Skip to content
683 Hadiths

Encyclopedia of Prophetic Hadiths

Filter results

14 of 683 cards

Clear filters
हे नबी! यदि यस्ता शासकहरूले हामीमाथि शासन गरे, जसले हामीबाट आफ्नो अधिकार खोस्नेछ तर हाम्रो अधिकार दिनेछैन, यस विषयमा तपाईं हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले उनको कुरामा ध्यान दिनु भएन । उनले फेरि सोधे, तर उहाँले उनको कुरामा ध्यान दिनु भएन । उनले दोस्रो वा तेस्रो पटक सोधेपछि अश्अष बिन कैस (रजियल्लाहु अन्हु) ले उनलाई ताने र उहाँले भन्नुभयो: "उनीहरुको कुरा सुन र आज्ञापालन गर। उनीहरूमाथि जे छ त्यसको लागि उनीहरू जिम्मेवार छन् र तपाईंमाथि जे छ त्यसको लागि तपाईंहरू जिम्मेवार हुनुहुन्छ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"सहमतिबाट कसैलाई खलीफा (हाकिम) को रूपमा मानेपछि यदि कोही तिम्रो एकतालाई विभाजित गर्न वा तिम्रो समुदायमा असन्तुष्टि सृजना गर्न आउँछ भने उसको हत्या गरिदेऊ ।"
सही मुस्लिमले वर्णन गरेका छन्
एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हाम्रो बीचमा उभिएर यस्तो प्रभावशाली उपदेश दिनुभयो जसले हाम्रो हृदय काँप्यो र हाम्रा आँखाहरू आँसुले भरिए । कसैले भन्यो, हे अल्लाहको रसूल! तपाईंले यस्तो उपदेश दिनुभएको छ, जुन विदाई प्रवचन जस्तो देखिन्छ । त्यसैले कृपया हामीलाई केही नसीहत गर्नुहोस् । उहाँले भन्नुभयो: "अल्लाहसँग डराउनु र आफ्ना शासकहरूको आदेश सुन्नु र पालन गर्नु, चाहे शासक एक कालो दास भए पनि । तिमीहरूले मेरो पछि धेरै विवाद देख्ने छौ। त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नु ।" यसलाई बङ्गाराले भएपनि समात्नु । धर्मको नाममा नयाँ कुराहरूबाट टाढा रहनु । प्रत्येक विदअत (धर्मको नाममा गर्ने नयाँ कुरा) भ्रम र पथभ्रष्टता हो ।"
सही अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
"हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति कठोर हुनुहोस् र जसलाई मेरो उम्मतको कुनै मामिला सुम्पिएको छ र उनीहरूसँग नरम व्यवहार गर्छ भने तपाईं उससँग नम्र हुनुहोस् ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"निश्चय नै चाँडै फित्नाहरू आउनेछन्। सावधान! त्यसपछि यस्तो फित्ना हुनेछ, जसमा बस्ने व्यक्ति हिँड्ने व्यक्तिभन्दा उत्तम हुनेछ, र हिँड्ने व्यक्ति त्यसतर्फ दौडने व्यक्तिभन्दा उत्तम हुनेछ। सुन्नुहोस्! जब त्यो फित्ना आउनेछ वा घटनेछ, तब जसको ऊँट छ ऊ आफ्नो ऊँटसँगै लागोस्, जसका बाख्राहरू छन् ऊ आफ्ना बाख्राहरूसँगै लागोस्, र जसको जमिन छ ऊ आफ्नो जमिनमै लागोस्।" एक व्यक्तिले सोधे: "हे अल्लाहका रसूल! जसको ऊँट, बाख्रा र जमिन केही पनि छैन भने उसले के गर्ने?" उहाँले भन्नुभयो: "उसले आफ्नो तरवार समातोस् र ढुङ्गाले हानेर त्यसको धारलाई भुत्ते बनाओस्, त्यसपछि यदि ऊ बाँच्न सक्छ भने बाँचोस्। हे अल्लाह! के मैले सन्देश पुऱ्याएँ? हे अल्लाह! के मैले सन्देश पुऱ्याएँ? हे अल्लाह! के मैले सन्देश पुऱ्याएँ?" त्यसपछि अर्का एक व्यक्तिले सोध्यो: "हे अल्लाहका रसूल! यदि मलाई बाध्य पारेर दुई सेनामध्ये वा दुई समूहमध्ये कुनै एकमा लगियो, अनि कसैले मलाई तरवारले प्रहार गर्‍यो वा कुनै काँड आएर मलाई लाग्यो र म मारिएँ भने के हुन्छ?" उहाँले भन्नुभयो: "त्यो मार्ने व्यक्तिले आफ्नो पाप र तिम्रो पाप (दुवैको भार) बोक्नेछ र ऊ नर्कबासीहरूमध्ये हुनेछ।"
सही मुस्लिमले वर्णन गरेका छन्
"भविष्यमा त्यस्ता शासकहरू आउनेछन्, जसका केही कार्यहरू तिमीहरूलाई राम्रा लाग्नेछन् र केही नराम्रा। यस्तो अवस्थामा जसले तिनीहरूका (नराम्रा कार्यहरूलाई) नराम्रो मान्नेछ, उ पापबाट मुक्त हुनेछ। र जसले तिनीहरूका नराम्रा कामहरूलाई नराम्रो भनेर इन्कार गर्नेछ, ऊ सुरक्षित रहनेछ। तर जो (तिनीहरूका नराम्रा कामहरूबाट) सन्तुष्ट रहनेछ र तिनीहरूको अनुसरण गर्नेछ, (ऊ दोषी ठहरिनेछ)।" साथीहरूले सोधे, "के हामी उनीहरूसँग युद्ध गरौं?" उहाँले भने, "होइन, जबसम्म उनीहरू नमाज पढिरहन्छन् (तबसम्म युद्ध नगर्नु) ।"
सही मुस्लिमले वर्णन गरेका छन्
“तिमीहरू सबै जिम्मेवार छौँ र प्रत्येकलाई उस्को जिम्मेवारीबारे सोधिनेछ । शासक, जसले मानिसहरूको नेतृत्व गर्छ, ऊ जिम्मेवार छ र उसलाई उसको प्रजाबारे सोधिनेछ । पुरुष आफ्नो घरपरिवारको जिम्मेवार छ र उससँग उसको मातहतको बारेमा सोधिनेछ । महिला आफ्नो पतिको घर र सन्तानको जिम्मेवार छिन् र उसलाई तिनीहरूको बारेमा सोधिनेछ । सेवक आफ्नो मालिकको सम्पत्तिको जिम्मेवार छ र उसलाई त्यसको बारेमा सोधिनेछ ।सचेत रहनुहोस्! तिमीहरु सबै जिम्मेवार छौँ र प्रत्येकले आफ्ना अधीनस्थहरूको बारेमा जवाफ दिनुपर्नेछ।"
सही मुत्तफकुन अलैहि
हामीले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)सँग यो शर्तमा शपथ लिएका थियौं (प्रतिबद्धता) गरेका थियौं की हामी हरेक अवस्थामा—कठिनाईमा होस् या सहजतामा, खुशीमा होस् या दुःखमा—उहाँको हुकुमलाई सुनौं र मानौं, चाहेvहाम्रै विरुद्ध भए तापनि हामी अधिकारका वास्तविक हकदारसँग झगडा गर्नेछैनौ । हामी जहाँ भए पनि सत्यको कुरा गर्नेछौं, र अल्लाहको मार्गमा कुनै दोषारोपण गर्नेहरूको डर राख्ने छैनौं।
सही मुत्तफकुन अलैहि