صفة الوضوء والصلاة (مرئي)
म वजू कसरी गरूँ ? २७ आवाज (स्वर) १ अजानको आवाज... २
म वजू कसरी गरूँ ?
२७
आवाज (स्वर)
१
अजानको आवाज...
२
हे आस्थावानहरू ! जब तिमी नमाज कायम गर्ने विचार गर्दछाै त आफ्नो अनुहारलाई र हातलाई कुइनोसम्म धुनेगर अनि आफ्नो टाउकोको मसह गर र आफ्ना खुट्टालाई गोलीगाँठोसम्म धुनेगर ।
(सूरतुल् माइदाः ६)
३
बिना वजू नमाज हुँदैन, बिना नियत वजू हुँदैन र बिना निष्ठा नियत हुँदैन; अनि नियतको स्थान हृदय हो जिब्रो होइन ।
४
अल्लाहको नामबाट...
वजूको आरम्भमा बिस्मिल्लाह भन्नु वैधानिक छ... त यसैद्वारा हामी आफ्नो वजू आरम्भ गर्छाैं...अनि उपलब्ध भएमा मिस्वाक (दतिवन) द्वारा मुख सफा गर्छौं...
५
हामी दुवै हत्केलीलाई तीन तीन पटक धुन्छौं, जसको आरम्भ औंलाहरूको टुप्पोदेखि नाडीसम्म हुन्छ...
६
त्यसपछि हामी हत्केलीलाई नाडीसम्म लगातार तीन पटक धुन्छौं ।
७
हामी पहिला तीन पटक दायाँ हत्केलीलाई धुन्छौं अनि तीन पटक बायाँ हत्केलीलाई पनि धुन्छौं ।
८
अथवा अर्को तरिकाले- पहिला दायाँ हत्केली अनि बायाँ हत्केली अनि पुनः दायाँ हत्केली अनि बायाँ हत्केली; यस्तो तरिकाले धुनु पनि जायज छ...
९
जब हामीलाई दृढ विश्वास हुन्छ कि पानी समस्त औंलाहरूबीच पनि पुगिसकेको छ...
१०
अनि हामी कुल्ला गर्छाैं र नाकमा पानी हाल्छौं...
११
कुल्ला गर्दा पानी मुखमा हालेर त्यसलाई मुखभित्र घुमाउँछौं अनि त्यसलाई बाहिर फ्याँक्छौं ।
१२
नाकमा पानी हाल्दा नाकले पानीलाई भित्रतिर तान्नुपर्छ अनि बायाँ हातले त्यसलाई स्वाँसको बलले बाहिर फाल्नु अथवा झार्नुपर्छ ।
१३
नाक सफा गर्ने सुन्नत तरिका यो हो कि यदि व्रत बसेको छैन वा कुनै हानि नोक्सानीको भय छैन भने नाकको भित्रैसम्म पुग्नेगरी जोडसँग नाकले पानी तानेर झार्नुपर्छ ।
१४
कुल्ला गर्ने र नाकमा पानी हाल्ने दुई तरिका छन्ः
१५
सँगै गर्ने- एक चुल्लु पानी लिएर त्यसबाट आधा पानीले कुल्ला गर्ने र बाँकी आधा नाकमा हालेर सफा गर्ने ।
यसरी गर्दा पानीलाई मुखमा हल्लाएर त्यसलाई फालिदिन्छाैं, अनि जुन पानीलाई स्वाँसको बलले तानेका थियाैं त्यसलाई बायाँ हातले नाक झार्दै बाहिर फाल्छौं...
यसरी तीन चुल्लु पानी लिएर तीन पटक गर्छाैं ।
१६
बेग्ला बेग्लै गर्ने- हामी एक चुल्लु पानी लिएर सबै मुखमा हालेर कुल्ली गर्छौं र त्यसलाई फालिदिन्छाैं, त्यसपछि अर्को चुल्लु लिएर नाकमा हाल्छौं अनि बायाँ हातले त्यसलाई झार्छौं...
१७
कुल्ला गरेपछि र नाकमा पानी हालेपछि अनुहार धुनुपर्छ...
१८
पुरै अनुहारको सीमा होः सामान्यतया निधार माथिको कपादेखि चिउँडोसम्म र एउटा कानदेखि अर्को कानसम्मको भाग हो ।
१९
अनुहारमा भएका सबै राैंलाई धुनु आवश्यक छ; जस्तै- अनुहारमा आएको दाह्री र जुँगाका राैंहरू, आँखी भाैंका रौंहरू र तल्लो ओंठ मुनि भएका राैंहरू सबै धुनुपर्छ...
२०
अनुहार धुने दुई तरिका छन्ः
२१
पहिलोः दुवै हातले पानी लिन्छाैं अनि त्यस पानीले निधारमाथि भएको कपालदेखि चिउँडोसम्म र दायाँ कानदेखि बायाँ कानसम्म धुन्छौं । यदि दाह्री बाक्लो छ भने दाह्रीको जरामा पानी हालेर दाह्रीलाई खिलाल गर्छाैं (मल्छौं); यही सुन्नत तरिका हो ।
यस्तै तरिकाले तीन चोटि गर्नु उत्तम हो, यसरी दुई पटक वा एक पटक पनि गर्न सक्छौं, तर कम्तिमा एक पटक गर्नु अनिवार्य छ ।
२२
दोस्रोः हामी मात्र दायाँ हातले पानी लिएर त्यस पानीलाई अनुहारमा हाल्छौं, अनि दुवै हातले अनुहारलाई त्यसैगरी धुन्छौं जसरी पहिलो तरिकामा वर्णन भइसकेको छ । यसरी तीन पटक गर्छाैं...
२३
क्रमबद्ध तरिकाले लगातार सबै वजूका अंगहरूलाई धुनु अनिवार्य छ । त्यसैले कुनै अंगलाई क्रमभन्दा अघि वा पछि गरिंदैन, नत एउटा अंगलाई धोएपछि अर्कोलाई धुन धेरै ढिलो गरिन्छ...
