Skip to content

महिलाबाट निस्कने तरल पदार्थ; (चाहे त्यो सेतो होस् वा पहेंलो) शुद्ध हो कि अशुद्ध? यदि उक्त पदार्थ निरन्तर रूपमा निस्किरहेको हुन्छ भने, के त्यसका लागि वुजु अनिवार्य हुन्छ? यदि यो कहिलेकाहीँ निस्कने हो भने यसको नियम के हुन्छ, विशेष गरी यस्तो परिस्थितिमा जहाँ अधिकांश महिलाहरू (खासगरी शिक्षित महिलाहरू) यसलाई प्राकृतिक र सामान्य शरीरको तरल पदार्थको रूपमा बुझ्दछन् र यसको लागि वुजु आवश्यक ठान्दैनन्?

السؤال

प्रश्न १:

महिलाबाट निस्कने तरल पदार्थ; (चाहे त्यो सेतो होस् वा पहेंलो) शुद्ध हो कि अशुद्ध? यदि उक्त पदार्थ निरन्तर रूपमा निस्किरहेको हुन्छ भने, के त्यसका लागि वुजु अनिवार्य हुन्छ? यदि यो कहिलेकाहीँ निस्कने हो भने यसको नियम के हुन्छ, विशेष गरी यस्तो परिस्थितिमा जहाँ अधिकांश महिलाहरू (खासगरी शिक्षित महिलाहरू) यसलाई प्राकृतिक र सामान्य शरीरको तरल पदार्थको रूपमा बुझ्दछन् र यसको लागि वुजु आवश्यक ठान्दैनन्?

س35: هل السائل الّذي ينزل من المرأة -أبيض كان أم أصفر- طاهرٌ أو نجسٌ؟ وهل يجب فيه الوضوء، مع العلم بأنه ينزل مستمرًّا؟ وما الحكم إذا كان متقطّعًا، خاصةً أن غالب النّساء -لا سيما المتعلّمات- يعتبرن ذلك رطوبةً طبيعيةً، لا يلزم منه الوضوء؟

الجواب

उत्तर १:

मेरो जानकारी र अध्यन अनुसार : यदि महिलाबाट निस्कने तरल पदार्थ मूत्रथैली बाट नभई पाठेघर बाट निस्कन्छ भने, त्यो अशुद्ध मानिदैन। यो अशुद्ध नभए तापनि यसले वुजु भंग गर्दछ। किनभने, वुजु भंग हुनका लागि उक्त वस्तु अशुद्ध हुनैपर्छ भन्ने अनिवार्य छैन। उदाहरणका लागि, पछाडिको द्वारबाट खुस्किने हावाको कुनै भौतिक स्वरूप नभए पनि यसले वुजु भंग गर्दछ।

यस आधारमा, यदि महिलाबाट यो तरल पदार्थ निस्कन्छ र उनी वुजुको अवस्थामा छिन् भने, यसले वुजु भंग गर्छ र उनले वुजु नवीकरण गर्नुपर्छ।

यदि तरल पदार्थ निरन्तर बगिरहन्छ भने, यसले वुजु भंग गर्दैन। तर, सम्बन्धित महीलाले नमाजको समय प्रवेश गरेपछि मात्र वुजु गर्नुपर्छ। उक्त समयभित्र उनले फर्ज र नफ्ल नमाज पढ्न, कुरआन पठन गर्न तथा अनुमति प्राप्त अन्य कुनै पनि कार्य गर्न सक्छिन्।

यो नियम पिसाब बारम्बार चुहिने रोग (सिल्सुल बौल) भएका व्यक्तिहरूको हकमा विद्वानहरूले उल्लेख गर्नुभए जस्तै हो। शुद्धताको दृष्टिकोणले यो तरल पदार्थ शुद्ध मानिन्छ। तर, वुजु भंग गर्ने दृष्टिकोणले निरन्तर नबगिरहेको स्थितिमा यो वुजु भंग गर्ने कारक हो, यदि यो निरन्तर बगिरहन्छ भने, यसले वुजु भंग गर्दैन, तर महिलाले नमाजको समय प्रवेश नभएसम्म वुजु गर्नुहुँदैन र वुजू गर्नु अघि रोक्न निम्ति कपडा आदि लगाउनु उपयुक्त हुन्छ ।

तर यदि तरल पदार्थ बेला-बेलामा बग्छ र नमाजको समयमा बग्न बन्द हुन्छ भने, उनले नमाजलाई तरल पदार्थ बग्न बन्द नभएसम्म ढिलो गर्नुपर्छ, शर्त यो हो कि नमाजको समय समाप्त हुने सम्भावना नहोस्, यदि नमाजको समय सकिने डर छ भने, उनले वुजु गरेर, आवश्यक सावधानी (जस्तै: कपडा वा प्याडको प्रयोग) अपनाएर नमाज पढ्नुपर्ने हुन्छ ।

