अल्लाहको पूजा गरिरहेका हुँदैनन् ।
त्यस व्यक्तिको हुकुम जुन अल्लाहले अवतरित गरेको विधान बाहेकद्वारा फैसला गर्छ
अल्लाहको फर्मान छः जसले पनि त्यस (विधानद्वारा) फैसला गर्दैनन् जसलाई अल्लाहले अवतरित गरेको छ त उनै नै काफिर हुन् । (अल् माइदाः ४४) ।
यस श्लोकमा यो स्पष्ट छ किः अल्लाहले अवतरित गरेको विधान बाहेकद्वारा फैसला गर्नु कुफ्र हो, र यो कुफ्र (नास्तिकता) कहिले ठूलो कुफ्र हुन्छ जुन धर्मबाट निष्कासित गरिदिन्छ, त कहिले सानो कुफ्र हुन्छ जुन धर्मबाट निष्कासित गर्दैन, र यो हाकिमको अवस्था अनुसार हुन्छ, त यदि त्यसले यो आस्था राख्दछ कि अल्लाहले अवतरित गरेको विधानद्वारा फैसला गर्नु अनिवार्य छैन, र त्यसलाई यस कार्यमा स्वतन्त्रता प्राप्त छ, वा त्यसले अल्लाहको विधानलाई तुच्छ तुल्याएर यो धारणा राख्दछ कि यस बाहेकका विधान र कानूनहरू यसभन्दा राम्रो वा त्यसै समान छन्, वा अल्लाहका विधानहरू यस युगको लागि उपयुक्त छैनन्, वा अल्लाहले अवतरित गरेको विधान बाहेकद्वारा फैसला गरेर कपटी र काफिरहरूलाई राजी गर्न चाहन्छ भने यो ठूलो कुफ्र हो । र यदि त्यसको यो सिद्धान्त छ कि अल्लाहले अवतरित गरेको विधानद्वारा फैसला गर्नु नै अनिवार्य छ र यस समस्यामा फैसलागर्दा त्यसलाई यो थाहा थियो कि यो मान्छे दण्डको पात्र छ तर यस्तो फैसला गरेन, त यो पापी भयो र यसलाई सानो काफिर भनिन्छ । र यदि त्यसले यस समस्यामा प्रयास गरेर पनि अल्लाहको आदेश पाएन बरू त्यसबाट अनभिज्ञ नै रह्यो अनि फैसला गर्नुमा गल्ती गर्यो त यो मान्छे गल्ती गर्ने मान्छे हो जसलाई त्यसको प्रयासको प्रतिफल मिल्नेछ र त्यसको यो त्रुटि क्षमय छ । र यो विशेष समस्यामा गरिने फैसलाको बारेमा हो ।
र रह्यो आम समस्याहरूको फैसलाको हुकुम त त्यो यसबाट भिन्न हुन्छ, शैखुल इस्लाम इब्ने तैमियाको भनाई छः (त यदि हाकिम धार्मिक छ तै पनि त्यसले बिना ज्ञान फैसला गर्यो, त त्यो नर्कबासीमध्येको हुन्छ, र यदि त्यो ज्ञानी छ तै पनि त्यसले जानेको हक (सत्यता) विपरीत फैसला गर्यो त यो पनि नर्कबासीहरूमध्येको हुन्छ, र यदि बिना ज्ञान र बिना न्याय फैसला गर्यो त यस्तो मान्छे अरू उत्तम तरिकाले नर्कबासीहरूमा पर्नेछ । र यो त्यसबारे कुरा हो जब त्यसले कुनै व्यक्तिको समस्या र मामिलामा फैसला गरेको होस् ।
तर यदि त्यसले मुसलमानहरूको धर्मको बारेमा आम फैसला गर्छ अनि सत्यलाई असत्य ठहर गर्छ र असत्यलाई सत्य, र सुन्नतलाई बिदअत ठहर गर्छ र बिदअतलाई सुन्नत, र कुकर्मलाई सुकर्म ठहर गर्छ र सुकर्मलाई कुकर्म, र त्यसबाट रोक्दछ जसको अल्लाह र त्यसको रसूलले आदेश गरेका छन्, र त्यसको आदेश गर्छ जसबाट अल्लाह र त्यसको रसूलले रोकेका छन्, त यो अर्कै थरी हो जसबारे समस्त संसारको प्रतिपालक, र समस्त सन्देष्टाहरूको पूजनीय, प्रलयको दिनको स्वामी फैसला गर्नेछ जसको लागि आरम्भ र अन्तमा समस्त प्रशंसाहरू छन्ः फैसलाको अधिकार उसैलाई छ र तिमीसबै उसैतिर फर्काइने छाै । (अल् कससः ८८) ।
उही त हो जसले आफ्नो सन्देष्टालाई मार्गदर्शन र सत्यधर्म दिएर पठायो ताकि उसलाई समस्त धर्महरूमाथि अधिपत्य प्रदान गरोस्, र साक्षीको लागि अल्लाह नै पर्याप्त छ । (अल् फतहः २८) ।
अनि भनेका छन्ः (यस कुरामा कुनै सन्देह छैन कि जसले पनि यो आस्था राख्दैन कि जुन विधान अल्लाहले आफ्नो सन्देष्टामाथि अवतरित गरेका छन् त्यसै बमोजिम फैसला गर्नु आवश्यक छ त त्यो काफिर भयो, त जसले यस कुरालाई वैधानिक ठान्यो कि त्यो आफ्नो दृष्टिले जुन सही ठान्दछ त्यसै बमोजिम फैसला गर्छ र अल्लाहले उतारेको विधानको अनुशरण गर्दैन त त्यो काफिर भयो, किनकि कुनै पनि यस्तो समूह छैन जुन न्यायोचित तिरकाले फैसला गर्नुको आदेश नगरोस्, र कदाचित उनीहरूको धर्ममा त्यो कुरो नै न्याय होस् जुन त्यस धर्मका ठुलाबडाहरूको भनाई होस्, बरू यस्तै ती अत्याधिक मानिसहरू पनि गर्छन् जुन आफूलाई इस्लामसित संलग्न गर्छन् अर्थात उनीहरू आफ्ना ती परम्पराहरूद्वारा फैसला गर्छन् जसलाई अल्लाहले अवतरित गरेको छैन, जसरी गाउँलेहरूको परम्परा, र यसैलाई उनीहरूका अगुवाहरू पनि मान्दथे, र यो धारणा राख्दथे कि कुरआन र सुन्नतलाई त्यागेर यसैदवारा फैसला गर्नु उचित छ, त यो नै नास्तिकता हो, त कितपय मानिसहरू इस्लाम त कबूल गरे तर फैसला आफ्नो परम्परा अनुसार नै गर्छन् जुन उनीहरूको माझमा निरन्तर र प्रचलित छ जसको आदेश त्यसलाई मान्नेहरू गर्छन्, त यिनीहरूलाई जब यो थाहा भयो कि उनीहरूलाई मात्र त्यसद्वारा फैसला गर्नु जायज छ जसलाई अल्लाहले अवतरित गरेको छ, तै पनि उनीहरूले यस बमोजिम कार्य गरेनन्, बरू उनीहरूले यस कुरालाई जायज र ग्राह्य ठहर गरे कि अल्लाहले अवतरित गरेको विधान विरूद्धद्वारा फैसला गरून् त यिनै नै काफिर हुन्) कथन समाप्त भयो ।
र शैख मुहम्मद बिन इब्राहीमको भनाई छः (र त्यो जसको बारेमा यो भिनएको छ कि त्यो ठूलो कुफ्र नभइ सानो कुफ्र हो, त यसको उदाहरण यो हो कि कोही अल्लाह बाहेकतिर फैसला गराओस् यस धारणाको साथ कि यस्तो गरेर त्यो अल्लाहको अवज्ञा गरिरहेको छ, र योकि अल्लाहको फैसला नै सही छ, त यस्तो मान्छेबाट यस्तो कुकर्म एक आध पटक भइहाल्छ । तर जसले मानिसले बनाएको कानूनलाई प्राथमिकता दिन्छ र त्यसलाई अल्लाहको कानूनमाथि प्रधान मान्दछ, त यो नै प्रष्ट कुफ्र हो, यद्यापि तिनले यो भनुन्ः हामीले गल्ती गर्याैं र विधाताको फैसला नै सही र न्यायमा आधारित छ, त यो यस्तो कुफ्र हो जुन धर्मबाट निष्कासित गरिदिन्छ) ।
त उहाँले अंशिक फैसला जुन बारम्बार घट्दैन त्यसबीच र त्यस आम फैसलाबीच जुन समस्त वा अधिकांश हुकुमहरूमा लागू हुन्छ त्यसबीच भिन्नता दर्शाएका छन्, र यो स्पष्ट गरेका छन् कि यस्तो कुफ्र धर्मबाट निष्कासित गरिदिन्छ, किनकि जसले पनि इस्लामीय विधानबाट मुख फर्काइ मानवले बनाएको कानूनलाई त्यसको स्थानमा राख्यो त यो यस कुराको प्रमाण भयो कि त्यसको दृष्टिमा मानवले बनाएको कानून अल्लाहको विधानभन्दा उत्तम र राम्रो छ, र यसमा कुनै सन्देह छैन कि यो ठूलो कुफ्र हो जुन धर्मबाट निष्कासित गरिदिन्छ र यो एकेश्वरवाद विरोधी पनि छ ।
साताैं अध्यायः हलाल हराम र वैधानिक गर्ने अधिकारको दावी गर्नु
आदेशहरू वैधानिक गर्नु जस बमोजिन भक्तहरू पूजा अर्चना गरून् र आफ्नो समस्त आवश्यकता पूर्ण गरून् र समस्याहरूको समाधान गरून्, र जुन उनीहरूको विवाद र झगडाको समाधान र निवारण गरोस्, समस्त मानवगणको प्रतिपालक र सृष्टिहरूको स्रष्टाको अधिकार होः हेर सबै सृष्टि उसैको हो, र आदेश पनि उसैको चल्छ त्यो अल्लाह अति कल्याणकारी सर्वगुण सम्पन्न छ जुन समस्त ब्रह्माण्डको प्रतिपालक हो । (अल् अअराफः ५४)
उसैलाई थाहा छ जुन त्यसका भक्तहरूको लागि हितकर छ, त त्यो आफ्नो प्रतिपालक हुने ज्ञानद्वारा उनीहरूको लागि उनीहरूलाई सुहाउँदो निर्देशनहरू वैधानिक गर्छ, अनि उनीहरू त्यसको भक्तिको आधारमा त्यसमा कार्यरत हुन्छन्, र यसको भलाई उनीलाई नै प्राप्त हुन्छ, अल्लाहको फर्मान छः यदि तिमीहरूबीच कुनै कुरामा विवाद उत्पन्न भइहालोस् त यदि तिमीहरू अल्लाह र प्रलयको दिनमाथि आस्थावान छाैं भने त्यस विवादित कुरालाई अल्लाह र त्यसको रसूलतिर फर्काइदेऊ यो नै तिमीहरूको लागि लाभप्रद छ र परिणामको दृष्टिले पनि अति उत्तम छ । (अन्निसाः ५९)
र अल्लाहको फर्मान छः जुन कुरामा तिमीले विवाद गरेका छाैं त्यसको फैसला अल्लाहको जिम्मामा छ, उही अल्लाह मेरो प्रतिपालक हो । (अश्शूराः १०) ।
र पवित्र र महान अल्लाहले यस कुरालाई नकारेको छ कि भक्तहरू त्यस बाहेक कसै अरूलाई विधाता बनाउन्, त्यसको फर्मान छः के उनीहरूले अल्लाहका यस्ता साझेदार बनाएका छन् जिनले उनीहरूको लागि यस्तो धर्म निर्धारित गरिदिएका छन् जसको अनुमति (आदेश) अल्लाहले दिएको छैन । (अश्शूराः २१) ।
त जसले पनि अल्लाहको विधान बाहेक कुनै अन्य विधानलाई कबूल गर्यो त त्यसले महान अल्लाहसंग साझेदार ठहरायो, र जुन पूजालाई अल्लाह र अल्लाहका रसूलले वैधानिक गरेका छैनन् त्यो बिदअत हो, र प्रत्येक बिदअत पथभ्रष्टता हो, रसूल सल्लल्लाहो अलैहे वसल्लमको फर्मान छः जसले हाम्रो यस धर्ममा कुनै यस्तो नाैलो कुराको अविष्कार गर्यो जुन त्यसमध्येबाट होइन त त्यो अमान्य छ । (यस हदीसलाई बुखारी र मुस्लिमले वर्णन गरेका छन्), र अर्को हदीसमा छः (जसले कुनै यस्तो कार्य गर्यो जसलाई गर्ने हामीले आदेश गरेका छैनाैं त त्याे कार्य अस्वीकृत छ) (यसलाई मुस्लिमले वर्णन गरेका छन्) त जस कुरालाई राजनीति वा मानिसहरूबीच निर्णय गर्ने सन्दर्भमा अल्लाह र त्यसका रसूलले वैधानिक गरेका छैनन्, त्यो तागूत र अनभिज्ञताको निर्णय हो । के उनीहरू फेरि अज्ञानताका निर्णय चाहन्छन्, र आस्थावानहरूको लागि अल्लाहको फैसलाभन्दा राम्रो अरू कसको फैसला हुनसक्छर ? (अल् माइदाः ५०)।
र यस्तै हलाल हराम (वैध अवैध) गर्ने अधिकार पनि अल्लाहकै हो, कसैको लागि यस कुरामा पनि अल्लाहको सहभागी हुनु जायज छैन, अल्लाहको फर्मान छः जुन जनावरमाथि अल्लाहको नाम लिइन्न त्यसलाई नखानु किनकि यो अवज्ञा हो, र शैतानहरू त यस्ता कुराहरू आफ्नो मित्रहरूको हृदयमा हालिदिन्छन् ताकि उनी तिमीहरूसित झगडा गरून्, र यदि तिमी उनीहरूको भनाई अनुसार हिँड्दछाै भने तिमीहरू बहुदेववादी हुनेछाै । (अल् अनआमः १२१),
जस कुरालाई अल्लाहले हराम गरेको छ त्यसलाई शैतान र त्यसका साथीहरूद्वारा हलाल गर्ने कार्यमा उनीहरूको अनुपालन गर्नुलाई महान अल्लाहले बहुदेववाद ठहर गरेका छन्, त यस्तै जसले पनि विद्वान र अगुवाहरूको ती कुराहरूलाई हराम गर्ने कुरामा अनुपालन गर्छ जसलाई अल्लाहले हलाल गरेका छन् वा जसलाई अल्लाहले हराम गरेका छन् त्यसलाई हलाल गर्ने कार्यमा त यस्तो मान्छेले यिनीहरूलाई अल्लाह बाहेक पालनहार बनाएको छ, किनकि अल्लाहको फर्मान छः यिनीहरूले अल्लाहलाई छाडी आफ्ना पादरी र सन्तहरू र मरियमको छोरा मसीहलाई आफ्नो पालनहार बनाए, जबकि यिनीहरूलाई मात्र एक एकलै अल्लाहकै उपासनाको आदेश दिइएको थियो, जस बाहेक कोही सत्य पूजनीय छैन, ऊ उसको साझेदार ठहराउने कार्यबाट मुक्त छ । (अत्ताैबाः ३१) ।
र हदीसमा छ कि नबी सल्लल्लाहो अलैहे वसल्लमले यस श्लोकको पाठन अदी बिन हातिम अत्ताइ रजिअल्लाहो अन्होमाथि गरे, त उनले भनेः हे अल्लाहका रसूल, हामी उनीहरूको पूजा गर्दैनाैं, त रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः के कुरो यस्तो छैन कि उनीहरू तिमीहरूको लागि त्यो कुरो हलाल (ग्राह्य) गरिदिन्छन् जसलाई अल्लाहले हराम (निषेधित) गरेको छ अनि तिमीहरू पनि त्यसलाई हलाल ठानिहाल्दछाै, र अल्लाहले हलाल गरेको कुरालाई हराम ठहर गरिदिन्छन् अनि तिमीहरू पनि त्यसलाई हराम ठानिहाल्दछाै ? त (हातिमले) भनेः हो, कुरो यस्तै छ, त नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः त यो नै उनीहरूको पूजा गर्नु हो । (यसलाई तिर्मिजी र इब्ने जरीर र उनी दुवै बाहेक अन्य विद्हरूले वर्णन गरेका छन्) ।
त उनीहरूको अल्लाह बाहेक हलाल हराम गर्ने कुरामा अनुपालन गर्नु उनीहरूको पूजा गर्नु र अल्लाहको साझेदारी ठहराउनु भयो, र यो ठूलो (शिर्क) बहुदेववाद हो जुन त्यस एकेश्वरवादको विरोधी कुरो हो जुन लाइलाहा इल्लल्लाहको साक्ष्य बस्नुको मूल अर्थ हो, यसर्थ यस साक्ष्यको अर्थमध्ये हो किः हलाल र हराम गर्ने अधिकार मात्र अल्लाहको हो, त जब यो ती विद् र तपस्सवीहरूको अनुपालन गर्नुको हुकुम हो जब उनी अल्लाहको विधान विपरीत यस्तो गर्छन् र त्यसलाई यसको विरोधी हुने कुराको ज्ञान छ, जबकि उनीहरू धर्म र ज्ञान नजिक हुन्छन्, र कदाचित उनीहरूले यस कार्यमा गल्ती गरेका होउन् र सत्यता उनीलाई नमिलेको होस्, र उनी यस प्रयासमा प्रतिफलको हकदार होउन्, त त्यसको के अवस्था हुन्छ यिनीहरूको दाँजोमा जुन मानिसहरू मानवले बनाएका विधान र कानूनको अनुपालन गर्छन् जसलाई कम्युनिष्टहरू र काफिरहरूले बनाएका छन्, र यस्ता कानूनहरूलाई मुस्लिम राष्ट्रहरूमा ल्याएर त्यसै बमोजिम मुस्लिमहरूबीच फैसला गर्छन् ? यसर्थ अल्लाहको शक्ति बाहेक कतै शरणको ठाउँ छैन ।
त यस्तै काफिरहरूले अल्लाह बाहेक अरूलाई आफ्नो प्रतिपालक बनाएका छन् जुन उनीहरूको लागि आदेशहरू संचालित गर्छन, र हरामलाई उनीहरूको लागि हलाल गर्छन्, र सृष्टिबीच निर्णय गर्छन् ।
आठाैं अध्यायः अनभिज्ञ समूहहरू र नास्तिक धर्महरूसित संलग्नता अपनाउनु
नास्तिक समूहहरूसित जसरी कम्युनिष्ट, सेकुलिर्ज्म, पूंजिवाद आदि नास्तिक समूहहरूसित सम्बन्ध गाँस्नु, इस्लामबाट मुर्तद (निस्कनु) हो, त यदि यी समूहहरूसित संलग्न मान्छे मुसलमान हुने दावी गर्छ त यो ठूलो कपट हो, किनकि कपटीहरू जाहेरमा इस्लामसित नै संलग्न हुन्छन् तर गोप्यमा काफिरहरूको साथमा हुन्छन्, जसरीकि उनीहरूको सम्बन्धमा अल्लाहले भनेका छन्ः र जब यिनीहरूको भेट, ईमानवालाहरूसँग हुन्छ त भन्दछन् हामी पनि आस्थावान हौं र जब आफ्ना ठूला बडाहरूकहाँ पुग्दछन् त भन्दछन् कि हामी त तिम्रो साथमा छौं, हामी त उनीहरूसँग मात्र ठट्टा गर्दछौं । (अल् बकरः १४) ।
र अल्लाहको फर्मान छः यिनीहरूले तिम्रो परिणाम हेरिराखेका हुन्छन्, फेरि यदि अल्लाहको तर्फबाट तिमीलाई विजय प्राप्त हुन्छ भने तिनीहरू भन्दछन कि के हामी तिम्रो साथमा थिएनौ । र यदि काफिरहरूलाई अलिकति वर्चस्व प्राप्त हुन्छ भने तिनीहरूसित भन्दछन् कि के हामीले जीत प्राप्त गर्न लागेका थिएनौ र के तिमीहरूलाई हामीले मुसलमानहरूबाट बचाएका थिएनौ ? (अन्निसाः १४१) ।
त यिनी क्षली कपटीहरू हुन्, जिनमध्ये प्रत्येकको दुई अनुहार हुन्छः जसमध्ये एउटा अनुहारद्वारा आस्थावानहरूसित भेट्दछन्, र अर्कोद्वारा आफ्ना नास्तिक भाइहरूसित भेट्दछन्, र यस्तो व्यक्तिसित दुई जिब्रो पनि हुन्छ जसमध्ये एउटा जाहेरी जिब्रो हुन्छ जसद्वारा मुसलमानहरूसित कुरा गर्छन्, र अर्को उनीहरूको लुकेको रहस्यबारे व्याख्या गर्छः र जब यिनीहरूको भेट, ईमानवालाहरूसँग हुन्छ त भन्दछन् हामी पनि आस्थावान हौं र जब आफ्ना ठूला बडाहरूकहाँ पुग्दछन् त भन्दछन् कि हामी त तिम्रो साथमा छौं, हामी त उनीहरूसँग मात्र ठट्टा गर्दछौं ।
त उनीहरूले कुरआन हदीसबाट मुख फर्काए त्यसलाई मान्नेहरूलाई अपमानित गर्ने र उनको उपहास गर्ने उद्देश्यले, र दुवै वह्यको अनुशरण गर्नुबाट मुख फर्काए, त्यसबाट प्रसन्न भएर जुन उनीसित ज्ञान छ जुन ज्ञान अभिमान र बुराईमा वृद्धि बाहेक केही लाभ दिदैन, त तपाई उनीहरूलाई सदैंव साक्षात वह्यको उपहास गर्दा नै पाउनु हुन्छः अल्लाहले पनि तिनीहरूको (कपटीहरूको) उपहास गर्दछ र तिनीहरूलाई छुट दिइराखेको हुन्छ, जसलेगर्दा तिनीहरूको अट्टेरिपन र बहकावट अरु बढाइदिन्छ ।
र अल्लाहले आस्थावानहरूसित संलग्न हुने आदेश गरेको छः हे ईमानवालाहरू ! अल्लाहसँग डर मान्नेगर र सत्यवादीहरूको संगतमा रह । (अत्ताैबाः ११९) ।
त यी नास्तिक धारणाहरू आपसमै संघर्षरत हुन्छन्, किनकि सबै असत्यमा आधारित छन्, यसर्थ कम्युनिज्म महान अल्लाहको स्रष्टा हुने कुराको इन्कार गर्छ, र आकाशिय धर्महरूसित संघर्षरत रहन्छ, र को छ जुन यस कुराबाट सहमत होस् कि त्यो बिना कुनै सिद्धान्त जीवन व्यतीत गरोस्, र यो कम्युनिज्म सबैले मानिसकेको विश्वासनीय र मनोवैज्ञानिक कुराहरूको इन्कार गर्छ, जसकारण यो मनीषलाई नै स्थगित गरिदिन्छ । र रह्यो इलमानीयह (सेकुर्लिज्म) को कुरो, त यो धर्मको नै इन्कार गर्छ, र मात्र भाैतिकवादमा नै निर्भर छ जसको कुनै अन्त हुँदैन यस बाहेक कि त्यो सबैलाई पशुजस्तो जीवन व्यतीत गर्नुतिर लैजान्छ ? र रह्यो कुरो पूंजीवादको त यसको समस्त प्रयास सम्पत्ति थुपार्नु नै हुन्छ चाहे त्यो वैधानिक तरिकाद्वारा जम्मा गरियोस् वा अवैधानिक तरिकाले, र यसमा निसहाय र असमर्थहरूको लागि कुनै सहानुभूति र स्नेह हुँदैन, र यसको अर्थतन्त्रको आधार सूदव्याजमाथि हुन्छ जुनकि अल्लाह र त्यसको सन्देष्टासित युद्ध सरह छ, र जसद्वारा सर्वसाधारण र राष्ट्रहरूलाई बर्बाद गरिन्छ, र गरिब समूहहरूको रगतको अवशोषण गरिन्छ, र कुन बुद्धिमान त्यस मान्छे बाहेक जसमा कण बरोबर पनि आस्था हुन्छ, यस कुराबाट राजी हुन्छ कि आफ्नो धर्म र मनीषलाई त्यागेर यससित संलग्न भइ आफ्नो जीवन व्यतीत गरोस्, जसमा कुनै शुद्ध उद्देश्य पनि छैन जसको प्राप्तिको त्यो आशान्वित होस्, र त्यसलाई पाउनको लागि प्रयत्नशील रहोस्, तर यी धारणाहरूले मुसलमान राष्ट्रहरूमाथि आक्रमण गर्न थाले जब त्यहाँ अधिकांश क्षेत्रहरूबाट सत्य धर्म लुप्त भयो, र त्यो विनाशमा ग्रस्त भयो, र अरू अधीन जीवन व्यतीत गर्न थाल्यो ।
त अनभिज्ञतापूर्ण समूह र जातिवादसित संलग्नता नै नास्तिकता र इस्लामबाट विमुख हुनु हो, किनकि इस्लाम अनभिज्ञतापूर्ण दावी र वंशीयपक्षपात एवं कट्टरवादलाई अस्वीकृत गर्छ, अल्लाहको फर्मान छः हे मानिसहरू ! हामीले तिमीसबैलाई एउटै पुरुष र एउटी स्त्रीबाट सृष्टि गर्यौं र तिमीलाई जातविरादरी र कबिलाहरू (समूहरू) को रूप दियौं, ताकि तिमीले एक अर्कालाई चिन्न सक । (वास्तवमा) अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित त्यो हो जो कि तिमीहरूमध्ये (अनुचित कर्मबाट) बढी भय गर्नेवाला हुन्छ । (अल् हुजुरातः १३) ।
र नबी उहाँमाथि अल्लाहको प्रशान्ति अवतरित होसले भनेका छन्ः हामीमध्येको त्यो व्यक्ति होइन जुन पक्षपाततिर आह्वान गरोस्, र हामीमध्येको त्यो होइन जुन पक्षपातको आधारमा युद्ध गरोस्, र हामीमध्येको त्यो होइन जुन पक्षपातलेगर्दा क्रोधित होस् । (यसलाई तिर्मिजीले र उनी बाहेक अरू विद्हरूले वर्णन गरेका छन् ।)
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भएको छः निःसन्देह अल्लाहले तिमीहरूबाट अनभिज्ञताको फोहोरलाई र वंशमाथि अभिमान गर्ने कुरालाई स्वच्छ पारिदिएको छ, यसर्थ याता मान्छे सत्यनिष्ठ आस्थावान हुन्छ वा कुकर्मी पापी, समस्त मानिसहरू आदमका सन्तान हुन्, र आदम माटोद्वारा सृष्टि गरिएका हुन्, र कुनै अरबीलाई कुनै गैर अरबीमाथि संयम (तक्वा) बाहेक कुनै कुराद्वारा प्रधानता प्राप्त छैन । (यसलाई मुस्लिमले वर्णन गरेका छन्) ।
र यी समूहहरूको सृजना गर्नु मुसलमानहरूलाई विभाजित गर्नु हो, जबकि अल्लाहले मुसलमानहरूलाई एकमत रहनु र भलाईको कार्यमा एकअर्काको सहायता गर्नुको र विवाद र विभाजनबाट रूक्नुको आदेश गरेका छन्, र अल्लाहको फर्मान छः सबै मिलेर अल्लाहको डोरीलाई दृढतापूर्वक समातिराख्नु र विभाजित नहुनु र अल्लाहको त्यस अनुकम्पालाई यादगर कि जब तिमी एक अर्काको शत्रु थियौ, त उसले तिम्रा हृदयहरूमा प्रेमको सृजना गर्यो र उसको कृपाले तिमीहरू आपसमा भाइ–भाइ भइहाल्यौ । (आले इम्रानः १०३) ।
