Skip to content
हज, उमरह र जियारतसँग सम्बन्धित सुन्नत विपरीत कार्यहरू

हज, उमरह र जियारतसँग सम्बन्धित सुन्नत विपरीत कार्यहरू

उमरहसँग सम्बन्धित सुन्नत विपरीत कार्य र गल्तीहरू पहिलो : एहराम लगाउँदा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू हज वा मरहको एहराम लगाउँदा ठूलो स्वरमा तलबिया न भन्ने । सुन्नत : ठूलो स्वरमा तलबिया भन्ने ।

Language: lang_ne
Prepared by: इस्लामिक सामग्री सेवा संघको बहुभाषिक वैज्ञानिक समिति
Version: 3.0

हज, उमरह र जियारतसँग सम्बन्धित सुन्नत विपरीत कार्यहरू

इस्लामिक सामग्री सेवा संघको बहुभाषिक वैज्ञानिक समिति

उमरहसँग सम्बन्धित सुन्नत विपरीत कार्य र गल्तीहरू

पहिलो : एहराम लगाउँदा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू

हज वा मरहको एहराम लगाउँदा ठूलो स्वरमा तलबिया न भन्ने ।

सुन्नत : ठूलो स्वरमा तलबिया भन्ने ।

केही मानिसहरूको सोचाईमा एहराम भनेको (तलमाथि लगाउने दुइटा) कपडा हो ।

तर वास्तवमा एहराम भनेको हज वा उमरहमा प्रवेश गर्ने नियत हो र यसको पहिचान : तलबिया (लब्बैक) पढ्नु हो । जसले हज वा उमरहको नियतले तलबिया पढ्छ, उसले एहराम बाँध्यो ।

केही मानिसहरूले एहरामका लागि स्नान गर्न अनिवार्य हो भनेर सोच्छन् ।

तर वास्तवमा यो सुन्नत हो, यदि कसैले स्नान गरेन भने केही फरक पर्दैन ।

केही मानिसहरूले एहराम पछि दुई रकात अनिवार्य रुपमा पढ्नुपर्छ भनेर विश्वास गर्छन् ।

तर सही कुरा के हो भने एहरामको लागि कुनै विशेष सलाह पढ्नु प्रमाणित छैन । यधपी फर्ज वा सुन्नत नमाजपछि मज्जाले एहराम लगाउन सकिन्छ ।

कतिपय मानिसहरू मिकातमा ओर्लिएर मस्जिदमा जानु अनिवार्य ठान्छन् ।

तर वास्तवमा यो अनिवार्य छैन । यदि कोही एहरामको लुगा लगाएर मिकातको छेउबाट गुज्रन्छ र आफ्नो गाडीमा हुँदा तल्बिया पढ्छ वा हवाईजहाजमा यात्रा गर्ने व्यक्ति मिकातमा पुग्दा वा अलिकति अगाडि तल्बिया पढ्छ भने केही फरक पर्दैन ।

एहरामको लुगामा अत्तर दल्नु ।

तर सही कुरा के हो भने पुरूषले नुहाएपछि मात्र शरीरमा अत्तर दल्नु मुस्तहब हो ।

कतिपय मानिसहरूले एहराम लगाउँदा गुप्ताङ्ग र काखीका रौंहरू खौरनु तथा नङ काट्नुलाई अनिवार्य ठान्छन् वा यसलाई एहरामको सुन्नत ठान्छन् ।

तर वास्तवमा यो एक प्राकृतिक सुन्नत हो जुन आवश्यक अनुसार सफा गर्नुपर्ने हुन्छ ।

मीकात भन्दा पहिला एहराम बाँध्नु ।

यो सुन्नत विपरीत हो । तर यदि हवाईयात्रुलाई विमानको गतिले गर्दा मीकातबाट बिना एहराम गुज्रिने डर छ भने उसले मीकात आउनु केही अघि इहराम लगाउन सक्छ । त्यसैगरी निन्द्राले गर्दा मीकातबाट बिना एहराम गुज्रिने डर छ भने उसले पनि आफ्नो आवश्यकता अनुसार केही अघि इहराम लगाउन सक्छ ।

हज वा उमरह गर्नेले बिना एहराम मीकातदेखि अगाडि बढ्नु, चाहे त्यो अज्ञानता, लापरवाही वा हवाईजहाजमा भएको कारणले होस् ।

हज वा उमरह गर्ने व्यक्तिले बिना एहराम मीकातदेखि अगाडि बढ्छ भने : उसले अनिवार्य रुपमा मीकातमा फर्केर एहराम लगाउनुपर्छ । त्यसैगरी कोही जेद्दा विमानस्थलमा आइपुग्छ र कुनै कारणवश विमानमा एहराम लगाएन भने उसले पनि अनिवार्य रुपमा नजिकको कुनै मीकातमा गएर एहराम लगाउनुपर्छ । तर यदि कोही मिकात वा मिकातको हाराहारीबाट जाँदैन भने उसले जेद्दाहबाट इहराम लगाउँछ, जस्तै सुडानका मानिसहरू हवाईजहाज वा पानी जहाजबाट आइपुग्दा जेद्दाहबाट इहराम लगाउँछन् र यो अपवाद हो । तर यदि उनीहरुले यलमलाम वा अल-जुहफा मिकातको वरपर वा हाराहारीबाट गुज्रिरहेका कुरा थाहा पाउँछन् भने उनीहरुले त्यहींबाट एहराम लगाउनुपर्छ ।

