عربي - Arabic English Qafár af - Afar Afrikaans - Afrikanns Akan Shqip - Albanian አማርኛ - Amharic Հայերեն - Armenian অসমীয়া - Assamese Azərbaycanca - Azerbaijani Bamanankan - Bambara Bassa Bemba বাংলা - Bengali Bosanski - Bosnian Български - Bulgarian မြန်မာဘာသာ - Burmese Bisaya - Cebuano Cham Нохчий - Chechen chiCheŵa - Chewa 中文 - Chinese Адыгэбзэ - Circassian Hrvatski - Croatian Česky - Czech Dagbani Dansk - Danish فارسی دری - Dari Dendi ދިވެހި ބަސް - Dhivehi Nederlands - Dutch إستوني - Estonian Suomi - Finnish Français - French Fulfulde - Fula ქართული - Georgian Deutsch - German Ελληνικά - Greek ગુજરાતી - Gujrati Kreyòl ayisyen - Haitian Creole Hausa हिन्दी - Hindi Magyar - Hungarian Igbo Indonesia - Indonesian Italiano - Italian 日本語 - Japanese Jóola - Jola ಕನ್ನಡ - Kannada Қазақша - Kazakh ភាសាខ្មែរ - Khmer Kikuyu Ikinyarwanda - Kinyarwanda Ikirundi - Kirundi 한국어 - Korean كوردی سۆرانی - kurdish كوردي kurmancî - Kurmanji Kyrgyz ລາວ - Lao latviešu - Latvian Lingala lietuvių - Lithuanian Luganda Македонски - Macedonian Maguindanaon Malagasy - Malagasy Bahasa Melayu - Malay മലയാളം - Malayalam Mandinka मराठी - Marathi Mõõré - Moore नेपाली - Nepali أنكو - NKo Norwegian ଓଡ଼ିଆ - Odia oromoo - Oromo پښتو - Pashto فارسی - Persian Polski - Polish Portuguese ਪੰਜਾਬੀ - Punjabi Română - Romanian Русский - Russian Српски - Serbian Shona සිංහල - Sinhala Slovenščina - Slovenian Soomaaliga - Somali Soninke Sesotho - Sotho Español - Spanish Kiswahili - Swahili Svenska - Swedish Tagalog Тоҷикӣ - Tajik தமிழ் - Tamil తెలుగు - Telugu ไทย - Thai ትግረኛ - Tigrinya Türkçe - Turkish Ukrainian اردو - Urdu ئۇيغۇرچە - Uyghur Ўзбек - Uzbek Việt Nam - Vietnamese Wolof Yao Yorùbá - Yoruba Zarma زولو - Zulu
842 Hadiths
Encyclopedia of Prophetic Hadiths
Filter results
842 cards
Grading
Narrated in
Show remaining sources
Narrator
Show all narrators (235)
"यदि तिमीहरूले अल्लाहमाथि त्यसरी नै भरोसा गर्थ्यौ, जसरी वास्तविक रूपमा भरोसा गरिन्छ भने, उहाँले तिमीहरूलाई त्यसरी नै जीविका प्रदान गर्नुहुनेछ जसरी चराहरूलाई गर्नुहुन्छ। तिनीहरू बिहान भोकै बाहिर निस्कन्छन् र साँझ पेट भरिएर फर्कन्छन्।"
Sahih al-Tirmidhi, al-Nasa'i, Ibn Majah, Ahmad, Ibn Hibban, al-Hakim
"सद्गुण र पुण्य भनेको राम्रो आचरण हो र पाप त्यो हो जसले तिम्रो हृदयलाई असजिलो बनाउँछ वा मनमा खट्कन्छ र जसलाई अरूले थाहा पाऊन् भन्ने तिमीलाई मन पर्दैन।"
Sahih Muslim, Ahmad, al-Darimi
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अबु मूसा अल-अश'अरी (रज़ियल्लाहु अन्हु) लाई यमनतिर हाकिम बनाएर पठाउनुभयो। अबु मूसा अल-अश'अरीले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग यमनमा बनाइने केही पेय पदार्थबारे सोध्नुभयो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सोध्नुभयो: “ती पेय पदार्थ के हुन्?” उहाँले उत्तर दिनुभयो: “बित‘अ’ र मिज्र।” (अबु बुरदा (रज़ियल्लाहु अन्हु) लाई सोधियो: “बित‘अ’ के हो?” उनले भने: “महको मदिरा।” र “मिज्र” भनेको “जौको मदिरा” हो।) नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “सबै मादक पदार्थहरू निषेधित छन्।” (बुखारी)
