Skip to content

"मेरो प्रशंसा गर्नमा बढाइचढाइ नगर, जसरी ईसाईहरूले मरियमको छोराको प्रशंसामा बढाइचढाइ गरेका थिए; म केवल अल्लाहको दास हुँ । त्यसैले मलाई अल्लाहको दास र उहाँको रसूल (दूत) भन ।"

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :

"मेरो प्रशंसा गर्नमा बढाइचढाइ नगर, जसरी ईसाईहरूले मरियमको छोराको प्रशंसामा बढाइचढाइ गरेका थिए; म केवल अल्लाहको दास हुँ । त्यसैले मलाई अल्लाहको दास र उहाँको रसूल (दूत) भन ।"

«لَا تُطْرُونِي كَمَا أَطْرَتِ النَّصَارَى ابْنَ مَرْيَمَ؛ فَإِنَّمَا أَنَا عَبْدُهُ، فَقُولُوا: عَبْدُ اللهِ وَرَسُولُهُ».

बुखारीले वर्णन गरेका छन्
सही
व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो प्रशंसामा शरियतले तोकिएको सीमाभन्दा बाहिर गएर बढाइचढाइ गर्ने, अल्लाहका लागि प्रमाणित विशेषताहरू उहाँको लागि प्रमाणित गर्ने, वा उहाँ गैब (अदृश्य) का कुराहरू जान्नुहुन्छ भनेर दाबी गर्ने र अल्लाह जस्तै उहाँसंग प्रार्थना गर्ने इत्यादि निषेध गर्नुभएको छ । जसरी ईसाईहरूले ईसा पुत्र मरियम ( उहाँ माथि शान्ति होस्) सँग गरे। त्यसपछि उहाँले भन्नुभयो, म अल्लाहको दासहरू मध्ये एक दास हुँ । त्यसैले उहाँले हामीलाई आदेश दिनुभयो कि हामी उहाँलाई अल्लाहको भक्त र उहाँको रसूल भनौँ ।

शब्दको अर्थ

...:

हदीसका केही फाइदाहरू

सम्मान तथा प्रशंसा गर्दा शरियतले तोकिएको सीमाभन्दा बाहिर जान निषेध गरिएको छ; किनकि यसले शिर्कलाई निम्त्याउँछ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सचेत गर्नुभएको कुरा आज यो समुदायमा प्रशस्तै देखिन्छ । एक समूहले अल्लाहको रसूलको बारेमा बढाइचढाइ गरे, अर्को समूहले आले-बैत (उहाँको परिवार) को बारेमा बढाइचढाइ गरे र केही मानिसहरूले औलिया (अल्लाहका सत्कर्मी भक्तहरू) को बारेमा बढाइचढाइ गरे र यसरी यी सबै मानिसहरू शिर्कमा परे ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफूलाई अल्लाहको भक्तको रूपमा वर्णन गर्नुभएको छ; ताकि यो स्पष्ट होस्, कि उहाँ अल्लाहको भक्त हुनुहुन्छ र उहाँका सबै आवश्यकताहरू अल्लाहद्वारा पूरा हुन्छन् र उहाँलाई अल्लाहको कुनै पनि गुण समान गुणी मान्न वर्जित छ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफूलाई अल्लाहको रसूल (सन्देशवाहक) बताउनु भयो; ताकि यो स्पष्ट होस्, कि उहाँ अल्लाहद्वारा पठाइएका हुन्, त्यसैले उहाँको पुष्टि र अनुसरण गर्न अनिवार्य छ ।

श्रोतहरू

सही बुखारी (4/ 167) (3445).

थप (6)

عمدة القاري شرح صحيح البخاري.

محمود بن أحمد بدر الدين العيني (16/ 37).

فتح الباري.

لابن حجر (6/ 490).

منار القاري شرح مختصر صحيح البخاري.

حمزة محمد قاسم (4/ 208).