सिलाईको बारेमा गलत बुझाइ के छ भने यसको अर्थ सिलाइएको सबै कुरा हो, त्यसैले केही मानिसहरू सिलाई भएको बेल्ट वा जुत्ता लगाउन हिच्किचाउँछन् ।

यो गलत हो । सिलेको अर्थ भनेको शारीरिक आकारमा सिलाइएको लुगा हो, जस्तै दौरासुरुवाल, शर्ट, पैन्ट, टोपी, मोजा इत्यादि ।

महिलाले पंजा, बुर्का (नोजपिस) वा नकाब वा अनुहार छोप्ने घुम्टो लगाउनु ।

तर महिलाले पर-पुरूष (गैर-महरम) को अगाडि आफ्नो अनुहार र दुवै हातलाई नकाब र पंजा बाहेक अरू कपडाले छोप्नुपर्छ; किनकि नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले एहरामको अवस्थामा महिलाका लागि नकाब र पंजा लगाउन मनाही गर्नुभएको छ ।

कतिपय मानिसहरूले महिलाहरूले इहरामको लागि कालो, हरियो वा सेतो रंगको विशेष पोशाक लगाउने सोच राख्छन् ।

यो सत्य होइन; महिलाहरूले अङ्गप्रदर्शन नहुने जुनसुकै रङ्गको खुकुलो र बाक्लो पोशाक लगाउन सक्छन् ।

कतिपय मानिसहरूले इहरामको लुगा फेर्न वा फुकाल्न अनुमति छैन भन्ने सोच्छन् ।

सही कुरा के हो भने एहरामको कपडा मज्जाले फेर्न वा धोएर लगाउन सकिन्छ ।

इहरामको सुरुवातदेखि अन्त्यसम्म इज्तिबा गर्नु ।

सही कुरा के हो भने उमरहको तवाफ वा 'तवाफुल्-कुदूम' गर्दा मात्र ‘इज्तिबा’ गर्नु सुन्नत हो ।

बिना कुनै धार्मिक र वैधानिक कारण इहराम फुकाल्नु र हलाल हुनु ।

मुहरिम (इहराममा रहेका हाजी) ले आफ्नो हज र उमरहको विधिहरू पूरा नगरेसम्म इहरामबाट बाहिर निस्कन मिल्दैन । तर कुनै धार्मिक कारण छ भने एहराम खोल्न मिल्छ, जस्तै मक्का जान र हज गर्नबाट बाटोमा रोकियो भने यस्तो अवस्थामा एहराम खोल्न (हलाल हुन) मिल्छ । यदि उसले इहराम लगाउने बेला शर्त राखेको छ भने उसले केही गर्नु पर्दैन । यदि शर्त राखेको छैन भने उसले फिदया (जरिवाना) स्वरूप एउटा बाख्र हलाल गर्नुपर्छ अनि त्यसपछि कपाल कटाएर वा खौरेर इहरामबाट बाहिर निस्कन सक्छ ।

***

दोस्रो: तवाफ गर्दा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तिहरू

मस्जिदे हराममा प्रवेश गर्दा वा काबा हेर्दा अप्रमाणित दुआहरू पढ्न अनिवार्य ठान्नु ।

तर सुन्‍नत भनेको नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित दुआहरू मात्र पढ्नु ।

तवाफ सुरू गर्नु अघि मुखले नियत गर्नु ।

तर वास्तवमा नियत हृदयले हुन्छ, त्यसैले मुखैले उच्चारण गर्नु हुँदैन ।

सावधानीको नाममा हज्रे-अस्वद भन्दा पहिले तवाफ (परिक्रमा) सुरु गर्नु ।

यो अतिशयोक्ति र अतिवाद हो ।

हज्रे-अस्वद पार गरेपछि तवाफ सुरु गर्नु र यसलाई एक चक्कर मान्नु ।

यो गलत हो र यदि कसैले त्यसो गर्छ भने उसको यो चक्कर मानिने छैन ।

हज्रे-अस्वददेखि तवाफ आरम्भ गर्दा नमाज जस्तै दुवै हात माथि उठाएर इशारा गर्नु वा दुवै हात तीन पटक उठाउनु ।

