हज, उमरह र जियारतसँग सम्बन्धित सुन्नत विपरीत कार्यहरू
उमरहसँग सम्बन्धित सुन्नत विपरीत कार्य र गल्तीहरू पहिलो : एहराम लगाउँदा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू हज वा मरहको एहराम लगाउँदा ठूलो स्वरमा तलबिया न भन्ने । सुन्नत : ठूलो स्वरमा तलबिया भन्ने ।
This PDF is generated automatically from the book's text; its layout may differ from the printed edition.
हज, उमरह र जियारतसँग सम्बन्धित सुन्नत विपरीत कार्यहरू
इस्लामिक सामग्री सेवा संघको बहुभाषिक वैज्ञानिक समिति
उमरहसँग सम्बन्धित सुन्नत विपरीत कार्य र गल्तीहरू
पहिलो : एहराम लगाउँदा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू
हज वा मरहको एहराम लगाउँदा ठूलो स्वरमा तलबिया न भन्ने ।
सुन्नत : ठूलो स्वरमा तलबिया भन्ने ।
केही मानिसहरूको सोचाईमा एहराम भनेको (तलमाथि लगाउने दुइटा) कपडा हो ।
तर वास्तवमा एहराम भनेको हज वा उमरहमा प्रवेश गर्ने नियत हो र यसको पहिचान : तलबिया (लब्बैक) पढ्नु हो । जसले हज वा उमरहको नियतले तलबिया पढ्छ, उसले एहराम बाँध्यो ।
केही मानिसहरूले एहरामका लागि स्नान गर्न अनिवार्य हो भनेर सोच्छन् ।
तर वास्तवमा यो सुन्नत हो, यदि कसैले स्नान गरेन भने केही फरक पर्दैन ।
केही मानिसहरूले एहराम पछि दुई रकात अनिवार्य रुपमा पढ्नुपर्छ भनेर विश्वास गर्छन् ।
तर सही कुरा के हो भने एहरामको लागि कुनै विशेष सलाह पढ्नु प्रमाणित छैन । यधपी फर्ज वा सुन्नत नमाजपछि मज्जाले एहराम लगाउन सकिन्छ ।
कतिपय मानिसहरू मिकातमा ओर्लिएर मस्जिदमा जानु अनिवार्य ठान्छन् ।
तर वास्तवमा यो अनिवार्य छैन । यदि कोही एहरामको लुगा लगाएर मिकातको छेउबाट गुज्रन्छ र आफ्नो गाडीमा हुँदा तल्बिया पढ्छ वा हवाईजहाजमा यात्रा गर्ने व्यक्ति मिकातमा पुग्दा वा अलिकति अगाडि तल्बिया पढ्छ भने केही फरक पर्दैन ।
एहरामको लुगामा अत्तर दल्नु ।
तर सही कुरा के हो भने पुरूषले नुहाएपछि मात्र शरीरमा अत्तर दल्नु मुस्तहब हो ।
कतिपय मानिसहरूले एहराम लगाउँदा गुप्ताङ्ग र काखीका रौंहरू खौरनु तथा नङ काट्नुलाई अनिवार्य ठान्छन् वा यसलाई एहरामको सुन्नत ठान्छन् ।
तर वास्तवमा यो एक प्राकृतिक सुन्नत हो जुन आवश्यक अनुसार सफा गर्नुपर्ने हुन्छ ।
मीकात भन्दा पहिला एहराम बाँध्नु ।
यो सुन्नत विपरीत हो । तर यदि हवाईयात्रुलाई विमानको गतिले गर्दा मीकातबाट बिना एहराम गुज्रिने डर छ भने उसले मीकात आउनु केही अघि इहराम लगाउन सक्छ । त्यसैगरी निन्द्राले गर्दा मीकातबाट बिना एहराम गुज्रिने डर छ भने उसले पनि आफ्नो आवश्यकता अनुसार केही अघि इहराम लगाउन सक्छ ।
हज वा उमरह गर्नेले बिना एहराम मीकातदेखि अगाडि बढ्नु, चाहे त्यो अज्ञानता, लापरवाही वा हवाईजहाजमा भएको कारणले होस् ।
हज वा उमरह गर्ने व्यक्तिले बिना एहराम मीकातदेखि अगाडि बढ्छ भने : उसले अनिवार्य रुपमा मीकातमा फर्केर एहराम लगाउनुपर्छ । त्यसैगरी कोही जेद्दा विमानस्थलमा आइपुग्छ र कुनै कारणवश विमानमा एहराम लगाएन भने उसले पनि अनिवार्य रुपमा नजिकको कुनै मीकातमा गएर एहराम लगाउनुपर्छ । तर यदि कोही मिकात वा मिकातको हाराहारीबाट जाँदैन भने उसले जेद्दाहबाट इहराम लगाउँछ, जस्तै सुडानका मानिसहरू हवाईजहाज वा पानी जहाजबाट आइपुग्दा जेद्दाहबाट इहराम लगाउँछन् र यो अपवाद हो । तर यदि उनीहरुले यलमलाम वा अल-जुहफा मिकातको वरपर वा हाराहारीबाट गुज्रिरहेका कुरा थाहा पाउँछन् भने उनीहरुले त्यहींबाट एहराम लगाउनुपर्छ ।