निःसन्देह अल्लाह हामीसित चाहन्छ कि हामी एउटै समूह बनिरहाैं जुन अल्लाहको सफलताप्राप्त समूह होस्, तर जहिलेदिख युरोपले इस्लामीय विश्वमाथि सामाजिक र सांसकृतिक आक्रमण गरेको छ त्यति बेलादेखि नै इस्लामीय संसार (राष्ट्रहरू) ले रगतीय, राष्ट्रीय र नागरिकीय पक्षपातलाई समर्पण गरिहाले, र यसमाथि उनीहरूको यस्तो विश्वास भयो मानो यो सटीक वास्तविकता हो, र यस्तो वास्तविकता हो जसबाट मुख फर्काउन सकिन्न, अनि त्यसलाई त्यसको जातिवादले यस्ता पक्षपातलाई जीवित गर्नुमा उत्साहित गर्छ जसलाई इस्लामले निर्मूल गरिसकेको थियो र त्यसको विशेषता वर्णन गर्नुमा र त्यसमाथि गर्व र अभिमान गर्नुमा उत्साहित गर्छ जुन इस्लामभन्दा अघि नै बितिसकेको छ, र यसैलाई इस्लामले अनभिज्ञताको नामले नामाकरण गरेको छ, र निश्चितरूपले अल्लाहले मुसलमानहरूलाई यसबाट निस्कनुमा प्रोत्साहित गरेको छ र यस अनुकम्पामाथि त्यस अल्लाहको आभार प्रकट गर्नुमा उत्साहित गरेको छ ।
र प्रकृतिक ताैरले मुसलमानलाई चाहियो कि अनभिज्ञकालका कुराहरूलाई स्मरण नगरोस् चाहे त्यो समय बितेको धेरै दिन भइसकेको होस् वा थोरै, तर त्यसलाई अप्रिय ठान्दै वा त्यसमाथि क्रोधित हुँदै त्यसलाई स्मरण गर्न सक्छ जसरी त्यो त्यस समयलाई स्मरण गरोस् जब त्यसलाई कैदी बनाइएर त्यसमाथि नानाथरीका अत्याचार गरिन्थ्यो अनि त्यसको राैं त्यसलाई स्मरण गरेर कम्पित भइहालोस्, र जुन सुकै मान्छेले जब त्यस समयलाई याद गर्छ जस समय त्यो कुनै यस्तो व्यथामा थियो कि त्यसलाई मृत्यु नजिकै देखिन्थ्यो अनि जब त्यसको त्यो व्यथा संचो भयो त त्यसलाई स्मरण गरेर त्यसको अवस्थामा सुधार आउँछ र त्यसको जीवनशैली परिवर्तित भइहाल्छ? र अनिवार्य यो छ कि यो जानियोस् कि यी विभाजनहरू यातना हो जसलाई अल्लाह ती मानिसहरूमाथि अवतरित गरिदिन्छ जुन त्यसको विधानबाट मुख फर्काउँछन् र त्यसको धर्मलाई नकारिदिन्छन्, जस्तो कि अल्लाहको कथन छः (हे नबी) तपाई भन्नुस् कि तिमीमाथि तिम्रा माथिबाट वा खुट्टा मुनिबाट कुनै सजाय पठाउन ऊ सक्षम छ, अथवा तिमीहरूलाई विभिन्न समूहमा विभाजित गरी झगडा गराइहालोस् र तिम्रो आपसको भिडन्तको स्वाद चखाइहालोस् ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भएको छः र जिनका अगुवाहरू अल्लाहको ग्रन्थको माध्यमले फैसला गर्दैनन् त अल्लाह उनीहरूलाई आपसमै संघर्षरत गरिदिन्छ । (एउटा हदीसको अंश जसलाई इब्ने माजाले वर्णन गरेका छन्) ।
निःसन्देह जातीय र सामूहिक पक्षपात नै त्यो प्रमुख कारण हुन्छ जसलेगर्दा व्यक्ति अरूसित भएको सत्यतालाई मान्दैन, जसरी कि यहूदीहरूको अवस्था छ जिनको बारेमा अल्लाहले यो भनेको छः र, जब तिनीहरूसित भनिन्छ कि अल्लाहले प्रदान गरेको किताबमाथि आस्था राख, त भन्दछन् कि जुन ग्रन्थ हामीमाथि उतारिसकिएको छ, त्यसमाथि हाम्रो आस्था छ । जबकि त्यसभन्दा पछिल्लो (किताब) जुन कि सत्य हो र तिनको (किताब तौरातको) पुष्टि गर्दछ, त्यससंग अनास्था राख्दछन् । (अल् बकरः ९१) ।
र अनभिज्ञकालमा भएकाहरू झैं, जिनले आफ्नो पूर्वजहरूको पक्षपातको कारण त्यस सत्यतालाई कबूल गर्नुलाई अस्वीकृत गरे जस सत्यतालाई लिएर रसूल सल्लल्लाहो अलैहे वसल्लम उनीहरू सामु आएका थिएः र जब उनीहरूसित भनिन्छ कि त्यसको अनुशरण गर जसलाई अल्लाहले अवतरित गरेको छ त उनी भन्छन् बरू हामी त त्यसको अनुशरण गर्नेछाैं जसमाथि आफ्नो बाबु बाजेलाई पाएका छाैं । (अल् बकरः १७०) ।
त यी समूहवालाहरू यो चाहन्छन् कि यस विभाजनलाई इस्लामको स्थानमा राखुन् जुन इस्लामद्वारा अल्लाहले समस्त मानवतालाई अनुकम्पित गरेको छ ।
नव्वाैं अध्यायः जीवनलाई भाैतिक दृष्टिले हेर्नु र यस्तो दृष्टिकोणका हानिहरू
जीवनशैलीका दुई दृष्टीकोणहरू छन्, एउटा भाैतिकवादीय दृष्टि, र अर्को सही दृष्टि र धारणा, र यी दुवैमध्ये प्रत्येकको प्रभाव पनि हुन्छः
त जीवनको भैतिकवादीय दृष्टि (धारणा) को अर्थ होः
कि मान्छेको पूर्ण ध्यान शीघ्रतम भोगविलासको प्राप्ति होस्, र त्यसको कर्म यसैमा केन्द्रित होस्, यसर्थ यस पश्चात परिणाम के कस्तो हुन्छ त्यसबारे नत त्यो सोचोस् नत त्यसको लागि कर्म नै गरोस् नत त्यसलाई कुनै महत्व देओस्, नत त्यसलाई यो नै थाहा होस् कि अल्लाहले यस संसारिक जीवनलाई परलाैकिक जीवनको खेती बनाएको छ, यसर्थ यस संसारलाई कर्मभूमि बनाएको छ, र परलोकलाई प्रतिफल पाउने स्थान, त जसले यस संसारिक जीवनलाई उपयोगी बनाइ यसमा सुकार्य गर्यो त्यो दुवै ठाउँमा (संसार र परलोकमा) सफलता प्राप्त गर्यो, र जसले आफ्नो संसारीय जीवनलाई विनष्ट गर्यो त्यसको परलाैकिक जीवन पनि बर्बाद भयोः उनीहरूले संसार पनि गुमाए र आखिरत पनि, यही हो खुल्ला घाटा । (अल् हज्जः ११) ।
त अल्लाहले यस संसारलाई निर्रथक सृष्टि गरेको छैन, बरू यसलाई विशाल तत्वदर्शिताको उद्देश्यले सृष्टि गरेको छ, अल्लाहको फर्मान छः जसले मृत्यु र जीवनलाई यसकारण सृष्टि गरेको छ, कि तिम्रो परीक्षा गरोस् कि तिमीमध्ये राम्रो काम को गर्दछ । (अल् मुल्कः २) ।
र अल्लाहको फर्मान छः जुन कुरो धर्तीमा छ, हामीले त्यसलाई धर्तीको निम्ति शोभाको कुरो बनाएका छौं, ताकि मानिसहरूको परीक्षा गर्न सकौं, कि तिनीहरूमध्य को राम्रो कर्म गर्नेवाला छ । (अल् कहफः ७) ।
अल्लाहले यस संसारिक जीवनमा जेजति शीघ्रतम आनन्दका साधनहरू अविष्कार गरेको छ जसरी जाहेरी शोभाको रूपमा माल सन्तान, दर्जा सत्ता आदि आनन्दका साधनहरू जसको जानकारी अल्लाह बाहेक कसैलाई छैन ।
त अत्याधिक मानिसहरूले आफूलाई यसै नाशवान र जाहेरी आनन्दका साधनहरूमा सीमित गरे, र आफ्नो जीउलाई यसैद्वारा आनन्दित गरे, तर त्यसको रहस्यबारे सोचेनन्, त त्यसले त्यस पश्चात आउने जीवनको बारेमा नसोचिकन् यसै संसारिक शोभालाई प्राप्त गर्नुमा र त्यसबाट आनन्दित हुनुमा व्यस्त रहे, बरू कदाचित त्यसले त यस जीवन बाहेक जीवनको इन्कार नै गर्यो, जसरी कि अल्लाहको भनाई छः र तिनीहरू भन्दछन् कि हाम्रो जो संसारिक जीवन छ, यही नै वास्तविक जिन्दगी हो, (मृत्यु पश्चात) फेरि हामी जीवित पारिने छैनौं । (अल् अनआमः २९) ।
र जीवनको बारेमा जसको यस्तो धारणा होस् त्यसलाई अल्लाहले सचेत गरेको छ, यसर्थ अल्लाहको भनाई छः जसले हामीसँग साक्षात्कार हुने कुरामा आशा राखदैनन् र सांसारिक जीवनमा सन्तुष्ट छन् र हाम्रा निशानीहरूतिर ध्यान दिईराखेका छैनन् । तिनीहरूको बासस्थान, तिनीहरूको क्रियाकलापको कारण, नर्क (हुने) छ । (यूनुसः ७, ८) ।
र अल्लाहको फर्मान छः जुन मानिसहरूले सांसारिक जीवन र यसका आकर्षक कुराहरूको लागि मरिमेटछन् हामीले उनीहरूको सबै कर्महरूको प्रतिफल तिनीहरूलाई संसारमा नै दिन्छौ र यसमा हामीले कुनै कमी गर्दैनौ । यिनै ती मानिसहरू हुन् जसका निम्ति परलोकमा नर्कको आगो बाहेक अरु केही छैन, र जुन कर्म तिनीहरूले संसारमा गरे सबै बर्बाद र जेजति तिनीहरूले गर्दैगरे सबै निरर्थक हुनेवाला छन् । (हूदः १५, १६) ।
र यो श्राप र धम्की ती समस्त मानिसहरूलाई शामेल छ चाहे उनी परलोकको कर्मद्वारा संसारिक जीवनको अभिलाशी होउन्, जसरी कपटी र आडम्बर गर्नेहरू, वा ती काफिरहरूमध्येका होउन् जुन नत पूनर्जन्ममाथि विश्वास राख्दछन् नत हिसाब किताबमाथि, जसरी अनभिज्ञकालमा भएकाहरू र विनाशकारी कम्युनिष्ट र पूँजीवाद जस्ता धर्महरू र अधर्मी इलमानीहरू, त यिनीहरूलाई नत पूाजीवाद र कम्युनिष्ट एवं अधर्मीय आस्तिकवादको ज्ञान छ, नत यिनीलाई जीवनको महत्वको ज्ञान छ, त उनीहरू जीवनलाई जनावर झैं हेर्दछन्, बरू यिनीहरू त ती जनावरहरूभन्दा पनि पथभ्रमित छन्, किनकि यिनीहरूले आफ्नो मनीषलाई स्थगित गरे र आफ्नो शक्तिलाई बर्बाद पारे, र आफ्नो समयलाई यस्ता कुराहरूको प्राप्तिमा नष्ट गरे जुन उनीहरूको लागि बाँकी रहने छैन, र नत उनीहरू नै त्यसको लागि बाँकी रहने छन्, त उनीहरूले त्यस निश्चित बासस्थानको (परिणामको) लागि कुनै कार्य गरेनन् जुन उनीहरूको प्रतिक्षामा छ ।
तर जनावरको कुरो बेग्लै छ किनकि उनीहरूको प्रतिक्षामा कुनै परिणाम छैन, नत उनीसित बुद्धि नै छ कि त्यसबाट सोचविचार गरून् यी मानिसहरू प्रतिकूल, र यसै कारण अल्लाहले भनेका छन्ः के तपाईले यही सोच्नुहुन्छ कि उनीहरूमध्ये धेरैले सुन्दछन्, र बुझ्दछन् ? उनीहरू त एकदम चौपायाहरू जस्तै छन्, बरु तिनीहरूभन्दा पनि धेरै पथभ्रष्ट । (अल् फुर्कानः ४४) ।
त अल्लाहले यस्तो धारणा राख्ने मानिसहरूलाई अज्ञानी हुने विशेषताले विशेषित गरेका छन्, अल्लाहको फर्मान छः यो अल्लाहको वाचा हो, अल्लाहले आफ्नो वाचाको उल्लङ्घन गर्दैन ! किन्तु अधिकांश मानिसहरूले बुझ्दैनन् । उनीहरूले त सांसारिक जीवनका केवल वाह्यरूप जान्दछन् । र आखिरत (अन्तिमदिन) बाट बिल्कुलै असावधान छन् । (अर्रूमः ६, ७) ।
त उनीहरू यद्यापि टेक्नालोजीको अविष्कारमा र निर्माण कार्यमा अनुभवी छन् तै पनि उनी यस योग्य छैनन् कि उनीहरूलाई ज्ञानको विशेषताले विशेषित गरियोस्, किनकि उनीहरूको ज्ञान संसारिक जीवनको जाहेरीसीमाभन्दा अघि बढ्दैन, र यो अपूर्ण ज्ञान हो जसलाई अपनाउनेहरू यस योग्य छैनन् कि उनीलाई ज्ञानी जस्तो आदरणीय विशेषताद्वारा सम्मानित गरियोस्, त विद् र ज्ञानी त्यसलाई भनिन्छ जुन अल्लाहको बारेमा ज्ञानी हुनुको साथै त्यसबाट अत्याधिक भय मान्नेवाला पनि होस्, जस्तोकि अल्लाहको भनाई छः र अल्लाहसित उसका तिनै सेवकहरू अत्याधिक डर मान्छन् जो ज्ञानी छन् । (फातिरः २८) ।
र संसारिक जीवनको भाैतिकवादमध्ये त्यो पनि हो जसलाई अल्लाहले कारूनको कथामा वर्णन गरेको छ, र जुन अल्लाहले त्यसलाई खजानाहरूबाट दिएको थियोः अनि कारून आफ्नो समुदायको अगाडि पूरै सजधजको साथ निस्क्यो, त सांसारिक जीवन रुचाउनेहरूले भन्नथालेः कि ‘‘कारूनले’’ पाएको जस्तो, हामीले पनि पाएको भए राम्रो हुनेथियो, यो त बडो भाग्यमानी रहेछ । .अल् कससः ७९) ।
त उनीहरूले त्यससित ईर्ष्या नगरिकन् त्यसै जस्तो पाउने आशा गरे, र आफ्ना भाैतिकवादीय दृष्टिको कारण त्यसलाई भाग्यवान ठाने, र यस्तै अवस्था वर्तमानमा काफिर राष्ट्रहरूको छ यद्यापि उनीहरू निर्माणकार्य र टेक्नालोजीमा उन्नतीशील छन्, त केही कम्जोर आस्था राख्ने मुसलमानहरू उनीहरूको अवस्थालाई रोजाइको दृष्टिले हेर्दछन् र उनीहरूको नास्तिकतालाई हेर्दैनन् नत उनीहरूको त्यस दुखद परिणामलाई नै हेर्दछन् जुन उनीहरूको प्रतिक्षामा छ, त उनीहरूको यो गल्त दृष्टि उनीहरूलाई काफिरहरूको आदर र सम्मान गर्नुमा उत्साहित गरिदिन्छ, तर उनी उनीहरूको परिश्रम र शक्ति निर्माण र हितकर कुराहरूको अविष्कारको क्षेत्रमा उनीहरूको (काफिरहरूको) अनुशरण गर्दैनन्, जस्तो कि अल्लाहको कथन छः तिमी सकेसम्म उनीहरूको मुकाबिलामा जति शक्ति जुटाउन सक्छाै जुटाऊ । (अल् अनफालः ६०) ।
जीवनप्रति दोस्रो दृष्टिः सही दृष्टि
र त्यो हो किः मान्छे यस संसारमा भएका समस्त सुख सामग्री जसरी धन, सत्ता र भाैतिक साधनहरूलाई परलोकको लागि कार्यन्वित गरोस् ।
यसर्थ वास्तवमा स्वयम् संसारलाई घृणित मानिदैन, बरू घृणित र प्रशंसनीय त मान्छेद्वारा त्यसमा गरिएको कर्म नै हुन्छ, किनकि त्यो नै परलोकसम्म पुग्ने पुल हो, र त्यसैद्वारा स्वर्गमा जाने साधनको सृजना गरिन्छ, र जुन आनन्दमय कुराहरू स्वर्गबासीहरू प्राप्त गर्नेछन् त्यो त्यसैको प्रतिफल हुनेछ जसलाई उनीहरूले संसारमा कमाएका थिए ।
त यो संसार संघर्ष गर्ने, नमाज व्रत कायम गर्ने, अल्लाहको मार्गमा खर्च गर्ने, र सुकार्यमा प्रतिस्पर्धा गर्ने ठाउँ हो ।
अल्लाहको फर्मान छः ((उनीहरू सित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मज्जासित खाऊ र पिऊ ।) (अल् हाक्काः २४) । अर्थात संसार ।
दशाैं अध्यायः ताबिज र झाडफूँक गर्नुबारे
अर्रुका (झाडफूँक)
अरबी शब्द रूकियाको बहुबचन हो जसको अर्थ होः बेहोशी, ज्वरो... आदिबाट बाँच्नुको लागि जुन झाडफूँक गरिन्छ, र जसलाई अजाइम भनिन्छ, र यसको दुई थरी छः
पहिलो थरीः जुन बहुदेववादमुक्त होस्, अर्थात रोगीमाथि कुरआनबाट केही पढियोस्, वा अल्लाहका नाम र विशेषताहरूद्वारा त्यसलाई शरण दिलाइयोस्, त यस्तो गर्नु जायज छ, किनकि नबी सल्लल्लाहो अलैहे वसल्लमले यस्तो झाडफूँक गरेका छन् र रूकिया गर्ने आदेश गरेका छन् र यसलाई वैधानिक गरेका छन्, त औफ बिन मालिकको वर्णन छ किः हामी अनभिज्ञकालमा झाडफूँक गर्दैगर्थ्याैं, त हामीले भन्याैंः हे अल्लाहका रसूल, यसबारे तपाईको के विचार छ ? त उहाँले भन्नु भयोः म समक्ष आफ्ना झाडफूँक गर्ने कुरालाई प्रस्तुत गर, र त्यस छाडफूँकमा कुनै आपत्ति छैन जसमा बहुदेववादीय कुरा नहोस् । (यसलाई मुस्लिमले वर्णन गरेका छन्) ।
इमाम सुयूतीको भनाई छः र विद्हरू यस्तो झाडफूँकको वैधानिक हुने कुरामा एकमत छन् जसमा निम्नका तीन शर्तहरू पाइउन्ः यो कि त्यो अल्लाहको कलाम (वाणी) द्वारा गरियोस्, वा त्यसका नाम र विशेषताहरूको माध्यमले गरियोस्, र यो कि त्यो अरबी भाषामा होस् र त्यसको अर्थ बुझियोस्, र यो कि यो आस्था राखियोस् कि यो झाडफूँक आफै प्रभावशाली हुँदैन, बरू अल्लाहको आदेशले प्रभावशाली हुन्छ, र यसको तरिका यो हो किः पढेर मान्छेमाथि थुकको साथ फूँकियोस्, वा पढेर पानीमा फूँके पश्चात त्यो पानी रोगीलाई पिलाइयोस्, जस्तोकि हजरत साबित बिन कैसको यस हदीसबाट प्रमाणित छ किः नबी सल्लल्लाहो अलैहे वसल्लमले बतहान नामक स्थानको माटो लिनु भयो, अनि त्यसलाई एउटा कचाैरामा राख्नु भयो, अनि त्यसमाथि पानीद्वारा फूँक्नु भयो, अनि त्यसलाई त्यस रोगीमाथि हाल्नु भयो । (यसलाई अबू दाऊदले वर्णन गरेका छन् ।)
दोस्रो थरीः जुन बहुदेववादबाट मुक्त नहोस्ः र यो त्यो झाडपूँक हो जसमा अल्लाह बाहेकसित सहायता लिइयोस् अर्थात अल्लाह बाहेकसित दुआ गरियोस् वा त्यससित सहायता माँगियोस्, जसरी जिन्नातहरूको नामहरूद्वारा झाडफूँक गरियोस्, वा सन्देष्टा, फरिश्ता र सदाचारीहरूको नामद्वारा झाडफूँक गरियोस्, त यो अल्लाह बाहेकसित माँग्नु हो, जुनकि ठूलो बहुदेववाद हो । वा त्यो अरबी भाषामा नहोस् वा यस्तो भाषाशैलीमा जसको अर्थ नबुझियोस्, किनकि यस्तो झाडफूँकमा यो भय रहन्छ कि कदाचित यसमा बहुदेववाद छ जसको बारेमा ज्ञान भएन, त यस्तो खालको झाडफूँक निषेधित छ ।
अत्तमाइम (ताबिजहरू)
र यो तमीमहको बहुबचन हो, र यसको अर्थ होः जुन कुराहरू बच्चाहरूको घाँटीहरूमा झुन्डियाइन्छ कुदृष्टिबाट बाँच्ने उद्देश्यले, र कदाचित यो ठूला महिला पुरूषको घाँटीमा पनि झुन्डियाइन्छ, र यसको पनि दुई थरी छन्ः
ताबिजको पहिलो थरीः
जुन कुरआनबाट होस्, अर्थात त्यसमा कुरआनका श्लोकहरू लेखियोस्, वा अल्लाहका नाम र विशेषताहरूबाट लेखियोस्, र संचो हुने उद्देश्यले झुन्डियाइयोस्, त यस्तो खालको ताबिजको बारेमा विद्हरूको दुई भिन्न दृष्टिकोणहरू छन्ः
पहिलो दृष्टिकोणः वैधानिक छ, र यो अब्दुल्लाह बिन अमर बिन आसको कथन हो, र यो नै हजरत आइशाबाट जाहेरीताैरले वर्णित छ, र यही कथन अबू जअ्फर अल् बाकिरको र अहमद बिन हम्बलको पनि एक कथन हो, र यिनीहरूले त्यस हदीसलाई जसमा ताबिज झुन्डयाउनुबाट मनाही गरिएको छ त्यसलाई शिर्कमा आधारित ताबिजसित अर्थाएका छन् ।
दोस्रो दृष्टिकोणः यसबाट रोकेका छन्, र यो इब्ने मसऊद र इब्ने अब्बासको कथन हो, र यो नै हुजैफा र उकबा बिन आमिर र इब्ने हकीमको जाहेरी कथन हो, र यही कथन ताबईनहरूको एउटा समूहको पनि हो, जिनमध्ये इब्ने मसऊदका शिष्यहरू हुन् र इमाम अहमदको एउटा कथन हो जसलाई उनका अत्याधिक अनुशरणकारीहरूले अपनाएका छन्, र यसै कथनलाई पछि आउनेहरूले सही भनेका छन्, र यसमाथि त्यस हदीसद्वारा प्रमाणीकरण गरेका छन् जसलाई इब्ने मसऊदले वर्णन गरेका छन् किः मैले रसूल सल्लल्लाहो अलैहे वसल्लमलाई भन्दै सुनेको छुः निःसनदेह झाडफूँक र ताबिज झुन्डियाउनु र प्रेम उत्पात गर्ने जादु (तेवला) बहुदेववादीय कार्य हो । (यसलाई अबू दाऊदले र अहमद र इब्ने माजा र हाकिमले वर्णन गरेका छन्) ।
र तेवलाः यस्तो कुराहरू जसको बारेमा मानिसहरूको यो गुमान छ कि त्यसलाई गरे पश्चात महिलालाई त्यसको लोग्नेको र पुरूषलाई त्यसको स्वास्नीको प्रेमी बनाइदिन्छ ।
र यस सन्दर्भमा यो नै सही र सटीक कुरो हो तीन कारणलेगर्दाः
पहिलोः यो निषेधिता आम र सामान्य छ जसलाई विशिष्ट गर्ने कुनै उदधृत छैन ।
दोस्रोः यसद्वारा बहुदेववादतिर लाग्ने माध्यमलाई बन्द गरिन्छ, किनकि कदाचित मान्छे यस्तो कुरा पनि झुन्डियाउन सक्छ जुन जायज र वैधानिक नहोस् ।
तेस्रोः जब व्यक्ति कुरआनबाट केही झुन्डियाउँछ, त त्यो दिशा पिशाबगर्दा त्यसको अवहेलना र अनादर गर्छ किनकि त्यस समय पनि त्यो त्यस कुरआनीय श्लोकलाई झुन्डियाएको हुन्छ ।
ताबिजहरूको अर्को थरी
ती ताबिजहरू जुन कुरआनबाट हुँदैन र मानिसहरूको घाँटीमा झुन्डियाइन्छ, जसरी कण्ठी, धर्को, ढुँगा, जुत्ता, काँटी र जिन्नात एवँ शैतानका नामहरू र अर्थहीन शब्दहरू, त यी समस्त निसंकोच अवैधानिक छन् र यो बहुदेववादमध्येको हो, किनकि यसद्वारा अल्लाह बाहेकका नाम विशेषता र श्लोकहरूसित संलग्न भइन्छ, र हदीसमा वर्णित छः जुन व्यक्ति कुनै कुरासित संलग्न भइहाल्छ त्यसलाई त्यसैकुरालाई सुम्पिन्छ । .यसलाई अहमद र तिर्मिजीले वर्णन गरेका छन्) । अर्थात अल्लाहले त्यसलाई त्यसै कुरालाई सुम्पिदिन्छ जससित त्यो संलग्न भएको थियो, त जुन व्यक्ति अल्लाहसित संलग्न हुन्छ र त्यसतिर लाग्दछ, र आफ्नो समस्त मामिला उसैलाई सुम्पिदिन्छ त अल्लाह त्यसको लागि पर्याप्त हुन्छ, र अल्लाह त्यसबाट टाढिएकहरूलाई पनि त्यसको घनिष्ट मित्र बनाइदिन्छ, र त्यसको समस्त कष्टलाई हटाइदिन्छ । र जुन व्यक्ति अल्लाह बाहेक सृष्टिहरूसित वा ताबिज र औषधि र चिहानहरूसित संलग्न हुन्छ, त अल्लाह त्यसलाई ती कुराहरूको हवाले गरिदिन्छ जुन त्यसलाई कुनै लाभ पुर्याउन सक्दैनन्, नत ती त्यसको हानि र लाभका अधिकारी नै छन्, त यस्तो मान्छेको आस्था पनि खराब भयो र त्यसको सम्बन्ध त्यसको प्रतिपालकबाट पनि विच्छेदित भयो र त्यसलाई अल्लाहले अपमानित पनि गर्यो ।
र मुसलमान मान्छेमाथि यो अनिवार्य छ किः त्यो आफ्नो सिद्धान्तलाई यस्ता कुराहरूबाट बचाओस् जुन त्यसलाई नष्ट गरून् वा त्यसमा कमी ल्याउन्, यसर्थ यस्तो औषधिको सेवन नगरोस् जसको सेवन वैधानिक छैन, र नत जादू गर्ने तान्त्रिक र पाखण्डीहरूको पासमा नै जाओस् ताकि त्यसको रोगको उपचार गरून्, किनकि उनीहरू त्यसको हृदय र सिद्धान्तलाई रोगी बनाइदिन्छन्, र जसले पनि अल्लाहमाथि भरोसा गर्छ त्यसको लागि अल्लाह पर्याप्त हुन्छ ।
र केही मानिसहरू त यसलाई आफूमाथि झुन्डियाएका हुन्छन् जबकि उनीलाई कुनै अन्तरीक रोग लागेको हुँदैन, बरू त्यसलाई ज्वरो लागेको हुन्छ, जसको कारण हो कुदृष्टि र ईर्ष्याबाट भय, वा त्यसलाई आफ्नो गाडी वा सवारी, वा घरको ढोका वा पसलमा झुन्डियाएको हुन्छ । र यी समस्त गतिविधिको कारण हो सैद्धान्तिक कम्जोरी, र अल्लाहमाथि भरोसाको कम्जोरी, बरू त्यसको वास्तविक रोग त सिद्धान्तको कम्जोरी नै हो जसको उपचार केवल एकेश्वरवाद र सही सिद्धान्तको ज्ञानदवारा नै हुनसक्छ ।
