दुआ (प्रार्थना) का शिष्टाचारहरू के के हुन्?
- الباب / الفصل
- قسم الآداب الإسلامية
السؤال
س٢٦: ما آداب الدعاء؟
प्रश्न २६: दुआ (प्रार्थना) का शिष्टाचारहरू के के हुन्?
الجواب
ج:١. البدء بحمد الله والثناء عليه.
- الصلاة على النبي صلى الله عليه وسلم.
- في الحديث عن النبي صلى الله عليه وسلم:
«إذا صليت، فقعدت، فاحمد الله بما هو أهله، وصل عليَّ ثم ادعه»
رواه الترمذي.
- رفع اليدين أثناء الدعاء.
- قال رسول الله صلى الله عليه وسلم:
«إن ربكم تبارك وتعالى حيي كريم يستحيي من عبده إذا رفع يديه إليه أن يردهما صفرًا»
رواه الترمذي وأبو داود.
- التوبة والاعتراف بالذنب.
- في دعاء موسى عليه السلام:
﴿قَالَ رَبِّ إِنِّي ظَلَمۡتُ نَفۡسِي فَٱغۡفِرۡ لِي فَغَفَرَ لَهُۥٓۚ إِنَّهُۥ هُوَ ٱلۡغَفُورُ ٱلرَّحِيمُ﴾
[القصص ١٦].
- الإلحاح في الدعاء، يعني إكثاره وتكراره.
- عدم استعجال الإجابة.
- لا تدع بإثم أو قطيعة رحم.
- في الحديث:
«لا يزال يستجاب للعبد ما لم يدع بإثم أو قطيعة رحم، ما لم يستعجل. قيل: يا رسول الله، ما الاستعجال؟ قال: يقول: قد دعوت، وقد دعوت، فلم أر يستجيب لي. فيستحسر عند ذلك، ويدع الدعاء»
رواه البخاري ومسلم.
- خفض الصوت في الدعاء.
- قال تعالى:
﴿ٱدۡعُواْ رَبَّكُمۡ تَضَرُّعٗا وَخُفۡيَةًۚ﴾
[الأعراف: ٥٥].
- حضور القلب أثناء الدعاء.
«ادعوا الله وأنتم موقنون بالإجابة، واعلموا أن الله لا يستجيب دعاء من قلب غافل لاه»
- الإخلاص لله تعالى، وسؤال الله وحده في الشدّة والرخاء.
﴿وَأَنَّ ٱلۡمَسَٰجِدَ لِلَّهِ فَلَا تَدۡعُواْ مَعَ ٱللَّهِ أَحَدٗا﴾
[الجن: ١٨].
- التوسّل إلى الله بأسمائه الحسنى وصفاته.
﴿وَلِلَّهِ ٱلۡأَسۡمَآءُ ٱلۡحُسۡنَىٰ فَٱدۡعُوهُ بِهَاۖ﴾
[الأعراف: ١٨٠].
- استقبال القبلة.
في الحديث:
«فما زال يهتف بربه مادًّا يديه مستقبل القبلة، حتى سقط رداؤه عن منكبيه»
رواه مسلم.
- إطابة المأكل والملبس.
