السؤال
س٢٧: ما دعاء السفر؟
प्रश्न २७: यात्रा (सफर) को दुआ के हो?
الجواب
ج:«الله أكبر، الله أكبر، الله أكبر ﴿سُبْحَانَ الَّذِي سَخَّرَ لَنَا هَذَا وَمَا كُنَّا لَهُ مُقْرِنِينَ 13 وَإِنَّا إِلَى رَبِّنَا لَمُنْقَلِبُونَ 14﴾ [الزخرف: 13-14]، اللهم إنا نسألك في سفرنا هذا البر والتقوى ومن العمل ما ترضى، اللهم هون علينا سفرنا هذا، واطو عنا بعده، اللهم أنت الصاحب في السفر، والخليفة في الأهل، اللهم إني أعوذ بك من وعثاء السفر، وكآبة المنظر، وسوء المنقلب، في المال والأهل».
وإذا رجع قالهن، وزاد:
«آيبون، تائبون، عابدون، لربنا حامدون»
رواه مسلم.
उत्तर: “अल्लाहु अकबर, अल्लाहु अकबर, अल्लाहु अकबर। सुब्हानल्लजी सख्खरा लना हाजा वमा कुन्ना लहु मुकरिनीन, वा इन्ना इला रब्बिना लमुनकलिबून। अल्लाहुम्मा इन्ना नस्अलुका फी सफरिना हाजा अल-बिर्रा वत्तक्वा वमिनल अमलि मा तर्दा। अल्लाहुम्मा हव्विन अलैना सफरना हाजा, वत्वि अन्ना बुअदह। अल्लाहुम्मा अन्तस्साहिबु फिस्सफर, वलखलीफतु फिल अह्ल। अल्लाहुम्मा इन्नी अऊधु बिका मिन वअथाइस्सफर, वकआबातिल मनजर, वसूइल मुनकलिब, फिल मालि वल अह्ल।” अर्थ: अल्लाह महान हुनुहुन्छ। अल्लाह महान हुनुहुन्छ। अल्लाह महान हुनुहुन्छ। {पवित्र हुनुहुन्छ उहाँ जसले यस सवारी साधनलाई हाम्रो अधीनमा गरिदिनुभयो, अन्यथा हामी यसलाई आफ्नो नियन्त्रणमा लिन सक्दैनथ्यौं।} [अल-जुख़्रुफ: १३–१४] हे अल्लाह! हामी तपाईंसँग यस यात्रामा धर्मपरायणता, पुण्य र ती कर्महरूको प्रार्थना गर्छौं जसबाट तपाईं प्रसन्न हुनुहुन्छ। हामीलाई यो यात्रा सहज बनाइदिनुहोस् र यसको दूरी हाम्रा लागि कम गरिदिनुहोस्। हे अल्लाह! तपाईं यात्रामा हाम्रो साथी र हाम्रो परिवारमा हाम्रो प्रतिनिधि (संरक्षक) हुनुहुन्छ। हे अल्लाह! म तपाईंसँग यात्राको कठिनाइ, दुःखद दृश्य र धन तथा परिवारमा हुने खराब परिवर्तनबाट शरण माग्छु।
जब यात्राबाट फर्किन्छ, उसले यी दुआहरू पनि भन्छ र थप्छ:
«आइबून, ताइबून, आबिदून, लिरब्बना हामिदून।» अर्थ: हामी फर्किनेहरू हौं, तौबा गर्नेहरू हौं, इबादत गर्नेहरू हौं, र हाम्रो रबको प्रशंसा गर्नेहरू हौं।
(मुस्लिम)