जब कुनै महिला फजरको नमाज लगत्तै शुद्ध हुन्छिन् भने के उनले त्यो दिनको रोजा राख्नु पर्छ वा त्यस दिनको कजा गर्नुपर्छ ?
السؤال
प्रश्न १:
जब कुनै महिला फजरको नमाज लगत्तै शुद्ध हुन्छिन् भने के उनले त्यो दिनको रोजा राख्नु पर्छ वा त्यस दिनको कजा गर्नुपर्छ ?
س1: إذا طهرت الـمرأة بعد الفجر مباشرةً فهل تمسك وتصوم هذا اليوم، ويكون يومها لها، أو عليها قضاء ذلك اليوم؟
الجواب
उत्तर १:
जब कुनै महिला फज्रपछि तुरुन्तै महिनावारी बाट शुद्ध हुन्छिन् भने, त्यस दिन उनले रोजा (व्रत) राख्ने वा नराख्ने सम्बन्धमा विद्वानहरूबीच दुई फरक मतहरू रहेका छन्:
पहिलो राय: उसले बाँकी दिन उपवास बस्नुपर्छ, तर यो गणना हुनेछैन, त्यसैले उसले कजा गर्नुपर्नेछ । यो इमाम अहमदको प्रसिद्ध राय हो ।
दोस्रो राय: त्यो दिन व्रत बस्नु अनिवार्य छैन, किनकि त्यो दिनको सुरुमा महिनावारी भएकोले उपवास राख्न योग्य थिइनन् । त्यसैले, जब त्यस दिन उपवास राख्नु मान्य छैन, तब उपवास तोड्ने कुराहरूबाट अलग रहनु बेकार हो । वास्तवमा, यो समय उनको लागि उपयुक्त समय होइन, किनकि दिनको सुरुमा व्रत नराख्न आदेश दिइएको थियो, बरु त्यस समयमा व्रत बस्न निषेध गरिएको थियो ।
शरइ (धार्मिक) रोजा : अल्लाहको उपासनाको नियतले बिहान (फज्र) देखि सूर्यास्तसम्म ब्रत तोड्ने कुराहरूबाट टाढा रहनु हो ।
यो दोस्रो राय (तपाईंले देख्न सक्नुहुन्छ) पहिलो राय भन्दा राम्रो हो, तर दुवै राय अनुसार त्यो दिनको कजा गर्नु अनिवार्य हो ।
ﺟ1: إذا طهرت المرأة بعد طلوع الفجر فللعلماء في إمساكها ذلك اليوم قولان:
القول الأول: أنه يلزمها الإمساك بقية ذلك اليوم، ولكنه لا يحسب لها، بل يجب عليها القضاء، وهذا هو المشهور من مذهب الإمام أحمد رحمه الله.
والقول الثاني: أنه لا يلزمها أن تمسك بقية ذلك اليوم؛ لأنه يومٌ لا يصحّ صومها فيه؛ لكونها في أوله حائضًا ليست من أهل الصّيام، وإذا لم يصح لم يبق للإمساك فائدةٌ، وهذا الزمن زمنٌ غير محترمٍ بالنّسبة لها؛ لأنها مأمورةٌ بفطره في أول النهار، بل محرمٌ عليها صومه في أول النهار،
والصوم الشرعيّ: هو الإمساك عن المفطّرات تعبّدًا لله عز وجل من طلوع الفجر إلى غروب الشمس.
وهذا القول -كما تراه- أرجح من القول بلزوم الإمساك، وعلى كلا القولين يلزمها قضاء هذا اليوم.