Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

27 of 683 cards

Clear filters
"मेरो प्रशंसा गर्नमा बढाइचढाइ नगर, जसरी ईसाईहरूले मरियमको छोराको प्रशंसामा बढाइचढाइ गरेका थिए; म केवल अल्लाहको दास हुँ । त्यसैले मलाई अल्लाहको दास र उहाँको रसूल (दूत) भन ।"
सही बुखारीले वर्णन गरेका छन्
एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र उसले सोध्यो: हे अल्लाहका रसूल! निश्चित रुपमा हुने दुई कुराहरू के हुन्? उहाँले जवाफ दिनुभयो: "जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"चरमवादी (अति बढाइचढाई गर्ने) हरू विनाश भए।" उहाँले यो तीन पटक भन्नुभयो ।
सही मुस्लिमले वर्णन गरेका छन्
हामी नौ, आठ वा सात जना अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौँ। उहाँले हामीलाई सोध्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत (वचनबद्धता) गर्दैनौ?" हामीले केही दिनअघि मात्रै उहाँसँग बैअत गरिसकेका थियौँ। त्यसैले हामीले भन्यौँ: "हे अल्लाहका रसूल! हामीले त तपाईंसँग वचनबद्धता गरिसकेका छौँ।" तर उहाँले फेरि भन्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत गर्दैनौ?" हामीले दोहोर्यायौँ: "हे अल्लाहका रसूल! हामीले तपाईंसँग वचनबद्धता गरिसकेका छौँ।" उहाँले (तेस्रो पटक पनि उही कुरा) सोध्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत गर्दैनौ?" हामीले आ-आफ्नो हात अगाडि बढाउँदै भन्यौँ: "हामीले पहिले नै तपाईंसँग वचनबद्धता गरिसकेका छौँ। अब कुन कुरामा बैअत गर्ने हो, हे अल्लाहका रसूल।" तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीहरूले अल्लाहको उपासना गर्ने र उहाँसँग कसैलाई पनि साझेदार नबनाउने, दैनिक पाँचपटक नमाज पढ्ने र आज्ञापालन गर्ने (उहाँले एउटा कुरा बिस्तारै भन्नुभयो) र कसैसँग केही पनि नमाग्ने कुरामा बैअत गर।" रावी (हदीस सुनाउने व्यक्ति) भन्छन्: "त्यसपछि, मैले ती व्यक्तिहरूमध्ये केहीलाई देखेँ कि उनीहरूको कोर्रा भुइँमा खस्दा पनि उनीहरू अरू कसैलाई उठाइदिन भन्दैनथे।"
सही मुस्लिमले वर्णन गरेका छन्
"फरिश्ताहरू त्यस घरमा प्रवेश गर्दैनन्, जहाँ कुकुर वा तस्बिर ( जीवन्त कुराको चित्र वा मूर्ति) हुन्छ।"
सही मुत्तफकुन अलैहि
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब हुनैनको युद्धमा निस्कनुभयो, उहाँ एक रूखको नजिकबाट गुज्रनुभयो, जुन मूर्तिपूजकहरू लागि (श्रद्धा स्थल) थियो र जसलाई 'धात अनवात' भनिन्थ्यो।, जसमा तिनीहरूले आफ्ना हतियारहरू झुण्ड्याउने गर्थे । तब केही मानिसहरूले भने: हे अल्लाहको रसूल! तिनीहरूको ‘जात अन्वात’ जस्तै हाम्रो लागि पनि एउटा ‘जातु ल्अन्वात’ बनाइदिनु होस्। यो सुनेर उहाँले भन्नुभयो: "सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ)! यो त ठीक त्यही कुरा हो जुन मोसेस (अलैहिस्सलाम) को समुदायले भनेका थिए: {हाम्रो लागि पनि एउटा पुज्य बनाइदिनु होस् जसरी तिनीहरूका पुज्यहरू छन्} [सूरह अल-अराफ: १३८]। अल्लाहको कसम, जसको हातमा मेरो ज्यान छ, तिमीहरू निश्चित रूपमा आफूभन्दा अगाडिका मानिसहरूको बाटो र तरिका पछ्याउनेछौ।"
सही तिर्मीजी र अहमदले वर्णन गरेका छन्
"तिमीहरूले यस्तो नभन्नु : अल्लाहले जे चाहनुहुन्छ र फलानो जे चाहन्छ, बरु यसरी भन्नु: अल्लाहले जे चाहनुहुन्छ र त्यसपछि फलानोले जे चाहन्छ ।"
सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो अबू दाउदले र निसाईले सुनन कुब्रामा तथा अहमदले वर्णन गरेका छन्
"अल्लाहले यहूदी र इसाईहरूलाई अभिशाप दिनुभएको छ, किनभने उनीहरूले आफ्ना नबीहरूका चिहानहरूलाई मस्जिद (पूजास्थल) बनाएका थिए।" त्यसपछि आयशा (रज़ियल्लाहु अन्हा) ले भन्नुभयो: "यदि यो आशङ्का नभएको भए उहाँ (नबी (सल्लल्लाहु अलैहि वसल्लम) ) को चिहान खुला स्थानमा बनाइने थियो, तर यस भयले गर्दा त्यसो गरिएन कि कतै त्यसलाई पनि मस्जिद (पूजास्थल) नबनाइयोस्।"
सही मुत्तफकुन अलैहि