ग्याह्राैं अध्यायः अल्लाह बाहेकको शपथ लिनु, र अल्लाहलाई छाडेर सृष्टिहरूसित सहायता र वसीला लिनुको वर्णनबारे
अल्लाह बाहेकको कसम खानु
अरबी शब्द हलफको अर्थ होः कसम, शपथ लिनु, र यसद्वारा कुनै कुराको सत्यतालाई प्रमाणित गर्ने उद्दश्यले विशेषरूपले आदरणीय कुराको वर्णन गरिन्छ । र आदर र प्रतिष्ठा त मात्र अल्लाहकै हक हो, यसर्थ अल्लाह बाहेकको शपथ लिनु जायज छैन, र समस्त विद्हरूको यस कुरामा एकमत छ कि कसम अल्लाह र त्यसका नाम र विशेषताहरू बाहेक कसैको पनि लिनु जायज छैन, र यस कुरामा पनि उनी सबै सहमत छन् कि अल्लाह बाहेकको शपथ लिनु निषेधित छ, र यो बहुदेववाद हो, किनकि हजरत इब्ने उमर रजिअल्लाहो अन्होले वर्णन गर्नु भएको छ कि रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः जसले अल्लाह बाहेकको शपथ लियो त्यसले नास्तिकता अथवा बहुदेववाद गर्यो । (यस हदीसलाई अहमद र तिर्मिजी एवं हाकिमले वर्णन गरेका छन्) र यो सानो बहुदेववाद हो, यस अवस्था बाहेक कि शपथ लिनेवाला मान्छे जसको शपथ लिन्छ त्यसको प्रतिष्ठा पूजाको श्रेणीसम्म गरोस् त यो ठूलो बहुदेववाद भइहाल्छ, जस्तो अवस्था वर्तमानमा चिहानका पूजारीहरूको छ, यसर्थ उनीहरू चिहनामा भएका जुन मृतकहरूको आदर गर्छन् त्यसबाट अल्लाहभन्दा अधिक डराउँछन् र अल्लाहभन्दा अत्याधिक त्यसको आदर गर्छन् यसर्थ जब त्यसमान्छेसित यो भनिन्छ कि त्यो आफ्नो त्यस वलीको कसम खाओस् जसलाई आदरणीय मान्दछ त त्यो त्यसको कसम तबसम्म खाँदैन जबसम्म आफ्नो कुरामा सत्यवान नहोस्, र जब त्यससित अल्लाहको कसम खानुबारे भनिन्छ त अल्लाहको कसम खाइहाल्दछ यद्यापि त्यो आफ्नो कथनमा झूठो किन नहोस् ।
त कसम खानु जसको कसम खाइन्छ त्यसको यस्तो आदर गर्नु हो जस योग्य अल्लाह बाहेक कोही छैन, यसर्थ कसमलाई पनि महत्व र आदर दिनु आवश्यक छ यसर्थ मान्छेलाई चाहियो कि अधिक कसम नखाओस्, अल्लाहको फर्मान छः र तपाई कुनै तुच्छ र अत्याधिक कसम खाने व्यक्तिको कुरा नमान्नु । (अल् कलमः १०) ।
र अल्लाहको फर्मान छः र आफ्ना कसमहरूको सुरक्षा गर । (अल् माइदाः ८९) ।
अर्थातः बिना आवश्यकता कसम नखाऊ, नत सत्य र भलाई बाहेकका कुराहरूमा कसम खाऊ, किनकि अत्याधिक कसम खानु वा झूठो कसम खानु अल्लाहको अवहेलना गर्नुमा र त्यसको अनादर गर्नुमा प्रमाणीकरण गर्छ, र यो एकेश्वरवादको विरोधी कुरो हो, र हदीसमा छ कि रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः (तीन व्यक्तिहरूसित नत अल्लाह कुरा गर्नेछन् नत उनीलाई पापमुक्त गर्नेछन्, र उनीहरूको लागि अपमानजनक सजाय छ,) त यसै सन्दर्भमा यो पनि वर्णित छ किः (र एउटा त्यो व्यक्ति जसले अल्लाहलाई आफ्नो सामान सरह बनाइहाल्यो जुन नत त्यसको कसम बिना कुनै कुरा किन्दछ नत त्यसको शपथ बिना कुनै कुरा बेच्दछ ।) (यसलाई तबरानीले सही सनदको माध्यमले वर्णन गरेका छन्) । त अत्याधिक शपथ खानुबाट अल्लाहले बलपूर्वक सावधान गरेका छन्, जुन यस कुरामा प्रमाणीकरण गर्छ कि यो कार्य हराम छ महान अल्लाहको नामको आदर र अल्लाहको सम्मान गर्ने उद्देश्यले ।
र यस्तै अल्लाहको झूठो कसम खानु पनि हारम छ जसलाई अरबीमा यमीनुल गुमूस भनिन्छ, र अल्लाहले कपटीहरूको यो विशेषता वर्णन गरेको छ कि उनीहरू जानेर अल्लाहको झूठो कसम खान्छन् ।
त यसबाट यो सार निष्कन्छ किः
महान अल्लाह बाहेक कसैको कसम खानु हराम छ, जसरी नासोको वा कअबाको वा नबी सल्लल्लाहो अलैहे वसल्लमको कसम खानु, र यो बहुदेववाद पनि हो ।
जानेर अल्लाहको झूठो कसम खानु र यसलाई गमूस भनिन्छ ।
अत्याधिक कसम खानु यद्यापि मान्छे सत्यवान होस्, जब यस्तो गर्नुको आवश्यकता नहोस्, किनकि यस्तो गरेर अल्लाहलाई अवहेलित गरिन्छ ।
यिद आवश्यकता छ, र मान्छे सत्य बोलिरहेको छ त यस्तो अवस्थामा अल्लाहको कसम खानु जायज छ ।
अल्लाह र मान्छेबीच कुनै सृष्टिलाई माध्यम बनाउनु
अरबी शब्द तवस्सुलको अर्थ होः कुनै कुारसित निकटता बनाउनु त्यससम्म पुग्नु, यसर्थ वसीलाको अर्थ भयो सामीप्यता, अल्लाहको फर्मान छः त्यसको सामीप्यता प्राप्तिको माध्यमको खोजी गर । (अल् माइदाः ३५) ।
अर्थात त्यसको सामीप्यता प्राप्त गर त्यसको आज्ञापालन गरेर, र त्यसलाई प्रसन्न गर्ने कुराहरूको अनुशरण गरेर ।
र वसीला माध्यम बनाउनुका दुई थरी छन्ः
पहिलो थरीः जायज माध्यम अपनाउनु, र यसका अनेकाैं थरीहरू छन्
पहिलो थरीःअल्लाहका नाम र विशेषताहरूलाई माध्यम बनाउनु
जसरीकि अल्लाहले यसको आदेश गरेका छन् आफ्नो यस कथनद्वाराः र राम्रा–राम्रा नाम अल्लाहकै लागि हुन् । यसर्थ ती नामहरूद्वारा नै उसलाई पुकार र यस्ता मानिससित सम्बन्ध पनि नराख जो उसको नामको सम्बन्धमा कुटिलता गर्छन्, यिनीहरू यसका निम्ति अवश्य नै दण्ड पाउनेछन् । (अल् अअराफः १८०) ।
दोस्रो थरीः अल्लाहसम्म ईमान र सत्कर्मदवारा माध्यम अपनाउनु
जसलाई माध्यम अपनाउने मान्छेले गरिसकेको छ, जसरी कि अल्लाहले आस्थावानहरूको बारेमा भनेको छः हे हाम्रो पालनकर्ता ! हामीले एउटा आह्वान गर्नेको आवाज सुन्याैं, जसले ईमानतिर आमन्त्रित गरिराखेको छ कि मानिसहरू हो आफ्नो पालनकर्तामाथि ईमान ल्याऊ । अनि हामीले ईमान ल्यायौं । हे प्रतिपालक! अब त हाम्रा सम्पूर्ण पापहरू क्षमा गर र हाम्रा दुर्गुणहरू हामीबाट टाढा गरिदेऊ र हाम्रो मृत्यु असल मानिसहरूको साथ गर । (आले इम्रानः १९३) ।
र जसरी कि ती तीन मानिसहरूको सन्दर्भमा वर्णित हदीसमा छ जिनमाथि चट्टान आइपरेको थियो अनि उनीहरूको लागि गुफाको द्वार छेकिदिएको थियो, अनि उनीहरू त्यस गुफाबाट निस्कनै सकेनन्, अनि उनीहरूले अल्लाह समक्ष अआफ्ना सत्कर्मलाई माध्यम बनाएर (दुआ गरे), अनि अल्लाहले उनीहरूको बाटो खुलाइदियो, (यो नै त्यस हदीसको शीर्षक हो जसलाई बुखारी मुस्लिमले वर्णन गरेका छन्) अनि उनीहरू प्रसन्नतापूर्वक त्यसबाट बाहिर निस्के ।
तेस्रो थरीः अल्लाहतिर त्यसको एकेश्वरवादद्वारा माध्यम अपनाउनु
जसरी यूनुस अलैहिस्सलामले अपनाएका थिएः अन्ततः उनले अँध्यारोबाट पुकारिहाले कि हे अल्लाह ! तिमी बाहेक अरु कोही सत्य पूज्य छैन, तिमी पवित्र छौ । (अल् अम्बियाः ८७) ।
चाैथो थरीः आफ्नो कम्जोरी असहायतालाई माध्यम बनाइ अल्लाहसित दुआ गर्नु
र यस्तै आफ्नो आवश्यकता र आफू त्यसको मुखापेक्षी भएको कुरालाई माध्यम बनाएर अल्लाहसित दुआ गर्नु जसरी कि हजरत अय्यूब अलैहिस्सलामले गरेका थिएः मलाई यो व्यथा लागेको छ र तिमी त सबैभन्दा ठूला दयावान छाै । (अल् अम्बियाः ८३) ।
पाँचाैं थरीः जीवित सदाचारीहरूको दुआलाई माध्यम बनाउनु
जसरी कि जब सहाबीहरूलाई अन्नकालले समात्दथ्यो त नबी सल्लल्लाहो अलैहे वसल्लमसित यो आग्रह गर्थे कि उहाँ उनीहरूको लागि अल्लाहसित दुआ गरिदिउन्, अनि जब उहाँ सल्लल्लाहो अलैहे वसल्लमको स्वर्गबास भइहाल्यो त उहाँको काका अब्बास रजिअल्लाहो अन्होसित आग्रह गर्थे अनि उनी उनीहरूको लागि दुआ गर्थे । (यसलाई बुखारीले वर्णन गरेका छन्) ।
छेठाैं थरीः आफ्नो पापलाई स्वीकार्ने कार्यलाई माध्यम बनाइ अल्लाहसित दुआ गर्नु
उनले भने हे मेरो प्रतिपालक मैले आफूमाथि अत्याचार गरें यसर्थ मलाई क्षमा प्रदान गर । (अल् कससः १६) ।
दोस्रो थरीः अवैधानिक माध्यम
जुन वैधानिक माध्यमहरूको वर्णन उपरोक्तमा भएको छ त्यस बाहेकका समस्त माध्यम अवैधानिक हुन्, जसरी मृतकहरूसित दुआ गर्ने र सिफारिश गर्ने आग्रह गर्नु, र नबी सल्लल्लाहो अलैहे वसल्लमको रूतबा प्रतापलाई माध्यम बनाउनु, र सृष्टिहरूको हक वा उनीहरूलाई नै माध्यम बनाउनु, र यसको विवरण निम्नमा गरिन्छः
मृतकहरूबाट दुआ गर्नुको आग्रह गर्नु जायज छैन
किनकि मृतक दुआ गर्नुमा शक्ति सम्पन्न हुँदैन, जसरी कि त्यो जीवित अवस्थामा हुन्थ्यो, र मृतकहरूसित सिफारिश माँग्नु जायज छैन, किनकि उमर बिन खत्ताब र मुआविया बिन अबि सुफियान रजिअल्लाहो अन्हुमा र उनीहरूको कालमा जति सहाबा र ताबईनहरू थिए जब उनीहरूलाई अन्नकाल लाग्यो त उनीहरूले ती मानिसहरूसित सिफारिशको आग्रह गरे जुन जीवित थिए, जसरी हजरत अब्बास र यजीद इब्नुल असवद, र नबी सल्लल्लाहो अलैहे वसल्लमसित नत सिफारिश गरे नत उहाँसित वर्षा अवतरित गर्नुको लागि माध्यम बनाए नत उहाँको चिहान निकट नत कुनै अन्य ठाउँमा, बरू उनीहरूले उनको सट्टामा यस कार्यको लागि हजरत अब्बास र यजीदतिर लागे, र हजरत उमरले भन्नु भयोः हे अल्लाह हामी तिम्रो सन्देष्टालाई माध्यम बनाउँथ्याैं त तिमी हामीलाई वर्षा प्रदान गर्थ्याै, र अहिले हामी तिम्रो सन्देष्टाको काकालाई माध्य बनाउँछाैं यसर्थ हामीलाई वर्षा प्रदान गर । त यसलाई त्यसको सट्टामा गरे, जब उहाँद्वारा त्यो वैधानिक माध्यमको कुनै मार्ग रहेन जसलाई उनीहरू उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनमा गर्थे ।
र उनीहरूको लागि यो सम्भव थियो कि उनीहरू उहाँसल्लल्लाहो अलैहे वसल्लमको चिहान निकट आएर माध्यम खोज्द्थे यदि यस्तो गर्नु जायज हुन्थ्यो । त उनीहरूले यस्तो गरेनन् यो यस कुराको प्रमाण हो कि मृतकहरूलाई माध्यम बनाउनु जायज छैन, नत दुआ गर्नुको लागि नत सिफारिश गर्नुको लागि यदि उनी मरिसकेका छन्, त यदि उहाँसित दुआ र सिफारिशको आग्रह गर्नु उहाँको जीवन जस्ताै निधन पश्चात पनि हुन्थ्यो अर्थात दुवै अवस्थामा एकनास हुन्थ्यो भने त सहाबाहरू उहाँलाई छाडेर उहाँभन्दा कम दर्जाको मान्छेलाई माध्यम बनाउने थिएनन् ।
र नबी सल्लल्लाहो अलैहे वसल्लमको प्रताप दर्जा र अन्य कुनै सृष्टिको प्रताप दर्जालाई माध्यम बनाउनु जायज छैन
र यस सन्दर्भमा जुन हदीस वर्णन गरिन्छ किः (जब तिमीहरू अल्लाहसित माँग त मेरो प्रतापको माध्यमले माँग, किनकि अल्लाह निकट मेरो प्रताप अति विशाल छ) त यो हदीस मिथ्या हदीस हो, जुन मुसलमानहरूको कुनै विश्वासनीय किताबमा छैन, नत यसलाई हदीसका विद्हरूले वर्णन नै गरेका छन्, त जब यस सन्दर्भमा कुनै सही प्रमाण नै छैन, त यस्तो गर्नु जायज छैन, किनकि पूजा स्पष्ट प्रमाणले मात्र प्रमाणित हुन्छ ।
यस्तै सृष्टिहरूको माध्यम लिनु पनि जायज छैन
किनकि यदि बा अक्षर उपरोक्त हदीसमा कसमको लागि हो, त यसको अर्थ भयो कि सृष्टिको कसम अल्लाहलाई, त जब सृष्टिलाई सृष्टिको कसम दिनु जायज छैन त सृष्टिको कसम स्रष्टालाई दिनु कसरी जायज हुनसक्छ जबकि त्यो सृष्टिबाट उच्च छ? ।
र यदि बा अक्षर कारणको लागि हो त अल्लाहले सृष्टिलाई दुआ कबूल गर्न कारण बनाएको छैन नत यसलाई आफ्ना भक्तहरूको लागि वैधानिक नै गरेको छ ।
यस्तै सृष्टिहरूको हकद्वारा वसीला लिनु पनि जायज छैन दुई कारणलेः
पहिलोः महान अल्लाहले आफूमाथि कसैको हक अनिवार्य गरेको छैन, बरू त्यो अल्लाह नै समस्त सृष्टिहरूलाई हक प्रदान गर्छ जस्तो कि अल्लाहको कथन छः जुन मानिसहरूले ईमान ल्याए तिनीहरूको सहायता गर्नु हामीलाई जरुरी थियो । (अर्रूमः ४७) ।
त आज्ञाकारी प्रतिफलको हकदार हुन्छ जुनकि उपहार आदि हो, नकि यो कुरो त्यसको आज्ञापालनको सट्टामा हुन्छ जसरी मानिस मानिसबाट हकदार हुन्छ ।
दोस्रोः यो हक जसद्वारा अल्लाहले भक्तलाई अनुकम्पित गरेको छ त्यो विशिष्ट अधिकार हो, जससित कसै अन्यको कुनै सरोकार छैन, त जब त्यसद्वारा कोही माध्यम अपनाउँछ त मानो त्यो अपरिचित कुराद्वारा माध्यम अपनाइरहेको छ जससित त्यसको कुनै संलग्नता छैन, त यो त्यसलाई केही दिलाउँदैन ।
र रह्यो त्यो हदीस जसमा छ किः (म माँग्नेहरूको हकद्वारा माँगिरहेको छु) त यो हदीस प्रमाणित छैन, किनकि यसको सनदमा अतीयह अल् औफी छन जुन जईफ छन् जिनको जईफ हुने कुरामा सबैको सहमति छ, जसरी कि केही हदीसका विद्हरूले भनेका छन्, त जसको अवस्था यस्तो होस् त्यसदवारा आस्था र सिद्धान्त जस्तो महत्वपूर्ण र संवेदनशील कुरामा प्रमाणीकरण गरिदैन, फेरि यो कुरो पनि छ कि यस हदीसमा कुनै विशेष मान्छेको हकको माध्यमको बारेमा वर्णन छैन, बरू त्यसमा आम माँग्नेहरूको हकको माध्यमको वर्णन छ, र माँग्नेहरूको हक यो हो कि तयसलाई दिइयोस्र जस्तो कि अल्लाहले यसको वाचा दिएको छ ।
तर यस अधिकारलाई त्यसले आफै आफूमाथि अनिवार्य गरेको छ कसैले त्यसमाथि अनिवार्य गरेको होइन, त यसरी कुरो यो भयो कि यहाँ माध्यम त्यसको वाचाद्वारा लिइन्छ नकि कुनै सृष्टिको हकद्वारा ।
सृष्टिसित सहायता वा कष्ट हटाउने दुआ आदि माँग्नुको हुकुम
इस्तिआनाः कुनै कुरामा सहायता सहमति माँग्नु ।
इस्तिगासाः सहायता माँग्नु, अर्थात कष्ट हटाउने सहायता माँग्नु ।
यसर्थ यी दुवै कुरा सृष्टिबाट माँग्नुका दुई थरी छन्ः
पहिलो थरीः त्यस कुरामा सृष्टिसित सहायता माँग्नु जसमाथि त्यो शक्तिमान छ
त यो वैधानिक छ, अल्लाहको फर्मान छः संयम्पूर्ण र भलाईका कामहरूमा एक अर्काको मद्दत गर्नेगर । (अल् माइदाः २)
र महान अल्लाहले मूसा अलैहिस्सलामको कथामा भनेको छः त जुन व्यक्ति उनको जातिको थियो, त्यसले अर्काे व्यक्तिको मुकाबिलामा, जो मूसाको शत्रुमध्येको थियो, सहायता माँग्यो । (अल् कससः १५) ।
जसरीकि मान्छे युद्ध आदिमा आफ्नो साथीसित सहायता माँग्दछ, जसमाथि मान्छे शक्तिमान हुन्छ ।
दोस्रो थरीः सृष्टिहरूसित सहायता माँग्नु
यस्तो कार्यमा जसमाथि त्यो शक्ति सम्पन्न छैन, जसरी मृतकसित सहायता माँग्नु, , र जीवितहरूसित यस्तो कुरामा सहायता माँग्नु जसमाथि अल्लाह बाहेक कोही शक्तिमान छैन जसरी रोगीलाई संचो पार्नु, व्यथा र कष्ट हटाउनु, त यो थरी जायज छैन, र यो ठूलो शिर्क हो, र नबी सल्लल्लाहो अलैहे वसल्लमको जीवनकालमा एउटा कपटी थियो जुन आस्थावानहरूलाई कष्ट दिदै रहन्थ्यो, त केही मानिसहरूले भने ल नबी सल्लल्लाहो अलैहे वसल्लमको पासमा जाऔं र यस कपटी विरूद्ध उनीसित सहायता माँगाैं, त नबी सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः (मसित सहायता माँगिदैन, बरू अल्लाहसित सहायता माँगिन्छ।) (यसलाई तबरानीले वर्णन गरेका छन्) त नबी सल्लल्लाहो अलैहे वसल्लमले यस कुरालाई अप्रिय ठाने कि यस शब्दलाई उहाँको हकमा प्रयोग गरियोस्, जबकि उहाँ सल्लल्लाहो अलैहे वसल्लम यसमाथि सक्षम थिए, तर यस्तो भन्ने कारण हो एकेश्वरवादको सुरक्षा र बहुदेववादको माध्यमलाई बन्द गर्नु, र आफ्नो प्रतिपालकको आदर सम्मान गर्नु, र आफ्नो अनुयायीहरूलाई कार्य कर्ममा भएका शिर्कका माध्यमहरूबाट सचेत गर्नु, त जब कुरो यस्तो छ त्यस कार्यमा जसलाई उहाँ आफ्नो जीवनकालमा गर्न सक्थे त कसरी उहाँसित उहाँको मरणोपरान्त सहायता माँग्न सकिन्छ, र उनीसित यस्ता कुराहरूको माँग गरिनु जसमाथि अल्लाह बाहेक कोही शक्तिवान छैन, त जब यस्तो रसूल सल्लल्लाहो अलैहे वसल्लमको हकमा जायज छैन त उनी बाहेकका मानिसहरूको बारेमा कदापि जायज हुँदैन ।
पाँचाैं खण्डः रसूल सल्लल्लाहो अलैहे वसल्लमको बारेमा र उहाँको परिवार र साथीहरूको बारेमा केकस्तो धारणा राख्नु अनिवार्य छ यस कुराको वर्णनबारे
र यसको वर्णन निम्न अध्यायहरू अन्तर्गत गरिएको छः
पहिलो अध्यायः रसूल सल्लल्लाहो अलैहे वसल्लमको आदर सम्मान गर्ने र उहाँसित प्रेम गर्नु अनिवार्य हुने, र उहाँको प्रशंसा गर्नुमा सीमा अतिक्रमणको मनाही हुनेबारे र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको श्रेणीको वर्णनको बारेमा ।
दोस्रो अध्यायः उहाँको अनुशरण र आज्ञापालन अनिवार्य हुनुको बारेमा ।
तेस्रो अध्यायः उहाँमाथि प्रशान्ति पठाउनुको वैधानिकताबारे वर्णन ।
चाैथो अध्यायः उहाँको परिवारको श्रेष्ठताबारे, र उनीहरूप्रति हामीमाथि के अनिवार्य छ बिना सीमा अतिक्रमण र बेवास्ता गरिकन् ।
पाँचाैं अध्यायः सहाबाहरूको प्रधानता र उनीप्रति अपरिहार्य धारणा राख्नुको वर्णन र जुन उनीहरूबीच घटित भयो त्यसबारे अहलुस्सुन्नह वल जमाअहको दृष्टिकोण ।
छेठाैं अध्यायः सहाबाहरू र सुमार्गी इमामहरूलाई गाली गर्नुको मनाहीको वर्णनबारे ।
पहिलो अध्यायः रसूल सल्लल्लाहो अलैहे वसल्लमको आदर सम्मान गर्ने र उहाँसित प्रेम गर्नु अनिवार्य हुने, र उहाँको प्रशंसा गर्नुमा सीमा अतिक्रमणको (अतिशयोक्तिको) मनाही हुनेबारे।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको श्रेणीको वर्णनको बारेमा ।
अल्लाहका रसूल (उहाँमाथि अल्लाहको प्रशान्ति अवतरित होस्) सित प्रेम गर्नु र उहाँको सम्मान गर्नु अनिवार्य छ
भक्तमाथि सर्वप्रथम यो अनिवार् छ किः त्यत्र महान अल्लाहसित प्रेम गरोस्, र यस्तो गर्नु सर्वोत्कृष्ट पूजामध्येको हो, अल्लाहको भनाई छः र आस्थावानहरू अल्लाहसित अत्याधिक प्रेम गर्नेवाला छन् । (अल् बकरः १६५) ।
किनकि त्यस प्रतिपालकले नै आफ्ना भक्तहरूमाथि समस्त प्रत्यक्ष र अप्रत्यक्ष अनुकम्पाहरू अवतरित गरेको छ, अनि महान अल्लाहसित प्रेम पश्चात नबी सल्लल्लाहो अलैहे वसल्लमसित प्रेम गर्नु अनिवार्य छ, किनकि उहाँले नै त्यस अल्लाहतिर सबैलाई बोलाए, र त्यसको परिचय गराए, र त्यसको विधान पुर्याए, र त्यसका निर्देशनहरू खुलस्तरूपले स्पष्ट गरे, त लोक परलोकमा जे जति भलाई आस्थावानहरूलाई प्राप्त हुन्छ ती समस्त यसै सन्देष्टाको हातमा (कारण) छ, र कोही पनि बिना उहाँको आज्ञापालन र अनुशरण गरिकन् स्वर्गमा जान सक्दैन, र हदीसमा छः जसमा यी तीन कुराहरू हुन्छन् त्यो आस्थाको मिठासलाई पाइहाल्छ, र त्यो यो किः त्यस निकट अल्लाह र अल्लाहका रसूल सबैभन्दा प्रिय हुन्, र मान्छे कसैसित मात्र अल्लाहको प्रसन्नता पाउने उद्देश्यले प्रेम गरोस्, र मान्छेलाई जब अल्लाहले नास्तिकताबाट बचायो त त्यो त्यसमा फर्किनुलाई उस्तै अप्रिय ठानोस् जसरी त्यो आफूलाई आगोमा फालिनुलाई अप्रिय ठान्दछ । (बुखारी, मुस्लिम)
यसर्थ रसूलको प्रेम अल्लाहको प्रेमसित निबन्धित छ, र त्यसको प्रेम पश्चात यसको दर्जा आउँछ, र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको प्रेमको बारेमा विशेषरूपले यो वर्णित छ कि उहाँको प्रेम अल्लाह बाहेक समस्तको प्रेममाथि प्रथम हुनु पर्छ जस्तो कि नबी सल्लल्लाहो अलैहे वसल्लमको फर्मान छः तिमीमध्ये कोही पनि तबसम्म आस्थावान हुनसक्दैन जबसम्म त्यस निकट म त्यसको सन्तान, र त्यसको बुवा , र समस्त मानिसहरूभन्दा अधिक प्रियतम नभइहालूँ । (बुखारी, मुस्लिम) ।
बरू यो पनि वर्णित छ कि आस्थावान मान्छेमाथि यो अनिवार्य छ कि रसूल सल्लल्लाहो अलैहे वसल्लम त्यस निकट त्यसको जीउभन्दा अधिक प्रिय भइहालुन्, जसरी कि हदीसमा छः हजरत उमर बिन खत्ताब रजिअल्लाहो अन्होले भन्नु भयोः हे अल्लाहको रसूल तपाई म निकट मेरो जीउ बाहेक अन्य सबैभन्दा प्रिय हुनुहुन्छ, त उहाँले भन्नु भयोः त्यसको शपथ जसको हातमा मेरो ज्यान (प्राण) छ यहाँसम्म कि म तिम्रो आफ्नो जीउभन्दा प्रिय भइहालूँ, त हजरत उमरले उहाँसित भनेः अहिले तपाई म निकट मेरो आफ्नो जीउभन्दा पनि प्रिय भइहाल्नु भयो, त उहाँले भन्नु भयोः अहिले हे उमर । (यसलाई बुखारीले वर्णन गरेका छन् ।