सिलाईको बारेमा गलत बुझाइ के छ भने यसको अर्थ सिलाइएको सबै कुरा हो, त्यसैले केही मानिसहरू सिलाई भएको बेल्ट वा जुत्ता लगाउन हिच्किचाउँछन् ।
यो गलत हो । सिलेको अर्थ भनेको शारीरिक आकारमा सिलाइएको लुगा हो, जस्तै दौरासुरुवाल, शर्ट, पैन्ट, टोपी, मोजा इत्यादि ।
महिलाले पंजा, बुर्का (नोजपिस) वा नकाब वा अनुहार छोप्ने घुम्टो लगाउनु ।
तर महिलाले पर-पुरूष (गैर-महरम) को अगाडि आफ्नो अनुहार र दुवै हातलाई नकाब र पंजा बाहेक अरू कपडाले छोप्नुपर्छ; किनकि नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले एहरामको अवस्थामा महिलाका लागि नकाब र पंजा लगाउन मनाही गर्नुभएको छ ।
कतिपय मानिसहरूले महिलाहरूले इहरामको लागि कालो, हरियो वा सेतो रंगको विशेष पोशाक लगाउने सोच राख्छन् ।
यो सत्य होइन; महिलाहरूले अङ्गप्रदर्शन नहुने जुनसुकै रङ्गको खुकुलो र बाक्लो पोशाक लगाउन सक्छन् ।
कतिपय मानिसहरूले इहरामको लुगा फेर्न वा फुकाल्न अनुमति छैन भन्ने सोच्छन् ।
सही कुरा के हो भने एहरामको कपडा मज्जाले फेर्न वा धोएर लगाउन सकिन्छ ।
इहरामको सुरुवातदेखि अन्त्यसम्म इज्तिबा गर्नु ।
सही कुरा के हो भने उमरहको तवाफ वा 'तवाफुल्-कुदूम' गर्दा मात्र ‘इज्तिबा’ गर्नु सुन्नत हो ।
बिना कुनै धार्मिक र वैधानिक कारण इहराम फुकाल्नु र हलाल हुनु ।
मुहरिम (इहराममा रहेका हाजी) ले आफ्नो हज र उमरहको विधिहरू पूरा नगरेसम्म इहरामबाट बाहिर निस्कन मिल्दैन । तर कुनै धार्मिक कारण छ भने एहराम खोल्न मिल्छ, जस्तै मक्का जान र हज गर्नबाट बाटोमा रोकियो भने यस्तो अवस्थामा एहराम खोल्न (हलाल हुन) मिल्छ । यदि उसले इहराम लगाउने बेला शर्त राखेको छ भने उसले केही गर्नु पर्दैन । यदि शर्त राखेको छैन भने उसले फिदया (जरिवाना) स्वरूप एउटा बाख्र हलाल गर्नुपर्छ अनि त्यसपछि कपाल कटाएर वा खौरेर इहरामबाट बाहिर निस्कन सक्छ ।
***
दोस्रो: तवाफ गर्दा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तिहरू
मस्जिदे हराममा प्रवेश गर्दा वा काबा हेर्दा अप्रमाणित दुआहरू पढ्न अनिवार्य ठान्नु ।
तर सुन्नत भनेको नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित दुआहरू मात्र पढ्नु ।
तवाफ सुरू गर्नु अघि मुखले नियत गर्नु ।
तर वास्तवमा नियत हृदयले हुन्छ, त्यसैले मुखैले उच्चारण गर्नु हुँदैन ।
सावधानीको नाममा हज्रे-अस्वद भन्दा पहिले तवाफ (परिक्रमा) सुरु गर्नु ।
यो अतिशयोक्ति र अतिवाद हो ।
हज्रे-अस्वद पार गरेपछि तवाफ सुरु गर्नु र यसलाई एक चक्कर मान्नु ।
यो गलत हो र यदि कसैले त्यसो गर्छ भने उसको यो चक्कर मानिने छैन ।
हज्रे-अस्वददेखि तवाफ आरम्भ गर्दा नमाज जस्तै दुवै हात माथि उठाएर इशारा गर्नु वा दुवै हात तीन पटक उठाउनु ।
तर सुन्नत भनेको दाहिने हातले एक पटक मात्र इशारा गर्नु हो ।
हज्रे अस्वदको अगाडि लामो समयसम्म उभिनु ।
तर सुन्नत भनेको लामो समयसम्म उभिनु हुँदैन ।
हज्रे अस्वदलाई चुम्न अत्यधिक भीडभाड र तछाडमछाड गर्नु ।
तर भीडभाड नगर्नु सुन्नत हो । यदि सजिलोसँग ‘हज्रे-अस्वद’ लाई चुम्न सकिन्छ भने चुम्ने नत्र टाढादेखि इशारा गर्ने ।
यदि तक्बीर वा इशारा नगरिकन ‘हज्रे-अस्वद’ बाट गुज्रियो भने फेरि पछि फर्किनु र अल्लाहु अक्बर भन्नु ।
यो सबै गलत हो, किनभने यो सुन्नत हो र सुन्नत छुट्यो भने पुनः फर्केर गर्नु पर्दैन । यदि कसैले बिर्सिएर वा जानीजानी अल्लाहु अक्बर भनेन भने केही फरक पर्दैन ।
प्रत्येक चक्करमा छुट्टाछुट्टै विशेष दुआ गर्नु ।
