हया (लाज) ईमानको एक भाग हो
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले, एक व्यक्तिले आफ्नो भाइलाई ‘हया’ लाजको बारेमा उपदेश दिरहेको सुने, त्यसैले उहाँले भन्नुभयो: "हया (लाज) ईमानको एक भाग हो ।"
سَمِعَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ رَجُلًا يَعِظُ أَخَاهُ فِي الْحَيَاءِ، فَقَالَ: «الْحَيَاءُ مِنَ الْإِيمَانِ».
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्तिले आफ्नो भाइलाई धेरै लाज नमान्ने सल्लाह दिइरहेको सुन्नुभयो, त्यसैले उहाँले लाज ईमानको एक अंश हो र यो व्यक्तिको लागि राम्रो हो भनी स्पष्ट पार्नुभयो । हया (लाज) एक गुण हो, जसले व्यक्तिलाई राम्रो काम गर्न र खराब कामहरूबाट टाढा रहन प्रेरित गर्छ ।
...:
राम्रो काम गर्नबाट रोक्ने स्वभावलाई लाज नभई लाचारी, कमजोरी र कायरता भनिन्छ ।
अल्लाहप्रति हया भनेको उहाँको आदेशहरूको पालना गर्नु र उहाँले निषेध गर्नुभएको कुरालाई त्याग्नु हो ।
मानिसहरुप्रति हया भनेको उनीहरुको सम्मान गर्नु, उनीहरुलाई उचित स्थान दिनु र सामान्यतया खराब मानिने कुराहरूबाट टाढा रहनु हो ।
सही बुखारी (1/ 14) (24).
सही मुस्लिम (1/ 63) (36).
थप (8)
توضيح الأحكام من بلوغ المرام.
للبسام (7/ 489).
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (10/ 330).
فتح ذي الجلال والإكرام.
لابن عثيمين (6/ 427).
سبل السلام بشرح بلوغ المرام.
للصنعاني (2/ 689).