तर सुन्‍नत भनेको दाहिने हातले एक पटक मात्र इशारा गर्नु हो ।

हज्रे अस्वदको अगाडि लामो समयसम्म उभिनु ।

तर सुन्नत भनेको लामो समयसम्म उभिनु हुँदैन ।

हज्रे अस्वदलाई चुम्न अत्यधिक भीडभाड र तछाडमछाड गर्नु ।

तर भीडभाड नगर्नु सुन्‍नत हो । यदि सजिलोसँग ‘हज्रे-अस्वद’ लाई चुम्न सकिन्छ भने चुम्ने नत्र टाढादेखि इशारा गर्ने ।

यदि तक्बीर वा इशारा नगरिकन ‘हज्रे-अस्वद’ बाट गुज्रियो भने फेरि पछि फर्किनु र अल्लाहु अक्बर भन्नु ।

यो सबै गलत हो, किनभने यो सुन्नत हो र सुन्नत छुट्यो भने पुनः फर्केर गर्नु पर्दैन । यदि कसैले बिर्सिएर वा जानीजानी अल्लाहु अक्बर भनेन भने केही फरक पर्दैन ।

प्रत्येक चक्करमा छुट्टाछुट्टै विशेष दुआ गर्नु ।

यसको कुनै प्रमाण छैन । तवाफ गर्ने व्यक्तिले आफूलाई मनपर्ने दुनियाँ र आखिरतको राम्रो कुरा माग्ने हो [१]। त्यसैगरी सुब्हानल्लाह, अल्हम्दु लिल्लाह, अल्लाहु अक्बर, ला इलाह इलल्लाह जस्ता प्रमाणित जिक्र (स्तुति) हरू र कुर्आनको तिलावत गर्नु हो ।

तवाफ गर्दा प्रत्येक चक्करमा रमल गर्नु ।

तर सुन्‍नत भनेको तवाफको पहिलो तीन चक्करमा मात्र रमल गर्नु हो ।

तवाफ गर्दा काबालाई बिना कुनै कारण बायाँ तिर नराख्नु ।

तर सुन्नत भनेको काबालाई आफ्नो बायाँतिर राख्नु हो, त्यसैले यो सुन्नतलाई उल्लंघन गर्नु हुँदैन । यदि भीडभाड वा यस्तै कुनै वैधानिक कारण छ भने केही फरक पर्दैन ।

रुक्ने-यमानीलाई चुम्बन गर्ने वा चुम्बन गर्न सकिएन भने हातले इशारा गर्ने ।

तर सुन्नत भनेको ‘रुक्ने-यमानी’ लाई हातले छुने हो, चुम्बन गर्ने होइन । यदि छुन सकिएन भने हातले इशारा नगरिकन त्यत्तिकै गुज्रिने हो ।

काबाका भित्ता र सबै कुनाहरूलाई हातले छुनु वा चुम्बन गर्नु ।

तर यो सुन्‍नत विपरीत काम हो, किनकि केवल ‘हज्रे-अस्वद’ लाई चुम्न सुन्नत हो र ‘रुक्ने-यमानी’ लाई हातले मात्र स्पर्श गर्नु सुन्नत हो ।

‘रुक्ने-यमानी’ र हज्रे अस्वदको स्पर्श भनेको बरकत (आशीर्वाद) को लागि हो, उपासनको लागि होइन भनेर ठान्नु ।

यो सबै अज्ञानता र पथभ्रष्टताको परिणाम हो, किनकि लाभ र हानि केवल अल्लाहको हातमा छ । उमर (रजियल्लाअन्हु) ले हज्रे अस्वदलाई चुम्बन गरे र भने: "मलाई थाहा छ तिमी एउटा ढुङ्गा हौ जसले न त हानि गर्न सक्छ न त फाइदा नै । यदि मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिमीलाई चुम्बन गरेको नदेखेको भए म तिमीलाई चुम्बन गर्ने थिइनँ ।" [१] (बुखारी : १५९७)

तवाफ गर्दा ठूलो स्वरमा दुआ गर्नु र अरूलाई दु:ख दिनु ।

तर सुन्नत भनेको मात्र आफ्नो पालनकर्तालाई सुनाउने गरि विस्तारै दुआ गर्नु र अरूलाई दु:ख नदिनु ।

तवाफको क्रममा तस्बिर खिच्न वा अन्य कुराकानी गर्नमा व्यस्त हुनु ।

तर वास्तवमा तवाफ गर्दा आफ्नो पालनकर्तालाई नम्रता, समर्पण र हृदयको उपस्थितिका साथ सम्झनु पर्छ ।

हज्रे अस्वदसम्म पुग्नु अघि पुष्टि नगरी तवाफ समाप्त गर्नु ।

तर वाजिब के हो भने तवफको सातौं चक्करमा हज्रे अस्वदको हाराहारीमा पुगेको निश्चित नभएमा तवाफ समाप्त गर्नु हुँदैन ।

