Skip to content

"हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो मिसिएको पानीको रंग (भूरा; खैरो) वा पहेँलो रंगको पदार्थलाई केही (महिनावारीको रगतको रूपमा) मान्दैन थियौं ।"

उम्मे अतिय्या (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग (बैअत) वफादारी को प्रतिज्ञा गरेका थिइन्, उनले भन्नुहुन्छ:

"हामीले (महिनावारीबाट) पवित्र भएपछि निस्कने माटो मिसिएको पानीको रंग (भूरा; खैरो) वा पहेँलो रंगको पदार्थलाई केही (महिनावारीको रगतको रूपमा) मान्दैन थियौं ।"

كُنَّا لا نَعُدّ الكُدرَةَ والصُّفْرَةَ بعدَ الطُّهرِ شيئًا.

अबू दाउदले यस शब्दका साथ वर्णन गरेका छन् र बुखारीले त्यो शब्द (शुद्धीकरण पछि) बिना वर्णन गरेका छन्
सही
व्याख्या

सहाबीया उम्मे अतिय्या (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, महिलाहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा महिनावारीबाट पवित्र भएपछि योनीबाट निस्कने कालो जस्तै देखिने वा पहेंलो रङ्गको पदार्थलाई महिनावारी महिनावारी मान्दैनथे र यसले गर्दा तिनीहरूले नमाज वा रोजा छोड्दैनथे।

शब्दको अर्थ

الْكُدْرَةُ: هو الماء الذي تراه المرأة كالماء الوسخ الكدر.

الصُّفْرَةَ: هو الماء الذي تراه المرأة كالصديد يعلوه اصفرار.

हदीसका केही फाइदाहरू

महिनावारीबाट पवित्र भएपछि योनीबाट निस्कने मटमैलो वा पहेंलो रङ्गको पानीलाई महिनावारी मानिदैन ।

महिनावारीको समयमा मटमैलो वा पहेँलो देखिने पानीलाई महिनावारीको रगतको रूपमा मानिन्छ, किनभने यो महिनावारीको अवधिमा निस्केको रगत हो, फरक यति मात्र हो कि सो पदार्थ पानीसँग मिश्रित हुन्छ।

महिनावारीबाट पवित्र भइसकेपछि यदि मटमैलो वा पहेँलो पदार्थ निस्कन्छ भने, त्यसको कारणले महिलाले नमाज वा रोजा त्याग्नु पर्दैन। बरु, उहाँले वुजू गरेर नमाज पढ्नुपर्छ।

श्रोतहरू

सही बुखारी (1/ 72) (326).

सुनन अबी दाउद (1/ 226) (307).

थप (4)

توضيح الأحكام.

للبسام (1/ 450).

سُبل السلام.

للصنعاني (1/ 153).