Skip to content

नमाजका शर्तहरू के के हुन्?

التصنيف الشرعي
الفقهالصلاةشروط الصلاة
الباب / الفصل
قسم الفقه

السؤال

س21: ما هي شروط الصلاة؟

प्रश्न २१: नमाजका शर्तहरू के के हुन्?

الجواب

ج:1. الإسلام؛ فلا تصح من كافر؛ لحبوط العمل بالشرك.

قال تعالى:

﴿لَئِنۡ أَشۡرَكۡتَ لَيَحۡبَطَنَّ عَمَلُكَ﴾

[الزمر: ٦٥].

  1. العقل؛ فلا تصح من مجنون.
  2. التمييز؛ فلا تصح من صغير غير مميز.

لقول النبي صلى الله عليه وسلم:

«رفع القلم عن ثلاث: عن النائم حتى يستيقظ، وعن الصغير حتى يكبر، وعن المجنون حتى يعقل أو يفيق»

رواه أهل السنن.

  1. النية.

في الحديث:

«إنما الأعمال بالنيات، وإنما لكل امرئ ما نوى»

رواه البخاري.

  1. دخول الوقت.

﴿إِنَّ ٱلصَّلَوٰةَ كَانَتۡ عَلَى ٱلۡمُؤۡمِنِينَ كِتَٰبٗا مَّوۡقُوتٗا﴾

[النساء: ١٠٣].

  1. الطهارة في رفع الحدث.

لحديث:

«لا يقبل الله صلاة أحدكم إذا أحدث حتى يتوضأ»

متفق عليه.

  1. التطهر من النجاسة.

لقوله تعالى:

﴿وَثِيَابَكَ فَطَهِّرۡ﴾

[المدثر: ٤].

  1. ستر العورة.

﴿يَٰبَنِيٓ ءَادَمَ خُذُواْ زِينَتَكُمۡ عِندَ كُلِّ مَسۡجِدٖ﴾

[الأعراف: ٣١].

  1. استقبال القبلة.

﴿فَوَلِّ وَجۡهَكَ شَطۡرَ ٱلۡمَسۡجِدِ ٱلۡحَرَامِۚ وَحَيۡثُ مَا كُنتُمۡ فَوَلُّواْ وُجُوهَكُمۡ شَطۡرَهُ﴾

[البقرة: ١٤٤].

उत्तर: १. मुस्लिम हुनु; अत: काफिरबाट मान्य हुँदैन, किनभने शिर्कले कर्म नष्ट हुन्छ।

अल्लाह तआलाले भन्नुभएको छः

{यदि तिमीले शिर्क गर्यौ भने तिम्रो कर्म नष्ट हुनेछ।}

[अज्जुमर: ६५]

२. बुद्धि (अक्ल); यो पागल (मजनून) व्यक्तिबाट मान्य हुँदैन।

३. विवेक (तमीज) हुनु; विवेकहीन बालकबाट मान्य हुँदैन।

  • किनभने नबी (सल्लल्लाहु अलाहि वसल्लम) ले भन्नुभएको छ:

«तीन किसिमको मानिसबाट कलम उठाइएको छ: निद्रामा रहेको व्यक्तिबाट जबसम्म उ ब्यूँझँदैन, सानो बालकबाट जबसम्म उ ठूला हुँदैन र पागल व्यक्तिबाट जबसम्म उसले आफ्नो होश फर्काउँदैन वा निको हुँदैन।»

यसलाई सुननका संकलनकर्ताहरूले वर्णन गरेका छन्।

४. नियत (इरादा)।

यसको प्रमाण यो हदीस हो:

"कर्महरू नियतमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई त्यही प्राप्त हुन्छ जुन उसले नियत गरेको हुन्छ।"

(बुखारी)

५. निर्धारित समय हुनु।

{निश्चय नै, नमाज आस्थावानहरूका लागि निश्चित समयमा अनिवार्य गरिएको छ।}

[अन-निसा: ८०]

६. पवित्रता प्राप्त गर्नु।

"तिमीहरू मध्ये कसैको वुजू टुटेमा, फेरि वुजू नगरेसम्म अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न।"

(बुखारी र मुस्लिम)

७. नजासत (गन्दगी) बाट पाक (साफ) हुनु।

  • अल्लाह तआलाले भन्नुभएको छ:

{आफ्नो कपडालाई पवित्र राख्नुहोस्।}

[अल् मुद्दस्सिरः ४]

८. पर्दा गर्नु (अङ्ग छोप्नु)।

{हे आदमका सन्तानहरू! प्रत्येक नमाजको समयमा आफ्नो सुन्दर पोशाक धारण गर।}

[अल-आराफ: ३१]

१२. किब्लातर्फ फर्किनु।

{त्यसैले आफ्नो अनुहार मस्जिद हराम (काबा) तर्फ फर्काऊ। तिमीहरू जहाँ भए पनि त्यतैतिर आफ्नो अनुहार फर्काऊ।}

[अल्-बकरह: ५०]