यसको कुनै प्रमाण छैन । तवाफ गर्ने व्यक्तिले आफूलाई मनपर्ने दुनियाँ र आखिरतको राम्रो कुरा माग्ने हो [१]। त्यसैगरी सुब्हानल्लाह, अल्हम्दु लिल्लाह, अल्लाहु अक्बर, ला इलाह इलल्लाह जस्ता प्रमाणित जिक्र (स्तुति) हरू र कुर्आनको तिलावत गर्नु हो ।
तवाफ गर्दा प्रत्येक चक्करमा रमल गर्नु ।
तर सुन्नत भनेको तवाफको पहिलो तीन चक्करमा मात्र रमल गर्नु हो ।
तवाफ गर्दा काबालाई बिना कुनै कारण बायाँ तिर नराख्नु ।
तर सुन्नत भनेको काबालाई आफ्नो बायाँतिर राख्नु हो, त्यसैले यो सुन्नतलाई उल्लंघन गर्नु हुँदैन । यदि भीडभाड वा यस्तै कुनै वैधानिक कारण छ भने केही फरक पर्दैन ।
रुक्ने-यमानीलाई चुम्बन गर्ने वा चुम्बन गर्न सकिएन भने हातले इशारा गर्ने ।
तर सुन्नत भनेको ‘रुक्ने-यमानी’ लाई हातले छुने हो, चुम्बन गर्ने होइन । यदि छुन सकिएन भने हातले इशारा नगरिकन त्यत्तिकै गुज्रिने हो ।
काबाका भित्ता र सबै कुनाहरूलाई हातले छुनु वा चुम्बन गर्नु ।
तर यो सुन्नत विपरीत काम हो, किनकि केवल ‘हज्रे-अस्वद’ लाई चुम्न सुन्नत हो र ‘रुक्ने-यमानी’ लाई हातले मात्र स्पर्श गर्नु सुन्नत हो ।
‘रुक्ने-यमानी’ र हज्रे अस्वदको स्पर्श भनेको बरकत (आशीर्वाद) को लागि हो, उपासनको लागि होइन भनेर ठान्नु ।
यो सबै अज्ञानता र पथभ्रष्टताको परिणाम हो, किनकि लाभ र हानि केवल अल्लाहको हातमा छ । उमर (रजियल्लाअन्हु) ले हज्रे अस्वदलाई चुम्बन गरे र भने: "मलाई थाहा छ तिमी एउटा ढुङ्गा हौ जसले न त हानि गर्न सक्छ न त फाइदा नै । यदि मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिमीलाई चुम्बन गरेको नदेखेको भए म तिमीलाई चुम्बन गर्ने थिइनँ ।" [१] (बुखारी : १५९७)
तवाफ गर्दा ठूलो स्वरमा दुआ गर्नु र अरूलाई दु:ख दिनु ।
तर सुन्नत भनेको मात्र आफ्नो पालनकर्तालाई सुनाउने गरि विस्तारै दुआ गर्नु र अरूलाई दु:ख नदिनु ।
तवाफको क्रममा तस्बिर खिच्न वा अन्य कुराकानी गर्नमा व्यस्त हुनु ।
तर वास्तवमा तवाफ गर्दा आफ्नो पालनकर्तालाई नम्रता, समर्पण र हृदयको उपस्थितिका साथ सम्झनु पर्छ ।
हज्रे अस्वदसम्म पुग्नु अघि पुष्टि नगरी तवाफ समाप्त गर्नु ।
तर वाजिब के हो भने तवफको सातौं चक्करमा हज्रे अस्वदको हाराहारीमा पुगेको निश्चित नभएमा तवाफ समाप्त गर्नु हुँदैन ।
तवाफपछि दुई रकात नमाज मकामे इब्राहीमको ठीक पछाडि वा नजिकै पढ्नु पर्छ भन्ने धारणा राख्ने, जसले गर्दा त्यहाँ भीडभाड हुन्छ र तिनीहरूले हजको समयमा तीर्थयात्रीहरूलाई दु:ख दिन्छन् र उनीहरूको तवाफमा बाधा पुर्याउँछन् ।
यो गलत धारणा हो, तवाफपछिको दुई रकात मस्जिद हरामको कुनै पनि ठाउँमा पढ्न सकिन्छ । मकामे इब्राहीलाई आफु र काबाको बीचमा गरेर पढ्न सकिन्छ, चाहे जति टाढा भए पनि वा भीडभाड नरहेको मस्जिदको प्रांगण वा कुनै पनि कुनामा नम्रता र शान्तिका साथ सलाह पढ्न सकिन्छ ।
तवाफको दुई रकअत लामो गर्नु र त्यसपछि दुआ गर्नु ।
तर सुन्नत भनेको ती दुई रकातलाई छोटो पढ्नु र त्यसपछि दुआ नगर्नु हो; किनभने यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छैन ।
इज्तिबाको अवस्थामा ती दुई रकातलाई पढ्नु ।
तर सुन्नत भनेको तवाफ पूरा गरेपछि तुरुन्तै आफ्नो चादरले काँधलाई छोप्नु हो ।
***
तेस्रो: सई गर्दा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू
सई गर्दा इज्तिबाको गर्नु ।
केवल तवाफ गर्दा इज्तिबाह गर्नुपर्छ भन्ने कुरा अघि नै उल्लेख भइसकेको छ ।
सई सुरु गर्नुभन्दा पहिला मुखले नियत गर्नु ।
नियत हृदयले हुन्छ मुखले हुँदैन भन्ने कुरा अघि नै उल्लेख भइसकेको छ ।
