"हर भलाइ र उपकार दान हो ।"
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"हर भलाइ र उपकार दान हो ।"
«كُلُّ مَعْرُوفٍ صَدَقَةٌ».
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अरूलाई फाइदा पुर्याउने हरेक प्रकारको उपकार र प्रयास, चाहे त्यो वचनले होस् वा कुनै कर्म गरेर होस्, त्यो दान हो र यसमा पुण्य छ ।
معروف : المعروف اسم جامع لكل ما فيه نفع للآخرين من قول أو فعل.
सदका [दान] भनेको कुनै व्यक्तिले आफ्नो पैसाबाट दिएको कुरामा मात्र सीमित होइन, बरु व्यक्तिले अरुलाई गरेको वा बोलेको हरेक राम्रो कुरा र लाभ परोपकारको दायराभित्र आउँछ ।
यस हदीसमा, पुण्य कर्म र अरूलाई फाइदा हुने काम गर्न प्रेरणा दिइएको छ ।
कुनै पनि पुण्य कर्मलाई सानो भए पनि तुच्छ ठान्नु हुँदैन ।
सही बुखारी (8/ 11) (6021).
सही मुस्लिम (2/ 697) (1005).
थप (4)
منحة العلام في شرح بلوغ المرام.
لعبد الله الفوزان (10/ 117).
توضيح الأحكام من بلوغ المرام.
للبسام (7/ 341).