बिस्मिल्ला हिर्रहमा निर्रहीम (अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु) । इस्लाम इस्लामको संक्षिप्त परिचय कुर्आन र हदीसको प्रकाशमा (प्रमाणरहित संस्करण)[१] (१) यस पुस्तकको अर्को प्रतिलिपि पनि उपलब्ध छ, जसमा प्रत्येक कुराको प्रमाण कुर्आन र हदीसबाट प्रस्तुत गरिएको छ, तपाइँ यसलाई निम्न लिङ्क मार्फत हेर्न सक्नुहुन्छ: http://islamhouse.com/ar/books/२८३००७१ इस्लामको संक्षिप्त परिचयमा आधारित यो एक महत्त्वपूर्ण पुस्तिका हो । जसमा इस्लाम धर्मका महत्वपूर्ण सिद्धान्तहरू, शिक्षाहरू र विशेषताहरूलाई इस्लामको दुई मौलिक र भरपर्दो श्रोत; कुर्आन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । यो पुस्तिकाले…
(प्रमाणरहित संस्करण)[१](१) यस पुस्तकको अर्को प्रतिलिपि पनि उपलब्ध छ, जसमा प्रत्येक कुराको प्रमाण कुर्आन र हदीसबाट प्रस्तुत गरिएको छ, तपाइँ यसलाई निम्न लिङ्क मार्फत हेर्न सक्नुहुन्छ:
http://islamhouse.com/ar/books/२८३००७१
इस्लामको संक्षिप्त परिचयमा आधारित यो एक महत्त्वपूर्ण पुस्तिका हो । जसमा इस्लाम धर्मका महत्वपूर्ण सिद्धान्तहरू, शिक्षाहरू र विशेषताहरूलाई इस्लामको दुई मौलिक र भरपर्दो श्रोत; कुर्आन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । यो पुस्तिकाले मुस्लिम र गैर(मुस्लिम सबैलाई तिनीहरूको आफ्नै भाषामा सम्बोधन गर्दछ । यो सन्देश हरेक युग, समय, परिस्थिति र स्थानहरूका लागि शतप्रतिशत उपयुक्त रहेको छ ।
१. इस्लाम, सम्पूर्ण मानवजातिका लागि अल्लाहको सन्देश हो । यो सधैं बांकी रहने इश्वरीय सन्देश हो ।
२. इस्लाम कुनै विशेष लिंग वा जातको धर्म होइन, यो त सम्पूर्ण मानवजातिका लागि अल्लाहले पठाउनुभएको धर्म हो ।
३. इस्लाम अन्तिम ईश्वरीय सन्देश र अघिल्ला राष्ट्रहरुमा पठाईएका पैगम्बरहरू (अलैहिमुस्सलाम) को विधानको पूरक हो ।
४. सम्पूर्ण पैगम्बरहरू (अलैहिमुस्सलाम) को धर्म एकै थियो तर शरिया (विधि विधान) हरू फरक फरक थिए ।
५. सम्पूर्ण सन्देशवाहकहरू; नूह, अब्राहम, मोशा, सुलेमान, दाऊद र येशू (अलैहिमुस्सलाम) ले आह्वान गरे जस्तै इस्लामले पनि त्यही तथ्यमा विश्वास गर्न आह्वान गर्दछ । त्यो के हो भने केवल एक अल्लाह हाम्रो परमेश्वर, सृष्टिकर्ता र पालनपोषणकर्ता हुनुहुन्छ । जीवन र मरन उहाँकै हातमा हो । उहाँ सम्पूर्ण ब्रह्माण्डका मालिक हुनुहुन्छ । उहाँ नै सबै कुराको व्यवस्था गर्नुहुन्छ र उहाँ परम दयालु हुनुहुन्छ ।
६. केवल अल्लाह सृष्टिकर्ता र उपासना योग्य हुनुहुन्छ । उहाँसँगै अरू कसैको पूजा उपासना गर्नु पूर्णतया अनुचित हो ।
७. ब्रह्माण्डमा भएका दृश्य र अदृश्य सबै कुराहरूका सृष्टिकर्ता केवल अल्लाह हुनुहुन्छ । उहाँ बाहेक सम्पूर्ण सृष्टिहरू उहाँकै सृष्टि हुन् । अल्लाहले आकाशहरू र पृथ्वीलाई ६ दिनमा सृष्टि गर्नुभयो ।