मर्वाबाट सई आरम्भ गर्नु ।
यो गलत हो र यदि कसैले त्यसो गर्छ भने उसको यो चक्कर मानिने छैन ।
कतिपय मानिसहरूले जानु र आउनु एक चक्कर पूरा हुन्छ ठान्दछन्, त्यसैले उनीहरूले १४ चक्कर हिँड्छन् ।
यो गलत हो, किनभने ‘सफा’ देखि 'मर्वा' सम्म एक चक्कर पुरा हुन्छ र 'मर्वा' देखि ‘सफा’ सम्म दोस्रो चक्कर पुरा हुन्छ । सफादेखि सईको शुरुवात हुन्छ र मर्वामा पुगेर पुरा हुन्छ ।
"सफा" पहाडको टुप्पोमा जानु अनिवार्य हो सोच्नु ।
यसको कुनै प्रमाण छैन ।
नमाजका तक्बीरहरूमा गरे जस्तै दुवै हातहरू उठाउनु र इशारा गर्नु ।
सही कुरा भनेको किब्लातर्फ फर्केर प्रमाणित दुआहरू पढ्नु पर्याप्त हो ।
महिलाले दुई हरियो बत्तीको बीचमा पुरूष झैं दौड्नु ।
तर महिलाले सामान्य चालमा हिँड्नु पर्याप्त हो भन्ने कुरामा सम्पूर्ण ओलमा (धर्म विद्) हरूको इजमाअ (सम्मति) रहेको छ; ताकि महिला बेपर्दा नहोउन् ।
प्रत्येक चक्करमा छुट्टाछुट्टै विशेष दुआ गर्नु ।
यसको कुनै प्रमाण छैन, बरु आफूलाई मनपर्ने दुआहरू गर्नुहोस् [२]।
सई गर्दा ठूलो स्वरमा दुआ गर्नु र अरूलाई दु:ख दिनु ।
तर सुन्नत भनेको मात्र आफ्नो पालनकर्तालाई सुनाउने गरि विस्तारै दुआ गर्नु र अरूलाई दु:ख नदिनु ।
सफा र मर्वाबीचमा सई गर्दा प्रत्येक चक्करमा दौडनु ।
तर सुन्नत भनेको दुई हरियो बत्तीको बीचमा मात्र दौड्नु हो ।
सई पूरा गरेपछि दुई रकात नमाज पढ्नु ।
यो नमाज पढ्नु हुँदैन; किनभने यो प्रमाणित छैन ।
हज र उमरह बाहेक नफ्ली (अतिरिक्त) सई गर्नु ।
नफ्ली (अतिरिक्त) सई गर्नु प्रमाणित छैन ।
***
चौथो: कपाल खौरने वा छोटो पार्ने क्रममा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू
कपाल खौरँदा वा छोटो पार्दा यता उताबाट मात्र कटाउनु ।
तर सुन्नत भनेको सिङ्गो टाउकोको कपाल खौरनु वा छोटो पार्नु हो ।
मस्जिद हराम भित्र कपाल खौरने वा छोटो पार्ने र त्यसमा कपाल फाल्ने ।
मस्जिदे हरामको सम्मान गर्नु र यसको सफाइमा ध्यान दिनु वाजिब हो ।
कपाल खौरन वा कटाउनमा धेरै ढिलासुस्ती गर्नु जसले गर्दा बिर्सन वा त्यसबाट विचलित हुन जान्छ ।
तवाफ र सई पूरा गरेपछि तुरुन्तै कपाल कटाउनु सुन्नत हो ।
कपाल खौरनु वा छोटो पार्नु अघि इहरामका निषेधित कार्यहरू गर्नु ।
तर वास्तवमा कपाल खौरनु वा छोटो पार्नु अघि इहरामका कुनै पनि निषेधित काम गर्नु हुँदैन ।
***
हजसँग सम्बन्धित सुन्नत विपरीत केही कार्य र गल्तीहरू
पहिलो: आठौं जिल्-हिज्जाको दिन मानिसहरूले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू
कतिपय मानिसहरूले आठौं जिल्-हिज्जाको दिन मस्जिद हराम वा काबाको तलबाट एहराम लगाउनुपर्छ भन्ने सोच्छन् ।
तर सुन्नत भनेको आफू बसेको ठाउँदेखि एहराम लगाउनुपर्छ; चाहे मक्का होस् वा मिना ।
जुहर नमाज पछि एहराम लगाउनु ।
तर सुन्नत भनेको जोहर भन्दा पहिला एहराम लगाउनुपर्छ ।
सक्षम हुँदाहुँदै पनि मीनामा रात नबिताउनु ।
हाजीले सक्षम भएसम्म मीनामा रात बिताउनु; किनभने यही नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत हो ।
मिनामा पूरापूरा नमाजहरू पढ्नु ।
तर मिनामा सम्पूर्ण सलाह (नमाज) हरू समयकासाथ कस्र (दुई-दुई) गरी पढ्नु सुन्नत हो; यसैमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण हो ।
***
दोस्रो: अरफातको दिन मानिसहरूले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू
सावधानीको नाममा आठौं जिल्-हिज्जाको दिन केही समय अरफातमा बिताउनु ।
यो अतिशयोक्ति र अतिवाद हो जुन निषेधित छ ।
