Skip to content

म आफ्ना दाजुभाइ र साथीहरूसँग कसरी व्यवहार गरूँ?

الباب / الفصل
قسم الآداب الإسلامية

السؤال

س5: كيف أكون مع إخواني وأصدقائي؟

प्रश्न ५: म आफ्ना दाजुभाइ र साथीहरूसँग कसरी व्यवहार गरूँ?

الجواب

ج:1. أحب وأصاحب الأخيار.

  1. أتجنب وأترك مصاحبة الأشرار.

في الحديث:

«لا تصاحب إلا مؤمنًا، ولا يأكل طعامك إلا تقي»

رواه الترمذي وأبو داود.

  1. أسلم على إخواني وأصافحهم.

«ما من مسلمين يلتقيان فيتصافحان، إلا غفر لهما قبل أن يفترقا»

رواه أبو داود والترمذي.

  1. أعودهم إذا مرضوا وأدعو لهم بالشفاء.
  2. وأشمت العاطس.
  3. أجيب دعوته إذا دعاني لزيارته.

«حق المسلم على المسلم خمس: رد السلام، وعيادة المريض، واتباع الجنائز، وإجابة الدعوة، وتشميت العاطس»

متفق عليه.

  1. أقدم له النصيحة.

«ومن أشار على أخيه بأمر يعلم أن الرشد في غيره فقد خانه»

رواه أبو داود.

  1. أنصره إذا ظلم، وأمنعه عن الظلم.

قال رسول الله صلى الله عليه وسلم:

«انصر أخاك ظالمًا أو مظلومًا» فقال رجل: يا رسول الله، أنصره إذا كان مظلومًا، أفرأيت إذا كان ظالمًا كيف أنصره؟ قال: «تحجزه - أو تمنعه - من الظلم؛ فإن ذلك نصره»

رواه البخاري.

  1. أحب لأخي المسلم ما أحب لنفسي.

في الحديث عن أنس رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:

«لا يؤمن أحدكم حتى يحب لأخيه ما يحب لنفسه»

  1. أساعده إذا احتاج إلى مساعدتي.

«والله في عون العبد ما كان العبد في عون أخيه»

رواه مسلم.

  1. لا أمسه بأذى، بقول أو فعل.

«المسلم من سلم المسلمون من لسانه ويده»

  1. أحفظ سره.

«إذا حدث الرجل بالحديث ثم التفت فهي أمانة»

  1. لا أشتمه، ولا أغتابه، ولا أحتقره، ولا أحسده، ولا أتجسس عليه، ولا أغشه.

«المسلم أخو المسلم لا يظلمه، ولا يخذله، ولا يحقره، وحسب امرئ من الشر أن يحقر أخاه المسلم»

البخاري ومسلم.

उत्तर: १. म असल मानिसहरूसँग संगत गर्नेछु र उनीहरूलाई माया गर्नेछु।

२. म नराम्रो मानिसहरूबाट टाढा रहनेछु र उनीहरूको संगत गर्ने छैन।

यसको प्रमाण यो हदीस हो:

«विश्वासी बाहेक कसैसँग संगत नगर र तिम्रो खाना धर्मपरायण बाहेक अरूले नखाओस्।»

(तिर्मिजी र अबू दाऊद)

३. म आफ्ना भाइहरूसँग सलाम गर्छु र हात मिलाउँछु।

"जब दुई मुस्लिमहरू आपसमा भेट्छन् र हात मिलाउँछन्, उनीहरू छुट्नु अघि नै तिनीहरूको पापहरू माफ गरिन्छ।"

(अबू दाऊद र तिर्मिजी)

४- जब उनीहरू बिरामी पर्छन्, म उनीहरूको अवलोकन (इयादत) गर्नेछु र स्वास्थ्यलाभ (शिफा) को लागि प्रार्थना गर्नेछु।

५. हाच्छ्युँ गर्ने व्यक्तिले (अल्हम्दुलिल्लाह) भन्छ, म त्यसको जवाफमा (यरहमकल्लाह) भन्नेछु।

६. यदि कसैले मलाई निमन्त्रणा दिन्छ, म त्यो निम्तो स्वीकार गर्नेछु।

"एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकार छन्: सलामको जवाफ दिनु, बिरामीलाई भेट्नु, अन्त्येष्टि (जनाजा) मा सहभागी हुनु, निमन्त्रणा स्वीकार गर्नु, र हाच्छ्युँ गर्ने व्यक्तिले (अल्हम्दुलिल्लाह) भन्छ भने जवाफमा (यरहमकल्लाह) भन्नु।"

(बुखारी र मुस्लिम)

७. म उसलाई राम्रो सल्लाह दिनेछु।

"जसले आफ्नो भाइलाई कुनै विषयमा जानेर गलत सल्लाह दिन्छ भने, उसले आफ्नो भाइलाई धोका दिएको हुन्छ।"

(अबू दाऊद)

८. यदि ऊ अन्यायमा परेको छ भने म उसको सहायता गर्नेछु र उसलाई अन्याय गर्नबाट रोक्नेछु।

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छः

“आफ्ना भाइलाई सहयोग गर, चाहे ऊ अत्याचारी होस् वा पीडित।” एक व्यक्तिले सोध्यो: “हे अल्लाहका रसूल, यदि ऊ पीडित छ भने म उसको सहायता गर्नेछु, तर यदि ऊ अत्याचारी हो भने म कसरी उसको सहायता गर्ने?” उहाँले भन्नुभयो: “तिमी उसलाई अत्याचार गर्नबाट रोक, यही उसको सहायता हो।”

(बुखारी)

९. म आफ्ना मुस्लिम भाइका लागि त्यही कुरा चाहन्छु जुन म आफ्नै लागि चाहन्छु।

अनस (रजियल्लाहु अन्हु) द्वारा वर्णन गरिएको हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"तिमीहरूमध्ये कोही पूर्ण मुमिन हुन सक्दैन; जबसम्म उसले आफ्ना भाईका लागि त्यही कुरा चाहँदैन, जुन ऊ आफ्नै लागि चाहन्छ।"

१०. जब उसलाई मेरो सहयोगको आवश्यकता पर्छ, म उसको सहायता गर्नेछु।

"जबसम्म मानिस आफ्नो भाइलाई सहायता गरिरहेको हुन्छ, तबसम्म अल्लाह उसको सहायता गर्नुहुनेछ।"

(मुस्लिम)

११. म उसलाई वचन वा कर्मले हानि गर्नेछैन।

"मुस्लिम त्यो हो जसको जिब्रो र हातबाट अरु मुस्लिम सुरक्षित रहन्छन्।"

१२. म उसको गोप्य कुरा सुरक्षित राख्नेछु।

"जब कुनै व्यक्ति कुनै कुरा बताउँछ र त्यसपछि फर्केर हेर्छ, त्यो गोपनीयता (अमानत) हो।"

१३. म उसलाई गाली दिने छैन, उसको गीबत गर्ने (कुरा काट्ने) छैन, उसलाई तुच्छ ठान्ने छैन, उसलाई हसद (ईर्ष्या) गर्ने छैन, उसको जासूसी गर्ने छैन र उसलाई धोका दिने छैन।

"मुस्लिम मुस्लिमको भाई हो; उसले उसमाथि अन्याय गर्नु हुँदैन, उसलाई अपमान गर्नु हुँदैन र तुच्छ ठान्नु हुँदैन। कुनै मानिसले आफ्नो मुस्लिम भाइलाई तुच्छ ठान्नु नै उसको बुराईका लागि पर्याप्त हुन्छ।"