८. अल्लाहको राज्य, सृष्टि, व्यवस्थापन र उपासनामा कोही साझेदार छैन ।
९. अल्लाहको कोही सन्तान छैन; नत उहाँबाट कोही जन्मेको छ । न उहाँ कसैबाट जन्मिनु भएको छ र उहाँ जस्तो कोही पनि छैन ।
१०. अल्लाह न त कुनै चीजमा प्रवेश गर्नुहुन्छ, न त आफ्नो कुनै पनि सृष्टिमा अवतार लिनुहुन्छ ।
११. अल्लाह आफ्ना भक्तहरूप्रति अत्यन्त दयालु र कृपालु हुनुहुन्छ, त्यसैले उहाँले रसूल (दूत) हरू पठाउनुभयो र धर्मग्रन्थहरू अवतरण गर्नुभयो ।
१२. केवल अल्लाह दयालु पालनकर्ता हुनुहुन्छ । उहाँ एक्लैले सम्पूर्ण प्राणीहरूलाई उनीहरुको चिहानबाट पुनर्जीवित गर्नुहुन्छ र उनीहरुको हिसाबकिताब लिनुहुनेछ । प्रत्येक व्यक्तिलाई उसको राम्रो र नराम्रो कर्म अनुसार प्रतिफल दिनुहुनेछ । जसले आस्तिक (मुमिन) रहँदा राम्रो कर्म गरेको छ, उसलाई अनन्त आशीर्वाद दिइनेछ र जसले नास्तिक (काफिर) रहँदा नराम्रो कर्म गरेको छ, उसलाई परलोकमा ठूलो सजाय हुनेछ ।
१३. अल्लाहले आदमलाई माटोबाट सृष्टि गर्नुभयो र त्यसपछि पृथ्वीभरि उनको सन्तान बढ्न थाल्यो । त्यसैले सबै मानवजाति आफ्नो उत्पत्तिको हिसाबले समान छन् । कुनै लिंगलाई अर्को लिंग र कुनै सुमदायलाई अर्को समुदायमाथि तकवा (अल्लाह प्रतिको भक्ति र संयमता) बाहेक कुनै श्रेष्ठता प्राप्त छैन ।
१४. प्रत्येक बच्चा प्रकृति अनुसार (मुस्लिम) जन्मिन्छ ।
१५. कुनै पनि मानिस जन्मजात पापी वा अरुले गरेको पापको जिम्मेवार हुँदैन ।
१६. मानवजातिको सृष्टिको मुख्य उद्देश्य : केवल एक अल्लाहको उपासना गर्नु हो ।
१७. इस्लामले पुरुष.महिला सम्पूर्ण मानव जातिलाई सम्मानित गरेको छ र उनीहरुका समस्त अधिकारलाई सुनिश्चित गरेको छ । प्रत्येक व्यक्तिलाई आफ्नो अधिकार र सबै गतिविधिहरूप्रति जिम्मेवार बनाएको छ । यदि उसले आफूलाई वा अरुलाई हानि पुर्याउछ भने ऊ नै त्यसको जिम्मेवार हो भनेर स्पष्ट पारेको छ ।
१८. महिला र पुरुष दुवैलाई जिम्मेवारी, प्रतिफल र पुण्यका हिसाबले समान हैसियत दिइएको छ ।
१९. इस्लामले नारीलाई इज्जत दिएको छ र नारीलाई पुरुषको अर्धाङ्गिनी ठान्दै उसका सबै खर्चको जिम्मेवारी पुरुषको काँधमा राखेको छ, यदि ऊ सक्षम छ भने । त्यसैले छोरीको खर्चको जिम्मेवारी बुवाले, आमाको खर्चको जिम्मेवारी छोराले यदि ऊ सक्षम छ भने र श्रीमतीको खर्चको जिम्मेवारी श्रीमानले लिनुपर्छ भनेर अनिवार्य गरेको छ ।
२०. मृत्यु भनेको अनन्त विनाश होइन, बरु यो कर्मभूमिबाट प्रतिफलको संसारमा प्रवेश गर्नु हो । मृत्यु शरीर र आत्मा दुवैमा आउँछ । आत्माको मृत्यु भनेको शरीरबाट अलग हुनु हो र कयामतको दिन आत्मा फेरि त्यही शरीरमा फर्कनेछ । मृत्युपछि आत्मा न त कुनै अर्को शरीरमा प्रवेश गर्छ, न त कुनै अन्य शरीरमा नै पुनःस्थापित हुन्छ ।
