Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

14 of 683 cards

Clear filters
"यस्तो कुनै दिन जाँदैन जब सेवकहरू बिहान उठ्छन्, आकाशबाट दुईटा स्वर्गदूतहरू ओर्लँदैनन्। एउटा स्वर्गदूत भन्छ, 'हे अल्लाह! खर्च गर्नेलाई उत्तम प्रतिफल दिनुहोस्, अर्को भन्छ: हे अल्लाह, कंजूषलाई नष्ट गर्नुहोस्।"
सही मुत्तफकुन अलैहि
हे अल्लाहका रसूल! मेरी आमाको निधन भएको छ । यस्तो अवस्थामा उहाँको (पुण्यको) लागि कुन दान (सद्का) सबैभन्दा उत्तम हुन्छ? उहाँले जवाफ दिनुभयो: 'पानी (पिलाउनु)।' तसर्थ, साअ्दले एउटा इनार खन्नुभयो र भन्नुभयो: 'यो इनार साअ्दकी आमाका निम्ति हो।"
सम्पूर्ण स्रोतहरूले गर्दा हसन हो अबू दाऊद, निसाई र इब्ने माजहले वर्णन गरेका छन्
"इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"
सही मुत्तफकुन अलैहि
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातुल् फित्र प्रत्येक मुस्लिम, दास र स्वतन्त्र, पुरुष र महिला, साना र वृद्धमाथि अनिवार्य गर्नुभएको छ र मानिसहरूलाई ईदको नमाजको लागि निस्कनु अघि नै चुक्ता गर्ने आदेश दिनुभएको छ।"
सही मुत्तफकुन अलैहि
"अल्लाहले हरेक व्यक्तिसँग प्रत्यक्ष संवाद गर्नुहुनेछ, जहाँ उहाँ र व्यक्तिबीच कुनै अनुवादक हुनेछैन। व्यक्तिले आफ्नो दायाँतर्फ हेर्नेछ र आफूले (परलोकका लागि) अघि पठाएका कर्महरू बाहेक अरू केही देख्नेछैन। उसले आफ्नो बायाँतर्फ हेर्नेछ र त्यहाँ पनि आफ्ना विगतका कर्महरू बाहेक केही देख्नेछैन। अनि उसले आफ्नो अगाडि हेर्नेछ र आफ्नो मुहारको ठिक सामुन्ने नर्क (जहन्नम) बाहेक केही देख्नेछैन। तसर्थ, खजूरको आधा टुक्रा दान गरेरै भए पनि आफूलाई नर्कको आगोबाट जोगाऊ।"
सही मुत्तफकुन अलैहि
"त्यो (दीनार) धन जुन तिमीले अल्लाहको मार्गमा लगायौ, त्यो धन जुन तिमीले दास मुक्त गराउन खर्च गर्यौ, त्यो धन जुन तिमीले कुनै असहायलाई दान दियौ र त्यो धन जुन तिमीले आफ्ना बालबच्चा र परिवारका लागि खर्च गर्यौ; यी सबैमध्ये अल्लाहको नजरमा सबैभन्दा ठूलो र उत्तम प्रतिफल तथा पुण्य त्यो धनको हुन्छ, जुन तिमीले आफ्नो घरपरिवारमाथि खर्च गर्यौ।"
सही मुस्लिमले वर्णन गरेका छन्
कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ। दुईटा (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला कर्महरू भनेको : जो अल्लाहसँग शिर्क (साझेदारी) नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा जानेछ, र जो अल्लाहसँग शिर्क गरेको अवस्थामा मर्यो भने ऊ नर्कमा जानेछ । र त्यो कर्म जसको प्रतिफल कर्म अनुसार नै पाइनेछ भनेको : जसले भित्री मनले कुनै सत्कर्म गर्ने नियत गर्दछ र अल्लाहले त्यस प्रति उसको प्रतिज्ञालाई देख्नुहुन्छ त उसको लागि एक नेकी (पुण्य) लेखिन्छ,र जसले दुष्कर्म गर्ने नियत गर्दछ, उसको लागि एउटा पाप मात्र लेखिन्छ । र जसले सत्कर्म गर्दछ, त्यसलाई दश गुणा बढी प्रतिफल दिइनेछ । र जसले अल्लाहको बाटोमा दान प्रदान गर्छ, त्यसलाई सात सय गुणा बढी प्रतिफल (पुण्य)दिइनेछ । र मानिसहरू चार प्रकारका छन्: (पहिलो) जसलाई संसारमा सुख सुविधा प्राप्त छ, तर आखिरत(परलोक)मा उसलाई कष्ट र दुःख हुनेछ ।(दोस्रो) जसले संसारमा कष्ट र दुःख साथ जीवन काट्यो, तर आखिरतमा उसलाई सुख सुविधा प्राप्त हुनेछ, (तेस्रो) जसलाई संसार र आखिरत दुवैमा कष्ट दुःख हुनेछ, (चौथो) जसलाई संसार र आखिरत दुवैमा सुख सुविधा प्राप्त हुनेछ।
हसन अहमदले वर्णन गरेका छन्
अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा, हामी (सहाबाहरू) प्रत्येक साना-ठूला, स्वतन्त्र व्यक्ति वा दासका तर्फबाट जकात अल-फित्र निकाल्ने गर्थ्यौं—जसमा एक 'साअ' अन्न, वा एक 'साअ' अकित (सुकेको दही/छुर्पी), वा एक 'साअ' जौ, वा एक 'साअ' खजूर, वा एक 'साअ' किशमिश मध्ये केही हुन्थ्यो। हामी यसै गरी जकात निकालिरह्यौं, जबसम्म मुआविया बिन अबु सुफियान (रदियल्लाहु अन्हु) हज वा उम्राहका लागि हामीकहाँ आउनुभएन। उहाँले मिम्बरबाट मानिसहरूलाई सम्बोधन गर्नुभयो। उहाँले सम्बोधनका क्रममा भन्नुभयो: 'मलाई लाग्छ कि शाम (सिरिया) को दुई 'मुद्द' गहुँ, एक 'साअ' खजूर बराबर हुन्छ।' त्यसपछि मानिसहरूले उहाँकै कुराको अनुसरण गर्न थाले। तर अबु सईद (अल-खुदरी) ले भन्नुभयो: 'जहाँसम्म मेरो कुरा छ, म जबसम्म जीवित रहनेछु, यसलाई त्यसरी नै निकालिरहनेछु जसरी पहिले निकाल्ने गर्थें।'"
सही मुत्तफकुन अलैहि