Skip to content

हदीस पूरा गर: «इन्नमल आ‘मालु बिन्निय्यात…» र यसका केही फाइदाहरू उल्लेख गर।

الباب / الفصل
قسم الحديث

السؤال

س1: أكمل حديث: «إنما الأعمال بالنيات ...»، واذكر بعض فوائده.

प्रश्न १: हदीस पूरा गर: «इन्नमल आ‘मालु बिन्निय्यात…» र यसका केही फाइदाहरू उल्लेख गर।

الجواب

ج:عن أمير المؤمنين أبي حفص عمر بن الخطاب رَضِيَ اللَّهُ تَعَالَى عَنْهُ قال: سمعت رسول الله صَلَّى اللهُ تَعَالَى عَلَيْهِ وعَلَى آَلِهِ وَسَلَّمَ يقول:

«إنما الأعمال بالنيات، وإنما لكل امرئ ما نوى، فمن كانت هجرته إلى الله ورسوله؛ فهجرته إلى الله ورسوله، ومن كانت هجرته لدنيا يصيبها، أو امرأة ينكحها؛ فهجرته إلى ما هاجر إليه»

رواه البخاري ومسلم.

فوائد من الحديث:

  1. كل عمل لا بد له من نية، من صلاة، وصوم، وحج، وغيرها من الأعمال.
  2. لا بد من الإخلاص في النية لله تَعَالَى.

उत्तर: अमीरुल मुमिनीन अबू हफ्स उमर बिन् खत्ताब (रजियल्लाहु तआला अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो:

“निश्चय नै कर्महरू नियत (मनसाय) मा आधारित हुन्छन् र प्रत्येक व्यक्तिले त्यही पाउँछ जुन उसले नियत गरेको हुन्छ। त्यसैले जसको हिजरत अल्लाह र उहाँका रसूलका लागि हुन्छ, उसको हिजरत अल्लाह र उहाँका रसूलकै लागि हुन्छ र जसको हिजरत दुनियाँ प्राप्त गर्न वा कुनै महिलासँग विवाह गर्नका लागि हुन्छ, उसको हिजरत त्यही कुराका लागि हुन्छ जसका लागि उसले हिजरत गरेको हो।”

(बुखारी र मुस्लिम)

हदीसका केही फाइदाहरू:

१. प्रत्येक कार्यका लागि नियत (मनसाय) अनिवार्य हुन्छ—चाहे त्यो नमाज होस्, रोजा होस्, हज होस् वा अन्य कुनै पनि कार्य।

२. नियत अल्लाह तआलाका लागि खालिस (निष्कपट) हुनु अनिवार्य छ।