त यसबाट यो निष्कर्ष निस्क्यो कि रसूल सल्लल्लाहो अलैहे वसल्लमसित प्रेम गर्नु अनिवार्य छ र त्यो प्रेम अल्लाहको प्रेम बाहेक समस्तको प्रेमभन्दा प्रथम हुनुपर्छ, किनकि उहाँको प्रेम अल्लाहको प्रेमसित आबद्ध छ, किनकि यो प्रेम मात्र अल्लाहको लागि नै हो, जुन अल्लाहको प्रेममा वृद्धि हुनासाथ आस्थावानहरूको हृदयमा बढिहाल्छ, र त्यसमा कमी भएमा यसमा पनि कमी आइहाल्छ, र जुनसुकै पनि अल्लाहको लागि प्रेम गर्छ त्यो अल्लाहको प्रसननताको लागि नै प्रेम गरिरहेको हुन्छ ।
र नबी सल्लल्लाहो अलैहे वसल्लमसित प्रेम गर्ने कुरा यो पनि माँग गर्छ कि उहाँको आदर सम्मान गर्नुको साथै उहाँको अनुशरण पनि गरियोस्, र उहाँको कथनलाई सबै सृष्टिहरूको कथनमाथि प्राथमिकता दिइयोस्, र उहाँको पद्धति र सुन्नतको आदर गरियोस् ।
इब्नुल् कैयिम रहेमहुल्लाहले भन्नु भएको छः र सृष्टिहरूसित प्रेम र उनीहरूको आदर गर्नु अल्लाहको आदर र त्यससित प्रेम गर्नुको कारण नै जायज छ, जसरी रसूल सल्लल्लाहो अलैहे वसल्लमसित प्रेम गर्नु र उहाँको आदर गर्नु, त यो उहाँलाई पठाउनेवालाको प्रेम र आदरको पूरक हो, किनकि उहाँका अनुयायीहरू उहाँसित प्रेम र उहाँको आदर यसकारण गर्छन् किनकि अल्लाह उहाँसित प्रेम गर्छ र उहाँको आदर गर्छ, यसर्थ यो अल्लाहसित नै प्रेम गर्नु हो जुन अल्लाहसित प्रेम गर्ने कुरालाई अनिवार्य गर्छ ।
र यसको तात्पर्य होः अल्लाहले नबी सल्लल्लाहो अलैहे वसल्लममाथि प्रेम र प्रतिष्ठा... अवतरित गरेका छन्, र यसै कारण उहाँ सल्लल्लाहो अलैहे वसल्लका साथीहरूको समीप सृष्टिमध्ये कोही पनि उहाँभन्दा प्रतिष्ठित र मर्यादित एवं प्रिय थिएन, अमर बिन आस इस्लाम कबूल गरे पश्चात भन्छन्ः कि म निकट उहाँभन्दा घृणित कोही पनि व्यक्ति थिएन । तर जब मैले इस्लाम अंगीकार गरें त मेरो आँखामा उहाँभन्दा प्रिय र प्रतिष्ठित कोही पनि छैन, र भन्छन्ः र यदि मसित भनियोस् कि उहाँको विशेषता वर्णन गरूँ त म वर्णन गर्न सक्दैन, किनकि म उहाँको आदर गर्ने कारण पूर्णरूपले उहाँलाई कहिले पनि हेरेकै छैन ।
र उरवा बिन मसऊदले कुरैशसित भनेः हे मेरो जातिका मानिसहरू, अल्लाहको शपथ म किस्रा र कैसर र अन्य राजाहरूकहाँ गएको छु, तर मैले कुनै यस्तो राजा हेरेन जसका साथीहरू त्यसको त्यति आदर सम्मान गरिरहेका होउन जति मुहम्मदका साथीहरू मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको गर्छन्, अल्लाहको शपथ उनीहरू उहाँको प्रतिष्ठा र आदर गर्ने कारण उहाँलाई निरन्तरताले हेर्दैनन्, र यदि उनी खकार थुक्दछन् भने त्यो कुनै नकुनै मान्छेको हत्केलीमा नै झर्छ अनि त्यो त्यस खकारलाई आफ्नो अनुहार र छातीमाथि दलछ, र यदि उहाँ वजू गर्नुहुन्छ भने उहाँको वजूको पानीलाई प्राप्त गर्नुको लागि मानिसहरू आपसमा लडन थाल्दछन् । कथन समाप्त भयो ।
उहाँको प्रशंसामा (अतिशयोक्ति) सीमा अतिक्रमण गर्नुको मनाही
गुलू (कुनै कुरामा सीमा अतिक्रमण गर्नु)
सीमालाई नाघ्नु, भनिन्छः गला गुलुवन् जब वस्तु आफ्नो सीमाबाट बाहिर निस्कोस्, अल्लाहको फर्मान छः आफ्नो धर्मको मामिलामा सीमा अतिक्रमण (अतिशयोक्ति) नगर्नु । (अन्निसाः १७१) अर्थात सीमा ननाघ्नु ।
र अरबी शब्द इतराअको अर्थ होः
प्रशंसा गर्नुमा सीमाबाट बाहिर जानु, र त्यसमा झूठको मिसावट गर्नु, र नबी सल्लल्लाहो अलैहे वसल्लमको हकमा गुलूको अर्थ होः उहाँ सल्लल्लाहो अलैहे वसल्लमको रूतबाको बारेमा सीमा उल्लंघन गर्नु, अर्थात याता उहाँलाई दूतत्व र भक्तीको दर्जाबाट उच्च गरियोस्, र उहाँलाई ईश्वरत्वको केही विशेषताबाट विशेषित गरियोस् अर्थात उहाँसित दुआ गरियोस् वा अल्लाह बाहेक उहाँसित सहायता माँगियोस्, र उहाँको शपथ खाइयोस् ।
र उहाँको हकमा इतराअको अर्थ होः उहाँको प्रशंसामा वृद्धि गरियोस्, त यसबाट नबी सल्लल्लाहो अलैहे वसल्लमले आफ्नो यस कथनद्वारा मनाही गरेका छन्ः मेरो प्रशंसामा उस्तै सीमा ननाघ्नु जसरी ईसाईहरूले ईसा बिन मरियमको प्रशंसामा गरे, म अल्लाहको भक्त हूँ, यसर्थ मलाई अल्लाहको भक्त र त्यसको रसूल नै भन्नु । (बुखारी, मूसलिम), अर्थात मेरो प्रशंसा झुठ मिसाएर नगर्नु, नत मेरो प्रशंसा गर्नुमा सीमा अतिक्रमण नै गर्नु, जसरी ईसाईहरूले ईसा अलैहिस्सलामको प्रशंसामा गरे, यसर्थ उनीहरूले उहाँमा (ईसामा) ईश्रत्वको विशेषता हुने दावी गरे, बरू मलाई त्यसैदवारा विशेषित गर्नु जसद्वारा मेरो प्रतिपालकले मलाई विशेषित गरेको छ, यसर्थ मलाई अल्लाहको भक्त र त्यसको सन्देष्टा भन्नु । र जब उहाँका केही साथीहरूले उहाँलाई भनेः तपाई त हामीहरूको सरदार (नायक) हुनुहुनछ, त उहाँले भन्नु भयोः (महान र पवित्र अल्लाह सरदार हो), र जब उनीहरूले भनेः तपाई हामीहरूमध्ये सबैभन्दा अधिक प्रतिष्ठित मर्यादित र उत्कृष्ट हुनुहुन्छ, त उहाँले भननु भयोः (तिमीहरू यसलाई भन्न सक्छाै वा यसको केही अंशलाई, र शैतान तिमीहरूलाई फकाइ नदेओस्) (यसलाई अबू दाऊदले उचित सनदको माध्यमले वर्णन गरेका छन्)
र केही मानिसहरूले उहाँसित भनेः हे अल्लाहका रसूल, हे हामीमध्ये सबैभन्दा श्रेष्ठ र हामीमध्य्र सबैभन्दा श्रेष्ठको छोरा, र हाम्रो सरदार र हाम्रो सरदारको छोरा, त उहाँले भन्नु भयोः हे मानिसहरू, तिमीहरू आफ्नो कुरालाई भन, र शैतान तिमीहरूलाई नफकाओस्, म मुहम्मद अल्लाहको भक्त र सन्देष्टा हूँ, मलाई यो मनपर्दैन कि तिमीहरू मलाई त्यस दर्जाबाट उच्च गर जुन अल्लाहले मलाई प्रदान गरेको छ । (यसलाई अहमद र नेसाईले वर्णन गरेका छन्) ।
त रसूल सल्लल्लाहो अलैहे वसल्लमले निम्न शब्ददवारा उहाँको प्रशंसा गर्नुलाई रूचाएनन् किः तपाई हामीहरूको सरदार हाै, तपाई हामीमध्ये सर्वश्रेष्ठ हाै, तपाई हामीभन्दा उत्कृष्ट छाै तपाई हामीभन्दा प्रतिष्ठित छाै, जबकि उहाँ सल्लल्लाहो अलैहे वसल्लम वास्तवमा समस्त सृष्टिभन्दा उत्कृष्ट र मर्यादित थिए, तै पनि उहाँले उनीहरूलाई यसबाट मनाही गरे ताकि उनीहरू उनको प्रशंसामा सीमा अतिक्रमणबाट टाढा रहुन्, र एकेश्वरवादको सुरक्षाको कारणले पनि, र उहाँले उनीहरूलाई मार्गदर्शित गरे कि उनी उहाँलाई दुई विशेषताद्वारा विशेषित गरून् जुन भक्तको सर्वोत्कृष्ट श्रेणी हुन्, र त्यसमा नत कुनै सीमा अतिक्रण छ नत सिद्धान्तमाथि कुनै भय नै छ, र ती दुवै विशेषता हुन्ः अल्लाहको भक्त र सन्देष्टा हुनु, र उहाँले यो मन पराएनन् कि उनीहरू उहाँलाई त्यस दर्जाबाट उच्च गरून् जुन दर्जालाई अल्लाहले उहाँको लागि मनोनीत गरेको छ, त अत्याधिक मानिसहरूले उहाँको यस आदेशको विरोध गरे र उहाँसित दुआ गर्न थाले, र उहाँसित सहायता माँग्न थाले, र उहाँको कसम खान थाले, र उहाँसित त्यो कुरा माँग्न थाले जसलाई मात्र अल्लाहसित माँगिन्छ, जसरी कि जन्मउत्सवका कविताहरू र गानाहरूमा गरिन्छ, र उनीहरू अल्लाहको हक र सन्देष्टाको हकबीच कुनै भिन्नता गर्दैनन् ।
अल्लामा इब्नुल कैयिम नूनियहमा भन्छन्ः
अल्लाहकाे लागि एउटा अधिकार छ जुन कसैकाे लागि छैन र भक्तकाे लागि पनि हक छ तर त्यो दुईटा छ ।
यसर्थ दुई हकलाई एउटै नबनाउनु, बिना कुनै प्रमाण र भिन्नता ।
नबी सल्लल्लाहाे अलैहे वसल्लमकाे श्रेणीकाे वर्णन
जुन कुराद्वारा अल्लाहले नबी सल्लल्लाहाे अलैहे वसल्लमकाे प्रशंसा गरेकाे छ त्यसैद्वारा उहाँको प्रशंसा गरेर उहाँकाे दर्जालाई वर्णन गर्नु र अल्लाहले जुन दर्जा उहाँलाई प्रदान गरेको छ त्यसलाई स्वीकार गर्नुमा कुनै आपत्ति छैन, किनकि उहाँ सल्लल्लाहाे अलैहे वसल्लमलाई अल्लाहले अति उच्च दर्जा प्रदान गरेको छ यसर्थ उहाँ त्यसको भक्त र सन्देशवाहक हुन्, र उनी समस्त सृष्टिभन्दा उत्कृष्ट र मनाेनीत व्यक्ति हुन्, र उनी समस्त सृष्टितिर अल्लाहको सन्देष्टा हुन्, अर्थात समस्त जिन्नात (दानव) र मानवहरूतिर, र उनी सबैसन्देष्टाहरूमध्ये सर्वोत्कृष्ट सन्देष्टा र समस्त सन्देष्टाहरूको समापक हुन्, जिन पश्चात कुनै सन्देष्टा आउनेवाला छैन, त अल्लाहले उनको छातीलाई खोलिदियाे र उहाँकाे शान मानलाई उच्च गर्यो, र ती समस्तको भाग्यमा अपमान र तुच्छता लेखिदियो जुन उहाँको विरोध गराेस्, र उहाँ नै त्यस प्रशंसनीय ठाउँका स्वामी हुन् जसको बारेमा महान अल्लाहको फर्मान छः छिटै तपाईकाे पालनहारले तपाईलाई मर्यादित स्थान प्रदान गर्नेछ । (अल् इस्राः ७९)
अर्थातः त्यो स्थान जसमा अल्लाह उहाँलाई सिफारिश गर्ने उद्देश्यले उभियाउँछ ताकि सबैलाई उहाँ त्यस ठाउँको उभयाइकाे कष्टबाट छुट्कारा दिलाउन्, र यो स्थान समस्त सन्देष्टाहरूमध्ये मात्र रसूल सल्लल्लाहो अलैहे वसल्लमको लागि विशिष्ट छ ।
र उहाँ सल्लल्लाहो अलैहे वसल्लम पूर्ण सृष्टिमध्ये अल्लाहसित सबैभन्दा अधिक भय गर्नेवाला र सबैभन्दा अधिक संयमी छन्, र अल्लाहले सबैलाई उहाँको उपस्थितिमा स्वरलाई उच्च गर्नुबाट रोकेका छन्, र जुन मानिसहरू उहाँको पासमा स्वरलाई मसिनो राख्दछन् उनीहरूको प्रशंसा गरेका छन्, यसर्थ अल्लाहको फर्मान छः हे ईमानवालाहरू ! आफ्ना आवाजहरू पैगम्बरको आवाजभन्दा उच्च नपार न उनीसित ठूलो स्वरमा कुरा गर जुन प्रकारले तिमीहरू आपसमा एक अर्कासित कराएर बोल्दछौ । यस्तो नहोस् कि तिम्रो कर्महरू खेर गइहालुन् र तिमीलाई खबर पनि नहोस् । जुन मानिसहरू रसूलको हजुरमा आफ्नो आवाज मन्द राख्दछन् यिनै ती मानिसहरू हुन् जसका हृदयहरूलाई अल्लाहले संयमको निम्ति जाँची लिएको छ । उनको लागि मुक्ति छ र ठूलो प्रतिफल छ । (हे नबी) जुन मानिसहरूले तपाईलाई कोठाको पछाडिबाट बोलाउँछन्, उनीहरूमध्ये धेरै मूर्ख छन् । र यदि उनीहरूले तपाई स्वयम् निस्केर उनी समक्ष नआएसम्म धैर्य गरिराखेको भए यो उनीहरूको निम्ति राम्रो हुने थियो, अल्लाह त बडो क्षमाशील, अत्यन्त दयावान छ । (अल् हुजुरातः २- ५)
इमाम इब्नुल् कसीर रहेमहुल्लाहले भन्नु भयोः (यी श्लोकहरूमा अल्लाहले आस्थावान भक्तरूलाई नबी सल्लल्लाहो अलैहे वसल्लमसित गरिने व्यवहारको बारेमा र उहाँको प्रतिष्ठा र मर्यादा एवं सम्मानकाे बारेमा बताएको छ ... कि उनीहरू रसूल सल्लल्लाहो अलैहे वसल्लमको पासमा उहाँको स्वरभन्दा उच्च आवाजमा कुरा नगरून् ।)
र महान अल्लाहले यस कुराबाट पनि सबैलाई रोकेको छ कि उहाँलाई मानिसहरू झैं उहाँको नाम लिएर सम्बोधन गरियोस्, अर्थात यो भनियोस् किः हे मुहम्मद, बरू उहाँलाई दूतत्वको उपाधिले सम्बोधित गरियोस्, अर्थात भनियोस्ः हे अल्लाहका सन्देष्टा र हे अल्लाहका दूत । अल्लाहको फर्मान छः आस्थावानहरू हो ! तिमीहरूले अल्लाहको रसूलले बोलाएकोलाई तिमी आपसमा एक अर्कालाई बोलाए जस्तो नठान । (अन्नूरः ६३)
जसरीकि महान अल्लाह उहाँलाई हे नबी र हे सन्देष्टाको उपाधिद्वारा सम्बोधित गरेको छ । र उहाँमाथि अल्लाहले कृपा गरेको छ र फरिश्ताहरूले प्रशान्ति पठाएका छन्, र अल्लाहले आफ्नो भक्तहरूलाई उहाँमाथि त्यसको दया प्रशान्तिको (दरूद सलामकाे) याचना गर्ने आदेश गरेको छ, यसर्थ अल्लाहको फर्मान छः निःसन्देह अल्लाह र त्यसका फरिश्ताहरू नबीमाथि दरुद सलाम पठाउँछन्, हे आस्थावानहरू तिमीहरू पनि उहाँमाथि अत्याधिक दरुद सलाम पठाउँदैगर । (अल् अहजाबः ५६)
तर उहाँ सल्लल्लाहो अलैहे वसल्लमको प्रशंसाको लागि कुनै कैफियत र समयलाई कुरआन र सुन्नतबाट बिन कुनै सही प्रमाण निधार्रित गरिदैन, यसर्थ जुन मानिसहरू उहाँको जन्मको दिनलाई विशिष्ट गरेर उहाँको प्रशंसा आदि गर्छन् त्यो सबै निषेधित बिदअत हो ।
र उहाँको सम्मान गर्नुमध्ये उहाँको सुन्नतको सम्मान गर्नु पनि हो, र त्यसमाथि कार्यन्वित हुनु पनि, र त्यसलाई कुरआन पश्चातको श्रेणीमा राख्नु पनि, किनकि त्यो पनि अल्लाहको प्रकाशनामध्येकै हो, जसरी कि अल्लाहको फर्मान छः र उनी आफ्नो इच्छाले केही भन्दैनन् । त्यो त मात्र वह्य हो जुन (उनीमाथि) पठाइँदैछ । (अन्नज्मः ३, ४)।
यसर्थ त्यसमा शंका गर्नु, र त्यसको दर्जालाई कम बुझ्नु, वा त्यसलाई वा त्यसका सनदहरूलाई सही गल्त भनिनु वा बिना दृढ ज्ञान त्यसको व्याख्या गर्नु जायज छैन । तर यस वर्तमान युगमा अनभिज्ञहरूले र विशेषरूपले केही यस्ता नवयुवकहरू जुन अहिले विद्याको पहिलो चरणमा नै छन् उनी यसबारे कुशब्द भन्दछन् र यसलाई सही जईफ भन्ने आँट गर्दछन्, र यसमा भएका वर्णनकर्ताहरूको बारेमा बिना ज्ञान र अध्ययन कुरा गर्दछन्, त यो उनी र उम्मतमाथि गम्भीर खतरा हो, यसर्थ उनीहरूमाथि यो अनिवार्य छ कि उनीहरू अल्लाहसित भय मानुन्, र आफ्नाे सीमामा नै रहुन् ।
दोस्रो अध्यायः उहाँको अनुशरण र आज्ञापालन अनिवार्य हुनुको बारेमा
नबी सल्लल्लाहाे अलैहे वसल्लमको आज्ञापालन अनिवार्य छ उहाँले जसको आदेश गरेका छन् त्यसलाई गरेर र जसबाट रोकेका छन् त्यसबाट रूकेर, र यो मुहम्मदर्रसूलुल्लाहको गवाही दिनुसित नै संलग्न छ, र अल्लाहले अत्याधिक श्लोकहरूमा उहाँको आज्ञापालन गर्ने आदेश गरेका छन्, त कहिले उहाँको आज्ञापालनलाई अल्लाहको आज्ञापालनसित संलग्न गरिएको छ, जसरी कि अल्लाहको यस कथनमा छः हे आस्थावानहरू ! अल्लाहको आदेश पालना गर र उसका रसूलको आदेशहरूको पालना गर । (अन्निसाः ५९) र यस जस्तै अन्य श्लोकहरू, र कहिले यसको आदेश छुट्टै दिन्छ, जस्तो कि अल्लाहको यो कथनः जसले सन्देष्टाको आज्ञापालन गर्यो त्यसले अल्लाहको आज्ञापालन गर्यो । (अन्निसाः ८०) र रसूल सल्लल्लाहो अलैहे वसल्लमको आज्ञापालन गर ताकि तिमीमाथि कृपा गरियोस् । (अन्नूरः ५६)
र कहिले ती मानिसहरूलाई चेतावनी दिन्छ जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको अवज्ञा गर्छन्, जसरी कि अल्लाहको यस कथनमा छः त जुन मानिसहरूले उहाँको अवज्ञा गर्छन् उनीहरू सचेत रहुन् कि कदाचित उनीहरूमाथि कुनै ठूलो विपत्ति आइपरोस् अथवा उनीहरूमाथि कुनै दुःखद् यातना आइलागोस् । (अन्नूरः ६३)
अर्थातः उनीहरूको हृदयलाई नास्तिकता वा कपट वा बिदअत आइलागोस्, वा यसै संसारमा उनीमाथि कष्टदायक यातना आइहालोस् जसरी उनको हत्या गरियोस् वा उनीमाथि दण्डित गरियोस् वा उनीलाई कारागारमा थुनियोस्, र यस बाहेक अन्य शीघ्रतम् सजायहरूद्वारा त्यसलाई दण्डित गरियोस् ।
र अल्लाहले उहाँसित प्रेम गर्नु र उहाँको अनुशरण गर्नुलाई भक्तको लागि अल्लाहको दया क्षमा र प्रेम पाउने माध्यम बनाएको छ, अल्लाहको फर्मान छः भनिदिनुस् कि यदि तिमीहरू अल्लाहलाई प्रेम गर्दछाै भने मेरो अनुशरण गर अल्लाह तिमीहरूलाई प्रेम गर्नेछ । (आले इम्रानः ३१) ।
र उहाँको आज्ञापालनलाई पथप्रदर्शन र उहाँको अवज्ञालाई पथविचलन ठहर गरेको छ, अल्लाहको फर्मान छः र यदि तिमीहरू उहाँ सल्लल्लाहो अलैहे वसल्लमको आज्ञापालन गर्नेछाै भने पथप्रदर्शित हुनेछाै । (अन्नूरः ५४)
र अल्लाहको फर्मान छः अनि यदि यिनीहरूले तिम्रो कुरा स्वीकार गर्दैनन् भने तिमीले यो विश्वास गर कि यिनीहरू मात्र आफ्ना इच्छाहरूको अनुशरण गर्दैछन् र उसभन्दा धेरै मार्गविचलित को होला? जसले अल्लाहको मार्गदर्शन छोडेर आफ्नो इच्छाको पछिपछि हिंडेको छ । निःसन्देह अल्लाह अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन । (अल् कससः ५०)
र महान अल्लाहले यो खबर पनि दिएको छ कि उहाँको व्यक्तित्वमा नै उहाँका अनुयायीहरूको लागि सर्वोत्तम आदर्श छ, यसर्थ अल्लाहको फर्मान छः निःसन्देह तिम्रो निम्ति अल्लाहको रसूलमा एउटा उत्तम आदर्श छ, प्रत्येक त्यस ब्यक्तिको लागि जसले अल्लाह र अन्तिम दिनको आशा राख्दछ, र अल्लाहलाई अधिक स्मरण गर्दछ । (अल् अहजाबः २१)
इब्ने कसीर रहेमहुल्लाहको भनाई छः (यो गरिमामय श्लोक मूल आधार हो नबी सल्लल्लाहो अलैहे वसल्लमको कथन कार्य र प्रत्येक अवस्थाको अनुशरण गर्नेबारे, र यसै कारण महान अल्लाहले मानिसहरूलाई अहजाब युद्धको दिन नबी सल्लल्लाहो अलैहे वसल्लमको धैर्यताको अनुशरण गर्ने, र उहाँको संघर्ष र आफ्नो प्रतिपालकसित संलग्नता र त्यसको दया कृपाको प्रतिक्षा गर्ने कुराको अनुशरण गर्ने आदेश गर्यो, सदैंव अल्लाहको दरूद र सलाम अवतरित होस् उहाँमाथि प्रलयसम्म ।
र अल्लाहले उहाँको आज्ञापालन र अनुशरण गर्ने कुरालाई कुरआनको लगभग ४० ठाउँमा वर्णन गरेको छ, त मानिसको जीउलाई यस कुराको आवश्यकता छ कि त्यो खानपानभन्दा अधिक उहाँको अनुशरण गर्ने कुराको ज्ञान प्राप्त गराेस्, किनकि जब मान्छेलाई खाना पानी मिल्दैन त त्यो यस संसारिक जीवनमा मरिहाल्छ, तर जब रसूल सल्लल्लाहो अलैहे वसल्लमको आज्ञापालन र अनुशरण छुटिहाल्छ त त्यसलाई सदैंवको लागि यातना र दुःख भाेग्नु पर्नेछ, र नबी सल्लल्लाहो अलैहे वसल्लमले पूजाको सन्दर्भमा आफ्नो अनुशरण गर्ने आदेश गरेका छन्, र यो कि त्यस पूजालाई उसै तरिकाले आयोजित गरियोस् जसरी उहाँले गरेका छन्, यसर्थ महान अल्लाहको फर्मान छः निःसन्देह तिम्रो निम्ति अल्लाहको रसूलमा एउटा उत्तम आदर्श छ । (अल् अहजाबः २१) र नबी सल्लल्लाहाे अलैहे वसल्लमले भन्नु भयोः (जसरी मलाई नमाज पढ्दा हेरेका छाै उस्तै तिमी पनि नमाज पढ्नु ।) (यस हदीसलाई बुखारीले वर्णन गरेका छन्), र उहाँले भन्नु भएको छः (तिमीहरू हज्ज गर्ने तरिका मसित सिकिहाल ।) (यस हदीसलाई मुस्लिमले वर्णन गरेका छन्), र उहाँले भन्नु भएको छः (जसले कुनै यस्तो कार्य गर्यो जसलाई गर्ने हामीले आदेश गरेका छैनाैं त त्याे कार्य अस्वीकृत छ ।) (यस हदीसलाई बुखारी र मुस्लिमले वर्णन गरेका छन्), र उहाँले भन्नु भएको छः (जसले मेरो सुन्नतबाट मुख फर्कायो त्यो हामीमध्येको होएन ।) (बुखारी, मुस्लिम) यस बाहेक अन्य उदधृतहरू छन् जसमा उहाँ सल्लल्लाहो अलैहे वसल्लमको आज्ञापालनको र उहाँको विरोध नगर्नुको आदेश छ ।
तेस्रो अध्यायः उहाँमाथि दया प्रशान्ति पठाउनुको वैधानिकताबारे वर्णन
र उहाँका अनुयायीहरूमाथि उहाँको यो हक छ कि उनीहरू उहाँ सल्लल्लाहो अलैहे वसल्लममाथि दरूद सलाम पठाउदै गरून्, यसर्थ अल्लाहको फर्मान छः निःसन्देह अल्लाह र त्यसका फरिश्ताहरू नबीमाथि दरुद सलाम पठाउँछन्, हे आस्थावानहरू तिमीहरू पनि उहाँमाथि अत्याधिक दरुद सलाम पठाउँदैगर । (अल् अहजाबः ५६)
र यो वर्णित छ कि महान अल्लाहको उहाँमाथि दरूद (सलात) पठाउनुको अर्थ होः कि अल्लाह उहाँको प्रशंसा फरिश्ताहरूसित गर्छ, र फरिश्ताहरूको दरूद पठाउनुको अर्थ होः उहाँको लागि दुआ गर्नु, र मानवहरूको दरूद पठाउनुको अर्थ होः उहाँको लागि क्षमायाचना गर्नु, र महान अल्लाहले यस श्लोकमा आफ्नो भक्त र सन्देष्टाको श्रेणी माथिल्लो लाेकमा त्यसको पासमा भएकाहरू निकट प्रकट गर्नु हो, जसरी कि त्यो सामीप्यता प्राप्त फरिश्ताहरू निकट उहाँको प्रशंसा गर्छ, र फरिश्ताहरू उहाँमाथि प्रशान्ति पठाउँछन्, अनि अल्लाहले तल्लो लोकमा अर्थात धरतीमा भएकाहरूलाई पनि उहाँमाथि दरूद सलाम पठाउने आदेश गरेको छ, ताकि माथिल्लो र तल्लो दुवै लाेकमा भएकाहरू उहाँको प्रशंसामा एकनास भइहालुन् ।