२१. इस्लामले आस्थाका महान् आधारहरूमा विश्वास गर्न आह्वान गर्दछ । यी आधारहरू; अल्लाहमा आस्था राख्नु, उहाँका फरिश्ता (स्वर्गदूत) हरूमा आस्था राख्नु, ईश्वरीय ग्रन्थहरू जस्तै तौरात, इन्जील र जबूर (विकृत हुनुअघि) र कुर्आन (अन्तिम इश्वरीय ग्रन्थ) मा विश्वास राख्नु, सम्पूर्ण नबी र रसूलहरू तथा अन्तिम रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) मा विश्वास राख्नु, अन्तिम दिन (कयामत) मा विश्वास राख्नु, . हामी जान्दछौं, यदि यो सांसारिक जीवन नै अन्तिम भएको भए; हाम्रो जीवन र अस्तित्व पूर्ण रूपमा निरर्थक हुने थियो।– र कजा व कद्र (पूर्वनिर्धारित भाग्य र फैसला) मा विश्वास राख्नु ।"
२२. पैगम्बर (अलैहिमुस्सलाम) हरू अल्लाहबाट प्राप्त सन्देश र वाणी (वही) हरू पुर्याउनमा गल्ती गर्दैनन्, त्यसैगरी उनीहरु आफ्नो कार्यमा तर्क र नैतिकता विपरीत कुनै गल्ती गर्दैनन् । अल्लाहका आज्ञाहरू मानवजातिसम्म पुर्याउने जिम्मेवारी उनीहरूलाई सुम्पिएको थियो । उनीहरूसँग रूबुबियत र उलूहियत (प्रभुत्व वा ईश्वरत्व) को एक अंश पनि थिएन; बरु उनीहरू अन्य मानिसझैं मानिसहरू थिए, तिनीहरूको विशेषता के थियो भने अल्लाह उनीहरुमाथि आफ्नो सन्देश र वाणी (वही) अवतरण गर्नु हुन्थ्यो ।
२३. इस्लामले प्रमुख उपासनाका नियम र सिद्धान्तहरूको पालना गर्दै केवल एक अल्लाहको उपासना गर्न आदेश दिन्छ, यसका मुख्य उपासनाहरू : सलाह (नमाज) कायम गर्नु, यसमा कयाम (उभिनु), रुकु (झुक्नु), सज्दा (ढोग), अल्लाहको जिक्र (स्मरण) र उहाँसंग दुआ (प्रार्थना) गर्नु पर्छ । प्रत्येक व्यक्तिले दिन र रातमा पाँच पटक नमाज पढ्नुपर्छ । नमाजमा सबैजना एउटै लाइनमा उभिएपछि धनी–गरीब र मालिक–दासबीचको सबै विभेद हटेर जान्छ । दोस्रो उपासना जकात हो, जकात भनेको सम्पत्तिको त्यो सानो अंश हो जुन बार्षिक हिसाबले अल्लाहले तोकेको नियम र मापदण्ड अनुसार धनीहरूको सम्पत्तिबाट निकालिर गरिबहरूमा बाँडिन्छ । तेस्रो उपासना रोजा (ब्रत) हो, जसको अर्थ रमजानको महिनामा दिनभरि खानु, पिउनु र अन्य निषेधित चीजहरूबाट अलग रहनु हो । व्रतले आत्मविश्वास, धैर्यता र संयम सिकाउँछ । चौथो उपासना हज हो, जुन मक्काको पवित्र काबामा पुग्न सक्ने सक्षक व्यक्तिहरूले जीवनकालमा एक पटक अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । हज यस्तो उपासना हो जसमा संसारभरका मानिसहरू अल्लाहको दृष्टिमा समान हुन्छन् र सबै जातिवाद र भिन्नताहरू पतन हुन्छन् ।
२४. इस्लाममा उपासनाहरूको मुख्य विशेषता के हो भने यसको विधि, समय र शर्तहरू अल्लाहले निर्धारित गर्नुभएको हो र उहाँको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसलाई हामीसम्म पुर्याउनु भएको हो । आजसम्म कुनै पनि मानवले यी उपासनाहरूमा हस्तक्षेप, परिवर्तन, वृद्धि, वा कटौती गर्न सकेका छैन । सम्पूर्ण दूतहरूले यी सबै प्रमुख र ठूला उपासनाहरू गर्न आदेश दिएका थिए ।
