Skip to content

यसर्थ मलाई साक्षी नबनाऊ, किनभने म कुनै पनि अन्यायपूर्ण कार्यको साक्षी बस्दिन।

नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) बाट वर्णित छ कि

"उहाँकी आमा बिन्ते रवाहाले उहाँका पितासँग आफ्नो छोराका लागि सम्पत्तिबाट केही अंश उपहार (हिबा) स्वरूप दिन माग गर्नुभयो। उहाँका पिताले एक वर्षसम्म यस कुरालाई टार्नुभयो र पछि उहाँ उपहार दिन तयार हुनुभयो। तब उहाँकी आमाले भन्नुभयो: 'तपाईँले मेरो छोरालाई दिनुभएको उपहारमा जबसम्म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई साक्षी राख्नुहुन्न, तबसम्म म सन्तुष्ट हुने छैन।' त्यसपछि मेरा पिताले मेरो हात समात्नुभयो—त्यस समयमा म एक बालक थिएँ—र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ उपस्थित भई भन्नुभयो: 'हे अल्लाहका रसूल! यस बालककी आमा, बिन्ते रवाहाले चाहनुहुन्छ कि मैले उहाँको छोरालाई जे उपहार दिएको छु, त्यसमा तपाईं साक्षी बस्नुहोस्।' तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सोध्नुभयो: 'हे बशीर! के यस बाहेक तिम्रा अरू सन्तान पनि छन्?' उहाँले जवाफ दिनुभयो: 'हो हजुर, छन्।' रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पुनः सोध्नुभयो: 'के तिमीले आफ्ना सबै सन्तानलाई यस्तै उपहार दिएका छौ?' उहाँले भन्नुभयो: 'छैन।' यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'त्यसो भए मलाई साक्षी नराख, किनभने म कुनै पनि अन्यायपूर्ण कार्यको साक्षी बन्दिनँ।' सहीह मुस्लिमको अर्को वर्णनमा छ: '(रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:) त्यसोभए यस कार्यका लागि म बाहेक अरू कसैलाई साक्षी राख।'"

أَنَّ أُمَّهُ بِنْتَ رَوَاحَةَ سَأَلَتْ أَبَاهُ بَعْضَ الْمَوْهِبَةِ مِنْ مَالِهِ لِابْنِهَا، فَالْتَوَى بِهَا سَنَةً ثُمَّ بَدَا لَهُ، فَقَالَتْ: لَا أَرْضَى حَتَّى تُشْهِدَ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَلَى مَا وَهَبْتَ لِابْنِي، فَأَخَذَ أَبِي بِيَدِي وَأَنَا يَوْمَئِذٍ غُلَامٌ، فَأَتَى رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَ: يَا رَسُولَ اللهِ، إِنَّ أُمَّ هَذَا بِنْتَ رَوَاحَةَ أَعْجَبَهَا أَنْ أُشْهِدَكَ عَلَى الَّذِي وَهَبْتُ لِابْنِهَا، فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «يَا بَشِيرُ، أَلَكَ وَلَدٌ سِوَى هَذَا؟» قَالَ: نَعَمْ، فَقَالَ: «أَكُلَّهُمْ وَهَبْتَ لَهُ مِثْلَ هَذَا؟» قَالَ: لَا، قَالَ: «فَلَا تُشْهِدْنِي إِذن، فَإِنِّي لَا أَشْهَدُ عَلَى جَوْرٍ»، ولِمُسْلِمٍ: «فَأَشْهِدْ عَلَى هَذَا غَيْرِي».