र वसल्लेमु तसलीमाको अर्थ होः उहाँलाई इस्लामीय अभिनन्दन गर, अर्थात जब मान्छे नबी सल्लल्लाहो अलैहे वसल्लममाथि सलाम पठाओस् र दरूद पनि पठाओस्, र दुवैमध्ये मात्र एकमा सीमित नरहोस्, यसर्थ मात्र सल्लललाहो अलैहे नभनोस्, नत अलैहिस्सलाम मात्र नै भनोस्, किनकि अल्लाहले दुवैलाई भन्ने आदेश गरेको छ ।
र उहाँमाथि दरूद सलाम पठाउनु केही ठाउँहरूमा वैधानिक छ चाहे अनिवार्यतया वा ताकेदा गरिएको स्थानहरूमा, र इब्नुल कैयिम रहेमहुल्लाहले आफ्नो किताब (जलाउ्ल इफहाम) मा यस्ता ४१ ठाउँ वर्णन गरेका छन् जहाँ उहाँमाथि दरूद सलाम पठाइन्छ, र ती ठाउँहरूको प्रारम्भ गरेका छन् यसरीः पहिलो ठाउँः र यो अति महत्वपूर्ण र ताकेदायुक्त ठाउँ हो, र त्यो हो नमाजको अन्तिम तशह्हुदमा, त समस्त मुसलमानहरूको यस ठाउँमा उहाँमाथि दरूद सलाम पठाउने कुरामा एकमत छ, तर उनीबीच यस कुरामा विभेद छ कि यो अनिवार्य छ वा छैन । अनि उनले केही अन्य ठाउँहरू वर्णन गरेका छन् जसरीः कनूतको अन्त्यमा, र खुत्बाहरूमा जसरी जुमआको खुत्बामा, दुवै ईद र वर्षाको खुत्बामा, र यस्तै अजानको जवाफ दिए पश्चात, र याचना गर्ने समय, मस्जिदमा प्रवेशगर्दा र निस्कने समय, र उहाँको वर्णन आएको समय, अनि उनले यसलाई भनिने लाभ र प्रतिफलको बारेमा वर्णन गर्दै लगभग ४० लाभ वर्णन गरेका छन् जसमध्ये होः
यसद्वारा महान अल्लाहको आज्ञापालन गर्नु ।
र त्यसैमध्येबाट होः एक पटक दरूद सलाप पढने मान्छेले अल्लाहबाट दश कृपा क्षमा र दया पाउनु ।
र त्यसैमध्येबाट होः यदि याचना गर्नुभन्दा अघि यसलाई पढेको छ भने याचना कबूल हुने आशा ।
र त्यसैमध्येबाट होः यो उहाँ सल्लल्लाहो अलैहे वसल्लमको शिफाअत पाउने माध्यम भइहाल्छ जब मान्छे यसलाई उहाँको माध्यम पाउने कुरासित संलग्न गरोस् ।
र त्यसैमध्येको होः यो पापहरूको क्षमाको कारण हुन्छ ।
र त्यसैमध्येबाट होः उहाँमाथि दरूद सलाम पठाउने मान्छेलाई नबी सल्लल्लाहो अलैहे वसल्लमको जवाफको कारण बन्दछ ।
यसर्थ अल्लाहको अत्याधिक दया प्रशान्ति अवतरित होस् यस दयावान सन्देष्टामाथि ।
चाैथो अध्यायः उहाँको परिवारको श्रेष्ठताबारे, र उनीहरूप्रति हामीमाथि के अनिवार्य छ बिना सीमा अतिक्रमण र बेवास्ता गरिकन् ।
अहलुल बैत (उहाँको घरपरिवार) को अर्थ होः उहाँका ती परिवार जिनमाथि दान लिनु हराम छ, र उनी हुन् हजरत अलीको परिवार र सन्तान, र हजरत जअ्फरको घरपरिवार, र हजरत अब्बासको परिवार, र हारिस बिन अब्दुल मुत्तलिबको सन्तति, र उहाँ सल्लल्लाहो हलैहे वसल्लमकी स्वास्नी र छोरीहरू । किनकि अल्लाहको फर्मान छः हे पैगम्बरका घरवालीहरू अल्लाह चाहन्छ कि तिमीबाट (सबै प्रकारको) फोहोरलाई टाढा राखोस्, र तिमीलाई पूर्णरूपले पवित्र राखोस् । (अल अहजाबः ३३)
इब्नुल् कैयिम रहेमहुल्लाहले भन्नु भएको छः (अनि पवित्र कुरआनमा विचार गरे पश्चात कुनै शंका बाँकी रहदैन किः अल्लाअको यस कथनमा नबी सल्लल्लाहो अलैहे वसल्लमकी समस्त स्वास्नीहरू शामेल छिन्ः हे पैगम्बरका घरवालीहरू अल्लाह चाहन्छ कि तिमीबाट (सबै प्रकारको) फोहोरलाई टाढा राखोस्, र तिमीलाई पूर्णरूपले पवित्र राखोस् । (अल अहजाबः ३३)
किनकि कुराको सन्दर्भ उनीहरू साथै छ, र यसै कारण यस पश्चात अल्लाहले भनेको छः र तिम्रा घरहरूमा जुन अल्लाहका आयतहरू र रसूलका हदीसहरू पढिन्छन् तिनको चर्चा गर्नेगर । (अल अहजाबः ३४)
अर्थातः उनीहरू जानिराखुन जेजति महान अल्लाहले कुरआन र हदीसबाट आफ्नो सन्देष्टामाथि उनीहरूको घरमा अवतरित गरेको छ । र यो कथन कतादा र अन्य धर्मगुरूहरूको हो ।
र उनीहरू त्यस अनुकम्पालाई स्मरण गर्दैगरुन् जसद्वारा अल्लाहले उनीहरूलाई अन्य मानिसहरूको दाँजोमा विशिष्ट गरेको छः कि वह्य तिमीहरूको घरमा अवतरित हुन्छ अन्य मानिसहरूको घर बाहेक, र सत्यवानको छोरी हजरत आइशा रजिअल्लाहो अन्हा सर्वप्रथम यस अनुकम्पाबाट सम्मानित भइन्, र उनी सबैभन्दा अधिक यस महान अनुकम्पाद्वारा विशिष्ट भइन्, किनकि उनी बाहेक कुनै महिलाको ओछ्यानमा रसूल सल्लल्लाहो अलैहे वसल्लममाथि वह्यको अवतरण भएन, जस्तोकि यस सन्दर्भमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको उदधृत छ, र केही विद्हरूको भनाई छः किनकि उनी बाहेक कुनै कुँवारी महिलासित बिहे गरेका थिएनन्, र रसूल सल्लल्लाहो अलैहे वसल्लम बाहेक कोही पनि उनको ओछयानमा सुतेन, यसर्थ उनलाई यस विशेषताबाट विशेषित गर्नु उपयुक्त थियो, र यो कि उनलाई यस विशाल श्रेणीमा एकल गरियोस्, तर जब उहाँकी स्वास्नीहरू उहाँको परिवारमध्येकी थिइन् त उहाँको रिश्तालाई यसद्वारा नामाकरण गर्नु आवश्यक थियो ।) तफ्सीर इब्ने कसीरबाट यो कथन समाप्त भयो ।
त अहलुस्सुन्नह वल जमाअह रसूल सल्लल्लाहो अलैहे वसल्लमको घरपरिवारलाई प्रेम गर्छन् र उनीहरूको सहायता गर्छन्, र उनीहरूको बारेमा त्यस वसीयतको रक्षा गर्छन् जसलाई उहाँले गदीर खुमको दिन गरेका थिए किः (तिमीहरूलाई मेरो परिवारको हक इज्जत सम्मानको सुरक्षा गर्ने उपदेश गर्दछु ।) (यसलाई मुस्लिमले वर्णन गरेका छन्)
यसर्थ अहलुस्सुन्नह उनीहरूसित प्रेम गर्छन् र उनीहरूको इज्जत सम्मान गर्छन् किनकि यो नबी सल्लल्लाहो अलैहे वसल्लमसित प्रेम गर्नु र उहाँको सम्मान गर्नु हो, र यो यस शर्तको साथ किः उनी उहाँको पद्धतिको अनुशरण गर्दै धर्ममाथि कायम रहुन् जसरी कि उनीभन्दा अघिका मानिसहरू थिए जसरी हजरत अब्बास र उनका सन्तानहरू, र हजरत अली र उनका सन्तानहरू, तर जसले सुन्नत (उहाँको पद्धति) को विरोध गर्यो, र धर्ममाथि कायम रेहन, त त्यसको सहायता र प्रेम गर्नु जायज छैन यद्यपि त्यो उहाँको परिवारमध्येबाट किन नहोस् ।
त अहले बैत (उहाँको परिवार) को बारेमा अहलुस्सुन्नह वल जमाअहको धारणा र दृष्टिकोण संयम र निष्पक्षताको छ, धर्ममाथि कायम भएकाहरूको पक्षधर रहन्छन्, र जुन धर्म र सुन्नतबाट मुख फर्काइसकेका हुन्छन् तिनीबाट विरक्तता अपनाउँछन् यद्यपि उनी अहले बैतबाट किन नहोउन्, किनकि यद्यपि त्यो अल्लाहको नबीको आफन्ती हो र अहले बैतबाट हो तर यो विशेषता त्यसलाई लाभ पुर्याउन सक्दैन जबसम्म त्यो अल्लाहको धर्ममाथि पूर्णतया कायम नरहोस्, र हजरत अबू हुरैरह रजिअल्लाहो अन्होको वर्णन छ किः जब निम्नको श्लोक अवतरित भयो त रसूल सल्लल्लाहो अलैहे वसल्लम उभेः (र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।) (अश्शुअराः २१४)
अनि भनेः (हे कुरैशका मानिसहरू -वा यसै जस्तो कुनै शब्द- आफूलाई किनिहाल (अर्थात आगोबाट बचाऊ) म अल्लाह समक्ष तिम्रो कुनै सहायता गर्न सक्दैन, हे अब्दुल मुत्तलिबको छोरा अब्बास म अल्लाह समक्ष तिम्रो कुनै सहायता गर्न सक्दैन, हे सफीया रसूल सल्लल्लाहो अलैहे वसल्लमकी काकी म अल्लाह समक्ष तिम्रो कुनै सहायता गर्न सक्दैन, र हे फातिमा मुहम्मदकी छोरी मेरो मालबाट जे चाह माँगिहाल तर अल्लाह समक्ष म तिम्रो कुनै प्रकारको सहायता गर्न सक्दैन ।) (यसलाई बुखारीले वर्णन गरेका छन्)
र यो हदीसः (जसको कर्ममा कमी कोताही हुन्छ त्यसलाई त्यसको वंश सदाचारीहरूको श्रेणी वा स्वर्ग दिलाउन सक्दैन ।) (यसलाई मुस्लिमले वर्णन गरेका छन्)
र अहलुस्सुन्नह वल जमाअह शीअह राफेजाको पद्धतिबाट विरक्तता अपनाउँछन् जुनकि नबी सल्लल्लाहो अलैहे वसल्लमको केही परिवारको बारेमा सीमा अतिक्रमण (अतिशयोक्ति) गर्छन्, र उनीहरूलाई समस्त प्रकारका पापहरूबाट पवित्र मान्दछन् । र नासिबीहरूको पद्धतिबाट पनि जुन सुमार्गीय अहले बैतसित शत्रुता राख्दछन् र उनीहरूमाथि टिप्पणी गर्छन् उनीहरूमा निहुँ निकाल्दछन् । र पथविचलित बिदअतीहरूको पद्धतिबाट पनि जुन अहले बैतलाई माध्यम बनाउँछन् र उनीलाई अल्लाह बाहेक प्रतिपालक मान्दछन् ।
त यस विषयमा र यस जस्ता अन्य विषयहरूमा अहलुस्सुन्नह वल जमाअह मध्यमार्गीय तरिका अपनाउँछन् र सुमार्गमा हुन्छन् जसमा नत कुनै कमी छ न जियादती, न सीमा अतिक्रमण छ न बेवफाइ अहले बैतको हक अधिकारको सन्दर्भमा, र सुमार्गी अहले बैत आफूबारे सीमा अतिक्रमण गर्नुको इन्कारी छन् र उनीहरूको बारेमा सीमा अतिक्रमण गर्नेहरूबाट विरक्तता अपनाएका छन्, यसर्थ आस्थावानहरूको नायक हजरत अलीले उहाँको बारेमा सीमा अतिक्रमण (अतिशयोक्ति) गर्नेहरूलाई आगोबाट जलाए, र यस कार्यमाथि हजरत इब्ने अब्बासले उहाँलाई सहमति पनि प्रदान गरे तर उनको दृष्टिमा आगोद्वारा वध गर्नुभन्दा तरवारद्वारा वध राम्रो हुन्थ्यो यस्तो उक्ति दिनु भयो, र हजरत अलीले यी सीमा अतिक्रमणकारीहरूको नायक अब्दुल्लाह बिन सबालाई डाँकेर ल्याउने आदेश गरेका थिए ताकि त्यसको वध गरुन् तर त्यो भागेर लुकायो ।
पाँचाैं अध्यायः सहाबाहरूको प्रधानता र उनीप्रति अपरिहार्य धारणा राख्नुको वर्णनबारे
उनीहरूबीच जुन घटित भयो त्यसबारे अहलुस्सुन्नह वल जमाअहको दृष्टिकोण
सहाबाको अर्थ के हो र उनीहरूको बारेमा कस्तो धारणा राख्नु अनिवार्य छ
सहाबा सहाबीको बहुबचन हो र यसको अर्थ होः त्यो व्यक्ति जुन आस्थावान भएको अवस्थामा नबी सल्लल्लाहो अलैहे वसल्लमसित भेटेको होस्, र त्यसै आस्थाको अवस्थामा उसको मृत्यु पनि भएको होस् । र उनीहरूप्रति यो धारणा राख्नु आवश्यक छ कि उनीहरू (सहाबाहरू) यस उम्मत (समुदाय) का सर्वश्रेष्ठ मानिसहरू हुन्, र उनीहरू सर्वश्रेष्ठ युगवाला हुन्, किनकि उनीहरू प्रथम आस्थावान हुन् र नबी सल्लल्लाहो अलैहे वसल्लमको साथ पाए, र उहाँको साथमा धर्मयुद्ध गरे, र यस विधानलाई उहाँ सल्लल्लाहो अलैहे वसल्लमबाट लिएर उहाँ पश्चात आएका मानिसहरूसम्म पुर्याए, र उनीहरूको प्रशंसा अल्लाहले पवित्र ग्रन्थ कुरआनमा पनि गरेको छ। अल्लाहको फर्मान छः र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिसहरू) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही तिनीहरूको अनुशरण गरे, अल्लाह तिनीहरूसित खुशी छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन् तिनीहरूको निम्ति यस्ता बगैंचाहरू तयार छन् जसमुनि नहरहरू बगिरहने छन् (तिनीहरू) सधैं त्यसमा बास गर्नेछन् । यही ठूलो सफलता हो । (अत्ताैबाः १००)
र अल्लाहको फर्मान छः र ती गरिब आफ्नो घरबार छोड्ने वालाहरूको (मुहाजिरहरूको) निम्ति पनि जसलाई आफ्ना घरहरू र सम्पत्तिहरूबाट निकाला गरिएको छ । तिनीहरू अल्लाहको अनुकम्पा र उसको प्रसन्नताको इच्छुक छन् र अल्लाह तथा उसको रसूलको मद्दत गर्छन् । यी मानिसहरू नै साँचै ईमानवाला छन् । र उनीहरूको लागि जसले ‘‘मुहाजिरहरू’’ (प्रवासीहरु) भन्दा पहिला मदीनामा बसिराखे र ईमानमा उनीहरूभन्दा पहिला स्थान बनाएका छन् । र जो हिजरत (प्रवास) गरेर आउनेहरूसित प्रेम गर्दछन् र जे जति आप्रवासीहरूलाई दिइन्छ, त्यसबाट आफ्नो हृदयमा केही छट्पटी पाउँदैनन्, बरु उनलाई आफूहरूभन्दा बढि प्राथमिकता दिन्छन्, चाहे उनीहरूलाई स्वयं त्यसको आवश्यकता किन नहोस् र जुन व्यक्तिलाई आफ्नो मनको लोभ र कञ्जूसीबाट बचाइयो यस्ता मानिसहरू नै सफल छन् । (अल हश्रः ८, ९)
त उपरोक्तका श्लोकहरूमा महान अल्लाहले मुहाजेरीन (प्रवासी) र अनसारी (प्रवासीहरूको सहायता गर्नेहरू) को प्रशंसा गरेको छ, र उनीहरूको यो विशेषता वर्णन गरेको छ कि उनीहरू भलाईका कार्यहरूमा अघि अघि रहन्छन्, र यो खबर पनि दिएको छ कि अल्लाह उनीहरूसित राजी भइसकेको छ र उनीहरूको लागि स्वर्गलाई तयार राखेको छ, र उनीहरूलाई यस विशेषताद्वारा पनि विशेषित गरेको छ कि उनीहरू एकआपसमा दयावान हुन्छन् र काफिरहरूमाथि कठोर हुन्छन्, र उनीहरूलाई अत्याधिक रूकूअ र ढोगको विशेषताद्वारा र स्वच्छ हृदय हुने विशेषताद्वारा पनि विशेषित गरेको छ, र यो कि उनीहरू आस्था र आज्ञाकारिताको निशानीद्वारा पहिचानिन्छन्, र अल्लाहले उनीहरूलाई आफ्नो नबीको साथको लागि मनोनीत गरेको छ ताकि आफ्नो शत्रु नास्तिकहरूलाई क्रोधित गरोस्, जसरी कि मुहाजेरीनहरूलाई विशिष्ट गरेको छ अल्लाहको लागि र त्यसको प्रसन्नता र अनुकम्पा पाउनुको लागि आफ्नो घर माललाई त्याग्नुको लागि, र यो कि उनीहरू यस सन्दर्भमा सत्यवान र निष्ठावान छन्, र अनसारीलाई यस विशेषतादवारा विशेषित गर्यो कि उनीहरू प्रवास गरिएको ठाउँको बासी र प्रवासीहरूको सहायक, आस्थावान र सत्यवान हुन्, र उनीहरूलाई प्रवासीहरूसित प्रेम गर्ने विशेषता र गुणबाट पनि विशेषित गरेको छ र उनीहरू आफ्नो प्रवासीहरूलाई आफूमाथि प्राथमिकता दिन्छन्, र उनीहरूको सहायता गर्छन् र उनीहरू कञ्जुसीबाट मुक्त छन्, र यसै कारण उनीहरू सफल भए । त यी उनीहरूका केही सामान्य विशेषता र गुणहरू हुन्, र यस बाहेक केही विशेष गुण र श्रेणीहरू छन् जस सन्दर्भमा केही केहीमाथि प्रधान छन्, अल्लाह उनीहरूसित राजी भयो, उनीहरूको सर्व प्रथम इस्लाम कबूल गर्नाले र सर्वप्रथम धर्मयुद्ध र प्रवास गर्ने कारणले ।
यसर्थ सहाबाहरूमा सबैभन्दा श्रेष्ठ चाराैं खलिफा (नबीका उत्तराराधिकारीहरू) हुन्
अबू बक्र अनि उमर अनि उसमान अनि अली, अनि बाँकी दशमध्ये ती सहाबीहरू जिनलाई स्वर्गको शुभसुचना दिइएको छ, र ती सहाबीहरू हुन् उपरोक्तका चाराैं खलिफाहरू, अनि हजरत तलहा, हजरत जुबैर, हजरत अब्दुर्रहमान बिन औफ, हजरत अबू उबैदह बिन जर्राह, हजरत सअद बिन वक्कास र हजरत सईद बिन जैद । र प्रवासीहरूलाई अनसारीहरूमाथि प्रधानता दिइन्छ, र बद्र युद्धमा शामेल भएका र रिजवान अठोट (संकल्प) मा सहभागी भएकाहरूलाई पनि, र प्रधानता दिइन्छ ती मानिसहरूलाई पनि जुन मक्काको विजयभन्दा अघि नै इस्लाम कबूल गरे र युद्ध गरे, ती मानिसहरूमाथि जुन मक्काको विजय पश्चात इस्लाम कबूल गरे ।
सहाबाहरूबीच भएको युद्ध र वविादको सन्दर्भमा अहलुस्सुन्नह वल जमाअहको सिद्धान्त
विवाद र उपद्रवको कारण
यहूदीहरूले इस्लाम र यसका अनुयायीहरु विरुद्ध षड्यन्त्र रचे यसर्थ एउटा तुच्छ षडयन्त्रकारी यहूदीलाई जसले झुटमा इस्लामलाई जाहेर गर्यो त्यसलाई इस्लाममा प्रवेश गराए र त्यो मान्छे हो अब्दुल्लाह बिन सबा यमनका यहूदीहरूमध्येबाट, त यस यहूदीले तेस्रो खलिफा हजरत उसमान बिन अफ्फान बिरूद्ध आफ्नो घृणाको विष फिजाउन थाल्यो, र उनको विरूद्ध मिथ्यारोपण गर्न थाल्यो जसकारण केही ती मानिसहरू जुन कम्जोर ईमानका थिए कम ज्ञानी थिए र जुन उपद्रवलाई मनपराउँथे ती समस्त यस यहूदीसित सहमत हुनथाले, यहाँसम्म कि सुमार्गी खलिफा हजरत उसमान रजिअल्लाहो अन्होमाथि अत्याचार गरेर शहीद गरियो, र उनको शहादत पछि नै मुसलमानहरूबीच विवाद उत्पन्न भयो, र यी समस्त उपद्रव यसै उहूदी र यसका सहायकहरूको षडयन्त्रलेगर्दा उत्पन्न भयो जसकारण सहाबाहरूबीच युद्ध भयो उनीहरूको विचारको दृष्टिमा ।
तहावियाको व्याख्याकर्ताको भनाई छः (र अस्वीकृति (रफज) को वास्तविकता यो हो कि यसलाई एउटा कपटी पाखण्डीले अविष्कार गर्यो, जसको उद्देश्य यो थियो कि यसद्वारा इस्लाम धर्मलाई स्थगित गराेस्, र रसूल सल्लल्लाहो अलैहे वसल्लममाथि टिप्पणी गराेस्, जसरी कि विज्ञहरूले वर्णन गरेका छन्, त अब्दुल्लाह बिन सबाले जब इस्लाम जाहेर गर्यो त यसद्वारा त्यसको अभिप्राय यो थियो कि त्यो आफ्नो षडयन्त्रद्वारा इस्लाम धर्मलाई अस्तव्यस्त गराेस् जसरी बुलसले ईसाई धर्मसित गरेको थियो, यसर्थ यसले पहिला इस्लामीय अनुष्ठानलाई जाहेर गर्यो, अनि भलाईको आदेश र बुराईबाट रोक्ने कार्यलाई पनि जाहेर गर्यो, अनि हजरत उसमान विरुद्ध षडयन्त्र र उहाँको हत्याको षडयन्त्र गर्यो, अनि जब कूफा पुग्यो त हजरत अलीको बारेमा सीमा अतिक्रमण गर्यो ताकि आफ्नो मनोकामना पूर्ण गरोस्,अनि जब हजरत अलीलाई यसको वास्तविकताको बारेमा पत्ता लाग्यो त यसको वध गर्ने उद्देश्यले डाँक्ने आदेश गरे त यो किरकिस नामक स्थानतिर भाग्यो, र यसको अवस्थाबारे इतिहासमा उल्लेख छ ।)
र शैखुल इस्लाम इब्ने तैमिया रहेमहुल्लाहको भनाई छः (जब हजरत उसमान रजिअल्लाहो अन्होलाई शहीद गरियो त हृदयहरू विभाजित भए र विपदा बढदै गयो, र दुष्टहरू प्रकट भए, र असल मानिसहरु अपमानित भए, र जुन मानिसहरू उपद्रव र उत्पात गर्नुमा असमर्थ थिए तिनीहरू पनि उपद्रव गर्नुतिर लागे, र जुन मानिसहरू भलाईलाई र सुधारलाई स्थापित गर्न चाहन्थे त्यसलाई स्थापित गर्नुमा असमर्थ भए, अनि उनीहरूले आस्थावानहरूको नायक हजरत अली बिन अबि तालिबको हातमा सत्ताको संकल्प लिए, र उनी त्यस समय खलीफा हुने (सत्ताको) सबैभन्दा अधिक हकदार थिए, र ती समस्तभन्दा श्रेष्ठ थिए जुन बाँकी बचेका थिए, तर हृदयहरू विभाजित भइसकेका थिए, र उत्पातको आगो सल्किराखेको थियो, यसर्थ एकजुट हुनसकेनन्, र समुदाय एकमत भएन, र खलिफा र सम्मानित मानिसहरू ती समस्त भलाईलाई स्थापित गर्न सकेनन् जसलाई स्थापित गर्न चाहन्थे, र यस विवाद र उपद्रवमा अन्य मानिसहरू पनि प्रवेश गरे, र जेजस्तो अवस्था थियो त्यो छदैथियो ।)
र सहाबाहरूको हजरत अली र मुआवियाबीच गरेको संघर्षको तथ्यलाई स्पष्ट गर्दै अझैं भनेका छन् किः (हजरत मुआवियाले खलिफा हुने (उत्तराधिकारी हुने) दावी गरेका थिएनन्, नत उनी यसको संकल्प नै लिएका थिए जुन समय उनले हजरत अलीसित युद्ध गरे, र उहाँले आफूलाई खलिफा ठानेर युद्ध गरेका थिएनन्, नत यो नै ठानेका थिए कि उनी खलिफा हुने हकदार छन्, र यस कुरालाई हजरत मुआविया स्वीकार गर्थे जब कोही उनीसित यसबारे प्रश्न गर्थ्यो, र नत मुआविया र उनको साथमा भएकाहरू अली र सहाबाहरूसित युद्ध आरम्भ गर्न चाहन्थे, बरू हजरत अली र उनका साथीहरूको यो धारणा थियो कि उनीहरूमाथि उनको आज्ञाकारिता र बैअत गर्नु अनिवार्य छ किनकि मुसलमानहरूको मात्र एउटा खलिफा हुन्छ, र उनीहरू त्यसको आज्ञाकारिताबाट निस्किसकेका छन्, र यस अनिवार्य कार्यलाई बेवास्ता गरेका छन्, र उनीहरू नै सशक्त छन् त उनिको विचारमा उनीसित युद्ध गरियोस् ताकि यस अनिवार्य कार्यलाई कार्यन्वयन गरुन्, त यसरी आज्ञाकारिता र एकता दुवै साकार भइहाल्छ । र उनीहरूको भनाई थियो (मुआवियाका साथीहरूको) किः हजरत उसमानलाई अत्याचार गरेर शहीद गरियो र यस कुरामा समस्त मुसलमानहरूको एकमत छ, र उनका हत्याराहरू हजरत अलीको सेनामा छन्, र उनीहरूको नै अधिपत्य छ, त यदि आफ्नो यस कार्यबाट रूकें भने उनीहरू हामीमाथि पनि अत्याचार गर्छन् र हजरत अली उनीहरूलाई हामीबाट उस्तै रोक्न सक्दैनन् जसरी उसमानबाट रोक्न सकेनन्, तसर्थ हामीलाई अनिवार्य यो छ कि यस्तो खलिफाको हातमा बैअत गराैं जुन हामीबीच न्याय र निसाफ गर्न सकोस् ।
र जुन विवाद उत्पन्न भयो त्यस सन्दर्भमा अहलुस्सुन्नह वल जमाअहको सिद्धान्त
र जुन विवाद र उपद्रव सहाबाहरूबीच उत्पन्न भएको थियो जस कारण युद्ध भयो यस सन्दर्भमा दुई संक्षिप्त कुरामा वर्णन गर्न सकिन्छः
पहिलोः उनीहरू त्यस विषयमा केही कुरा गर्दैनन् जुन सहाबाहरूको बीचमा घटित भयो ।
