Skip to content

"यो संसार अस्थायी सुख हो, र संसारको सबैभन्दा राम्रो सुख धर्मपरायण स्त्री हो।"

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

"यो संसार अस्थायी सुख हो, र संसारको सबैभन्दा राम्रो सुख धर्मपरायण स्त्री हो।"

«الدُّنْيَا مَتَاعٌ، وَخَيْرُ مَتَاعِ الدُّنْيَا الْمَرْأَةُ الصَّالِحَةُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, संसार र यसमा भएका सबै चीजहरू वास्तवमा लाभदायक साथै अस्थायी सुख हो, त्यसपछि यसको अन्त्य हुन्छ । यस संसारमा सबैभन्दा राम्रो सुख धर्मपरायण नारी हो । जब उसको पतिले उसलाई हेर्छ तब उसलाई खुसी तुल्याउँछे, जब उसले आदेश दिन्छ तब उसले पालन गर्छे, जब उसलाई छोडेर कतै जान्छ, उसले आफ्नो र आफ्नो पतिको सम्पत्तिको रक्षा गर्छे ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

अल्लाहले आफ्ना सेवकहरूका लागि जायज गर्नुभएको पवित्र चीजहरूबाट लाभ उठाउन अनुमति छ । तर अनावश्यक खर्च र आडम्बर गर्नु हुँदैन ।

राम्रो पत्नी छनोट गर्न प्रोत्साहन गरिएको छ, किनभने उसले आफ्नो पतिलाई अल्लाहको आज्ञा पालन गर्न मद्दत गर्छिन् ।

यस संसारमा सबैभन्दा राम्रो चीज त्यो हो जुन अल्लाहको आज्ञा पालन गर्न उपयोगी हुन्छ वा उहाँको आज्ञा पालन गर्न मद्दत गर्दछ ।

श्रोतहरू

सही मुस्लिम (2/ 1090) (1467).

थप (6)

بهجة الناظرين شرح رياض الصالحين.

لسليم الهلالي (1/ 365).

كشف المشكل من حديث الصحيحين.

لابن الجوزي (4/ 129).

نزهة المتقين شرح رياض الصالحين.

لمصطفى الخن وغيره (1/ 286).