२४
अनुहारलाई धोएपछि हात धुन सुरु गर्छौं ।
२५
अनिवार्य धुनुपर्ने हातको भागः औंलाहरूको टुप्पादेखि लिएर कुइनासम्म हो, कुइना समेत धोइने गरी ।
२६
हामी दायाँ हातको औंलाहरूका टुप्पादेखि धुन आरम्भ गर्दछाैं र दुवै हातका औंलाहरूलाई एकअर्कासित मिलाएर औंलाहरूको खिलाल गर्छाैं, अनि कुइनासम्म राम्ररी धुन्छौं ।
27
अनि बायाँ हातलाई पनि त्यसैगरी औंलाहरूको खिलाल गरेर कुइना समेत धुन्छौं ।
२८
त्यसपछि टाउकोको मसह गर्दछाैं, दुवै हातलाई नयाँ पानीले भिजाउँछाैं अनि भिजेको हातलाई टाउकोको अघिल्लो भागमाथि राखेर पछिल्लो भागसम्म लैजान्छाैं अनि पुनः त्यसलाई अगाडि त्यही स्थानमा घिसार्दै ल्याउँछाैं, जताबाट आरम्भ गरेका थियाैं । यस्तो गर्न कपाल भएको वा कपाल नभएको मान्छेमा कुनै विभेद छैन ।
२९
अनि जुन पानी मसह गरे पश्चात हातहरूमा बचेको छ त्यसैद्वारा कानको मसह गदर्छाैं ।
३०
कानको मसह गर्नको लागि हामी चोर औंलालाई दुवै कानको प्वालमा हालेर सफा गर्दछाैं र बुढी औंलाद्वारा कानका बाहिरी भागलाई सफा गर्छाैं, त यसरी हामीले कानका बाहिरी र भित्री दुवै भागलाई मसह गर्छौं ।
३१
अनि खुट्टा धुन सुरु गर्छौं; अनिवार्य धुनुपर्ने खुट्टाको भाग हुन्- खुट्टाका औंलाहरूको टुप्पोदेखि गोलीगाँठोसम्म र पैतालाको पछाडिको भाग गोलीगाँठोदेखि पछाडिको भाग धुन विशेष ध्यान दिनुपर्छ ।
३२
हामी पहिले दायाँ खुट्टा धुन्छौं, खुट्टा धुँदा औंलाहरूको बीचमा मल्छौं अर्थात खिलाल गर्छौं । विशेषगरी पैताला, पञ्जा र कुर्कुच्चादेखि माथिको भागलाई पखाल्नु जरूरी छ ।
३३
अनि हामी दायाँ खुट्टालाई धोए जस्तै गरी बायाँ खुट्टालाई पनि धुन्छौं । औंलाहरूका बीचमा खिलाल गर्न बिर्सन्नौं, विशेषगरी गोलीगाँठो र कुर्कुच्चा माथिको पछिल्लो भागसम्म पानी पुर्याउन ध्यान दिनुपर्छ ।
३४
म गवाही दिन्छु, अल्लाह बाहेक कोही सत्य पूजनीय छैन, उहाँ एक्लो हुनुहुन्छ, उहाँको कोही साझेदार छैन; र म गवाही दिन्छु, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँको भक्त र सन्देष्टा हुनुहुन्छ ।
३५
वजू गरिसकेपछि अल्लाहको स्मरण र दुआ गर्नु सुन्नत हो, त्यसैले उपरोक्त दुआ पछि निम्न कुराहरू बढाएर पनि पढ्न सकिन्छः
३६
हे अल्लाह ! मलाई प्रयाश्चित गर्नेहरू मध्येको बनाउनुहोस् र मलाई अत्याधिक पवित्र रहनेहरू मध्येको बनाउनुहोस् ।
३७
वाः
हे अल्लाह ! तपाईं पवित्र हुनुहुन्छ, तपाईंकै लागि प्रशंसा छ, म गवाही दिन्छु तपाईं बाहेक कोही सत्य पूज्य छैन, म तपाईंसित क्षमाको याचना गर्दछु र तपाईंसित नै प्रयाश्चित गर्दछु ।
म
स्क्रिनमाथि लेखिएको
१
म वजू कसरी गरूँ ?
२
हे आस्थावानहरू ! जब तिमी नमाज कायम गर्ने विचार गर्दछाै त आफ्नो अनुहारलाई र हातलाई कुइनोसम्म धुनेगर अनि आफ्नो टाउकोको मसह गर र आफ्ना खुट्टालाई गोलीगाँठोसम्म धुनेगर ।
(सूरतुल् माइदाः ६)
३
दुवै हत्केलीलाई धुनु
४
कुल्ला गर्नु र नाकमा पानी हाल्नु
५
वसल (निरन्तर)
६
फसल (बेग्ला बेग्लै)
७
अनुहार धुनु
८
पहिलो
९
दोस्रो
१०
नीयत र बिस्मिल्लाह भन्नु
११
दुवै हत्केलीलाई धुनु
१२
कुल्ला गर्नु
१३
नाकमा पानी हाल्नु
१४
अनुहार धुनु
१५
दुवै हातलाई कुइनोसमेत धुनु
१६
टाउको र दुवै कानको मसह गर्नु
१७
दुवै खुट्टालाई गोलीगाँठसमेत धुनु
१८
दुवै हात धुनु
१९
टाउकोको मसह गर्नु
२०
टाउकोको आरम्भ = निधार र सामान्य कपालको लाइनदेखि...
२१
टाउकोको अन्त = टाउकोको पछिल्लो भागमा जहाँसम्म कपालको जरो हुन्छ...