र त्यस विषयमा धेरै खोज गर्दैनन, किनकि यस्ता विषयहरूमा कुरा नगर्नु नै उत्तम हुन्छ, र उनीहरू भन्छन्ः हे हाम्रो प्रतिपालक हामीलाई र हाम्रा विगतका आस्थावान भाइहरूलाई पनि क्षमा प्रदान गर, र हाम्रा हृदयहरूमा आस्थावानहरूको लागि ईर्ष्याको सृजना नगर्नु हे हाम्रो प्रतिपालक तिमी त अति करुणावान दयालु छाै (अल हश्रः १०)
देस्रो कुरोः उनीहरूको भर्त्सना गर्ने समस्त कुराहरूको उत्तर दिन्छन्
र यो केही तरिकालेः
पहिलो तरिकाः यस्ताखालका जति कुराहरू (आसारहरू, उदगारहरू) वर्णित छन् तीमध्ये धेरै झुट हुन् जसलाई सहाबाका शत्रुहरूले रचेका छन् ताकि उनीहरुको प्रतिष्ठा बिगार्न सकुन् ।
दोस्रो तरिकाः यस्ताखालका उदगारहरूमा घटथप गरिएको छ, र यसलाई परिवर्तित गरिएको छ र सत्यलाई हटाएर झुट मिसाइएको छ, यसर्थ यी उदगारहरू परिवर्तित छन् जुन विश्वास योग्य छैनन् ।
तेस्रो तरिकाः यी उदगारहरूमध्येबाट जुन सही छ र त्यो अति कम छ, त उनीहरू यसमा असमर्थ छन्, किनकि उनीहरूले प्रयास गरेका थिए त त्यो सही भयो वा सही भएन, त उनीहरूको यो कार्य प्रयासमा आधारित थियो जसलाई गर्दा यदि मान्छे सत्यतालाई पाउँछ भने त्यसलाई दुई पुण्य र यदि सत्यतालाई पाउँदैन भने एक पुण्य अवश्य मिल्छ र जुन त्रुटि भएछ त्यो क्षमय छ, किनकि हदीसमा वर्णित छ रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भएको छः (जब हाकिम प्रयास गर्छ र त्यस प्रयासमा सफल हुन्छ भने त्यसलाई दुई पुण्य मिल्छ, र यदि प्रयास गरेछ तर गल्ती गर्यो भने तै पनि त्यसलाई एक पुण्य अवश्य मिल्छ ।) (अमर बिन आसको माध्यमले बुखारी र मुस्लिममा यो हदीस वर्णित छ)
चाैथो तरिकाः उनीहरू मानव नै हुन् जुन त्रुटि गर्न सक्दछन्, किनकि उनीहरूमध्ये प्रत्येक दोषमुक्त छैनन्, तर जे उनीहरूसित घटित भयो त्यसलाई मेटाइदिने धेरै कुराहरू छन् जसमध्ये हुन्ः
तिनले ताैबा गरेका हाेउन्, र ताैबा (प्रयाश्चित) समस्त पापलाई मेटाइदिन्छ जति भए पनि, जसरी कि यस सन्दर्भमा धेरै प्रमाणहरू वर्णित छन् ।
यदि उनीहरूबाट कुनै प्रकारको त्रुटि नै भएको छ भने उनीहरूको इस्लाममा प्राथमिकता र श्रेष्ठताले उनीहरूको त्यस दोषलाई क्षमय बनाइदिन्छ । अल्लाहको फर्मान छः निःसन्देह सत्कर्महरू कुकर्महरूलाई खतम पारिदिन्छन् । (हूदः ११४)
र उनीहरू जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको साथ पाए र उहाँको साथमा युद्ध गरे यो उनीहरूको अंशिक त्रुटिलाई छोपिलिन्छ ।
र उनीहरूको पुण्यलाई अरूभन्दा अधिक दोब्बर गराइन्छ, र उनीहरूको श्रेष्ठतालाई कोही पनि पुग्न सक्दैन, र अल्लाहको सन्देष्टाको कथनद्वारा यो सिद्ध भइसकेको छ कि उनीहरू नै सबैभन्दा श्रेष्ठ युगवाला हुन्, र उनीहरूमध्ये यदि कसैले एक मुठ्रकी दान गर्यो भने उनी बाहेक अरू कसैले उहुद पर्वत झैं दान गरेभन्दा श्रेष्ठ हुन्छ, अल्लाह उनीहरूसित राजी हाेस् र उनीहरूलाई प्रसन्न गरोस् ।)
शैखुल इस्लाम इब्ने तैमिया रहेमहुल्लाहको भनाई छः (र समस्त अहलुस्सुन्नह वल जमाअह र धर्मका अगुवाहरूको यो सिद्धान्त छैन कि सहाबाहरू, उहाँ सल्लल्लाहो अलैहे वसल्लमका आफन्तीहरू र सर्वप्रथम इस्लाम कबूल गरेकाहरू दोषमुक्त छन्, बरू उनीहरूको यो धारणा छ कि उनीहरूसित पापकार्य हुनसक्छ, र अल्लाह उनीहरूको पापलाई ताैबाको माध्यमले क्षमा गरिदिन्छ, र उनीहरूको श्रेणीलाई उच्च पारिदिन्छ, र उनीहरूको पुण्यद्वारा पापलाई नष्ट गरेर क्षमा प्रदान गरिदिन्छ, र यस बाहेक अन्य कारणहरूद्वारा पनि, महान अल्लाहको फर्मान छः र जुन व्यक्तिले सत्य कुरा लिएर आयो र जसले त्यसको पुष्टि गर्यो, ती मानिसहरू नै संयमी (असल) हुन् । तिनीहरूले जे चाहनेछन्, उनीहरूको निम्ति प्रत्येक चीज उनीहरूको पालनकर्तासँग छ, असल मानिसहरूको यही नै पुरस्कार हो । ताकि अल्लाहले उनीहरूका नराम्रा कार्यहरूलाई उनीहरूबाट टाढा हटाइदेओस् । र जुन उत्तम कर्म उनीहरूले गर्दथे, त्यसको उनीहरूलाई राम्रो प्रतिफल प्रदान गरोस् । (अज्जुमरः ३३-३५)
र अल्लाहको फर्मान छः यहाँसम्म कि जब ऊ खुब तन्नेरी भयो र ४० वर्षको उमेर भयो । तब उसले भन्योः ‘‘हे मेरो पालनकर्ता ! मलाई अवसर देऊ ताकि म तिम्रो त्यस अनुकम्पाप्रति कृतज्ञता देखाऊँ जुन कि तिमीले ममाथि र मेरा मातापितामाथि गरेका छौ, र यो कि यस्तो राम्रो कार्य गरूँ जुनकि तिमीलाई प्रिय छ, र मेरो लागि मेरो सन्ततिलाई पनि असल बनाइदेऊ । म तिमीतिर प्रवृत्त हुन्छु र म आज्ञाकारीमध्ये छु । यिनै ती मानिसहरू हुन् जसका राम्रा कार्यहरू हामीले स्वीकार गर्दछौं र जसका पापहरूलाई क्षमा गरिदिने छौं, र यिनै जन्नतवालाहरूमा हुनेछन् । त्यस सत्य वचनको कारण जुन उनीहरूसित गरिएको थियो । (अल अहकाफः १५, १६) कथन समाप्त भयो)
र अल्लाहका शत्रुहरूले त्यस विवाद र संघर्षलाई सहाबाहरूमाथि टिप्पणीको माध्यम बनाइहाल्छन् जुन सहाबाहरूबीच घटित भएको थियो, र उनीहरूको श्रेष्ठतामा कमी गर्ने माध्यम पनि, र यसै दुर्भावनापूर्ण योजनामाथि वर्तमानका केही लेखकहरू कार्यरत छन् जुन यस्ता कुराहरूको ज्ञानी हुने दावी गर्छन् जसको उनीलाई ज्ञान नै छैन, यसर्थ उनीहरू आफूलाई नबी सल्लल्लाहो अलैहे वसल्लमका साथीहरूको मामिलामा न्यायकर्ता बनाउँछन्, अनि उनीमध्ये कसैलाई सही त कसैलाई गल्त भन्छन् बिना कुनै प्रमाण, बरू अज्ञानता र हवसको अनुशरण गरेर, र उनीहरू त्यस कुरालाई नै दोहोर्याउँछन् जसलाई पूर्वीयवादी इस्लामसित ईर्ष्या राख्ने मानिस र उनीहरूका चेलाहरू भन्दछन्, ताकि मुसलमानका ती समूहहरूलाई शंकामा हालुन् जिनलाई इस्लामबारे धेरै ज्ञान छैन र जुन आफ्नो समुदायको उज्जवल इतिहासबारे जान्दैनन् र आफ्नो सदाचारी पुर्खाहरूबारे जान्दैनन् जुन सर्वश्रेष्ठ युगमा थिए, ताकि उनी यसद्वारा इस्लाममाथि टिप्पणी गरुन् र मुसलमानहरूलाई विभाजित गरुन्, र यस समुदायका अन्तिम कालका मानिसहरूको हुदयमा प्रथम कालका मानिसहरूप्रति घृणा हालिदेउन् यस कुराको बदलामा कि उनीहरू पहिलाका सदाचारीहरूको अनुशरण गरुन् । र अल्लाहको यस कथनमाथि कार्य गर्नुबाटः र जुन मानिसहरू उनी पश्चात आए उनी भन्छन् हे हाम्रो प्रतिपालक हामीलाई र हाम्रा विगतका आस्थावान भाइहरूलाई पनि क्षमा प्रदान गर, र हाम्रा हृदयहरूमा आस्थावानहरूको लागि ईर्ष्याको सृजना नगर्नु हे हाम्रो प्रतिपालक तिमी त अति करुणावान दयालु छाै । (अल हश्रः १०)
छेठाैं अध्यायः सहाबाहरू र सुमार्गी इमामहरूलाई गाली गर्नुको मनाहीको वर्णनबारे ।
सहाबाहरूलाई गाली गर्नुको मनाही
अहलुस्सुन्नह वल जमाअहका सैद्धान्तिक आधारहरूमध्ये होः उनीहरूको जिब्रो र हृदय रसूल सल्लल्लाहो अलैहे वसल्लमका साथीहरूप्रति कुनै प्रकारको अशुद्धिबाट स्वच्छ हुनु, जसरी कि उनीहरूको विशेषता वर्णन गर्दै अल्लाहले यसरी भनेको छः र जुन मानिसहरू उनी पश्चात आए उनी भन्छन् हे हाम्रो प्रतिपालक हामीलाई र हाम्रा विगतका आस्थावान भाइहरूलाई पनि क्षमा प्रदान गर, र हाम्रा हृदयहरूमा आस्थावानहरूको लागि ईर्ष्याको सृजना नगर्नु हे हाम्रो प्रतिपालक तिमी त अति करुणावान दयालु छाै । (अल हश्रः १०)
र रसूल सल्लल्लाहो अलैहे वसल्लमको आज्ञापालन गर्नु उहाँको यस कथन अनुसारः (मेरो साथीहरूलाई गाली नगर्नु, त त्यसको शपथ जसको हातमा मेरो प्राण छ यदि तिमीहरूमध्ये कसैले उहुद पर्वत झैं सुन दानमा खर्च गरे तै पनि उनीहरूको एक मुठ्की वा त्यसको आधाको उनीद्वारा गरिएको दानको श्रेष्ठतालाई (पुण्यलाई) पुग्न सक्दैनाै ।) (यस हदीसलाई बुखारी र मुस्लिमले वर्णन गरेका छन्)
र उनीहरू विरक्तता अपनाउँछन् राफेजा र खवारिजको तरिकाबाट जुन सहाबाहरूलाई गाली गर्छन्, र सहाबाहरूसित ईर्ष्या र शत्रुता राख्दछन्, र उनीहरूको श्रेष्ठतालाई मान्दैनन्, र उनीहरूलाई काफिर भन्छन् ।
र अहलुस्सुननह ती समस्त श्रेष्ठतालाई स्वीकार गर्छन् जुन सहाबाहरूप्रति कुरआन र हदीसमा वर्णित छ, र यो धारणा राख्दछन् कि उनीहरू सर्वश्रेष्ठ मानिसहरू हुन्, जस्तो कि नबी सल्लल्लाहो अलैहे वसल्लमले भनेका छन्ः (तिमीहरूका युगहरूमध्ये मेरो यो युग सबैभन्दा राम्रो युग हो...) (यो हदीस बुखारी र मुस्लिममा वर्णित छ)
र जब रसूल सल्लल्लाहो अलैहे वसल्लमले यस उम्मतको ७३ गुटमा विभाजित हुने कुरा वर्णन गरे र भने कि उनीमध्ये एउटा बाहेक सबै नर्कमा जानेछन्, त उनीसित त्यस एउटा समूहको बारेमा सोधियो त उहाँले भनेः (त्यो समूह त्यही हुनेछ जुन त्यसै पद्धतिमा कार्यरत हुनेछ जसमाथि आज म र मेरा साथीहरू कार्यरत छाैं ।) (यसलाई इमाम अहमद र उनी बाहेक अन्य विज्ञहरूले पनि वर्णन गरेका छन् ।)
अबू जुरअह भन्छन् र उनी इमाम मुस्लिमका श्रेष्ठ गुरू हुन्ः जब तिमी कुनै यस्तो व्यक्तिलाई हेर जुन सहाबाहरूको प्रतिष्ठामा कमी गर्छ त जानिहाल कि त्यो नास्तिक पाखण्डी हो, किनकि कुरआन सत्य छ, र जुन कुरा त्यसमा छ सबै सत्य हो, र ती समस्तलाई हामीसम्म सहाबाहरूले नै पुर्याएका हुन्, त जसले उनीहरूमाथि टिप्पणी गर्छ वास्तवमा त्यो कुरआन र सुन्नतलाई निर्मूल र स्थगित गर्न चाहन्छ, यसर्थ यस्तो मान्छेमाथि टिप्पणी गर्नु अति उपयुक्त छ र त्यसलाई नास्तिक पाखण्डी र पथभ्रमित भन्नु अति सही र सटीक छ ।
र अल्लामा इब्ने हमदान निहायतुल मुब्तदिइनमा भन्छन्ः जुन व्यक्तिले पनि हलाल मानेर कुनै सहाबालाई गाली गर्यो त्यसले कुफ्र नास्तिकता गर्यो, र यदि जायज नमानेर गाली गर्यो भने त्यसले पाप गर्यो । र उनैको भनाई छ किः उनीहरूलाई गाली गर्ने मान्छे काफिर भइहाल्छ, र जसले उनीहरूलाई पापी मान्यो वा उनीहरूमाथि टिप्पणी गर्यो वा उनीहरूलाई काफिर मान्यो त्यो पनि काफिर भयो ।
यस उम्मतका विद्हरूमध्येका इमामहरूलाई गाली गर्नुको मनाही
सहाबा पश्चात श्रेष्ठता, सद्गुण गरिमा र दर्जामा मार्गदर्शन को इमामहरु र उनीहरुका अनुयायीहरु र उनीका अनुयायीहरू (ताबईन र अतबाए ताबईन) हुन् जुन सर्वश्रेष्ठ युगमा थिए, र उनी पश्चात ती मानिसहरू जुन उनी पश्चात आए जुन सहाबाहरूको पद्धतिमा कार्यरत रहे, जसरी कि अल्लाहको फर्मान छः र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही तिनीहरूको अनुशरण गरे, अल्लाह तिनीहरूसित खुशी छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन् । (अत्ताैबाः १००) पूर्ण श्लोकसम्म ।
यसर्थ उनीहरूको मर्यादामा कमी गर्नु र उनीहरूलाई गाली गर्नु वैध छैन किनकि उनीहरू मार्गदर्शनका इमाम र नायक हुन्, यसर्थ अल्लाहको फर्मान छः यदि कुनै मानिस सही बाटो थाहा पाइसकेपछि पनि रसूलको विरोध गर्दछ र अन्य मोमिनहरूको बाटो छाडि आर्को बाटोमा लाग्दछ भने हामीले त्यसलाई सोही बाटोमा छाडिदिन्छौं, र त्यसलाई जहन्नममा हाल्नेछौं र त्यो जानु पर्ने अति नै नराम्रो ठाउँ हो । (अन्निसाः ११५)
तहावियाको व्याख्याकर्ताको भनाई छः (अल्लाह र त्यसको सन्देष्टाप्रति निष्ठावान र वफादार हुनु पश्चात सबै मुसलमानलाई अनिवार्य छ कि उनी आस्थावानहरूप्रति पनि वफादार रहुन्, जसरी कि कुरआनले वर्णन गरेको छ विशेषरूपले उनीहरूको लागि जुन सन्देष्टाहरूका वारिस हुन् जिनलाई अल्लाहले ताराहरू जस्तै श्रेणीमा विराजित गरेको छ, जिनीहरूद्वारा जल थलको अन्धकारमा पथप्रदर्शन ग्रहण गरिन्छ, र उनीहरूको सुमार्गीय हुने र अति ज्ञानी हुने कुरामा समस्त मुसलमानहरूको एकमत छ ।
यसर्थ उनीहरू रसूल सल्लल्लाहो अलैहे वसल्लमका उत्तराधिकारी हुन् उनको उम्मती र अनुयायीहरूमा, र उहाँको त्यस सुन्नतलाई जीवित गर्नेहरू हुन् जुन मेटिसकेका छन्, त उनैको प्रयासले कुरआन विद्यमान छ र उनीहरू कुरआनद्वारा नै विद्यमान छन्, र उनको वर्णन कुरआनले गर्यो र उनीहरू कुरआनको उच्चारण गर्छन्, र उनी सबै यस कुरामा एकमत छन् कि रसूल सल्लल्लाहो अलैहे वसल्लमको अनुशरण गर्नु अनिवार्य छ, तर यदि उनीहरूमध्ये कसैको कुरा विरूद्ध सही हदीस वर्णित छ भने उनले त्यसलाई त्यागेमा कुनै नकुनै कारण अवश्य होला ।)
र यी कारणहरू तीन प्रकारका हुनसक्छन्ः
पहिलोः उनको यो धारणा कि नबी सल्लल्लाहो अलैहे वसल्लमले यसलाई भनेका छैनन् ।
दोस्रोः उनको यो धारणा कि नबी सल्लल्लाहो अलैहे वसल्लमले यस समस्याको सन्दर्भमा यो भनेका छैनन् बरू उहाँको अभिप्राय अर्कै हो ।
तेस्रोः उनको यो धारणा कि यसको हुकुम स्थगित छ ।
त हामीहरूमाथि उनीहरूको धेरै उपकार र श्रेष्ठता छ, किनकि उनीहरू प्रथम इस्लाम ल्याउनेहरू हुन् र उनीहरूले नै हामीसम्म ती समस्त पुर्याए जुन रसूल सल्लल्लाहो अलैहे वसल्लममाथि अवतरित गरियो, र ती समस्तलाई हामीहरूको लागि स्पष्ट गरे जुन हामीलाई बुझ्नुु गाह्रो थियो, यसर्थ अल्लाह उनीहरूसित राजी होस् र उनीहरूलाई प्रसन्न गरोस् । हाम्रो प्रतिपालक हामीलाई र हाम्रा विगतका आस्थावान भाइहरूलाई पनि क्षमा प्रदान गर, र हाम्रा हृदयहरूमा आस्थावानहरूको लागि ईर्ष्याको सृजना नगर्नु हे हाम्रो प्रतिपालक तिमी त अति करुणावान दयालु छाै । (अल हश्रः १०)
र विद्वानहरूको मर्यादामा कमी गर्नु त्यस गल्तीको कारण जुन प्रयासगर्दा उनीमध्ये केहीबाट घटित भएको छ यो बिदअतीहरूको तरिका हो, र यस समूहका शत्रुहरूको षडयन्त्रमध्येको हो, ताकि इस्लाम धर्ममा शंका सन्देहको उत्पात होस्, र ताकि मुसलमानहरूबीच शत्रुताको सृजना गरियोस्, र ताकि यस उम्मतको अगाडि र पछाडिका मानिसहरूबीच विभाजन गरियोस्, र ताकि मुस्लिम युवाहरू र विद्हरूबीच विवाद उत्पन्न गरियोस्, जस्तो कि वर्तमानमा घटित भइरहेको छ, यसर्थ प्राथमिक विद्यार्थीहरू यसबाट सावधान रहुन् जुनकि फिकहका विद्हरूको दर्जामा कमी गर्दछन् र इस्लामीय विधिशास्त्रको मानसम्मानमा कमी गर्छन्, र यसको अध्ययनमा चासो देखाउँदैनन्, र यसमा भएका सही र सत्य कुराहरूबाट लाभान्वित हुँदैनन्, यसर्थ उनीहरूलाई चाहियो कि आफ्नो विधिशास्त्रमाथि गर्व गरून् र आफ्ना विज्ञहरूको आदर गरुन्, र पथभ्रमित गर्ने मिथ्या र भ्रामक विज्ञापन र कुराहरूबाट धोका नखाउन्, र अल्लाह नै अवसर प्रदान गर्नेवाला छ ।
छेठाैं खण्डः बिदअतहरू
र यो निम्न अध्यायहरूमा शमाविष्ट छः
पहिलो अध्यायः बिदअतको परिभाषा- त्यसको थरी- र हुकुमहरू ।
दोस्रो अध्यायः मुस्लिम समाजमा बिदअतको उदय, र त्यसको जाहेर हुने कारणहरू ।
तेस्रो अध्यायः इस्लामका अनुयायीहरूको बिदअतीहरूप्रति दृष्टिकोण, र उनीहरू विरूद्ध अहलुस्सुन्नह वल जमाअहको पद्धति ।
चाैथो अध्यायः वर्तमानका केही बिदअतहरूको उदाहरण जुन हुनः
नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्मउत्सव मनाउनु ।
केही ठाउँ स्थान र मृतकहरूसित कल्याण प्राप्त गर्नु र यसै जस्ता अन्य गतिविधिहरू ।
अल्लाहको सामीप्यता प्राप्ति र पूजाको क्षेत्रमा बिदअतहरू गर्नु ।
पहिलो अध्यायः बिदअतको परिभाषा र त्यसको थरी र हुकुमहरू
यसको परिभाषाः बिदअतको शाब्दिक अर्थ
यसलाई बदअ शब्दबाट लिइएको छ जसको अर्थ होः पहिलादेखि कुनै उदाहरण नभएको कुनै अनाैठो कुरालाई अविष्कार गर्नु, र यसै सन्दर्भमा महान अल्लाहको यो कथन छः ऊ आकाशहरू र जमिनको स्रष्टा हो । (अल बकरहः ११७)
अर्थात पहिलादेखि त्यसको कुनै उदाहरण नभएकोलाई अविष्कार गर्नेवाला, अल्लाहको फर्मान छः (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् ! कि ‘‘म कुनै एकदम अनौठो रसूल आएको होइन । (अल अहकाफः ९)
अर्थातः म यस्तो पहिलो सन्देष्टा होइन जुन अल्लाहको आमन्त्रण लिएर त्यसका भक्तहरू समक्ष आएको छु बरू मभन्दा पहिला अत्याधिक सन्देष्टाहरू आइसकेका छन् ।
र भनिन्छः फलानाले बिदअत अविष्कार गर्यो, अर्थातः यस्तो पद्धति अविष्कार गर्यो जस्तो पहिला कसैले गरेकै थिएन ।
र बिदअत दुई प्रकारको हुन्छः
प्रचलनमा आउने कुराहरूको अविष्कार जसरी वर्तमानका आधुनिक अविष्कारहरू, र यो अविष्कार जायज छ, किनकि बानी व्यवहारमा (संसारिक मामिलामा) आउने कुराहरूमा मूल हुकुम वैधता हो ।
धर्ममा अविष्कार गर्नु, र यो हराम छ, किनकि धर्मको मामिलामा मूल हुकुम हो ताैकीफ (रूकिरहनु), रसूल सल्लल्लाहो अलैहे वसल्लमको भनाई छः (जसले पनि हाम्रो यस आदेशमा (धर्ममा) कुनै नाैलो कुरा अविष्कृत गर्यो जुन त्यसमध्येको होइन त त्यो अमान्य र अस्वीकृत छ) (यसलाई बुखारी र मुस्लिमले वर्णन गरेका छन्) र अर्को हदीसमा छः (जसले कुनै यस्तो कार्य गर्यो जसलाई गर्ने हामीले आदेश गरेका छैनाैं त त्याे कार्य अस्वीकृत छ) (यो हदीस सहीह मुस्लिममा वर्णित छ)
बिदअतका थरीहरू
धर्मसित सम्बन्धित दुई प्रकारका बिदअत हुन्छन्ः
पहिलो थरीः माैखिक सैद्धान्तिक बिदअत
जसरी जहमीयह, मुअतजेला र राफेजीहरूका कुरा (निबन्ध) हरू, र यस बाहेक अन्य समस्त पथभ्रमित गुटहरूका कथन र धारणाहरू ।
दोस्रो थरीः पूजाहरूसित सम्बन्धित बिदअत
जसरी कि अल्लाहको यस्तो तरिकाले पूजा गर्नु जसलाई अल्लाहले वैधानिक गरेको छैन, र यसका केही थरीहरू छन्ः
पहिलो थरीः जुन मूल पूजामा होस्ः अर्थात कुनै यस्तो पूजा अविष्कार गरियोस् जुन मूल विधानमा नहोस् अर्थात त्यसको कुनै उदाहरण धर्ममा नहोस् जसरी कि कुनै नाैलो नमाज वा वर्तको अविष्कार गरियोस् जुन विधानमा वैधानिक छैन, वा कोही कुनै पर्वको अविषकार गरोस् जुन वास्तवमा विधानमा छैन जसरी जन्मउत्सवको पर्व ... आदि ।
दोस्रो थरीः वैधानिक पूजामा केही वृद्धि गर्नु, जसरी यदि कोही अस्र वा जुहर नमाजमा पाँचाैं रकअतको वृद्धि गरोस् ।
तेस्रो थरीः वैधानिक पूजालाई गर्ने तरिकामा अविष्कार जसरी पूजा कुनै यस्तो तरिकाले गरियोस् जुन वैधानिक छैन, जसरी कि वैधानिक जिक्र ठूलो र सामूहिक स्वरमा गीतको शैलीमा गर्नु, र यस्तै पूजा गर्नुमा आफूमाथि यति कठोरता गर्नु कि त्यो रसूल सल्लल्लाहो अलैहे वसल्लमको तरिकाभन्दा बाहिर नस्किहालोस् ।
चाैथो थरीः कुनै वैधानिक पूजाको समय निर्धारित गर्नु जसको समय विधानले निर्धारित गरेको छैन जसरी शअबान महिनाको मध्यमा आउने दिन रात्रीलाई वर्त र नमाजको लागि विशिष्ट गर्नु, वर्त र नमाज त वैधानिक छ तर त्यसको लागि आफ्नो तर्फबाट समयको निर्धारण गर्नुको लागि प्रमाण चाहिन्छ ।
बिदअत र त्यसका समस्त थरीहरूको इस्लाम धर्ममा हुकुम
