Skip to content

यस्ता तीन समय छन्, जसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई नमाज पढ्न वा हाम्रा मृतकहरूलाई दफन गर्न निषेध गर्नुहुन्थ्यो।

उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्:

"यस्ता तीन समय छन्, जसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई नमाज पढ्न वा मृतकहरूलाई दफन गर्न निषेध गर्नुभएको छ: १. सूर्य उदाउन थालेदेखि पूर्ण रूपमा उदाइसक्दासम्म; २. मध्याह्नमा सूर्य आकाशको ठीक मध्यभागमा ठडिएको अवस्थादेखि पश्चिमतर्फ ढल्न सुरु नभएसम्म; ३. सूर्य अस्ताउन थालेदेखि पूर्ण रूपमा अस्ताइसक्दासम्म।"

ثَلَاثُ سَاعَاتٍ كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَنْهَانَا أَنْ نُصَلِّيَ فِيهِنَّ، أَوْ أَنْ نَقْبُرَ فِيهِنَّ مَوْتَانَا: حِينَ تَطْلُعُ الشَّمْسُ بَازِغَةً حَتَّى تَرْتَفِعَ، وَحِينَ يَقُومُ قَائِمُ الظَّهِيرَةِ حَتَّى تَمِيلَ الشَّمْسُ، وَحِينَ تَضَيَّفُ الشَّمْسُ لِلْغُرُوبِ حَتَّى تَغْرُبَ.

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दिनका तीन समयमा स्वैच्छिक (नफिल) नमाज पढ्न, वा ती समयमा मृतकहरूलाई चिहानमा राख्न र दफन गर्न निषेध गर्नुभएको छ: पहिलो समय: सूर्योदय सुरु भएदेखि एक भाला जति माथि नउठेसम्म, जसको अनुमानित अवधि करिब पन्ध्र मिनेटको हुन्छ। दोस्रो: जब सूर्य ठ्याक्कै आकाशको मध्यभागमा पुग्छ र पूर्व वा पश्चिमतर्फ कुनै पनि छायाँ हुँदैन। त्यसपछि सूर्य मध्याह्नबाट ढल्किएर पूर्वतर्फ छायाँ देखिन थाल्छ, जहाँबाट जुहरको नमाजको समय सुरु हुन्छ। यो अत्यन्त छोटो समय हो—लगभग पाँच मिनेटको मात्र। तेस्रो: सूर्य अस्ताउन ढल्किन थालेदेखि पूर्ण रूपमा नअस्ताएसम्म।

हदीसका केही फाइदाहरू

यस हदीस तथा अन्य प्रमाणहरूका आधारमा नमाज पढ्न निषेध गरिएका समयहरू निम्न अनुसार छन्: पहिलो: फज्रको नमाजपछि सूर्योदय नभएसम्म। दोस्रो: सूर्योदय हुँदाको समयदेखि लिएर सूर्य आकाशमा एक भाला बराबर (लगभग १५ मिनेट जतिको समय) माथि नचढुन्जेलसम्म। तेस्रो: मध्याह्नमा सूर्य ठीक आकाशको बीचमा रहेदेखि ढल्किन सुरु नभएसम्म, अर्थात् जब ठाडो वस्तुको छाया पूर्व वा पश्चिम कतै पनि देखिँदैन (जसको अवधि लगभग ५ मिनेट मानिन्छ)। चौथो: अस्रको नमाजपछि सूर्यास्त नभएसम्म। पाँचौँ: सूर्यास्त नजिकिँदै गर्दा सूर्य पहेँलो भएदेखि पूर्ण रूपमा नअस्ताएसम्म।

यी पाँच निषेधित समयहरूमा नमाज पढ्न निषेध गरिएको भए तापनि, फर्ज तथा कुनै कारणवश पढिने नमाजहरू भने पढ्न छुट छ।

हदीसले तोकेका तीन सीमित समयसम्म जानाजानी ढिलाइ गरी मृतकलाई दफन गर्न मनाही छ, तर दिन वा रातको जुनसुकै समयमा दफन गर्न सकिन्छ।

यी समयहरूमा नमाज पढ्न निषेध गर्नुको कारण: मूल सिद्धान्त के हो भने, एक साँचो मुस्लिमले अल्लाहको आज्ञा शिरोपर गर्छ र उहाँको उपासनाको रूपमा निषेधित कुराहरूबाट पूर्ण रूपमा टाढा रहन्छ। कुनै आदेश वा निषेधको अन्तर्निहित रहस्य थाहा नभए पनि उसले आफ्नो इबादत रोक्दैन, बरु पूर्ण निष्ठाका साथ आत्मसमर्पण गर्छ। तरपनि, अन्य हदीसहरूमा यसको कारणहरू उल्लेख गरिएका छन्: पहिलो: मध्याह्नको समयमा (सूर्य ढल्किनु ठीक अगाडि) नर्कको आगो तीव्र रूपमा दन्काइने भएकाले नमाज पढ्न रोक लगाइएको हो। दोस्रो: सूर्य उदाउँदा र अस्ताउँदा नमाज पढ्न निषेध गर्नुको कारण भनेको बहुदेववादी (मुशरिकहरू) को नक्कल हुनबाट बच्नु हो; किनकि तिनीहरू सूर्य उदाउँदा र अस्ताउँदा सूर्यलाई ढोग्ने गर्छन्। तेस्रो: फज्रको नमाजपछि सूर्य नउदाएसम्म र अस्रको नमाजपछि सूर्य नअस्ताएसम्म नमाज पढ्न निषेध गर्नुको कारण खराबीको बाटो पूर्ण रूपमा बन्द गर्नु (सद्द-उल-जरिआ) हो, ताकि काफिरहरूको समानता पूर्णतया अन्त्य होस् र कुनै पनि मुस्लिमले उनीहरूको शिर्क (बहुईश्वरवाद) सँग समानता नदेखाओस्; किनभने तिनीहरू सूर्य उदाउँदा र अस्ताउँदा त्यसलाई ढोग्छन्।

श्रोतहरू

सही मुस्लिम (1/ 568) (831).

थप (8)

توضيح الأحكام مِن بلوغ المرام.

لعبد الله البسام (1/ 488).

فتح ذي الجلال والإكرام شرح بلوغ المرام.

لابن عثيمين (1/ 438).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (2/ 202).

سبل السلام.

لمحمد الصنعاني (1/ 167).