«ثم ذكر الرجل يطيل السفر أشعث أغبر يمد يديه إلى السماء: يا رب يا رب، ومطعمه حرام، ومشربه حرام، وملبسه حرام، وغذي بالحرام، فأنى يستجاب لذلك»
उत्तर: १. अल्लाहको प्रशंसा (हम्द) र उहाँको गुणगानबाट सुरु गर्नु।
२. नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउनु।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
“जब तिमी नमाज पढेर दुआका लागि बस्छौ भने सर्वप्रथम अल्लाहको उहाँ योग्य प्रशंसा गर, त्यसपछि म (नबी सल्लल्लाहु अलैहि वसल्लम) माथि दुरूद पठाऊ, अनि त्यसपछि दुआ गर।”
(तिर्मिजी)
३. दुआ गर्दा हात उठाउनु।
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छः
«निश्चय नै तिमीहरूको रब (पालनकर्ता ) अत्यन्त लज्जाशील र उदार हुनुहुन्छ। जब उहाँको बन्दाले उहाँतर्फ आफ्ना हात उठाउँछ, तब उहाँ ती हातहरूलाई खाली फर्काउन लाज मान्नुहुन्छ।»
(तिर्मिजी र अबू दाऊद)
४. तौबा गर्नु र आफ्ना पापहरू स्वीकार गर्नु।
- मुसा (अलैहिस्सलाम) काे दुआमा छ:
“उनले भने: ‘हे मेरा पालनकर्ता! मैले आफ्नैमाथि अत्याचार गरें, त्यसैले मलाई क्षमा गर।’ तब अल्लाहले उनलाई क्षमा गर्नुभयो। निश्चय नै उहाँ अत्यन्त क्षमाशील र परम दयालु हुनुहुन्छ।”
[अल-कसस: १६]
५. दुआमा लगनशील हुनु, अर्थात् धेरै गर्नु र बारम्बार दोहोर्याउनु।
६. दुआ कबूल हुनमा हतार नगर्नु।
७. पापका लागि वा नाता–सम्बन्ध तोड्ने कुराको लागि दुआ नगर्नु।
यसको प्रमाण यो हदीस हो:
«बन्दाको दुआ निरन्तर स्वीकार गरिन्छ, जबसम्म उसले पापका लागि वा नाता–सम्बन्ध तोड्ने कुराका लागि दुआ गर्दैन र जबसम्म ऊ हतार गर्दैन। भनियो: हे अल्लाहका रसूल! हतार गर्नु के हो? उहाँले भन्नुभयो: उसले भन्छ—मैले दुआ गरें, फेरि दुआ गरें, तर मलाई स्वीकार भएको जस्तो लागेन। त्यसपछि ऊ निराश हुन्छ र दुआ गर्न छोड्छ।»
(बुखारी र मुस्लिम)
८. दुआ गर्दा आवाज नम्र (धीमा) राख्नु।
अल्लाह तआलाले भन्नुभएको छः
{तिमीहरू आफ्नो पालनकर्तालाई विनम्रतापूर्वक र गोप्य रूपमा दुआ गर।}
[अल-आराफ: ३१]
९. दुआ गर्दा मन (हृदय) उपस्थित र एकाग्र हुनु।
“तिमीहरू अल्लाहसँग दुआ गर र यो स्वीकार हुनेछ भनेर विश्वास राख। जानिराख, अल्लाहले अचेत र लापरवाह मनले गरिएको दुआलाई स्वीकार गर्नुहुन्न।”
१०. सर्वशक्तिमान अल्लाहप्रति इख्लास (निष्ठा) राख्नु र कठिनाइ तथा सुख—दुवै अवस्थामा केवल अल्लाहसँग मात्र माग्नु।
{मस्जिदहरू अल्लाहकै लागि हुन्, त्यसैले अल्लाहसँगै अरू कसैलाई नपुकार।}
[अल-जिन:१८]
११. अल्लाहसँग उहाँका सुन्दर नामहरू र उहाँका उच्च विशेषताहरू द्वारा दुआ गर्नु।
{अल्लाहका लागि उत्तम नामहरू छन्, त्यसैले तिनै नामहरूद्वारा उहाँलाई पुकार।}
१२. किब्लातर्फ फर्किनु।
“उहाँ किब्लातर्फ मुख फर्काएर दुवै हात फैलाएर निरन्तर आफ्नो पालनकर्तालाई पुकारिरहनु भयो, यहाँसम्म कि उहाँको काँधबाट चादर खस्यो।”
(मुस्लिम)
१३. खानेकुरा र लुगाफाटालाई पवित्र (हलाल) बनाउनु।
“अनि उहाँले यस्तो मानिसको उदाहरण दिनुभयो, जसले लामो यात्रा गर्छ, जसको कपाल अस्तव्यस्त र शरीर धुलोले ढाकिएको हुन्छ; ऊ आकाशतर्फ हात फैलाउँदै भन्छ: ‘हे मेरो पालनकर्ता! हे मेरो पालनकर्ता!’ तर उसको खानेकुरा हराम छ, पिउने कुरा हराम छ, लगाउने लुगा हराम छ, र उसलाई हरामबाटै पालन-पोषण गरिएको छ। त्यस अवस्थामा उसको दुआ कसरी स्वीकार हुनेछ?”