छिमेकीसँगका शिष्टाचारहरू के के छन्?
- الباب / الفصل
- قسم الآداب الإسلامية
السؤال
س6: ما هي آداب الجار؟
प्रश्न ६: छिमेकीसँगका शिष्टाचारहरू के के छन्?
الجواب
ج:1. أحسن للجار بالقول والفعل، وأساعده إذا احتاج مساعدتي.
- أهنئه إذا فرح بالعيد أو الزواج أو غيرهما.
- أعوده إذا مرض وأعزيه إذا أصيب.
- أقدم له ما أصنع من الطعام ما أمكن.
- لا ألحق به أذى بقول أو فعل.
- لا أزعجه بصوت مرتفع أو أتجسس عليه، وأصبر عليه.
- قال تعالى:
﴿۞ وَٱعۡبُدُواْ ٱللَّهَ وَلَا تُشۡرِكُواْ بِهِۦ شَيۡـٔٗاۖ وَبِٱلۡوَٰلِدَيۡنِ إِحۡسَٰنٗا وَبِذِي ٱلۡقُرۡبَىٰ وَٱلۡيَتَٰمَىٰ وَٱلۡمَسَٰكِينِ وَٱلۡجَارِ ذِي ٱلۡقُرۡبَىٰ وَٱلۡجَارِ ٱلۡجُنُبِ وَٱلصَّاحِبِ بِٱلۡجَنۢبِ وَٱبۡنِ ٱلسَّبِيلِ وَمَا مَلَكَتۡ أَيۡمَٰنُكُمۡۗ إِنَّ ٱللَّهَ لَا يُحِبُّ مَن كَانَ مُخۡتَالٗا فَخُورًا﴾
[النساء: ٣٦].
- وقال رسول الله صلى الله عليه وسلم:
«يا أبا ذر، إذا طبخت مرقة فأكثر ماءها وتعاهد جيرانك»
رواه مسلم.
- في الحديث عن النبي صلى الله عليه وسلم:
«من كان يؤمن بالله واليوم الآخر فلا يؤذي جاره»
متفق عليه.
उत्तर: १. म आफ्नो छिमेकीसँग वचन र कर्म दुवैमा राम्रो व्यवहार गर्छु। यदि उसलाई मेरो सहयोगको आवश्यकता पर्छ भने म उसलाई सहयोग गर्छु।
२. ईद, विवाह वा अन्य खुशीको अवसरमा म उसलाई बधाई दिनेछु।
३. जब ऊ बिरामी हुन्छ, म उसको अवलोकन गर्नेछु र यदि उसलाई कुनै दुःख पुगेको छ भने म उसलाई सांत्वना दिनेछु।
४. पकाएको खानामध्ये सकेसम्म उसलाई पनि दिनेछु।
५. म आफ्नो बोली वा कार्यबाट उसलाई दु:ख दिने छैन।
६. म उसलाई ठूलो आवाजले सताउने छैन, उसको जासूसी गर्ने छैन र उसले सताए पनि धैर्य राख्छु।
अल्लाह तआलाले भन्नुभएको छः
{अल्लाहको उपासना गर र उहाँसँग कुनै कुरालाई साझेदार नबनाऊ। आमाबुबासँग राम्रो व्यवहार गर र आफन्तहरू, अनाथहरू, दरिद्रहरू, नजिकका छिमेकी, टाढाका छिमेकी, छेउका साथी, यात्रु र तिमीहरूको अधिकारमा रहेका (दासदासी) सँग पनि राम्रो व्यवहार गर। निश्चय नै अल्लाह अहंकारी र घमण्डीहरूलाई मन पराउनुहुन्न।}
[अन-निसा: ८०]
- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छः
«हे अबू जर, जब तिमी झोल (तरकारी) पकाउँछौ भने त्यसमा पानी बढाऊ र आफ्ना छिमेकीहरूको ख्याल राख।»
(मुस्लिम)
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्छ, उसले आफ्नो छिमेकीलाई कष्ट पुर्याउनु हुँदैन।"
(बुखारी र मुस्लिम)