Skip to content

"जसले मुअज्जिन (अजान दिने व्यक्ति) को अजान सुनेपछि भन्छ, "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन् रसूला व बिल्-इस्लामि दीना", उसका पापहरू क्षमा हुनेछन्।"

साअ्द बिन वक्कास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"जसले मुअज्जिन (अजान दिने व्यक्ति) को अजान सुनेपछि भन्छ, "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन् रसूला व बिल्-इस्लामि दीना", उसका पापहरू क्षमा हुनेछन्।"

«مَنْ قَالَ حِينَ يَسْمَعُ الْمُؤَذِّنَ أَشْهَدُ أَنْ لَا إِلَهَ إِلَّا اللهُ وَحْدَهُ لَا شَرِيكَ لَهُ، وَأَنَّ مُحَمَّدًا عَبْدُهُ وَرَسُولُهُ، رَضِيتُ بِاللهِ رَبًّا وَبِمُحَمَّدٍ رَسُولًا، وَبِالْإِسْلَامِ دِينًا، غُفِرَ لَهُ ذَنْبُهُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले मुअज्जिनले अजान दिएको सुनेपछि भन्छ : "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु” अर्थ: म पुष्टि गर्दछु, स्वीकार गर्दछु र गवाही दिन्छु, अल्लाह बाहेक अरू कोही सत्य पूज्य छैनन् र उहाँ बाहेक अरू सबै, जसको पूजा गरिन्छ, मिथ्या हुन्। "व अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु" अर्थ: मुहम्मद अल्लाहको भक्त हुनुहुन्छ, जसको पूजा गरिदैन र उहाँ अल्लाहको रसूल हुनुहुन्छ, जसलाई झुठो ठहर्याउन सकिदैन भनेर स्वीकार गर्दछु । "रजीतु बिल्लाहि रब्बा" अर्थात् म अल्लाहको स्वामित्व, प्रभुत्व, पूज्यत्व र उहाँका नाम र गुणहरूप्रति विश्वास र आस्था राखेर सन्तुष्ट छु। “व बि मुहम्मदिन् रसूला” अर्थात्: म उहाँ (मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)) मार्फत पठाइएका सबै सन्देशहरू र उहाँले हामीसम्म पुर्याएका सम्पूर्ण शिक्षा र नियमहरू लाई स्वीकार गर्दछु। "व बिल्-इस्लामि" अर्थ: आदेश तथा निषेधहरू सहित इस्लामका सम्पूर्ण सिद्धान्तहरूलाई स्वीकार गर्दछु । "दीनन्" अर्थ: विश्वास र समर्पणका साथ स्वीकार गर्दछु । "उसका साना पापहरू क्षमा हुनेछन्" ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

यो दुआलाई अजान सुनेपछि दोहोर्याउनेले पापहरू क्षमा हुन्छन्।

श्रोतहरू

सही मुस्लिम (1/ 290) (386).

थप (8)

شرح رياض الصالحين.

لابن عثيمين (5/ 39).

مرقاة المفاتيح شرح مشكاة المصابيح.

لملا علي القاري (2/ 562).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (2/ 254).

نزهة المتقين شرح رياض الصالحين.

مجموعة من الباحثين (2/ 771).