आठौं जिल्-हिज्जाको दिन वा नवौं जिल्-हिज्जाको रातमा ‘अरफात’ जानु र त्यहाँ रात बिताउनु ।
यो सुन्नत विपरीत कार्य हो र मिनामा रात बिताउने सुन्नतको उल्लंघन हो ।
अरफातको सीमा बाहिर बस्नु ।
हाजीले आफू अरफातको सिमाना भित्र उभिएको सुनिश्चित गर्नुपर्छ ।
मस्जिद नमिरह मा इमामसँग नमाज पढ्नु अनिवार्य ठानेर त्यहाँ उभिन तछाडमछाड गर्नु ।
यो अनिवार्य होइन र यसको लागि भीडभाड गर्न अनुमति छैन ।
पहाड (इलाल) तिर फर्केर दुआ गर्नु ।
तर सुन्नत भनेको किब्लातर्फ फर्केर दुआ गर्नु हो ।
इलाल पर्वतमाथि चढ्नु अनिवार्य हो वा यो हजको एक अनुष्ठान हो वा अरफातको बाँकी ठाउँभन्दा यसको विशेषता छ भन्ने विश्वास गर्नु ।
यसको कुनै प्रमाण छैन, बरु यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तरिका विपरीत कार्य हो ।
इलाल पर्वतलाई ‘रहमत’ वा ‘दुआ’ पर्वत नामाकरण गर्नु ।
वास्तवमा यसको नाम 'इलाल' हो र यसलाई रहमत वा दुआको पहाड भन्ने कुनै आधार छैन ।
अरफातको पहाडमा आदमको गुम्बज भनिने गुम्बजमा प्रवेश गर्नु, त्यहाँ नमाज पढ्नु र काबाको तवाफ गरे जस्तै यसको परिक्रमा गर्नु ।
यी सबै निषेधित बिदअत (दीनमा नयाँ कुरा) हरू हुन्, जसले शिर्कसम्म पुर्याउन सक्छ ।
अरफात स्थित रहमत् नामी पर्वतमा स्थापित खम्बाबाट बरकत लिनु र त्यसमा नामहरू लेख्नु ।
यी सबै निषेधित बिदअत (दीनमा नयाँ कुरा) हरू हुन्, जसले शिर्कसम्म पुर्याउन सक्छ ।
अरफात पर्वत वा अल-नूर पर्वतको चिरामा पैसा, कपाल, नङ, कपडा वा यस्तै अरू केही राख्नु र यसो गर्दा उनीहरू पुनः यी स्थानहरूमा आउन पाउँने छन् भन्ने विश्वास गर्नु ।
यी सबै निषेधित बिदअत (दीनमा नयाँ कुरा) हरू हुन्, जसले शिर्कसम्म पुर्याउन सक्छ ।
कतिपय मानिसहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उभिनु भएको ठाउँमा उभिनु अनिवार्य हो भन्ने विश्वास गर्छन् र यसको लागि कष्ट गर्छन् ।
तर सही कुरा के हो भने यो अनिवार्य छैन र यसको लागि कष्ट गर्न अनुमति छैन ।
समय बर्बाद गर्नु, दुआ र जिक्रलाई बेवास्ता गर्नु र बेकारका कुराहरूमा व्यस्त हुनु हो ।
सूर्यास्त हुने बेला वा दिनको अन्तिम प्रहरसम्म दुआ सुरु गर्नु ढिलासुस्ती गर्नु ।
उभिएर दुआ गर्न आफूलाई कष्ट दिनु, यो नै सुन्नत हो भनेर सोच्नु वा अरफातमा रोकिनु भनेको उभिनु हो भनेर सोच्नु ।
तर सही कुरा के हो भने अरफातमा रोकिनु भनेको यस समयमा त्यहाँ हुनु हो चाहे त्यो उभिएर होस्, बसेर होस्, सवारीमा होस् वा पैदल हिँडेर होस् ।
सूर्यास्तअघि अरफातबाट प्रस्थान गर्नु ।
यो हराम हो; किनकि यो नबी (सल्लल्लाहु अलैहि वसल्लाम) को सुन्नत विपरीत हो ।
सूर्यास्तपछि बिना कुनै कारण ढिलो प्रस्थान गर्नु ।
कुनै वैधानिक करण छैन भने सूर्यास्तपछि तुरुन्तै निस्कनु सुन्नत हो ।
केही मानिसहरूले शुक्रवारको दिन अरफातमा रोकिनु सत्तरी हज बराबर हो भनेर विश्वास गर्छन् ।
यसको कुनै प्रमाण छैन ।
***
तेस्रो: मुज्दलिफा जाने र त्यहाँ रात बिताउने क्रममा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू
अरफातबाट मुज्दलिफा प्रस्थान गर्दा हतार गर्नु र गाडीहरूलाई बाधा पुर्याउनु ।
तर सुन्नत भनेको शान्ति र सम्मानका साथ प्रस्थान गर्नु र कसैलाई दुःख नदिनु हो ।
केही मानिसहरूले मुज्दलिफामा रात बिताउनु अघि नुहाउनु सुन्नत हो भन्ने सोच्छन् ।
यसको कुनै प्रमाण छैन ।
कतिपय मानिसहरूले सवार व्यक्तिले ओर्लेर पैदल मुज्दलिफामा प्रवेश गर्नु मुस्तहब हो भन्ने सोच्छन् ।
यसको कुनै प्रमाण छैन ।