२२
दुवै कानको मसह गर्नु
२३
दुवै पाइलालाई धुनु
२४
नबी सल्लल्लाहु अलैहि वसल्लमको भनाइ छः
“वजू गर्दा कुर्कुच्चाहरूलाई भिजाउन लापरवाही गर्नेहरूको लागि नर्कको आगोको बर्बादी छ; वजू राम्रोसँग गर्ने गर ।”
यसलाई अबू दाउदले वर्णन गरेका छन् ।
२५
म गवाही दिन्छु, अल्लाह बाहेक कोही सत्य पूजनीय छैन, उहाँ एक्लो हुनुहुन्छ, उहाँको कोही साझेदार छैन; र म गवाही दिन्छु, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँको भक्त र सन्देष्टा हुनुहुन्छ ।
यसलाई मुस्लिमले वर्णन गरेका छन् ।
२६
हे अल्लाह ! मलाई प्रयाश्चित गर्नेहरू मध्येको बनाउनुहोस् र मलाई अत्याधिक पवित्र रहनेहरू मध्येको बनाउनुहोस् ।
यसलाई तिर्मिजीले वर्णन गरेका छन् ।
27
हे अल्लाह ! तपाईं पवित्र हुनुहुन्छ, तपाईंकै लागि प्रशंसा छ, म गवाही दिन्छु तपाईं बाहेक कोही सत्य पूज्य छैन, म तपाईंसित क्षमाको याचना गर्दछु र तपाईंसित नै प्रयाश्चित गर्दछु ।
यसलाई नसाईले दिन रातका कार्यहरू अन्तर्गत वर्णन गरेका छन् ।
म नमाज कसरी पढुँ ?
तकबीरे तहरिमादेखि सलाम फेर्नेसम्म नमाजको तरिका
म
आवाज (स्वर)
१
इकामतको आवाज
२
इकामतको आवाज निरन्तर हुन्छ...
नमाज पढ्ने मान्छेले सर्वप्रथम नीयत गर्नुपर्छ; नीयत हृदयबाट गरिन्छ ।
३
नमाज पढ्दा किब्लातिर अनुहार गर्नुपर्छ, यदि तपाईं इमाम हुनुहुन्छ वा एक्लै नमाज पढ्दै हुनुहुन्छ भने आफ्नो अगाडि सुतरह राख्नुपर्छ ।
४
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
तक्बीरे तहरीमा (पहिलो तक्बीर) द्वारा हामी नमाजमा प्रवेश गर्छौं; तकबीरलाई मुखले उच्चारण गर्नु अनिवार्य छ...
५
तक्बीर (अल्लाहु अकबर) भन्दा हामीले आफ्ना दुवै हातलाई काँधसम्म उठाउनु पर्छ; काँधसम्म उठाउँदा हामीले आफ्ना हातलाई पनि किब्लातिर फर्काउनु पर्छ...
अथवाः
दुवै हातलाई किब्लातिर फर्काएर कानसम्म उठाउँछौं...
६
तक्बीर भनेपछि हामीले दुवै हातलाई छातीमा वा छाती भन्दा तल र नाभीभन्दा माथि राख्नुपर्छ; नाभीभन्दा तल हदीसमा आएका छन् तर नाभीभन्दा तल हदीस कमजोर छ...
छातीमा हात राख्दा दायाँ हातलाई बायाँ हातको माथि राख्छौं
वा दायाँ हातले बायाँ हातको नाडीलाई समात्छौं...
वा दायाँ हातले बायाँ हातलाई समात्छौं...
७
“अल्लाहुम्म बाइद बैनी व बैन खतायाय कमा बाअद्त बैनल मश्रिकि वल्-मग्रिबि, अल्लाहुम्म नक्किनी मिन् खतायाय कमा युनक्कस सौबुल अब्यजु मिनद्दनसि, अल्लाहुम्-मग्सिल्नी मिन् खतायाय बिस्सल्जि वल्-माइ वल्-बरद” (अर्थः हे अल्लाह ! म र मेरो पापहरूको बीच पूर्व र पश्चिमको दुरी झैं दुरी गर्नुहोस्, हे अल्लाह ! मलाई मेरा पापहरूबाट यसरी पवित्र र सफा गर्नुहोस्, जसरी सेतो कपडा फोहोर मैलाबाट सफा गरिन्छ । हे अल्लाह ! मलाई मेरा पापहरूबाट असीना, पानी र बरफले सफा गर्नुहोस् ।)
तक्बीरे तहरीमा पछि सूरह फातिहा पढ्नुभन्दा पहिले नमाज सुरु गर्ने दुआ अथवा सना पढ्छौं । सनाका अन्य दुआहरू पनि छन्, जसद्वारा नमाज सुरु गर्न सकिन्छ । नमाजका दुआहरूलाई क्रमबद्ध रूपले पढ्नु सुन्नत हो ।
८
“अऊजु बिल्लाहि मिनश्शैतानिर्-रजीम” (अर्थः म अल्लाहको शरण चाहन्छु तिरस्कृत शैतानबाट)
सना (आरम्भिक दुआ) र अऊजु बिल्लाहि मिनश्शैतानिर्-रजीम पढेपछि सूरतुल फातिहा पढ्छौं...
९
पूर्ण विनम्रता र शान्तिको साथ कुर्आनका आयतहरू एक-एक गरी बिस्तारै पढ्छौं।
१०
आमीन...
“आमीन” भन्नु इमाम र मुक्तदी दुवैको लागि सुन्नत हो अनि एकलै नमाज पढने मान्छेको लागि पनि सुन्नत हो । यो सूरतुल् फातिहाको आयत होइन, बरू यो दुआ हो जसको अर्थ होः हे अल्लाह स्वीकार गर्नुहोस् ।
११
सूरतुल फातिहा पढिसकेपछि कुर्आनबाट केही पढ्छौं, चाहे पूरै सूरह होस् वा त्यसको केही अंश; त्यसपछि रुकूअमा जानुभन्दा पहिले केही बेर चुप लाग्छौं ।
१२
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
उभिएको अवस्थाबाट रूकूअमा जाने बेलाको तक्बीर भन्छौं...
