"यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी जीविका दिनुहुनेछ जसरी चरालाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी जीविका दिनुहुनेछ जसरी चरालाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
«لَو أَنَّكُمْ تَتَوَكَّلُونَ عَلَى اللهِ حَقَّ تَوَكُّلِهِ، لَرَزَقَكُمْ كَمَا يَرْزُقُ الطَّيْرَ، تَغْدُو خِمَاصًا وَتَرُوحُ بِطَانًا».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीलाई सम्पूर्ण मामिलाहरुमा अल्लाहमा भरोसा गर्न प्रेरित गर्दै हुनुहुन्छ चाहे सांसारिक मामिला होस् वा धार्मिक मामिला साथै त्यो लाभ प्राप्तिको होस् वा हानिबाट बच्नको लागि । किनकि प्रदान गर्ने वाला र रोक्ने वाला, हानि गर्ने र फाइदा दिने वाला एक अल्लाह मात्र हुनुहुन्छ । हामीले अल्लाहमा इमान्दारीपूर्वक भरोसा राखेर फाइदा पुर्याउने र हानिबाट जोगाउने कामहरू गर्नुपर्दछ । जब हामी यसो गर्छौं, अल्लाहले हामीलाई भोकाएका पंक्षीहरू जस्तै जीविकोपार्जन दिनुहुन्छ, जो बिहान भोकै बाहिर निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् । वास्तवमा, चराहरूको यो कार्य निर्भरता र आलस्य बिना जीविका खोज्ने एक प्रयास हो ।
...:
अल्लाहमा भरोसा गर्ने सद्गुण र अल्लाहमा भरोसा गर्नु नै जीविका प्राप्तिको प्रमुख कारण हो ।
साधन अपनाउनु अल्लाहमाथि भरोसाको विरुद्ध होइन, किनकि जीविकाको खोजीमा बिहान र बेलुका बाहिर निस्कनु अल्लाहमाथिको वास्तविक भरोसा हो भनेर उहाँले उल्लेख गर्नुभएको छ ।
शरीयतले हृदयको नियती तर्फ पनि ध्यान केन्द्रित गर्दछ, किनकि अल्लाहमा भरोसा गर्नु हृदयको नियती हो ।
साधनमा मात्र भर पर्नुको अर्थ व्यक्तिमा धार्मिकताको कमी दर्शाउछ भने अल्लाहमा भरोसा गर्ने नाममा साधनलाई त्याग्नुको अर्थ व्यक्तिमा विवेकको कमीलाई झल्काउँछ ।
सुनन् तिर्मिजी (4/ 166) (2344).
सुनन् इब्ने माजह (5/ 266) (4164).
मुस्नद अहमद (1/ 332) (205).
थप (5)
التحفة الربانية في شرح الأربعين حديثًا النووية (ص103).
فتح القوي المتين في شرح الأربعين وتتمة الخمسين.
للعباد (ص152).
الأحاديث الأربعون النووية وعليها الشرح الموجز المفيد.
لعبد الله المحسن (ص91).