Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

22 of 683 cards

Clear filters
"उहाँकी आमा बिन्ते रवाहाले उहाँका पितासँग आफ्नो छोराका लागि सम्पत्तिबाट केही अंश उपहार (हिबा) स्वरूप दिन माग गर्नुभयो। उहाँका पिताले एक वर्षसम्म यस कुरालाई टार्नुभयो र पछि उहाँ उपहार दिन तयार हुनुभयो। तब उहाँकी आमाले भन्नुभयो: 'तपाईँले मेरो छोरालाई दिनुभएको उपहारमा जबसम्म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई साक्षी राख्नुहुन्न, तबसम्म म सन्तुष्ट हुने छैन।' त्यसपछि मेरा पिताले मेरो हात समात्नुभयो—त्यस समयमा म एक बालक थिएँ—र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ उपस्थित भई भन्नुभयो: 'हे अल्लाहका रसूल! यस बालककी आमा, बिन्ते रवाहाले चाहनुहुन्छ कि मैले उहाँको छोरालाई जे उपहार दिएको छु, त्यसमा तपाईं साक्षी बस्नुहोस्।' तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सोध्नुभयो: 'हे बशीर! के यस बाहेक तिम्रा अरू सन्तान पनि छन्?' उहाँले जवाफ दिनुभयो: 'हो हजुर, छन्।' रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पुनः सोध्नुभयो: 'के तिमीले आफ्ना सबै सन्तानलाई यस्तै उपहार दिएका छौ?' उहाँले भन्नुभयो: 'छैन।' यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'त्यसो भए मलाई साक्षी नराख, किनभने म कुनै पनि अन्यायपूर्ण कार्यको साक्षी बन्दिनँ।' सहीह मुस्लिमको अर्को वर्णनमा छ: '(रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:) त्यसोभए यस कार्यका लागि म बाहेक अरू कसैलाई साक्षी राख।'"
सही बुखारी, मुस्लिम र यसका अनेकाैं शब्दहरू छन्
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नक्कली कपाल जोड्ने तथा जोड्न लगाउने र शरीरमा गोदना (ट्याटु) खोप्ने तथा खोपाउने महिलाहरूलाई अभिशाप दिनुभएको छ।"
सही मुत्तफकुन अलैहि
कुनै पनि महिलाले दुई दिनको दूरीको यात्रा श्रीमान् वा महरम (विवाह गर्न नमिल्ने पुरुष नातेदार) बिना गर्नु हुँदैन। त्यसैगरी, ईद-उल-फित्र र ईद-उल-अज्हाको दिन रोजा(उपवास) बस्न निषेध गरिएको छ। यसका साथै, फज्रको नमाजपछि सूर्योदय नभएसम्म र अस्रको नमाजपछि सूर्यास्त नभएसम्म कुनै पनि अतिरिक्त नमाज पढ्नु हुँदैन। धार्मिक यात्रा केवल निम्न तीन मस्जिदहरूको लागि मात्र गर्न सकिन्छ: मस्जिद अल-हराम (मक्का), मस्जिद अल-अक्सा, र मेरो यो मस्जिद (मस्जिद अन-नबवी, मदिना)।
सही मुत्तफकुन अलैहि
"हे महिलाहरू, दान गर, किनभने मैले तिमीहरूलाई धेरै संख्यामा नरकमा देखेको छु।" त्यसपछि महिलाहरूले भने: "कसरी, हे रसूल?" उनले भने: "तिमीहरू बारम्बार गाली-गलौच गर्छौ र आफ्ना पतिको नाफरमानी गर्छौ।" "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।" महिलाहरूले भने: "हाम्रो धर्म र बुद्धिमा के कमी छ?" उनले भने: "के महिलाको गवाही पुरुषको गवाहीको आधा होइन?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यो उसको बुद्धिको कमी हो।" अनि "के जब ऊ महिनावारीमा हुन्छे, तब ऊ न नमाज पढ्छे न रोजा राख्छे?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यसो भए, त्यो उसको धर्मको कमी हो।"
सही मुत्तफकुन अलैहि
"सम्बन्ध कायम राख्ने त्यो होइन जसले बदलामा सम्बन्ध कायम गर्छ, तर वास्तवमा सम्बन्धलाई जोगाउने त्यो हो जसले अरुले तोडे पनि उसले जोड्दछ ।"
सही बुखारीले वर्णन गरेका छन्
"तिमीहरूले महिलाहरूको घरमा प्रवेश गर्नबाट जोगिनु पर्छ।" यो सुनेर एक अन्सारी पुरुषले सोधे: हे अल्लाहका रसूल! पतिका नजिकका आफन्तहरू (भाइहरू आदि) को बारेमा तपाईं के भन्नुहुन्छ? उहाँले भन्नुभयो: "महिलाका पतिका आफन्त मृत्यु हो।"
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले क़ज़ा (अर्थात् टाउकोका केही भागमा मात्रै कपाल मुण्डन गर्ने) निषेध गर्नुभएको छ ।
सही मुत्तफकुन अलैहि
"तिमीहरूमध्ये जोसँग विवाह गर्ने सामर्थ्य छ, उसले विवाह गरिहालोस्। किनकि विवाहले आँखालाई झुकाउने (अवैध दृष्टिबाट बचाउने) र लज्जास्थानलाई सुरक्षित राख्ने काम गर्छ। र जससँग सामर्थ्य छैन, उसले रोजा (व्रत) राखोस्। किनकि व्रतले यौन इच्छालाई कमजोर गर्छ ।"
सही मुत्तफकुन अलैहि