धर्ममा कुनै प्रकारको बिदअत हराम र पथभ्रष्टता हो किनकि रसूल सल्लल्लाहो अलैहे वसल्लमको भनाई छः (धर्ममा नाैलो कुरालाई अविष्कार गर्नुबाट सावधान रहनु, किनकि धर्ममा प्रत्येक नाैलो अविष्कृत कुरो बिदअत हो, र प्रत्येक बिदअत पथभ्रष्टता हो ।) (यस हदीसलाई इमाम तिर्मिजीले वर्णन गरेका छन् र भनेका छन् किः यो हदीस विश्वासनीय र सही छ ) र उहाँ (उहाँमािथ अल्लाहकाे प्रशािन्त अवतरित होस्) को भनाई छः (जसले पनि हाम्रो यस आदेशमा (धर्ममा) कुनै नाैलो कुरा अविष्कृत गर्यो जुन त्यसमध्येको होइन त त्यो अमान्य र अस्वीकृत छ) (बुखारी, मुस्लिम) र अर्को हदीसमा छः (जसले कुनै यस्तो कार्य गर्यो जसलाई गर्ने हामीले आदेश गरेका छैनाैं त त्याे कार्य अस्वीकृत छ) (यसलाई मुस्लिमले वर्णन गरेका छन्) त उपरोक्तका दुवै हदीसबाट यो स्पष्ट भयो कि धर्ममा कुनै पनि नाैलो अविष्कार बिदअत हो, र प्रत्येक बिदअत पथभ्रष्टता हो र त्यो अस्वीकार्य छ, र यसको अर्थ हो किः सैद्धान्तिक कुरामा र पूजामा समस्त प्रकारको बिदअत वर्जित छ, तर त्यसको अवैधता भिन्न हुन्छ बिदअतको थरी अनुसार, त तीमध्ये केही साक्षात नास्तिकता हुन्छ जसरी चिहानको परिक्रमा गर्नु त्यसमा पूरिएकाहरूको सामीप्यता पाउने उद्देश्यले, र चिहानको लागि भाकल मान्नु वा त्यहाँ बलि गर्नु, र त्यसमा दफ्नाइएकाहरूसित याचना गर्नु दुआ माँग्नु, जसरी उल्लंघनकारी जहमीयह र मुअतजेलाहरू गर्छन् र भन्छन् । र तीमध्ये यस्तो पनि हुन्छ जुन शिर्क (बहुदेववाद) तिर लैजाने माध्यम हुन्छ, जसरी चिहानहरूमाथि निर्माण गर्नु र त्यसको छेउमा दुआ गर्नु । र ती बिदअतहरूमध्ये केही सैद्धान्तिक दोष हुन्छ जसरी खवारिज, कदरीयह र मुरजीअहहरूको माैखिक र सैद्धान्तिक बिदअतहरू जुन वैधानिक प्रमाण विरूद्ध छन्, र तीमध्ये केही पाप हुन्छ जसरी बिहे नगर्ने बिदअत र सूर्यको तापमा रहेर वर्त बस्ने बिदअत, र वासनालाई समाप्त गर्ने उद्देश्यले खसी हुनु (हिजडा झैं बन्नु) ।
नोटः
जसले बिदअतलाई राम्रो बिदअत र नराम्रो बिदअतमा विभाजित गर्यो त्यो गल्तीमा छ र त्यो रसूल सल्लल्लाहो अलैहे वसल्लमको यस कथनको विरोधी हुन्छः (प्रत्येक बिदअत पथभ्रष्टता हो) किनकि रसूल सल्लल्लाहो अलैहे वसल्लमले प्रत्येक प्रकारका बिदअतलाई पथभ्रष्टता भनेका छन्, र यो मान्छे भनिराखेको छ किः प्रत्येक बिदअत पथभ्रष्टता होइन, बरू राम्रो बिदअत पनि छ, अरबईन नव्वीयहको व्याख्यामा हाफिज इब्ने रजब भन्छन्ः (त नबी सल्लल्लाहो अलैहे वसल्लमको यो कथनः (प्रत्येक बिदअत पथभ्रष्टता हो) संग्रहित शब्दावलीमध्येको हो, जसबाट कुनै पनि बिदअत बाहिर छैन, र यो धर्मको एउटा महान आधारहरूमध्येको हो, र यो उहाँको यस कथन सरह छः (जसले पनि हाम्रो यस आदेशमा (धर्ममा) कुनै नाैलो कुरा अविष्कृत गर्यो जुन त्यसमध्येको होइन त त्यो अमान्य र अस्वीकृत छ) त जसले पनि कुनै नाैलो कुरो अिवष्कार गरेर त्यसलाई धर्मसित संलग्न गर्यो, जबकि धर्ममा पहिलादेखि कुनै यस्तो उदाहरण छैन जसिसत त्यो संलग्न होस् त त्यो पथभ्रष्टता हो, र धर्म यसबाट विरक्त छ चाहे त्यो सैद्धान्तिक कुराहरूमा होस् वा जाहेरी वा गोप्य कार्य कुराहरूमा होस्) कथन समाप्त भयो ।
र उनीहरूसित कुनै प्रमाण छैन कि बिदअत पनि राम्रो हुन्छ, हजरत उमरको तरावीहको नमाजको बारेमा यस कथन बाहेकः (यो कति राम्रो बिदअत हो )
र उनीहरू यो पनि भन्छन् किः केही कुराहरू अविष्कृत गरिए तर पहिलाका सदाचारी पूर्वजहरूले त्यसमाथि कुनै आपत्ति जनाएनन् जसरी कुरआनलाई एक किताबमा एकत्रित (संग्रहित) गर्नु, र हदीसलाई लेख्नु र संग्रहित गर्नु ।
र यसको उत्तर हो किः यी कुराहरूका उदाहरण विधानमा पहिलादेखि नै छन्, यसर्थ यो कुनै नाैलो कुरा भएन, र रह्यो हजरत उमरको यो कथन (यो कति राम्रो बिदअत हो ) त उहाँको अभिप्राय शाब्दिक अर्थ थियो नाकि वैधानिक अर्थ, यसर्थ जसको उदाहरण पहिलादेखि नै विधानमा हुन्छ त्यो कुरो त्यसैसित संलग्न भइहाल्छ, यसर्थ जब भनिन्छ यो बिदअत हो त यसको अर्थ हो शाब्दिक बिदअत नकि वैधानिक, किनकि विधानमा बिदअत होः जसको विधानमा कुनै उदाहरण नहोस् । त कुरआनलाई एक किताबमा संग्रहित गर्नुको उदाहरण पहिलादेखि नै छ, किनकि रसूल सल्लल्लाहो अलैहे वसल्लम कुरआन लेख्नुको आदेश गर्थे, र कुरआन लेखिएको थियो तर विभाजित थियो, अनि सहाबाहरूले त्यसलाई एउटै मुसहफमा संग्रह गरिदिए त्यसको सुरक्षाको उद्देश्यले ।
र तरावीहको नमाजलाई नबी सल्लल्लाहो अलैहे वसल्लमले केही रात्री आफ्ना साथीहरूलाई पढाएका थिए, अनि अन्त्यमा पढाउन आएनन् यस डरले कि कदाचित त्यो अनिवार्य नभइहालोस् , र सहाबाहरूले निरन्तर त्यसलाई विभाजित भएर पढदैगरे उहाँ सल्लल्लाहो अलैहे वसल्मको जीवनकालमा पनि र उहाँको मरणोपरान्त पनि, यहाँसम्म कि हजरत उमर बिन खत्ताब रजिअल्लाहो अन्होले उनीहरूलाई एउटै इमाम पछाडि एकत्रित गरिदिए जसरी उनीहरू नबी सल्लल्लाहो अलैहे वसल्लम पछाडि पढथे, तसर्थ यो धर्ममा बिदअत (नाैलो अविष्कृत कुरो) होइन ।
र हदीसलाई लेख्नुको पनि विधानमा पहिलादेखि नै उदाहरण पाइन्थ्यो, यसर्थ नबी सल्लल्लाहो अलैहे वसल्लमले केही हदीसहरूलाई आफ्ना केही साथीहरूको लागि लेख्ने आदेश गरेका थिए जब उनीहरूले यो आग्रह गरेका थिए, र हजरत अबू हुरैरह रजिअल्लाहो अन्हो उहाँको जीवनकालमा नै हदीसलाई लेख्दथे, र उहाँको जीवनकालमा आमताैरले हदीस लेख्नु मनाही थियो यस डरले कि कुरआनसित यस्तो कुरा पनि मिश्रित नभइहालोस् जुन कुरआनबाट होइन, तर उहाँको स्वर्गबास भए पश्चात यो डर र खतरा समाप्त भयो, किनकि कुरआन परिपूर्ण भइहाल्यो, र त्यसलाई उहाँको मृत्युभन्दा अघि नै सुरक्षित गरियो, यसर्थ मुसलमानहरूले यस पश्चात हदीसलाई पनि लेखिहाले ताकि त्यो लुप्त र नष्ट नभइहालोस्, यसर्थ उनीहरूको यस कार्यमा अल्लाह उनीहरूलाई हामी मुसलमानहरूको तर्फबाट राम्रो प्रतिफल प्रदान गरुन् किनकि उनीहरूले आफ्नो प्रतिपालकको किताबको साथै हाम्रो नबीको सुन्नतलाई पनि सुरक्षित गरे र खेलवाड गर्नेहरूको खेलवाडबाट बचाए ।
दोस्रो अध्यायः मुस्लिम समाजमा बिदअतको उदय, र त्यसको जाहेर हुने कारणहरू ।
मुस्लिमहरूको जीवनमा बिदअतको जाहेर हुनु, र यस अन्तर्गत दुई मुद्दाहरू छन्
पहिलो मुद्दाः बिदअत जाहेर हुने समय
शैखुल इस्लाम इब्ने तैमिया रहेमहुल्लाहको भनाई छः जानिराख कि विज्ञान र पूजासित संलग्न बिदअतहरूको आरम्भ सुमार्गीय उत्तराधिकारीहरूको अन्तिम शासनकालमा भयो जसरी कि यसबारे नबी सल्लल्लाहो अलैहे वसल्लमले खबर दिदै भनेका छन्ः (म पश्चात तिमीहरूमध्ये जुन जीवित रहन्छ त्यो अत्याधिक विवादलाई हेर्नेछ, यसर्थ यस्तो अवस्थामा तिमीहरू मेरो सुन्नत (पद्धति) र मेरो सुमार्गीय पथप्रदर्शित उत्तराधिकारीहरूको सुन्नतलाई बलपूर्वक समातिराख्नु ।) (यस हदीसलाई अबू दाउद र तिर्मिजीले वर्णन गरेका छन्, र इमाम तिर्मिजीले यसलाई विश्वासनीय र सही पनि भनेका छन् ।) र पहिलो बिदअत जुन जाहेर भयो त्यो कद्रको (भाग्यसित संललग्न) बिदअत हो, अनि इरजाअको (अाशासित्संलग्न) बिदअत, अनि तशैयुअको अनि खवारिजको बिदअत जाहेर भयो, अनि जब हजरत उसमानको शहादत पश्चात विवाद भयो त हुरूरीयहको बिदअत जाहेर भयो, अनि सहाबाहरूको अन्तिम जीवनकालमा अर्थात हजरत इब्ने उमर र इब्ने अब्बास र जाबिर जस्ता सहाबाहरूको अन्तिम जीवनकालमा कदरीयहको बिदअत जाहेर भयो, र यसै पश्चात मुरजीयहको बिदअत जाहेर भयो, र रह्यो कुरो मुरजीयहको त यस बिदअतको आरम्भ ताबईनहरूको अन्तिम युगमा जाहेर भयो उमर बिन अब्दुल अजीजको स्वर्गबास पश्चात, र यस्तो पनि वर्णन गरिन्छ कि उनले उनीहरूबाट सावधान गरेका थिए, र जहमको उदय खुरासानबाट भएको थियो हिशाम बिन अब्दुल मलिकको शासनकालमा ।
र यी बिदअतहरू दोस्रो शताब्दीमा जाहेर भए जब सहाबाहरू उपस्थित नै थिए, र उनीहरूले बिदअतीहरूमाथि टिप्पणी पनि गरे, अनि एतजालको बिदअत जाहेर भयो र मुसलमानहरूबीच विवाद घटित भयो, र दृष्टिकोणमा विभाजन जाहेर भयो र बिदअत र हवसपूजातिर आकर्षित हुने कुरा जाहेर भयो, र तसाैउफको बिदअत जाहेर भयो, र सर्वश्रेष्ठ युग बिते पश्चात चिहानहरूमाथि निर्माण गर्ने बिदअत जाहेर भयो, र यसरी नै समय बित्नसाथ बिदअतहरू जाहेर हुँदै गए र बिदअतका नानाथरी हुँदै गए ।
दोस्रो मुद्दाः बिदअत जाहेर हुने स्थान
इस्लामीय देशहरूमा बिदअतको जाहेर हुने कार्यमा भिन्नता देखिन्छ, शेखुल इस्लाम इब्ने तैमियाको भनाई छः ( त ती विशाल नगरहरू जसमा रसूल सल्लल्लाहो अलैहे वसल्लमका साथीहरू बसोबास गरे, र जताबाट विज्ञान र ईमानको उदय भयो पाँच छन्ः दुवै हरम (मक्का र मदिना), र दुवै इराक (बसरह र कूफा), र शाम, त यिनै ठाउँहरूबाट कुरआन र हदीस फिकह (शस्त्रज्ञान) र पूजा, र इस्लामका अन्य अनुष्ठानहरू प्रसारित भयो, र मदिना बाहेक यिनै नगरहरूबाट मूल बिदअत पनि जाहेर भए, यसर्थ कूफाबाट तशैयुअ र इरजाअ जाहेर भयो, तत्पश्चत समस्त नगरहरूमा फैलियो, र बसरहबाट कद्र र एतजाल र अमान्य अनुष्ठानहरू जाहेर भए, अनि अन्य नगरहरूमा फैलिए, र शामबाट नसब र कद्र जाहेर भयो, र रह्यो कुरो तजह्हुमको त यो खोरासानको एउटा भूभागबाट जाहेर भयो जुन कि सबैभन्दा घृणित बिदअत हो ।
र बिदअत त्यति नै जाहेर हुन्थ्यो जति त्यो नबीको घरभन्दा टाढा हुन्थ्यो, यसर्थ जब हजरत उसमानको शहादत पश्चात विवाद उत्पन्न भयो त हुरूरियहको बिदअत जाहेर भयो, तर नबीको शहर मदिना यी बिदअतहरूबाट पवित्र थियो, यद्यापि त्यहाँ पनि यस्ता मानिसहरू थिए जुन बिदअतलाई गुप्त राखेका थिए, त उनीहरू मदिनामा घृणित र अपमानित नै थिए, र केही कदरियह समूहबाट पनि थिए तर उनीहरू पनि अपमानित नै थिए, कूफामा भएको इरजाअ र तशैयुअ विरूद्ध, र बसरहमा भएको एतजाल र अमान्य अनुष्ठानहरू बिरूद्भ, र शाममा भएको नसब बिरूद्ध किनकि यी नगरहरूमा यी बिदअतहरू जाहेर थिए, र नबी सल्लल्लाहो अलैहे वसल्लमबाट यो पनि प्रमाणित छ कि मदिना नगरमा दज्जाल प्रवेश गर्न सक्दैन, र यहाँ मदिनामा ज्ञान र ईमान अधिपत्यवान नै रह्यो इमाम मालिकका साथीहरूको युगसम्म र उनीहरू चाैथो शदाब्दीका मानिसहरू हुन् ।)
तसर्थ तीनवटै श्रेष्ठ युगहरूमा मदिना नगरमा कुनै पनि बिदअत जाहेर भएको थिएन, र नत त्यहाँबाट इस्लामका मूल आधारहरूसित संलग्न कुनै बिदअत उत्पन्न भयो जसरी कि अन्य नगरहरूमा उत्पन्न भएको थियो ।
बिदअत जाहेर हुनुका कारणहरू
यस कुरामा कुनै सन्देह छैन कि कुरआन र सुन्नतलाई बलपूर्वक समातेमा मान्छे बिदअत र पथभ्रष्टतामा पर्दैन। जसरी कि अल्लाहको फर्मान छः र आदेश यो छ कि यो धर्म मेरो सोझो बाटो हो, तिमी यसैमा हिंड्नु र अन्य मार्गमा नहिंड्नु किनभने त्यसमा हिंडे अल्लाहको मार्गबाट विचलित भैहाल्नेछौं । (अल अनआमः १५३)
र नबी सल्लल्लाहो अलैहे वसल्लमले पनि यस कुरालाई स्पष्ट गरेका छन् जस्तो कि हजरत इब्ने मसऊद रजिअल्लाहो अन्होको वर्णन छ किः (रसूल सल्लल्लाहो अलैहे वसल्लमले हामीहरू सामु एउटा लाइन कोरे, अनि भने यो अल्लाहको मार्ग हो, अनि त्यस लाईनको दायाँ बायाँ केही लाईन कोरे (खिँचे) अनि भनेः यी अन्य मार्गहरू हुन् र यसमध्ये प्रत्येक मार्गमाथि एउटा शैतान बसेको छ जुन त्यसतर्फ आह्वान गरिरहेको हुन्छ, अनि यस श्लोकको पाठन गर्नु भयोः र आदेश यो छ कि यो धर्म मेरो सोझो बाटो हो, तिमी यसैमा हिंड्नु र अन्य मार्गमा नहिंड्नु किनभने त्यसमा हिंडे अल्लाहको मार्गबाट विचलित भैहाल्नेछौं । यसको विशेष आदेश तिमीलाई अल्लाहले दिएको छ जसबाट तिमी आत्मसंयमी बन्नसक ।) (यसलाई अहमद, इब्ने हिब्बान, हाकिम र अन्य विद्हरूले वर्णन गरेका छन् ।)
त जसले पनि कुरआन र सुन्नतको अनुशरणलाई त्याग्यो त्यो भ्रमिक मार्गहरू र नवीन बिदअतहरूको विवादित मार्गमा परिहाल्छ ।
त बिदअतको उत्पातका प्रमुख कारणहरू निम्न विन्दुहरूमा संक्षिप्त गर्न सकिन्छः धमर्का कार्यहरूबारे अज्ञानता, हवस पूजा, मानिसहरू वा कुनै धारणाको पक्षपात, काफिरहरूको अनुशरण र अनुरूपता अख्तियार गर्नु, र यी कुराहरूलाई केही विस्तारले वर्णन गर्दछाैंः
धर्मका कार्य र अनुष्ठानहरूबाट अनभिज्ञता
समय जति बित्दछ मानिसहरू दूतत्वको प्रभावबाट टाढा हुँदै जान्छन्, र ज्ञान कम हुँदै र अज्ञानता बढदै जान्छ, जस्तो कि यसबारे नबी सल्लल्लाहो अलैहे वसल्लमले यसरी खबर दिएका छन्ः (म पश्चात तिमीहरूमध्ये जुन जीवित रहन्छ त्यो अत्याधिक विवादलाई हेर्नेछ) यस हदीसलाई अबू दाउद र तिर्मिजीले वर्णन गरेका छन्, र इमाम तिर्मिजीले यसलाई विश्वासनीय र सही पनि भनेका छन् । र उहाँको यो कथनः (महान अल्लाहल भक्तहरूबाट ज्ञानलाई एक्कासी खोस्दैन बरू यसलाई विद्वानहरूलाई मृत्यु प्रदान गरेर खोस्दछ, यसर्थ जब कुनै विज्ञ बाँकी बच्दैन त मानिसहरू अज्ञानीहरूलाई आफ्नो प्रधान र नायक नियुक्त गरिहाल्छन्, अनि उनीहरूसित कुराहरू सोध्दछन् त उनीहरू बिना ज्ञान त्यसको उत्तर दिन्छन् त उनी आफै पथभ्रमित हुन्छ र उनीहरूलाई पनि पथभ्रमित गरिदिन्छन् ।) (जामेअ बयानुल इल्मे वफजलेही इब्ने अब्दुल बर्रको लेख १/११८)
यसर्थ बिदअतको मुकाबिला र सामना ज्ञान र ज्ञानीहरू बाहेक कोही पनि गर्न सक्दैन, त जब ज्ञान र ज्ञानीहरू लुप्त भइहाल्छन् त बिदअतको लागि स्वर्ण अवसर हुन्छ जाहेर हुनुको लागि र प्रसारित हुनुको लागि, र बिदअतीहरूको लागि सक्रिय हुने अवसर आइहाल्छ ।
हवस पूजा (हवसको अनुशरण)
जसले पनि कुरआन र सुन्नतलाई त्याग्यो त्यो आफ्नो हवसको अनुशरणकारी भइहाल्छ, जसरी कि महान अल्लाहको फर्मान छः अनि यदि यिनीहरूले तिम्रो कुरा स्वीकार गर्दैनन् भने तिमीले यो विश्वास गर कि यिनीहरू मात्र आफ्ना इच्छाहरूको अनुशरण गर्दैछन् र उसभन्दा धेरै मार्गविचलित को हुन्सक्छ ? जसले अल्लाहको मार्गदर्शन छोडेर आफ्नो इच्छाको पछि हिंडेको छ । (अल् कससः ५०)
र अल्लाहको फर्मान छः के तिमीले त्यस व्यक्तिलाई पनि देख्यौ ? जसले आफ्नो हवसलाई उपास्य बनाइहाल्यो ? अल्लाहले ज्ञानको बावजूद उसलाई मार्गबिचलनमा पारिदियो, र उसको कान र हृदयमाथि ठप्पा लगाइदियो र उनीको आँखाहरूमाथि आवरण हालिदियो । अब अल्लाह पश्चात कसले उसलाई मार्गमा ल्याउन सक्छ ? (अल जासियाः २३)
र बिदअत वास्तवमा हवस पूजाबाट नै उत्पन्न हुन्छ ।
मानिस र धारणाहरूको पक्षपात गर्नु
मानिस र धारणाहरूको पक्षपात मानिस र प्रमाणको अनुशरण गर्नुबीच र सत्य जान्नुबीच रोक र आवरण भइहाल्छ, अल्लाहको फर्मान छः र जब तिनीहरूलाई भनिन्छ कि अल्लाहले उतारेको किताबको अनुशरण गर, त उत्तर दिन्छन् कि (होइन), बरु हामीले त्यसको अनुशरण गर्छौ, जसको हाम्रा पूर्वजहरूले अनुशरण गरेका थिए । (अल् बकरः १७०) ।
र वर्तमानमा सूफिया र चिहानमाथि बस्नेहरूका पक्षपातीहरूको केही अनुयायीहरूको यो नै अवस्था छ, जब उनीहरूलाई कुरआन र सुन्नततिर बोलाइन्छ, र जेजति उनीहरू कुरआन सुन्नतको विरोधमा गरिरहेका छन् त्यसलाई त्याग्नुतिर आमन्त्रित गरिन्छन् त उनीहरू आफ्नो पद्धति, र आफ्नो गुरूहरू र आफ्नो बुवा बाजेका कार्यहरूलाई प्रमाण पेश गर्छन् ।
काफिरहरूको अनुरूपता अख्तियार गर्नु ।
र यो बिदअतमा पार्ने सर्वोत्कृष्ट कुरो हो, जसरी कि अबू वाकिद अल्लैसीको हदीसमा छ उनको भनाई छ किः हामी रसूल सल्लल्लाहो अलैहे वसल्लमको साथमा हुनैनतिर निस्कें, यस्तो अवस्थामा कि हामी नयाँ नयाँ मुसलमान भएका थिएँ, र त्यहाँ एउटा बयरको रूख थियो जसमा बहुदेववादीहरू अआफ्नो तरवारलाई झुन्डियाउँथे, जसलाई जाते अनवात भनिन्थ्यो, त हामी जब त्यस बयरको रूखबाट गुज्रेँ त भनेंः हे अल्लाहको सन्देष्टा हामीहरूको लागि पनि उस्तै जाते अनवात (झुन्डियाउने रूख) नियुक्त गरिदिनुस् जसरी यी बहुदेववादीहरूको लागि छ, त रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः (अल्लाह महान छ, यो नै रीति हो, त्यसको शपथ जसको हातमा मेरो प्राण छ, तिमीहरूले पनि उस्तै भनेका छाै जसरी इस्राईलको सन्ततिले हजरत मूसासित भनेका थिए, (हाम्रो निम्ति पनि यस्तै एउटा देवता नियुक्त गरिदिनुस् जस्तो कि यिनीहरूका यी देवताहरू छन्’’ । उनले भने कि साँच्चै नै तिमीहरूमा ठूलो अज्ञानता छ ।) (अल अअराफः १३८) तिमीहरू आफूभन्दा पहिलाका समुदायका पद्धतिमा हिँडने छाै ।) यसलाई तिर्मिजीले वर्णन गरेका छन् र सही पनि भनेका छन्।
त यस हदीसद्वारा यो स्पष्ट भयो किः काफिरहरूको अनुरूपता अख्तियार गर्नुले नै बनू इस्राईललाई यस्तो घृणित कुराको माँगमाथि प्रोत्साहित गर्यो, र त्यो माँग हो किः उनीहरूको लागि पनि एउटा ईश बनाइयोस् जसको उनीहरू पूजा गर्दैगरुन्, र यसै कुराले नै नबीका केही साथीहरूलाई पनि यस माँग गर्नेकार्यमा उत्साहित गर्यो कि उनीहरूको लागि पनि यस्तो रूख नियुक्त गरियोस् जसबाट उनीहरू अल्लाहलाई छाडेर कल्याण र बरकत लिउन्, र वर्तमानमा यस्तै भइरहेको छ, यसर्थ मुसलमानका अधिकांश मािनसहरू काफिरहरूको अनुशरण गरे बिदअत र बहुदेववाद गर्नुमा, जसरी जन्मउत्सवको पर्व, र केही दिन वा सप्ताहलाई केही सुकार्य गर्नुको लागि विशिष्ट गर्नु, र धार्मिक पर्व र अनुष्ठानहरूमा उत्सव मनाउनु, र प्रतिमाको स्थापना गर्नु, र स्मरणीय मूर्ति स्मारक बनाउनु, र मातम (अन्त्येष्टि) को लागि भेला हुनु, र जनाजाका बिदअतहरू, र चिहानहरूमाथि निर्माण गर्नु, ...आदि ।
तेस्रो अध्यायः इस्लामका अनुयायीहरूको बिदअतीहरूप्रति दृष्टिकोण, र उनीहरू विरूद्ध अहलुस्सुन्नह वल जमाअहको पद्धति ।
बिदअतीहरू विरूद्ध अहलुस्सुन्नह वल जमाअहको दृष्टिकोण
अहलुस्सुन्नह वल जमाअह निरन्तर बिदअतीहरूमाथि कटाच्छ गर्दैरहन्छन् र उनीहरूको बिदअतको विरोध गरिरहन्छन्, र उनीहरूलाई उनीहरूको कुकर्मबाट रोक्दछन्, र तपाई समक्ष यसका केही उदाहरणहरू प्रस्तुत छः
हजरत उम्मे दरदाअको भनाई छ किः (मेरो पासमा अबू दरदाअ रिसाएको अवस्थामा आए, त मैले भनेंःके भएको छ ? त उनले भनेः अल्लाहको शपथ मैले तिनीहरूमा मुहम्मदले ल्याएका कुराहरूमध्ये नमाज पढनु बाहेक अरू केही पाएन । (यसलाई बुखारीले वर्णन गरेका छन् ।)
र हजरत अमर बिन यहयाको भनाई छः (मैले आफ्नो बुवालाई सुनें उहाँ आफ्नो बुवाको माध्यमले वर्णन गर्दै भन्छन् कि उनले भनेः हामी अब्दुल्लाह बिन मसऊदको ढोका अगाडि फज्र नमाजभन्दा अघि बस्थें कि जब उहाँ घरबाट निस्कन्छन् त उहाँको साथ मस्जिद जान्छाैं, अनि हामीहरूको पासमा अबू मूसा अल अश्अरी आए, र भनेः के अब्दुर्रहमानको बुवा अहिलेसम्म निस्केनन् ? त हामीले भनेंः निस्के छैनन्, अनि उनी पनि हामीहरूसाथै बसे यहाँसम्म कि अब्दुल्लाह बिन मसऊद निस्के, त जब निस्के त हामी सबै उनीतिर लागें, त अबू मूसाले भनेः हे अुब्दर्रहमानको बुवा मैले अहिले मस्जिदमा एउटा कुरा हेरेको छु जसमाथि मैले टिप्पणी गरें तर मेरो विचारमा त्यो भलाईकै कुरो हो, त इब्ने मसऊदले भनेः त्यो कुरो के हो ? त अबू मूसाले भनेः यदि तपाई जीवित रहे त्यसलाई हेर्नु हुन्छ, अनि भनेः मैले मस्जिदमा केही मानिसहरूलाई हेरको छु जुन सानो सानो समूह र गुट बनाएर बसेका छन् र नमाजको प्रतिक्षा गरिरहेका छन्, र प्रत्येक समूहमा एउटा मान्छे छ र उनीहरूको हातमा ससाना ढुँगाहरू छन्, अनि त्यो एउटा मान्छे समूहसित भन्छः सय पटक अल्लाहको महानताको गुणगान गर, अनि उनीहरू अल्लाहको महानताको बखान गर्छन्, अनि भन्छः सय पटक लाइलाहा इल्लल्लाह भन, अनि उनीहरू भन्छन्, अनि भन्छः सय पटक अल्लाहको पवित्रताको बखान गर, अनि उनीहरू यसलाई पनि गर्छन् । त इब्ने मसऊद भन्छन्ः तिमीले उनीहरूसित के भने ? त उनले भनेः मैले तपाईको दृष्टिकोणलाई पर्खेर उनीहरूलाई केही भनेन, त इब्ने मसऊदले भनेः तिमीले तिनीहरूलाई किन भनेनाै कि उनीहरू यसलाई आफ्नो त्रुटिमा गणना गरुन् र यस कुराको जमानत लिन्थ्याै कि उनीहरूको सुकर्म खेर जाँदैन ?
