Skip to content

"सहमतिबाट कसैलाई खलीफा (हाकिम) को रूपमा मानेपछि यदि कोही तिम्रो एकतालाई विभाजित गर्न वा तिम्रो समुदायमा असन्तुष्टि सृजना गर्न आउँछ भने उसको हत्या गरिदेऊ ।"

अर्फजह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें :

"सहमतिबाट कसैलाई खलीफा (हाकिम) को रूपमा मानेपछि यदि कोही तिम्रो एकतालाई विभाजित गर्न वा तिम्रो समुदायमा असन्तुष्टि सृजना गर्न आउँछ भने उसको हत्या गरिदेऊ ।"

«مَنْ أَتَاكُمْ وَأَمْرُكُمْ جَمِيعٌ عَلَى رَجُلٍ وَاحِدٍ، يُرِيدُ أَنْ يَشُقَّ عَصَاكُمْ، أَوْ يُفَرِّقَ جَمَاعَتَكُمْ، فَاقْتُلُوهُ».

मुस्लिमले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब मुस्लिमहरूले एकमतले कसैलाई आफ्नो हाकिमको रूपमा स्वीकार गर्छन् र एक समुदायको रूपमा जीवन बिताइरहेका छन् र तब कोही आएर हाकिमबाट शासन खोस्न चाहन्छ र मुस्लिम समुदायलाई दलहरूमा विभाजित गर्न चाहन्छ भने उसको खराबीबाट बच्न र मुस्लिमहरूलाई रक्तपातबाट सुरक्षित राख्नको लागि उसलाई रोक्न र लड्नु अनिवार्य हुनेछ ।

शब्दको अर्थ

وأمركم جميع: كلمتكم مجتمعة على إمام واحد، وأنتم يد واحدة.

يشق عصاكم: أصل العصا الاجتماع والائتلاف، والمراد هنا أنه يريد تفريق جماعتكم التي اجتمعت على إمام واحد.

हदीसका केही फाइदाहरू

जबसम्म कुनै मुस्लिम शासकले पापको आदेश दिँदैन, उसको कुरा सुन्न र उसको आदेश पालन गर्नु अनिवार्य छ र उसको विरुद्ध विद्रोह गर्न हराम (निषेध) हो ।

मुस्लिम हाकिम र उसको समुदाय विरुद्ध विद्रोह गर्ने व्यक्ति वंश, पद, इज्जत र प्रतिष्ठाको हिसाबले जतिसुकै उच्च किन नहोस्, त्यसको विरुद्ध लड्नु अनिवार्य छ ।

मतभेदको शिकार नहुने र एकताबद्ध रहने प्रोत्साहन ।

श्रोतहरू

सही मुस्लिम (3/ 1480) (1852).

थप (8)

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (8/ 349).

توضيح الأحكام شرح بلوغ المرام.

للبسام (6/ 329).

فتح ذي الجلال والإكرام بشرح بلوغ المرام.

لابن عثيمين (5/ 302).

المفاتيح في شرح المصابيح.

الحسين المُظْهِري (4/ 295).