रुकूअ नमाजको यो दोस्रो अवस्था हो, रुकूअमा जाँदा नबी सल्लल्लाहु अलैहि वसल्लमले आफ्ना दुवै हात उठाउनु हुन्थ्यो; त्यसैले यो सुन्नत हो, हामीले पनि आफ्ना दुबै हातलाई काँध वा कानसम्म उठाउँछौं ।
१३
रुकूअमा दुवै हात घुँडामा राखेर, औंलाहरू एक-अर्कामा न मिलाई, खुला राखी, घुँडालाई राम्ररी समाछौं ।
रुकूअ पनि शान्तिसँग गर्छौं । रुकूअको अवस्थामा दुवै हातलाई काखीदेखि अलग र सीधा राख्छौं अनि अनुहारलाई दायाँ वा बायाँतिर ढल्काएर राख्दैनौं ।
१४
रुकूअमा पिठ्यूँ बाङ्गो नगराई सोझो राख्छौं र टाउको पनि पिठ्यूँको बराबरीमा सीधा राख्छौं, टाउकोलाई पिठ्यूँको लेबल भन्दा माथि पनि गर्दैनौं, तल पनि गर्दैनौं ।
१५
“सुब्हान रब्बियल् अजीम” (अर्थः मेरो महान रब (पालनकर्ता) पवित्र हुनुहुन्छ)
यस तस्बीहलाई हामीले तीन पटक पढ्छौं, कम्तीमा एक पटक पढ्नुपर्छ, एक पटक पढ्दा पनि पर्याप्त हुन्छ । यदि चाहेमा थप अन्य तस्बीहरहरू पनि पढ्न सक्छौं ।
१६
रुकूअमा पढिने दुआहरू अन्य पनि छन् ।
१७
“समिअल्लाहु लिमन् हमिदह्” (अर्थः जसले अल्लाहको प्रशंसा गर्यो, उसको प्रशंसा उहाँले सुन्नुभयो)
यो दुआ हामीले रुकूअबाट उभिदा पढ्नुपर्छ, चाहे एक्लै नमाज पढ्दा होस् वा इमाम बनेको अवस्थामा होस्...
१८
रुकूअबाट उठदा दुवै हातलाई काँध वा कानसम्म उठाउनु पर्छ, यो हात उठाउने (रफअ यदैन गर्ने) तेस्रो अवस्था हो...
१९
अनि त्यसपछि यो दुआ पढ्दै राम्रोसँग सीधा उभिन्छौंः
“रब्बना व लकल् हम्द” (अर्थः हे हाम्रो प्रतिपालक ! तपाईंकै लागि प्रशंसाहरू छन्)
२०
रुकूअबाट उठेपछि हातलाई सीधा छोड्न पनि सक्छौं र छातीमाथि राख्न पनि सक्छौं...
२१
रुकूअबाट उठेपछि शान्त भएर केही बेर उभिनु पर्छ, यसो गर्नु सुन्नत हो ।
२२
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
अनि हामी तक्बीर भन्दै उभिएको अवस्थाबाट सीधै सज्दाको लागि धरतीमा दण्डवत् गर्छौं ।
सज्दामा जाँदा आफ्नो सहजता अनुसार घुँडाभन्दा पहिले हात धरतीमा राख्न सक्छौं वा हातभन्दा पहिले घुँडाहरू पनि राख्न सक्छौं ।
२३
सज्दा गर्दा अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले सिकाए जस्तै गरी सात अङ्गहरूमाथि सज्दा गर्नु अनिवार्य छ ।
ती अङ्गहरू हुन्- निधार, नाक, दुवै हात, दुवै घुँडा र दुवै खुट्टाका पाइतला ।
२४
दुवै खुट्टाका औंलाहरूलाई हामीले किब्लातिर गर्छौं र पाइतलालाई ठाडो अवस्थामा राख्छौं ।
दुवै पाइतलालाई जोड्छौं तर तिघ्रालाई एक-अर्कासँग अलग राख्छौं अनि पेटलाई दुवै तिघ्राभन्दा माथि राख्छौं ।
त्यसैगरी दुवै हातका पाखुरालाई जमिनभन्दा माथि राख्छौं । अनि यदि हामीले जमाअतको साथमा नमाज पढ्दै गरेका छैनौं र कसैलाई अप्ठ्यारो हुँदैन भने पाखुरालाई काखीभन्दा टाढा राख्छौं ।
सज्दा गर्दा दुवै हत्केलीलाई काँध वा दुवै कानको बराबरीमा राख्छौं...
२५
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
यस तस्बीहलाई तीन पटक दोहोर्याउँछौं, तीन पटक पढ्नु उत्तम हो र एक पटक मात्रै पढे पनि पर्याप्त हुन्छ । यदि चाहेमा भन्दा धेरै पटक पनि पढ्न सक्छौं । जुन तस्बीहहरू प्रमाणित छन् ती सबैलाई पालैपालो पढ्नु उत्तम हुन्छ । अनि ती सबै किसिमका दुआहरू गर्छौं, जो हाम्रो सांसारिक र पारलौकिक जीवनको लागि लाभदायक ठान्छौं ।
२६
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः भक्त सज्दाको अवस्थामा आफ्नो पालनकर्तासँग सबैभन्दा नजिक हुन्छ, त्यसैले यस अवस्थामा अत्याधिक दुआ गर्ने गर ।
२७
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
तक्बीर भन्दै हामी आफ्नो टाउकोलाई सज्दाबाट उठाउँछौं...
आफ्नो बायाँ खुट्टालाई बिछाएर त्यसमा आरामसँग बस्छौं, र दायाँ खुट्टालाई ठाडो गरेर राख्छौं, त्यसका औँलाहरूको अघिल्ला भागहरू किब्लातिर गरेर राख्छौं ।
वा...