बुखारी, मुस्लिम र यसका अनेकाैं शब्दहरू छन्
सही
व्याख्या

नोअ्मान बिन बशीर (रजिअल्लाहू अन्हुमा) ले वर्णन गर्नुभएको छ कि उनकी आमा अमराह बिन्त रवाहा (रजिअल्लाहू अन्हा) ले उनका पितासँग आफ्नो छोरा नोअ्मानका लागि केही सम्पत्ति उपहार स्वरूप दिन आग्रह गर्नुभयो। सुरुमा पिताले आनाकानी गर्नुभयो र यस कुरालाई एक वर्षसम्म पन्छाउनुभयो। पछि, उहाँलाई आफ्नी पत्नीको अनुरोध स्वीकार गर्ने विचार आयो र उहाँ आफ्नो छोरा नोअ्मानलाई उपहार दिन तयार हुनुभयो। तब उहाँकी आमाले भन्नुभयो: तपाईंले मेरो छोरालाई जे उपहार दिनुहुनेछ, त्यसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई साक्षी नबनाएसम्म म सन्तुष्ट हुनेछैन। त्यसपछि मेरो बुबाले मेरो हात समात्नुभयो — म त्यस समय एउटा सानो बालक थिएँ — र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ लिएर आउनुभयो र भन्नुभयो: हे अल्लाहको रसूल, यसकी आमा बिन्ते रवाहाले मैले यस छोरालाई दिएको उपहारको साक्षी हजुरलाई राख्न चाहेकी छिन्। तब उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: हे बशीर, के यसबाहेक तिम्रो कुनै अर्को सन्तान छन् ? उनले भने: हो, छन्। उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले फेरि सोध्नुभयो: के तिमीले यस्तै उपहारस्वरूप सम्पत्ति सबैलाई दिएका छौ? उनले भने: छैन । तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: त्यसोभए मलाई साक्षी नबनाऊ, किनकि म अत्याचार र अन्याय भएको कुरामा साक्षी बस्दिनँ। सहीह मुस्लिमको हदीसमा छ, उहाँले उसलाई हप्काउँदै भन्नुभयो: यस अन्यायमा म बाहेक अरु कसैलाई गवाह बनाऊ ।

हदीसका केही फाइदाहरू

छोरा र छोरीहरू बीच उपहार र दान दिँदा न्याय गर्नुपर्ने अनिवार्यता छ; जहाँसम्म खर्चको कुरा छ, त्यो प्रत्येकको आवश्यकता अनुसार निर्धारण गरिन्छ।

केही सन्तानलाई अरूमाथि प्राथमिकता दिनु अन्याय र अत्याचार हो, र यसमा साक्षी बस्न र गवाही दिन अनुमति छैन ।

इमाम नववीले भन्नुभएको छ: "आफ्ना छोराछोरीहरूलाई उपहार दिँदा उनीहरूबीच समानता कायम गर्नुपर्छ। हरेकलाई एकनासको उपहार दिनुपर्छ र कसैलाई प्राथमिकता वा बढी दिनु हुँदैन। छोरा र छोरी दुवैलाई समान रूपमा दिनुपर्छ। केही शाफई विद्वानहरूको भनाइ छ कि छोरालाई छोरीको भन्दा दोब्बर दिनुपर्छ, तर सही र प्रसिद्ध मत यही हो कि दुवैलाई बराबर दिनुपर्छ, किनभने हदीसको स्पष्ट आशय यही नै हो।"

शरीअत विपरीतका सम्पूर्ण नियम तथा सम्झौताहरू अमान्य हुनेछन् र ती कतिपनि लागू हुने छैनन्।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यस प्रश्न: "के तिमीले आफ्ना सबै छोराछोरीलाई यस्तै दिएका छौ?" बाट स्पष्ट हुन्छ कि कुनै पनि निर्णय दिनुअघि शासक र मुफ्तीले विषयवस्तुलाई राम्ररी बुझ्न र स्पष्ट पार्न सोधपुछ गर्नुपर्छ।

इमाम नववीले भन्नुहुन्छ: "यसमा प्रमाण छ कि बुबाले आफ्नो छोरा वा छोरीलाई दिएको उपहार फिर्ता लिनु वैध छ।"

जुन-जुन कुराले दाजुभाइहरूमाझ प्रेम तथा सद्भाव अभिवृद्धि गर्दछन्, ती सबै सत्कर्म गर्न आदेश दिइएको छ; र जुन-जुन कुराले उनीहरूबीच आपसी द्वेष फैलाउँछन् वा आमाबाबुको अवज्ञा निम्त्याउँछन्, ती सम्पूर्ण दुष्कर्महरू परित्याग गर्न आदेश दिइएको छ।

श्रोतहरू

सही बुखारी (3/ 171) (2650).

सही मुस्लिम (3/ 1243) (1623).

थप (7)

الإلمام بشرح عمدة الأحكام.

لإسماعيل الأنصاري (2/ 39).

تيسير العلام شرح عمدة الأحكام.

لعبد الله البسام (ص541).

شرح النووي على مسلم (11/ 65).

فتح الباري.

لابن حجر (5/ 212).