तवाफपछि दुई रकात नमाज मकामे इब्राहीमको ठीक पछाडि वा नजिकै पढ्नु पर्छ भन्ने धारणा राख्ने, जसले गर्दा त्यहाँ भीडभाड हुन्छ र तिनीहरूले हजको समयमा तीर्थयात्रीहरूलाई दु:ख दिन्छन् र उनीहरूको तवाफमा बाधा पुर्‍याउँछन् ।

यो गलत धारणा हो, तवाफपछिको दुई रकात मस्जिद हरामको कुनै पनि ठाउँमा पढ्न सकिन्छ । मकामे इब्राहीलाई आफु र काबाको बीचमा गरेर पढ्न सकिन्छ, चाहे जति टाढा भए पनि वा भीडभाड नरहेको मस्जिदको प्रांगण वा कुनै पनि कुनामा नम्रता र शान्तिका साथ सलाह पढ्न सकिन्छ ।

तवाफको दुई रकअत लामो गर्नु र त्यसपछि दुआ गर्नु ।

तर सुन्नत भनेको ती दुई रकातलाई छोटो पढ्नु र त्यसपछि दुआ नगर्नु हो; किनभने यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छैन ।

इज्तिबाको अवस्थामा ती दुई रकातलाई पढ्नु ।

तर सुन्नत भनेको तवाफ पूरा गरेपछि तुरुन्तै आफ्नो चादरले काँधलाई छोप्नु हो ।

***

तेस्रो: सई गर्दा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू

सई गर्दा इज्तिबाको गर्नु ।

केवल तवाफ गर्दा इज्तिबाह गर्नुपर्छ भन्ने कुरा अघि नै उल्लेख भइसकेको छ ।

सई सुरु गर्नुभन्दा पहिला मुखले नियत गर्नु ।

नियत हृदयले हुन्छ मुखले हुँदैन भन्ने कुरा अघि नै उल्लेख भइसकेको छ ।

मर्वाबाट सई आरम्भ गर्नु ।

यो गलत हो र यदि कसैले त्यसो गर्छ भने उसको यो चक्कर मानिने छैन ।

कतिपय मानिसहरूले जानु र आउनु एक चक्कर पूरा हुन्छ ठान्दछन्, त्यसैले उनीहरूले १४ चक्कर हिँड्छन् ।

यो गलत हो, किनभने ‘सफा’ देखि 'मर्वा' सम्म एक चक्कर पुरा हुन्छ र 'मर्वा' देखि ‘सफा’ सम्म दोस्रो चक्कर पुरा हुन्छ । सफादेखि सईको शुरुवात हुन्छ र मर्वामा पुगेर पुरा हुन्छ ।

"सफा" पहाडको टुप्पोमा जानु अनिवार्य हो सोच्नु ।

यसको कुनै प्रमाण छैन ।

नमाजका तक्बीरहरूमा गरे जस्तै दुवै हातहरू उठाउनु र इशारा गर्नु ।

सही कुरा भनेको किब्लातर्फ फर्केर प्रमाणित दुआहरू पढ्नु पर्याप्त हो ।

महिलाले दुई हरियो बत्तीको बीचमा पुरूष झैं दौड्नु ।

तर महिलाले सामान्य चालमा हिँड्नु पर्याप्त हो भन्ने कुरामा सम्पूर्ण ओलमा (धर्म विद्) हरूको इजमाअ (सम्मति) रहेको छ; ताकि महिला बेपर्दा नहोउन् ।

प्रत्येक चक्करमा छुट्टाछुट्टै विशेष दुआ गर्नु ।

यसको कुनै प्रमाण छैन, बरु आफूलाई मनपर्ने दुआहरू गर्नुहोस् [२]।

सई गर्दा ठूलो स्वरमा दुआ गर्नु र अरूलाई दु:ख दिनु ।

तर सुन्नत भनेको मात्र आफ्नो पालनकर्तालाई सुनाउने गरि विस्तारै दुआ गर्नु र अरूलाई दु:ख नदिनु ।

सफा र मर्वाबीचमा सई गर्दा प्रत्येक चक्करमा दौडनु ।

तर सुन्नत भनेको दुई हरियो बत्तीको बीचमा मात्र दौड्नु हो ।

सई पूरा गरेपछि दुई रकात नमाज पढ्नु ।

यो नमाज पढ्नु हुँदैन; किनभने यो प्रमाणित छैन ।

हज र उमरह बाहेक नफ्ली (अतिरिक्त) सई गर्नु ।

नफ्ली (अतिरिक्त) सई गर्नु प्रमाणित छैन ।

***

चौथो: कपाल खौरने वा छोटो पार्ने क्रममा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू

कपाल खौरँदा वा छोटो पार्दा यता उताबाट मात्र कटाउनु ।

तर सुन्नत भनेको सिङ्गो टाउकोको कपाल खौरनु वा छोटो पार्नु हो ।

मस्जिद हराम भित्र कपाल खौरने वा छोटो पार्ने र त्यसमा कपाल फाल्ने ।

मस्जिदे हरामको सम्मान गर्नु र यसको सफाइमा ध्यान दिनु वाजिब हो ।

कपाल खौरन वा कटाउनमा धेरै ढिलासुस्ती गर्नु जसले गर्दा बिर्सन वा त्यसबाट विचलित हुन जान्छ ।

