Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

18 of 683 cards

Clear filters
"चारवटा गुणहरू छन्; जुन व्यक्तिमा यी सबै पाइन्छन्, ऊ पूर्ण मुनाफिक (पाखण्डी, कपटी) हो र यदि तीमध्ये कुनै एक गुण पाइन्छ भने, उसमा पाखण्डको एक अंश हुन्छ, जबसम्म उसले त्यसलाई त्याग्दैन। — जब ऊ बोल्छ, झूट बोल्छ; जब वाचा गर्छ, पूरा गर्दैन; जब विवाद गर्छ, अन्यायपूर्ण व्यवहार गर्छ; र जब सम्झौता गर्छ, त्यसमा धोका दिन्छ।"
सही बुखारी र मुस्लिमले वर्णन गरेका छन्
"जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन।"
सही अबू दाउद र अहमदले वर्णन गरेका छन्
"मानिसहरूमा पाइने दुई कुराहरू अविश्वास (कुफ्र) का कार्यहरू हुन्: वंशको निन्दा गर्नु र मृतकको लागि विलाप र मातम गर्नु।"
सही मुस्लिमले वर्णन गरेका छन्
"मुनाफिक (पाखण्डी, कपटी) को उदाहरण त्यस्तो बाख्राजस्तै हो, जुन दुई बथान बीच अलमल्ल पर्छ, कहिले यस बथानतिर जान्छ त कहिले त्यस बथानतिर।।"
सही मुस्लिमले वर्णन गरेका छन्
"वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु। अल्लाहको धिक्कार ती समुदायहरूमाथि होस्, जसले आफ्ना नबीहरूको चिहानलाई मस्जिद (पूजा गर्ने ठाउँ) बनाए" ।
सही अहमदले वर्णन गरेका छन्
"कसैले पनि अर्कोलाई अनैतिकता र अविश्वासको आरोप लगाउनु हुँदैन, किनकि यदि त्यो व्यक्ति भने जसो होइन भने आरोप उसैतिर फर्किनेछ।"
सही मुत्तफकुन अलैहि
"जसमा चारवटा लक्षणहरू छन्, त्यो शुद्ध मुनाफिक (पाखण्डी) हो र जसमा तीमध्ये एउटा छ, त्यसलाई नछोडेसम्म उसमा पाखण्डको एउटा लक्षण छ: जब ऊ बोल्छ झुट बोल्छ, जब उसले सम्झौता गर्छ, धोका दिन्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब ऊ झगडा गर्छ गालीगलौज गर्छ ।"
सही मुत्तफकुन अलैहि