मुज्दलिफाको सिमाना भित्र रहेको सुनिश्चित नगरी कुनै पनि स्थानमा ओर्लनु ।
मुज्दलिफामा ओर्लने बित्तिकै सलाह नपढीकन अन्य काममा व्यस्त हुनु ।
मुज्दलिफामा पुगेपछि तुरुन्तै नमाज पढ्नु सुन्नत हो ।
मुज्दलिफामा प्रवेश गर्दा नै ढुङ्गा सङ्कलनमा व्यस्त हुनु र यो सुन्नत हो भन्ने ठान्नु ।
यसको कुनै प्रमाण छैन ।
मग्रिब र ईशाको सलाहलाई समय निस्किने बेलासम्म ढिला गर्नु; यसको अन्तिम समय मध्यरात हो ।
ममग्रिब र ईशाको सलाह मध्यरात हुनु अघि पढ्नु वाजिब हो, चाहे मुज्दलिफा पुग्नुभन्दा पहिले नै किन नहोस् ।
मुज्दलिफाको रात नमाज, उपासना वा रमाइलो र खेलकुदमा बिताउने ।
तर आजको रात सुत्न र आराम गर्नुमा नै नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतको अनुसरण हो र यसले ईदको दिनका कर्तव्यहरू पूरा गर्न सहज हुनेछ ।
अशक्त र उनीहरूका साथीहरूले मध्यरात अघि निस्किनु ।
तर वास्तवमा मध्य रात काटेर निस्कनु वाजिब हो ।
अशक्त र उनीहरूका साथीहरू बाहेकका व्जोयक्तिहरूले फजर अघि निस्कनु ।
मुज्दलिफामा फज्रसम्म बस्नु वाजिब हो ।
सूर्योदय नभएसम्म मुज्दलिफाबाट निस्कन ढिलो गर्नु ।
सूर्योदय हुनु भन्दा पहिला निस्कनु सुन्नत हो ।
***
चौथो: कुर्बानीको दिन मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू
कतिपयले ढुङ्गा हान्नको लागि नुहाउनु पर्छ भनेर ठान्ने ।
यसको कुनै प्रमाण छैन ।
'जमरात’ लाई हान्ने ढुङ्गाहरू धुनु ।
यसको कुनै प्रमाण छैन ।
केवल मुजदलिफाबाट सङ्कलन गरिएको ढुङ्गाले रमी मान्य हुन्छ भन्ने विश्वास गर्नु ।
यसको कुनै प्रमाण छैन, बरू जुनसुकै ठाउँबाट ढुङ्गा टिप्न सकिन्छ ।
ढुङ्गा बाहेक अन्य वस्तुले वा ठूला ढुङ्गाले रमी गर्नु ।
यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मार्गदर्शन विपरीत हो ।
क्रोधित भएर रमी गर्नु र जमरात नै शैतान हो भन्ने विश्वास गर्नु ।
रमी गर्न (ढुङ्गा हान्न) जाँदा सामुहिक रुपमा एकताबद्ध भएर हिँड्ने र मानिसहरूलाई दुख दिने ।
रमी गर्दा प्रमाणित भन्दा बढी जिक्र गर्नु ।
केवल अल्लाहु अक्बर भन्नु नै उत्कृष्ट हो ।
सातै ढुङ्गा एकैसाथ हान्नु ।
यो केवल एक पटक भयो; किनभने एक-एक गरी ७ पटक हान्नु पर्दछ ।
रमी गर्दा ढुङ्गाले नहान्ने र त्यत्तिकै हौजमा राख्दिने ।
यो पर्याप्त छैन, विस्तारै भएपनि कम्तिमा ढुँगाले हानेको हुनु पर्छ ।
रमी गर्दा त्यहाँ देखिने पर्खालमा पुर्याउने लक्ष्य हुनुपर्छ जग (जरा) होइन ।
देखिने पर्खाललाई नलागे पनि कम्नतीमा हौजमा पर्नुपर्छ ।
टाढैबाट ढुंगा हान्नु र जमरातको हौजमा पुगेको छ/छैन निश्चित नगर्नु ।
ठूलो जमरातलाई रमी गरेपछि दुआको लागि उभिनु ।
‘ठूलो जमरात’ लाई ढुङ्गा हानिसकेपछि दुआ गर्नु प्रमाणित छैन ।
कुर्बानीको दिन भन्दा अघि तमत्तो र किरान हजको हदी (कुर्बानीको जनावार) वध गर्नु ।
यदि कसैले त्यसो गर्छ भने त्यो मान्य हुँदैन र उसले शरियाले तोकेको समयमा पुनः कुर्बानी गर्नुपर्छ, जुन ईदको दिनदेखि तशरिकको अन्तिम दिनसम्म हो ।
कुर्बानी गर्नको सट्टा यसको मूल्यलाई दान गर्नु ।
यदि कसैले त्यसो गर्छ भने त्यो मान्य हुँदैन र उसले कुर्बानी गर्नु पर्छ ।
टाउकोको केही भाग मात्र खौरनु वा छोटो पार्नु ।
तर सुन्नत भनेको पुरै टाउकोको कपाल खौरनु वा छोटो पार्नु हो ।
'तवाफुल-कुदुम' नै 'तवाफुल्-इफाजह' को लागि पर्याप्त छ ठान्नु वा अराफत र मुजदलिफामा उभिनु अघि वाफुल्-इफाजह गर्नु ।
यदि कसैले त्यसो गर्छ भने त्यो मान्य हुँदैन, किनभने तवाफुल्-इफाजह हजका अर्कान (आधार) हरूमध्ये एउटा ठूलो आधार हो र यो नगरिकन हज अपूर्ण रहनेछ । जुन अराफत र मुजदलिफा पछि मात्र मान्य हुन्छ ।
