السؤال
س٢٢: ما أركان الصلاة؟
प्रश्न २२: नमाजका अरकान (स्तम्भहरू) के-के हुन्?
الجواب
ج:هي أربعة عشر ركنًا، كما يلي:
- أحدها: القيام في الفرض على القادر.
لحديث عمران بن حصين رضي الله عنه، عن النبي صلى الله عليه وسلم:
«صل قائمًا، فإن لم تستطع فقاعدًا، فإن لم تستطع فعلى جنب»
رواه البخاري.
- تكبيرة الإحرام، وهي: "الله أكبر".
لقوله عليه الصلاة والسلام:
«إذا قمت إلى الصلاة فكبر»
متفق عليه.
- قراءة الفاتحة.
«لا صلاة لمن لم يقرأ بفاتحة الكتاب»
- الركوع، ويمد ظهره مستويًا ويجعل رأسه حياله.
الرفع منه.
- الاعتدال قائمًا.
لقوله صلى الله عليه وسلم:
«ثم اركع حتى تطمئن راكعًا، ثم ارفع حتى تعتدل قائمًا»
- السجود، وتمكين جبهته، وأنفه، وكفيه، وركبتيه، وأطراف أصابع قدميه من محل سجوده.
- الرفع من السجود.
- الجلوس بين السجدتين.
«ثم اسجد حتى تطمئن ساجدًا، ثم ارفع حتى تطمئن جالسًا»
والسُّنَّة: أن يجلس مفترشًا على رجله اليسرى، وينصب اليمنى، ويوجهها إلى القبلة.
لحديث أم المؤمنين عائشة رضي الله عنها:
«وكان يفرش رجله اليسرى، وينصب رجله اليمنى»
رواه مسلم.
- الطمأنينة، وهي السكون في كل ركن فعلي.
- التشهد الأخير.
لحديث ابن مسعود رضي الله عنه قال:
كنا نقول في الصلاة قبل أن يفرض التشهد.
رواه النسائي وأصله في الصحيحين.
- الجلوس له.
- التسليمتان، وهو أن يقول مرتين: "السَّلام عليكم ورحمة الله".
لحديث:
«أنه كان يسلم عن يمينه وعن يساره: السلام عليكم ورحمة الله، السلام عليكم ورحمة الله»
رواه الترمذي وغيره.
- ترتيب الأركان -كما ذكرنا-، فلو سجد مثلًا قبل ركوعه عمدًا؛ بطلت صلاته، وسهوًا؛ لزمه الرجوع ليركع، ثم يسجد.
उत्तर: यसका १४ स्तम्भहरू छन्, जुन निम्नानुसार छन्:
– तीमध्ये एक: कियाम: सक्षम व्यक्तिले उभिएर फर्ज नमाज पढ्नु।
इम्रान बिन हुसैन (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि व सल्लम) द्वारा वर्णन गर्नुभएको हदीसको आधारमा:
“उभिएर नमाज पढ, यदि सक्दैनौ भने बसेरै पढ र यदि त्यसो पनि सक्दैनौ भने कोल्टेमा पढ।”
(बुखारी)
- तक्बीरे तहरीमा (अल्लाहु अक्बर) भन्नु।
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:
"जब तिमी नमाजका लागि उभिन्छौ, तब तकबीर (अल्लाहू अकबर) भन।"
(बुखारी र मुस्लिम)
- सुरह फातिहा पढ्नु।
«जो व्यक्ति सूरह फातिहा पढ्दैन, उसको नमाज स्वीकार हुँदैन।»
- रुकू गर्नु, यसमा आफ्नो ढाड सीधा राखिन्छ र टाउकोलाई ढाडको समान स्तरमा राखिन्छ।
रुकूबाट उठ्नु।
- सीधा खडा हुनु।
किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"त्यसपछि रूकूअ गर यहाँसम्म रुकूमा पूरा शान्ति (इतमीनान) प्राप्त होस्, त्यसपछि रुकूबाट उठ यहाँसम्म तिमी सीधा उभिएको अवस्थामा ठीकसँग सन्तुलित (सिधा) भइहालोस्।”
- सज्दा गर्नु र निधार, नाक, दुवै हात्केलाहरू, घुँडा र खुट्टाका औंलाका टुप्पाहरूलाई राम्रोसँग सज्दाको ठाउँमा राख्नु।
- सज्दाबाट उठनु।
- दुवै सज्दाबीच बस्नु।
“त्यसपछि सज्दा गर र त्यति समयसम्म सज्दामा रह कि स्थिर भइहालोस्, त्यसपछि सज्दाबाट उठेर त्यति समयसम्म बस कि स्थिर भइहालोस्।”
सुन्नत तरिका: बायाँ खुट्टा फैलाएर त्यसमा बस्ने र दायाँ खुट्टालाई किब्लातिर फर्काएर ठाडो राख्ने।
यसको प्रमाण; उम्मुल मोमिनीन आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्:
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो बायाँ खुट्टा फैलाउनुहुन्थ्यो र दायाँ खुट्टालाई सिधा राख्नुहुन्थ्यो।"
(मुस्लिम)
- इतमीनान (स्थिरता): नमाजका प्रत्येक कार्यलाई शान्ति र स्थिरताका साथ सम्पन्न गर्नु हो।
- अन्तिम तशह्हुद।
किनभने, अब्दुल्लाह बिन मस्ऊद रजियल्लाहु अन्हुले वर्णन गरेका छन्, उनले भने:
"नमाजमा तशह्हुद फर्ज हुनु अघि हामी यसरी भन्ने गर्थ्यौं।"
यसलाई नसईले वर्णन गरेका छन् र यसको मूल कुरा सहीह बुखारी र मुस्लिममा पनि छ।
- तशह्हुदको लागि बस्नु।
- दुवैतिर सलाम फेर्नु: अर्थात दायाँ र बायाँ "अस्सलामु अलैकुम व रह्मतुल्लाह" भन्नु।
यसको प्रमाण यो हदीस हो:
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) पहिले दायाँ फेरि बायाँतिर गर्धन घुमाउदै ‘अस्सलामु अलैकुम व रहमतुल्लाह’ भन्नुहुन्थ्यो।"
यसलाई तिर्मिजी र अरूले वर्णन गरेका छन्।
- स्तम्भ (अर्कान) हरूमा त्यही क्रम ख्याल राख्नुहोस्, जुन मैले व्याख्या गरेको छु। यदि कसैले जानाजानी रुकूभन्दा पहिले सज्दा गर्यो भने, उसको नमाज नष्ट हुनेछ र यदि भूलवश (अनजानमा) गर्यो भने उसले फर्केर पहिले रुकू गर्नुपर्छ र त्यसपछि सज्दा गर्नु पर्छ।