Skip to content

"दुआ (प्रार्थना) नै उपासना हो

नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो:

"दुआ (प्रार्थना) नै उपासना हो ।" त्यसपछि उहाँले यो श्लोक पढ्नुभयो : "तिम्रो प्रभुले भन्नुभएको छ: मलाई पुकार, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । निस्सन्देह, मेरो उपासनादेखि विमुख हुनेहरू चाँडै अपमानित हुनेछन् र नरकमा प्रवेश गर्नेछन् ।" [सूह गाफिर: ६०]

«الدُّعَاءُ هُوَ الْعِبَادَةُ»، ثُمَّ قَرَأَ: «{وَقَالَ رَبُّكُمُ ادْعُونِي أَسْتَجِبْ لَكُمْ إِنَّ الَّذِينَ يَسْتَكْبِرُونَ عَنْ عِبَادَتِي سَيَدْخُلُونَ جَهَنَّمَ دَاخِرِينَ} [غافر: 60]».

अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ (प्रार्थना) उपासना हो भनेर भन्नु भएको छ । तसर्थ, दुआ (प्रार्थना) केवल अल्लाहको लागि हुनुपर्छ । चाहे त्यो सामान्य दुआ (प्रार्थना) होस्, जस्तैः अल्लाहसँग संसार र परलोकमा भएभरको लाभदायक कुराको लागि प्रार्थना गर्नु तथा हानिकारक चीजबाट सुरक्षा खोज्नु । वा उपासनामा आधारित प्रार्थना होस्, जस्तैः अल्लाहले मनपराउने हरेक बाह्य तथा आन्तरिक वाचन, कर्महरू; यसमा आध्यात्मिक, भौतिक र आर्थिक सबै उपासनाहरू समावेश छन् । तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यसको प्रमाण प्रस्तुत गर्दै भन्नुभयो: अल्लाह भन्नुहुन्छ: "मसँग प्रार्थना गर, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । निस्सन्देह, जसले मेरो उपासना गर्दैन, तिनीहरू छिट्टै अपमानित हुन्छन् र नरकमा प्रवेश गर्नेछन् ।"

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

दुआ उपासनाको मुख्य रूप हो, त्यसैले अल्लाह बाहेक अरू कसैसित दुआ माग्नु अनुमति छैन ।

दुआमा दासताको वास्तविकता, अल्लाह निरपेक्ष र शक्तिशाली हुनुहुन्छ भन्ने कुराको पहिचान र उहाँप्रति सेवकको समर्पण समावेश छ ।

अल्लाहको उपासना र उहाँसंग प्रार्थना नगर्ने अहंकारीहरूका लागि कडा चेतावनी । तिनीहरु अपमानित भएर नर्कमा प्रवेश गर्नेछन् ।

श्रोतहरू

सुनन अबी दाउद (2/ 603) (1479).

सुनन् तिर्मिजी (5/ 292) (3247).

सुनन् इब्ने माजह (5/ 5) (3828).

मुस्नद अहमद (30/ 297) (18352).

थप (8)

توضيح الأحكام من بلوغ المرام.

للبسام (7/ 546).

منحة العلام في شرح بلوغ المرام.

لعبد الله الفوزان (10/ 416).

فتح ذي الجلال والإكرام.

لابن عثيمين (6/ 480).

سبل السلام بشرح بلوغ المرام.

للصنعاني (2/ 707).