Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

44 of 683 cards

Clear filters
"तिमीहरूमध्ये प्रत्येक मानिस राति सुत्दा शैतानले उसको टाउको पछाडि तीनवटा गाँठो बाँध्छ र प्रत्येक गाँठोमा फुँक्छ र भन्छ, 'सुत, अझै धेरै रात बाँकी छ। यदि कोही उठेर अल्लाहलाई सम्झन्छ भने, एउटा गाँठो खुल्छ। यदि उसले वुजू गर्छ भने, अर्को गाँठो खुल्छ। यदि उसले प्रार्थना गर्छ भने, अर्को गाँठो पनि खुल्छ। यसरी, ऊ ऊर्जावान र राम्रो स्वभावको रहन्छ। अन्यथा, ऊ दुःखी र सुस्त रहन्छ।"
सही मुत्तफकुन अलैहि
“जब तिमीहरू मध्ये कसैले आफ्नो पेटमा केही महसुस गर्छ र त्यसबाट (मलद्वारको मार्ग बाट) केही निस्किएको छ वा छैन भन्ने शंका लाग्छ भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म मस्जिदबाट बाहिर नजाओस् ।”
सही मुस्लिमले वर्णन गरेका छन्
"तिमीहरू मध्ये कसैको वुजू भङ्ग भएमा, पुनः वुजू नगरेसम्म अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न।"
सही मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो। मैले सोधेँ, "त्यस बेला तपाईंहरू के गर्नुहुन्थ्यो?" उहाँले जवाफ दिनुभयो, "हामीमध्ये कोहीले वुजू गरेको भए, वुजू नटुटेसम्म त्यही वुजू अन्य नमाजहरुका लागि पर्याप्त हुन्थ्यो।"
सही बुखारीले वर्णन गरेका छन्
"पाँच कुरा फित्रत (प्राकृतिक) हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”
सही मुत्तफकुन अलैहि
"जब तिमीहरू दिशा-पिसाब गर्न जान्छौ, तब किब्लातर्फ न मुख गर, न त पिठ्यूँ फर्काऊ, बरु पूर्व वा पश्चिमतर्फ फर्केर शौच गर ।" अबू अय्यूब (रजियल्लाहु अन्हु) ले भन्नुहुन्छ कि, जब हामी सिरिया गयौं, त्यहाँ हामीले शौचालयहरू किब्लातर्फ फर्काएर बनाइएका पायौं। त्यसैले हामीले सकेसम्म अर्को दिशामा फर्केर शौच गर्ने गर्थ्यौं र अल्लाहसँग माफी माग्ने गर्दथ्यौं।"
सही मुत्तफकुन अलैहि
म इस्लाम स्वीकार गर्ने उद्देश्यले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएँ, उहाँले मलाई पानी र बेरको पातले नुहाउन आदेश दिनुभयो ।
सही अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
"तिमीहरूमध्ये कसैले पनि पिसाब गर्दा दाहिने हातले आफ्नो गोप्यअंग नसमातोस्, न त शौचपछि दाहिने हातले इस्तिन्जा (पखाल्ने काम) गरोस्, र न त भाँडा (मा पानी पिउँदा) भाँडोभित्र सास फेरोस्।"
सही मुत्तफकुन अलैहि