तवाफ र सई पूरा गरेपछि तुरुन्तै कपाल कटाउनु सुन्नत हो ।

कपाल खौरनु वा छोटो पार्नु अघि इहरामका निषेधित कार्यहरू गर्नु ।

तर वास्तवमा कपाल खौरनु वा छोटो पार्नु अघि इहरामका कुनै पनि निषेधित काम गर्नु हुँदैन ।

***

हजसँग सम्बन्धित सुन्नत विपरीत केही कार्य र गल्तीहरू

पहिलो: आठौं जिल्-हिज्जाको दिन मानिसहरूले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू

कतिपय मानिसहरूले आठौं जिल्-हिज्जाको दिन मस्जिद हराम वा काबाको तलबाट एहराम लगाउनुपर्छ भन्ने सोच्छन् ।

तर सुन्नत भनेको आफू बसेको ठाउँदेखि एहराम लगाउनुपर्छ; चाहे मक्का होस् वा मिना ।

जुहर नमाज पछि एहराम लगाउनु ।

तर सुन्नत भनेको जोहर भन्दा पहिला एहराम लगाउनुपर्छ ।

सक्षम हुँदाहुँदै पनि मीनामा रात नबिताउनु ।

हाजीले सक्षम भएसम्म मीनामा रात बिताउनु; किनभने यही नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत हो ।

मिनामा पूरापूरा नमाजहरू पढ्नु ।

तर मिनामा सम्पूर्ण सलाह (नमाज) हरू समयकासाथ कस्र (दुई-दुई) गरी पढ्नु सुन्नत हो; यसैमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण हो ।

***

दोस्रो: अरफातको दिन मानिसहरूले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू

सावधानीको नाममा आठौं जिल्-हिज्जाको दिन केही समय अरफातमा बिताउनु ।

यो अतिशयोक्ति र अतिवाद हो जुन निषेधित छ ।

आठौं जिल्-हिज्जाको दिन वा नवौं जिल्-हिज्जाको रातमा ‘अरफात’ जानु र त्यहाँ रात बिताउनु ।

यो सुन्नत विपरीत कार्य हो र मिनामा रात बिताउने सुन्नतको उल्लंघन हो ।

अरफातको सीमा बाहिर बस्नु ।

हाजीले आफू अरफातको सिमाना भित्र उभिएको सुनिश्चित गर्नुपर्छ ।

मस्जिद नमिरह मा इमामसँग नमाज पढ्नु अनिवार्य ठानेर त्यहाँ उभिन तछाडमछाड गर्नु ।

यो अनिवार्य होइन र यसको लागि भीडभाड गर्न अनुमति छैन ।

पहाड (इलाल) तिर फर्केर दुआ गर्नु ।

तर सुन्नत भनेको किब्लातर्फ फर्केर दुआ गर्नु हो ।

इलाल पर्वतमाथि चढ्नु अनिवार्य हो वा यो हजको एक अनुष्ठान हो वा अरफातको बाँकी ठाउँभन्दा यसको विशेषता छ भन्ने विश्वास गर्नु ।

यसको कुनै प्रमाण छैन, बरु यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तरिका विपरीत कार्य हो ।

इलाल पर्वतलाई ‘रहमत’ वा ‘दुआ’ पर्वत नामाकरण गर्नु ।

वास्तवमा यसको नाम 'इलाल' हो र यसलाई रहमत वा दुआको पहाड भन्ने कुनै आधार छैन ।

अरफातको पहाडमा आदमको गुम्बज भनिने गुम्बजमा प्रवेश गर्नु, त्यहाँ नमाज पढ्नु र काबाको तवाफ गरे जस्तै यसको परिक्रमा गर्नु ।

यी सबै निषेधित बिदअत (दीनमा नयाँ कुरा) हरू हुन्, जसले शिर्कसम्म पुर्याउन सक्छ ।

अरफात स्थित रहमत् नामी पर्वतमा स्थापित खम्बाबाट बरकत लिनु र त्यसमा नामहरू लेख्नु ।

यी सबै निषेधित बिदअत (दीनमा नयाँ कुरा) हरू हुन्, जसले शिर्कसम्म पुर्याउन सक्छ ।

अरफात पर्वत वा अल-नूर पर्वतको चिरामा पैसा, कपाल, नङ, कपडा वा यस्तै अरू केही राख्नु र यसो गर्दा उनीहरू पुनः यी स्थानहरूमा आउन पाउँने छन् भन्ने विश्वास गर्नु ।

यी सबै निषेधित बिदअत (दीनमा नयाँ कुरा) हरू हुन्, जसले शिर्कसम्म पुर्याउन सक्छ ।

कतिपय मानिसहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उभिनु भएको ठाउँमा उभिनु अनिवार्य हो भन्ने विश्वास गर्छन् र यसको लागि कष्ट गर्छन् ।

