मेरी आमा ६५ वर्षकी हुनुहुन्छ र उहाँले १९ वर्षदेखि सन्तान जन्माउनुभएको छैन। तर, विगत तीन वर्षदेखि उहाँलाई असामान्य रक्तस्राव भइरहेको छ, जुन कुनै रोगजन्य रक्तस्राव जस्तो देखिन्छ र यो समस्या सोही अवधिदेखि सुरु भएको हो। अब रमजान नजिकिँदै गर्दा, उहाँलाई के सल्लाह दिनु उपयुक्त होला? साथै, यस्तो अवस्थामा के गर्नुपर्छ?
السؤال
प्रश्न १:
मेरी आमा ६५ वर्षकी हुनुहुन्छ र उहाँले १९ वर्षदेखि सन्तान जन्माउनुभएको छैन। तर, विगत तीन वर्षदेखि उहाँलाई असामान्य रक्तस्राव भइरहेको छ, जुन कुनै रोगजन्य रक्तस्राव जस्तो देखिन्छ र यो समस्या सोही अवधिदेखि सुरु भएको हो। अब रमजान नजिकिँदै गर्दा, उहाँलाई के सल्लाह दिनु उपयुक्त होला? साथै, यस्तो अवस्थामा के गर्नुपर्छ?
س33: لي والدةٌ تبلغ من العمر خمسةً وستّين عامًا، ولها مدة تسع عشرة سنةً وهي لم تأت بأطفالٍ، والآن معها نزيف دمٍ، لها مدة ثلاث سنواتٍ، وهو مرضٌ -يبدو- أتاها في تلكم الفترة، ولأنها ستستقبل الصّيام، فكيف تنصحونها؟ وكيف يتصرف مثلها؟
الجواب
उत्तर १:
यस प्रकारको रक्तस्राव भएकी महिलाले यो समस्या हुन अघि आफ्नो पूर्ववर्ती महिनावारीको सामान्य अवधि जति समयसम्म नमाज पढ्न र रोजा राख्न छोड्नुपर्छ। उदाहरणका लागि, यदि उनको महिनावारी सामान्यतया प्रत्येक महिनाको पहिलो दिनदेखि छैटौं दिनसम्म हुने गर्दथ्यो भने, उनले प्रत्येक महिनाको पहिलो छ दिनसम्म नमाज र रोजा त्याग गर्नुपर्छ। यो अवधि समाप्त भएपछि उनले पूर्ण स्नान गरी नमाज पढ्न र रोजा राख्न पर्नेछ।
यस्ता महिलाहरूले नमाज पढ्नुअघि निम्न प्रक्रिया अपनाउनुपर्छ: सर्वप्रथम, योनिलाई राम्ररी धुनुपर्छ र रक्तस्राव रोक्नका लागि कपडा, पैड आदि लगाउनुपर्छ र त्यसपछि वुजु गर्नुपर्छ। यो कार्य अनिवार्य नमाज को निर्धारित समय सुरु भएपछि गरिनुपर्छ। यही प्रक्रिया अनिवार्य नमाजको निर्धारित समय बाहेक समयमा स्वैच्छिक नमाज पढ्न इच्छा भएमा पनि अपनाउन सकिन्छ।
यस्तो महिलाहरूलाई हुने कठिनाइलाई मध्यनजर गर्दै उनीहरूलाई जुहर र असरलाई एकैचोटि (जम्मा गरेर) पढ्न अनुमति दिइएको छ। त्यसैगरी, मगरिब र इशा पनि जमा गर्न अनुमति छ। यसो गर्दा, महिलाले जुहर र असरको लागि एक पटक मात्र गर्नुपर्ने हुन्छ।
मगरिब र इशाको लागि एक पटक, र फजर नमाजको लागि एक पटक, पाँच पटक छुट्टाछुट्टै गर्नुको सट्टा, यो काम तीन पटकमा पूरा हुन्छ।
म यो कुरा पुनः स्पष्ट गर्न चाहन्छु कि नमाजका लागि तयारी गर्दा उक्त बिशेष अवस्थामा रहेकी महिलाहरुले सर्वप्रथम योनि सफा गर्नुपर्छ, कपडा, पैड आदि लगाउनुपर्छ, ताकि रगत बाहिर नआओस् र त्यसपछि वुजु गर्नु आवश्यक हुन्छ। त्यसपछि जुहर (४ रकाअत), असर (४ रकाअत), मगरिब (३ रकाअत), इशा (४ रकाअत) र फज्र (२ रकाअत) नमाजहरू पढ्नु पर्ने हुन्छ। अर्थात्, उनले नमाज छोट्याउनु (कस्र गर्नु) हुँदैन, जसरी कि केही सर्वसाधारणले गलत बुझ्छन्।
तर, उनलाई जुहर र असर (जुहरको समयमा वा असरको समयमा) र मगरिब र इशा (मगरिबको समयमा वा इशाको समयमा) लाई सँगै जोडेर पढ्ने अनुमति छ। यदि उनले यो वुजुले नफल (स्वैच्छिक नमाज) पढ्न चाहिन् भने, त्यसमा कुनै आपत्ति छैन।
ﺟ33: مثل هذه المرأة التي أصابها نزيف الدم حكمها: أن تترك الصلاة والصوم مدة عادتها السابقة قبل هذا الحدث الذي أصابها، فإذا كان من عادتها أن الحيض يأتيها من أول كلّ شهرٍ لمدة ستة أيامٍ مثلًا، فإنها تجلس من أول كلّ شهرٍ مدة ستة أيامٍ لا تصلّي ولا تصوم، فإذا انقضت اغتسلت وصلت وصامت.
وكيفية الصلاة لهذه وأمثالها: أنّها تغسل فرجها غسلًا تامًّا، وتعصبه، وتتوضأ، وتفعل ذلك بعد دخول وقت صلاة الفريضة، وكذلك تفعله إذا أرادت أن تتنفل في غير أوقات فرائض.
وفي هذه الحال -ومن أجل المشقة عليها- يجوز لها أن تجمع صلاة الظّهر مع العصر، وصلاة المغرب مع العشاء؛ حتى يكون عملها هذا واحدًا للصلاتين: صلاة الظّهر، والعصر.
وواحدًا للصلاتين: صلاة المغرب، والعشاء، وواحدًا لصلاة الفجر، بدلًا من أن تعمل ذلك خمس مراتٍ تعمله ثلاث مراتٍ.
وأعيده مرةً ثانيةً، فأقول: عندما تريد الطهارة تغسل فرجها، وتعصبه بخرقةٍ أو شبهها حتى يخف الخارج، ثم تتوضأ، وتصلّي الظّهر أربعًا، والعصر أربعًا، والمغرب ثلاثًا، والعشاء أربعًا، والفجر ركعتين، أي: أنها لا تقصر، كما يتوهمه بعض العامة،
ولكن يجوز لها أن تجمع بين صلاتي الظّهر والعصر، وبين صلاتي المغرب والعشاء، الظّهر مع العصر إمّا تأخيرًا أو تقديمًا، وكذلك المغرب مع العشاء إما تقديمًا أو تأخيرًا، وإذا أرادت أن تتنفل بهذا الوضوء فلا حرج عليها.