दुवै खुट्टालाई ठाढो अवस्थामा राख्छौं र दुवै खुट्टाका पछिल्लो भागमा (कुर्कुच्चामा) बस्छौं...
दायाँ हातलाई दायाँ तिघ्रामाथि र बायाँ हातलाई बायाँ तिघ्रामाथि घुँडानिकट वा घुँडामाथि नै राख्छौं ।
२८
“रब्बिग्-फिर्ली” (अर्थः हे मेरो पालनकर्ता ! मलाई क्षमा गर्नुहोस् )
दुई सज्दाको बीच आरामसँग बसेर यो दुआ गर्छौ...
२९
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
तक्बीर भन्दै दोस्रो सज्दा गर्छौं यो सज्दा पनि विशेषता र दुआहरूको मामिलामा पहिलो सज्दा झैं हुन्छ...
३०
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
अनि दोस्रो रकअत पनि पहिलो रकअत झैं पढ्छौंः
दुवै हात छातिमा राख्ने, सूरतुल फातिहा पढ्ने र कुर्आनबाट एक वा सोभन्दा बढी आयतहरू पढ्ने मामिलामा...
अनि रूकूअ गर्छौं...
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
त्यसपछि उभिन्छौं...
“समिअल्लाहु लिमन् हमिदह्” (अर्थः जसले अल्लाहको प्रशंसा गर्यो, उसको प्रशंसा उहाँले सुन्नुभयो)
अनि सज्दामा जान्छौं ।
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
दुई सज्दा गरे पश्चात तशह्हुदको लागि बस्छौं...
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
३१
दोस्रो रकअतलाई पूरा गरेपछि तशह्हुदको लागि बसिन्छ, जसमा एउटा खुट्टालाई ठाढो गरेर र अर्कोलाई बिछाएर त्यसैमाथि बस्छौं...
३२
दुई रकअतवाला नमाजहरू, जस्तै- फज्र, जुमा र ईदको नमाज आदिको दोस्रो रकअतमा पनि तीन वा चार रकअतको दोस्रो रकअतमा र दुबै सज्दाको बीच बस्दा झैं बायाँ खुट्टालाई बिछाएर त्यसैमाथि बसिन्छ ।
३३
यदि कुनै मान्छे मोटो भएको कारण वा कुनै अन्य कुनै समस्याको कारणले यसरी बस्न सक्दैन भने ऊ जसरी सजिलो हुन्छ त्यसरी बस्न सक्छ...
३४
अनि तशह्हुदमा हामी दायाँ हातलाई दायाँ तिघ्रामाथि र बायाँ हातलाई बायाँ तिघ्रामाथि राखी दायाँ हातलाई मुठ्ठी पारेर चोर औंला उठाएर सङ्केत गर्छौं...
३५
अथवा बुढी औंला र माझी औंलालाई जोडेर रिङ जस्तो गोलाकार बनाई चोर औंला उठाएर सङ्केत गर्छौं...
३६
बायाँ हातलाई भने बायाँ तिघ्रामाथि औंलाहरू खुला गरेर राख्छौं वा त्यसले घुँडालाई समाते झैं गरेर राख्छौं ।
तशह्हुदको अवस्थामा हाम्रो नजर दायाँ हातको चोर औंलामथि हुनु उत्तम हो ।
३७
“अत्तहिय्यातु लिल्लाहि, वस्सलवातु वत्तय्यिबातु, अस्सलामु अलैक अय्युहन्-नबीय्यु व रहमतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला-हिस्सालिहीन, अश्हदु अल्ला इलाह इल्लल्लाहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहु व रसूलुहु ।” [अर्थः (मेरा सम्पूर्ण) मौखिक, शारीरिक र आर्थिक उपासनाहरू अल्लाहको लागि मात्रै खास छन् । हे नबी तपाईंमाथि अल्लाहको तर्फबाट दया, शान्ति र बरकत होस् अनि हामीमाथि पनि र अल्लाहका असल भक्तहरूमाथि पनि शान्ति होस् । म गवाही दिन्छु, अल्लाह बाहेक कोही सत्य पूजनीय छैन र म गवाही दिन्छु, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँको भक्त र सन्देश वाहक हुनुहुन्छ ।]
यदि तीन वा चार रकअतको नमाज हो भने हामी पहिलो तशह्हुदमा अत्तहिय्यातु मात्र पढ्छौं।
तर यदि नमाज दई रकअतको मात्र, जस्तै- फज्र, जुमआ र दुवै ईदको नमाज आदि हो भने अत्तहिय्यातलाई पढेपछि दरूदे इब्राहीमी पढ्छौ...
“अल्लाहुम्म सल्लि अला मुहम्मद, व अला आले मुहम्मद, कमा सल्लैत अला इब्राहीम व अला आले इब्राहीम इन्नक हमीदुम् मजीद; अल्लाहुम्म बारिक अला मुहम्मद, व अला आले मुहम्मद, कमा बारक्त अला इब्राहीम व अला आले इब्राहीम इन्नक हमीदुम् मजीद ।” (अर्थः हे अल्लाह ! दया र शान्ति अवतरण गर्नुहोस् मुहम्मदमाथि र उहाँका परिवार तथा सन्तानमाथि, जसरी तपाईंले शान्ति अवतरण गर्नुभएको थियो इब्राहीममाथि, इब्राहीमका परिवार तथा सन्तानमाथि । निःसन्देह तपाईं महिमा र गुणगानको योग्य हुनुहुन्छ । हे अल्लाह ! बरकत (कल्याण) अवतरण गर्नुहोस् मुहम्मदमाथि र उहाँका परिवारमाथि जसरी तपाईले बरकत अवतरण गर्नुभएको थियो इब्राहीममाथि, उहाँका परिवार तथा सन्तानमाथि । निःसन्देह तपाईं महिमा र गुणगानको योग्य हुनुहुन्छ ।)
३८
“अस्सलामु अलैकुम् व रहमतुल्लाह” (अर्थः तपाईंमाथि अल्लाहको दया र शान्ति होस्)
“अस्सलामु अलैकुम् व रहमतुल्लाह” (अर्थः तपाईंमाथि अल्लाहको दया र शान्ति होस्)
सलाम फेर्ने समय तश्हहूदमा अत्तहिय्यात, दरूद र नबी सल्लल्लाहु अलैहि वसल्लमद्वारा प्रमाणित दुआहरू पढेपछि मात्र आउँछ । तर यो दुई रकअत भएको नमाजको कुरा हो...