२५. इस्लामको रसूल (संदेष्टा) मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) इस्माईल बिन इब्राहीम (अलैहिस्सलाम) का वंशज हुन् । उहाँको जन्म सन् ५७१ ईस्वीमा मक्का शहरमा भएको थियो, उहाँलाई त्यहीँबाट नै पैगम्बर बनाइएको थियो । त्यसपछि उहाँ मदिना हिजरत (बसाइँ सार्नु) गर्नुभयो । उहाँ आफ्नो समुदायका अन्य मानिसहरू जस्तै मूर्तिपूजा कार्यमा कहिल्यै संलग्न हुनु भएन, तर अन्य राम्रा र महत्वपूर्ण कार्यहरूमा सहभागिता जनाउनुहुन्थ्यो । सन्देशवाहक बन्नु अघि नै उहाँको चरित्र अत्यन्तै उच्च थियो र उहाँका समुदायले उहाँलाई अमीन र सादिक भनेर सम्बोधन गर्थे । अल्लाहले उहाँलाई ४० वर्षको उमेरमा पैगम्बरको रूपमा चयन गर्नुभयो र उहाँलाई महान् चमत्कारहरूद्वारा सशक्त बनाउनुभयो । उहाँलाई प्रदान गरिएको सबैभन्दा महान् चमत्कार कुर्आन हो । सम्पूर्ण सन्देशवाहकहरूलाई प्रदान गरिने चमत्कारहरूमध्ये यो सबैभन्दा ठूलो चमत्कार हो र यो कयामतसम्म बाँकी रहनेछ । जब अल्लाहले इस्लाम धर्मलाई परिपूर्ण गरिदिनु भयो र सन्देशवाहकले आफ्नो सन्देशलाई पुर्ण रूपमा पुर्याइदिनुभयो, तब ६३ वर्षको उमेरमा उहाँको निधन भयो र उहाँको पवित्र शरीरलाई मदिनामा नै दफन गरियो । मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अन्तिम पैगम्बर र रसूल हुनुहुन्छ, जसलाई अल्लाहले मार्गदर्शन र सच्चा धर्मका साथ पठाउनुभयो, ताकि उहाँले मानिसहरूलाई बहुदेववाद, कुफ्र र अज्ञानताको अन्धकारबाट तौहीद (एकेश्वरवाद) र इमान (आस्था) को प्रकाशमा ल्याउन सकुन् । उहाँ अल्लाहको सच्चा दूत हुनुहुन्छ भनेर उहाँले स्वयं गवाही दिनुभएको छ ।
२६. इस्लामको शरियत, जुन पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा ल्याइएको थियो, सम्पूर्ण ईश्वरीय शरीयत र कानूनहरूको अन्तिम रूप हो । यो उत्तम र परिपूर्ण कानून हो जसले मानिसहरूको धार्मिक र संसारिक कल्याणलाई सुनिश्चित गर्दछ । यस "शरियतले" मुख्यतया मानिसहरूको धर्म, जीवन, सम्पत्ति, बुद्धि र वंशको संरक्षण गर्दछ । यसले अघिल्ला सबै शरियतलाई खारेज गरेको छ, जसरी अघिल्लो शरियतहरूले एकअर्कालाई रद्द गरेका थिए ।
२७. रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको धर्म इस्लाम बाहेक अन्य कुनै धर्म अल्लाहले स्वीकार गर्नुहुन्न । तसर्थ, जसले इस्लाम बाहेक अन्य कुनै धर्म स्वीकार गर्छ, त्यो स्वीकार गरिने छैन ।
