Skip to content

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नक्कली कपाल जोड्ने तथा जोड्न लगाउने र शरीरमा गोदना (ट्याटु) खोप्ने तथा खोपाउने महिलाहरूलाई अभिशाप दिनुभएको छ।

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्:

"नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नक्कली कपाल जोड्ने तथा जोड्न लगाउने र शरीरमा गोदना (ट्याटु) खोप्ने तथा खोपाउने महिलाहरूलाई अभिशाप दिनुभएको छ।"

لعن النبي صلى الله عليه وسلم الوَاصِلَةَ والمُسْتَوْصِلَةَ، والوَاشِمَةَ والمُسْتَوشِمَةَ.

मुत्तफकुन अलैहि
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चार प्रकारका महिलाहरूलाई अल्लाहको कृपा (रहमत) बाट वञ्चित रहने श्राप दिनुभएको छ: १. वासिला: आफ्नो वा अरू कसैको कपालमा नक्कली वा अरूको कपाल जोडिदिने महिला। २. मुस्तौसिला: अरूलाई भनेर आफ्नो कपालमा अर्का कपाल जोडाउने महिला। ३. वाशिमा (गोदना खोप्ने महिला): सौन्दर्य वा शृङ्गारका नाममा कसैको शरीरको कुनै भाग (जस्तै, अनुहार, हत्केला वा छाती आदि) मा सियोले घोची त्यसमा गाजल वा अन्य पदार्थ भरेर छालालाई नीलो वा हरियो बनाइदिने महिला। ४. मुस्तवशिमा (ट्याटु खोपाउने महिला): अरू कसैबाट आफ्नो शरीरमा ट्याटु खोपाउने महिला। र यी सबै कार्यहरू ठूला पापहरूमध्ये पर्दछन्।

हदीसका केही फाइदाहरू

इब्न हजरले भन्नुभएको छ: "यस सन्दर्भमा निषेध गरिएको कुरा भनेको कपालमा अरू कुनै कपाल जोड्नु हो। तर यदि कोही महिलाले आफ्नो कपालमा कपालबाहेक अन्य कुनै वस्तु—जस्तै कपडाको टुक्रा वा अन्य यस्तै सामग्री—गाँस्छिन् वा जोड्छिन् भने, त्यो यस निषेधको दायराभित्र पर्दैन।"

पाप कार्यमा सहयोग गर्नु निषिद्ध (हराम) छ।

अल्लाहले सृजना गर्नुभएको प्राकृतिक स्वरूपमा परिवर्तन गर्न निषेध गरिएको छ, किनभने यस्तो परिवर्तनमा वास्तविक स्वरूपलाई बदलिने तथा जालसाजी र छलकपट गर्ने कार्य हुन्छ।

सामान्यतया, अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा अभिशप्त व्यक्तिहरूलाई अभिशाप दिन अनुमति छ।

वर्तमान समयमा विग (नक्कली कपाल) लगाउनु पनि निषेधित कपाल जोड्ने कार्य (अल-वस्ल) अन्तर्गत पर्दछ। काफिरहरूको नक्कल हुनुका साथै यसमा छल तथा धोकाधडी हुने भएकाले यो कार्य निषेधित छ।

इमाम अल-खत्ताबीले भन्नुभएको छ: "यी कार्यहरूका सम्बन्धमा कडा चेतावनी आउनुको मुख्य कारण यसमा अन्तर्निहित छल-कपट र धोकाधडी नै हो। यदि यीमध्ये कुनै एउटा कार्यमा पनि छुट दिइएको भए, त्यो अन्य प्रकारका छल-कपट र धोकाधडीलाई समेत वैध ठहर्‍याउने आधार बन्ने थियो। साथै, यी कार्यहरूमा अल्लाहले प्रदान गर्नुभएको प्राकृतिक स्वरूप तथा शारीरिक बनावटमा परिवर्तन गर्ने तत्त्व पनि छ। इब्न मसऊद (रजिअल्लाहु अन्हु) को हदीसमा उल्लिखित ‘अल्लाहको सृष्टि परिवर्तन गर्नेहरू’ भन्ने वचनले यसै कुरातर्फ सङ्केत गर्दछ। अल्लाह नै सर्वज्ञ हुनुहुन्छ।"

इमाम नववीले भन्नुभएको छ: "गोदना (ट्याटु) गोद्ने र गोदाउने दुवै व्यक्तिका लागि यो कार्य हराम (निषिद्ध) छ।। शरीरको जुन भागमा ट्याटु बनाइन्छ, त्यो भाग नजिस (अशुद्ध) हुन्छ। यदि यसलाई औषधोपचार वा साधारण उपायद्वारा हटाउन सम्भव छ भने त्यसलाई हटाउनु अनिवार्य छ। तर यदि घाउ वा शल्यक्रिया गरेर मात्र हटाउन सकिने अवस्था छ, र त्यसो गर्दा ज्यान जाने, अङ्ग नै गुम्ने, अङ्गको कार्यक्षमता समाप्त हुने वा बाहिरी खुला अङ्गमा कुरूपता देखिने डर छ भने त्यसलाई हटाउनु अनिवार्य छैन। यस्तो अवस्थामा व्यक्तिले पश्चात्ताप (तौबा) गरेपछि ऊमाथि कुनै पाप बाँकी रहँदैन। तर यदि त्यस्तो कुनै हानि वा जोखिमको डर छैन भने उसले त्यसलाई हटाउनै पर्छ; यसलाई हटाउन ढिलाइ गरेमा ऊ पापको भागीदार हुनेछ।" – समाप्त।

श्रोतहरू

सही बुखारी (7/ 167) (5947).

सही मुस्लिम (3/ 1677) (2124).

थप (6)

توضِيحُ الأحكَامِ مِن بُلوُغ المَرَام.

للبسام (5/ 373).

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (3/ 157).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (7/ 354).