योनीबाट निस्कने तरल पदार्थ, चाहे थोरै होस् वा धेरै, यसले वुजु भङ्ग गर्छ, यो शरीरका अन्य भागबाट निस्कने रगत वा वान्ताजस्ता पदार्थहरूभन्दा फरक छ, जसले थोरै वा धेरै भए पनि वुजु भङ्ग गर्दैन।

केही महिलाहरूमा यो तरल पदार्थले वुजु भङ्ग गर्दैन भन्ने विश्वास रहेको पाइन्छ, तर इब्न हज्म (रहिमहुल्लाह) को एक मतबाहेक यसको कुनै ठोस इस्लामिक आधार भेटिँदैन। इब्न हज्मले यसले वुजु भङ्ग गर्दैन भनेका छन्, तर यसका लागि उनले कुनै प्रमाण प्रस्तुत गरेका छैनन्। यदि कुरआन, सुन्नत वा सहाबीहरूको भनाइबाट कुनै प्रमाण उपलब्ध भएको भए, त्यसलाई स्वीकार्य प्रमाण मान्न सकिन्थ्यो।

तसर्थ महिलाहरूले अल्लाहको भय राख्दै आफ्नो शुद्धतामा विशेष ध्यान दिनु आवश्यक छ, किनकि शुद्धता बिना नमाज स्वीकार्य हुँदैन, चाहे उनीले सय पटक नमाज पढून्। केही विद्वानहरूले त शुद्धता बिना नमाज पढ्ने व्यक्तिलाई काफिर समेत भनेका छन्, किनभने यसो गर्नु अल्लाहका आयतहरूको अवहेलना मानिन्छ।

ﺟ35: الظاهر لي بعد البحث: أن السائل الخارج من المرأة إذا كان لا يخرج من المثانة، وإنما يخرج من الرحم، أنّه طاهرٌ، ولكنه ينقض الوضوء وإن كان طاهرًا؛ لأنه لا يشترط للناقض للوضوء أن يكون نجسًا، فها هي الرّيح تخرج من الدّبر، وليس لها جرمٌ، ومع ذلك تنقض الوضوء.

وعلى هذا، إذا خرج من المرأة وهي على وضوءٍ فإنه ينقض الوضوء، وعليها تجديده.

فإن كان مستمرًّا فإنه لا ينقض الوضوء، ولكن تتوضأ للصلاة إذا دخل وقتها، وتصلّي في هذا الوقت الّذي تتوضأ فيه فروضًا ونوافل، وتقرأ القرآن، وتفعل ما شاءت ممّا يباح لها،

كما قال أهل العلم نحو هذا فيمن به سلس البول، هذا هو حكم السائل من جهة الطهارة، فهو طاهرٌ، ومن جهة نقضه للوضوء، فهو ناقضٌ للوضوء إلا أن يكون مستمرًّا عليها، فإن كان مستمرًّا فإنه لا ينقض الوضوء، لكن على المرأة ألا تتوضأ للصلاة إلا بعد دخول الوقت، وأن تتحفظ.

أما إن كان منقطعًا، وكان من عادته أن ينقطع في أوقات الصلاة، فإنها تؤخّر الصلاة إلى الوقت الّذي ينقطع فيه، ما لم تخش خروج الوقت، فإن خشيت خروج الوقت فإنها تتوضأ، وتتلجم -تتحفظ- وتصلّي.

ولا فرق بين القليل والكثير؛ لأنه كله خارجٌ من السبيل، فيكون ناقضًا قليله وكثيره، بخلاف الذي يخرج من بقية البدن كالدم والقيء، فإنه لا ينقض الوضوء، لا قليله ولا كثيره.

وأما اعتقاد بعض النّساء أنه لا ينقض الوضوء فهذا لا أعلم له أصلًا، إلا قولًا لابن حزمٍ رحمه الله، فإنه يقول: إن هذا لا ينقض الوضوء، ولكنه لم يذكر لهذا دليلًا، ولو كان له دليلٌ من الكتاب والسّنة أو أقوال الصحابة لكان حجةً.

وعلى المرأة أن تتقي الله، وتحرص على طهارتها؛ فإن الصلاة لا تقبل بغير طهارةٍ ولو صلت مئة مرةٍ، بل إن بعض العلماء يقول: إن الذي يصلّي بلا طهارةٍ يكفر؛ لأن هذا من باب الاستهزاء بآيات الله سبحانه وتعالى.