२८. पवित्र कुर्आन त्यो पुस्तक हो, जसलाई अल्लाहले आफ्ना अन्तिम दूत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरण गर्नुभएको हो र यो सम्पूर्ण संसारका पालनकर्ताको वाणी हो । अल्लाहले सम्पूर्ण मानव र जिन्नलाई यस्तै पुस्तक या कम्तिमा एउटा सूरह ल्याउन चुनौती दिनुभयो र यो चुनौती आजसम्म कायमै छ । कुर्आनले लाखौं मानिसहरूलाई अकमक्क र हैरान पार्ने महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिन्छ । यो महान् कुर्आन आजसम्म त्यही अवतरित अरबी भाषामा सुरक्षित छ र यसमा एउटा अक्षरको पनि कमी भएको छैन । यो सर्वत्र छापेर प्रकाशित भैरहेको छ । यो महान् चमत्कारी गुणवान् पुस्तकलाई वा यसको अर्थको अनुवादलाई सबैले पढ्नैपर्छ । यसैगरी, पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत (तरिका), शिक्षा र जीवनी विश्वसनीय वक्ताहरूको श्रृंखलामार्फत सुरक्षित गरिएको छ र त्यही अरबी भाषामा प्रकाशित गरिएको छ जुन भाषामा उहाँले बोल्नुभएको थियो साथै यो विभिन्न भाषाहरूमा अनुवाद पनि गरिएको छ । इस्लाम धर्मका नियम र विधानहरूको एक मात्र स्रोत कुर्आन र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत हो । इस्लामलाई बुझ्नको लागि त्यस समुदायका व्यक्तिगत व्यवहारलाई हेर्नु हुँदैन, बरु ईश्वरीय वाणी कुर्आन र सुन्नतबाट बुझ्न प्रयास गर्नुपर्छ ।
२९. इस्लामले आमाबाबुसँग चाहे तिनीहरू गैर.मुस्लिम भए दयालु व्यवहार गर्न र आफ्ना सन्तानसँग राम्रो व्यवहार गर्न आदेश दिन्छ ।
३०. इस्लामले शत्रुसँग भए पनि वचन र कर्ममा न्याय र निष्पक्षता कायम गर्न आदेश दिन्छ ।
३१. इस्लामले सम्पूर्ण सृष्टिसँग दयालु व्यवहार, उच्च नैतिकता र असल काम गर्न आह्वान गर्दछ ।
३२. इस्लामले सत्यता, इमान्दारिता, पवित्रता, लज्जा, बहादुरी, उदारता, दुखीलाई सहयोग गर्ने, पीडितहरूलाई राहत दिने, भोकाहरूलाई खुवाउने, असल छिमेकी बन्ने, पारिवारिक सम्बन्ध कायम राख्ने र जनावरहरूप्रति दयालु व्यवहार गर्ने जस्ता असल चरित्रहरू अपनाउन आदेश दिन्छ ।
३३. इस्लामले खाने र पिउने कुरामा स्वच्छ, शुद्ध र पवित्र वस्तुहरूलाई वैध (हलाल) गरेको छ । हृदय, शरीर र घरको पवित्रता कायम राख्न आदेश दिएको छ; त्यसैले इस्लामले विवाहलाई वैधानिक रूपले लागू गरेको छ । पैगम्बर (अलैहिमुस्सलाम) हरूलाई पनि यसैको आदेश दिइएका थिए । किनकि उनीहरूले सबै प्रकारको पवित्रता अपनाउन आदेश दिएका छन् ।
३४. इस्लामले वर्जित (हराम) कार्यहरूका सम्पूर्ण आधारलाई निषेध गरेको छ, जस्तै: शिर्क (अल्लाहसँग साझेदार) गर्नु, कुफ्र (अविश्वास) गर्नु, मूर्तिपूजा गर्नु, ज्ञान बिना अल्लाहको बारेमा केही भन्नु, सन्तानको हत्या गर्नु, निर्दोषको हत्या गर्नु, पृथ्वीमा उपद्रव मच्चाउनु, जादू.टोना गर्नु, खुलेआम वा गोप्य रूपमा दुष्ट काममा लिप्त हुनु, व्यभिचार गर्नु, समलैंगिक यौनसम्बन्ध बनाउनु, सुद ब्याज लेनदेन गर्नु, मृत जनावर, मूर्तिहरूको लागि वध गरिएको जनावर र सुँगुरको मासु खानु, फोहोर र हानिकारक वस्तुहरू सेवन गर्नु, अनाथको सम्पत्ति हडप्नु, नापतौलमा ठगी गर्नु र आफन्तसँगको सम्बन्ध तोड्नु । सम्पूर्ण पैगम्बर र रसूलहरू पनि यी वर्जित चीजहरू निषेधित छन् भन्ने विचारमा एकमत छन् ।
