Skip to content
مقدمة وغلاف المنتقى من موسوعة الأحاديث النبوية

مقدمة وغلاف المنتقى من موسوعة الأحاديث النبوية

बिस्मिल्ला हिर्रहमा निर्रहीम (सुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु हुनुहुन्छ)। भूमिका सम्पूर्ण प्रशंसा एवं महिमागानहरू अल्लाहकै लागि छन् । उहाँ नै सम्पूर्ण जगतका सृष्टिकर्ता एवं पालनकर्ता हुनुहुन्छ । दरूद र सलाम (शान्ति र आशिर्वाद) अवतरण होस् अल्लाहको अन्तिम रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका समस्त घरपरिवार, सहाबा (साथी) हरू र महाप्रलयको दिनसम्म उहाँलाई सही तरिकाले अनुसरण गर्ने सम्पूर्ण व्यक्तिहरूमाथि, "अम्मा बाद" (त्यसपछि) : मुस्लिमले अल्लाहको पुस्तक; कुर्आनपछि सबैभन्दा बढी पढ्ने, मनन गर्ने, ध्यान दिने, सिक्ने, सिकाउने र अमल (अभ्यास) गर्नुपर्ने भनेको…

Language: lang_ne
Prepared by:
Version: 1.0

बिस्मिल्ला हिर्रहमा निर्रहीम (सुरु गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु हुनुहुन्छ)।

भूमिका

सम्पूर्ण प्रशंसा एवं महिमागानहरू अल्लाहकै लागि छन् । उहाँ नै सम्पूर्ण जगतका सृष्टिकर्ता एवं पालनकर्ता हुनुहुन्छ । दरूद र सलाम (शान्ति र आशिर्वाद) अवतरण होस् अल्लाहको अन्तिम रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका समस्त घरपरिवार, सहाबा (साथी) हरू र महाप्रलयको दिनसम्म उहाँलाई सही तरिकाले अनुसरण गर्ने सम्पूर्ण व्यक्तिहरूमाथि, "अम्मा बाद" (त्यसपछि) :

मुस्लिमले अल्लाहको पुस्तक; कुर्आनपछि सबैभन्दा बढी पढ्ने, मनन गर्ने, ध्यान दिने, सिक्ने, सिकाउने र अमल (अभ्यास) गर्नुपर्ने भनेको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत हो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हे मानिसहरू, मैले तिमीहरूका बीचमा यस्तो कुरा छोडेको छु, यदि तिमीहरूले यसको पालना गर्यौ भने कहिले पथभ्रष्ट हुनेछैनौ: त्यो अल्लाहको पुस्तक (कुर्आन) र उहाँको रसूलको सुन्नत हो ।" (यो हदीस इमाम मलिक द्वारा वर्णित छ) र अल्लाहले भन्नुभएको छ : "रसूलले तिमीहरूलाई जुन कुराको आदेश दिनुहुन्छ, त्यसको पालना गर्, र जुन कुराबाट मनाही गर्नुहुन्छ, त्यसबाट टाढा बस ।" [अल्-हश्र: ७] त्यसैले "इस्लामिक सामग्री सेवा संघ" नामक संस्था र रब्वा इस्लामिक सेन्टरले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हदीसहरूको विश्वकोश (इन्साइक्लोपेडिया) तयार गर्न र त्यसलाई चलनचल्तीमा रहेका विभिन्न भाषाहरूमा अनुवाद गर्न परियोजना तयार पारेका छन् ।

अल्लाहले यस इन्साइक्लोपेडियाबाट एउटा संग्रह छनोट गर्न अवसर प्रदान गर्नुभएको छ, जसको आवश्यकता मुस्लिमलाई आफ्नो धर्म र दुनियाँको मामिलाहरूमा पर्छ। साथै यी चयनित हदीसहरूको संक्षिप्त व्याख्या, तिनीहरूको अर्थ, अभिप्राय र केही ज्ञान,बोधहरू पनि उल्लेख गरिएका छन्, र यसको नाम हो : "हदीस इन्साइक्लोपेडियाबाट छनोट गरिएको संग्रह" र यसलाई विश्वका सम्पूर्ण जीवित भाषाहरूमा अनुवाद गर्ने काम जारी छ, ताकि सम्पूर्ण मानवजातिसम्म उनीहरूकै भाषामा यस सामग्रीको लाभ र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत पुगाउन सकियोस्।

र हामीले अल्लाहसँग यस कार्यलाई स्वीकार गर्न, यसलाई मंगलमय बनाउन, र यो सत्कर्म पुर्ण र विशिष्ट रूपले केवल उहाँकै लागि होस् भन्ने आशालाई स्वीकार गर्न , र यसलाई तयार पार्न, अनुवाद गर्न र प्रकाशित गर्न सहयोग गर्ने सबैलाई पुण्य प्रदान गर्न प्रार्थना गर्दछौँ।

अल्लाहले हाम्रो नबी मुहम्मदमाथि दरुद र सलाम (कृपा एवं शान्ति) अवतरण गरून् ।

संक्षिप्त सारांश

हदीसहरु शरिया (इस्लामी कानून) को दोस्रो स्रोत हुन् । अल्लाहले भन्नु हुन्छ : {उहाँ (मुहम्मद)आफ्नो इच्छाले केही बोल्नुहुन्न (३) यो एउटा वह्य (प्रकाशना) हो जुन उहाँतर्फ अवतीर्ण गरिन्छ} (अन्नज्मः ३, ४) ।

हदीस इन्साइक्लोपेडियाबाट छनोट गरिएको यो संग्रहमा व्यापक महत्वपूर्ण हदीसहरू समावेश गरिएका छन्, जुन मुस्लिमलाई आफ्नो दीन (धर्म) र दुनियाँको मामिलाहरूमा एकदम आवश्यक छ । साथै यसको संक्षिप्त र सरल व्याख्या र केही ज्ञान बोधहरू विश्वका जीवित भाषाहरूमा अनुवाद गरिएको छ, ताकि सम्पूर्ण मानवसम्म तिनीहरूको भाषामा यस सामग्रीको लाभ र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत पुग्न सकोस् ।