अनि उनी र हामी सबै मस्जिदतिर जानलागे, यहाँसम्म कि ती सामूहिक गुटहरूसम्म पुगे, अनि इब्ने मसऊद त्यहाँ उभेर भनेः म तिमीहरूलाई यो के गर्दा हेरिरहेको छु ? त उनीहरूले भनेः हे अब्दुर्रहमानको बुवा, यो ढुँगा हो जसमा हामी अल्लाहको महानता त्यसको पवित्रता आदि गरेर गणना गरिरहेका छाैं, त उनले भनेः अआफ्नो कुकार्यलाई गणना गर र म यसकुराको जमानत लिन्छु कि तिमीहरूको सुकार्य खेर जाँदैन, हे मुहम्मदका अनुयायीहरू तिमीलाई विनाश छ, तिमी यति शिघ्र नै विनाशमा पर्याै, यी उहाँ सल्लल्लाहो अलैहे वसल्लमका साथीहरू उपस्थित नै छन्, र यो उहाँको लुगा हो जुन जीर्ण अवस्थासम्म पुगे छैन, र उहाँको भाँडा टुटे छैन, र त्यसको शपथ जसको हातमा मेरो प्राण छ, के तिमीहरू यस्तो पद्धतिमा छाै जुन मुहम्मदको पद्धतिभन्दा उत्तम छ, वा तिमीहरू एउटा पथभ्रष्टताको मार्ग विस्तृत गरिरहेका छाै ? त उनीहरूले भनेः अल्लाहको शपथ हे अबू अब्दुर्रहमान हामीले त भलाई नै गर्न खाेजेका हाैं, त इब्ने मसऊदले भनेः कतिपय भलाईको इच्छुक भलाईलाई पाउँदैन, निःसन्देह रसूल सल्लल्लाहो अलैहे वसल्लमले हामीलाई खबर दिएका छन् किः यस्ता मानिसहरू पनि आउँछन् जुन कुरआनको पाठ त गर्छन् तर त्यस बमाेजिम कार्य गर्दैनन् (त्यो उनीहरूको घाँटीभन्दा तल जाँदैन) र अल्लाहको शपथ मलाई थाहा छैन तर मलाई लाग्दछ कि ती मानिसहरूमा तिमी अधिकांश हुनेछाै । अनि उनीहरूतिरबाट फर्के, अनि अमर बिन सलमा भन्छन्ः हामीले हेरें कि नहरावानको लडाइमा उनीहरूमध्ये अधिकांश खवारिजको साथमा हामीहरू विरूद्ध लडिराखेका थिए) (यसलाई दारमीले वर्णन गरेका छन्)
एउटा व्यक्ति इमाम मालिक रहेमहुल्लाह समक्ष आएर भन्योः म कताबाट एहराम लगाउँ ? त उनले भनेः मिकातबाट, जसलाई नबी सल्लल्लाहो अलैहे वसल्लमले निर्धारित गरेका छन् र जहाँबाट उहाँले एराम लगाउनु भएको छ, त त्यस व्यक्तिले भन्योः यदि मैले त्यसभन्दा टाढाबाट एहराम लगाएँ त ? त इमाम मालिकले भनेः मेरो दृष्टिमा यो उत्तम छैन, त त्यसले भन्योः तपाई यसलाई किन मनपराउनु हुन्न ? त उनले भनेः मलाई तिमीमाथि सीमा उल्लंघनको (उपद्रवको) भय छ, त त्यस व्यक्तिले भन्योः भलाईमा अधिकतामा केको सीमा उल्लंघन ? त इमाम मालिकले भनेः महान अल्लाह भन्छः त जुन मानिसहरूले उहाँको अवज्ञा गर्छन् उनीहरू सचेत रहुन् कि कदाचित उनीहरूमाथि कुनै ठूलो विपत्ति आइपरोस् अथवा उनीहरूमाथि कुनै दुःखद् यातना आइलागोस् । (अन्नूरः ६३)
र यसबाट ठूलो उपद्रव के होला कि तिमीहरू आफूलाई यस्तो भलाईबाट विशिष्ट गरिरहेका छाै जसबाट रसूल सल्लल्लाहो अलैहे वसल्लम पनि विशिष्ट थिएनन् । (यसलाई अबू शामाले अल बाइसु अला इन्कारिल बिदअे वल हवादिस नामक किताबमा वर्णन गरेका छन् अबू बक्र अल खल्लालबाट लिएर पे.१४)
यो उदाहरण हो, र निरन्तर प्रत्येक युगमा विद्हरूमाथि बिदअतीहरूमाथि टिप्पणी गर्दै रहेका छन्, र समस्त प्रशंसा अल्लाहकै लागि छ ।
बिदअतीहरूमाथि टिप्पणी र उनीहरूको प्रतिउत्तरमा अहलुस्सुन्नह वल जमाअहको तरिका
यस सन्दर्भमा उनीहरूको तरिका कुरआन र सुन्नतमाथि आधारित छ, र यो नै सटीक र चुप (निशब्द) गरिदिने तरिका हो, र यसद्वारा उनीहरू बिदअतीहरूका सन्देहजनक कुराहरूको जवाफ दिन्छन् र त्यसलाई निर्मूल पारिदिन्छन्, र सुन्नतलाई दृढतापूर्वक समात्नुमाथि र बिदअत र नाैलो कार्यहरूबाट बाँच्नुमाथि कुरआन र सुन्नतबाट प्रमाणीकरण गर्छन्, र उनीहरूले यस विषयमा अत्याधिक किताबहरू पनि लेखेका छन्, र सैद्धान्तिक किताबहरूमा शीअह, खवारिज, जहमीयह, मुअतजेला र अशाअरहरूमाथि टिप्पणी र उनीहरूलाई प्रतिउत्तर दिएका छन् आस्था र सिद्धान्तको विषय अन्तर्गत, र यस विषयमा विशेष किताबहरू पनि लेखेका छन् । जसरी कि इमाम अहमदले जहमीयहहरूको प्रतिउत्तरमाथि किताब लेखेका छन्, र उनी बाहेक अन्य इमामहरूले यस विषयमा किताब लेखेका छन् जसरी उसमान बिन सईद अद्दारमीले, र यस्तै शैखुल इस्लाम इब्ने तैमिया र उनको शिष्य इब्नुल कैयिमले पनि, र शैख मुहम्मद बिन अब्दुल वह्हाब... आदिले, जसमा उनीहरूले यस्ता खालका पथभ्रमित समूहहरू र चिहानमा बस्ने मान्छे र सूफीहरूको पथभ्रमित कुराहरूको प्रतिसउत्तर दिएका छन् । र बिदअतीहरूको प्रतिउत्तरमा विशेष किताब पनि लेखिएका छन् जुन धेरै छन् उदाहरणको लागि केहीलाई पेश गर्छाैं, पुरानो किताबहरूमध्येः
किताबुल एतसाम इमाम शातबीको लेख ।
किताब इक्तेजाउस्सिरातुल मुस्तकीम शैखुल इस्लाम इब्ने तैमियाको लेख, यस किताबको अधिकांश भागमा उहाँले बिदअतीहरूको प्रतिउत्तर दिएका छन् ।
किताब इन्कारुल हवादिस वल बिदअ इब्ने वज्जाहको लेख ।
किताबुल हवादिस वल बिदअ तरतूसीको लेख ।
किताब अल बाइसु अला इन्कारिल बिदअे वल हवादिस अबू शामाको लेख ।
र वर्तमानका किताबहरूमध्येः
किताबुल इब्दाअ फि मजार्रिल इब्तिदाअ शैख अली महफूजको लेख ।
किताबुस्सुनन वल मुब्तदिआतिल मुतअल्लिका बिल अजकारि वस्सलवात शैख मुहम्मद बिन अहमद अल कुशैरी अल हवामेदीको लेख ।
रिसालतुत्तहजीरि मिनल बिदइ शैख अब्दुल अजीज बिन बाजको लेख ।
र अल्लाहकै लागि प्रशंसा छ कि निरन्तर मुसलमानहरूको विज्ञहरू बिदअतमाथि टिप्पणी गरिरहेका छन् र उनीहरूको प्रतिउत्तर पनि दिइरहेका छन् समाचार, संचार दुरदर्शन, खुत्बा, इजलास वक्तव्य आदिको माध्यमले जसको प्रभावले मुसलमानहरू जागरूक्ता आइरहेको छ र बिदअत एवं बिदअतीहरूको अन्त्य भइरहेको छ ।
चाैथो अध्यायः वर्तमानका केही बिदअतहरूको उदाहरण
जुन हुनः
नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्मउत्सव मनाउनु ।
केही ठाउँ स्थान र मृतकहरूसित कल्याण प्राप्त गर्नु र यसै जस्ता अन्य गतिविधिहरू ।
अल्लाहको सामीप्यता प्राप्ति र पूजाको क्षेत्रमा बिदअतहरू गर्नु ।
वर्तमानीय बिदअतहरू थुप्रै छन् समय धेरै बित्नुको कारण र अज्ञानताको कारण, र बिदअततिर आमन्त्रणकर्ताहरूको अधिकताको करण, र काफिरहरूको अनुरूपता र उनीहरूको रीतिलाई अपनाउनुको कारण जस्तो कि रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भएको छः (तिमीहरू आफूभन्दा पहिलाका समुदायहरूको पद्धतिको अनुशरण गर्नेछाै ।) यसलाई तिर्मिजीले वर्णन गरेका छन् र सही पनि भनेका छन्।
नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्मउत्सव मनाउनु ।
यो ईसाईहरूको अनुरूपता अख्तियार गर्नु हो जसलाई मसीहको जन्म उत्सवको नामले नामाकरण गरिन्छ, यसर्थ यसलाई मुसलमानहरूका अनभिज्ञ र अज्ञान मानिसहरू मनाउँछन्, वा पथभ्रमित विद्हरू रबीउल अव्वलको महिनामा वा यस बाहेक अन्य कुनै महिनामा प्रत्येक वर्ष रसूल सल्लल्लाहो अलैहे वसल्लमको जन्मको दिन, त उनीमध्ये केही यसलाई मस्जिदमा मनाउन्छन्, त केही घरहरूमा, वा यसको लागि तयार पारिएका ठाउँहरूमा, र यस उत्सवमा धेरै मानिसहरू र आम र विशेष नागरिकहरू भेला हुन्छन् र उस्तै प्रकारले सबै कार्य गर्छन् जसरी ईसाईहरू मसीहको जन्मउत्सवमा गर्छन् जुन बहुदेववादीय र अमानवीय कार्यहरूबाट खाली हुँदैन, जसरी कि यस्ता कविताहरूको पाठन जसमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको हकमा सीमा अतिक्रमण र अतिशयोक्ति यतिसम्म हुन्छ मानो अल्लाह बाहेकसित याचना गर्नु, जबकि नबी सल्लल्लाहो अलैहे वसल्लमले आफूबारे अतिशयोक्तिबाट मनाही गर्दै भनेका छन्ः (मेरो व्यक्तित्वप्रति उस्तै सीमा अतिक्रमण (अतिशयोक्ति) नगर्नु जसरी ईसा बिन मरियमको बारेमा ईसाईहरूले गरे, म अल्लाहको भक्त र त्यसको सन्देष्टा हूँ यसर्थ मलाई मात्र त्यसको भक्त र सन्देष्टा नै भन्नु ।) (यसलाई बुखारी र मुस्लिमले वर्णन गरेका छन्) र यो उत्सव कदाचित महिला पुरूषबीच मेलमिलाप र अमानवीय कार्य एवं नशिलो पदार्थहरूको सेवन आदिको माध्यम भइहाल्छ ।
र अतिशयोक्तिको अर्थ होः प्रशंसा गर्नुमा सीमा नाघनु, र कदाचित उनीहरूको यो धारणा छ कि रसूल सल्लल्लाहो अलैहे वसल्लम उनीहरूको यस उत्सवमा उपस्थित हुन्छन्, र यी उत्सवहरूमा जुन अवैध कार्य गरिन्छ तीमध्ये होः सामूहिक कविताको आयोजना, र तबला बजाउनु, र यस बाहेक अन्य सूफीहरूले गर्ने बिदअतीय क्रियाकलाप र स्मरणीय वाक्यहरूको जप, र यस उत्सवमा कदाचित महिला पुरूषहरूबीच मिलन र मिलाप पनि भइहाल्छ जुन उपद्रवको कारण हुन्छ, र व्यभिचारमा पर्नुको कारण पनि, यद्यापि यो उत्सव यी समस्त अवैधानिक कार्यहरूबाट खाली होस् र मात्र भेला हुने कुरामा र खाना खाने कुरामा र प्रसन्नता जाहेर गर्ने कुरामा सीमित भइहालोस् तै पनि यो नाैलो अविष्कृत कुरो र बिदअत हो । (र प्रत्येक नाैलो अविष्कृत कुरो बिदअत हो, र प्रत्येक बिदअत पथभ्रष्टता हो ।) र यो यस कुराको साधन पनि हो कि यो अरू प्रगतिशील भइहालोस् र जुन अवैधानिक कार्यहरू यसमा हुन्छ त्यो अन्य उत्सवहरूमा पनि हुनलागोस् ।
र हाम्रो यो भनाई कि यो बिदअत होः किनकि कुरआन र सुन्नतमा र विगतका सदाचारीको कर्मद्वारा यसको कुनै उदाहरण मिल्दैन, बरू यसलाई धेरै समयपछि अर्थात हिजरतको चाैथो शताब्दी पश्चात अविष्कृत गरिएको हो, जसलाई फातेमी (शिआ) हरूले अविष्कृत गरेका हुन्, इमाम अबू हफस ताजुद्दीन अल फाकेहानीको भनाई छः (तत्पश्चातः केही कल्याणकारी मानिसहरूद्वारा अत्याधिक पटक यो प्रश्न गरिएको छ किः जुन केही मानिसहरू रबीउल अव्वलको महिनामा भेला हुन्छन् र जसलाई माैलिदको नाम पनि दिन्छन् के त्यसको कुनै उदाहरण हाम्रो विधानमा छ, र उनीहरू यसको स्पष्ट जवाफको आग्रह गरे, त मैले भनें र यसको अवसर त अल्लाह नै दिनेवाला हो किः
यसको उदाहरण नत मलाई कुरआनमा नत हदीसमा मिलेको छ नत यस्तो कुनै कार्य हाम्रो सदाचारी पुर्वजहरूबाट नै वर्णित छ जुन कि हामीहरूको लागि आदर्श हुन् धर्मको मामिलामा, जुन उनीभन्दा पहिलाका मानिसहरूको पद्धतिलाई दृढता पूर्वक समातेका थिए, बरू यो यस्तो बिदअत हो जसलाई धर्मलाई स्थगित गर्ने र अधिक भोजन गर्ने र हवस पूजारीहरूले अविष्कृत गरेका हुन् ।)
र शैखुल इस्लाम इब्ने तैमिया रहेमहुल्लाहको भनाई छः (र यस्तै केही मानिसहरूले जुन अविष्कार गरेका छन् चाहे ईसाईहरूको ईसाको जन्मउत्सव मनाउने कार्यको समर्थन र अनुशरणमा वा नबी सल्लल्लाहो अलैहे वसल्लमको प्रेम र सम्मानमा... नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म दिनलाई पर्वको रूपमा मनाउनको लागि, जबकि उहाँको जन्म दिनको बारेमा मानिसहरूमा विवाद छ, त यसलाई हाम्रा विगतका पूर्वजहरूले गरेका छैनन्, र यदि यो भलाईको कार्य हुन्थ्यो वा अनुमानित भलाई नै हुन्थ्यो भने हाम्रा सदाचारी पूर्वजहरू यसको हामीभन्दा अधिक हकदार हुन्थे, किनकि उनीहरू हामीभन्दा अधिक नबी सल्लल्लाहो अलैहे वसल्लमलाई प्रेम र सम्मान दिन्थे, र हामीभन्दा अधिक भलाईको कर्यमा अग्रसरता देखाउँथे, तर वास्तवमा उहाँसित प्रेम र उहाँको सम्मान गर्नु उहाँको आज्ञाकारिता र उहाँको अनुशरण गर्नुमा र उहाँको आदेशको पालना र उहाँको पद्धतिलाई संचालित गर्नुमा, र जुन कुरा दिएर उहाँलाई पठाइएको थियो त्यसको प्रचार प्रसार गर्नुमा, र त्यसको लागि हृदय, जिब्रो र हातद्वारा जिहाद र संघर्ष गर्नुमा छ, तसर्थ यो नै पहिलाका सदाचारीहरूको प्रवासी र अनसारीहरूमध्येका मानिसहरूको र जजसले उनीहरूको पद्धतिलाई अपनाए ती समस्तको तरिका र जीवनशैली थियो ।)... यो कथन समाप्त भयो संक्षिप्त तरिकाले ।
र यस बिदअतको इन्कारको सन्दर्भमा भूत र वर्तमानमा अत्याधिक पुस्तक र निबन्धहरू लेखिएका छन् जुन यो प्रमाणित गर्छ कि यो बिदअत र अनुरूपता अख्तियार गर्नु हो, र जुन अन्य उत्सव मनाउनुमा प्रेरित गर्छ जसरी वलीहरूको गुरूहरूको, प्रधानहरूको जन्मउत्सव मनाउनु, त यो धेरै बुराईहरूको ढोका खोलिदिन्छ ।
केही ठाउँ स्थान र जीवित एवं मृतकहरूसित कल्याण (तबर्रूक) प्राप्त गर्नु
नयाँ बिदअतहरूमध्ये होः सृष्टिहरूसित कल्याण (तबर्रूक) लिनु, र यो मूर्तिपूजाको एउटा थरी हो, र एउटा फन्दा र जाल हो जसद्वारा धनका लाल्सीहरू मानिसहरूको धन लुटदछन्, र तबर्रूकको अर्थ होः कल्याण माँग्नु, अर्थातः कुनै कुरामा भलाईको हुनु र त्यसमा अभिवृद्धि हुनु, त भलाईको हुने र त्यसमा अभिवृद्धि हुने कुराको माँग र याचना उससित गरिन्छ जुन त्यसमाथि शक्तिमान होस्, र त्यो त मात्र अल्लाह नै हो, त्यो नै कल्याणलाई अवतरित गर्छ र त्यसलाई सुदृढ गर्छ, तर सृष्टि कल्याण दिनुमा सक्षम छैन नत त्यसलाई सृजित नै गर्न सक्छ नत त्यसलाई बाँकी र सुदृढ नै राख्न सक्छ, यसर्थ केही ठाउँ स्थान र जीवित एवं मृतकहरूसित कल्याण (तबर्रूक) प्राप्त गर्नु वैध छैन, किनकि यो शिर्क र बहुदेववाद हो यदि मान्छेको यो धारणा छ कि यो वस्तु आफै कल्याण दिन्छ । वा यो शिर्कसम्मको माध्यम हो यदि मान्छेको यो धारणा छ कि यसको जियारत र यसलाई स्पर्श गर्नु अल्लाहको कल्याणलाई पाउने माध्यम हो ।
र रह्यो कुरो सहाबाहरूको यस कार्यको कि उनीहरू नबी सल्लल्लाहो अलैहे वसल्लमको बाल थुक र जेजति उहाँको शरीरबाट अलग हुन्थ्यो त्यसबाट तबर्रूक लिन्थे त यो उहाँसित विशेष थियो जसरी कि यो कुरो अघि नै वर्णन भइसकेको छ, त यी कुराहरू नबी सल्लल्लाहो अलैहे वसल्लमसित विशिष्ट थिए, यसै कारण सहाबाहरू उहाँको कोठा, चिहान आदिबाट उहाँको मृत्यु पश्चात तबर्रूक लिदैनथे, र उहाँ जुन ठाउँमा बसेका थिए वा जता नमाज पढेका थिए त्यस स्थानबाट पनि तबर्रूक लिदैनथे, त वलीहरूका स्थानहरूबाट तबर्रूक लिनु झन मनाही छ, र उनीहरू असल मानिसहरूबाट पनि तबर्रूक लिदैनथे जसरी अबू बक्र, उमर, आदि श्रेष्ठ सहाबाहरूबाट, नत उनीहरूको जीवनकालमा नत उनीहरूको मरणोपरान्त नै, नत उनीहरू हेरा गुफामा नै नमाज पढनुको लागि वा दुआ गर्नुको लागि जान्थे, र यस बाहेक अन्य स्थानहरू र पर्वतहरूमाथि जसलाई भनिन्छ कि यहाँ नबीहरूका स्थानहरू छन्, नत कुनै नबीका स्मरणीय स्थान वा स्मार्कमा नै जान्थे ।
र यस्तै मदिनामा जुन ठाउँमा नबी सल्लल्लाहो अलैहे वसल्लम सदैंव नमाज पढथे हाम्रा पूर्वजहरूमध्ये कसैले पनि नत त्यसलाई स्पर्श गरे नत चुमे नत त्यस स्थानलाई नै जस स्थानमा उहाँले मक्कामा नमाज पढे र यस बाहेक अन्य स्थानहरूलाई पनि, त जब जुन माटो र धरतीलाई उहाँ सल्लल्लाहो अलैहे वसल्लम आफ्नो दुवै कल्याणकारी पाइलाबाट कुल्चेका छन् त्यसलाई उहाँका अनुयायीहरको लागि स्पर्श गर्नु चुम्नु जायज गरिएन, त के अवस्था हुन्छ उहाँ बाहेकले पढेको वा सुतेको स्थानको ? यसर्थ यी समस्तमध्ये कसैलाई स्पर्श गर्नु वा चुम्नुको सन्दर्भमा इस्लामीय विज्ञानका विद्हरूले यो जाने कि नत यो वैधानिक छ नत यो मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको विधानको अंग नै हो ।
अल्लाहको सामीप्यता प्राप्ति र पूजाको क्षेत्रमा बिदअतहरू
यस युगमा पूजाको क्षेत्रमा जुन बिदअतहरू अविष्कृत गरिएका छन् थुप्रै छन्, र पूजाको मूलआधार हो रूकिराख्नु, यसर्थ कुनै पूजा बिना प्रमाण गरिन्न, र जसमाथि कुनै प्रमाण नहोस् त्यो बिदअत हो किनकि नबी सल्लल्लाहो अलैहे वसल्लमको भनाई छः (जसले कुनै यस्तो कार्य गर्यो जसलाई गर्ने हामीले आदेश गरेका छैनाैं त त्याे कार्य अस्वीकृत छ) (यसलाई मुस्लिमले वर्णन गरेका छन्)
र वर्तमानमा यस्ताखालका पूजाहरू जसमाथि कुनै प्रमाण छैन तर त्यसलाई गरिन्छ थुप्रै छन् जसमध्ये केही निम्न हुन्ः
नमाजको नीयतलाई जाहेर गर्नुः जसरी यो भन्नु कि मैलै अल्लाहको लागि यो यो नमाज पढने नीयत गरेको छु, र यो बिदअत हो, किनकि यो नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिमध्येको होइन, र यस कारण पनि किनकि अल्लाहको भनाई छः (उनीहरूसित) भन्नुस् कि ‘‘के तिमीले अल्लाहलाई आफ्नो धार्मिक आस्थाको सूचना दिइरहेकाछौ ? अल्लाह त आकाशहरू र धरतीका सम्पूर्ण कुरालाई जान्दछ । र अल्लाह हरेक कुराको जान्नेवाला हो । (अल हुजुरातः १६)
र नीयतको ठाउँ हृदय हो, यसर्थ यो हृदयको कार्यमध्येको हो नकि जिब्रोको ।
र तीमध्ये होः नमाज पश्चात सामुहिक दुआ याचना जिक्र गर्नु, किनकि वैधानिक यो छ कि प्रत्येक व्यक्ति एकलै हदीसहरूमा आएको दुआ आदि गरोस् ।
र तीमध्ये होः खुशी आदिका अवसरहरूमा वा दुआ पश्चात वा मृतकहरूको लागि सूरतुल फातिहाको पाठन गर्ने आग्रह गर्नु ।
र तीमध्ये होः मृतकहरुको अन्तिम संस्कारको आयोजना गर्नु र खाना बनाउनु र पाठकहरूलाई भाडामा ल्याउनु, र यसलाई श्रद्धाञ्जली बुझ्नु, वा यो धारणा राख्नु कि यो मृतकलाई लाभ पुर्याउँछ, र यी समस्त बिदअत हुन् जसको विधानमा कुनै उदाहरण छैन, नत विधानमा यसको कुनै प्रमाण छ ।
र तीमध्ये होः धार्मिक अवसरहरूमा उत्सव मनाउनु, जसरी इस्रा र मेअराजको उत्सव, र हिजरत प्रवासको अवसरमा उत्सव, र यी समस्त अवसरहरूमा उत्सव मनाउनुको विधानसित कुनै संलग्नता छैन ।
र त्यसैमध्ये होः जुन रजबको महिनामा गरिन्छ, र जुन त्यसमा विशेष पूजाहरू गरिन्छ, जसरी विशेष नफिली नमाज र वर्तको आयोजना गर्नु, किनकि यस महिनालाई अन्य महिनामाथि कुनै श्रेष्ठता छैन नत नमाज पढनुको लागि नत वर्त बस्नुको लागि, र नत बलि आदि गर्नुको लागि ।
र त्यसैमध्ये होः सूफीहरूको नाना प्रकारका जिक्रहरू, यी समस्त नयाँ बिदअत हुन् किनकि यी समस्त वैधानिक जिक्र विरूद्ध छन् समय आकार र शब्दहरूमा ।
र त्यसैमध्येको होः शअबान महिनाको मध्य रात्रीलाई नमाजको लागि विशिष्ट गर्नु, र मध्य शअबानको दिनलाई वर्तको लागि विशेष गर्नु, किनकि नबी सल्लल्लाहो अलैहे वसल्लमबाट यस सम्बन्धमा कुनै विशेष कुरा प्रमाणित छैन ।
र त्यसैमध्यको होः चिहानहरूमाथि निर्माण गर्नु, र त्यसलाई मस्जिद बनाउनु, र कल्याण पाउने उद्देश्यले त्यसको जियारत गर्नु, र मृतकहरूलाई माध्यम बनाउनु, र यस बाहेक अन्य बहुदववादीय क्रियाकलापहरू, र महिलाहरूद्वारा त्यसको जियारत गर्नु जबकि रसूल सल्लल्लाहो अलैहे वसल्लमले चिहानको जियारत गर्ने महिलालाई धिक्कृत गरेका छन् र त्यसमाथि मस्जिद बनाउने र द्वीप जलाउनेहरूलाई पनि धिक्कृत गरेका छन् ।
र अन्तमा हामी भन्छाैं किः बिदअत नास्तिकताको डाक हो, र यो धर्म वृद्धि गर्नु हो जसलाई अल्लाह र उसको सन्देष्टाले वैधानिक गरेका छैनन्, र बिदअत महा पापभन्दा अधिक घृणित हुन्छ, र शैतान यसबाट महा पापभन्दा अधिक प्रसन्न हुन्छ, किनकि पापी पाप गर्छ तर त्यसलाई यो ज्ञान हुन्छ कि यो पाप हो, र त्यो यसबाट ताैबा गरिहाल्छ, तर बिदअती बिदअत गर्छ त्यसलाई धर्म बुझेर जसद्वारा त्यो अल्लाहको सामीप्यता चाहन्छ, यसर्थ त्यो यसबाट ताैबा गर्दैन, र बिदअत सुन्नतलाई मेटमइदिन्छ, र यसलाई गर्ने मानिसहरू निकट सुन्नत र सुन्नतमा कार्यरतहरू घृणित हुन्छन् ।
र बिदअत अल्लाहबाट टाढा गरिदिन्छ, र त्यसको क्रोधर दण्डको पात्र बनाइदिन्छ, र यसले हृदयको विचलन र खराबीलाई निम्त्याउँछ ।
बिदअतीहरूसित कसरी व्यवहार गर्ने
बिदअतीको जियारत गर्नु र त्यसको साथमा बस्नु अवैधानिक छ तर त्यसलाई उपदेश गर्नाको लागि वा त्यसको बिदअतमाथि टिप्पणी गर्नुको लागि यस्तो गर्नुमा कुनै आपत्ति छैन, किनकि त्यसको साथमा रहनुले त्यसको बुराईमाथि प्रभाव पार्छ, र त्यसको शत्रुता अरूसम्म प्रसारित गर्छ, यसर्थ उनीहरूबाट र उनीहरूको बुराईबाट सबैलाई सचेत गर्नु जरूरी छ, जब उनीहरूलाई रोक्न नसकियोस् र उनीहरूलाई बिदअत फैलाउनुबाट रोक्न नसकियोस्, नत्र मुसलमानहरूका विद्हरू र हाकिमहरूमाथि यो अनिवार्य छ कि उनीहरू बिदअतलाई रोकुन् र उनीहरूलाई यस बुराईबाट रोकुन्, किनकि उनीहरू इस्लामको लागि अति घातक छन्, फेरि यो पनि ज्ञात रहोस् कि काफिर देशहरू बिदअतीलाई बिदअतको प्रचार गर्नुमा प्रोत्साहित गर्छन्, र यस विषयमा उनीहरूको अनेकाैं तरिकाले सहायता गर्छन्, किनकि यस तरिकाले इस्लामलाई समाप्त गर्न सकिन्छ र इस्लामलाई कुचित्रण गर्न सकिन्छ ।
हामी महान र पवित्र अल्लाहसित यो याचना गदर्छाैं कि आफ्नो धर्मको सहायता गरोस्, र आफ्नो वाणीलाई उच्च गरोस्, र यसका शत्रुहरूलाई अपमानित गरोस्, र अल्लाहको दया र प्रशान्ति अवतरित होस हाम्रो सन्देष्टा मुहम्मद र उहाँको परिवार र साथीहरूमाथि ।
Related books
All books
نبذة في العقيدة الإسلامية (شرح أصول الإيمان)76 languagesالعقيدةنبذة في العقيدة الإسلامية (شرح أصول الإيمان)
رسالة لطيفة تتناول أصول العقيدة الإسلامية بأسلوب مبسط وميسر. تبدأ بمقدمة حول أهمية علم التوحيد، كونه أشرف العلوم وأجلّها، ثم تتناول مفهوم الدين الإسلامي وأركانه الخمسة: الشهادتان، والصلاة، والزكاة، والصوم، والحج. كما يشرح الإيمان بالله، وملائكته، وكتبه، ورسله، واليوم الآخر، ويؤكد على أهمية التوحيد في بناء دين المسلم بشكل سليم. الكتاب يهدف إلى تعزيز الفهم الصحيح للعقيدة الإسلامية وتطبيقها في حياة المسلم اليومية.
حراسة التوحيد
तीन मूल सिद्धान्त र त्यसका प्रमाणहरू73 languagesतीन मूल सिद्धान्त र त्यसका प्रमाणहरू
यस पुस्तकमा मुस्लिमले जान्नैपर्ने; अल्लाह, उहाँको नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) र इस्लाम धर्मको ज्ञान र पहिचान जस्ता आधारभूत सिद्धान्तहरूलाई समेटिएको छ। यसले ईमान र असल कर्महरू निर्माण गर्न यी सिद्धान्तहरूको महत्त्वलाई कुरआन र हदीसको प्रकाशमा स्पष्ट पारेको छ।
العقيدة الصحيحة وما يضادها