तिमीले लेखे हुन्छ, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो (मुख) बाट सत्य बाहेक केही निस्कँदैन ।"
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,
मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुराहरू सुरक्षित राख्ने उद्देश्यले लेख्थें । तर कुरैशका केही मानिसहरूले मलाई त्यसो गर्नबाट रोके र भने, "के तिमी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुरा लेख्छौ, जबकि उहाँ एक पनि मानव हुनुहुन्छ र क्रोध र खुशीको अवस्थामा कुरा गर्नुहुन्छ ? त्यसैले मैले लेख्न बन्द गरें र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसबारे सोधे । उहाँले आफ्नो औंलाले आफ्नो मुखतिर संकेत गर्दै भन्नुभयो: " तिमीले लेखे हुन्छ, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो (मुख) बाट सत्य बाहेक केही निस्कँदैन ।"
كنتُ أكتبُ كلَّ شيءٍ أسمعُه من رسولِ الله صلَّى الله عليه وسلم أُريدُ حفْظَه، فنهتْني قريشٌ، وقالوا: أتكْتبُ كلَّ شيءٍ تَسمَعُه من رسول الله صلَّى الله عليه وسلم، ورسولُ الله صلَّى الله عليه وسلم بَشَرٌ يتكلَّمُ في الغضَبِ والرِّضا؟ فأمسَكتُ عن الكتاب، فذكرتُ ذلك لرسول الله صلَّى الله عليه وسلم، فأومأ بإصبَعِه إلى فيه، فقال: «اكتُبْ، فوالذي نفسي بيدِه، ما يَخرُجُ منه إلا حقٌّ».
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् : मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुराहरू लिखित रूपमा सुरक्षित राख्ने उद्देश्यले लेख्नेगर्थे । तर कुरैशका केही मानिसहरूले मलाई त्यसो गर्नबाट रोके र भने, उहाँ एक मानव हुनुहुन्छ, रिस र खुशी दुवै अवस्थामा बोल्नुहुन्छ, उहाँबाट कहिलेकाहीं गल्ती हुन सक्छ, त्यसैले मैले लेख्न छोडें । त्यसपछि मैले यो कुरा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें र उहाँले आफ्नो औंलाले आफ्नो मुखतिर संकेत गर्दै भन्नुभयो: "तिमी लेख, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो मुखबाट रिस र खुशी हरेक परिस्थितिमा सत्य बाहेक केही निस्कँदैन ।" अल्लाहले स्वयं रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बारेमा भन्नुभएको छ: {उहाँ आफ्नो इच्छाले केही बोल्नुहुन्न । यो केवल वही (प्रकाशना) हो जुन उहाँतर्पफ पठाइएको हो} [सूरा नजम ३-४]
...:
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको सन्देश पुर्याउने मामिलामा माअ्सुम (निश्छल र त्रुटिरहित) हुनुहुन्छ । यसमा उहाँबाट कुनै गल्ती हुनसक्ने दुर्गम सम्भावना पनि छैन । न खुसीको स्थितिमा न क्रोधको अवस्थामा ।
उहाँका साथीहरू सुन्नतको रक्षा गर्न र प्रचार गर्न तत्पर थिए ।
कुनै कुरामा जोड दिनको लागि कसम खाने अनुमति छ ।
ज्ञानलाई सुरक्षित राख्ने सबैभन्दा महत्त्वपूर्ण माध्यम लेख्नु हो ।
सुनन अबी दाउद (5/ 489) (3646).
थप (1)
شرح سنن أبي داود للعباد (412/ 21).