३५. इस्लामले झूट, ठगी, बेइमानी, विश्वासघात, धोका, ईर्ष्या, छल, चोरी, विद्रोह, अत्याचार र अन्याय जस्ता सबै दुष्ट आचरणलाई निषेध गर्दछ ।
३६. इस्लाम धर्मले ब्याज, हानि, धोखाधडी, उत्पीडन र ठगीमा आधारित वा व्यक्ति, समाज र राष्ट्रहरूको विनाश तथा क्षति निम्त्याउने सबै किसिमको वित्तीय मामिलाहरूलाई निषेध गर्दछ ।
३७. इस्लामले बुद्धिको रक्षा गरेको छ र यसलाई भ्रष्ट पार्ने सम्पूर्ण किसिमको मादकपदार्थलाई निषेध गरेको छ, जस्तै रक्सी पिउने आदि । इस्लामले विवेकलाई उच्च स्थान दिएर धार्मिक दायित्वको आधार तोकेको छ । यसलाई अन्धविश्वास र बहुदेववादको बन्धनबाट मुक्त गरेको छ । इस्लाममा कुनै विशेष समूहको लागि गोप्य कुरा वा विशेष नियमहरू छैनन् । यसका सबै नियम र कानूनहरू उचित तर्क, न्याय र बुद्धि अनुकूल छन् ।
३८. झूटा धर्मका अनुयायीहरूले आफ्ना धर्ममा पाइने विरोधाभासहरू र सामान्य बुद्धिले अस्वीकार गर्ने कुराहरूप्रति असन्तुष्टि जनाएपछि धर्मका ठेकेदारहरूले धर्म तर्क र बुद्धिभन्दा माथि छ अनि यसलाई पूर्ण रूपमा बुझ्न असम्भव छ भनी भ्रममा पार्छन् । अर्कोतर्फ, इस्लामले धर्मलाई एक प्रकाशको रूपमा मान्छ, जसले विवेकलाई सही मार्ग देखाउछ । झूटा धर्म मान्नेहरुले मानिसलाई बुद्धिहीन र अन्धभक्त बनाउन चाहन्छन् जबकि इस्लामले सत्य तथ्य पत्ता लगाउन आफ्नो बुद्धिलाई प्रयोग गर्न प्रेरित गर्दछ ।
३९. इस्लामले सही र लाभदायक ज्ञानलाई सधैं महत्त्व दिन्छ, निष्पक्ष वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्छ, आफूभित्र र आफ्नो वरपरको ब्रह्माण्डमा गहन रूपमा चिन्तनको लागि आह्वान गर्दछ । सही वैज्ञानिक नतिजा इस्लामसँग कदापी बाझिँदैन ।
४०. अल्लाहले केवल त्यो व्यक्तिको कर्म स्वीकार गर्नुहुन्छ र आखिरत (परलोक) मा पुरस्कृत गर्नुहुनेछ, जसले अल्लाहमा विश्वास गर्छ, उहाँको आज्ञा पालन गर्छ र उहाँका रसूल (दूत) हरूमा विश्वास गर्छ । अल्लाहले आफूले तोकेको बाहेक अरू कुनै पनि उपासना स्वीकार गर्नुहुन्न । त्यसोभए अल्लाहमा अविश्वास गरेर उहाँले पुरस्कृत गर्नुहुन्छ भन्ने कसरी आशा गर्न सकिन्छ ? अन्तिम दुत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लगायत सम्पूर्ण नबी.रसूल (दूत) हरूमा विश्वास नगरेसम्म अल्लाहले कुनै व्यक्तिको आस्था स्वीकार गर्नुहुन्न ।
