Skip to content

"उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेआम दान दिने व्यक्ति जस्तो हो र कम स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तो हो।"

उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

"उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेआम दान दिने व्यक्ति जस्तो हो र कम स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तो हो।"

«الجاهِرُ بالقرآن كالجاهِرِ بالصَّدَقَةِ، والمُسِرُّ بالقرآن كالمُسِرِّ بالصَّدَقَة».

अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेर दान दिने व्यक्ति र मसिनो स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तै हो भनी बताउनुभएको छ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

कुर्आनलाई गोप्य रूपमा पढ्नु उत्कृष्ट हो, जसरी गोप्य रूपमा दान दिनु उत्कृष्ट हो, किनकि यसमा इख्लास (सत्यनिष्ठा) हुन्छ र कपट तथा घमण्डको सम्भावना हुँदैन । तर कुर्आनको पठनपाठन र सिकाउने उद्देश्य हो भने ठूलो स्वरमा पढ्न जायज छ ।

श्रोतहरू

सुनन अबी दाउद (2/ 494) (1333).

सुनन् तिर्मिजी (5/ 40) (2919).

सुनन् निसाई (5/ 80) (2561).

थप (4)

الكاشف عن حقائق السُّنن (5/1688).

شرح أبي داود للعيني (5/238).

تحفة الأحوذي (8/ 191).

التنوير في شرح الجامع الصغير (5/286).