३९
हामी मसिनो स्वरमा सुनिराखेका छौंः अल्लाहु अकबर
अनि यदि नमाज तीन रकअतको नमाज, मग्रिब वा चार रकअतका नमाजहरू, जुहर, अस्र र इशा हुन् भने
४०
हामी पहिलो तशह्हुद पछि अर्को रकअत पढ्नको लागि उभिन्छौं, यदि मग्रिबको नमाज हो भने एक रकअत पढ्छौं र जुहर, अस्र वा इशाको नमाज हो भने दुई रकअत पढछौं । यी रकअतहरूमा हामीले सूरतुल् फातिहा पढ्छौ अनि रूकूअ, जलसा, सज्दा, कयाम आदि पहिले बताइए अनुसार नै गर्छौ...
४१
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
४२
नबी सल्लल्लाहु अलैहि वसल्लम दुई तशह्हूद वाला प्रत्येक नमाजको अन्तिम तशह्हुदमा तवर्रूक गर्नुहुन्थ्यो...
४३
तवर्रूकको बैठक तीन वा चार रकअतको नमाजको अन्तिम तशह्हुदमा हुन्छ । यसको एकभन्दा अधिक तरिका छन्ः
४४
बायाँ खुट्टालाई बिछाएर दायाँलाई ठाढो गरेर दुवै खुट्टालाई दायाँतिर निकाली र नितम्ब (हिप) लाई धरतीमाथि राखेर बस्नु ।
वाः
दुवै खुट्टालाई बिछाएर दुवैलाई दायाँतिर निकालेर बस्नु ।
वाः
दायाँ खुट्टालाई बिछाएर बायाँ खुट्टालाई दायाँ तिघ्रा र पिँडौलाको बीचबाट दायाँतिर निकालेर बस्नु ।
४५
अन्तिम तशह्हुदको बैठकमा हामी अत्तहिय्यात पढ्छौं, अनि नबी सल्लल्लाहु अलैहि वसल्लममाथि दरूद र सलामति (दरूदे इब्राहीम) पढछौं ।
४६
सलाम फेर्नुभन्दा पहिले तथा अत्तहिय्यात र दरूद पश्चात चार कुराबाट अल्लाहको शरण माग्छौ; ती हुन्- नर्कको यातनाबाट, कब्रको यातनाबाट, जीविन र मृत्युको फसादबाट र मसीहुद् दज्जालको फसादबाट ।
अनि दुनिया र परलोकको जे जति भलाइ हामीलाई चाहिन्छ त्यो माग्छौं...
४७
“अस्सलामु अलैकुम् व रहमतुल्लाह” (अर्थः तपाईंमाथि अल्लाहको दया र शान्ति होस्)
“अस्सलामु अलैकुम् व रहमतुल्लाह” (अर्थः तपाईंमाथि अल्लाहको दया र शान्ति होस्)
सलाम नफेरी नत नमाज समाप्त हुन्छ न नमाजी त्यसबाट निस्कन सक्छ...
४८
सलाम फेरेपछि हामीले नमाज पुरा गर्यौं ।
“अस्तग्-फिरुल्लाह, अस्तग्-फिरुल्लाह, अस्तग्-फिरुल्लाह” (अर्थः म अल्लाहसित क्षमायाचना गर्छु, म अल्लाहसित क्षमायाचना गर्छु, म अल्लाहसित क्षमायाचना गर्छु)
४९
नमाजीले सलाम फेरिसकेपछि लागि तीन पटक 'अस्तग्-फिरुल्लाह' भन्नु सुन्नत हो, अनि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमद्वारा प्रमाणित दुआहरूको माध्यमले अल्लाहको जिक्र तथा स्तुति गर्नुपर्छ...
