एउटी महिला, जो गर्भावस्थाको शुरुआती चरणमा थिइन्, दुर्घटनामा परेर गम्भीर रक्तस्रावका कारण गर्भपात भयो, के उनले रोजा तोड्न सक्छिन् वा रोजा जारी राख्नुपर्छ? यदि उनले रोजा तोडिन् भने, के उनलाई कुनै पाप लाग्छ?
السؤال
प्रश्न १:
एउटी महिला, जो गर्भावस्थाको शुरुआती चरणमा थिइन्, दुर्घटनामा परेर गम्भीर रक्तस्रावका कारण गर्भपात भयो, के उनले रोजा तोड्न सक्छिन् वा रोजा जारी राख्नुपर्छ? यदि उनले रोजा तोडिन् भने, के उनलाई कुनै पाप लाग्छ?
س28: امرأةٌ أصيبت في حادثةٍ، وكانت في بداية الحمل، فأسقطت الجنين إثر نزيفٍ حادٍّ، فهل يجوز لها أن تفطر، أو تواصل الصّيام؟ وإذا أفطرت فهل عليها إثمٌ؟
الجواب
उत्तर १:
हामीले भन्छौं: गर्भवती महिलालाई महिनावारी हुँदैन, यस सम्बन्धमा इमाम अहमदले भन्नुभएको छ, "महिलाहरूलाई गर्भावस्था महिनावारी बन्द भएबाट थाहा हुन्छ।" विद्वानहरूका अनुसार, महिनावारी अल्लाहले गर्भमा रहेको भ्रूणको पोषणका लागि एक विशेष उद्देश्यका साथ सृष्टि गर्नुभएको हो। तसर्थ, गर्भावस्था प्रारम्भ भएपछि महिनावारी बन्द हुन्छ।
तरपनि, केही महिलाहरूमा गर्भावस्थाको समयमा पनि अघिझैँ नियमित रूपमा जारी रहन सक्छ, यस्तो अवस्थामा, उक्त रगतलाई वास्तविक महिनावारी मानिन्छ; किनभने गर्भावस्थाले यसलाई प्रभावित गरेको हुँदैन र यो नियमित प्रकृतिको हुन्छ, तसर्थ यो महिनावारीले गैर-गर्भवती महिलाको महिनावारीले निषेध गर्ने सबै कार्यहरूलाई निषेध गर्छ र यसले अनिवार्य गर्ने वा छुट दिने कुराहरू पनि लागू हुन्छन्।
निष्कर्ष: गर्भवती महिलाबाट निस्कने रगतका दुई प्रकार छन्:
पहिलो प्रकार: यदि रगत उनको गर्भावस्थापूर्वको सामान्य महिनावारीझैँ निरन्तर छ भने, यसलाई महिनावारी (हैद) मानिन्छ। यस अवस्थामा, गर्भावस्थाले रगतलाई प्रभावित नगरेको हुनाले यसलाई महिनावारी नै मानिन्छ ।
दोस्रो प्रकार: गर्भावस्थामा नयाँ रूपमा देखा परेको रगत, गर्भावस्थाको समयमा दुर्घटना, भारी वस्तु उचाल्ने वा लड्नेजस्ता कारणले रगत देखिएमा त्यसलाई महिनावारी मानिँदैन, बरु यो नसोबाट आएको रगत हो।
त्यसैले यस प्रकारको रक्तस्रावले महिलालाई नमाज, रोजा जारी राख्नबाट रोक्दैन र उनी शुद्ध महिलाकै श्रेणीमा रहन्छिन्।
तर, यदि दुर्घटनाका कारण गर्भमा रहेको भ्रूण वा बच्चा बाहिर आएमा, विद्वानहरूको मतअनुसार निम्न नियमहरू लागू हुन्छन्: यदि बाहिर आएको भ्रूणमा मानव संरचनाको चिन्ह (जस्तै: हात, खुट्टा वा अन्य अंगको प्रारम्भिक रूप) देखिएमा, त्यसपछि बग्ने रगतलाई निफास (सुत्केरीको रगत) मानिन्छ। यो अवधिमा महिलाले नमाज र रोजा छोड्नुपर्छ। साथै, शुद्धी नभएसम्म पतिले उनीसँग सहवास गर्नुहुँदैन।
यदि बाहिर आएको भ्रूणमा मानव संरचनाको कुनै चिन्ह देखिएको छैन भने, यो रगतलाई निफास मानिँदैन, बरु यसलाई विकृत रगत मानिन्छ। यस प्रकारको रक्तस्रावले महिलालाई नमाज, रोजा वा अन्य उपासनाहरू जारी राख्नबाट रोक्दैन।
विद्वान्हरूको भनाइ अनुसार: शिशुको रचना देखिने न्यूनतम समय ८१ दिन हो; किनकि भ्रूण आमाको गर्भमा हुन्छ,
