रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले न्यायिक मामिलामा घुस दिने र लिने दुवैलाई श्राप दिनुभएको छ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले न्यायिक मामिलामा घुस दिने र लिने दुवैलाई श्राप दिनुभएको छ ।
لَعَنَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ الرَّاشِيَ وَالْمُرْتَشِيَ فِي الْحُكْمِ.
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घूस दिने र लिनेहरूका लागि अल्लाहको रहमत (कृपा) बाट टाढा रहने श्राप दिनुभएको छ । निर्णयमा पक्षपात गर्न र आफ्नो पक्षमा अनाहक निर्णय गराउने उद्देश्यले न्यायाधीशहरूलाई दिइने घुस पनि यसमा समावेश छ ।
لعن: حقيقة اللعن الدعاء بالطرد والإبعاد عن رحمة الله تعالى.
الراشي: هو دافع الرشوة.
المرتشي: آخذ الرشوة.
في الحكم: في القضاء.
घुस दिने, लिने आदिमा भूमिका निर्वाह गर्नु र यसमा कुनै किसिमको सहयोग गर्नु वा मध्यस्थता बन्नु हराम हो किनभने यो गलत काममा सहयोग हो र अन्यायपूर्ण कार्य हो ।
घूस दिनु र लिनु ठूलो पाप हो; किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घूस दिने र लिनेहरूलाई श्राप दिनुभएको छ ।
न्याय र प्रशासनसँग सम्बन्धित मामिलामा घुस लिनु र दिनु ठूलो अपराध र पाप हो । किनभने यो अन्यायपूर्ण कार्य हो साथै अल्लाहद्वारा अवतरित कानूनलाई बेवास्ता गरी मनमानी ढंगले निर्णय गर्नु हो ।
सुनन् तिर्मिजी (3/ 15) (1336).
मुस्नद अहमद (15/ 8) (9023).
थप (8)
توضيح الأحكام مِن بلوغ المرام.
للبسام (7/ 188).
فتح ذي الجلال والإكرام شرح بلوغ المرام.
لابن عثيمين (6/ 172).
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (9/ 450).
سبل السلام شرح بلوغ المرام.
للصنعاني (2/ 577).