तर सही कुरा के हो भने यो अनिवार्य छैन र यसको लागि कष्ट गर्न अनुमति छैन ।

समय बर्बाद गर्नु, दुआ र जिक्रलाई बेवास्ता गर्नु र बेकारका कुराहरूमा व्यस्त हुनु हो ।

सूर्यास्त हुने बेला वा दिनको अन्तिम प्रहरसम्म दुआ सुरु गर्नु ढिलासुस्ती गर्नु ।

उभिएर दुआ गर्न आफूलाई कष्ट दिनु, यो नै सुन्नत हो भनेर सोच्नु वा अरफातमा रोकिनु भनेको उभिनु हो भनेर सोच्नु ।

तर सही कुरा के हो भने अरफातमा रोकिनु भनेको यस समयमा त्यहाँ हुनु हो चाहे त्यो उभिएर होस्, बसेर होस्, सवारीमा होस् वा पैदल हिँडेर होस् ।

सूर्यास्तअघि अरफातबाट प्रस्थान गर्नु ।

यो हराम हो; किनकि यो नबी (सल्लल्लाहु अलैहि वसल्लाम) को सुन्नत विपरीत हो ।

सूर्यास्तपछि बिना कुनै कारण ढिलो प्रस्थान गर्नु ।

कुनै वैधानिक करण छैन भने सूर्यास्तपछि तुरुन्तै निस्कनु सुन्नत हो ।

केही मानिसहरूले शुक्रवारको दिन अरफातमा रोकिनु सत्तरी हज बराबर हो भनेर विश्वास गर्छन् ।

यसको कुनै प्रमाण छैन ।

***

तेस्रो: मुज्दलिफा जाने र त्यहाँ रात बिताउने क्रममा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू

अरफातबाट मुज्दलिफा प्रस्थान गर्दा हतार गर्नु र गाडीहरूलाई बाधा पुर्‍याउनु ।

तर सुन्नत भनेको शान्ति र सम्मानका साथ प्रस्थान गर्नु र कसैलाई दुःख नदिनु हो ।

केही मानिसहरूले मुज्दलिफामा रात बिताउनु अघि नुहाउनु सुन्नत हो भन्ने सोच्छन् ।

यसको कुनै प्रमाण छैन ।

कतिपय मानिसहरूले सवार व्यक्तिले ओर्लेर पैदल मुज्दलिफामा प्रवेश गर्नु मुस्तहब हो भन्ने सोच्छन् ।

यसको कुनै प्रमाण छैन ।

मुज्दलिफाको सिमाना भित्र रहेको सुनिश्चित नगरी कुनै पनि स्थानमा ओर्लनु ।

मुज्दलिफामा ओर्लने बित्तिकै सलाह नपढीकन अन्य काममा व्यस्त हुनु ।

मुज्दलिफामा पुगेपछि तुरुन्तै नमाज पढ्नु सुन्नत हो ।

मुज्दलिफामा प्रवेश गर्दा नै ढुङ्गा सङ्कलनमा व्यस्त हुनु र यो सुन्नत हो भन्ने ठान्नु ।

यसको कुनै प्रमाण छैन ।

मग्रिब र ईशाको सलाहलाई समय निस्किने बेलासम्म ढिला गर्नु; यसको अन्तिम समय मध्यरात हो ।

ममग्रिब र ईशाको सलाह मध्यरात हुनु अघि पढ्नु वाजिब हो, चाहे मुज्दलिफा पुग्नुभन्दा पहिले नै किन नहोस् ।

मुज्दलिफाको रात नमाज, उपासना वा रमाइलो र खेलकुदमा बिताउने ।

तर आजको रात सुत्न र आराम गर्नुमा नै नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतको अनुसरण हो र यसले ईदको दिनका कर्तव्यहरू पूरा गर्न सहज हुनेछ ।