म
स्क्रिनमाथि लेखिएको
१
तपाईं इमाम भएपनि वा एक्लो भएपनि
२
तक्बीरे तहरिमा
३
काँधसम्म दुवै हातलाई उठाउँछौं
४
वा दुवै कानसम्म उस्तै तरिकाले
५
दुवै हातलाई छातीमा राख्छौं
६
वा नाभिमाथि
७
वा नाभिमुनि
८
दायाँ हातलाई बायाँ हातमाथि राख्छौं
९
वा दायाँ हातले बायाँ नाडीलाई समात्छौं
१०
नमाज सुरु गर्ने दुआ (दुआ सना)
११
“अल्लाहुम्म बाइद बैनी व बैन खतायाय कमा बाअद्त बैनल मश्रिकि वल्-मग्रिबि, अल्लाहुम्म नक्किनी मिन् खतायाय कमा युनक्कस सौबुल अब्यजु मिनद्दनसि, अल्लाहुम्-मग्सिल्नी मिन् खतायाय बिल्-माइ वस्सलजि वल्-बरद” (अर्थः हे अल्लाह ! म र मेरो पापहरूको बीच पूर्व र पश्चिमको दुरी झैं दुरी गर्नुहोस्, हे अल्लाह ! मलाई मेरा पापहरूबाट यसरी पवित्र र सफा गर्नुहोस्, जसरी सेतो कपडा फोहोर मैलाबाट सफा गरिन्छ । हे अल्लाह ! मलाई मेरा पापहरूबाट असीना, पानी र बरफले सफा गर्नुहोस् ।)
१२
अनि प्रमाणित दुआहरूलाई पालैपालो पढ्नु सुन्नत हो
१३
शरण माग्नु
१४
“अऊजु बिल्लाहि मिनश्शैतानिर्-रजीम” (अर्थः म अल्लाहको शरण चाहन्छु तिरस्कृत शैतानबाट)
१५
सूरतुल्-फातिहा
१६
“बिस्मिल्ला-हिर्रह्-मा-निर्रहीम्, अल्हम्दु लिल्लाहि रब्बिल् आलमीन्, अर्रह्-मा-निर्रहीम्, इय्याक नअ्बुदु व इय्याक नस्तईन्, इह्-दिन-स्सिरातल् मुस्तकीम्, सिरातल् लजीन अन्-अम्त अलैहिम् गैरिल् मग्दूबि अलैहिम् वलद्द्दाल्ल्लीन्” (अर्थः अत्यन्त करुणामयी परम दयालु अल्लाहको नामले सुरु गर्दछु । समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हुनुहुन्छ । प्रतिफल (कयामत) को दिनका मालिक (फैसला कर्ता) हुनुहुन्छ । हामी तपाईंकै उपासना गर्छौं र तपाईंसँगै मद्दत माग्छौं । हामीलाई सोझो (सत्य) बाटो देखाउनुहोस् । उनीहरूको बाटो देखाउनु होस्, जसलाई तपाईंले पुरस्कृत गर्नुभयो । तिनीहरूको बाटो होइन जसमाथि तपाईं क्रोधीत हुनु भयो र न पथ-भ्रष्टहरूको नै ।)
१७
आमीन
१८
यो दुआको अर्थ होः हे अल्लाह स्वीकार गर्नुहोस्
१९
कुर्आनबाट हामीलाई जो सजिलो हुन्छ त्यही पढ्छौं
२०
रूकूअ...
२१
“अल्लाहु अकबर” (अर्थः अल्लाह सबैभन्दा महान् हुनुहुन्छ)
२२
पिठ्यूँ सिधा होस् बाङ्गो नहोस्...
२३
“सुब्हान रब्बियल् अजीम” (अर्थः मेरो महान रब (पालनकर्ता) पवित्र हुनुहुन्छ)
२४
रूकूअका प्रमाणित दुआहरू मध्येबाट
२५
“सुब्बूहुन् कुद्दूसुन् रब्बुल् मलाइकति वर्-रूह” (अर्थः फरिश्ताहरू र रूह (जिब्रील) को पालनकर्ता (अल्लाह) अत्यन्तै पवित्र हुनुहुन्छ ।)
२६
“सुब्हानक रब्बना वबिहम्दिक, अल्लाहुम्मग्-फिर्ली” [अर्थः हे मेरो पालनकर्ता अल्लाह ! तपाईं पवित्र हुनुहुन्छ, आफ्नो प्रशंसाको साथ। हे अल्लाह ! मलाई माफ गर्नुहोस् ।]
२७
“समिअल्लाहु लिमन् हमिदह्” (अर्थः जसले अल्लाहको प्रशंसा गर्यो, उसको प्रशंसा उहाँले सुन्नुभयो)
२८
“रब्बना व लकल् हम्द हम्दन् कसीरन् तैय्यिबन् मुबारकन् फीह्” (अर्थः हे हाम्रो प्रतिपालक ! तपाईंकै लागि प्रशंसाहरू छन्; अत्याधिक धेरै, पवित्र अनि कल्याणकारी प्रशंसा ।)
२९
आफ्नो हातलाई छाडिदिन्छौं
३०
वा हातलाई छातीमा बाँध्छौं
३१
सज्दा
३२
निधार नाकसमेत
३३
दुवै हातहरू
३४
दुवै घुँडा
३५
दुवै पाइला
३६
“सुब्हान रब्बियल् आला” (अर्थः पवित्र हुनुहुन्छ मेरो पालनकर्ता जो सबैभन्दा उच्च हुनुहुन्छ।)
३७
भक्त सज्दाको अवस्थामा आफ्नो पालनकर्तासँग सबैभन्दा अधिक निकट हुन्छ, त्यसैले यसमा अत्याधिक दुआ गर । (यसलाई मुस्लिमले वर्णन गर्नुभएको छ।)
३८
खुट्टा बिछाएर धरतीमाथि बस्ने बैठक...
३९
इकआ गरेर बस्ने बैठक...
