कुनै पनि ऊँटको घाँटीमा तार वा अन्य कुनै ताविज छ भने त्यो काटियोस् ।
अबू बशीर अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
उनी अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग कुनै यात्रामा सँगै थिए । उहाँ भन्नुहुन्छ कि जब मानिसहरू आफ्नो वासस्थान हरूमा अवस्थित थिए, उहाँ पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा सन्देशवाहकलाई यो घोषणा गर्न पठाउनुभयो: '' कुनै पनि ऊँटको घाँटीमा तार वा अन्य कुनै ताविज छ भने त्यो काटियोस् ।
أَنَّهُ كَانَ مَعَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِي بَعْضِ أَسْفَارِهِ، قَالَ: فَأَرْسَلَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ رَسُولًا -وَالنَّاسُ فِي مَبِيتِهِمْ-: «لَا يَبْقَيَنَّ فِي رَقَبَةِ بَعِيرٍ قِلَادَةٌ مِنْ وَتَرٍ أَوْ قِلَادَةٌ إِلَّا قُطِعَتْ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एक यात्रामा हुनुहुन्थ्यो र मानिसहरू आफ्नो पाल भित्र सुत्ने ठाउँहरूमा उपस्थित थिए । यसैबीच, उहाँले एक व्यक्तिलाई तिनीहरूको ऊँटको घाँटीमा बाँधिएका चीजहरू काट्न आदेश दिएर पठाउनुभयो, चाहे ती वस्तुहरू धनुषको तारको आकारमा होस् वा घण्टी वा जुत्ता आदि होस् । किनभने तिनीहरूले जनावरहरूलाई नराम्रो नजरबाट बचाउनको लागि बाँध्ने गर्थे, त्यसैले तिनीहरूलाई काट्न आदेश दिइएको थियो । किनभने यी चीजहरूले ऊँटहरूलाई कुनै पनि कुराबाट जोगाउन सक्दैनन् । लाभ र हानि अल्लाहको हातमा मात्र छ र यसमा कोही साझेदार छैन ।
وتر: مفرد أوتار، وهو ما يشد به القوس كانت العرب تعلقه تتقي به العين.
قلادة: ما يعلق في رقبة البعير وغيره، كالجرس والنعل، بنية دفع العين.
नाफा कमाउन र हानिबाट बच्नको लागि धनुष, हार आदि झुण्ड्याउनु हराम हो, किनभने यो शिर्क हो ।
ऊँटको घाँटीमा धागो बाहेक अन्य पट्टी र हार गहना र सजावटको रूपमा प्रयोग गरिन्छ वा पशुलाई बाँध्नको लागि हो भने केही आपत्ति छैन ।
मुन्कर (गलत) लाई सकेसम्म खण्डन गर्नु आवश्यक छ ।
हृदयको सम्बन्ध अल्लाहसँग मात्र हुनुपर्छ, अरु कसैबाट होइन ।
सही बुखारी (4/ 59) (3005).
सही मुस्लिम (3/ 1672) (2115).
थप (6)
القول المفيد على كتاب التوحيد.
لابن عثيمين (1/ 179).
الملخص في شرح كتاب التوحيد.
لصالح الفوزان (ص77).
الجديد في شرح كتاب التوحيد.
لمحمد القرعاوي (ص89).