अशक्त र उनीहरूका साथीहरूले मध्यरात अघि निस्किनु ।

तर वास्तवमा मध्य रात काटेर निस्कनु वाजिब हो ।

अशक्त र उनीहरूका साथीहरू बाहेकका व्जोयक्तिहरूले फजर अघि निस्कनु ।

मुज्दलिफामा फज्रसम्म बस्नु वाजिब हो ।

सूर्योदय नभएसम्म मुज्दलिफाबाट निस्कन ढिलो गर्नु ।

सूर्योदय हुनु भन्दा पहिला निस्कनु सुन्नत हो ।

***

चौथो: कुर्बानीको दिन मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू

कतिपयले ढुङ्गा हान्नको लागि नुहाउनु पर्छ भनेर ठान्ने ।

यसको कुनै प्रमाण छैन ।

'जमरात’ लाई हान्ने ढुङ्गाहरू धुनु ।

यसको कुनै प्रमाण छैन ।

केवल मुजदलिफाबाट सङ्कलन गरिएको ढुङ्गाले रमी मान्य हुन्छ भन्ने विश्वास गर्नु ।

यसको कुनै प्रमाण छैन, बरू जुनसुकै ठाउँबाट ढुङ्गा टिप्न सकिन्छ ।

ढुङ्गा बाहेक अन्य वस्तुले वा ठूला ढुङ्गाले रमी गर्नु ।

यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मार्गदर्शन विपरीत हो ।

क्रोधित भएर रमी गर्नु र जमरात नै शैतान हो भन्ने विश्वास गर्नु ।

रमी गर्न (ढुङ्गा हान्न) जाँदा सामुहिक रुपमा एकताबद्ध भएर हिँड्ने र मानिसहरूलाई दुख दिने ।

रमी गर्दा प्रमाणित भन्दा बढी जिक्र गर्नु ।

केवल अल्लाहु अक्बर भन्नु नै उत्कृष्ट हो ।

सातै ढुङ्गा एकैसाथ हान्नु ।

यो केवल एक पटक भयो; किनभने एक-एक गरी ७ पटक हान्नु पर्दछ ।

रमी गर्दा ढुङ्गाले नहान्ने र त्यत्तिकै हौजमा राख्दिने ।

यो पर्याप्त छैन, विस्तारै भएपनि कम्तिमा ढुँगाले हानेको हुनु पर्छ ।

रमी गर्दा त्यहाँ देखिने पर्खालमा पुर्याउने लक्ष्य हुनुपर्छ जग (जरा) होइन ।

देखिने पर्खाललाई नलागे पनि कम्नतीमा हौजमा पर्नुपर्छ ।

टाढैबाट ढुंगा हान्नु र जमरातको हौजमा पुगेको छ/छैन निश्चित नगर्नु ।

ठूलो जमरातलाई रमी गरेपछि दुआको लागि उभिनु ।

‘ठूलो जमरात’ लाई ढुङ्गा हानिसकेपछि दुआ गर्नु प्रमाणित छैन ।

कुर्बानीको दिन भन्दा अघि तमत्तो र किरान हजको हदी (कुर्बानीको जनावार) वध गर्नु ।

यदि कसैले त्यसो गर्छ भने त्यो मान्य हुँदैन र उसले शरियाले तोकेको समयमा पुनः कुर्बानी गर्नुपर्छ, जुन ईदको दिनदेखि तशरिकको अन्तिम दिनसम्म हो ।

कुर्बानी गर्नको सट्टा यसको मूल्यलाई दान गर्नु ।

यदि कसैले त्यसो गर्छ भने त्यो मान्य हुँदैन र उसले कुर्बानी गर्नु पर्छ ।

टाउकोको केही भाग मात्र खौरनु वा छोटो पार्नु ।

तर सुन्नत भनेको पुरै टाउकोको कपाल खौरनु वा छोटो पार्नु हो ।

'तवाफुल-कुदुम' नै 'तवाफुल्-इफाजह' को लागि पर्याप्त छ ठान्नु वा अराफत र मुजदलिफामा उभिनु अघि वाफुल्-इफाजह गर्नु ।

यदि कसैले त्यसो गर्छ भने त्यो मान्य हुँदैन, किनभने तवाफुल्-इफाजह हजका अर्कान (आधार) हरूमध्ये एउटा ठूलो आधार हो र यो नगरिकन हज अपूर्ण रहनेछ । जुन अराफत र मुजदलिफा पछि मात्र मान्य हुन्छ ।

***

पाँचौं: 'तशरीक’ का दिनहरूमा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू

जमरातलाई ढुङ्गा हान्न अरूलाई वकिल बनाउन उदारता ।

वास्तवमा, हाजीले स्वयम रमी गर्नुपर्छ, तर कुनै वैधानिक कारण छ भने अरूलाई वकिल बनाउन जायज छ ।

रमी गर्न अरूलाई वकिल बनाउनेले हजका कार्य र दिनहरू समाप्त हुनु भन्दा पहिला यात्रा गर्नु ।

यो गलत हो । उसले हजका सम्पूर्ण वाजिब र अर्कानहरू पूरा नभएसम्म मीना वा आफू रहेको ठाउँमा बस्नुपर्छ र अन्तमा तवाफुल्-वदा गरेर प्रस्थान गर्नुपर्छ ।

‘तशरीक’ का दिनहरूमा जवाल (जुहर) भन्दा पहिला रमी गर्नु ।

जवाल (जुहर) पछि रमी गर्नु सुन्नत हो ।

रमी गर्दा तीनै (सानो, मध्यम र ठूलो) जमरातलाई क्रमशः रमी नगर्नु ।

जमरातलाई क्रमशः रमी गर्नु वाजिब हो । पहिला सानो, त्यसपछि मध्यम र अन्तमा ठूलो जमरात; जसलाई जमरतुल-अक्बह भनिन्छ । जसले यसको विपरीत वा फरक तरिकाले गर्छ, उसले क्रमबद्ध रूपमा दोहोर्याउनु पर्छ र सानो जमरात अनि त्यसपछि अर्कोमा ढुङ्गा हान्नुपर्छ ।