४१. दिव्य सन्देशहरूको लक्ष्य भनेको: साँचो धर्म मानिसको आत्मामा बसोस् र ऊ सबै संसारका प्रभु अल्लाहको असल र सच्चा सेवक बन्न सकोस् । यसले मानिस, भौतिक वस्तु वा अन्धविश्वासको दासत्वबाट मुक्त गर्दछ । वास्तवमा, इस्लामले कुनै व्यक्तिलाई नत पवित्र ठान्छ,नत कसैलाई उसको पदभन्दा माथि कुनै आध्यात्मिक विशेष स्थान दिन्छ न त कसैलाई ईश्वर वा देवता बनाउँछ ।
४२. इस्लाममा अल्लाहले पश्चात्ताप (तौबा) को व्यवस्था गर्नुभएको छ, तौबा भनेको: मानिसले आफ्ना पापहरू परित्याग गर्दै आफ्नो पालनकर्ता (रब) तर्फ फर्कनु हो । जसरी इस्लाम स्वीकार गर्नु अघि गरिएका सबै पापहरू इस्लामले क्षमा हुन्छन्, त्यसरी नै पश्चातापले पनि पहिलेका सबै पापहरूलाई पखालिन्छन्, त्यसैले कसैको अगाडि आफ्नो पाप स्वीकार गर्नु आवश्यक छैन ।
४३. इस्लाममा अल्लाह र मानिस बीच प्रत्यक्ष सम्बन्ध स्थापित हुन्छ, त्यसैले तपाईं र अल्लाह बीच कुनै मध्यस्थकर्ताको आवश्यकता पर्दैन । इस्लामले आफू जस्तै अरू मानिसलाई देवता बनाउन वा अल्लाहको रुबुबियत (संरक्षण) वा उलुहियत (पूज्य) मा कुनै पनि मानवलाई साझेदार बनाउन निषेध गर्दछ ।
४४. यस पुस्तिकाको अन्त्यमा हामी के भन्न चाहन्छौं भने मानिसहरू विभिन्न युग, राष्ट्र र देशद्वारा विभाजित छन्, बरु सम्पूर्ण मानवजाति फरक विचार, उद्देश्य, वातावरण र कार्यहरूको आधारमा विभिन्न वर्ग र समूहहरूमा विभाजित भएकोले उनीहरूलाई सही मार्गदर्शन गर्न सक्ने नेता, एकताबद्ध गर्न सक्ने प्रणाली र उनीहरूको सुरक्षा तथा हेरचाह गर्न सक्ने नायकको आवश्यक छ । सम्पूर्ण पैगम्बर (अलैहिमुस्सलाम) हरूले ईश्वरीय प्रकाशनाको माध्यमले मानिसहरूलाई सत्कर्म र सही मार्गमा डोर्याउन, अल्लाहको शरीयतमा एकताबद्ध गर्न र उनीहरूबीच न्याय गर्न खटिएका थिए । मानिसहरूले यी रसूल (अलैहिमुस्सलाम) हरूको वचनहरू जति धेरै पालना गरे, त्यति नै उनीहरूको मामिलामा सुधार र स्थिरता थियो । त्यसपछि अल्लाहले पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) मार्फत ईश्वरीय सन्देशहरूको शृंखलालाई समाप्त गरेर यसलाई अन्तिम सन्देशको रुपमा सधैंका लागि स्थापित गर्नुभयो । जसले मानवतालाई चाहिने मार्गदर्शन, कृपा, प्रकाश र अल्लाहसम्म पुग्ने मार्गनिर्देशन प्रदान गर्दछ ।
४५. त्यसैले हे मानव! म तपाईंलाई विनम्रतापूर्वक अन्धविश्वास र परम्परालाई त्यागेर साँचो आत्माले अल्लाहको मार्गको अनुयायी बन्न आह्वान गर्दछु । तपाईं मृत्यु पश्चात् आफ्नो पालनकर्तातर्फ फर्कनु पर्नेछ भन्ने कुरा सम्झनुहोस् । तपाईंले आफूभित्र र आफ्नो वरपरको संसारलाई गहन रुपले चिन्तन गर्नुहोस् र इस्लाम स्वीकार गर्नुहोस्, तपाईं निश्चित रूपमा यस लोक र परलोक दुवैमा सफल हुनुहुनेछ । यदि तपाईं इस्लाममा प्रवेश गर्न चाहनुहुन्छ भने, तपाईंले अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका अन्तिम पैगम्बर हुनुहुन्छ भन्ने