हाम्रो मनमा यस्ता गम्भीर नराम्रो कुराहरू आउँछन् जुन कुनै पनि मानिसले व्यक्त गर्न हिच्किचाउँछ । उहाँले सोध्नुभयो: "के वास्तवमा तिमीहरु मनमा यस्ता कुराहरू उत्पन्न हुन्छन्?" तिनीहरूले भने: हो, उहाँले भन्नुभयो: "यो नै स्पष्ट आस्थाको प्रतीक हो ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, वहाँ भन्नु हुन्छः
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरू आएर उहाँलाई सोधे: हाम्रो मनमा यस्ता गम्भीर नराम्रो कुराहरू आउँछन् जुन कुनै पनि मानिसले व्यक्त गर्न हिच्किचाउँछ । उहाँले सोध्नुभयो: "के वास्तवमा तिमीहरु मनमा यस्ता कुराहरू उत्पन्न हुन्छन्?" तिनीहरूले भने: हो, उहाँले भन्नुभयो: "यो नै स्पष्ट आस्थाको प्रतीक हो ।"
جَاءَ نَاسٌ مِنْ أَصْحَابِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَسَأَلُوهُ: إِنَّا نَجِدُ فِي أَنْفُسِنَا مَا يَتَعَاظَمُ أَحَدُنَا أَنْ يَتَكَلَّمَ بِهِ، قَالَ: «وَقَدْ وَجَدْتُمُوهُ؟» قَالُوا: نَعَمْ، قَالَ: «ذَاكَ صَرِيحُ الْإِيمَانِ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरू उहाँको सेवामा आए र तिनीहरूले मनमा उत्पन्न हुने खराब र घृणित कुराहरु बारेमा सोधे, जसलाई शब्दमा व्यक्त गर्न उनीहरूलाई गाह्रो महसुस भएको थियो। उहाँले भन्नुभयो: जुन कुराहरु तिमीहरूका मनमा उत्पन्न हुन्छ, त्यो स्पष्ट ईमान र विश्वास को प्रतीक हो, किनभने (त्यही सत्य विश्वास को कारणले) तिमीहरु शैतानबाट भ्रमित हुदैनौँ र (मनमा उत्पन्न हुने खराब) कुरालाई शब्दमा व्यक्त गर्न अप्ठ्यारो महसुस गर्छौं, यसले पुष्टि हुन्छ कि तिमीहरुको हृदय शैतानको वशमा छैन । किनभने जसको हृदय शैतानको नियन्त्रणमा हुन्छ, त्यो सित शैतानसँग लड्ने शक्ति हुँदैन ।
...:
यसमा आस्थावानको तुलनामा शैतानको कमजोरीको वर्णन छ र यस कुरा को पुष्टि छ कि शैतानले मनमा भ्रम वा शंका उत्पन्न गर्न बाहेक अरु केही गर्न सक्दैन।
हृदयमा उत्पन्न हुने कुविचार र शंका हरु लाई स्वीकार गर्नु हुँदैन छ, किनकि त्यो शैतानको चाल हो ।
शैतानको वस्वसा (हृदयमा उत्पन्न हुने कुविचार र शंका हरु) ले मुसलमानलाई हानि गर्दैन, तर त्यसबाट जोगिन अल्लाहको शरण खोज्नुपर्छ र त्यसबाट टाढा रहनु पर्दछ।
मुस्लिमले धार्मिक मामिला प्रति उत्पन्न हुन्छ जिज्ञासा प्रति चुप लागेर बस्नु हुँदैन, बरु त्यस बारे (ज्ञान निम्ति) प्रश्न सोध्नु उचित हुन्छ ।
सही मुस्लिम (1/ 119) (132).
थप (4)
معالم السنن (4/174).
المفهم للقرطبي (1/344).
شرح النووي على مسلم (2/154).
البحر المحيط الثجاج (3/622).