४०
“रब्बिग्-फिर्ली” (३ पटक) (अर्थः हे मेरो पालनकर्ता ! मलाई क्षमा गर्नुहोस् ।)
४१
“अल्लाहुम्मग्-फिर्ली, वर्-हम्नी, वज्-बुर्नी, वह्दिनी, वर्-जुक्नी” [अर्थः हे अल्लाह ! मलाई माफ गर्नुहोस्, म माथि दया गर्नुहोस्, मेरो कमीलाई पुरा गर्नुहोस्, मलाई मार्गदर्शन गर्नुहोस्, र मलाई रोजी (जीविका) प्रदान गर्नुहोस् ।]
४२
विहानको नमाज (फज्रको नमाज)
४३
शुक्रवार
४४
दुवै ईद
४५
जोहर (जुहर)
४६
अस्र
४७
मग्रिब
४८
इशा
४९
“अत्तहिय्यातु लिल्लाहि, वस्सलवातु वत्तय्यिबातु, अस्सलामु अलैक अय्युहन्-नबीय्यु व रहमतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला-हिस्सालिहीन, अश्हदु अल्ला इलाह इल्लल्लाहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहु व रसूलुहु ।” [अर्थः (मेरा सम्पूर्ण) मौखिक, शारीरिक र आर्थिक उपासनाहरू अल्लाहको लागि मात्रै खास छन् । हे नबी तपाईंमाथि अल्लाहको तर्फबाट दया, शान्ति र बरकत होस् अनि हामीमाथि पनि र अल्लाहका असल भक्तहरूमाथि पनि शान्ति होस् । म गवाही दिन्छु, अल्लाह बाहेक कोही सत्य पूजनीय छैन र म गवाही दिन्छु, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँको भक्त र सन्देश वाहक हुनुहुन्छ ।]
५०
“अल्लाहुम्म सल्लि अला मुहम्मद, व अला आले मुहम्मद, कमा सल्लैत अला इब्राहीम व अला आले इब्राहीम इन्नक हमीदुम् मजीद, अल्लाहुम्म बारिक अला मुहम्मद, व अला आले मुहम्मद, कमा बारक्त अला इब्राहीम व अला आले इब्राहीम इन्नक हमीदुम् मजीद ।” [अर्थः हे अल्लाह ! दया र शान्ति अवतरण गर्नुहोस् मुहम्मदमाथि र उहाँका परिवार तथा सन्तानमाथि, जसरी तपाईंले शान्ति अवतरण गर्नुभएको थियो इब्राहीममाथि, इब्राहीमका परिवार तथा सन्तानमाथि । निःसन्देह तपाईं महिमा र गुणगानको योग्य हुनुहुन्छ । हे अल्लाह ! बरकत (कल्याण) अवतरण गर्नुहोस् मुहम्मदमाथि र उहाँका परिवारमाथि जसरी तपाईले बरकत अवतरण गर्नुभएको थियो इब्राहीममाथि, उहाँका परिवार तथा सन्तानमाथि । निःसन्देह तपाईं महिमा र गुणगानको योग्य हुनुहुन्छ ।]
५१
जोहर- अस्र-मग्रिब-इशा
५२
फज्र-जुमआ-दुवै ईद
५३
“अल्लाहुम्म सल्लि अला मुहम्मद, व अला आले मुहम्मद, कमा सल्लैत अला इब्राहीम व अला आले इब्राहीम इन्नक हमीदुम् मजीद, अल्लाहुम्म बारिक अला मुहम्मद, व अला आले मुहम्मद, कमा बारक्त अला इब्राहीम व अला आले इब्राहीम इन्नक हमीदुम् मजीद ।” [अर्थः हे अल्लाह ! दया र शान्ति अवतरण गर्नुहोस् मुहम्मदमाथि र उहाँका परिवार तथा सन्तानमाथि, जसरी तपाईंले शान्ति अवतरणगर्नु भएको थियो इब्राहीममाथि, इब्राहीमका परिवार तथा सन्तानमाथि । निःसन्देह तपाईं महिमा र गुणगानको योग्य हुनुहुन्छ । हे अल्लाह ! बरकत (कल्याण) अवतरण गर्नुहोस् मुहम्मदमाथि र उहाँका परिवारमाथि जसरी तपाईले बरकत अवतरण गर्नुभएको थियो इब्राहीममाथि, उहाँका परिवार तथा सन्तानमाथि । निःसन्देह तपाईं महिमा र गुणगानको योग्य हुनुहुन्छ ।]
५४
“अस्सलामु अलैकुम् व रहमतुल्लाह” (अर्थः तपाईंमाथि अल्लाहको दया र शान्ति होस्)
५५
जब अन्तिम रकअतको जलसामा बसिन्छ, तब बायाँ खुट्टालाई अगाडि गरेर दायाँ खुट्टालाई ठाढो गर्नुपर्छ अनि नितम्ब (पुट्ठा) माथि बस्नुपर्छ । यसलाई बुखारीले वर्णन गर्नुभएको छ ।
५६
तवर्रूकको बैठक
५७
“अल्लाहुम्म इन्नी अऊजुबि-क मिन् अजाबि जहन्नम, व मिन् अजाबिल् कब्रि, व मिन् फित्नतिल् मह्-या वल्-ममाति, व मिन् शर्रि फित्नतिल् मसीहिद्-दज्जाल” [अर्थः हे अल्लाह ! म नर्क र कब्रको यातनाबाट अनि मृत्यु र जीवनको फित्नाबाट एवं मसीह दज्जालको फित्नाबाट तपाईंको शरण माग्दछु।] (यसलाई मुस्लिमले वर्णन गर्नुभएको छ ।)
५८
“अल्लाहुम्म इन्नी जलम्तु नफ्सी जुल्मन् कसीरा, व ला यग्फिरुज्-जुनूब इल्ला अन्त, फग्फिर्-ली मग्फिरतम् मिन् इन्दिक, वर्-हम्नी, इन्नक अन्तल् गफूरुर्-रहीम” [अर्थः हे अल्लाह ! निःसन्देह मैले आफ्नो ज्यानमाथि धेरै अत्याचार गरेको छु । तपाईं बाहेक कसैले पनि पापहरू क्षमा गर्न सक्दैन, तसर्थ मलाई आफ्नो विशेष अनुकम्पाद्वारा क्षमा गरिदिनुहोस् अनि ममाथि कृपा गर्नुहोस् । निःसन्देह तपाई अत्याधिक क्षमाशील र कृपावान हुनुहुन्छ ।] (यसलाई बुखारीले बयान गर्नुभएको छ ।)
५९
“अस्तग्-फिरुल्लाह” (३ पटक) [अर्थः म अल्लाहसँग क्षमा माग्छु ।]
६०
अबू हुरैरह रजियल्लाहु अन्हुले वर्णन गर्नुभएको छ, मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्दै गरेको सुनेको छुः कयामत (महाप्रलयको) दिन भक्तका कर्महरूमध्ये जुन क्रमको सर्वप्रथम हिसाब हुनेछ त्यो नमाज हो, यदि नमाज सही र राम्रो रह्यो त त्यो सफल र उत्तीर्ण भयो, र यसमा कुनै कमी तथा खराबी देखियो भने त्यो असफल र घाटा उठाउनेहरू मध्येको हुनेछ । यसलाई अबू दाउद, तिर्मिजी र नेसाईले बयान गर्नुभएको छ ।