***
पाँचौं: 'तशरीक’ का दिनहरूमा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू
जमरातलाई ढुङ्गा हान्न अरूलाई वकिल बनाउन उदारता ।
वास्तवमा, हाजीले स्वयम रमी गर्नुपर्छ, तर कुनै वैधानिक कारण छ भने अरूलाई वकिल बनाउन जायज छ ।
रमी गर्न अरूलाई वकिल बनाउनेले हजका कार्य र दिनहरू समाप्त हुनु भन्दा पहिला यात्रा गर्नु ।
यो गलत हो । उसले हजका सम्पूर्ण वाजिब र अर्कानहरू पूरा नभएसम्म मीना वा आफू रहेको ठाउँमा बस्नुपर्छ र अन्तमा तवाफुल्-वदा गरेर प्रस्थान गर्नुपर्छ ।
‘तशरीक’ का दिनहरूमा जवाल (जुहर) भन्दा पहिला रमी गर्नु ।
जवाल (जुहर) पछि रमी गर्नु सुन्नत हो ।
रमी गर्दा तीनै (सानो, मध्यम र ठूलो) जमरातलाई क्रमशः रमी नगर्नु ।
जमरातलाई क्रमशः रमी गर्नु वाजिब हो । पहिला सानो, त्यसपछि मध्यम र अन्तमा ठूलो जमरात; जसलाई जमरतुल-अक्बह भनिन्छ । जसले यसको विपरीत वा फरक तरिकाले गर्छ, उसले क्रमबद्ध रूपमा दोहोर्याउनु पर्छ र सानो जमरात अनि त्यसपछि अर्कोमा ढुङ्गा हान्नुपर्छ ।
ठूलो जमरातलाई रमी गरेपछि दुआको लागि उभिनु ।
केवल सानो र मध्यम जमरातलाई ढुङ्गा हानेपछि दुआ गर्नु सुन्नत हो ।
***
छैटौं: तवाफुल्-वदामा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू
अन्तिम दिनको रमी भन्दा पहिला तवाफुल्-वदा गर्नु; ताकि रमी गरेपछि तुरुन्तै यात्रा गर्न सकोस् ।
यो गलत हो । यदि कसैले त्यसो गर्छ भने त्यो मान्य हुने छैन, किनकि उसले गलत समयमा गरेको छ र उसले ढुङ्गा हानेपछि पुनः तवाफ दोहोर्याउनु पर्छ ।
रमी गर्न अरूलाई वकील बनाउनु र वकीलको रमी गर्नु अघि तवाफ गर्नु ।
सही तरिका के हो भने उसले ढुङ्गा हानेसम्म पर्खनु पर्छ र त्यसपछि तवाफुल्-वदा (बिदाई तवाफ) गर्नुपर्छ ।
काबाप्रति सम्मान व्यक्त गर्दै पिठ्यूँ नफर्काएर उल्टै हिँड्नु ।
यसको कुनै प्रमाण छैन र सबैभन्दा राम्रो तरिका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तरिका हो ।
मस्जिदे हरामबाट बाहिर निस्कँदा दुआको लागि उभिनु ।
यसको कुनै प्रमाण छैन ।
तवाफुल्-वदा गरिसकेपछि बिना कुनै वैधानिक कारण लामो समयसम्म मक्कामा बस्नु ।
तवाफुल्-वदा पछि तुरुन्तै मक्का छोड्नु अनिवार्य हो, तर सहयात्रीको लागि पर्खनु वा यात्रा सामग्रीहरू किन्नु आदिमा केही आपत्ति छैन ।
यदि बिना वैधानिक कारण लामो समयसम्म बस्यो भने : उसले तवाफुल्-वदा दोहोर्याउनु पर्छ ।
मस्जिदे नबवीको भ्रमणसँग सम्बन्धित सुन्नत विपरीत कार्य र गल्तीहरू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को कब्रको जियारत गर्दा भित्ता र जालीमा हातले स्पर्श गर्नु र बरकतको लागि झ्यालहरूमा धागो आदि बाँध्नु ।
बरकत केवल अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा निर्धारित कुराहरूमा हुन्छ, बिदअत (नयाँ कुरा) हरूमा होइन ।
गारे-हिरा, गारे-सौर र उहुद पर्वतका गुफाहरूमा जानु, त्यहाँ धागो आदि बाँध्नु अनि अल्लाहले अनुमति नदिनुभएको दुआहरू गर्नु र त्यसो गर्दाको कठिनाइ सहनु ।
यी सबै कार्यहरू बिदअत (दीनमा नयाँ कुराहरू) हुन्, जसको इस्लामिक शरियतमा कुनै आधार छैन ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अवशेषहरू भएको दाबी गर्दै केही ठाउँहरूको भ्रमण गर्नु, जस्तै ऊँटनी बसेको ठाउँ, औंठीको इनार वा उस्मानको इनार र त्यहाँबाट बर्कत (आशीर्वाद) को लागि माटो लिने ।