गवाही दिनुपर्छ, त्यसपछि अल्लाह बाहेक तपाईंले पूजा गर्ने सबै कुरालाई अस्वीकार गर्नुपर्छ । अल्लाहले सबैलाई चिहानबाट उठाउनुहुनेछ, हिसाबकिताब पश्चात कर्म अनुसार प्रतिफल प्रदान गरिने कुरा सत्य हो भन्ने कुरामा आस्थावान हुनुपर्छ । यदि यो "शहादत" वचन स्वीकार गर्नुभयो भने तपाईं मुस्लिम हुनुभयो । त्यसपछि अल्लाहले तोकेको नियम अनुसार नमाज पढ्नु, जकात तिर्नु, व्रत राख्नु र सक्षम व्यक्तिले हज गर्नुपर्ने हुन्छ ।
मिति: १९.११.१४४१ हिज्री
लेखक: प्रोफेसर डा. मुहम्मद बिन अब्दुल्लाह अल्.सुहैम
इस्लामिक अध्ययन विभागमा अकीदा (आस्था) विषयका पूर्व प्राध्यापक
इस्लाम यो एउटा महत्त्वपूर्ण पुस्तक हो, जसमा इस्लामको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ। यसमा इस्लामका आधारभूत सिद्धान्तहरू, शिक्षाहरू र यसको उत्कृष्ट विशेषताहरूलाई इस्लामका मूल तथा भरपर्दा स्रोत—पवित्र कुरआन र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत—को प्रकाशमा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। यो पुस्तक मुस्लिम तथा गैरमुस्लिम सबै जिम्मेवार (मुकल्लफ) व्यक्तिहरूलाई लक्षित गरी उनीहरूकै भाषामा तयार पारिएको हो, ताकि हरेक समय, स्थान र विभिन्न परिस्थिति तथा अवस्थाका मानिसहरूले यसबाट लाभ लिन सकून्। (पवित्र कुरआन र हदीसका प्रमाणहरू समावेश गरिएको संस्करण) १- इस्लाम सम्पूर्ण मानवजातिका लागि अल्लाहको…
इस्लामको अर्थ भनेको सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता र पालनकर्ता अल्लाहसामु आफूलाई समर्पण गर्नु तथा प्रेम र आदरका साथ उहाँको पालन गर्नु हो । इस्लामको आधार भनेको अल्लाहमा विश्वास गर्नु, उहाँ नै हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र उहाँ बाहेक अरू सबै उहाँका सिर्जना हुन्, केवल उहाँ नै पूजनीय र उपास्य हुनुहुन्छ र उहाँको कोही साझेदार वा प्रतिद्वन्द्वी छैन, उहाँका सुन्दर नामहरू र उच्चतम गुणहरू छन्, उहाँ हरेक दृष्टिले एकदम सम्पन्न र परिपूर्ण हुनुहुन्छ, उहाँ नत कसैबाट जन्मिनुभएको हो नत कोही उहाँबाट जन्मेको हो, उहाँ जस्तो र उहाँ बराबर कोही छैन, उहाँभित्र नत कुनै सृष्टि निहित छ नत उहाँ कुनै सृष्टिभित्र…
शेख अब्दुर्रहमान बिन नासिर अस्सादीको पुस्तिका ‘सुखमय जीवनका लागि उपयोगी साधनहरू’ ले गहिरो ईमानमा आधारित दृष्टिकोणबाट असल खुशीका कारणहरूलाई सम्बोधन गर्दछ । यसले पाठकलाई ईमान, असल कर्म, अल्लाहको स्मरण, सन्तोष, उहाँका अनुग्रहहरूमा चिन्तन, परोपकार, अल्लाहमाथि भरोसा, धैर्य र परिस्थितिहरूको सही मूल्यांकनद्वारा आन्तरिक शान्तितर्फ डोऱ्याउँछ। यसले उत्कृष्ट शैलीमा जीवनका उतारचढावहरूको बावजुद एक शान्त, सन्तुलित र सुखमय जीवनको नक्सा तपाईंको हातमा राख्छ।