"अल्लाहले तिमीहरूलाई आफ्ना पिता-पुर्खाहरूको कसम खानबाट निषेध गर्नुभएको छ
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहले तिमीहरूलाई आफ्ना पिता-पुर्खाहरूको कसम खानबाट निषेध गर्नुभएको छ ।" उमर (रजियाल्लाहु अनहु) ले भने: अल्लाहको कसम! जुन दिनदेखि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट यो हदीस सुनेको छु, पुर्खाहरूको कहिल्यै कसम खाएको छैन । नत जानाजानी न त कसैको नक्कल गरेर नै।
«إِنَّ اللهَ عَزَّ وَجَلَّ يَنْهَاكُمْ أَنْ تَحْلِفُوا بِآبَائِكُمْ»، قَالَ عُمَرُ: فَوَاللهِ مَا حَلَفْتُ بِهَا مُنْذُ سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ نَهَى عَنْهَا ذَاكِرًا وَلَا آثِرًا.
यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो कि अल्लाहले आफ्नो पुर्खाहरूको कसम खान निषेध गर्नुभएको छ । तसर्थ, जो कसम खान चाहन्छ, उसले अल्लाहको मात्र कसम खाओस् र उहाँबाहेक अरू कसैको कसम नखाओस् । त्यसपछि उमर (रजियाल्लाहु अनहु) ले भन्नुभयो कि अल्लाहको कसम! जुन दिनदेखि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट आफ्ना पुर्खाहरूको कसम खान निषेध गरेको कुरा सुने, मैले पुर्खाहरूको कहिल्यै कसम खाएको छैन । नत जानाजानी न त कसैको शपथ नक्कल गरेर नै ।
ذاكِرًا: عامِدًا.
آثِرًا: حاكِيًا عن غَيْرِي أنَّه حَلَفَ بها.
अल्लाह बाहेक अरू कसैको कसम खानु हराम हो । यहाँ पुर्खाहरू बारे उल्लेख गरिएको छ किनभने इस्लामपूर्व पुर्खाहरूको नाममा कसम खाने चलन सामान्य थियो।
अरबी शब्द "अल-हलिफ" को अर्थ अल्लाह, उहाँको नाम वा विशेषताहरूद्वारा कुनै कुरा पुष्टि गर्न उद्देश्यले कसम खानु हो ।
यो हदीसले उमर (रजियल्लाहु अन्हु) को श्रेष्ठतालाई स्पष्ट पार्दछ, जसमा उहाँको तुरुन्त आज्ञाकारिता, उत्कृष्ट समझ र धार्मिक सतर्कताका जस्ता सद्गुणहरू प्रस्ट हुन्छन्।
सही बुखारी (8/ 132) (6647).
सही मुस्लिम (3/ 1266) (1646).
थप (4)
تيسير العلام شرح عمدة الأحكام.
للبسام (ص684).
الإلمام بشرح عمدة الأحكام.
لإسماعيل الأنصاري (2/ 134).