Skip to content

के मसआ (सफा र मरवा बीचमा सई गर्ने स्थान) हरम (काबा क्षेत्र) को हिस्सा हो? के महिनावारी भएकी महिलाले मसआमा प्रवेश गर्न सक्छिन्? के मसआ हुँदै हरममा प्रवेश गर्ने व्यक्तिलाई तहियतुल-मस्जिद (मस्जिदको अभिवादन नमाज) पढ्न अनिवार्य हुन्छ?

السؤال

प्रश्न १:

के मसआ (सफा र मरवा बीचमा सई गर्ने स्थान) हरम (काबा क्षेत्र) को हिस्सा हो? के महिनावारी भएकी महिलाले मसआमा प्रवेश गर्न सक्छिन्? के मसआ हुँदै हरममा प्रवेश गर्ने व्यक्तिलाई तहियतुल-मस्जिद (मस्जिदको अभिवादन नमाज) पढ्न अनिवार्य हुन्छ?

س56: هل المسعى من الحرم؟ وهل تقربه الحائض؟ وهل يجب على من دخل الحرم من المسعى أن يصلّي تحية المسجد؟

الجواب

उत्तर १:

मसआ (सफा र मरवा बीचको सई गर्ने स्थान) मस्जिद-ए-हरामको हिस्सा होइन भन्ने कुरा स्पष्ट छ, यसै कारण, मसआ र मस्जिदबीच एउटा छोटो पर्खाल निर्माण गरिएको छ, यो व्यवस्थाले मानिसहरूलाई ठूलो सुविधा पुर्याएको छ; किनभने यदि मसआलाई मस्जिदको हिस्सा मानिएको भए, तवाफ र सईका बीचमा महिनावारी भएकी महिलालाई सई गर्न निषेध हुने थियो।

मेरो फतवा (जवाफ) के हो भने : यदि कुनै महिलाको तवाफ सम्पन्न गरेपछि र सई प्रारम्भ गर्नुअघि महिनावारी सुरु हुन्छ भने, उनले सई गर्न सक्छिन्, किनकि मसआलाई मस्जिदको हिस्सा मानिँदैन।

तहियतुल-मस्जिद बारे जवाफ के हो भने यदि कुनै व्यक्तिले तवाफ गरिसकेपछि सई गर्छ र फेरी मस्जिद-ए-हराममा प्रवेश गर्छ भने, उसले तहियतुल-मस्जिदको दुई रकात नमाज पढ्न सक्छ, यदि उसले तहियतुल-मस्जिद पढ्दैन भने कुनै आपत्ति हुँदैन।

तथापि, यो अवसरको सदुपयोग गरी दुई रकात नमाज पढ्नु उत्तम हो, किनभने मस्जिद-ए-हराममा नमाज पढ्नुको ठूलो फजीलत (पुण्य, श्रेष्ठता) रहेको छ।

ﺟ56: الّذي يظهر أن المسعى ليس من المسجد، ولذلك جعلوا جدارًا فاصلًا بينهما، لكنه جدارٌ قصيرٌ، ولا شك أن هذا خيرٌ للناس؛ لأنه لو أدخل في المسجد وجعل منه، لكانت المرأة إذا حاضت بين الطواف والسعي امتنع عليها أن تسعى.

والّذي أفتي به: أنها إذا حاضت بعد الطواف وقبل السعي فإنها تسعى؛ لأن المسعى لا يعتبر من المسجد.

وأما تحية المسجد فقد يقال: إن الإنسان إذا سعى بعد الطواف، ثم عاد إلى المسجد، فإنه يصلّيها، ولو ترك تحية المسجد فلا شيء عليه،

والأفضل أن ينتهز الفرصة، ويصلّي ركعتين؛ لـما في الصلاة في هذا المكان من الفضل.