बकी कब्रिस्तान र उहुदका शहीदहरूको चिहानमा जाँदा मृतकहरूसँग दुआ माग्नु र तिनीहरुको नजिक हुन वा तिनीहरूबाट आशीर्वाद प्राप्त गर्न पैसा फाल्नु ।
यी सबै धेरै खतरनाक गल्तीहरू हुन्, बरु यो ठूलो शिर्क हो भनेर उलमा (विद्वान) हरूले उल्लेख गरेका छन् अनि कुर्आन र हदीसबाट प्रमाणित गरेका छन्, किनकि इबादत (उपासना) केवल अल्लाहको लागि गर्नुपर्छ र यसको कुनै पनि भाग अल्लाह बाहेक अरू कसैलाई समर्पित गर्नु अनुमति छैन, जस्तै बिन्ती, बलिदान, भाकल आदि । अल्लाहले भन्नुभएको छ: "तर तिनीहरूलाई केवल अल्लाहको उपासना गर्ने र उहाँको लागि निष्ठापूर्वक समर्पित हुने आदेश दिइएको थियो ।" [सूरह अल्-बय्यिना : ५]
अल्लाहले हाम्रा नबी मुहम्मदमाथि दरूद र सलाम (दया र शान्ति) अवतरण गरून् ।
Related books
All books
हज, उमरह र जियारत सम्बन्धी फतवाहरू23 languagesहज, उमरह र जियारत सम्बन्धी फतवाहरू
यसलाई साउदी अरबको स्थायी फतावा समितिका फतवाहरूको संग्रहबाट छनोट गरिएको हो, जसमा प्रश्नहरूलाई प्रसंगसँग मिलाएर संक्षिप्त गरिएको छ । पहिलो: सामान्य फतवाहरू प्रश्न: के मेरो बुवाले बैंकबाट ऋण लिएको पैसाले उमरह गर्न सक्नुहुन्छ ? उत्तर: आफ्नो वा अरु कसैको लागि हज वा उमरह गर्ने व्यक्तिले यसको लागि चोखो र पवित्र पैसा खर्च गर्नुपर्छ; किनकि अल्लाह पवित्र हुनुहुन्छ र उहाँले केवल पवित्र कुराहरू स्वीकार गर्नुहुन्छ ।
कुरआन र हदीसको प्रकाशमा हज, उमरह र जियारतससँग सम्बन्धित धेरै प्रावधानहरूको अनुसन्धान र व्याख्या46 languagesकुरआन र हदीसको प्रकाशमा हज, उमरह र जियारतससँग सम्बन्धित धेरै प्रावधानहरूको अनुसन्धान र व्याख्या
यस पुस्तकले हज, उमरह र जियारतसँग सम्बन्धित धेरै प्रावधानहरूलाई कुरआन र हदीसको प्रकाशमा व्याख्या गरेको छ। यसले हज र उमरहका अनिवार्य कुराहरू, एहरामको अवस्थामा निषेधित कार्यहरू र मस्जिदे नब्वीको जियारत गर्दा अपनाउने शिष्टाचारहरूलाई स्पष्ट पारेको छ। साथै यी अनुष्ठानहरूमा गरिने ’बिदअत’हरू विरुद्ध सचेत गरेको छ।
उम्रहको तरिका27 languagesउम्रहको तरिका
उम्रहको तरिका (एक संक्षिप्त व्यवहारिक व्याख्या) उम्रह कसरी गर्ने? (सरल शैक्षिक भिडियो) यस भिडियोमा एहराम बाँध्नेदेखि हलाल हुनेसम्मका उम्रहका सम्पूर्ण अनुष्ठानहरू सरल, स्पष्ट र क्रमबद्ध रूपमा व्याख्या गरिएका छन्। भिडियो हेर्नुहोस् र उम्रह सही तथा सहज तरिकाले सम्पन्न गर्न सिक्नुहोस्। उम्रह गर्न चाहने व्यक्तिले आफ्नो निर्धारित मीकातबाट इहराम बाँध्नु पर्छ। मीकातहरू: ती स्थानहरू हुन्, जसलाई पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले इहराम बाँध्नका लागि तोक्नुभएको हो। ताकि हज वा उमरा गर्ने इरादा गरेको व्यक्तिले त्यहाँबाट इहराम बाँधोस्। जो व्यक्ति हज वा उम्राहको उद्देश्यले मवाकितहरूबाट जान्छ, उसले त्यहाँ…
उमराको विधि र यसको नियमहरू सम्बन्धी संक्षिप्त विवरण59 languagesउमराको विधि र यसको नियमहरू सम्बन्धी संक्षिप्त विवरण
समस्त प्रशंसा अल्लाहको लागि जो सारा संसारका पालनकर्ता हुनुहुन्छ, र दरूद एवं सलाम होस् हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका सन्तान र सबै साथीहरू माथि। तत्पश्चातः यो सानो लेख हो जसमा उमरा, यसको नियम र शिष्टाचारको वर्णन गरिएको छ, हामीले यसमा उमरा गर्ने व्यक्तिलाई खाँचो पर्ने विषयहरूलाई प्रष्ट पार्ने कोसिस गरेका छौं । र अल्लाहसित यसलाई विशुद्ध रुपमा आफ्नो निमित्त बनाइ दिऊन् भनेर कामना गर्दछौँ र यसबाट सबै मुसलमानहरूको लाभ होस् भनेर प्रार्थना (दुआ) गर्दछौँ ।