Skip to content

म उमराहको लागि जाँदैछु र मिकात हुँदै जाँदा मलाई महिनावारी भएको थियो, त्यसैले मैले इहराम बाँधिनँ। म मक्कामा बसेर शुद्ध नहुन्जेल पर्खें, र शुद्ध भएपछि मक्काबाटै इहराम बाँधेँ, के यो जायज छ? वा मैले के गर्नुपर्छ? र ममाथि के अनिवार्य छ?

السؤال

प्रश्न १:

म उमराहको लागि जाँदैछु र मिकात हुँदै जाँदा मलाई महिनावारी भएको थियो, त्यसैले मैले इहराम बाँधिनँ। म मक्कामा बसेर शुद्ध नहुन्जेल पर्खें, र शुद्ध भएपछि मक्काबाटै इहराम बाँधेँ, के यो जायज छ? वा मैले के गर्नुपर्छ? र ममाथि के अनिवार्य छ?

س54: أنا ذاهبةٌ للعمرة، ومررت بالميقات وأنا حائضٌ، فلم أحرم، وبقيت في مكة حتّى طهرت، فأحرمت من مكة، فهل هذا جائزٌ؟ أو ماذا أفعل؟ وما يجب عليّ؟

الجواب

उत्तर १:

यो कार्य जायज छैन। उमराह वा हजको नियत भएकी महिला यदि महिनावारी अवस्थामा छिन् भने पनि, उहाँले मिकात पार गर्नुअघि एहराम बाँध्नु अनिवार्य छ। उहाँको यो एहराम वैध मानिन्छ।

यसको प्रमाण : अस्मा बिन्त उमैस (रदियल्लाहु अन्हुमा), जो हजरत अबु बकर (रदियल्लाहु अन्हु) की पत्नी हुनुहुन्थ्यो, ले हज्जतुल-विदाअ्को समयमा धुल-हुलैफामा बच्चा जन्माउनुभएको थियो। उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई यस अवस्थामा के गर्नुपर्छ भनेर सोध्दा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "स्नान गर्नु, कपडा गुप्तअंगमा लगाउनु र इहराम बाँध्नु।"

महिनावारी र निफास (सुत्केरी) को नियम समान हुने भएकाले, महिनावारी भएकी महिलाले पनि सोही विधि अपनाउनुपर्छ।

तसर्थ, हामीले भन्छौ महिनावारी भएकी महिलाले यदि मिकात हुँदै हज वा उमराहको नियतले जाँदैछिन् भने, उहाँले स्नान गरी, कपडाले निजी अंग राम्ररी बाँधेर त्यसपछि हज वा उमराहको लागि एहराम बाँध्नुपर्दछ।

"इस्तिस्फार" को अर्थ हो, गुप्त अंगमा कपडा राम्ररी लगाएर कसिलो तरिकाले बाँध्नु, यसो गरे पश्चात हज वा उमराहको लागि एहराम बाँध्नुपर्छ, तर, मक्का पुगेपछि उहाँ पूर्ण रूपमा शुद्ध नहुन्जेल काबामा आउन र तवाफ गर्न मिल्दैन।

यसै सन्दर्भमा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हजरत आयशा (रदियल्लाहु अन्हा) लाई, जब उहाँ उमराहको क्रममा महिनावारी हुनुभयो, भन्नुभएको थियो: "हाजीले जे गर्छन्, तिमीले त्यही गर, तर शुद्ध नहुन्जेल काबाको तवाफ (परिक्रमा) नगर।" यो हदीस बुखारी र मुस्लिम मा उल्लेख गरिएको छ।

साथै, सही बुखारीमा हजरत आयशाले आफू शुद्ध भएपछि काबा र सफा-मरवा बीच तवाफ र सई गरेको उल्लेख गरिएको छ।

यसले यो स्पष्ट गर्छ कि यदि कुनै महिलाले हज वा उमराहको लागि इहराम बाँधेकी छिन् र उनी महिनावारीको अवस्थामा छिन् वा तवाफ गर्नुअघि महिनावारी शुरू हुन्छ भने, उनले शुद्ध भएर स्नान नगरेसम्म तवाफ र सई गर्नुहुँदैन।

तर, यदि उनले शुद्ध अवस्थामा तवाफ गरिन् र तवाफ समाप्त भएपछि महिनावारी शुरू भयो भने, उनले आफ्नो उमरा जारी राख्न सक्छिन्। उनले सई गर्न सक्छिन्, चाहे महिनावारीको अवस्था भए पनि र कपाल छोट्याएर उमराह समाप्त गर्न सक्छिन्, किनभने सफा र मरवा बीचको सईको लागि शुद्धता अनिवार्य छैन।

ﺟ54: هذا العمل ليس بجائزٍ، والمرأة الّتي تريد العمرة لا يجوز لها مجاوزة الميقات إلا بإحرامٍ حتى لو كانت حائضًا، فإنها تحرم وهي حائضٌ، وينعقد إحرامها، ويصحّ،

والدليل لذلك: أن أسماء بنت عميسٍ زوجة أبي بكرٍ رضي الله عنهما ولدت، والنبيّ ﷺ نازلٌ في ذي الحليفة، يريد حجة الوداع، فأرسلت إلى النبيّ ﷺ: كيف أصنع؟ قال:

«اغْتَسِلِي، وَاسْتَثْفِرِي بِثَوْبٍ، وَأَحْرِمِي» [1]،

ودم الحيض كدم النّفاس.

[24] تقدم تخريجه.

فنقول للمرأة الحائض إذا مرت بالميقات، وهي تريد العمرة أو الحج نقول لها: اغتسلي، واستثفري بثوبٍ، وأحرمي،

والاستثفار معناه: أنها تشدّ على فرجها خرقةً، وتربطها، ثم تحرم، سواء بالحجّ أو بالعمرة، ولكنها إذا أحرمت ووصلت إلى مكة لا تأتي إلى البيت، ولا تطوف به حتى تطهر، ولهذا قال النبيّ ﷺ لعائشة حين حاضت في أثناء العمرة، قال لها:

«افْعَلِي مَا يَفْعَلُ الْحَاجُّ، غَيْرَ أَلَّا تَطُوفِي فِي الْبَيْتِ حَتَّى تَطْهُرِي» [2]،

هذه رواية البخاريّ ومسلمٍ، وفي «صحيح البخاريّ» أيضًا،

«ذَكَرَتْ عَائِشَةُ أَنَّهَا لَمَّا طَهُرَتْ طَافَتْ بِالْبَيْتِ، وَبِالصَّفَا وَالْمَرْوَةِ» [3]،

فدل هذا على أن المرأة إذا أحرمت بالحجّ أو العمرة وهي حائضٌ، أو أتاها الحيض قبل الطواف، فإنها لا تطوف ولا تسعى حتى تطهر وتغتسل.

[26] البخاري، كتاب العمرة، باب عمرة التنعيم (1785).

[25] رواه البخاري، كتاب الحج، باب تقضي الحائض المناسك كلها إلا الطواف بالبيت (1650)، ومسلم، كتاب الحج، باب بيان وجوه الإحرام (120) (1211).

أما لو طافت وهي طاهرٌ، وبعد أن انتهت من الطواف جاءها الحيض، فإنها تستمرّ، وتسعى ولو كان عليها الحيض، وتقصّ من رأسها، وتنهي عمرتها؛ لأنّ السعي بين الصفا والمروة لا يشترط له الطهارة.