महिनावारी अवस्थामा मस्जिद-ए-हराममा बसेर हदीस र प्रवचन (खुत्बा) सुन्नको लागि महिलाको उपस्थिति प्रति के नियम छ?
السؤال
प्रश्न १:
महिनावारी अवस्थामा मस्जिद-ए-हराममा बसेर हदीस र प्रवचन (खुत्बा) सुन्नको लागि महिलाको उपस्थिति प्रति के नियम छ?
س34: ما حكم وجود المرأة في المسجد الحرام وهي حائضٌ؛ لاستماع الأحاديث والخطب؟
الجواب
उत्तर १:
महिनावारी भएकी महिलालाई मस्जिद-ए-हराम वा अन्य कुनै पनि मस्जिदमा बस्न अनुमति छैन। तर, उनी मस्जिदबाट हुँदै जान वा आवश्यक वस्तु लिनको लागि प्रवेश गर्न सक्छिन्।
जस्तै नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आयशा (रदियल्लाहु अन्हा) लाई खुम्रा (नमाज पढ्ने सानो चटाई) ल्याउन आदेश दिनुभयो। आयशाले भन्नुभयो: "यो मस्जिदमा छ र मलाई महिनावारी भएको छ।" उहाँले भन्नुभयो: "तिम्रो महिनावारी तिम्रो हातमा लागेको छैन।"
यसबाट स्पष्ट हुन्छ कि यदि महिनावारी भएकी महिलालाई मस्जिदमा रगत चुहिने डर छैन भने, उनी मस्जिदबाट आवतजावत गर्न सक्छिन्।
[१] खम्रा भन्नाले नमाज पढ्नका लागि प्रयोग गरिने सानो चटाई हो, जसमा नमाज पढ्ने व्यक्तिले सज्दा गर्छ। यसलाई खम्रा भनिनुको कारण यसले अनुहारलाई ढाक्ने वा छोप्ने कार्य गर्नुले हो ।
तर, मस्जिदभित्र प्रवेश गरेर बस्न भने जायज छैन।
यसको प्रमाण : नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ईदको नमाजको लागि (कुमारी, पर्दामा रहने र महिनावारी भएकी) महिलाहरूलाई ईदगाहमा जान आदेश दिनुभएको थियो। तर, महिनावारी भएकी महिलालाई भने नमाज पढ्ने ठाउँ बाट अलग रहन निर्देशन दिनुभएको थियो।
यसले यो स्पष्ट पार्छ कि महिनावारी भएकी महिलालाई प्रवचन (खुत्बा) वा पाठ र हदीस सुन्नको लागि मस्जिदमा बस्न अनुमति छैन।
ﺟ34: لا يجوز للمرأة الحائض أن تمكث في المسجد الحرام ولا غيره من المساجد، ولكن يجوز لها أن تمر بالمسجد، وتأخذ الحاجة منه وما أشبه ذلك؛ كما قال النبيّ ﷺ لعائشة حين أمرها أن تأتي بالخمرة[1]، فقالت: إنها في الـمسجد، وإنّي حائضٌ، فقال:
«إِنَّ حَيْضَتَكِ لَيْسَتْ فِي يَدِكِ» [2]،
فإذا مرت الحائض في المسجد، وهي آمنةٌ من أن ينزل دمٌ على المسجد، فلا حرج عليها.
[14] الخمرة: هي السجادة يسجد عليها المصلي، وسميت خمرة؛ لأنها تخمر الوجه، أي: تغطيه.
[15] مسلم، كتاب الحيض، باب جواز غسل الحائض رأس زوجها وترجيله (11) (298).
أما إن كانت تريد أن تدخل وتجلس فهذا لا يجوز.
والدليل على ذلك: أن النبي ﷺ أمر النّساء في صلاة العيد أن يخرجن إلى مصلى العيد -العواتق، وذوات الخدور، والحيض- إلا أنه أمر أن يعتزل الحيض المصلى [3]،
فدل ذلك على أنّ الحائض لا يجوز لها أن تمكث في المسجد لاستماع الخطبة، أو استماع الدرس والأحاديث.
[16] البخاري، كتاب العيدين، باب خروج النساء والحيض (974)، ومسلم، كتاب العيدين، باب ذكر إباحة خروج النساء في العيدين إلى المصلى (10) (890).
من أحكام الطهارة في الصلاة