जसरी अब्दुल्लाह बिन मसऊद (रदियल्लाहु अन्हु) ले भन्नुभएको छ: हामीलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम), जो स्वयम सत्यवादी र जसको सत्यता पुष्टि गरिएको छ, ले बताउनुभयो: "तिमीहरू मध्ये प्रत्येकको सृष्टि आफ्नो आमाको गर्भमा ४० दिनसम्म एकत्रित हुन्छ, त्यसपछि त्यति नै समयसम्म रगतको ढिको (अलकाह) बन्छ, त्यसपछि त्यति नै समयसम्म मासुको डल्लो (मुद्घाह) बन्छ, त्यसपछि अल्लाहले फरिश्ता (स्वर्गदुत) पठाउनुहुन्छ र चार कुराहरू लेख्न आदेश दिनुहुन्छ: उसको जीविका, आयु, कर्म, र ऊ दु:खी वा सुखी हुने कुरा।"
यस हदीसका आधारमा, ८१ दिनअघि भ्रूणमा मानव संरचना बन्न सम्भव हुँदैन। केही विद्वानहरूका अनुसार, सामान्यतया ९० दिनभन्दा पहिले भ्रूणमा संरचना स्पष्ट रूपमा देखिँदैन।
ﺟ28: نقول: إن الحامل لا تحيض، كما قال الإمام أحمد:
"إنما تعرف النّساء الحمل بانقطاع الحيض".
والحيض -كما قال أهل العلم- خلقه الله تبارك وتعالى لحكمة غذاء الجنين في بطن أمّه، فإذا نشأ الحمل انقطع الحيض.
لكن بعض النّساء قد يستمرّ بها الحيض على عادته كما كان قبل الحمل، فهذه يحكم بأن حيضها حيضٌ صحيحٌ؛ لأنه استمر بها الحيض، ولم يتأثر بالحمل، فيكون هذا الحيض مانعًا لكلّ ما يمنعه حيض غير الحامل، وموجبًا لـما يوجبه، ومسقطًا لـما يسقطه.
والحاصل: أن الدم الّذي يخرج من الحامل على نوعين:
نوعٌ يحكم بأنه حيضٌ، وهو الّذي استمر بها كما كان قبل الحمل، فمعنى ذلك: أن الحمل لم يؤثّر عليه، فيكون حيضًا.
والنوع الثاني: دمٌ طرأ على الحمل طروءًا، إما بسببٍ حادثٍ، أو حمل شيءٍ، أو سقوطٍ من شيءٍ ونحوه، فهذه دمها ليس بحيضٍ، وإنما هو دم عرقٍ،
وعلى هذا فلا يمنعها من الصلاة، ولا من الصوم، بل هي في حكم الطاهرات.
ولكن إذا لزم من الحادث أن ينزل الولد أو الحمل الذي في بطنها فإنها على ما قال أهل العلم: إن خرج وقد تبين فيه خلق إنسانٍ فإن دمها بعد خروجه يعدّ نفاسًا، تترك فيه الصلاة والصوم، ويتجنبها زوجها حتى تطهر.
وإن خرج الجنين وهو غير مخلّقٍ فإنه لا يعتبر دم نفاسٍ، بل هو دم فسادٍ، لا يمنعها من الصلاة، ولا من الصّيام، ولا من غيرهما.
قال أهل العلم: وأقلّ زمنٍ يتبين فيه التخليق: واحدٌ وثمانون يومًا؛ لأن الجنين في بطن أمّه، كما قال عبد الله بن مسعودٍ رضي الله عنه: حدثنا رسول الله ﷺ وهو الصادق المصدوق، فقال:
«إِنَّ أَحَدَكُمْ يُجْمَعُ فِي بَطْنِ أُمِّهِ أَرْبَعِينَ يَوْمًا، ثُمَّ يَكُونُ عَلَقَةً مِثْلَ ذَلِكَ، ثُمَّ يَكُونُ مُضْغَةً مِثْلَ ذَلِكَ، ثُمَّ يُبْعَثُ إِلَيْهِ الْمَلَكُ، وَيُؤْمَرُ بِأَرْبَعِ كَلِمَاتٍ، فَيُكْتَبُ رِزْقُهُ، وَأَجَلُهُ، وَعَمَلُهُ، وَشَقِيٌّ أَوْ سَعِيدٌ» [1]،
ولا يمكن أن يخلق قبل ذلك، والغالب أن التخليق لا يتبين قبل تسعين يومًا، كما قال بعض أهل العلم.
[10] رواه البخاري، كتاب أحاديث الأنبياء، باب خلق آدم وذريته (3333)، ومسلم، كتاب القدر، باب كيفية خلق الآدمي في بطن أمه (1) (2643).