ठूलो जमरातलाई रमी गरेपछि दुआको लागि उभिनु ।

केवल सानो र मध्यम जमरातलाई ढुङ्गा हानेपछि दुआ गर्नु सुन्नत हो ।

***

छैटौं: तवाफुल्-वदामा मानिसले गर्ने केही सुन्नत विपरीत कार्य र गल्तीहरू

अन्तिम दिनको रमी भन्दा पहिला तवाफुल्-वदा गर्नु; ताकि रमी गरेपछि तुरुन्तै यात्रा गर्न सकोस् ।

यो गलत हो । यदि कसैले त्यसो गर्छ भने त्यो मान्य हुने छैन, किनकि उसले गलत समयमा गरेको छ र उसले ढुङ्गा हानेपछि पुनः तवाफ दोहोर्याउनु पर्छ ।

रमी गर्न अरूलाई वकील बनाउनु र वकीलको रमी गर्नु अघि तवाफ गर्नु ।

सही तरिका के हो भने उसले ढुङ्गा हानेसम्म पर्खनु पर्छ र त्यसपछि तवाफुल्-वदा (बिदाई तवाफ) गर्नुपर्छ ।

काबाप्रति सम्मान व्यक्त गर्दै पिठ्यूँ नफर्काएर उल्टै हिँड्नु ।

यसको कुनै प्रमाण छैन र सबैभन्दा राम्रो तरिका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तरिका हो ।

मस्जिदे हरामबाट बाहिर निस्कँदा दुआको लागि उभिनु ।

यसको कुनै प्रमाण छैन ।

तवाफुल्-वदा गरिसकेपछि बिना कुनै वैधानिक कारण लामो समयसम्म मक्कामा बस्नु ।

तवाफुल्-वदा पछि तुरुन्तै मक्का छोड्नु अनिवार्य हो, तर सहयात्रीको लागि पर्खनु वा यात्रा सामग्रीहरू किन्नु आदिमा केही आपत्ति छैन ।

यदि बिना वैधानिक कारण लामो समयसम्म बस्यो भने : उसले तवाफुल्-वदा दोहोर्याउनु पर्छ ।

मस्जिदे नबवीको भ्रमणसँग सम्बन्धित सुन्नत विपरीत कार्य र गल्तीहरू

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को कब्रको जियारत गर्दा भित्ता र जालीमा हातले स्पर्श गर्नु र बरकतको लागि झ्यालहरूमा धागो आदि बाँध्नु ।

बरकत केवल अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा निर्धारित कुराहरूमा हुन्छ, बिदअत (नयाँ कुरा) हरूमा होइन ।

गारे-हिरा, गारे-सौर र उहुद पर्वतका गुफाहरूमा जानु, त्यहाँ धागो आदि बाँध्नु अनि अल्लाहले अनुमति नदिनुभएको दुआहरू गर्नु र त्यसो गर्दाको कठिनाइ सहनु ।

यी सबै कार्यहरू बिदअत (दीनमा नयाँ कुराहरू) हुन्, जसको इस्लामिक शरियतमा कुनै आधार छैन ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अवशेषहरू भएको दाबी गर्दै केही ठाउँहरूको भ्रमण गर्नु, जस्तै ऊँटनी बसेको ठाउँ, औंठीको इनार वा उस्मानको इनार र त्यहाँबाट बर्कत (आशीर्वाद) को लागि माटो लिने ।

बकी कब्रिस्तान र उहुदका शहीदहरूको चिहानमा जाँदा मृतकहरूसँग दुआ माग्नु र तिनीहरुको नजिक हुन वा तिनीहरूबाट आशीर्वाद प्राप्त गर्न पैसा फाल्नु ।

यी सबै धेरै खतरनाक गल्तीहरू हुन्, बरु यो ठूलो शिर्क हो भनेर उलमा (विद्वान) हरूले उल्लेख गरेका छन् अनि कुर्आन र हदीसबाट प्रमाणित गरेका छन्, किनकि इबादत (उपासना) केवल अल्लाहको लागि गर्नुपर्छ र यसको कुनै पनि भाग अल्लाह बाहेक अरू कसैलाई समर्पित गर्नु अनुमति छैन, जस्तै बिन्ती, बलिदान, भाकल आदि । अल्लाहले भन्नुभएको छ: "तर तिनीहरूलाई केवल अल्लाहको उपासना गर्ने र उहाँको लागि निष्ठापूर्वक समर्पित हुने आदेश दिइएको थियो ।" [सूरह अल्-बय्यिना : ५]

अल्लाहले हाम्रा नबी मुहम्मदमाथि दरूद र सलाम (दया र शान्ति) अवतरण गरून् ।