Sahih al-Bukhari, Muslim
"तिम्रो बोली सधैं अल्लाहको स्मरण र जिक्रमा तल्लीन रहोस्।"
Sahih al-Tirmidhi, Ibn Majah, Ahmad, Ibn Hibban
"चारवटा गुणहरू छन्; जुन व्यक्तिमा यी सबै पाइन्छन्, ऊ पूर्ण मुनाफिक (पाखण्डी, कपटी) हो र यदि तीमध्ये कुनै एक गुण पाइन्छ भने, उसमा पाखण्डको एक अंश हुन्छ, जबसम्म उसले त्यसलाई त्याग्दैन। — जब ऊ बोल्छ, झूट बोल्छ; जब वाचा गर्छ, पूरा गर्दैन; जब विवाद गर्छ, अन्यायपूर्ण व्यवहार गर्छ; र जब सम्झौता गर्छ, त्यसमा धोका दिन्छ।"
Sahih al-Bukhari, Muslim
अन्तिम समयमा यस्ता मानिसहरू आउनेछन्, जो कम उमेरका र कम बुद्धि भएका हुनेछन्। उनीहरूको बोलीमा सृष्टिको सबैभन्दा उत्तम वाणी त हुनेछ; तर उनीहरू इस्लामबाट यसरी बाहिरिनेछन्, जसरी बाण निशाना (सिकार) लाई छेडेर बाहिर निस्कन्छ।उनीहरूको आस्था उनीहरूको घाँटी (कण्ठ) भन्दा तल झर्ने छैन। तसर्थ, तिमीहरूले उनीहरूलाई जहाँ पनि भेट्छौ, मार्नु; किनकि उनीहरूलाई मार्ने व्यक्तिका लागि कियामतको दिन प्रतिफल हुनेछ।"
Sahih al-Bukhari, Muslim
"जब अल्लाहले स्वर्ग र नर्क सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम) लाई स्वर्ग तिर पठाउदै भन्नुभयो: स्वर्ग र स्वर्गवासीहरूका लागि मैले तयार पारेको कुराहरूलाई अवलोकन गरेर आऊ । उनी गएर हेरे अनि फर्केर भने : तपाईंको महिमा र प्रभुत्वको कसम! जसले स्वर्गको बारेमा सुन्नेछ, त्सयमा अवश्य नै प्रवेश गर्नेछ । त्यसपछि अल्लाहको आदेश अनुसार स्वर्गलाई अप्रिय चीजहरूले घेरियो, अनि वहाँले जिब्रीललाई भन्नुभयो: अब जाऊ, स्वर्ग र स्वर्गवासीहरूका लागि बनाइएका चीजहरूलाई हेर । जिब्राइलले हेरे र त्यसलाई कठिनाइहरूले घेरेको पाए। उनी फर्किए र भने: तपाईंको महिमा र प्रभुत्वको कसम! मलाई डर छ कोही पनि त्यसभित्र प्रवेश गर्न सक्षम हुने छैन। त्यसपछि, अल्लाहले भन्नुभयो: "मैले नर्कका मानिसहरूका लागि के तयार पारेको छु त्यसलाई अवलोकन गरेर आऊ" । उनले देखे, नर्कको आगोको (लप्को) एकअर्कासँग भिडिरहेका थियो (घनिष्ट र भयावह थियो) । उनी फर्केर आए र भने: तपाईंको महिमा र प्रभुत्वको कसम! यसमा कोही पस्ने छैन। त्यसपछि अल्लाहको आदेश अनुसार नर्कलाई इच्छा, आकांक्षा तथा वासनाले घेरियो । अल्लाहले जिब्रील (अलैहिस्सलाम) लाई अब गएर हेर्न भन्नुभयो, उनि गए र फर्केर भने: तपाईंको महिमा र प्रभुत्वको कसम! मलाई डर छ, यसबाट कोही पनि जोगिन सक्दैन र सबैजना यसमा प्रवेश गर्नेछन् ।"
Hasan Abu Dawud, al-Tirmidhi, al-Nasa'i
"जसले कुनै मोमिनको संसारिक समस्याबाट कुनै समस्या हटाउँछ, अल्लाहले कायमतको दिन उसको एक समस्या हटाउनु हुनेछ ।
जसले कुनै गरिबको दुःखमा सहजता ल्याउँछ, अल्लाहले उसलाई संसार र परलोकमा सहजता दिनेछन् ।
जसले कुनै मुस्लिमको गल्तीलाई ढाकछोप गर्दछ, अल्लाहले संसार र परलोकमा उसको गल्तीलाई ढाकछोप गर्नुहुन्छ।
अल्लाह मानिसको सहायता गरिरहनुहुन्छ जबसम्म त्यो मानिस आफ्ना भाइहरूको सहायता गर्दै जान्छ।
जो व्यक्ति ज्ञानको खोजीमा कुनै मार्गमा लाग्छ, अल्लाहले त्यसको निम्ती उसका लागि स्वर्गको बाटो सजिलो बनाउनेछन्।
जब केही मानिसहरू अल्लाहको कुनै घरमा भेला भएर अल्लाहको किताब (कुरआन) को पाठ गर्छन् र एकअर्कालाई सिकाई रहन्छन्, तब उनीहरूमा शान्ति अवतरण हुन्छ, अल्लाहको कृपा उनीहरूलाई ढाक्छ र अल्लाहले आफ्ना फरिश्ताहरू माँझ उसको चर्चा गर्नुहुन्छ।
जसको कर्मले उसलाई पछाडि पार्छ भने उसको वंशले उसलाई अघि बढाउन सक्दैन।"
Sahih Muslim