Skip to content

मन्नत (भाकल) गर्न निषेध गर्नुभयो र भन्नुभयो: "मन्नतले कुनै फाइदा गर्दैन, यसले केवल कन्जुसबाट उसको धन निकाल्छ।"

इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मन्नत (भाकल) गर्न निषेध गर्नुभयो र भन्नुभयो: "मन्नतले कुनै फाइदा गर्दैन, यसले केवल कन्जुसबाट उसको धन निकाल्छ।"

عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ أَنَّهُ نَهَى عَنِ النَّذْرِ، وَقَالَ: «إِنَّهُ لَا يَأْتِي بِخَيْرٍ، وَإِنَّمَا يُسْتَخْرَجُ بِهِ مِنَ الْبَخِيلِ».

मुत्तफकुन अलैहि
सही
व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले 'नज्र' (मनौती र भाकल) गर्नबाट मनाही गर्नुभयो।लअरबीमा 'नज्र' भनेको मानिसले आफूमाथि यस्तो कुरा अनिवार्य गर्नु हो, जुन शरीअतले उसमाथि अनिवार्य गरेको छैन। उहाँले भन्नुभयोः "'नज्र' (भाकल) ले न त कुनै कुरालाई अगाडि ल्याउन सक्छ, न त पछाडि गर्न सक्छ। यसबाट त केवल कन्जुस मानिसको धन मात्रै निकालिन्छ, जसले अनिवार्य कुराबाहेक अन्य केही गर्दैन। र, 'नज्र'ले त्यो कुरा ल्याउन सक्दैन, जुन उसको भाग्यमा लेखिएको छैन।"

शब्दको अर्थ

النذر: إلزام المكلف نفسه ما لم يكن لازمًا عليه بأصل الشرع، مثل أن يقول: لله على أن أتصدق بمائة.

हदीसका केही फाइदाहरू

"इस्लामी कानूनमा नज्र (मनौती) गर्नु जायज छैन, तर यदि कसैले भाकल गरिहाल्यो र त्यो अवज्ञा (पाप) को कार्य होइन भने, त्यसलाई पूरा गर्नु अनिवार्य हुन्छ।"

नज्र (भाकल) गर्नबाट रोक लगाउने कारण यो हो कि नज्रले कुनै भलाइ ल्याउँदैन, किनकि यसले अल्लाहको निर्णयमा परिवर्तन गर्न सक्दैन। साथै, यसले मनौती गर्ने व्यक्तिमा आफ्नो इच्छा पूरा हुनुको कारण नज्र नै हो भन्ने गलत विश्वास वा भ्रम उत्पन्न हुन सक्छ। त्यस्तैगरी, अल्लाहलाई मानिसको भाकल वा मनौतीको कुनै आवश्यकता पनि छैन।

इमाम कुर्तुबीले भन्छन्: यो निषेध त्यस अवस्थामा लागू हुन्छ, जब कसैले भन्छ: "यदि अल्लाहले मेरो बिरामीलाई निको पार्नुभयो भने, म यति-यति दान गर्नेछु।" यसमा निषेधको कारण के हो भने, जब कसैले कुनै सत्कर्मलाई आफ्नो चाहना पूरा भए मात्र गर्नेछ भन्ने सर्त राख्छ, तब उसको उद्देश्य विशुद्ध रूपमा अल्लाहको प्रसन्नता प्राप्त गर्नु हुँदैन; बरु उसले यसलाई एक प्रकारको लेनदेनजस्तै बनाउँछ। यसलाई अझ स्पष्ट पार्दा भन्न सकिन्छ कि यदि उसको बिरामी निको भएन भने, उसले दान पनि गर्नेछैन। यो कञ्जुसको जस्तो व्यवहार हो, किनकि कञ्जुसले बदलामा तत्काल केही पाउने अपेक्षामा मात्र आफ्नो सम्पत्ति खर्च गर्छ।

श्रोतहरू

सही बुखारी (8/ 124) (6608).

सही मुस्लिम (3/ 1261) (1639).

थप (4)

خلاصة الكلام شرح عمدة الأحكام.

لفيصل آل مبارك (ص353).

تيسير العلام شرح عمدة الأحكام.

لعبد الله البسام (ص693).